परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वर देखा पर्नु र उहाँको काम | अंश ७१

परमेश्‍वरको छ हजार वर्षको व्यवस्थापनको योजना अन्त्यतिर आइरहेको छ, र उहाँ देखा पर्नुभएको खोजी गर्ने सबैका निम्ति राज्यको ढोका यसअघि नै खोलिसकिएको छ। प्रिय दाजुभाइ-दिदीबहिनीहरू, तिमीहरू के पर्खदैछौ? तिमीहरूले खोजेको के हो? के तिमीहरू परमेश्‍वर देखा पर्नुहुने पर्खाइमा छौ? के तिमीहरू उहाँका पाइलाहरू खोजिरहेका छौ? परमेश्‍वरको देखा पराइलाई कसरी तृष्णा गर्ने! अनि परमेश्‍वरका पाइलाहरू भेट्टाउन कति गाह्रो छ! यस्तो युगमा, यस्तो संसारमा, परमेश्‍वर देखा पर्नुहुने दिनलाई देख्‍नको लागि हामीले के गर्नुपर्छ? परमेश्‍वरका पाइलाहरूसँगै हिँड्न हामीले के गर्नुपर्छ? परमेश्‍वर देखा पर्नुहुने पर्खाइमा रहेका सबै जनाले यस्तो प्रकारको प्रश्नहरूको सामना गरिरहेका हुन्छन्। तिमीहरू सबैले एकभन्दा धेरै समय ती कुराहरूको विचार गरेका छौ—तर परिणाम के भयो त? परमेश्‍वर कहाँ देखा पर्नुहुन्छ? परमेश्‍वरका पाइलाहरू कहाँ छन्? के तिमीहरूले यसको जवाफ पाएका छौ? धेरै मानिसहरूले यसरी जवाफ दिन सक्छन्: “उहाँलाई पछ्याउनेहरूका बीचमा परमेश्‍वर देखा पर्नुहुन्छ र उहाँका पाइलाहरू हामीमाझ छन्; यो त स्पष्ट छ!” जो कसैले पनि सूत्रगत उत्तर दिन सक्छ, तर के तिमीहरू परमेश्‍वर देखा पर्नु वा उहाँका पाइलाहरूको अर्थ के हो भनी बुझ्छौ? परमेश्‍वर देखा पर्नुले उहाँ आफै व्यक्तिगत रूपमा उपस्थित भई उहाँको काम गर्नको निम्ति पृथ्वीमा उहाँको आगमनलाई जनाउँछ। उहाँको आफ्नै पहिचान र स्वभावको साथमा, र उहाँको आफ्नै अन्तर्निहित शैलीमा, उहाँ मानिसहरूको बीचमा युगको सुरुवात गर्ने र युगको अन्त गर्ने काम गर्न ओर्ली आउनुहुन्छ। यस्तो प्रकारले देखा पर्नु चाहिँ कुनै एक प्रकारको समारोह होइन। यो कुनै चिन्ह, तस्वीर, अचम्मको काम वा कुनै किसिमको ठूलो दर्शन होइन; यो कुनै प्रकारको धार्मिक प्रक्रिया हुने त कुरै छौडौं। यो जो कसैले पनि छुन र हेर्न सक्ने वास्तविक र यथार्थ तथ्य हो। यस्तो प्रकारले देखा पर्नु चाहिँ झारा टार्नको लागि वा कुनै छोटो समयको उपक्रमको निम्ति होइन; बरु, यो त उहाँको व्यवस्थापन योजनाको कामको एउटा चरणको निम्ति हो। परमेश्‍वर देखा पर्नुहुने घटना जहिले पनि अर्थपूर्ण हुन्छ र यसले सँधै उहाँको व्यवस्थापनको योजनासँग केही सम्बन्ध राख्छ। यहाँ भनिएको “देखा पर्नु” भन्ने शब्दावली “स्वरूप” शब्दभन्दा पूर्ण रूपले भिन्न छ जसमा परमेश्‍वरले मानिसलाई अगुवाई गर्नुहुन्छ, डोर्याउनुहुन्छ र ज्योति दिनुहुन्छ। प्रत्येक चोटि उहाँले आफैलाई प्रकट गर्नुहुँदा परमेश्‍वरले उहाँको महान कामको चरणलाई अघि बढाउनुहुन्छ। यो कार्य अरू कुनै युगको भन्दा भिन्न हुन्छ। यो मानिसको निम्ति अकल्पनीय छ र मानिसले कहिल्यै अनुभव गरेको छैन। यो काम नयाँ युगलाई सुरुवात गर्ने र पुरानो युगलाई अन्त्य गर्ने काम हो, र यो मानवजातिको मुक्तिको निम्ति नयाँ र सुदृढ रूपको काम हो; अझ भन्ने हो भने, यो मानवजातिलाई नयाँ युगमा ल्याउने काम हो। परमेश्‍वर देखा पर्नुले यही कुरालाई जनाउँछ।

