परमेश्‍वरको काम, परमेश्‍वरको स्वभाव र परमेश्‍वर स्वयम् १ (भाग तीन)

अर्को, हामी नोआको कथा र यो कसरी परमेश्‍वरको काम, परमेश्‍वरको स्वभाव र परमेश्‍वर स्वयम्सँग सम्बन्धित छ भन्‍ने कुराको छलफल गर्नेछौँ।

धर्मशास्त्रको यस खण्डमा परमेश्‍वरले नोआलाई के गरिरहनुभएको तिमीहरू देख्छौ? सायद यहाँ बसेका सबैले धर्मशास्त्रको पढाइबाट यसको बारेमा केही जान्दछ: परमेश्‍वरले नोआलाई जहाज बनाउने तुल्याउनुभयो, त्यसपछि परमेश्‍वरले जलप्रलयद्वारा संसारको विनाश गर्नुभयो। परमेश्‍वरले नोआलाई तिनको आठ जनाको परिवारलाई बचाउन जहाज बनाउन लगाउनुभयो, जसले तिनीहरूलाई बच्‍ने र मानवजातिको अर्को पुस्ताको पुर्खा बन्‍ने अनुमति दियो। अब धर्मशास्त्रतिर फर्कौं।

आ. नोआ

१. परमेश्‍वरले संसारलाई जलप्रलयद्वारा नष्ट गर्ने अभिप्राय राख्‍नुहुन्छ र नोआलाई जहाज बनाउने निर्देशन दिनुहुन्छ

उत्पत्ति ६:९-१४ नोआका पुस्ताहरू यी नै हुन्: नोआ तिनका पुस्ताका एक धर्मी र सिद्ध मानिस थिए र नोआ परमेश्‍वरसँग हिँड्थे। र नोआले तीन छोराहरू शेम, हाम र येपेतलाई जन्माए। पृथ्वी पनि परमेश्‍वरको सामुन्‍ने भ्रष्ट नै थियो र पृथ्वी हिंसाले भरिएको थियो। अनि परमेश्‍वरले पृथ्वीलाई हेर्नुभयो र त्यो भ्रष्ट थियो किनकि पृथ्वीमा भएका सारा देहले आफ्नो मार्ग भ्रष्ट पारेका थिए। अनि परमेश्‍वरले नोआलाई भन्‍नुभयो, मेरा सामुन्‍ने सारा देहको अन्त आएको छ; किनकि तिनीहरूद्वारा पृथ्वी हिंसाले भरिएको छ; अनि, हेर्, म तिनीहरूलाई पृथ्वीसहित नष्ट गर्नेछु। तैँले गोपेर काठको एउटा जहाज बना; जहाजमा तैँले कोठाहरू बना र त्यसलाई भित्र र बाहिर अलकत्राले लिप्।

उत्पत्ति ६:१८-२२ तर तँसँग म मेरो करार स्थापित गर्नेछु; र तँ अनि तँसँग तेरा छोराहरू र तेरी श्रीमती र तेरा छोराहरूका श्रीमतीहरू सँगै जहाजमा आउनेछौ। अनि सबै किसिमका हरेक जीवित प्राणीहरूमध्ये, हरेक प्रजातिका दुई-दुई गरेर तँसँगै जीवित राख्‍नको निम्ति तैँले जहाजमा ल्याउनेछस्; तिनीहरू भाले र पोथी हुनेछन्; पंक्षीहरूबाट तिनीहरूका प्रजाति अनुसार, पशुहरूबाट तिनीहरूका प्रजाति अनुसार र पृथ्वीमा घस्रने हरेक प्राणीबाट तिनीहरूका प्रजाति अनुसार, हरेक प्राणीबाट दुई वटा जीव जीवित रहनलाई तँकहाँ आउनेछन्। अनि खाइने सबै आहारा तँसँग लैजानू र तैँले त्यो तँसँग जम्मा गरेर राख्‍नू; र त्यो तँ र तिनीहरूका निम्ति आहारा हुनेछ। नोआले त्यस्तै गरे; तिनले परमेश्‍वरले आज्ञा गर्नुभएबमोजिम सबै गरे।

