परमेश्वरका दैनिक वचनहरू: परमेश्वरको कामलाई चिन्नु | अंश १४६
परमेश्वरको कार्य बुझ्नु भनेको सजिलो कुरा होइन। तेरो खोजीमा तँसँग मापदण्डहरू र उद्देश्य हुनुपर्छ, तैँले साँचो मार्ग कसरी खोज्ने भन्ने बारे...
परमेश्वर देखा पर्ने घटनाको चाहना गर्ने सबैलाई हामी स्वागत गर्दछौँ।
म अद्वितीय परमेश्वर स्वयम् हुँ र यसको अतिरिक्त, म एक र परमेश्वरको एक मात्र व्यक्ति हुँ। त्यो भन्दा पनि, म, शरीरको पूर्णता, परमेश्वरको पूर्ण प्रकटीकरण हुँ। जसले मेरो आदर नगर्ने आँट गर्छ, जसले तिनीहरूका आँखाहरूमा प्रतिरोध प्रकट गर्ने आँट गर्छ, र जसले मेरो विरुद्धमा चुनौती दिने कुराहरू बोल्ने आँट गर्छ त्यो निश्चित रूपमा मेरो श्राप र क्रोधबाट मर्नेछ (मेरो क्रोधको कारण श्राप आउनेछ)। यसबाहेक, जो मप्रति बफादार नहुने वा जसले मलाई छोराछोरीले जस्तो आदर नगर्ने आँट गर्छ, र जसले मलाई छक्काउने कोसिस गर्छ, त्यो निश्चय मेरो घृणाको कारण मर्नेछ। मेरो धार्मिकता, प्रताप र न्याय सदासर्वदा रहिरहनेछ। सुरुमा, म प्रेमिलो र दयालु थिएँ, तर यो मेरो सम्पूर्ण ईश्वरत्वको स्वभाव होइन; धार्मिकता, प्रताप र न्यायले मात्र म स्वयम् पूर्ण परमेश्वरको स्वभाव बनेको छु। अनुग्रहको युगको अवधिमा म प्रेमिलो र दयालु थिएँ। मैले समाप्त गर्नुपर्ने कामको कारण मैले दया र कृपा धारण गरेको थिएँ; तापनि त्यसपछि त्यस्ता कुराहरूको कुनै आवश्यकता परेन (र त्यस बेलादेखि यता ती कुनै पनि छैनन्)। यो सबै धार्मिकता, प्रताप र न्याय हो, र यो मेरो सम्पूर्ण ईश्वरत्वसँग जोडिएको मेरो सामान्य मानवताको पूर्ण स्वभाव हो।
मलाई नचिन्नेहरू अतल कुण्डमा नाश हुनेछन् भने जसलाई मेरो बारेमा दृढ़ विश्वास छ तिनीहरू सदासर्वदा जीवित रहनेछन्, तिनीहरूलाई मेरो प्रेमभित्र हेरचाह र सुरक्षा प्रदान गरिनेछ। मैले एक शब्द मात्र बोल्दा, सम्पूर्ण ब्रह्माण्ड र पृथ्वीका अन्तिम छेउहरू काँप्छन्। को मेरो वचन सुनेर डरले काँप्दैन? कसले मप्रति बढ्ने आदरलाई रोक्न सक्छ? अनि मेरा कामहरूबाट मेरो धार्मिकता र महिमाको बारेमा जान्न असक्षम को छ र! अनि मेरा कामहरूभित्र मेरो सर्वशक्तिमान्ता र मेरो महान्ता देख्न असक्षम को छ र! ज-जसले ध्यान दिँदैनन् तिनीहरू निश्चय नै मर्नेछन्। किनकि ध्यान नदिनेहरू तिनीहरू हुन् जसले मेरो विरोध गर्छन् र मलाई चिन्दैनन्; तिनीहरू प्रधानदूत हुन्, र तिनीहरू अति स्वेच्छाचारी छन्। आफैलाई जाँच्: जो स्वेच्छाचारी, स्व-धर्मी, घमन्डी र अहङ्कारी छ, त्यो निश्चय नै मेरो घृणाको पात्र हुन्छ र त्यो विनाशतिर बढ्दै गरेको हुन्छ!
