परमेश्वरका दैनिक वचनहरू: जीवनमा प्रवेश | अंश ४१२
मानिसहरूले परमेश्वरका वचनहरू जति धेरै ग्रहण गर्छन्, उनीहरूले त्यति नै धेरै अन्तर्दृष्टि प्राप्त गर्छन् र परमेश्वरलाई चिन्ने आफ्नो खोजीमा...
परमेश्वर देखा पर्ने घटनाको चाहना गर्ने सबैलाई हामी स्वागत गर्दछौँ।
सियोनमा प्रशंसा आएको छ र परमेश्वरको वासस्थान देखा परेको छ। सबै मानिसहरूले गुणगान गरेको त्यो महिमित पवित्र नाउँ फैलिन्छ। आहा, सर्वशक्तिमान् परमेश्वर! ब्रह्माण्डका शिर, आखिरी दिनहरूका ख्रीष्ट—उहाँ सियोन पर्वतमा उदाउनुभएको चम्किलो सूर्य हुनुहुन्छ, जुन सारा ब्रह्माण्डमा प्रताप र भव्यतामा अल्गिएको छ …
हे सर्वशक्तिमान् परमेश्वर! हामी आनन्दसाथ तपाईंलाई पुकार्छौं; हामी नाच्छौं र गाउँछौं। तपाईं साँच्चै हाम्रा उद्धारक हुनुहुन्छ, ब्रह्माण्डका महान् राजा! तपाईंले विजेताहरूको समूह बनाउनुभएको छ र परमेश्वरको व्यवस्थापनको योजना पूरा गर्नुभएको छ। सबै मानिसहरू त्यो पर्वतमा ओइरिएर आउनेछन्। सबै मानिसहरूले त्यो सिंहासनको सामु घुँडा टेक्नेछन्! तपाईं एकमात्र सत्य परमेश्वर हुनुहुन्छ, र तपाईं महिमा र आदर पाउने योग्यका हुनुहुन्छ। सारा महिमा, प्रशंसा र अधिकार त्यो सिंहासनलाई होस्! त्यो सिंहासनबाट जीवनको खोलो बग्दछ, जसले परमेश्वरका मानिसहरूका भीडहरूलाई पानी दिन्छ र खुवाउँछ। प्रत्येक दिनसितै जीवन परिवर्तन हुन्छ; निरन्तर परमेश्वरको विषयमा नयाँ जानकारीहरू दिँदै नयाँ ज्योति र नयाँ प्रकाशले हामीलाई पछ्याउँछन्। अनुभवहरूको बीचमा हामी परमेश्वरको विषयमा पूर्ण निश्चयतामा पुग्छौं। उहाँका वचनहरू निरन्तर प्रकट गरिन्छ, तिनीहरूमा प्रकट गरिन्छ जो सही छन्। हामी साँच्चै आशिषित छौं! प्रत्येक दिन परमेश्वरलाई आमने-सामने भेट्छौं, सबै कुरामा परमेश्वरसित बातचित गर्दछौं र सबै कुरामाथि परमेश्वरलाई सर्वोच्च अधिकार दिन्छौं। हामी होसियारीसाथ परमेश्वरको वचनमाथि विचार गर्छौं, हाम्रा हृदयहरू परमेश्वरमा शान्त हुन्छन् अनि यसरी हामी परमेश्वरको सामु आउँछौं र हामीले उहाँको ज्योति पाउँछौं। प्रत्येक दिन हाम्रा जीवनमा, कार्यहरूमा, बोलीवचनहरूमा, विचारहरूमा र धारणाहरूमा हामी परमेश्वरको वचनभित्र जिउँछौं, सब समय भेद छुट्ट्याउन सक्छौं। परमेश्वरको वचनले धागोलाई सियोबाट छिराउँछ; अप्रत्याशित रूपमा, हामीभित्र लुकेका कुराहरू एकपछि अर्को गर्दै ज्योतिमा आउँछन्। परमेश्वरसितको सङ्गति प्रस्तुत हुन ढिलो गर्दैन; हाम्रा विचार र धारणाहरू परमेश्वरद्वारा उदाङ्गो पारिन्छन्। प्रत्येक क्षण हामी ख्रीष्टको आसनको अगि जिइरहेका हुन्छौं जहाँ हाम्रो इन्साफ हुन्छ। हाम्रो शरीरभित्रका प्रत्येक ठाउँ शैतानद्वारा ओगटिएर रहन्छ। आज, परमेश्वरको सार्वभौमिकता फेरि प्राप्त गर्न उहाँको मन्दिर शुद्ध पारिनु नै पर्छ। पूर्ण रूपमा परमेश्वरद्वारा अधिकार गरिएको हुनका निम्ति हामी जीवन र मृत्युको संघर्षमा सामेल हुनुपर्छ। हाम्रो पुरानो मनुष्यत्व क्रूसमा टाँगियो भने मात्र ख्रीष्टको पुनरुत्थान भएको जीवनले सर्वोच्च रूपमा शासन गर्न सक्छ।
अब पवित्र आत्माले हाम्रो पुनरुद्धारका निम्ति लडाइँ गर्न हाम्रो हरेक कुनामा आक्रमण बढाउनुहुन्छ! जबसम्म हामी आफैलाई इन्कार गर्न र परमेश्वरसित सहकार्य गर्न तयार हुन्छौं परमेश्वरले निश्चय हामीलाई ज्योति दिनुहुन्छ र हरसमय भित्रैबाट शुद्ध पार्नुहुन्छ, अनि शैतानले जे कब्जा गरेको छ त्यो फेरि नयाँ गरी प्राप्त गर्नुहुन्छ, यसरी हामी चाँडोभन्दा चाँडो परमेश्वरद्वारा पूर्ण बन्न सकौं। समय खेर नफाल—प्रत्येक क्षण परमेश्वरको वचनभित्र जिओ। सन्तहरूसितै निर्माण होऊ, परमेश्वरको राज्यमा ल्याइयो, अनि परमेश्वरको साथमा महिमामा प्रवेश गर।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। प्रारम्भमा ख्रीष्टका वाणीहरू, अध्याय १
तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।
मानिसहरूले परमेश्वरका वचनहरू जति धेरै ग्रहण गर्छन्, उनीहरूले त्यति नै धेरै अन्तर्दृष्टि प्राप्त गर्छन् र परमेश्वरलाई चिन्ने आफ्नो खोजीमा...
येशूको सत्यता देह हुन आएपछि, मानिसले यस्तो विश्वास गऱ्योः स्वर्गमा, पिता मात्र हुनुहुन्न, तर पुत्र, र आत्मा पनि हुनुहुन्छ। स्वर्गमा यस...
धेरै वसन्त र शरदहरूमा तिमीहरूसँग सङ्गत गर्दै म तिमीहरूमाझ रहेको छु; म तिमीहरूमाझ लामो समयदेखि बसेको छु र मैले तिमीहरूसँगै बाँचेको छु।...
तिमीहरूले आफ्ना सबै कुराहरू मेरो कामको लागि समर्पण गर्नुपर्छ। तिमीहरूले मलाई फाइदा हुने काम गर्नुपर्छ। तिमीहरूमा अभाव भएका कुराहरू मबाट...