यी खण्डहरू पढेपछि के तिमीहरूले नोआको बारेमा सामान्य समझ प्राप्त गर्‍यौ? नोआ कस्ता व्यक्ति थिए? मूल पाठ यस्तो छ: “नोआ तिनका पुस्ताका एक धर्मी र सिद्ध मानिस थिए।” आधुनिक मानिसहरूको बुझाइमा, ती दिनहरूका “धर्मी मानिस” भनेको कस्तो किसिमको व्यक्ति हो? धर्मी मानिस सिद्ध मानिस हुनुपर्छ। यो सिद्ध मानिस मानिसको दृष्टिमा वा परमेश्‍वरको दृष्टिमा सिद्ध थियो कि थिएन भन्‍ने तिमीहरूलाई थाहा छ? यसमा कुनै शङ्कै छैन, यो सिद्ध मानिस परमेश्‍वरको दृष्टिमा सिद्ध मानिस थियो, तर मानिसको दृष्टिमा सिद्ध थिएन। यो निश्‍चित छ! किनकि मानिस अन्धो छ र त्यसले देख्दैन, र परमेश्‍वरले मात्र सारा पृथ्वी र हरेक मानिसलाई हेर्नुहुन्छ, र नोआ सिद्ध मानिस थियो भन्‍ने कुरा परमेश्‍वरलाई मात्र थाहा थियो। यसैले, संसारलाई जलप्रलयद्वारा नष्ट गर्ने परमेश्‍वरको योजना नोआलाई बोलाएको बेला नै सुरु भयो।

त्यस युगमा, परमेश्‍वरले नोआलाई अत्यन्तै महत्त्वपूर्ण कुरा गर्नका निम्ति बोलाउनुभयो। यो काम किन गरिनुपर्‍यो? किनकि त्यस बेला परमेश्‍वरको हृदयमा एउटा योजना थियो। संसारलाई जलप्रलयद्वारा नष्ट गर्ने उहाँको योजना थियो। उहाँले संसारलाई किन नष्ट गर्नुहुने थियो? यहाँ यस्तो भनिएको छ: “पृथ्वी पनि परमेश्‍वरको सामुन्‍ने भ्रष्ट नै थियो र पृथ्वी हिंसाले भरिएको थियो।” “पृथ्वी हिंसाले भरिएको थियो” वाक्यांशबाट तिमीहरूले के बुझ्छौ? यो पृथ्वीमा भएको एउटा घटना थियो जहाँ संसार र यसमा भएका मानिसहरू चरम रूपमा भ्रष्ट भएका थिए; यसैले “पृथ्वी हिंसाले भरिएको थियो।” आजको भाषामा, “हिंसाले भरिएको थियो” को अर्थ सबै कुरा सन्तुलन बाहिर जानु भन्ने हुन्छ। मानिसको निम्ति, यसको अर्थ यो हुन्छ कि जीवनका हरेक पक्षमा क्रमको सारा झलक हराएको थियो, र हरेक कुरा अस्तव्यस्त र अप्रबन्धनीय बनेको थियो। परमेश्‍वरको दृष्टिमा, यसको अर्थ संसारका मानिसहरू अति नै भ्रष्ट भएका थिए। तर कुन हदसम्मको भ्रष्ट? यो हदसम्मको भ्रष्ट कि परमेश्‍वरले तिनीहरूलाई हेर्न वा तिनीहरूप्रति धैर्य गर्नै सक्‍नुभएन। यो हदसम्मको भ्रष्ट कि परमेश्‍वरले तिनीहरूलाई नष्ट गर्ने अभिप्राय राख्‍नुभयो। जब परमेश्‍वरले संसारलाई नष्ट गर्ने निर्णय लिनुभयो, उहाँले जहाज बनाउने व्यक्ति खोज्‍ने योजना बनाउनुभयो। परमेश्‍वरले यो काम सम्पन्न