परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वर देखा पर्नु र उहाँको काम | अंश ५१

परमेश्‍वर देखा पर्ने घटना अघिबाटै सबै मण्डलीहरूमा प्रकट भइसकेको छ। बोल्नुहुने आत्मा नै हुनुहुन्छ; उहाँ प्रचण्ड रूपले फैलिएको आगो हुनुहुन्छ, उहाँले प्रताप धारण गर्नुहुन्छ र न्याय गर्नुहुन्छ। उहाँ मानिसको पुत्र हुनुहुन्छ, उहाँले खुट्टासम्‍म झुण्डिएको वस्‍त्र लगाउनुभएको छ, उहाँको छाती वरिपरि सुनौलो पेटी बाँधिएको छ। उहाँको टाउको र केश ऊनजस्तो सेता छन्; उहाँका आँखाहरू ज्वालाहरू जस्ता छन्; उहाँका पाउहरू टल्काएका काँसाजस्ता छन्, मानौं ती भट्टीमा खारिएका हुन्, र उहाँको स्वर उर्लँदो पानीहरूको आवाजजस्तै छ। उहाँले आफ्नो दाहिने हातमा सातवटा ताराहरू पक्रनुहुन्छ र उहाँको मुखबाट धारिलो दुईधारे तरवार छ, र उहाँको अनुहार जलिरहेको सूर्यजस्तो चम्किरहन्छ!

मानिसको पुत्रलाई देखिएको छ, र परमेश्‍वर स्वयम्‌लाई खुल्लमखुल्ला प्रकट गरिएको छ। परमेश्‍वरको महिमा प्रकट भएको छ, जलिरहेको सूर्यजस्तो चम्किरहेको छ! उहाँको महिमित अनुहार चहकिलो प्रकाशले चम्कन्छ; कसको आँखाले उहाँसँग विरोधको व्यवहार गर्ने आँट गर्छ? विरोधले मृत्युमा पुर्‍याउँछ! तैंले आफ्नो हृदयमा सोच्‍ने, तैंले बोल्‍ने कुनै शब्द वा तैंले गर्ने कुनै पनि कामका निम्ति रत्तीभर पनि दया देखाइँदैन। तिमीहरूले पाएको कुरा के हो सो तिमीहरूले बुझ्‍नेछौ र देख्‍नेछौ—त्यो मेरो न्याय बाहेक अरू केही होइन! जब तिमीहरू मेरा वचनहरू खाने र पिउने कोसिस गर्दैनौ र त्यसको साटो स्वेच्छाले बाधा दिन्छौ र मेरो निर्माणलाई ध्वस्त पार्छौ भने के म त्यसलाई सहन सक्छु? यस्तो व्यक्तिसँग म कोमल व्यवहार गर्नेछैनँ! यदि तेरो व्यवहार अझ बढी गम्भीरतासाथ पतित हुन्छ भने, तँ आगोमा नष्ट हुनेछस्! सर्वशक्तिमान्‌ परमेश्‍वर आत्मिक शरीरमा प्रकट हुनुहुन्छ, जो शिरदेखि खुट्टाको औँलासम्म मासु वा रगतले अलिकति पनि जोडिएको हुनुहुन्‍न। उहाँले ब्रह्माण्डको संसारलाई पार गर्नुहुन्छ, तेस्रो स्वर्गमा महिमित सिंहासनमा विराजमान हुनुहुन्छ, र सबै थोकलाई व्यवस्थापन गर्नुहुन्छ! ब्रह्माण्ड र सबै थोक मेरो हातमा छन्। यदि मैले बोलेँ भने, यो त्यस्तै हुनेछ। यदि मैले यो ठहराउँछु भने, यो यस्तै हुनेछ। शैतान मेरो खुट्टामुनि छ; त्यो अतल कुण्डमा छ! जब मेरो आवाज बाहिर निस्कन्छ, स्वर्ग र पृथ्वी बितेर जानेछ र केही पनि रहनेछैन! सबै थोक नयाँ तुल्याइनेछन्; यो एक अपरिवर्तनीय सत्य हो जुन पूर्ण सही छ। मैले संसारलाई, साथै सबै दुष्टहरूलाई पनि जितेको छु। म यहाँ तिमीहरूसँग कुराकानी गर्दै बस्छु, र जसको कान छ उनीहरू सबैले सुन्नुपर्छ र जो जीवित छन् उनीहरूले स्वीकार गर्नुपर्छ।