अब म मेरो राज्यको प्रशासकीय आदेशहरू घोषणा गर्दछु: सबै कुरा मेरो न्यायको अधीनमा छन्, सबै कुरा मेरो धार्मिकताभित्र छन्, सबै कुरा मेरो प्रतापभित्र छन्, र म सबैप्रति मेरो धार्मिकताको अभ्यास गर्दछु। जसले मलाई विश्वास गर्छु भन्छ, तर जसको भित्र गहिराइमा मप्रति विरोधाभास छ, वा जसको हृदयले मलाई त्यागेको छ, तिनीहरूलाई निकालिनेछ—तर सबै मेरो आफ्नै ठीक समयमा हुनेछ। जुन मानिसहरू अरूले थाहा नपाउने तरिकाले मेरो बारेमा व्यङ्ग्यात्मक कुरा गर्छन्, तिनीहरू तुरुन्तै मर्नेछन् (तिनीहरू आत्मा, शरीर र प्राणमा नाश हुनेछन्)। जसले मेरो प्रियलाई थिचोमिचो गर्छन् वा उपेक्षा गर्छन् तिनीहरूलाई तुरुन्तै मेरो क्रोधद्वारा न्याय गरिनेछ। यसको मतलब यो हो कि मैले प्रेम गरेकाहरूसँग जसले ईर्ष्या गर्छन्, र जसले मलाई अधर्मी ठान्छन्, तिनीहरूलाई मेरो प्रियद्वारा न्याय गरिनका लागि सुम्पिइनेछ। असल व्यवहार गर्ने, सरल र इमानदार हुनेहरू सबै (बुद्धि नहुनेहरू लगायत), र जसले मसँग एकचित्त भई व्यवहार गर्दछन्, तिनीहरू सबै मेरो राज्यमा रहनेछन्। जसले तालीम पाएका छैनन्—अर्थात् ती इमानदार मानिसहरू जसमा बुद्धि र अन्तर्दृष्टिको अभाव हुन्छ—मेरो राज्यमा तिनीहरूसित शक्ति हुनेछ। यद्यपि, तिनीहरूलाई पनि निराकरण गरिएको र तोडिएको हुन्छ। तालिमबाट भएर नगएकाहरू पूर्ण हुँदैनन्। बरु, यिनै कुराहरूद्वारा म सबैलाई मेरो सर्वशक्तिमान्ता र मेरो बुद्धि देखाउनेछु। म ती सबैलाई बाहिर निकाल्नेछु जसले अझै पनि मलाई शङ्का गर्छन्; म तिनीहरूमध्ये एकै जनालाई पनि चाहन्नँ (यस्तो समयमा पनि मलाई शङ्का गर्ने मानिसहरूलाई म घृणा गर्दछु)। मैले सम्पूर्ण ब्रह्माण्डमा गर्ने कार्यहरूद्वारा म इमानदार मानिसहरूलाई मेरा कामहरूको आश्चर्यता देखाउनेछु, त्यसरी म उनीहरूको बुद्धि, अन्तर्दृष्टि र विवेकलाई वृद्धि गराउनेछु। म छलकपट गर्ने मानिसहरूलाई मेरो चमत्कारपूर्ण कार्यहरूको फलस्वरूप एकै क्षणमा नाश पार्नेछु। मेरो नाउँ पहिले ग्रहण गर्ने सबै ज्येष्ठ पुत्रहरू (अर्थात्, ती पवित्र र निष्कलङ्क र इमानदार मानिसहरू) तिनीहरू राज्यमा प्रवेश गर्ने प्रथम मानिसहरू हुनेछन् र मसँगै सबै जातिहरू र सबै मानिसहरूमाथि शासन गर्नेछन्, र सबै जातिहरू र सबै मानिसहरूको न्याय गर्दै राज्यमा राजाको रूपमा शासन गर्नेछन् (यसले राज्यका सबै ज्येष्ठ पुत्रहरूलाई दर्साउँछ र अरू कसैलाई होइन)। सबै जातिहरू र सबै मानिसहरूमध्ये जो न्याय गरिएका छन्, र जसले पश्चात्ताप गरेका छन्, तिनीहरू मेरो राज्यमा प्रवेश गर्नेछन् र मेरा प्रजा हुनेछन्, अनि अटेरी र अपश्चात्तापी मानिसहरू अतल कुण्डमा फालिनेछन् (सदाका लागि नाश हुनलाई)। राज्यमा हुने न्याय अन्तिम हुनेछ, र त्यो मैले गर्ने संसारको पूर्ण शुद्धीकरण हुनेछ। त्यसपछि त्यहाँ कुनै अन्याय, शोक, आँसु वा सुस्केराहरू हुनेछैन, र त्योभन्दा बढी, त्यहाँ फेरि संसार हुनेछैन। सबै कुरा ख्रीष्टको प्रकटीकरण हुनेछ, र सबै ख्रीष्टको राज्य हुनेछन्। कस्तो महिमा! कस्तो महिमा!
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। प्रारम्भमा ख्रीष्टका वाणीहरू, अध्याय ७९
तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।
परमेश्वरको कार्य बुझ्नु भनेको सजिलो कुरा होइन। तेरो खोजीमा तँसँग मापदण्डहरू र उद्देश्य हुनुपर्छ, तैँले साँचो मार्ग कसरी खोज्ने भन्ने बारे...
उनीहरूका पूर्ण रूपमा अविश्वासी बालबालिकाहरू र नातेदारहरूलाई मण्डलीतिर खिँचेर लानेहरू अत्यन्त स्वार्थीहरू हुन् र उनीहरूले केवल दया...
तिमीहरूको खोजीमा, तिमीहरूसँग अत्यन्तै धेरै धारणा, आशा र भविष्यहरू छन्। अहिलेको काम तिमीहरूको हैसियतको चाहना र असाधारण चाहनाहरूको निराकरण...
परमेश्वरलाई थुप्रै वर्षदेखि पछ्याइरहेको र वर्षौंदेखि उहाँका वचनहरूको भरणपोषणमा आनन्द मनाएको व्यक्तिको हकमा, यदि परमेश्वरको बारेमा...