परमेश्‍वरका दैनिक वचनहरू: देहधारण | अंश १०६

परमेश्‍वरको आधारभूत स्वभावले नै अख्तियारको प्रयोग गर्छ, तर उहाँबाट आउने अख्तियारप्रति उहाँ पूर्ण रूपमा समर्पित हुन सक्‍नुहुन्‍छ। चाहे यो आत्माको काम होस् वा देहको काम होस्, यीमध्ये कुनै पनि काम एक-अर्कासँग बाझिँदैन। सारा सृष्टिमाथिको अख्तियार परमेश्‍वरका आत्मासँग छ। परमेश्‍वरको आधारभूत स्वभाव सहितको देह पनि अख्तियारको अधीनमा हुन्छ, तर देहमा हुनुभएका परमेश्‍वरले ती सबै कार्यहरूलाई गर्न सक्‍नुहुन्‍छ, जुन कार्यहरूले स्वर्गमा हुनुहुने पिताको इच्छालाई पालन गर्छ। यसलाई कुनै पनि व्यक्तिले प्राप्‍त गर्न वा कल्पना गर्न सक्दैन। परमेश्‍वर स्वयम्‌ नै अख्तियार हुनुहुन्छ, तर उहाँको देह उहाँको अख्तियारप्रति समर्पित हुन सक्छ। “ख्रीष्‍टले परमेश्‍वर पिताको इच्छालाई पालन गर्नुहुन्छ” भनेर भन्‍ने क्रममा यही कुरालाई सूचित गरिन्छ। परमेश्‍वर आत्मा हुनुहुन्छ र जसरी परमेश्‍वर मानिस बन्‍न सक्‍नुहुन्‍छ त्यसरी नै उहाँले मुक्तिको काम पनि गर्न सक्‍नुहुन्‍छ। जे भए तापनि, परमेश्‍वर स्वयमले नै आफ्नो कार्य गर्नुहुन्छ; न त उहाँले बाधा दिनुहुन्छ न त हस्तक्षेप नै गर्नुहुन्छ, उहाँले आफैमा बाझिने किसिमको काम गर्नु त परै जाओस्, किनभने आत्मा र देहले गर्ने कार्यको सार उही प्रकारको हुन्छ। चाहे आत्मा होस् वा देह, दुवैले एउटै इच्छालाई पूरा गर्न र एउटै कार्यलाई व्यवस्थापन गर्नको लागि काम गर्नुहुन्छ। आत्मा र देहका गुणहरू पूर्ण रूपमा फरक भए तापनि, उहाँहरूका आधारभूत स्वभावहरू उस्तै छन्; दुवैमा परमेश्‍वर स्वयमको आधारभूत स्वभाव, अनि परमेश्‍वर स्वयमको पहिचान छ। परमेश्‍वर स्वयममा कुनै पनि अनाज्ञाकारीताको तत्वहरू छैन; उहाँको स्वभाव असल छ। उहाँ सारा सुन्दरता र भलाइ, साथै सारा प्रेमको अभिव्यक्ति हुनुहुन्छ। देहमा समेत परमेश्‍वरले त्यस्तो कुनै पनि काम गर्नुहुन्‍न जसले परमेश्‍वर पिताको अवज्ञा गर्छ। आफ्नो जीवन बलिदान दिनु पर्दा समेत उहाँले हृदयदेखि त्यसो गर्न चाहनुहुन्छ, र उहाँले अन्य कुनै पनि निर्णय गर्नुभएन। परमेश्‍वरमा स्वःधार्मिकता वा स्वःमहत्त्व, वा अभिमानी र अहङ्कारीको कुनै तत्व छैन; उहाँमा कुटिलका कुनै तत्वहरू छैनन्। परमेश्‍वरको अवज्ञा गर्ने हरेक कुरा शैतानबाट आउँछ; सारा कुरूपता र दुष्‍टताको स्रोत शैतान नै हो। मानिसमा शैतानको जस्तै गुणहरू हुनुको कारण के हो भने मानिसलाई शैतानले भ्रष्‍ट तुल्याएको छ र प्रशोधन गरेको छ। ख्रीष्‍टलाई शैतानले भ्रष्‍ट तुल्याएको छैन, त्यसकारण उहाँमा परमेश्‍वरका चरित्रहरू मात्रै छन्, तर शैतानको कुनै चरित्रहरू छैनन्। काम जतिसुकै कठिन होस् वा देह जतिसुकै कमजोर होस्, जब परमेश्‍वर देहमा बस्‍नुहुन्छ, उहाँले परमेश्‍वर स्वयमको कार्यलाई बाधा दिने कुनै कुरा कहिल्यै पनि गर्नुहुनेछैन, अनाज्ञाकारीतामा परमेश्‍वर पिताको इच्छालाई त्याग्‍ने कुरा त परै जाओस्। उहाँले परमेश्‍वर पिताको इच्छालाई धोका दिनुभन्दा देहको पीडालाई भोग्‍नुहुन्छ; यो, येशूले प्रार्थनामा भन्‍नुभएको जस्तै छ, “पिता, यदि सम्भव छ भने, यो कचौरा मबाट हटोस्: तैपनि मेरो इच्छा होइन, तर तपाईंको इच्छा पूरा होस्।” मानिसहरूले आफ्नो लागि आफै निर्णयहरू गर्छन्, तर ख्रीष्‍टले त्यसो गर्नुहुन्‍न। उहाँसँग परमेश्‍वर स्वयमको पहिचान भए तापनि, उहाँले परमेश्‍वर पिताको इच्छालाई खोज्‍नुहुन्छ, र परमेश्‍वर पिताले उहाँलाई सुम्‍पनुभएको कुरालाई देहको दृष्टिकोणद्वारा पूरा गर्नुहुन्छ। यो मानिसले पूरा गर्न नसक्‍ने कुरा हो। शैतानबाट आउने कुरामा परमेश्‍वरको स्वभाव हुँदैन; यसमा परमेश्‍वरको अवज्ञा गर्ने र उहाँलाई विरोध गर्ने कुरा मात्रै हुन्छ। यसले परमेश्‍वरलाई पूर्ण रूपमा पालन गर्न सक्दैन, परमेश्‍वरको इच्छालाई स्वेच्‍छाले पालन गर्ने कुरा त परै जाओस्। ख्रीष्‍टबाट टाढा रहेर सबै मानिसले त्यही काम गर्न सक्छन् जसले परमेश्‍वरको विरोध गर्छ, र कुनै पनि मानिसले परमेश्‍वरले सुम्‍पनुभएको कार्यलाई प्रत्यक्ष रूपमा गर्न सक्दैन; परमेश्‍वरको व्यवस्थापनलाई पूरा गर्नुपर्ने आफ्नो कर्तव्यको रूपमा एक जनाले पनि लिन सक्दैन। ख्रीष्‍टको आधारभूत स्वभाव भनेको परमेश्‍वर पिताको इच्छाप्रति समर्पित हुनु हो; परमेश्‍वरको विरुद्धमा अनाज्ञाकारी हुने कार्य शैतानको चरित्र हो। यी दुई गुणहरू परस्पर-विरोधी गुणहरू हुन्, र शैतानका गुणहरू भएको कसैलाई पनि ख्रीष्‍ट भन्‍न सकिँदैन। मानिसले परमेश्‍वरको खातिर उहाँको काम गर्न नसक्‍नुको कारण के हो भने मानिसमा परमेश्‍वरको कुनै पनि आधारभूत स्वभाव हुँदैन। मानिसको व्यक्तिगत रुचिहरूका लागि र भविष्यको आशाको लागि मात्रै मानिसले परमेश्‍वरको लागि काम गर्छ, तर ख्रीष्‍टले परमेश्‍वर पिताको इच्छालाई पूरा गर्नको लागि काम गर्नुहुन्छ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। स्वर्गीय पिताको इच्छा पालन गर्नु नै ख्रीष्‍टको सार हो