ती दिनहरू समाप्त हुनेछन्; यस संसारमा भएका सबै थोक समाप्त हुनेछन्, र सबै कुरा नयाँ गरी जन्मनेछन्। यो याद राख्! नबिर्सी! कुनै अस्पष्टता हुन सक्दैन! स्वर्ग र पृथ्वी बितेर जानेछ, तर मेरा वचनहरू रहिरहनेछन्! म एकचोटि फेरि तिमीहरूलाई सल्लाह दिन्छु: व्यर्थमा नदगुर! बिउँझ! पश्चात्ताप गर, र मुक्ति नजिकै छ! म पहिले नै तिमीहरूको बीचमा देखा परेको छु, र मेरो आवाज उठेको छ। मेरो आवाज तिमीहरूको अघि उठेको छ; प्रत्येक दिन यसले तेरो सामना गर्छ, तिमीहरूको आमनेसामने हुन्छ, र प्रत्येक दिन ताजा र नयाँ हुन्छ। तैंले मलाई देख्छस् र म तँलाई देख्छु; म तँसँग निरन्तर कुरा गर्छु, र म तेरो आमनेसामने नै छु। तैपनि, तैँले मलाई स्वीकार गर्दैनस् र मलाई चिन्दैनस्। मेरा भेडाहरूले मेरो आवाज सुन्छन्, तर अझै तिमीहरू हिचकिचाउँछौ! तिमीहरू हिचकिचाउँछौ! तिमीहरूको हृदय बोधो भएको छ, तिमीहरूका आँखाहरूलाई शैतानले अन्धो बनाएको छ, र तिमीहरू मेरो महिमित अनुहार देख्न सक्दैनौ—तिमीहरू कति दयनीय छौ! कस्तो दयनीय!

मेरो सिंहासनको सामनेका सातवटा आत्मालाई पृथ्वीका सबै कुनामा पठाइएका छन् र म मेरो सन्देशवाहकलाई मण्डलीहरूसँग बोल्न पठाउँछु। म धर्मी र विश्‍वासयोग्य छु; म त्यो परमेश्‍वर हुँ जसले मानिसको हृदयका अन्तस्करणहरूलाई जाँच गर्दछ। पवित्र आत्माले मण्डलीहरूसँग बोल्नुहुन्छ, र मेरा पुत्रबाट निस्कने मेरा वचनहरू नै हुन्; जसको कान छ तिनीहरूले सुन्नुपर्छ! जो जीवित छन् तिनीहरू सबैले स्वीकार गर्नुपर्छ। केवल तिनलाई खा र पिई, र शङ्का नगर्। जो-जो अधीनमा बस्छन् र मेरा वचनहरू सुन्छन् तिनीहरूले ठूला आशिषहरू पाउनेछन्! जो कसैले गम्भीरतासाथ मेरो मुहारको खोजी गर्छन् तिनीहरूले निश्चय नयाँ प्रकाश, नयाँ ज्ञान र नयाँ अन्तर्दृष्टिहरू प्राप्त गर्नेछन्; सबै ताजा र नयाँ हुनेछन्। मेरा वचनहरू तँकहाँ कुनै पनि समयमा देखा पर्नेछन्, र तिनले तेरो आत्माको आँखा खोल्नेछन्, यसरी तैँले आत्मिक क्षेत्रका सबै रहस्यहरू देख्न सक्छस् र परमेश्‍वरको राज्यलाई मानिसहरूको बीचमा आएको देख्नेछस्। शरण स्थानमा प्रवेश गर्, र सबै अनुग्रह र आशिषहरू तँमाथि आउनेछन्; अनिकाल र महामारीले तँलाई छुन सक्नेछैन, र ब्‍वाँसाहरू, सर्पहरू, बाघहरू र चितुवाहरूले तँलाई हानि गर्न सक्नेछैनन्। तँ मेरो साथमा जानेछस्, मसँग हिँड्नेछस्, र मसँग महिमामा प्रवेश गर्नेछस्!

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। प्रारम्‍भमा ख्रीष्‍टका वाणीहरू, अध्याय १५

सम्बन्धित विषयवस्तु

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरलाई चिन्‍नु | अंश १०८

परमेश्‍वरको क्रोध न्यायका सबै शक्ति र सबै सकारात्मक कुराहरूको निम्ति सुरक्षा हो (छनौट गरिएका खण्डहरू) उल्‍लङ्घनप्रतिको परमेश्‍वरको...

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वर देखा पर्नु र उहाँको काम | अंश ७४

परमेश्‍वर र मानिसको बारेमा उही शब्दहरू प्रयोग गरी बताउन सकिँदैन। उहाँको सार र उहाँको कार्य मानिसका लागि अति नै अथाह र बुझ्नै नसकिने...

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरलाई चिन्‍नु | अंश १३७

परमेश्‍वरलाई आफ्नो अद्वितीय मालिकको रूपमा स्वीकार गर्नु नै मुक्ति पाउने पहिलो कदम हो परमेश्‍वरको अख्तियार सम्‍बन्धी सत्यताहरू हरेक...

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वर देखा पर्नु र उहाँको काम | अंश ७०

धेरै सहस्राब्दीदेखि मानिसले मुक्तिदाताको आगमन देख्न सक्‍ने उत्कट इच्छा गरेको छ। हजारौँ वर्षदेखि उहाँको निम्ति उत्कट इच्छा गर्ने र चाह...

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्