तिमीहरूले परमेश्‍वर देखा पर्नुको अर्थ के हो भन्ने बुझिसकेपछि, कसरी तिमीहरूले परमेश्‍वरका पाइलाहरूलाई खोज्नुपर्छ? यो प्रश्न व्याख्या गर्न गाह्रो छैन: जहाँ परमेश्‍वर देखा पर्नुहुन्छ, त्यहाँ तिमीहरूले उहाँका पाइलाहरूलाई भेट्टाउँनेछौ। यस्तो व्याख्या सरल सुनिन्छ, तर अभ्यासमा ल्याउन त्यति सहज छैन, किनकि धेरै मानिसहरूलाई परमेश्‍वर कहाँ देखा पर्नुहुन्छ भन्ने थाहा छैन, उहाँ कहाँ देखा पर्न चाहनुहुन्छ, कहाँ देखा पर्नुपर्ने हो भन्नेबारेमा थाहा हुने त कुरै छाडौं। केहीले आवेगका साथ विश्‍वास गर्छन् कि जहाँ पवित्र आत्माको काम हुन्छ, त्यहाँ परमेश्‍वर देखा पर्नुहुन्छ। अर्को रूपमा, तिनीहरू विश्‍वास गर्छन् कि जहाँ आत्मिक व्यक्तित्वहरू हुन्छन्, त्यहाँ परमेश्‍वर देखा पर्नुहुन्छ। त्यस्तै अर्को रूपमा, तिनीहरू विश्‍वास गर्छन् कि जहाँ उच्च प्रतिष्ठाका मानिसहरू हुन्छन्, त्यहाँ परमेश्‍वर देखा पर्नुहुन्छ। केही क्षणको लागि, यस्ता विश्‍वासहरू सही छन् कि गलत छन् भन्ने कुरालाई हामी एकातिर छोडौं। यस्तो प्रश्नको व्याख्या गर्न, हामीसँग पहिला स्पष्ट उद्देश्य हुनुपर्दछ: हामी परमेश्‍वरका पाइलाहरू खोजिरहेका छौं। हामी आत्मिक व्यक्तित्वहरूलाई खोजिरहेका छैनौं, चर्चित व्यक्तित्वहरूका पछि लाग्ने कुरा त परै जाओस्; हामी परमेश्‍वरका पाइलाहरूलाई पछ्याइरहेका छौं। यसकारण, हामीहरू परमेश्‍वरका पाइलाहरूलाई खोजिरहेका भएकाले, यसले हामीलाई परमेश्‍वरको इच्छा, परमेश्‍वरको वचन, उहाँको वाणी खोज्न बाध्य बनाउँछ—किनकि जहाँ परमेश्‍वरद्वारा बोलिएका नयाँ वचनहरू हुन्छन्, त्यहाँ परमेश्‍वरको आवाज हुन्छ, र जहाँ परमेश्‍वरका पाइलाहरू हुन्छन्, त्यहाँ परमेश्‍वरका कामहरू हुन्छन्। जहाँ-जहाँ परमेश्‍वरको अभिव्यक्ति हुन्छ, त्यहाँ-त्यहाँ परमेश्‍वर देखा पर्नुहुन्छ, र परमेश्‍वर जहाँ-जहाँ देखा पर्नुहुन्छ, त्यहाँ-त्यहाँ सत्यता, मार्ग, र जीवन अस्तित्वमा हुन्छ। परमेश्‍वरका पाइलाहरू खोज्दा, तिमीहरूले “परमेश्‍वर सत्यता, मार्ग र जीवन हुनुहुन्छ” भन्ने “वचनहरू” लाई बेवास्ता गरेका छौ। अनि त्यसकारण, धेरै मानिसहरूले सत्य ग्रहण गर्दा पनि, तिनीहरूले परमेश्‍वरका पाइलाहरू भेट्टाएका छन् भनी विश्‍वास गर्दैनन्, र तिनीहरूले परमेश्‍वर देखा पर्नुभएको कुरालाई स्वीकार गर्नु त परै जाओस्। कस्तो गम्भीर भुल! परमेश्‍वर देखा पर्नुहुने कुरा मानिसको धारणाहरूसँग मेल खान सक्दैन, परमेश्‍वर मानिसको आग्रहमा देखा पर्नुहुन्छ भन्ने कुरा त परै जाओस्। परमेश्‍वरले आफ्‍नो काम गर्नुहुँदा उहाँका आफ्नै छनोटहरू र उहाँका आफ्नै योजनाहरू बनाउनुहुन्छ; यसअलावा, उहाँसँग उहाँका आफ्नै उद्देश्यहरू र उहाँका आफ्नै विधिहरू छन्। उहाँ जुनसुकै काम गर्नुहुँदा, उहाँले यसको बारेमा कुनै मानिससँग छलफल गर्नु वा उसको सल्लाह माग्नु आवश्यक छैन, प्रत्येक र हरेक व्यक्तिलाई उहाँको कामको बारेमा सूचित गर्ने कुरा त परै जाओस्। यो परमेश्‍वरको स्वभाव हो, जसलाई अझ भन्ने हो भने सबैले पहिचान गर्नुपर्छ। यदि तिमीहरू परमेश्‍वर देखा पर्नुहुने घटनालाई देख्‍न, परमेश्‍वरका पाइलाहरूलाई पछ्याउन चाहन्छौ भने, सर्वप्रथम तिमीहरू आफ्नो धारणाहरूबाट टाढा जानुपर्छ। तिमीहरूले परमेश्‍वरलाई यो वा त्यो गर्नू भनी माग गर्नुहुँदैन, उहाँलाई तिमीहरूले आफ्नै सीमित स्थानमा राख्‍न र तिमीहरूका आफ्नै धारणाहरूमा उहाँलाई सीमित गर्न हुने कुरा त परै जाओस्। त्यसको सट्टा, तिमीहरूले परमेश्‍वरका पाइलाहरूलाई कसरी खोज्नुपर्छ, कसरी परमेश्‍वर देखा पर्नुहुने कुरालाई स्वीकार्नुपर्छ, र कसरी परमेश्‍वरको नयाँ काममा समर्पण गर्नुपर्छ आफूले आफैलाई सोध्नुपर्छ: मानिसले गर्नुपर्ने यही हो। मानिस सत्यता होइन, र ऊसँग सत्यता छैन, त्यसैले उसले खोजी गर्नुपर्छ, स्वीकार गर्नुपर्छ, र आज्ञा पालन गर्नुपर्छ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परिशिष्ट १: परमेश्‍वर देखा पर्नुभएको घटनाले नयाँ युगलाई प्रारम्भ गरेको छ

