परमेश्वरका दैनिक वचनहरू: देहधारण | अंश १३०
येशू र म एउटै आत्माबाट आएका हौं। हाम्रा देहहरूमा हामी सम्बन्धित नभए पनि, हाम्रा आत्माहरू एउटै छन्; हामीले गर्ने कामको विषयवस्तु र हामीले...
परमेश्वर देखा पर्ने घटनाको चाहना गर्ने सबैलाई हामी स्वागत गर्दछौँ।
मैले दुष्कर्म गर्नेहरू र शक्ति प्रयोग गरेर परमेश्वरका छोराहरूलाई सताउनेहरूलाई दण्ड दिने काम सुरु गरेको छु। अब उप्रान्त, मेरा प्रशासनिक आदेशहरूको हात सधैँ तिनीहरूमाथि हुनेछ जसका हृदयहरू मेरो विरोधमा छन्। यो कुरा जान्। यो मेरो न्यायको सुरुआत हो, र कसैलाई पनि दया देखाइनेछैन, न त कसैलाई नै सजायबाट बचाइनेछ, किनकि म भावनामा नडुब्ने निष्पक्ष परमेश्वर हुँ जसले धार्मिकताको अभ्यास गर्छ, र तिमीहरू सबैले यो कुरा बुझेको राम्रो हुनेछ।
यो होइन कि म खराब काम गर्नेलाई दण्ड दिने इच्छा राख्छु; बरु, यो त तिनीहरूका आफ्नै खराब कामहरूले तिनीहरूमाथि उचित दण्ड ल्याएको कुरा हो। म कसैलाई पनि दण्ड दिन हतार गर्दिनँ, न त म कसैलाई अन्यायपूर्वक व्यवहार गर्छु—म सबैका लागि धार्मिक छु। म निश्चय नै मेरा छोराहरूलाई प्रेम गर्छु, र मलाई चुनौती दिने दुष्ट मानिसहरूलाई निश्चय नै घृणा गर्छु; मेरा कामहरूपछडिको सिद्धान्त यही हो। तिमीहरू प्रत्येकसित मेरो प्रशासनिक आदेशहरूको बारेमा केही जानकारी हुनुपर्दछ; यदि यो नभए तिमीहरूमा रत्तीभर पनि डर हुनेछैन, र मेरो सामु लापरवाहीसाथ काम गर्नेछौ। म के हासिल गर्न चाहन्छु, म के सम्पन्न गर्न चाहन्छु, के प्राप्त गर्न चाहन्छु वा मेरो राज्यलाई कस्तो किसिमको व्यक्ति चाहिन्छ सो पनि तिमीहरूले जान्नेछैनौ।
मेरो प्रशासनिक आदेशहरू यी हुन्:
१. तँ जो-सुकै भए पनि, यदि तेरो हृदयमा मप्रति विरोधाभास छ भने, तेरो न्याय गरिनेछ।
२. जसलाई मैले चुनेको छु, तिनीहरूले कुनै पनि गलत विचार गर्नसाथ तिनीहरूलाई तुरुन्तै अनुशासनमा राखिनेछ।
३. मलाई विश्वास नगर्नेहरूलाई म पन्छाउनेछु। म तिनीहरूलाई आखिरी समयसम्म लापरबाहीसँग बोल्न र काम गर्न दिनेछु, त्यसपछि म तिनीहरूलाई पूर्ण रूपले दण्ड दिनेछु र छुट्याउनेछु।
४. ममा विश्वास गर्नेहरूलाई म हरसमय हेरचाह र सुरक्षा गर्नेछु। हरसमय म तिनीहरूलाई मुक्तिको मार्गद्वारा जीवन प्रदान गर्नेछु। यी मानिसहरूसित मेरो प्रेम हुनेछ, र तिनीहरू निश्चय पतन हुनेछैनन् वा तिनीहरूले आफ्ना बाटो गुमाउनेछैनन्। तिनीहरूसँग भएको कुनै कमजोरी अस्थायी मात्र हुनेछ, र म तिनीहरूका कमजोरीहरूलाई निश्चय सम्झनेछैनँ।
५. तिनीहरू, जसले ममा विश्वास गरेकोजस्तो देखिन्छ, तर वास्तवमा त्यसो गर्दैनन्—जसले परमेश्वर हुनुहुन्छ भनी विश्वास गर्छन् तर ख्रीष्टलाई खोज्दैनन्, तापनि जसले पनि विरोध गर्दैनन्—यिनीहरू अति दयनीय किसिमका मानिसहरू हुन्, र मेरा कामहरूद्वारा म तिनीहरूलाई स्पष्ट देख्ने बनाउनेछु। मेरा कामहरूद्वारा, म त्यस्ता मानिसहरूलाई मुक्ति दिनेछु र तिनीहरूलाई फर्काएर ल्याउनेछु।
६. जेठा छोराहरू, मेरो नाउँ स्वीकार गर्ने प्रथम व्यक्तिहरू, आशिषित हुनेछन्! म निश्चय तिमीहरूलाई सर्वोत्तम आशिषहरू दिनेछु, तिमीहरूका हृदयको सन्तुष्टिका निम्ति ती उपभोग गर्न दिनेछु; कसैले पनि यसमा बाधा दिने आँट गर्नेछैन। यो सबै तिमीहरूका लागि पूर्ण रूपमा तयार छ, किनकि यो मेरो प्रशासनिक आदेश हो।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। प्रारम्भमा ख्रीष्टका वाणीहरू, अध्याय ५६
येशू र म एउटै आत्माबाट आएका हौं। हाम्रा देहहरूमा हामी सम्बन्धित नभए पनि, हाम्रा आत्माहरू एउटै छन्; हामीले गर्ने कामको विषयवस्तु र हामीले...
जीवनको बाटो जोसुकैले पाउने कुरा होइन, न त यो कसैले सहजै प्राप्त गर्न सक्ने कुरा नै हो। यो यसैले हो किनभने जीवन परमेश्वरबाट मात्रै आउन...
मलाई एकदमै धेरै आशा छ। म आशा गर्दछु कि तिमीहरूले उचित र शिष्ट तवरले व्यवहार गर्छौ, विश्वसनीय रूपले आफ्नो कर्तव्य पूरा गर्छौ, सत्यता र...
कुनै व्यक्ति साँचो प्रार्थनामा कसरी प्रवेश गर्छ? प्रार्थना गर्दा, परमेश्वरसमक्ष तेरो हृदय शान्त हुनुपर्दछ, र तँसँग इमानदार हृदय...