परमेश्वरका दैनिक वचनहरू: परमेश्वरलाई चिन्नु | अंश १०
परमेश्वरको डर नमान्नु र दुष्टताबाट अलग नबस्नु भनेको परमेश्वरको विरोध गर्नु हो आजभोलि तिमीहरू परमेश्वरको आमने-सामने छौ र परमेश्वरका...
परमेश्वर देखा पर्ने घटनाको चाहना गर्ने सबैलाई हामी स्वागत गर्दछौँ।
येशू र म एउटै आत्माबाट आएका हौं। हाम्रा देहहरूमा हामी सम्बन्धित नभए पनि, हाम्रा आत्माहरू एउटै छन्; हामीले गर्ने कामको विषयवस्तु र हामीले लिने काम उही नभए तापनि, सारमा हामी उस्तै छौं; हाम्रा देहहरूले फरक-फरक रूपहरू लिन सक्छ, तर त्यो कुरा युगको परिवर्तन र हाम्रो कामको फरक आवश्यकताहरूको कारणले गर्दा हो; हाम्रा सेवकाइहरू उस्तै छैनन्, त्यसकारण हामीले अघि सार्ने काम र मानिसलाई हामीले प्रकट गर्ने स्वभावहरू पनि फरक छन्। यही कारणले यो दिनमा मानिसले जे देख्छ र बुझ्छ त्यो विगतको जस्तो छैन, जसको कारण युगको परिवर्तन नै हो। उहाँहरू लिङ्गमा र उहाँहरूको देहहरूको रूपमा फरक हुनुहुन्छ, र उहाँहरू एउटै परिवारमा जन्मनुभएको थिएन, उही समय अवधिमा जन्मने कुरा त परै जाओस्, तैपनि उहाँहरूका आत्मा एउटै हो। उहाँहरूका देहमा न रगतको नाता छ न त कुनै पनि प्रकारको शारीरिक साइनो नै छ, तैपनि उहाँहरू दुई फरक समय अवधिहरूका परमेश्वरका देहधारी शरीरहरू हुनुहुन्छ भन्ने कुरालाई नकार्न सकिँदैन। उहाँहरू परमेश्वरका देहधारी शरीरहरू हुनुहुन्छ भन्ने कुरा अकाट्य सत्यता हो। तैपनि, उहाँहरू एउटै रगत-वंशीह हुनुहुन्न र उहाँहरूले एउटै मानव भाषा बोल्नुहुन्न (एक जना पुरुष हुनुहुन्थ्यो जसले यहूदीहरूको भाषा बोल्नुहुन्थ्यो र अर्का महिला हुनुहुन्छ जसले चिनियाँ मात्रै बोल्नुहुन्छ)। यी नै कारणहरूले गर्दा आफूले गर्नुपर्ने काम गर्नको लागि उहाँहरू फरक-फरक देशमा, र फरक-फरक समय अवधिमा जिउनु पनि भयो। उहाँहरू एउटै आत्मा हुनुहुन्छ, उहाँहरूमा एउटै सार छ भन्ने तथ्यको बाबजुद पनि, उहाँहरूको देहहरूको बाहिरी भेसहरूका बीचमा कुनै ठोस समानताहरू छैनन्। उहाँहरू दुवै उही मानवतामा हुनुहुन्छ, तर जहाँ सम्म उहाँहरूको देहहरूको बाहिरी रूप र उहाँहरूको जन्मको परिस्थितिहरूको सवाल छ, उहाँहरू उही हुनुहुन्न। उहाँहरूको सम्बन्धित काममा वा उहाँहरू बारेको मानिसको ज्ञानमा यी कुराहरूले कुनै प्रभाव पार्दैनन्, किनभने, अन्तिम विश्लेषणमा, उहाँहरू एउटै आत्मा हुनुहुन्छ र कसैले पनि उहाँहरूलाई अलग गर्न सक्दैनन्। रगतद्वारा उहाँहरू सम्बन्धित नभए तापनि, उहाँहरूको सम्पूर्ण अस्तित्व उहाँहरूको आत्माहरूको नियन्त्रणमा छन्, जसले उहाँहरूलाई फरक समय अवधिमा फरक काम दिनुहुन्छ, र उहाँहरूको देह फरक-फरक वंशमा पर्छन्। यहोवाको आत्मा येशूका आत्माका पिता हुनुहुन्न, र येशूको आत्मा यहोवाका आत्माका पुत्र हुनुहुन्न: उहाँहरू एउटै र उही आत्मा हुनुहुन्छ। त्यसरी नै, आजका देहधारी परमेश्वर र येशूमा रगतको सम्बन्ध छैन, तर उहाँहरू एउटै हुनुहुन्छ, यो यसैले हो कि उहाँहरूका आत्मा एउटै हुनुहुन्छ। परमेश्वरले कृपा र दयाको, साथै मानिसको धार्मिक न्याय र सजायको, र मानिसमा श्राप हालिदिने काम गर्न सक्नुहुन्छ; र अन्तिममा, उहाँले संसारलाई नष्ट गर्ने र दुष्टलाई दण्ड दिने काम गर्न सक्नुहुन्छ। के उहाँले यो सबै आफै गर्नुहुन्न र? के यो परमेश्वरको सर्वशक्तिमान्ता होइन र?
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। दुई देहधारणहरूले देहधारणको महत्त्व पूरा गर्छन्
परमेश्वरको डर नमान्नु र दुष्टताबाट अलग नबस्नु भनेको परमेश्वरको विरोध गर्नु हो आजभोलि तिमीहरू परमेश्वरको आमने-सामने छौ र परमेश्वरका...
परमेश्वरले चुन्नुभएका मानिसहरूले राज्यको युगमा पालन गर्नैपर्ने दश प्रशासनिक आदेश १. मानिसले आफैलाई ठूलो बनाउनु हुँदैन, न त आफैलाई उच्च...
जीवनको खोज हतारमा पाइने चीज होइन; जीवनको वृद्धि केवल एक वा दुई दिनमा हुँदैन। परमेश्वरको काम सामान्य र व्यावहारिक छ, र एउटा प्रक्रिया छ...
परमेश्वरले सृष्टिको कुनै प्राणीसित द्वेष राख्नुहुन्न; उहाँ केवल शैतानलाई हराउन मात्र चाहनुहुन्छ। चाहे सजाय होस् वा न्याय, उहाँका सबै काम...