परमेश्वरका दैनिक वचनहरू: जीवनमा प्रवेश | अंश ४२९
तैंले परमेश्वरका वचनहरू पक्डेको छस् अनि निर्लज्ज भई तिनको व्याख्या गर्न सक्छस् भन्दैमा त्यसको अर्थ तैंले वास्तविकता धारण गरेको छस् भन्ने...
परमेश्वर देखा पर्ने घटनाको चाहना गर्ने सबैलाई हामी स्वागत गर्दछौँ।
जब मेरो प्रशंसामा स्वर्गदूतहरूले सङ्गीत बजाउँछन्, यसले ममा मानिसप्रतिको सहानुभूतिलाई जगाएरै छाड्छ। मेरो हृदय तुरुन्तै उदास हुन्छ, र यो पीडादायी भावनाबाट आफैलाई मुक्त गर्नु असम्भव छ। मानिसबाट अलग गरिनु र फेरि मिल्नुको आनन्द र शोकमा, हामी भावनाको आदनप्रदान गर्न असमर्थ छौं। स्वर्गमा माथि र पृथ्वीमा मुनि अलग गरिएको कारण, म र मानिस बिरलै भेट्छौं। अतीतका भावनाहरूबाट को उम्कन सक्छ? अतीतका मीठा यादहरूलाई कसले रोक्न सक्छ र? विगतका भावनाहरू जारी रहोस् भन्ने आशा कसले गर्दैन र? कसले मेरो आगमनको तृष्णा गर्दैन र? मानिससँगको मेरो मिलापको लागि कसले तृष्णा गर्दैन र? मेरो हृदय बेचैन छ, र मानिसको आत्मा अत्यन्तै चिन्तित छ। आत्मामा उस्तै भए पनि, हामी त्यति एकसाथ हुन सक्दैनौं, र हामी त्यति एकअर्कालाई भेट्न सक्दैनौं। त्यसैले सारा मानवजातिको जीवन शोकले भरिएको छ र यसमा जोशको कमी छ, किनभने मानिसले सधैँ मेरो तृष्णा गरेको छ। यो यस्तो छ मानौं मानवजाति स्वर्गबाट फ्याँकिएका वस्तुहरू हुन्; तिनीहरू भुइँबाट नजर उठाएर मलाई हेर्दै पृथ्वीबाट मेरो नाम पुकार्छन्—तर तिनीहरू भोको ब्वाँसोको मुखबाट कसरी उम्कन सक्छन् र? यसका खतराहरू र यसका परीक्षाहरूबाट तिनीहरूले आफैलाई कसरी मुक्त गर्न सक्छन् र? मेरो योजनाको प्रबन्धलाई पालन गर्नुले गर्दा कसरी मानवजातिले आफैलाई बलिदान गर्न सक्दैन? जब तिनीहरूले उच्च सोरमा बिन्ती गर्छन्, म तिनीहरूबाट मेरो अनुहार लुकाउँछु, अबउप्रान्त तिनीहरूलाई हेर्नै सक्दिनँ तर तिनीहरूको आँसुसहितको रुवाइलाई नसुनी म कसरी बस्न सक्छु र? म मानव संसारका अन्यायहरूलाई सच्याउनेछु। मेरा मानिसहरूलाई फेरि हानी गर्नबाट शैतानलाई रोक्दै, फेरि आफूखुसी गर्नबाट शत्रुहरूलाई रोक्दै, म संसारभरि मेरै हातद्वारा मेरो काम गर्नेछु। मेरा सबै शत्रुहरूलाई भुइँमा लडेर मेरो अगाडि आफ्ना अपराधहरू स्वीकार गर्ने तुल्याउँदै म पृथ्वीमा राजा बन्नेछु र मेरो सिंहासनलाई त्यहाँ सार्नेछु। उदासपन, साथै रिसको बेलामा, कसैलाई पनि बाँकी नराखी अनि मेरा शत्रुहरूको हृदयमा आतङ्क पैदा गर्दै म सारा ब्रह्माण्डलाई कुल्चिमिल्ची गर्नेछु। म सारा पृथ्वीलाई अवशेषमा परिवर्तन गर्नेछु, र मेरा शत्रुहरूलाई त्यही अवशेषमा खसाल्नेछु, ताकि अबउप्रान्त तिनीहरूले मानवजातिलाई भ्रष्ट नबनाऊन्। मेरो योजना पहिले नै निश्चित भइसकेको छ, र कसैले पनि यसलाई परिवर्तन गर्दैन, चाहे तिनीहरू जोसुकै होऊन्। म ब्रह्माण्डमाथिको प्रतापी वैभवमा डुलिहिँड्ने क्रममा सारा मानवजातिलाई नयाँ बनाइनेछ, र सबैलाई पुनर्जीवित पारिनेछ। मानिसले अबउप्रान्त कहिल्यै पनि बिलौना गर्नेछैन, सहयोगको लागि मलाई पुकार्नेछैन। त्यसपछि मेरो हृदय आनन्दित हुनेछ, र मानिसहरू हर्षोल्लासमा मकहाँ फर्कनेछन्। टुप्पादेखि फेदसम्म, सारा ब्रह्माण्ड हर्षोल्लासमा उर्लनेछ …
