परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वर देखा पर्नु र उहाँको काम | अंश ६७

म सर्वोच्च स्वर्गलाई मेरा कार्यहरूको ‍प्रकटीकरणद्वारा भर्नेछु र पृथ्वीका सबै थोकलाई मेरो शक्तिसामु लम्पसार पर्न लगाउनेछु, यसरी “विश्‍व एकता” को लागि मेरो योजना कार्यान्वयन गर्नेछु र मेरो यो चाहनालाई सफलतामा पुर्‍याउनेछु, ताकि मानवजाति अबउप्रान्त पृथ्वीमा “यताउता भौँतारिने” छैनन्, बरु तिनीहरूले कुनै ढिलाइ नगरिकन सुहाउँदो गन्तव्य भेट्नेछन्। म हरेक किसिमले मानव जातिको लागि सोचविचार गर्छु, यस्तो गर्नेछु ताकि सारा मानवजाति चाँडै नै शान्ति र खुसीको भूमिमा जिउन आऊन्, ताकि तिनीहरूका जीवनका दिनहरू अबउप्रान्त दुःखी र उजाड नहोऊन्, र ताकि पृथ्वीमा मेरा योजना शून्यतामा नपुगोस्। मानिस त्यहाँ अस्तित्वमा रहने भएकोले, म मेरो राष्ट्र पृथ्वीमा निर्माण गर्नेछु, किनभने मेरो महिमाको प्रकटीकरणको एक अंश पृथ्वीमा रहेको छ। माथि स्वर्गमा, म मेरो सहरलाई उचित तुल्याउनेछु र त्यसरी नै माथि र तलका सबै थोकलाई नवीन बनाउनेछु। म स्वर्गको माथि र तल अस्तित्वमा रहेका सबै थोकलाई एकतामा ल्याउनेछु ताकि, पृथ्वीका हरेक थोक स्वर्गमा भएका सबै थोकसँग एकीकृत होस्। यो मेरो योजना हो; अन्तिम युगमा मैले हासिल गर्ने उपलब्धि नै यही हो—मेरो कामको यो भागमा कसैले पनि हस्तक्षेप नगरोस्! अविश्वासी राष्ट्रहरूमाझ मेरो कामलाई फैलाउनु नै पृथ्वीमा मैले गर्ने मेरो कामको अन्तिम भाग हो। मैले गर्ने कामलाई कसैले पनि बोध गर्न सक्दैन, र यही कारणले गर्दा, मानिसहरू निकै नै भ्रममा परेका छन्। अनि म पृथ्वीमा मैले गर्ने मेरो काममा पूरै व्यस्त भएको हुनाले, मानिसहरूले यसलाई “खेल खेल्ने” अवसर बनाउँछन्। तिनीहरूलाई अत्यन्तै उपद्रवी बन्नबाट रोक्नको लागि, मैले तिनीहरूलाई अग्निकुण्डको अनुशासन कारबाही सहन गर्नको लागि मेरो सजायअन्तर्गत राखेको छु। यो मेरो कामको एउटा चरण हो, र म मेरो कामको यो चरणलाई पूरा गर्नको लागि उक्त अग्निकुण्डको सामर्थ्य प्रयोग गर्नेछु; अन्यथा, मेरो कामलाई अघि बढाउन नै असम्भव हुन्छ। म सारा ब्रह्माण्डभरिका मानवजातिलाई मेरो सिंहासनअघि समर्पित हुन लगाउनेछु, मेरो न्यायअनुरूप तिनीहरूलाई विविध श्रेणीमा विभाजन गर्नेछु, ती श्रेणीहरूअनुसार तिनीहरूलाई वर्गीकरण गर्नेछु, र अझै तिनीहरूलाई तिनीहरूको परिवारमा विभाजन गर्नेछु, ताकि सम्पूर्ण मानवजातिले मलाई अवज्ञा गर्न छाडून्, यसको साटो तिनीहरू मैले नामाकरण गरेका श्रेणीहरूअनुसार स्पष्ट र व्यवस्थित बन्दोबस्तमा रहून्—कोही पनि यतिकै जहीँतहीँ चलफिर नगरोस्! सारा ब्रह्माण्डभरि नै मैले नयाँ काम गरेको छु; सारा ब्रह्माण्डभरि नै मेरो आकस्मिक देखा पराइबाट सारा मानवजाति अचम्‍मित र अक्क न बक्क भएका छन्, र मेरो देखा पराइद्वारा खुला अन्तरिक्षमा तिनीहरूको क्षितिज बृहत् रूपमा विस्तारित भएको छ। आज यस्तै त छ नि होइन र?

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सम्पूर्ण ब्रह्माण्डलाई परमेश्‍वरका वचनहरू, अध्याय ४३

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरलाई चिन्‍नु | अंश १९९

परमेश्‍वरप्रति मानवजातिका विभिन्‍न मनोवृत्तिहरू मानिसहरूले परमेश्‍वरप्रति कसरी व्यवहार गर्छन् त्यसले तिनीहरूको भवितव्यका साथै परमेश्‍वरले...

परमेश्‍वरका दैनिक वचनहरू: गन्तव्य र परिणामहरू | अंश ६०२

राज्यको युगमा मानिसलाई पूरा रूपमा पूर्ण गरिनेछ। विजयको कामपछि, मानिस शोधन र सङ्कष्टमा पर्नेछ। यो सङ्कष्टमा विजय गर्न सक्‍ने र गवाहीको रूपमा...

परमेश्‍वरका दैनिक वचनहरू: गन्तव्य र परिणामहरू | अंश ६००

मौलिक रूपमा मानवजातिमा कुनै परिवारहरू थिएन; मात्र एक पुरुष र एक महिला मात्र अस्तित्वमा थिए—दुई फरक किसिमका मानव। त्यहाँ कुनै देशहरू थिएन,...

परमेश्‍वरका दैनिक वचनहरू: जीवनमा प्रवेश | अंश ४३५

तैँले कति वटा धार्मिक अभ्यासहरू पालना गर्छस्? तैँले कति पल्ट परमेश्‍वरको वचन विरुद्ध विद्रोह गरेको छस् र आफ्नै बाटोमा हिँडेको छस्? तैँले...

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्