परमेश्‍वरका दैनिक वचनहरू: देहधारण | अंश १२५

परमेश्‍वरको कार्यको हरेक चरण सारा मानवजातिको खातिर कार्यान्वयन गरिन्छ र यो सारा मानवजातिप्रति लक्षित हुन्छ। यो देहमा गरिने उहाँको काम भए तापनि, यो सारा मानवजातिप्रति नै लक्षित हुन्छ; उहाँ सारा मानवजातिका परमेश्‍वर हुनुहुन्छ र उहाँ सृष्टि गरिएका र सृष्टि नगरिएका सबै प्राणीहरूका परमेश्‍वर हुनुहुन्छ। देहमा उहाँको कार्य सीमित क्षेत्रभित्र रहे तापनि, र यो कार्यको पात्रसमेत फरक भए तापनि, आफ्‍नो कार्य गर्नलाई जब-जब उहाँ देह बन्‍नुहुन्छ उहाँले अत्यन्तै प्रतिनिधिमूलक रहेको आफ्‍नो कामको पात्रलाई चुन्‍नुहुन्छ; उहाँले काम गर्नको लागि सरल र अउल्‍लेखनीय मानिसहरूको समूहलाई छनौट गर्नुहुन्‍न, बरु देहमा उहाँको कामका प्रतिनिधिहरू हुन सक्‍ने मानिसहरूको समूहलाई आफ्‍नो कामको पात्रको रूपमा छनौट गर्नुहुन्छ। मानिसहरूको यो समूहलाई छनौट गरिन्छ किनभने देहमा उहाँको कार्यको क्षेत्र सीमित हुन्छ र यो विशेष गरी देहधारी शरीरको लागि तयार गरिएको हुन्छ र देहमा उहाँको कार्यको लागि विशेष गरी चुनिएको हुन्छ। आफ्‍नो कार्यका पात्रहरूको परमेश्‍वरको छनौट आधारहीन हुँदैन तर यो सिद्धान्त अनुसार गरिन्छ: कामका पात्र देहमा परमेश्‍वरको कामको निम्ति फाइदाजनक हुनुपर्छ र सारा मानवजातिलाई प्रतिनिधित्व गर्न सक्‍ने हुनुपर्छ। उदाहरणको लागि, येशूको व्यक्तिगत छुटकारालाई स्वीकार गर्ने काममा यहूदीहरूले सारा मानवजातिलाई प्रतिनिधित्व गर्न सके र देहधारी परमेश्‍वरको व्यक्तिगत विजयलाई स्वीकार गर्ने काममा चिनियाँहरूले सारा मानवजातिलाई प्रतिनिधित्व गर्न सक्छन्। सारा मानवजातिलाई यहूदीहरूले गरेको प्रतिनिधित्वको आधार छ र परमेश्‍वरको व्यक्तिगत विजयलाई स्वीकार गर्ने काममा चिनियाँ मानिसहरूले सारा मानवजातिलाई गरेको प्रतिनिधित्वको पनि आधार छ। यहूदीहरूका बीचमा गरिएको छुटकाराको कामले जत्तिको अरू कुनै कुराले छुटकाराको महत्त्वलाई प्रकट गर्दैन र चिनियाँ मानिसहरूका बीचमा गरिँदै गरिएको विजयको कामले जत्तिको अरू कुनै पनि कुराले विजयको कामको पूर्णता र सफलतालाई प्रकट गर्न सक्दैन। देहधारी परमेश्‍वरको काम र वचन मानिसहरूको सानो समूहप्रति मात्रै लक्षित गरिएको जस्तो देखिन्छ तर वास्तवमा, यो सानो समूहमा गरिने उहाँको काम सम्पूर्ण ब्रह्माण्डको काम हो, र उहाँको वचन सारा मानवजातिप्रति लक्षित छ। देहमा गरिने उहाँको काम समाप्त भएपछि, उहाँलाई पछ्याउनेहरूले तिनीहरूका बीचमा उहाँले गर्नुभएको कामलाई फैलाउन सुरु गर्नेछन्। देहमा गरिने उहाँको कार्यको सबैभन्दा उत्तम कुरा भनेको उहाँले यथार्थ वचनहरू र अर्तीहरू अनि मानवजातिप्रतिको उहाँको निश्‍चित इच्छालाई उहाँको पछि लाग्‍नेहरूमा छोड्न सक्‍नुहुन्छ ताकि त्यसपछि उहाँका अनुयायीहरूले अझै यथार्थ रूपमा र अझै ठोस रूपमा देहमा गरिने उहाँको सारा काम र सारा मानवजातिप्रति उहाँको इच्‍छालाई यो मार्ग स्वीकार गर्नेहरूमा हस्तान्तरण गर्न सक्‍नेछन्। मानिसको बीचमा देहमा गरिने परमेश्‍वरको कामले मात्रै परमेश्‍वर मानिससँगै रहनु र सँगै बस्नुको तथ्यलाई साँचो रूपमा पूरा गर्न सक्छ। यो कार्यले मात्रै परमेश्‍वरको मुहारलाई हेर्ने, उहाँको कामलाई अवलोकन गर्ने र उहाँको व्यक्तिगत वचन सुन्ने मानिसको इच्छालाई पूरा गर्न सक्छ। यहोवाको फर्काइ मानवजातिकहाँ देखा परेको बेला मात्रै देहधारी परमेश्‍वरले त्यो युगलाई समाप्त गर्नुहुन्छ र अस्पष्ट परमेश्‍वरमाथिको मानवजातिको विश्‍वासको युगलाई पनि उहाँले समाप्त गर्नुहुन्छ। निश्चित रूपमा, अन्तिम देहधारी परमेश्‍वरको कार्यले सारा मानवजातिलाई त्यो युगमा ल्याउँछ जुन अझै वास्तविक, अझै व्यवहारिक र अझै सुन्दर हुन्छ। उहाँले व्यवस्था र धर्मसिद्धान्तको युगलाई समाप्त गर्ने मात्र होइन तर अझै महत्त्वपूर्ण कुरा, उहाँले मानवजातिको निम्ति त्यो परमेश्‍वरलाई प्रकट गर्नुहुन्छ जो वास्तविक र सामान्य हुनुहुन्छ, जो धर्मी र