संसारका राष्ट्रहरूका बीचमा आज म आफूले पूरा गर्ने भनी तय गरेको काम गरिरहेको छु। मेरो योजनाभित्रका सारा काम गर्दै म मानवजातिको बीचमा हिँड्डुल गरिरहेको छु, र सारा मानवजातिले मेरो इच्छाअनुसार फुटकर राष्ट्रहरूलाई तोडिरहेका छन्। पृथ्वीका मानिसहरूले आफ्नो गन्तव्यमा ध्यान केन्द्रित गरेका छन्, किनभने त्यो दिन वास्तवमा नै नजिक आइरहेको छ र स्वर्गदूतहरूले आफ्ना तुरहीहरूलाई फुकिरहेका छन्। अबउप्रान्त ढिलाइ हुनेछैन, र सारा सृष्टि नै त्यसबेला हर्षोल्लासमा नाच्न थाल्नेछन्। कसले आफ्नो इच्छाअनुसार मेरो दिनलाई लम्ब्याउन सक्छ? के पृथ्वीको प्राणीले? वा आकाशका ताराहरूले? वा स्वर्गदूतहरूले? जब इस्राएलका मानिसहरूको मुक्तिको पहल गर्न म वाणी बोल्छु, तब सारा मानवजातिको सामने मेरो दिन आउँछ। इस्राएल फर्कीआउने घटनाप्रति हरेक मानिस डराउँछ। जब इस्राएल फर्केर आउँछ, त्यो मेरो महिमाको दिन हुनेछ, र त्यो यस्तो दिन पनि हुनेछ, जुन दिन सबै कुरा परिवर्तन हुन्छन् र नवीकरण हुन्छन्। धर्मी न्याय सारा ब्रह्माण्डमा आउन लागेको बेला, सबै मानिसहरू डरपोक बन्छन् र भयभीत हुन्छन्, किनभने मानव संसारमा धार्मिकता नसुनिएको कुरा हो। जब धर्मी सूर्य देखा पर्छ, पूर्व प्रकाशित हुनेछ, र हरेक व्यक्तिलाई ज्योति दिँदै यसले सारा ब्रम्हाण्डलाई प्रकाशमान् पार्नेछ। यदि मानिसले साँच्चै नै मेरो धार्मिकतालाई अघि बढाउन सक्छ भने, डराउनुपर्ने कारण के हुनेछ र? मेरा सबै मानिसहरू मेरो दिनको आगमनको लागि प्रतिक्षारत छन्, तिनीहरू सबै मेरो दिनको आगमनको तृष्णा गर्छन्। सारा मानवजातिमा दण्ड ल्याउन र धार्मिकताको सूर्यको रूपमा रहेको मेरो भूमिकामा मानवजातिको गन्तव्यलाई मिलाउन तिनीहरू मेरो प्रतीक्षा गर्छन्। सारा ब्रह्माण्डभन्दा माथि मेरो राज्य आकारमा आइरहेको छ, र मेरो सिंहासनले करोडौँ मानिसहरूको हृदयमा शासन गर्छ। स्वर्गदूतहरूको सहयोगमा मेरो महान् उपलब्धिलाई चाँडै नै पूरा गरिनेछ। तिनीहरूबाट फेरि कहिल्यै अलग नहुने गरी तिनीहरूसँग मिलाप गर्ने दिनको लागि मेरा सन्तान र मेरा मानिसहरू मेरो आगमनको उत्कट इच्छाको साथ प्रतीक्षा गर्छन्। म तिनीहरूसँग भएको कारण मेरा राज्यका कैयौं निवासीहरू हर्षोल्लास मनाउन एकअर्कासँग किन नदौडी बस्न सक्छन् र? के यो त्यस्तो मिलाप हो जसको लागि कुनै मूल्य चुकाउनु आवश्यक छैन? म सबै मानिसहरूको नजरमा सम्मानित छु, म सबैका वचनहरूमा घोषित छु। तैपनि, जब म फर्कनेछु, तब म शत्रुका सबै शक्तिहरूलाई विजय गर्नेछु। समय आइपुगेको छ! म मेरो कार्यलाई अघि बढाउनेछु, म मानिसहरूका बीचमा राजाको रूपमा शासन गर्नेछु! म फर्कन लागेको अवस्थामा छु! र म बिदा हुनलागेको छु! सबैले आशा गरेको यही नै हो, तिनीहरूले कामना गर्ने यही नै हो। सारा मानवजातिलाई म मेरो दिनको आगमनलाई अवलोकन गराउनेछु, र तिनीहरूले मेरो दिनको आगमनलाई आनन्दको साथ स्वागत गर्नेछन्।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। सम्पूर्ण ब्रह्माण्डलाई परमेश्वरका वचनहरू, अध्याय २७
तैंले परमेश्वरका वचनहरू पक्डेको छस् अनि निर्लज्ज भई तिनको व्याख्या गर्न सक्छस् भन्दैमा त्यसको अर्थ तैंले वास्तविकता धारण गरेको छस् भन्ने...
देहधारी परमेश्वरको कार्य दुई भागमा समावेश छ। जब उहाँ पहिलो पटक देह बन्नुभयो, मानिसहरूले उहाँमा विश्वास गरेनन् वा उहाँलाई चिनेनन्, र...
हजारौं वर्षको परमेश्वरको योजनामा, कामको दुई भागहरू शरीरमा गरिन्छन्: प्रथम क्रूसीकरणको काम, जसको निम्ति उहाँले महिमा प्राप्त गर्नुहुन्छ;...
परमेश्वरको कार्यको उद्देश्य नबुझ्ने व्यक्ति भनेकै उहाँको विरोध गर्ने व्यक्ति हो र परमेश्वरको कार्यको उद्देश्य बुझिसकेर पनि परमेश्वरलाई...