परमेश्वरका दैनिक वचनहरू: परमेश्वरलाई चिन्नु | अंश ९८
शैतानलाई परमेश्वरको आज्ञा अय्यूब २:६ अनि यहोवाले शैतानलाई भन्नुभयो, हेर्, त्यो तेरै हातमा छ; तर त्यसको जीवन बचा। शैतानले सृष्टिकर्ताको...
परमेश्वर देखा पर्ने घटनाको चाहना गर्ने सबैलाई हामी स्वागत गर्दछौँ।
सर्वशक्तिमान् परमेश्वर, अनन्त पिता, शान्तिका राजकुमार, हाम्रा परमेश्वर राजा हुनुहुन्छ! सर्वशक्तिमान् परमेश्वरले जैतून डाँडामा आफ्ना पाइला टेक्नुहुन्छ। यो कति सुन्दर छ! सुन्नुहोस्! हामी पहरेदारहरूले हाम्रो आवाज माथि उठाउँछौं; हामी एकै स्वरमा गाउनेछौं किनकि परमेश्वर सियोनमा फर्कनुभएको छ। हामी आफ्नै आँखाले यरूशलेम उजाड भएको देख्छौं। आनन्दको स्वरसहित कराओ र एकै स्वरमा गीत गाओ, किनकि परमेश्वरले हामीलाई सान्त्वना दिनुभएको छ, र यरूशलेमलाई छुटाउनुभएको छ। परमेश्वरले आफ्नो पवित्र बाहुबल सारा जातिहरूको नजरमा प्रकट गर्नुभएको छ, परमेश्वरको वास्तविक व्यक्तित्व देखा परेको छ! पृथ्वीको अन्तसम्म सबै मानिसहरूले हाम्रा परमेश्वरको मुक्ति देखेका छन्।
अहो, सर्वशक्तिमान् परमेश्वर! तपाईंका सारा रहस्यहरू प्रकट गर्न तपाईंको सिंहासनबाट सात आत्मा सबै मण्डलीमा पठाइएको छ। तपाईंको महिमाको सिंहासनमा बसेर तपाईंले आफ्नो राज्यको व्यवस्थापन गर्नुभएको छ र त्यसलाई न्याय र धार्मिकताद्वारा बलियो र स्थिर बनाउनुभएको छ, र तपाईंले आफ्नो अगाडि सबै जातिहरूलाई वशमा पार्नुभएको छ। हे, सर्वशक्तिमान् परमेश्वर! तपाईंले राजाहरूको पेटी फुकाल्नुभएको छ, तपाईंले शहरका ढोकाहरू फेरि कहिल्यै बन्द नहुने गरी तपाईंको अगाडि खोल्नुभएको छ। किनकि तपाईंको ज्योति आएको छ र तपाईंको महिमा उदय हुन्छ र चहकिलो भई चम्कन्छ। पृथ्वीलाई अन्धकारले ढाक्छ र मानिसहरूमाथि घोर अन्धकार छ। हे परमेश्वर! तापनि, तपाईं देखा पर्नुभएको छ र हामीमा तपाईंको ज्योति चम्काउनुभएको छ, र तपाईंको महिमा हामीमाथि देखिनेछ; सबै जातिहरू तपाईंको ज्योतिमा आउनेछन्, राजाहरू तपाईंको चमकमा आउनेछन्। तपाईं आफ्ना नजर उठाउनुहुन्छ र वरिपरि हेर्नुहुन्छ: तपाईंका छोराहरू तपाईंको अगाडि भेला हुन्छन् र तिनीहरू टाढाबाट आउँछन्; तपाईंका छोरीहरूलाई अङ्गालोमा बोकिन्छन्। हे, सर्वशक्तिमान् परमेश्वर! तपाईंको महान् प्रेमले हामीलाई समातेको छ; तपाईंले नै हामीलाई तपाईंको राज्यको बाटोमा अगाडि बढाउनुहुन्छ, र तपाईंका पवित्र वचनहरू हामीमा व्याप्त हुन्छन्।
हे, सर्वशक्तिमान् परमेश्वर! हामी तपाईंलाई धन्यवाद दिन्छौं र हामी तपाईंको प्रशंसा गर्दछौं। हामीलाई तपाईंलाई हेर्न, तपाईंको साक्षी दिन, तपाईंलाई उच्च पार्न, र साँचो हृदयले, शान्त र अविभाजित हृदयले गाउन दिनुहोस्। हामीलाई एउटै मन दिनुहोस् र एक साथ निर्माण गर्नुहोस्, र तपाईंद्वारा प्रयोगमा ल्याइनका लागि हामीलाई चाँडै त्यस्ता व्यक्तिहरू बनाउनुहोस् जसलाई तपाईंको हृदयले रुचाउँछ। पृथ्वीमा तपाईंको इच्छा कुनै बाधाविना पूरा हुन सकोस्!
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। प्रारम्भमा ख्रीष्टका वाणीहरू, अध्याय २५
शैतानलाई परमेश्वरको आज्ञा अय्यूब २:६ अनि यहोवाले शैतानलाई भन्नुभयो, हेर्, त्यो तेरै हातमा छ; तर त्यसको जीवन बचा। शैतानले सृष्टिकर्ताको...
जब चम्किलो चन्द्रमा उदाउँछ, शान्तिमय रात तुरुन्तै नष्ट हुन्छ। चन्द्रमा खण्डहर अवस्थामा भए पनि मानिस आत्मिक खुसीको अवस्थामा हुन्छ, र...
परमेश्वरमा तेरो विश्वास, सत्यताको तेरो खोजी, र तैँले आफैलाई व्यवहार गर्ने तेरो शैली समेत पनि सबै यथार्थमाथि आधारित हुनुपर्छ: तैँले गर्ने...
मानिसहरूको हृदयमा परमेश्वरसम्बन्धी बुझाइ जति धेरै हुन्छ, उहाँको स्थान पनि तिनीहरूको हृदयमा त्यति नै मात्रामा रहन्छ। तिनीहरूको हृदयमा...