गर्नको निम्ति नोआलाई छान्‍नुभयो; अर्थात् उहाँले नोआलाई जहाज बनाउन लगाउनुभयो। उहाँले किन नोआलाई छान्‍नुभयो? परमेश्‍वरको नजरमा, नोआ धर्मी मानिस थियो; परमेश्‍वरले जस्तो निर्देशन दिनुभयो नोआले त्यही गर्‍यो। यसको अर्थ यही हो, परमेश्‍वरले जे भन्‍नुभयो त्यो गर्न नोआ इच्छुक थियो। परमेश्‍वरले उहाँसँग काम गर्न, उहाँले दिनुभएको जिम्मालाई पूरा गर्न—उहाँको काम पृथ्वीमा पूरा गर्नको निम्ति यस्तै मानिसको चाहना गर्नुभयो। त्यस बेला, के यस्तो काम पूरा गर्ने नोआ बाहेक अर्को व्यक्ति थियो? अवश्य थिएन! नोआ एक मात्र उम्मेदवार, परमेश्‍वरले जिम्मा दिनुभएको काम पूरा गर्ने एक मात्र व्यक्ति थियो, र यसैले परमेश्‍वरले उसलाई छान्‍नुभयो। तर के मानिसहरूलाई मुक्ति दिने सम्‍बन्धी परमेश्‍वरका सीमा र मापदण्डहरू आज पनि उस्तै छन् जस्तो त्यस बेला थिए? जवाफ यो छ, पक्कै पनि भिन्‍नता छ! अनि मैले किन यो सोधेको हुँ? त्यस बेला परमेश्‍वरको नजरमा नोआ मात्र धर्मी मानिस थियो, यसले यही जनाउँछ कि न त उसकी पत्नी न त उसका छोराहरू वा बुहारीहरू नै धर्मी मानिसहरू थिए, तर परमेश्‍वरले नोआको कारण तिनीहरूलाई बचाउनुभयो। परमेश्‍वरले अहिले गरे जस्तो तिनीहरूसँग केही कुराको माग गर्नुभएन, बरु उहाँले नोआका परिवारका आठै जना सदस्यहरूलाई जीवित राख्नुभयो। नोआको धार्मिकताको कारण तिनीहरूले परमेश्‍वरको आशिष्‌ प्राप्त गरे। नोआविना, तिनीहरू कसैले पनि परमेश्‍वरले जिम्मा दिनुभएको काम पूरा गर्न सक्‍ने थिएनन्। यसैले संसारको विनाशबाट बच्‍नुपर्ने मानिस नोआ मात्र थियो, र अन्यचाहिँ सहवर्ती हकदारहरू मात्र थिए। परमेश्‍वरले औपचारिक रूपमा आफ्नो व्यवस्थापनको काम सुरु गर्नु अगाडिको युगमा, उहाँले मानिसहरूसँग व्यवहार गर्ने र तिनीहरूबाट माग गर्ने कुराका सिद्धान्त र मापदण्डहरू तुलनात्मक रूपमा खुकुला थिए भन्‍ने यसले देखाउँछ। आजका मानिसहरूको निम्ति नोआको आठ जनाको परिवारसँग परमेश्‍वरले गर्नुभएको व्यवहारमा “निष्पक्षता” को अभाव भएको जस्तो देखिन्छ। तर मानिसहरूमा उहाँले अहिले गरेको कामको आयतन र अहिले उहाँले व्यक्त गर्नुहुने उहाँको वचनको ठूलो परिमाणको तुलनामा नोआको आठ जनाको परिवारलाई गर्नुभएको व्यवहार त्यस बेलाको उहाँको कामको पृष्ठभूमिको कार्य सिद्धान्त मात्र थियो। तुलना गर्दा, नोआको आठ जनाको परिवारले परमेश्‍वरबाट धेरै पाए कि आजका मानिसहरूले?

