परमेश्‍वरका दैनिक वचनहरू: देहधारण | अंश १००

येशूले पृथ्वीमा जिउनुभएको जीवन देहको सामान्य जीवन थियो। उहाँ आफ्नो देहको सामान्य मानवतामा जिउनुभयो। उहाँको अख्तियार—आफ्नो काम गर्नु र आफ्नो वचन बोल्नु वा बिरामीलाई निको पार्नु र भूतात्माहरूलाई निकाल्‍नु, त्यस्ता असाधारण कुराहरू गर्नुले उहाँले आफ्नो सेवकाइ सुरु नगरुञ्‍जेलसम्‍म प्रायजसो, आफैलाई प्रकट गरेन। उनन्तीस वर्षभन्दा पहिलेको, उहाँले आफ्नो सेवकाइ गर्नुभन्दा पहिलेको उहाँको जीवन नै उहाँ सामान्य देहगत शरीर हुनुहुन्थ्यो भन्ने कुराको पर्याप्त प्रमाण थियो। यसकारणले गर्दा र उहाँले आफ्नो सेवकाइ अझै सुरु नगर्नुभएको कारणले, उहाँमा मानिसहरूले कुनै ईश्‍वरीय कुरा देखेनन्, सामान्य मानव, सामान्य मानिसबाहेक अरू केही पनि देखेनन्—जसरी त्यो समयमा, कतिपय मानिसहरूले उहाँ योसेफका पुत्र हुन् भन्ने ठान्थे। उहाँ सामान्य मानिसका छोरा हुनुहुन्छ भन्ने मानिसहरूले ठाने, उहाँ परमेश्‍वरका देहधारी शरीर हुनुहुन्छ भनेर भन्ने तिनीहरूसँग कुनै उपाय थिएन; आफ्नो सेवकाइको अवधिमा, उहाँले धेरै आश्‍चर्यकर्महरू गर्नुहुँदा समेत, धेरैजसो मानिसहरूले उहाँ योसेफका पुत्र हुनुहुन्छ भनेर भने, किनभने उहाँ सामान्य मानवताको बाहिरी भेषसहितका ख्रीष्ट हुनुहुन्थ्यो। उहाँको सामान्य मानवता र उहाँको कार्य दुवै नै पहिलो देहधारणको महत्त्वलाई पूरा गर्न, परमेश्‍वर पूर्ण रूपमा देहमा आउनुभएको छ, उहाँ पूर्ण रूपमा सामान्य मानिस बन्नुभएको छ भन्ने प्रमाणित गर्नको लागि अस्तित्वमा थिए। उहाँले आफ्नो काम सुरु गर्नुभन्दा पहिलेको उहाँको सामान्य मानवता उहाँ सामान्य देह हुनुहुन्छ भन्ने कुराको प्रमाण थियो; र त्यसपश्‍चात उहाँले काम गर्नुभयो भन्ने कुराले पनि उहाँ सामान्य देह हुनुहुन्छ भन्ने प्रमाणित गऱ्यो, किनभने उहाँले सामान्य मानवतासहितको देहमा चिन्हहरू र आश्चर्यका कामहरू गर्नुभयो, बिरामीहरूलाई चङ्गाइ गर्नुभयो र भूतात्माहरूलाई निकाल्नुभयो। उहाँले आश्‍चर्यकर्महरू गर्न सक्नुको कारण के थियो भने, उहाँको देहमा परमेश्‍वरको अख्तियार थियो, परमेश्‍वरका आत्मालाई धारण गरिएको देह थियो। परमेश्‍वरका आत्माको कारण उहाँमा यो अख्तियार थियो र यसको अर्थ उहाँ देह हुनुहुन्न भन्ने थिएन। बिरामीलाई चङ्गाइ गर्नु र भूतात्माहरूलाई निकाल्नु उहाँले आफ्नो सेवकाइमा गर्नुपर्ने काम थियो, यो उहाँको मानवतामा लुकेको उहाँको ईश्‍वरीयताको अभिव्यक्ति थियो र उहाँले जुन चिन्हहरू देखाउनुभए तापनि वा उहाँले आफ्नो अख्तियारलाई जसरी प्रदर्शन गर्नुभए तापनि, उहाँ सामान्य मानवतामा नै जिउनुभयो र सामान्य देह नै हुनुहुन्थ्यो। उहाँ क्रूसमा मर्नुभएपछि पुनरुत्थान भइञ्जेलसम्म, उहाँले सामान्य देहमा नै बास गर्नुभयो। अनुग्रह प्रदान गर्नु, बिरामी निको पार्नु र भूतात्माहरूलाई धपाउनु सबै उहाँको सेवकाइका भाग थिए, ती सबै उहाँले आफ्नो सामान्य देहमा गर्नुभएका काम थिए। उहाँ क्रूसमा टाङिग्नुभन्दा पहिले, चाहे जेसुकै काम गर्दा होस्, उहाँ आफ्नो सामान्य मानव देहबाट कहिल्यै अलग हुनुभएन। उहाँ परमेश्‍वर स्वयम् हुनुहुन्थ्यो, उहाँले परमेश्‍वर स्वयम्‌को काम गर्दै हुनुहुन्थ्यो, तैपनि उहाँ परमेश्‍वरको देहधारी शरीर हुनुभएकोले, उहाँले खाना खानुभयो र वस्त्र लगाउनुभयो, उहाँका सामान्य मानवीय आवश्यकताहरू थिए, सामान्य मानव तर्क र सामान्य मानव मन थियो। यी सबै नै उहाँ सामान्य मानिस हुनुहुन्थ्यो भन्ने कुराको प्रमाण थिए, जसले परमेश्‍वरको देहधारी शरीर सामान्य मानवतासहितको देह थियो, अलौकिक