परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरको स्वभाव र उहाँसँग जे छ र उहाँ जे हुनुहुन्छ | अंश २३७

मैले बोल्‍ने प्रत्येक वाक्यमा अख्तियार र न्याय हुन्छ, र मेरा वचनहरू कसैले पनि परिवर्तन गर्न सक्दैन। मेरा वचनहरूलाई जारी गरिएपछि, काम-कुराहरू मेरा वचनहरू अनुसार सम्पन्न हुने निश्चित हुन्छ; मेरो स्वभाव यही हो। मेरा वचनहरू अख्तियार हुन् र जसले तिनलाई संशोधन गर्छ त्यसले मेरो सजाय निम्त्याउँछ, र मैले तिनीहरूलाई प्रहार गर्नैपर्छ। गम्भीर मामिलाहरूमा तिनीहरूले आफ्नो जीवनमा विनाश ल्याउँछन् र तिनीहरू पातालमा, वा अतल कुण्डमा जान्छन्। मैले मानव जातिलाई निराकरण गर्ने एक मात्र तरिका यही हो, र मानिससँग यसलाई परिवर्तन गर्ने कुनै उपाय छैन—यो मेरो प्रशासनिक आदेश हो। यो याद राख! कसैलाई पनि मेरो आदेश उल्लङ्घन गर्ने अनुमति छैन; कामहरू मेरो इच्छाअनुसार नै गरिनुपर्छ! विगतमा, मैले तिमीहरूप्रति सहज व्यवहार गरेको थिएँ र तिमीहरूले मेरा वचनहरूको मात्र सामना गऱ्यौ। मैले मानिसहरूलाई प्रहार गरेर ढाल्ने सम्बन्धमा बोलेका वचनहरू अझै पूरा भएका छैनन्। तर मेरो इच्छाअनुसार नचल्नेहरूलाई दण्ड दिन आजदेखि सबै विपत्तिहरू (यी मेरो प्रशासनिक आदेशहरूको सम्बन्धमा हुन्) एकपछि अर्को गर्दै आउनेछन्। तथ्यहरूको आगमन हुनुपर्दछ—अन्यथा मानिसहरूले मेरो क्रोध देख्न सक्नेथिएनन्, तर आफैलाई बारम्बार भ्रष्ट पार्नेथिए। यो मेरो व्यवस्थापन योजनाको एउटा चरण हो, र मैले मेरो कामको अर्को चरण गर्ने तरिका यही हो। म तिमीहरूलाई अग्रिम रूपमा यो भन्छु, यसैले कि तिमीहरू अपराधहरू गर्नबाट र अनन्त विनाश भोग्नबाट बच्न सक। भन्नुको अर्थ, आजको दिनदेखि, म मेरा ज्येष्ठ पुत्रहरूबाहेक सबै मानिसहरूलाई मेरो इच्छाअनुसार तिनीहरूका उचित स्थान लिन लगाउनेछु, र म एकपछि अर्को गर्दै तिनीहरूलाई सजाय दिनेछु। म तीमध्ये एउटालाई पनि उम्कन दिनेछैनँ। तिमीहरूले फेरि भ्रष्ट हुने आँट मात्र गरेर त हेर! तिमीहरूले फेरि विद्रोही हुने आँट मात्र गरेर त हेर! मैले म सबैका निम्ति धर्मी छु, ममा रत्तीभर पनि भावुकता छैन भनेर पहिले नै भनेको छु र यसले मेरो स्वभावलाई उल्‍लङ्घन गर्नु हुँदैन भन्ने देखाउँछ। मेरो व्यक्तित्व यही हो। यसलाई कसैले पनि परिवर्तन गर्न सक्दैन। सबै मानिसहरूले मेरा वचनहरू सुन्छन् र सबै मानिसहरूले मेरो महिमित अनुहार देख्छन्। सबै मानिसहरूले पूर्ण रूपमा र ठोस रूपमा मेरो आज्ञापालन गर्नुपर्छ—मेरो प्रशासनिक आदेश यही हो। ब्रह्माण्डभरिका र पृथ्वीको पल्‍लो छेउका सबै मानिसहरूले मेरो प्रशंसा र महिमा गर्नुपर्छ, किनकि म अद्वितीय परमेश्‍वर स्वयम्‌ हुँ, किनकि म परमेश्‍वरको व्यक्तित्व हुँ। कसैले पनि मेरा वचनहरू र वाणीहरू, मेरो बोलीवचन र चाल-चलनहरू परिवर्तन गर्न सक्दैन, किनकि यी मेरो मात्र विषयहरू हुन्, र यी ती कुराहरू हुन् जुन मैले प्राचीनकालदेखि धारण गरेको छु र जुन अनन्तसम्म रहिरहन्छ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। प्रारम्‍भमा ख्रीष्‍टका वाणीहरू, अध्याय १००

सम्बन्धित विषयवस्तु

परमेश्‍वरका दैनिक वचनहरू: धार्मिक धारणाहरू खुलासा गर्नु | अंश २८४

परमेश्‍वरका कार्यहरू सदैव अघि बढिरहन्छन्, र उहाँको कामको उद्देश्य परिवर्तन नभए पनि, उहाँले काम गर्ने तरीका नित्य परिवर्तन हुन्छ, जसको आशय...

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरलाई चिन्‍नु | अंश १३०

ख्याति र सम्पत्तिको खोजीमा बिताएको जीवनले व्यक्तिलाई मृत्युको मुखमा बिलखबन्दमा पार्छ आफ्‍नो नाममा केही पनि नलिई आएको एकलो आत्माले...

परमेश्‍वरका दैनिक वचनहरू: जीवनमा प्रवेश | अंश ४६८

परमेश्‍वरको यस चरणको काममा मानिसहरूले कसरी सहकार्य गर्नुपर्छ? वर्तमान समयमा परमेश्‍वरले मानिसहरूलाई जाँच्दैहुनुहुन्छ। उहाँले कुनै वचन...

परमेश्‍वरका दैनिक वचनहरू: जीवनमा प्रवेश | अंश ४७५

परमेश्‍वरमाथिको मानिसको विश्‍वासको सबैभन्दा आधारभूत माग भनेको ऊसँग इमानदार हृदय हुनुपर्छ, र उसले आफैलाई पूर्ण रूपमा समर्पित गरेर साँचो...