नोआलाई बोलाइएको कुरा एउटा सामान्य तथ्य हो, तर हामीले यस अभिलेखमा कुरा गरिरहेको मुख्य बुँदा—परमेश्‍वरको स्वभाव, उहाँको इच्छा र उहाँको सार—चाहिँ सामान्य कुरा होइन। परमेश्‍वरका यी विभिन्‍न पक्षहरूलाई बुझ्‍नको निम्ति, हामीले पहिले परमेश्‍वरले कस्तो किसिमको व्यक्तिलाई बोलाउने इच्छा गर्नुहुन्छ भन्‍ने कुरा बुझ्‍नुपर्छ, र यसको माध्यमद्वारा उहाँको स्वभाव, इच्छा, र सार बुझ्‍नुपर्छ। यो महत्त्वपूर्ण छ। यसैले परमेश्‍वरको नजरमा, उहाँले बोलाउने मानिस कस्तो किसिमको व्यक्ति हुन्छ? उक्त व्यक्ति उहाँका वचनहरू सुन्‍न सक्ने र उहाँका निर्देशनहरू मान्‍न सक्ने व्यक्ति हुनुपर्छ। साथै, उक्त व्यक्ति जिम्मेवारी बोध गर्ने, परमेश्‍वरको वचनलाई पूरा गर्नैपर्ने जिम्मेवारी र कर्तव्यको रूपमा व्यवहार गरेर यसलाई पूरा गर्ने हुनुपर्छ। के त्यसो भए उक्त व्यक्तिले परमेश्‍वरलाई चिनेको हुनुपर्छ? होइन। त्यस बेला, नोआले परमेश्‍वरका शिक्षाहरूको बारेमा त्यति सुनेको थिएन वा परमेश्‍वरको कुनै पनि कामको अनुभव गरेको थिएन। यसैले, नोआसँग परमेश्‍वरको बारेमा थोरै ज्ञान थियो। नोआ परमेश्‍वरसँग हिँड्थे भनेर अभिलेख राखेको भएता पनि, के उसले कहिल्यै परमेश्‍वरको व्यक्तित्वलाई देख्यो? यसको जवाफ हुन्छ, निश्‍चय नै देखेन! किनकि ती दिनहरूमा, परमेश्‍वरका दूतहरू मात्र मानिसहरूका माझमा आउँथे। तिनीहरूका बोली र काममा तिनीहरूले परमेश्‍वरको प्रतिनिधित्व गरे तापनि, तिनीहरूले केवल परमेश्‍वरको इच्छा र उहाँका अभिप्रायहरू व्यक्त गर्थे। परमेश्‍वरको व्यक्तित्व मानिसकहाँ आमने सामने प्रकट गरिएको थिएन। धर्मशास्त्रको यस खण्डमा, नोआले के गर्नुपर्ने थियो र उसलाई परमेश्‍वरका निर्देशनहरू के थिए भन्‍ने मात्र देख्छौं। यसैले परमेश्‍वरले यहाँ अभिव्यक्त गर्नुभएको सार के थियो? परमेश्‍वरले गर्ने हरेक काम सूक्ष्मताका साथ योजना गरिन्छन्। जब उहाँले भइरहेको कुनै कुरा वा परिस्थितिलाई हेर्नुहुन्छ, त्यसको मापन गर्ने मापदण्ड उहाँको नजरमा हुन्छ र त्यसको सामना गर्नको निम्ति उहाँले कुनै योजना सुरु गर्नुपर्छ कि पर्दैन अथवा त्यस कुरा वा परिस्थितिको सामना गर्नको निम्ति कुन तरिका अवलम्बन गर्नुपर्छ भ‍न्‍ने कुराको निर्धारण त्यही मापदण्डले गर्छ। सबै कुराप्रति उहाँ उदासीन वा भावना विहीन हुनुहुन्‍न। वास्तविकता यसको ठीक विपरीत छ। परमेश्‍वरले नोआलाई के भन्‍नुभयो भन्‍ने कुरालाई व्यक्त गर्ने एउटा पद यहाँ छ: “मेरा सामुन्‍ने सारा देहको अन्त आएको छ; किनकि तिनीहरूद्वारा पृथ्वी हिंसाले भरिएको छ; अनि, हेर्, म तिनीहरूलाई पृथ्वीसहित नष्ट गर्नेछु।” परमेश्‍वरले यसो भन्‍नुहुँदा के उहाँले मानवलाई मात्र नष्ट गर्दै हुनुहुन्थ्यो भन्‍ने अर्थ यसले दिन्छ? होइन! उहाँले शरीर