परमेश्वरका दैनिक वचनहरू: कार्यका तीन चरणहरू | अंश ६
कार्यका तीन चरणहरू परमेश्वरको समग्र व्यवस्थापनको मर्म हुन् र तिनीहरूमा नै परमेश्वरको स्वभाव र उहाँ जे हुनुहुन्छ सो व्यक्त गरिन्छ।...
परमेश्वर देखा पर्ने घटनाको चाहना गर्ने सबैलाई हामी स्वागत गर्दछौँ।
परमेश्वर सारा ब्रह्माण्डमा र माथिको क्षेत्रमा महान् हुनुभएकोले के उहाँले देहको स्वरूप प्रयोग गरेर आफूलाई पूर्ण रूपमा व्याख्या गर्न सक्नुहुन्छ र? आफ्नो कामको एक चरण गर्नका लागि परमेश्वरले आफैलाई यस देह धारण गराउनुहुन्छ। देहको यो स्वरूपमा कुनै खास महत्त्व छैन, युगहरू बितेर जाने कुरासँग यसको कुनै सम्बन्ध छैन, न त परमेश्वरको स्वभावसँग यसको कुनै सम्बन्ध छ। येशूले किन आफ्नो स्वरूप रहिरहन दिनुभएन? किन उहाँले मानिसलाई उहाँको चित्र बनाउन दिनुभएन, जुन पछिबाट आउने पुस्ताहरूलाई हस्तान्तरण गर्न सकिन्थ्यो? किन उहाँले मानिसहरूलाई उहाँको स्वरूप परमेश्वरको प्रतिरूप हो भनेर स्वीकार गर्ने अनुमति दिनुभएन? मानिसको स्वरूप परमेश्वरको स्वरूपमा सृष्टि गरिएको भए पनि, के मानिसको स्वरूपले परमेश्वरको उच्च स्वरूपको प्रतिनिधित्व गर्नु सम्भव थियो? जब परमेश्वर देह बन्नुहुन्छ, उहाँ केवल स्वर्गबाट मात्र एउटा खास शरीरमा आउनुहुन्छ। देहमा ओर्लनुहुने उहाँको आत्मा नै हो, जसद्वारा उहाँले आत्माको काम गर्नुहुन्छ। शरीरमा प्रकट गरिने आत्मा यही हो, र आत्माले नै देहमा उहाँको काम गर्नुहुन्छ। देहमा गरिएको कामले आत्मालाई पूर्ण रूपमा प्रतिनिधित्व गर्दछ, र देह कामका लागि हो, तर त्यसको अर्थ देहको स्वरूप परमेश्वर स्वयम्को स्वरूपको प्रतिस्थापन हो भन्ने होइन; परमेश्वर देह बन्नुको उद्देश्य वा महत्त्व यो होइन। आत्माले शरीरमा उहाँको काम राम्ररी हासिल गर्न सक्नुभएको होस् भनेर उहाँको कामको निम्ति उपयुक्त वास गर्ने ठाउँ प्राप्त गर्न, मानिसहरूले उहाँका कामहरू देखून्, उहाँको स्वभावलाई बुझ्न सकून्, उहाँका वचनहरू सुन्न सकून्, र उहाँको कामको चमत्कारहरू जान्न सकून् भनेर मात्रै उहाँले देहमा काम गर्नुहुन्छ। उहाँको नाउँले उहाँको स्वभावको प्रतिनिधित्व गर्दछ, उहाँको कामले उहाँको चिनारीको प्रतिनिधित्व गर्दछ, तर उहाँको देहको रूपले उहाँको स्वरूपको प्रतिनिधित्व गर्छ भनी उहाँले कहिल्यै पनि भन्नुभएन, त्यो त केवल मानिसको धारणा मात्रै हो। यसैले, परमेश्वरको देहधारणको महत्त्वपूर्ण पक्षहरू उहाँको नाउँ, उहाँको काम, उहाँको स्वभाव, र उहाँको लिङ्ग हो। यस युगमा उहाँको व्यवस्थापनको प्रतिनिधित्व गर्न यी कुराहरूको प्रयोग गरिन्छ। उहाँको व्यवस्थापनसँग उहाँ शरीरमा देखा पर्नुहुने कुराको कुनै सम्बन्ध छैन, त्यो त्यस समयको उहाँको कामका निम्ति मात्र हो। तापनि देहधारी परमेश्वरको कुनै विशेष रूप नहुनु असम्भव छ, यसकारण उहाँले आफ्नो प्रकटीकरण निश्चित गर्न एउटा उपयुक्त परिवार चुन्नुहुन्छ। यदि परमेश्वरको प्रकटीकरणसित प्रतिनिधित्वको महत्त्व हुन्थ्यो भने उहाँको जस्तै अनुहार भएका सबै जनाले परमेश्वरको प्रतिनिधित्व