परमेश्‍वरका दैनिक वचनहरू: देहधारण | अंश १०७

ख्रीष्‍टको मानवता उहाँको ईश्‍वरत्वद्वारा सञ्चालित छ। उहाँ देहमा हुनुभए तापनि, उहाँको मानवता देहको मानिसजस्तो पूर्ण रूपमा छैन। उहाँमा उहाँको आफ्नै अद्वितीय चरित्र छ, र यो पनि उहाँको ईश्‍वरत्वद्वारा सञ्चालित छ। उहाँको ईश्‍वरत्वमा कुनै कमजोरी छैन; ख्रीष्‍टको कमजोरीले उहाँको मानवताको कमजोरीलाई जनाउँछ। केही हदसम्‍म, यो कमजोरीले उहाँको ईश्‍वरत्वलाई दिन्छ, तर त्यस किसिमका सीमितताहरू निश्‍चित क्षेत्र र समयभित्र हुन्छन्, र ती परिधि विहीन छैनन्। जब उहाँको ईश्‍वरत्वको कामलाई अघि बढाउने समय आउँछ, तब उहाँको मानवताको बाबजुद पनि यसलाई पूरा गरिन्छ। ख्रीष्‍टको मानवता पूर्ण रूपमा उहाँको ईश्‍वरत्वद्वारा निर्देशित छ। उहाँको मानवताको सामान्य जीवन बाहेक, उहाँको मानवताका अरू सबै कार्यहरू उहाँको ईश्‍वरत्वद्वारा प्रभावित, असरित, र निर्देशित हुन्छन्। ख्रीष्‍टमा एउटा मानवता भए तापनि, यसले उहाँको ईश्‍वरत्वलाई बाधा दिँदैन, र ठीक यही कारणले गर्दा ख्रीष्‍टको मानवता उहाँको ईश्‍वरत्वद्वारा निर्देशित छ; अरूसँग कसरी व्यवहार गर्ने त्यसमा उहाँको मानवता परिपक्‍व नभए तापनि, यसले उहाँको ईश्‍वरत्वको सामान्य कार्यलाई प्रभाव पार्दैन। उहाँको मानवता भ्रष्‍ट भएको छैन भनी भन्‍ने क्रममा मैले ख्रीष्‍टको मानवतालाई उहाँको ईश्‍वरत्वद्वारा प्रत्यक्ष रूपमा निर्देशित हुन सक्छ, र उहाँमा साधारण मानिसको भन्दा उच्‍च चेतना छ भनेर भन्‍न खोजेको हुँ। उहाँको कार्यमा ईश्‍वरत्वद्वारा निर्देशित हुनको लागि उहाँको मानवता सबैभन्दा उपयुक्त छ; उहाँको मानवता ईश्‍वरत्वको कार्यलाई व्यक्त गर्न सबैभन्दा बढी सक्षम छ, र त्यस्तो कार्यप्रति समर्पित हुन यो सबैभन्दा बढी सक्षम छ। देहमा काम गर्ने क्रममा उहाँले देहमा रहेको मानिसले पूरा गर्नुपर्ने कर्तव्यलाई कहिल्यै पनि बिर्सनुहुन्‍न; उहाँ स्वर्गमा परमेश्‍वरलाई साँचो हृदयले आराधना गर्न सक्षम हुनुहुन्छ। उहाँमा परमेश्‍वरको स्वभाव छ, र उहाँको पहिचान परमेश्‍वर स्वयमको पहिचान हो। यो के मात्रै हो भने उहाँ पृथ्वीमा आउनुभएको छ र सृष्‍टि गरिएको प्राणी बन्‍नुभएको छ र सृष्‍टि गरिएको प्राणीको बाहिरी आवरण लिनुभएको छ र, अहिले एउटा मानवतालाई लिनुभएको छ जुन पहिले उहाँमा थिएन। स्वर्गमा परमेश्‍वरलाई आराधना गर्न उहाँ सक्षम हुनुहुन्छ; उहाँ परमेश्‍वर स्वयम हुनुहुन्छ र मानिसले उहाँको अनुकरण गर्न सक्दैन। उहाँको पहिचान परमेश्‍वर स्वयम नै हुनुहुन्छ। देहको दृष्टिकोणद्वारा उहाँले परमेश्‍वरको आराधना गर्नुहुन्छ; त्यसकारण, “स्वर्गमा ख्रीष्‍टले परमेश्‍वरलाई आराधना गर्नुहुन्छ” भन्‍ने वचनहरू गलत छैनन्। मानिसबाट उहाँले चाहने कुरा भनेको उहाँको आफ्नै स्वभाव हो; तिनीहरूबाट त्यस कुराको माग गर्नुभन्दा पहिले नै उहाँले मानिसबाट माग गर्नुहुने सबै कुरालाई पूरा गर्नुभएको छ। जुन कुरा आफूमा छैन उहाँले त्यो कुरा अरूबाट कहिल्यै पनि माग गर्नुहुन्‍न, किनभने यो सबै कुरा उहाँको अस्तित्वमा रहेको हुन्छ। उहाँले आफ्नो कार्यलाई जसरी अघि बढाउनुभए तापनि, परमेश्‍वरलाई अवज्ञा गर्ने तरिकाले उहाँले कहिल्यै पनि काम गर्नुहुन्‍न। उहाँले मानिसबाट जे माग्‍नुभए तापनि, मानिसले