परमेश्‍वरका दैनिक वचनहरू: कार्यका तीन चरणहरू | अंश २८

राज्यको युगमा, परमेश्‍वरले नयाँ युगको प्रारम्भ गर्न, आफूले गर्ने कामका साधनहरू परिवर्तन गर्न, र सम्पूर्ण युगको काम गर्न वचनहरू प्रयोग गर्नुहुन्छ। वचनको युगमा परमेश्‍वरले यही सिद्धान्तद्वारा काम गर्नुहुन्छ। फरक-फरक दृष्टिकोणहरूबाट बोल्न उहाँ देह बन्‍नुभयो, ता कि मानिसले देहमा वचनको रूपमा प्रकट हुनुभएको परमेश्‍वरलाई साँच्चिकै हेर्न सकून्, र उहाँको बुद्धि र आश्‍चर्यजनकता देख्न सकून्। यस्ता काम मानिसलाई जित्‍ने, मानिसलाई सिद्ध पार्ने, र मानिसलाई हटाउने लक्ष्यहरू अझै राम्ररी प्राप्त गर्नलाई गरिन्छ, जुन वचनको युगमा काम गर्न गरिने वचनको प्रयोगको सही अर्थ हो। यी वचनहरूद्वारा मानिसहरूले परमेश्‍वरको काम, परमेश्‍वरको स्वभाव, मानिसको सार, र मानिस जेमा प्रवेश गर्नु पर्ने हो त्यो थाहा पाउँछन्। वचनहरूद्वारा परमेश्‍वरले वचनको युगमा गर्ने चाहना गर्नुभएको कामलाई यसको पूर्णतामा साकार बनाइन्छ। यी वचनहरूद्वारा, मानिसहरूलाई पर्दाफास गरिन्छ, हटाइन्छ, र जाँचिन्छ। मानिसहरूले परमेश्‍वरका वचनहरू देखेका छन्, यी वचनहरू सुनेका छन्, र यी वचनहरूको अस्तित्व चिनेका छन्। परिणामस्वरूप, उनीहरूले परमेश्‍वरको अस्तित्वमा, परमेश्‍वरको सर्वव्यापकता र बुद्धिमा, साथै मानिसको लागि परमेश्‍वरको प्रेममा र मानिसलाई मुक्ति दिने उहाँको इच्‍छामा विश्‍वास गर्न थालेका छन्। “वचनहरू” भन्ने शब्द सरल र सामान्य हुन सक्ला, तर देहधारी परमेश्‍वरका मुखबाट बोलिएका वचनहरूले ब्रह्माण्ड हल्लाउँछन्, तिनीहरूले मानिसहरूका हृदय बदलिदिन्छन्, उनीहरूका धारणाहरू र पुराना स्वभावहरू बदलिदिन्छन्, र सम्पूर्ण संसार प्रकट हुने तरिकालाई बदलिदिन्छन्। युगौँ-युगदेखि, आजका परमेश्‍वरले मात्र यस प्रकारले काम गर्नुभएको छ, र केवल उहाँ मात्रै यसप्रकारले बोल्नुहुन्छ र यसप्रकार मानिसलाई मुक्ति दिन आउनुहुन्छ। यो समयबाट अगाडि मानिस परमेश्‍वरका वचनहरूद्वारा निर्देशित र पोषित भएर उहाँका वचनहरूको मार्गदर्शनको अधीनमा जिउँछ। मानिसहरू परमेश्‍वरका वचनहरूको संसारमा, परमेश्‍वरका वचनहरूको श्रापहरू र आशीर्वादहरूको माझ जिउँछन्, र अझ धेरै मानिसहरू त उहाँका वचनहरूका न्याय र सजाय अन्तर्गत जिउन थालेका छन्। यी वचनहरू र यो काम पूर्ण रूपमा मानिसको छुटकाराको लागि, परमेश्‍वरको इच्छालाई पूरा गर्नको लागि, र पुरानो सृष्टिको संसारको मूल स्वरूप परिवर्तन गर्नको लागि हुन्। वचनहरू प्रयोग गरेर परमेश्‍वरले संसारको सृष्टि गर्नुभयो, वचनहरू प्रयोग गरेर नै उहाँले मानिसहरूलाई ब्रह्माण्डभरि अगुवाई गर्नुहुन्छ, र वचनहरू प्रयोग गरेर नै उहाँले उनीहरूलाई जित्‍नुहुन्छ र मुक्ति दिनुहुन्छ। अन्ततः, उहाँले पुरानो सम्पूर्ण संसारलाई अन्त्य गर्न वचनहरू प्रयोग गर्नुहुनेछ र उहाँको व्यवस्थापन योजनाको सम्पूर्णतालाई पूरा गर्नुहुनेछ। राज्यको युगभरि नै, परमेश्‍वरले आफ्नो काम गर्न, र आफ्नो कामका नतिजाहरू प्राप्त गर्न वचनहरू प्रयोग गर्नुहुन्छ। उहाँले अचम्‍मका कामहरू गर्नुहुन्न वा आश्‍चर्यकर्महरू प्रस्तुत गर्नुहुन्न, तर वचनहरूद्वारा केवल आफ्नो काम गर्नुहुन्छ। यी वचनहरूको कारणले, मानिसलाई पालनपोषण गरिन्छ र जुटाइन्छ, अनि उसले ज्ञान र सच्चा अनुभव प्राप्त गर्छ। वचनको युगमा, मानिस असाधारण रूपमा आशिषित भएको छ। उसले कुनै शारीरिक पीडा भोग्दैन, र केवल परमेश्‍वरका वचनहरूको प्रचुर आपूर्तिमा रमाउँछ। अन्धाधुन्ध तरिकाले खोज्ने वा अन्धाधुन्ध तरिकाले यात्रा गर्ने आवश्यकता नै नपरी, उसका सहजताका बीचबाट, उसले परमेश्‍वरको स्वरूप देख्छ, आफ्नै मुखबाट उहाँ बोलेको सुन्छ, उहाँले जे दिनुहुन्छ त्यो लिन्छ, र उहाँले व्यक्तिगत रूपमा नै आफ्‍नो काम गरिरहनुभएको देख्छ। युगौं अघिका मानिसहरू यी चीजहरूमा रमाउन पाएका थिएनन्, र तिनीहरूले कहिल्यै पाउन नसकेका आशिष्‌हरू यीनै हुन्।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। राज्यको युग नै वचनको युग हो