भएका सबै जीवित प्राणीहरूलाई नष्ट गर्न गइरहनुभएको थियो भनी परमेश्‍वरले भन्नुभयो। परमेश्‍वरले किन विनाशको चाहना गर्नुभयो? यहाँ परमेश्‍वरको स्वभावको अर्को प्रकाश छ: परमेश्‍वरको नजरमा, मानिसको भ्रष्टता, देहका सबै प्राणीहरूको फोहोरीपन, हिंसा र अनाज्ञाकारीताप्रति उहाँको धैर्यको सीमा छ। उहाँको सीमा के हो? यो परमेश्‍वरले भन्‍नुभए जस्तै हो: “परमेश्‍वरले पृथ्वीलाई हेर्नुभयो र त्यो भ्रष्ट थियो किनकि पृथ्वीमा भएका सारा देहले आफ्नो मार्ग भ्रष्ट पारेका थिए।” “किनकि पृथ्वीमा भएका सारा देहले आफ्नो मार्ग भ्रष्ट पारेका थिए” वाक्यांशको अर्थ के हो? यसको अर्थ यही हो, परमेश्‍वरलाई पछयाउनेहरू, परमेश्‍वरको नाम पुकार्नेहरू, परमेश्‍वरलाई होमबली चढाउनेहरू, परमेश्‍वरलाई मुखले स्वीकार गर्ने र परमेश्‍वरको स्तुति गर्नेहरू लगायत कुनै पनि जीवित प्राणीहरू—तिनीहरूको व्यवहार भ्रष्टताले पूर्ण भएर त्यो परमेश्‍वरको नजरमा पुगेपछि, उहाँले तिनीहरूलाई पनि नष्ट गर्नुपर्ने हुन्थ्यो। त्यही नै परमेश्‍वरको सीमा थियो। त्यसो भए मानिस र देहका सारा प्राणीहरूको भ्रष्टतासँग परमेश्‍वर कुन हदसम्म धैर्य रहनुभयो? सबै मानिसहरू, चाहे तिनीहरू परमेश्‍वरका अनुयायीहरू होऊन् वा विश्‍वास नगर्ने मानिसहरू होऊन्, तिनीहरू सही बाटोमा नहिँडुञ्‍जेलसम्म। त्यो हदसम्म, जब परमेश्‍वरका अनुयायीहरू हुन् वा अविश्‍वासीहरू, ती सबै मानिसहरू सही मार्गमा हिँडिरहेका थिएनन्। त्यो हदसम्म, जब मानिस नैतिक रूपमा भ्रष्ट भई दुष्टताले पूरै भरिएको थियो, र परमेश्‍वरको अस्तित्वमा विश्‍वास गर्ने कोही थिएन, र संसारलाई परमेश्‍वरले शासन गर्नुहुन्छ र परमेश्‍वरले मानिसहरूको लागि ज्योति र सही मार्ग ल्याउन सक्‍नुहुन्छ भनेर विश्‍वास गर्ने कोही थिएन। अनि त्यो हदसम्म, जब मानिसले परमेश्‍वरको अस्तित्वलाई घृणा गर्‍यो र परमेश्‍वरलाई अस्तित्वमा आउन दिएन। जब मानिसको भ्रष्टता यस बिन्दुमा पुग्छ, तब परमेश्‍वरले सहन सक्‍नुहुन्‍न। केले यसलाई प्रतिस्थापन गर्ने छ? परमेश्‍वरको क्रोध र परमेश्‍वरको दण्डको आगमनले। के त्यो परमेश्‍वरको स्वभावको आंशिक प्रकाश थिएन? यस वर्तमान युगमा, के कोही पनि मानिसहरू परमेश्‍वरको नजरमा धर्मी छैनन्? के परमेश्‍वरको नजरमा सिद्ध मानिसहरू कोही पनि छैनन्? के यो युग पृथ्वीमा रहेका देहका सारा प्राणीहरूको व्यवहार परमेश्‍वरको नजरमा भ्रष्ट भएको युग होइन? यस दिन र युगमा—परमेश्‍वरले पूर्ण बनाउन चाहनुभएका र परमेश्‍वरलाई पछयाउन र उहाँको मुक्तिलाई स्वीकार गर्न सक्ने बाहेकका—देहका सबै मानिसहरूले परमेश्‍वरको धैर्यको सीमालाई चुनौती दिइरहेका छैनन्? के तिमीहरूको नजिकै भइरहेका सबै कुराहरू—तिमीहरूका आफ्नै आँखाले देख्‍ने र तिमीहरूका कानले सुन्‍ने र यस