परमेश्वरका दैनिक वचनहरू: मानवजातिको भ्रष्टता उजागर गर्नु | अंश ३०७
परमेश्वरले मानिसलाई धेरै कुरा जिम्मा दिनुभएको छ र अनगिन्ती तरिकाले तिनीहरूका प्रवेशलाई सम्बोधन गर्नुभएको छ। तर मानिसहरूको क्षमता धेरै नै...
परमेश्वर देखा पर्ने घटनाको चाहना गर्ने सबैलाई हामी स्वागत गर्दछौँ।
१. मानिसले आफैलाई ठूलो बनाउनु हुँदैन, न त आफैलाई उच्च पार्नु हुन्छ। उसले परमेश्वरको आराधना गर्नुपर्छ र उहाँलाई नै उच्च पार्नुपर्छ।
२. परमेश्वरको कामका निम्ति फाइदाजनक सबै कुरा गर्नू र परमेश्वरको कामको हितका निम्ति हानिकारक केही नगर्नू। परमेश्वरको नाउँ, उहाँको गवाही र उहाँको कामको प्रतिरक्षा गर्नू।
३. पैसा, भौतिक वस्तु, र परमेश्वरको घरमा भएका सबै सम्पत्ति मानिसले दिनुपर्ने भेटीहरू हुन्। यी भेटीहरू पूजाहारी र परमेश्वरबाहेक अरू कसैले पनि उपभोग गर्न सक्दैन, किनकि मानिसले चढाउने भेटीहरू परमेश्वरको उपभोगका निम्ति हुन्। परमेश्वरले यी भेटीहरू पूजाहारीसँग मात्र बाँड्नुहुन्छ; अरू कोही पनि त्यसको कुनै भाग उपभोग गर्ने योग्यको र हकदार हुँदैन। मानिसका सबै भेटीहरू (उपभोग गर्न सकिने पैसा र भौतिक थोक) परमेश्वरलाई दिइन्छ, मानिसलाई होइन, र त्यसैले यी थोकहरू मानिसले उपभोग गर्नु हुँदैन; यदि मानिसले यी थोकहरू उपभोग गर्छ भने, उसले भेटीहरू चोरिरहेको हुन्छ। जसले त्यसो गर्छ ऊ यहूदा हो, किनकि यहूदा विश्वासघाती हुनाका साथै, उसले पैसाको थैलीमा राखिने गरिएको पैसा आफ्नै निम्ति प्रयोग गऱ्यो।
४. मानिसमा भ्रष्ट स्वभाव हुन्छ र त्यसबाहेक ऊसँग भावुकताहरू छन्। जस्तै कि, परमेश्वरको सेवा गर्दा विपरीत लिङ्गका दुई सदस्यहरू मात्र एकलै रहेर काम गर्न पूर्ण रूपमा निषेध गरिएको छ। जो कसैले पनि त्यसो गरेको थाहा पाइएको खण्डमा, कुनै अपवादविना हटाइनेछ।
५. परमेश्वरलाई दोष लगाउने काम गर्नु हुँदैन न त परमेश्वरसित सम्बन्धित विषयहरूमा लापरवाही किसिमले छलफल नै गर्नु हुन्छ। मानिसले जे गर्नुपर्दछ त्यही गर्, अनि मानिसले जे बोल्नुपर्छ त्यही बोल्, सीमितताहरू ननाघ् र परिधिहरू ननाघ्। परमेश्वरको स्वभावलाई चिढ्याउने काम गर्नबाट बच्नको लागि आफ्नो जिब्रोको रक्षा गर्, र कहाँ पाइला टेक्छस् त्यसमा होसियार बन्।
६. मानिसले जे गर्नुपर्छ त्यही गर्, र तेरा दायित्वहरू फत्ते गर्, र तेरा जिम्मेवारीहरू पूरा गर्, अनि तेरो कर्तव्य थामिराख्। तैँले परमेश्वरमा विश्वास गर्ने हुनाले, परमेश्वरको काममा आफ्नो योगदान दिनुपर्छ, यदि तैँले योगदान दिँदैनस् भने, तँ परमेश्वरको वचन खान र पिउन अयोग्य छस्, र परमेश्वरको परिवारमा बस्न अयोग्य छस्।
७. मण्डलीको काम र मामिलाहरूमा, परमेश्वरको आज्ञापालन गर्नुबाहेक, सबै कुरामा पवित्र आत्माले प्रयोग गर्नुभएको व्यक्तिका निर्देशनहरू पालना गर्। सानोभन्दा सानो उल्लङ्घन पनि स्वीकार्य छैन। पूर्ण रूपले आज्ञापालन गर्, र सही वा गलतको विश्लेषण नगर्; सही वा गलतको तँसँग कुनै सम्बन्ध छैन। तैँले पूर्ण आज्ञापालन गर्ने कुरामा मात्र ध्यान दिनैपर्छ।