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरलाई चिन्‍नु | अंश ६३

यदि मानिसहरूले ज्ञान हासिल गरेको र समझ प्राप्त गरेको कुरा परमेश्‍वरको स्वभावको बारेमा हो अनि उहाँसित जे छ र उहाँ जे हुनुहुन्छ त्यसको बारेमा...

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरलाई चिन्‍नु | अंश २८

परमेश्‍वरले इन्द्रेनीलाई मानिससँगको आफ्नो करारको प्रतीकको रूपमा प्रयोग गर्नुहुन्छ (छनौट गरिएका खण्डहरू) उत्पत्ति ९:११-१३ अनि म तिमीहरूसँग...

परमेश्‍वरका दैनिक वचनहरू: आखिरी दिनहरूको न्याय | अंश ९०

परमेश्‍वर सबैभन्दा पछौटे र फोहोरी ठाउँमा देह बन्‍नुभयो र यस्तो तरिकाले मात्र परमेश्‍वरले उहाँको पवित्र र धर्मी स्वभावको सम्पूर्णता स्पष्ट...

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरलाई चिन्‍नु | अंश ३

धेरै मानिसहरूले दिनहुँ परमेश्‍वरका वचनहरू पढ्‍नको लागि माथि उठाउँछन्, यहाँसम्म कि सबै पौराणिक वचनखण्डहरूलाई तिनीहरूको सबैभन्दा बहुमूल्य...

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्