पवित्र हुनुहुन्छ, जसले व्यवस्थापन योजनाको कार्य खुल्ला पार्नुहुन्छ, जसले मानवजातिका रहस्यहरू र गन्तव्यलाई प्रदर्शन गर्नुहुन्छ, जसले मानवजातिलाई सृष्टि गर्नुभयो र व्यवस्थापन कार्यलाई समाप्त गर्नुहुन्छ, अनि जो हजारौं वर्षसम्म गुप्त बस्नुभयो। उहाँले अस्पष्टताको युगलाई पूर्ण रूपमा समाप्त गर्नुहुन्छ, उहाँले त्यो युगलाई अन्त्य गर्नुहुन्छ जुन युगमा सारा मानवजातिले परमेश्‍वरको मुहारलाई हेर्ने इच्छा गर्छन् तर त्यसो गर्न सक्दैनन्, उहाँले त्यो युगलाई समाप्त गर्नुहुन्छ जुन युगमा सारा मानवजातिले शैतानको सेवा गरे अनि उहाँले सारा मानवजातिलाई पूर्ण रूपमा नयाँ युगमा डोऱ्याउनुहुन्छ। यी सबै परमेश्‍वरका आत्माको स्थानमा देहमा हुनुहुने परमेश्‍वरको कामको परिणाम हो। जब परमेश्‍वरले देहमा काम गर्नुहुन्छ, उहाँलाई पछ्याउनेहरूले उप्रान्त त्यस्ता कुराहरूलाई खोजी गर्ने र छामछुम गर्ने गर्दैनन्, जुन अस्तित्वमा छ र अस्तित्वमा छैन जस्तो देखिन्छ र तिनीहरूले अस्पष्ट परमेश्‍वरको इच्छाबारे अनुमान गर्न छोड्छन्। जब परमेश्‍वरले देहमा गर्ने आफ्नो कामलाई फैलाउनुहुन्छ, उहाँलाई पछ्याउनेहरूले उहाँले देहमा गर्नुभएको कामलाई सारा धर्महरू र सम्प्रदायहरूमा फैलाउँछन् र तिनीहरूले उहाँका सबै वचनहरूलाई सारा मानवजातिको कानमा सुनाउनेछन्। उहाँको सुसमाचारलाई ग्रहण गरेकाहरूले सुनेका सबै कुरा उहाँका कार्यका तथ्यहरू हुनेछन्, मानिसले व्यक्तिगत रूपमा देखेका र सुनेका कुराहरू हुनेछन् र तथ्यहरू हुनेछन्, हल्‍ला मात्र होइन। यी तथ्यहरू त्यो सबुत हो जसद्वारा उहाँले काम फैलाउनुहुन्छ र ती उहाँले काम फैलाउने क्रममा प्रयोग गर्नुहुने औजारहरू पनि हुन्। तथ्यहरूको अस्तित्वविना, उहाँको सुसमाचार सारा देशहरू र सबै स्थानहरूमा फैलने थिएन; तथ्यहरूविना तर मानिसहरूको कल्पनाहरूद्वारा मात्रै, उहाँले सारा ब्रह्माण्डलाई विजय गर्ने काम कहिल्यै गर्न सक्नुहुनेथिएन। आत्मा मानिसको लागि छुन नसकिने छ र मानिसको लागि अदृश्य छ र मानिसको लागि गरिने परमेश्‍वरको कामको थप प्रमाण वा तथ्यहरूलाई छोड्न आत्माको काम असमर्थ छ। मानिसले परमेश्‍वरको वास्तविक मुहारलाई कहिल्यै हेर्नेछैन, उसले सँधै अस्तित्वमा नभएको अस्पष्ट परमेश्‍वरमा विश्‍वास गर्नेछ। मानिसले परमेश्‍वरको मुहारलाई कहिल्यै हेर्नेछैन, न त मानिसले कहिल्यै परमेश्‍वरले व्यक्तिगत रूपमा बोल्‍नुभएका वचनहरूलाई नै सुन्नेछ। आखिर, मानिसका कल्पनाहरू रित्तो छन् र यीद्वारा परमेश्‍वरको साँचो मुहारलाई प्रतिस्थापन गर्न सकिँदैन; परमेश्‍वरको अन्तर्निहित स्वभाव र परमेश्‍वर स्वयंको कामको नक्कल मानिसले गर्न सक्दैन। स्वर्गका अदृश्य परमेश्‍वर र उहाँको कार्यलाई देहधारी परमेश्‍वरले मात्रै पृथ्वीमा ल्याउन सक्नुहुन्छ जसले व्यक्तिगत रूपमै मानिसहरूको बीचमा आफ्नो काम गर्नुहुन्छ। परमेश्‍वर मानिसको बीचमा प्रकट हुने सबैभन्दा उत्तम तरिका यही नै हो, जसमा मानिसले परमेश्‍वरलाई देख्छ र परमेश्‍वरको साँचो मुहारलाई चिन्दछ र गैर-देहधारी परमेश्‍वरले यो हासिल गर्न सक्नुहुन्न। आफ्नो कामलाई यो चरणसम्म अघि बढाइसकेपछि, परमेश्‍वरको कार्यले पहिले नै अधिकतम प्रभाव हासिल गरिसकेको छ र यो पूर्ण रूपमा सफल भएको छ। देहमा परमेश्‍वरको व्यक्तिगत कामले उहाँको सम्पूर्ण व्यवस्थापन कार्यको नब्बे प्रतिशत काम पहिले नै पूरा गरिसकेको छ। यो देहले उहाँको सम्पूर्ण कामको निम्ति उत्तम सुरुवात र उहाँको सम्पूर्ण कार्यको सारांश प्रदान गरेको छ र उहाँले आफ्ना सारा कार्यलाई प्रकट गर्नुभएको छ र यो सम्पूर्ण कार्यलाई अन्तिम रूपमा पूर्णता दिनुभएको छ। यसपछि, परमेश्‍वरको कार्यको चौथो चरण गर्नको लागि अर्का देहधारी परमेश्‍वर हुनुहुनेछैन र परमेश्‍वरको तेस्रो देहधारणको कुनै पनि आश्चर्यजनक काम कहिल्यै हुनेछैन।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। भ्रष्ट मानवजाति देहधारी परमेश्‍वरको मुक्तिको अझै बढी खाँचोमा छ