होइन भन्ने कुराको प्रमाण दिए। उहाँको काम परमेश्‍वरको पहिलो देहधारणको कामलाई समाप्त गर्नु, पहिलो देहधारणले गर्नुपर्ने सेवकाइलाई पूरा गर्नु थियो। देहधारणको महत्त्व भनेको साधारण, सामान्य मानिसले परमेश्‍वर स्वयमको काम गर्छ भन्ने हो; अर्थात्, परमेश्‍वरले आफ्नो ईश्‍वरीय काम मानवतामा गर्नुहुन्छ र जसद्वारा उहाँले शैतानलाई जित्नुहुन्छ। देहधारणको अर्थ परमेश्‍वरका आत्मा देह बन्नुहुन्छ अर्थात् परमेश्‍वर देह बन्नुहुन्छ भन्ने हो; देहले गर्ने काम आत्माको काम हो, जुन देहमा प्रकट हुन्छ, देहद्वारा व्यक्त हुन्छ। परमेश्‍वरको देहले बाहेक अरू कसैले पनि देहधारी परमेश्‍वरको सेवकाइलाई पूरा गर्न सक्दैन; अर्थात्, देहधारी परमेश्‍वरको शरीर, यस सामान्य मानवताले मात्रै—अरू कसैले होइन—ईश्‍वरीय कार्यलाई व्यक्त गर्न सक्छ। यदि, उहाँको पहिलो आगमनको अवधिमा, उनन्तीस वर्षको उमेरभन्दा पहिले परमेश्‍वरसँग सामान्य मानवता नभएको भए—यदि उहाँ जन्मनेबित्तिकै उहाँले आश्‍चर्यकर्महरू गर्न सक्नुभएको भए, उहाँले बोल्न सिक्नेबित्तिकै उहाँले स्वर्गको भाषा बोल्न सक्नुभएको भए, यदि उहाँले पृथ्वीमा पाइला टेक्नुभएकै क्षणमा सारा सांसारिक कुराहरूलाई बुझ्न, हरेक व्यक्तिका विचार र अभिप्रायहरूलाई जान्न सक्नुभएको भए—त्यस्तो व्यक्तिलाई सामान्य मानिस भनेर भन्न सकिँदैन थियो र त्यस्तो देहलाई मानव देह भनेर भन्न सकिँदैन थियो। यदि ख्रीष्टको अवस्था यस्तो भएको भए, परमेश्‍वरको देहधारणको अर्थ र सार हराउने थियो। उहाँमा सामान्य मानवता छ भन्ने कुराले उहाँ शरीरमा देहधारी हुनुभएका परमेश्‍वर हुनुहुन्छ भन्ने प्रमाणित गर्छ; उहाँले सामान्य मानवको वृद्धि हुने प्रक्रिया भएर जानुहुन्छ भन्‍ने तथ्यले उहाँ सामान्य देह हुनुहुन्छ भन्ने कुरालाई थप प्रदर्शन गर्छ; यसका साथै, उहाँ परमेश्‍वरको वचन, परमेश्‍वरका आत्मा नै देह हुनुभएको हो भन्ने प्रमाणित गर्न उहाँको काम नै पर्याप्त छ। उहाँको कामका आवश्यकताहरूको कारण परमेश्‍वर देह बन्नुहुन्छ; अर्को शब्दमा भन्दा, कामको यो चरणलाई देहमा नै गरिनुपर्छ, सामान्य मानवतामा नै गरिनुपर्छ। “वचन देह बन्नुहुन्छ” को पूर्वसर्त यही नै हो, किनभने “वचन देहमा देखा पर्नुहुन्छ,” र परमेश्‍वरका दुईवटा देहधारणहरूको पछाडिको साँचो कथा यही नै हो। येशूले आफ्नो जीवनभरि आश्‍चर्यकर्महरू गर्नुभयो, पृथ्वीमा उहाँको काम समाप्त नभइञ्जेलसम्म उहाँले मानवताको कुनै चिन्ह देखाउनुभएन, उहाँसँग सामान्य मानव आवश्यकताहरू वा कमजोरीहरू वा मानव भावनाहरू थिएनन्, जीवनका आधारभूत आवश्यकताहरू थिएनन् वा सामान्य मानव विचार गर्न खाँचो थिएन भनेर मानिसहरूले विचार गर्न सक्छन्। उहाँमा महामानवीय विचार, सर्वश्रेष्ठ मानवता मात्रै छ भन्ने कल्पना तिनीहरू गर्छन्। उहाँ परमेश्‍वर हुनुभएकोले, उहाँले सामान्य मानवले जस्तो विचार गर्नुहुन्न र त्यसरी जिउनुहुन्न, सामान्य मानिस, वास्तविक मानिसले मात्रै सामान्य मानव विचारहरू सोच्न सक्छ र सामान्य मानव जीवन जिउन सक्छ भन्ने विश्‍वास तिनीहरू गर्छन्। यी सबै मानव विचारहरू र मानव धारणाहरू हुन्, र यी धारणाहरू परमेश्‍वरको कामका मूल अभिप्रायहरूका विपरीत बहन्छन्। सामान्य मानव सोचाइले सामान्य मानव तर्क र सामान्य मानवतालाई कायम राख्छ; सामान्य मानवताले देहका सामान्य कार्यहरूलाई कायम राख्छ; र देहका सामान्य कार्यहरूले देहको सामान्य जीवनलाई यसको पूर्णतामा सक्रिय गर्छ। त्यस्तो देहमा काम गरेर मात्रै परमेश्‍वरले आफ्नो देहधारणको उद्देश्यलाई पूरा गर्न