परमेश्वरका दैनिक वचनहरू: मानवजातिको भ्रष्टता उजागर गर्नु | अंश ३३४
जब-जब गन्तव्यको उल्लेख गरिन्छ, तिमीहरूले त्यसलाई विशेष गम्भीरताका साथ व्यवहार गर्छौ। यसबाहेक, यो यस्तो कुरा हो जसको बारेमा तिमीहरू विशेष...
परमेश्वर देखा पर्ने घटनाको चाहना गर्ने सबैलाई हामी स्वागत गर्दछौँ।
मैले मेरो काम गैरयहूदी जातिहरू माझ फैलाउँदैछु। मेरो महिमा सारा ब्रह्माण्डभरि चम्किनेछ; साना-ठूला सबै मानिसहरूले आफूभित्र मेरो इच्छालाई बोक्छन्, अनि तिनीहरू सबै मेरो बाहुलीद्वारा परिचालित हुन्छन् र मैले सुम्पेका कामहरूमा लागिपर्छन्। यस घड़ीदेखि, सबै मानिसहरूलाई अर्कै संसारमा ल्याएर म नयाँ युगमा प्रवेश गरेको छु। जब म आफ्नो “गृह मुलुक” फर्कें; मेरो मौलिक योजनामा मैले अर्को नयाँ कामको सुरुवात गरेँ, ताकि मानिस मकहाँ अझ गहन रूपमा आउन सकून्। मैले ब्रह्माण्ड यसको समग्रतामा विचार गर्छु र त्यसलाई हेर यो मेरो कामको निम्ति उपयुक्त समय हो, त्यसैले मानिसमाझ मेरो काम गर्दै म सबैतिर हतार गर्छु। आखिर, यो नयाँ युग हो र धेरैभन्दा धेरै नयाँ मानिसहरूलाई नयाँ युगमा लिन र मैले दूर गर्नेहरूमध्ये धेरैलाई पन्छाउन मैले नयाँ काम ल्याएको छु। रातो अजिङ्गरको राष्ट्रमा, तिनीहरूलाई हावामा नै बहन लगाएर, मैले मानवजातिमा अथाह कामको एउटा चरण पूरा गरेको छु, त्यसपछि तिनीहरू बिस्तार-बिस्तार हावाको बहाउसँगै अलग हुन्छन्। साँच्चै, यो मैले सफा गर्न लागेको “खलो” हो; मैले उत्कट चाह गरेको कुरा यही हो र यो पनि मेरो योजना हो। म काममा हुँदा धेरै दुष्टहरू गुप्त रूपमा पसेका छन्, तर म तिनीहरूलाई धपाउन हतारमा छुइनँ। बरु, उपयुक्त समयमा म तिनीहरूलाई तितरबितर पार्नेछु। त्यसपछि मात्र, मलाई साँच्चै प्रेम गर्नेहरूलाई अञ्जिरको फल र लिलिको बास्ना प्राप्त गर्न दिएर म जीवनको मूल हुनेछु। शैतान डेरा बस्ने मुलुकमा, कुनै विशुद्ध सुन रहँदैन, त्यहाँ केवल बालुवा मात्र हुन्छ, यी परिस्थितिहरूको सामना गरेपछि म यस्तो चरणको काम गर्छु। मैले प्राप्त गर्ने कुरा भनेको शुद्ध र खारिएको सुनको बालुवा होइन भन्ने तिमीहरूले जान्नुपर्छ। मेरो घरमा दुष्ट कसरी रहन सक्छ? फ्याउराहरू मेरो स्वर्गमा परजीवी हुन मैले कसरी दिन सक्छु र? यी कुराहरूलाई पाखा लगाउन मैले कल्पना गर्न सकिने सबै विधिहरू अप्नाउछु। मेरो इच्छा प्रकट हुन अघि मैले के गर्न लागेको छु सो कसैलाई पनि अवगत हुँदैन। यही मौका छोपेर मैले यी दुष्टहरूलाई धपाउनेछु र तिनीहरू मेरो उपस्थितिबाट जान बाध्य हुन्छन्। मैले दुष्टहरूलाई यसो गर्नेछु, तर तिनीहरूले मेरो सेवा गर्ने दिन अझै हुनेछ। आशिष् पाउने मानिसहरूको इच्छा अत्यन्तै प्रबल हुन्छ; यसकारण मैले मेरो शरीर घुमाएर मेरो महिमित मुहार गैरयहूदीहरूलाई देखाउँछु, ताकि मानिसहरू तिनीहरूको आफ्नै संसारमा जिऊन् र मैले भन्नुपर्ने मेरा वचनहरू मैले भन्दै जाँदा र मानिसहरूलाई चाहिने कुरा आपूर्ति गर्दै जाँदा तिनीहरूले आफ्नो न्याय आफै गरून्। मानिसहरू तिनीहरूको होशमा आउँदा मैले मेरो काम लामो समय अघिदेखि नै फैलाएको हुनेछु। त्यसपछि मैले मानिसहरूलाई मेरो इच्छा व्यक्त गर्नेछु र सबै मानिसहरूले मेरो काममा समन्वय गर्ने गरी नजिकबाट मलाई पछ्याउन दिएर र मैले गर्नुपर्ने सबै काम मसँगै तिनीहरूको आफ्नै क्षमतामा गर्न दिएर मानिसहरूमाझ मेरो कामको दोस्रो भाग सुरु गर्नेछु।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। सात मेघगर्जनको आवाज—राज्यको सुसमाचार सारा ब्रह्माण्डभरि फैलिनेछ भन्ने अगमवाणी
जब-जब गन्तव्यको उल्लेख गरिन्छ, तिमीहरूले त्यसलाई विशेष गम्भीरताका साथ व्यवहार गर्छौ। यसबाहेक, यो यस्तो कुरा हो जसको बारेमा तिमीहरू विशेष...
जीवनको बाटो जोसुकैले पाउने कुरा होइन, न त यो कसैले सहजै प्राप्त गर्न सक्ने कुरा नै हो। यो यसैले हो किनभने जीवन परमेश्वरबाट मात्रै आउन...
के येशूको “परमेश्वर हामीसँग” भन्ने नाउँले परमेश्वरको स्वभावलाई पूर्णरूपमा प्रतिनिधित्व गर्नसक्छ? के त्यसले पूर्ण रूपमा परमेश्वरलाई...
देहधारी परमेश्वर देहमा आउनुको एउटै मात्र कारण भनेको भ्रष्ट मानिसहरूको आवश्यकताको कारणले गर्दा मात्रै हो। परमेश्वरको होइन, तर मानिसका...