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरको स्वभाव र उहाँसँग जे छ र उहाँ जे हुनुहुन्छ | अंश २३४

जसले मेरा वचनहरू पढेका छन् र ती पूरा हुनेछन् भनी विश्‍वास गर्छन्, तिनीहरू आशिषित् हुन्। म तँलाई बिलकुलै दुर्व्यवहार गर्नेछैन; म तैँले...

परमेश्‍वरका दैनिक वचनहरू: मानवजातिको भ्रष्टता उजागर गर्नु | अंश ३६३

तिमीहरूभित्र मप्रतिको विश्‍वासघात कति रहेको छ भन्‍ने कुरा हेर्नको निम्ति अब तिमीहरू सबैले सकेसम्म छिटो आफैभित्र हेर्नुपर्छ। म उत्कटताको साथ...

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरलाई चिन्‍नु | अंश १७६

परमेश्‍वरले मानवजातिको लागि तयार गर्नुहुने दैनिक भोजन र पेयपदार्थ (छनौट गरिएका खण्डहरू) अन्‍न, फलफूल, सागसब्‍जी र सबै किसिमका बदामजस्ता...

परमेश्‍वरका दैनिक वचनहरू: मानवजातिको भ्रष्टता उजागर गर्नु | अंश ३३८

विगतको बारेमा विचार गर: तिमीहरूप्रति मेरो हेराइ कहिले क्रोधित, मेरो आवाज कहिले कठोर भएको छ? मैले तिमीहरूको केश कहिले लुछेको छु? मैले कहिले...

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्