गर्नेथिए। के त्यो अति भयानक गल्ती हुनेथिएन र? मानिसले येशूलाई पुजून् भनेर मानिसले उहाँको चित्र बनाएका थिए। त्यस बेला, पवित्र आत्माले कुनै विशेष निर्देशनहरू दिनुभएन, त्यसकारण मानिसले त्यो काल्पनिक चित्र आजसम्म हस्तान्तरण गर्दैआएको छ। वास्तवमा, परमेश्वरको सुरुको मनसाय अनुसार मानिसले त्यसो गर्नुहुँदैन थियो। मानिसको जोशले मात्र येशूको चित्र आजको दिनसम्म रहेको छ। परमेश्वर आत्मा हुनुहुन्छ, र अन्तिम विश्लेषणमा पनि मानिसले उहाँको स्वरूप के हो सो पूर्ण रूपमा पत्ता लगाउन सक्दैन। उहाँको स्वरूपलाई उहाँको स्वभावले मात्र प्रतिनिधित्व गर्न सक्छ। उहाँको नाक, उहाँको मुख, आँखा, र केशको ढाँचा कस्तो हुनेछन् भन्ने बारेमा भन्दा यी सब तेरो पत्ता लगाउने क्षमताभन्दा बाहिर छन्। जब यूहन्नाकहाँ प्रकाश आयो, तिनले मानिसको पुत्रको स्वरूपलाई हेरे: उहाँको मुखबाट एउटा धारिलो दुईधारे तरवार निस्केको थियो, उहाँका आँखा आगोका ज्वालाजस्ता थिए, उहाँको शिर र केश ऊनजस्तो सेतो थियो, उहाँका पाउहरू टल्काएका काँसाजस्ता थिए। उहाँको छातीमा सुनौला फित्ता थियो। उहाँका वचनहरू अत्यन्तै स्पष्ट थिए, तर तिनले वर्णन गरेका परमेश्वरको स्वरूप सृष्टि गरिएको प्राणीको स्वरूप थिएन। तिनले जे देखे त्यो एउटा दर्शन मात्र थियो, र भौतिक संसारको व्यक्तिको स्वरूप थिएन। यूहन्नाले एउटा दर्शन देखेका थिए, तर तिनले परमेश्वरको वास्तविक रूप देखेनन्। सृष्टि गरिएको प्राणीको स्वरूपले बनेको परमेश्वरको देहधारी शरीर परमेश्वरको स्वभावलाई त्यसको पूर्णतामा प्रतिनिधित्व गर्न सक्दैन। जब यहोवाले मानव जाति सृष्टि गर्नुभयो, उहाँले त्यो आफ्नै स्वरूपमा सृष्टि गर्नुभयो र पुरुष र स्त्रीको रूपमा सृष्टि गर्नुभयो भनी भन्नुभयो। त्यस बेला, उहाँले पुरुष र स्त्रीलाई परमेश्वरको स्वरूपमा बनाउनुभयो भनी भन्नुभयो। मानिसको स्वरूप परमेश्वरको स्वरूपसँग मेल खाए पनि त्यसलाई व्याख्या गर्दै मानिसको स्वरूप परमेश्वरको स्वरूप हो भन्न मिल्दैन। न त तैँले परमेश्वरको पूर्ण नमुना दिन मानव जातिको भाषा नै प्रयोग गर्न सक्छस्, किनकि परमेश्वर अति उच्च, अति महान्, अति अचम्मका र बुझ्नै नसकिने हुनुहुन्छ!
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। परमेश्वरको कामको दर्शन (३)
तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।
कार्यका तीन चरणहरू परमेश्वरको समग्र व्यवस्थापनको मर्म हुन् र तिनीहरूमा नै परमेश्वरको स्वभाव र उहाँ जे हुनुहुन्छ सो व्यक्त गरिन्छ।...
परमेश्वरद्वारा स्वीकार नगरिएका व्यक्तिहरू केही यस्ता मानिसहरू छन् जसको विश्वासलाई परमेश्वरको हृदयमा कहिल्यै पनि स्वीकार गरिएको छैन।...
वास्तवमा, परमेश्वरको स्वभाव सबैका निम्ति खुला छ र लुकेको छैन, किनकि परमेश्वरले कुनै व्यक्तिलाई कहिले पनि जानी-जानी बेवास्ता गर्नुभएको छैन...
आदमलाई परमेश्वरको आज्ञा उत्पत्ति २:१५-१७ अनि यहोवा परमेश्वरले मानिसलाई लिनुभयो र अदनको बगैँचामा त्यसको हेरचाह गर्न र काटछाँट गर्न...