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

परमेश्‍वरका दैनिक वचनहरू: मानवजातिको भ्रष्टता उजागर गर्नु | अंश ३३९

अहिले मैले तेरो भोगी देहलाई हेर्दैछु, जसले मलाई फुस्ल्याउँछ र मसँग तेरा निम्ति एउटा सानो चेतावनी मात्र छ, यद्यपि म सजायले तेरो “सेवा”...

परमेश्‍वरका दैनिक वचनहरू: जीवनमा प्रवेश | अंश ५०४

यदि मानिसहरूले परमेश्‍वरलाई श्रद्धा गर्ने हृदयले परमेश्‍वरमा विश्‍वास गर्छन्‌ र परमेश्‍वरका वचनहरूको अनुभव गर्छन्‌ भने, यस्ता मानिसहरूमा...

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वर देखा पर्नु र उहाँको काम | अंश ५८

मेरा रहस्यहरू प्रकट भएका छन् र खुला रूपमा प्रदर्शित भएका छन्, र अब लुकेका छैनन्, यो सबै पूर्ण रूपमा मेरो अनुग्रह र कृपाको कारणले भएको हो।...

परमेश्‍वरका दैनिक वचनहरू: आखिरी दिनहरूको न्याय | अंश ८६

मानिसले उहाँको ज्ञान प्राप्त गर्न सकोस्, अनि उहाँको गवाहीको खातिर परमेश्‍वरले न्याय र सजायको काम गर्नुहुन्छ। मानिसको भ्रष्ट स्वभावलाई...

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्