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरलाई चिन्‍नु | अंश १७३

४. ज्योति चौथो कुरा मानिसहरूका आँखासँग सम्बन्धित छ: ज्योति। यो पनि धेरै महत्त्वपूर्ण छ। जब तैँले चम्किलो ज्योति देख्छस्, र त्यसको चमक...

परमेश्‍वरका दैनिक वचनहरू: जीवनमा प्रवेश | अंश ४९६

मानिसहरूको बाहिरी स्वभावलाई परमेश्‍वरले गर्नुहुने निराकरण पनि उहाँको कार्यको एक अंश हो; उदाहरणका लागि मानिसको बाहिरी, असामान्य मानवता वा...

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरलाई चिन्‍नु | अंश २०

वास्तवमा, परमेश्‍वरको स्वभाव सबैका निम्ति खुला छ र लुकेको छैन, किनकि परमेश्‍वरले कुनै व्यक्तिलाई कहिले पनि जानी-जानी बेवास्ता गर्नुभएको छैन...

परमेश्‍वरका दैनिक वचनहरू: जीवनमा प्रवेश | अंश ४४५

जब तेरो दैनिक जीवनमा तँलाई केही हुन्छ, तब तैंले त्यो पवित्र आत्माको कामबाट आएको हो वा शैतानको कामबाट आएको हो भनी कसरी छुट्ट्याउँनुपर्छ? जब...

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्