सक्नुहुन्छ। यदि देहधारी परमेश्‍वरको देहको बाहिरी भेष मात्रै थियो तर सामान्य मानव विचारहरू सोच्नुहुन्नथियो भने, यो देहमा मानव तर्क हुने थिएन, वास्तविक मानवता हुने कुरा त परै जाओस्। मानवताविनाको यस्तो देहले कसरी देहधारी परमेश्‍वरले गर्नुपर्ने सेवकाइलाई पूरा गर्न सक्नुहुन्छ? सामान्य मनले मानव जीवनका सम्पूर्ण पक्षहरूलाई कायम राख्न सक्छ; सामान्य मनविना, व्यक्ति मानव हुने थिएन। अर्को शब्दमा भन्दा, सामान्य विचारहरू सोच्न नसक्ने व्यक्ति मानसिक रोगी हो र मानवता नभएको तर ईश्‍वरीयता मात्रै भएको ख्रीष्टलाई परमेश्‍वरको देहधारी शरीर भन्न सकिँदैन। त्यसकारण, परमेश्‍वरको देहधारी शरीरमा कसरी सामान्य मानवता नहुन सक्छ? ख्रीष्टमा कुनै मानवता छैन भनेर भन्नु के ईश्‍वरनिन्दा हुँदैन र? मानिसहरू संलग्न हुने सबै क्रियाकलापहरू सामान्य मानव मनको संचालनमा निर्भर हुन्छ। योविना, मानिसहरूले छाडा व्यवहार गर्नेथिए; तिनीहरूले कालो र सेतो, असल र खराबबीचको भिन्नतालाई समेत छुट्याउन सक्दैन थिए; र तिनीहरूमा कुनै पनि मानव नैतिकता र सदाचार सिद्धान्तहरू हुने थिएन। त्यसरी नै, यदि देहधारी परमेश्‍वरले सामान्य मानवले जस्तो विचार गर्नुहुन्‍न थियो भने, उहाँ वास्तविक देह, सामान्य देह हुनुहुनेथिएन। विना-सोचाइको त्यस्तो देहले ईश्‍वरीय कामलाई लिन सक्ने थिएन। उहाँ सामान्य देहका क्रियाकलापहरूमा सामान्य रूपमा संलग्न हुन सक्षम हुनुहुनेथिएन, पृथ्वीमा मानिसहरूसँग एकसाथ जिउने कुरा त परै जाओस्। अनि त्यसैले, परमेश्‍वरको देहधारणको महत्त्व, परमेश्‍वर देहमा आउनुको खास सार नै हराउने थियो। देहधारी परमेश्‍वरको मानवता देहमा सामान्य ईश्‍वरीय कार्यलाई कायम राख्नको लागि अस्तित्वमा छ; उहाँको सामान्य मानव सोचाइले उहाँको सामान्य मानवता र उहाँका सबै सामान्य भौतिक क्रियाकलापहरूलाई कायम राख्छ। उहाँको सामान्य मानव सोचाइ देहमा परमेश्‍वरका सारा कार्यलाई कायम राख्नको लागि अस्तित्वमा छ भनेर भन्न सकिन्छ। यदि यो देहमा सामान्य मानव मन थिएन भने, परमेश्‍वरले देहमा काम गर्न सक्नुहुनेथिएन, र उहाँले देहमा जे गर्नु आवश्यक छ त्यसलाई कहिल्यै पनि पूरा गर्न सकिँदैन थियो। देहधारी परमेश्‍वरमा सामान्य मानव मन भए तापनि, उहाँको काम मानव विचारद्वारा मिलावट भएको छैन; उहाँले मानव मन भएको मानवता धारण गर्ने पूर्वसर्तसहित, सामान्य मनसहित मानवतामा काम गर्नुहुन्छ, सामान्य मानव विचारको अभ्यासद्वारा होइन। उहाँका देहका विचारहरू जति नै उत्कृष्ट भए तापनि, उहाँको काम तर्क वा विचारबाट कलङ्कित छैन। अर्को शब्दमा भन्दा, उहाँको काम उहाँको देहको मनद्वारा पैदा भएको हुँदैन तर यो उहाँको मानवतामा ईश्‍वरीय कार्यको प्रत्यक्ष अभिव्यक्ति हो। उहाँका सबै काम उहाँले पूरा गर्नैपर्ने सेवकाइ हो र यीमध्ये कुनै पनि उहाँको मस्तिष्कमा पैदा हुँदैन। उदाहरणको लागि, बिरामीलाई चङ्गाइ गर्नु, भूतात्माहरूलाई निकाल्नु, क्रूसीकरण उहाँको मानव मनका उपजहरू थिएनन् र मानव मन भएको कुनै पनि मानिसले ती हासिल गर्न सक्ने थिएन। त्यसरी नै, आजको विजयको काम देहधारी परमेश्‍वरले पूरा गर्नैपर्ने काम हो तर यो मानव इच्छाको काम होइन, यो उहाँको ईश्‍वरीयताले गर्नुपर्ने काम हो, जुन काम गर्न कुनै पनि देहगत मानिस सक्षम छैन। त्यसैले देहधारी परमेश्‍वरमा सामान्य मानव मन हुनैपर्छ, सामान्य मानवता हुनैपर्छ, किनभने उहाँले सामान्य मनसहितको मानवतामा नै आफ्नो काम गर्नुपर्छ। देहधारी परमेश्‍वरको कामको सार, देहधारी परमेश्‍वरको खास सार यही नै हो।