८. परमेश्वरमा विश्वास गर्ने मानिसहरूले उहाँको आज्ञापालन र आराधना गर्नुपर्छ। कुनै व्यक्तिलाई ठूलो बनाउने वा उच्च ठान्ने नगर्; परमेश्वरलाई पहिलो स्थानमा, तैँले उच्च ठान्ने मानिसहरूलाई दोस्रोमा र तँ आफैलाई तेस्रो स्थानमा नराख्। कुनै व्यक्तिले तेरो हृदयमा स्थान पाउनु हुँदैन, र तैँले मानिसहरूलाई—विशेष गरी तैँले श्रद्धा गर्ने मानिसहरूलाई परमेश्वर समान वा उहाँको बराबर ठान्नु हुँदैन। यो परमेश्वरको निम्ती असहनीय हुन्छ।
९. मण्डलीको काममा नै तेरा विचारहरूलाई केन्द्रित गर्। तेरा आफ्नै देहका सम्भावनाहरूलाई एकातिर पन्छ्याउनू, पारिवारिक विषयहरूबारे निर्णायक बन्, आफूलाई सम्पूर्ण हृदयले परमेश्वरको काममा समर्पित गर्, र परमेश्वरको कामलाई पहिलो स्थानमा अनि तेरो आफ्नै जीवनलाई दोस्रो स्थानमा राख्। सन्तको शिष्टता यही हो।
१०. ती आफन्तहरू (तेरा छोराछोरी, तेरा पति वा तेरी पत्नी, तेरा दिदी-बहिनी, वा तेरा बाबुआमा इत्यादि) जो विश्वासी होइनन्, उनीहरूलाई मण्डलीमा आउन जबरजस्ती गर्नु हुँदैन। परमेश्वरको घरमा सदस्यहरूको कमी छैन, र काम नलाग्ने मानिसहरूलाई ल्याएर त्यसको सङ्ख्या बढाउनु आवश्यक छैन। जसले खुसीसाथ विश्वास गर्दैनन्, उनीहरूलाई मण्डलीमा ल्याउनै हुँदैन। यो आदेश सबै मानिसहरूप्रति निर्देशित छ। तिमीहरूले यो विषयमा जाँच्नुपर्छ, अनुगमन गर्नुपर्छ, र एकअर्कालाई स्मरण गराउनुपर्छ; कसैले यसलाई उल्लङ्घन गर्न सक्दैन। विश्वासदेखि बाहिरका आफन्तहरू मन नलागी-नलागी मण्डलीभित्र पस्छन् भने पनि उनीहरूलाई पुस्तकहरू दिनै हुँदैन वा नयाँ नाउँ दिनै हुँदैन; त्यस्ता मानिसहरू परमेश्वरको घरका होइनन्, र आवश्यक कुनै पनि तरिकाले उनीहरूलाई मण्डलीभित्र प्रवेश गर्नबाट रोक्नैपर्छ। यदि भूतात्माहरूको आक्रमणको कारण मण्डलीमा समस्या ल्याइएको छ भने, तँ आफैलाई बाहिर निकालिनेछ वा तँमाथि प्रतिबन्धहरू लगाइनेछ। सङ्क्षेपमा, यस मामिलामा सबैको जिम्मेवारी छ, यद्यपि तँ लापरवाही हुनु हुँदैन, न त व्यक्तिगत बदलाको निम्ति यसको प्रयोग गर्नु हुन्छ।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। परमेश्वरले चुन्नुभएका मानिसहरूले राज्यको युगमा पालन गर्नैपर्ने दश प्रशासनिक आदेश
परमेश्वरले मानिसलाई धेरै कुरा जिम्मा दिनुभएको छ र अनगिन्ती तरिकाले तिनीहरूका प्रवेशलाई सम्बोधन गर्नुभएको छ। तर मानिसहरूको क्षमता धेरै नै...
बिजुलीको एक चमकमा, प्रत्येक पशुलाई त्यसको वास्तविक रूपमा प्रकट गरिन्छ। त्यसरी नै, मेरो ज्योतिद्वारा प्रज्वलित भएर मानिसले फेरि त्यो...
सारा ब्रह्माण्डका मानिसहरूले मेरो आगमनको दिनको उत्सव मनाउँछन्, र स्वर्गदूतहरू मेरा सबै मानिसहरूहरूको माझमा हिँड्छन्। जब शैतानले समस्या...
अहिले तँ कुन कुराको पछि लाग्नुपर्छ? तैँले परमेश्वरको कामको साक्षी दिन सके पनि, नसके पनि, तँ परमेश्वरको गवाही र प्रकटीकरण हुन सके वा नसके...