पूरा गर्न सक्‍नेभन्दा बाहिरको कुनै माग हुँदैन। उहाँले गर्ने सबै कुरा परमेश्‍वरको इच्छालाई पूरा गर्ने कार्य हो र ती सबै उहाँको व्यवस्थापनको खातिर हो। ख्रीष्‍टको ईश्‍वरत्व सबै मानिसभन्दा माथि छ; त्यसकारण, सृष्‍टि गरिएका सबै प्राणीहरूका सबैभन्दा उच्‍च अख्तियार उहाँ नै हुनुहुन्छ। उहाँको अख्तियार नै उहाँको ईश्‍वरत्व हो, अर्थात् परमेश्‍वर स्वयमको स्वभाव र अस्तित्व, जसले उहाँको पहिचानलाई निर्धारण गर्छ। त्यसकारण, उहाँको मानवता जतिसुकै सामान्य भए तापनि, उहाँमा परमेश्‍वर स्वयमको परिचय छ भन्‍ने कुरा अखण्डनीय छ; उहाँले जुनसुकै दृष्टिकोणबाट बोल्‍नुभए तापनि र उहाँले परमेश्‍वरको इच्छालाई जसरी पालन गर्नुभए तापनि, उहाँ परमेश्‍वर स्वयम हुनुहुन्‍न भनेर भन्‍न सकिँदैन। मूर्ख र अज्ञानी मानिसहरूले ख्रीष्‍टको मानवतालाई प्रायजसो सामान्य ठान्छन्। आफ्नो ईश्‍वरत्वलाई उहाँले जसरी व्यक्त गर्नुभए तापनि र प्रकट गर्नुभए तापनि, उहाँ ख्रीष्‍ट हुनुहुन्छ भन्‍ने कुरालाई स्वीकार गर्न मानिस असमर्थ छ। र ख्रीष्‍टले आफ्नो आज्ञापालनलाई र मानवतालाई जति प्रदर्शन गर्नुहुन्छ, मूर्ख मानिसहरूले ख्रीष्‍टलाई त्यति नै हल्कासँग लिन्छन्। उहाँलाई बहिष्‍कार र तिरस्कारको व्यवहार गर्ने, तर उच्‍च प्रतिष्‍ठा भएका “महान् मानिसहरू” लाई आराधनाको टेबलमा राख्‍ने मानिसहरू पनि छन्। परमेश्‍वरप्रतिको मानिसको विरोध र अनाज्ञाकारीता देहधारी परमेश्‍वरको स्वभाव परमेश्‍वरप्रति समर्पित हुन्छ भन्‍ने तथ्यबाट, साथै ख्रीष्‍टको सामान्य मानवताबाट आउँछ; परमेश्‍वरप्रतिको मानिसको विरोध र अनाज्ञाकारीताको स्रोत यही नै हो। यदि ख्रीष्‍टमा उहाँको मानवको भेष थिएन र उहाँले सृष्‍टि गरिएको प्राणीको दृष्टिकोणबाट परमेश्‍वर पिताको इच्छालाई खोज्‍नुहुन्‍नथियो, तर उहाँमा अधिक मानवता थियो भने, मानिसको बीचमा कुनै अनाज्ञाकारीता नहुने सम्‍भावना बढी छ। मानिसले सधैँ स्वर्गको अदृश्य परमेश्‍वरमा विश्‍वास गर्न तयार हुनुको कारण के हो भने स्वर्गको परमेश्‍वरमा कुनै मानवता छैन, न त सृष्‍टि गरिएको प्राणीको कुनै एउटा गुण समेत उहाँमा छ। त्यसकारण, मानिसले उहाँलाई सबैभन्दा उच्‍च आदरको दृष्‍टिकोणले हेर्छ, तर ख्रीष्‍टप्रति भने तिरस्कारको आचरण राख्छ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। स्वर्गीय पिताको इच्छा पालन गर्नु नै ख्रीष्‍टको सार हो

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरलाई चिन्‍नु | अंश ३८

आखिरी दिनहरूका मानिसहरूले परमेश्‍वरका वचनहरूमा मात्र उहाँको क्रोध देख्छन्, तर परमेश्‍वरको क्रोधलाई साँच्‍चै अनुभव गर्दैनन् सृष्टिको...

परमेश्‍वरका दैनिक वचनहरू: जीवनमा प्रवेश | अंश ४३०

परमेश्‍वरले मानिसहरूमा वास्तविकताबारे कुरा गर्ने क्षमता होस् भन्ने मात्र चाहनुहुन्न; त्यो त धेरै सजिलो हुनेछ, होइन र? त्यसोभए, परमेश्‍वरले...

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरको कामलाई चिन्‍नु | अंश १९१

परमेश्‍वर चीनको मूलभूमिमा देहधारी हुनुभएको छ, अथवा हङकङ र ताइवानका देशवासीहरूको शब्‍दमा भन्दा उहाँ “भित्री” भागमा देहधारी हुनुभएको छ। जब...

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्