— “वचन देहमा देखा पर्नुहुन्छ” बाट उद्धृत गरिएको

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

परमेश्‍वरका दैनिक वचनहरू: मानवजातिको भ्रष्टता उजागर गर्नु | अंश ३२२

मानिससँग विश्‍वासको अनिश्‍चित शब्द मात्र हुन्छ, तैपनि केले विश्‍वासको निर्माण हुन्छ भन्ने मानिसले जान्दैन, उसमा विश्‍वास हुन्छ भन्ने कुरा...

परमेश्‍वरका दैनिक वचनहरू: कार्यका तीन चरणहरू | अंश २१

सुरुमा, पुरानो करारको व्यवस्थाको युगको अवधिमा मानिसलाई डोऱ्याउनु एउटा बच्चाको जीवनलाई डोऱ्याउनु जस्तो थियो। सबैभन्दा पहिलेको मानव जाति...

परमेश्‍वरका दैनिक वचनहरू: जीवनमा प्रवेश | अंश ४८६

परमेश्‍वरले गर्नुहुने काम एक अवधिदेखि अर्को अवधिमा फरक-फरक हुने गर्छ। यदि तँ कुनै एक चरणमा परमेश्‍वरले गर्नुभएको कामप्रति एकदमै आज्ञाकारी...

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्