संसारमा व्यक्तिगत रूपले हरेक दिन अनुभव गर्ने कुराहरू—हिंसाले पूर्ण छैनन्? परमेश्‍वरको नजरमा, यस्तो संसार, यस्तो युग, अन्त हुनुपर्दैन र? वर्तमान युगको पृष्ठभूमि नोआको समयको पृष्ठभूमिभन्दा फरक भएता पनि, मानिसको भ्रष्टताप्रति परमेश्‍वरको भावनाहरू र क्रोध उस्तै छ। आफ्नो कामको कारण परमेश्‍वर धैर्य रहन सक्षम हुनुभएको छ, तर परिस्थिति र स्थितिहरूलाई मध्यनजर गर्दा, परमेश्‍वरको नजरमा, यो संसार धेरै पहिले नै नष्ट गरिसक्‍नुपर्नेथियो। संसारलाई जलप्रलयद्वारा नष्ट गर्दाको समयमा भएको भन्दा धेरै परका परिस्थितिहरू छन्। तर भिन्‍नता के छ? यो पनि परमेश्‍वरको हृदयलाई सबैभन्दा बढी दुःखी बनाउने कुरा, र सायद तिमीहरूमध्ये कसैले पनि सराहना गर्न नसक्ने कुरा हो।

उहाँले जलप्रलयद्वारा संसारलाई नाश गर्नुहुँदा, परमेश्‍वरले नोआलाई जहाज बनाउन र केही तयारीको काम गर्न बोलाउन सक्षम हुनुभयो। परमेश्‍वरले एक जना मानिस—नोआ—लाई उहाँको निम्ति यी शृङ्खलाबद्ध कुराहरू गर्न बोलाउन सक्‍नुभयो। तर यस वर्तमान युगमा, परमेश्‍वरले बोलावट गर्नुपर्ने कोही पनि छैन। यो किन? यहाँ बस्‍ने हरेक व्यक्तिले सम्भवतः त्यो कारण राम्ररी बुझ्छन् र जान्दछन्। के तिमीहरू मैले यो कुरा भनेको चाहन्छौ? मैले यसलाई ठूलो आवाजमा भनेँ भने तिमीहरूको अपमान हुन सक्छ र सबै उदास हुन सक्छौ। केही मानिसहरूले भन्‍न सक्छन्: “हामी धर्मी मानिसहरू र परमेश्‍वरको नजरमा सिद्ध मानिसहरू नभए तापनि यदि परमेश्‍वरले हामीलाई केही कुरा गर्न लगाउनुभयो भने, हामी अझ पनि त्यो काम गर्न सक्षम छौँ। पहिले, उहाँले विनाशकारी विपत्ति आउँदै छ भन्‍नुहुँदा, विपत्तिमा चाहिने खाना र सरसामानहरू हामीले तयार गर्‍यौं। के त्यो सबै परमेश्‍वरका मागहरूबमोजिम गरिएको थिएन र? के हामीले साँच्चै परमेश्‍वरको काममा सहकार्य गरेनौँ र? हामीले गरेका यी कुराहरूलाई नोआले गरेको कामसँग तुलना गर्न सकिन्‍न र? हामीले गरेको काम गर्नु साँचो आज्ञापालन होइन र? के हामीले परमेश्‍वरको निर्देशनलाई पछ्याइरहेका थिएनौँ र? के हामीले परमेश्‍वरले भनेको कुरा गरेनौँ किनकि हामीसँग परमेश्‍वरको वचनप्रति विश्‍वास छ? त्यसो भए परमेश्‍वर अझ पनि किन दुःखी हुनुहुन्छ? बोलावट गर्नुपर्ने कोही पनि छैन भनेर किन परमेश्‍वरले भन्‍नुहुन्छ?” तिमीहरू र नोआका कार्यहरूमा कुनै फरक छ? फरक के छ? (अहिलेको विपत्तिको निम्ति खाना तयार गर्नु हाम्रो आफ्नै अभिप्राय थियो।) (हाम्रा कार्यहरू “धर्मी” ठहरिँदैनन्, जबकि नोआचाहिँ परमेश्‍वरको नजरमा धर्मी थिए।) तिमीहरूले भनेको कुरा त्यति धेरै नमिल्दो कुरा होइन। नोआले गरेको कार्य मानिसहरूले अहिले गरेको कामभन्दा धेरै हदसम्म फरक थियो। नोआले परमेश्‍वरले भनेबमोजिम गर्दा उसलाई परमेश्‍वरको अभिप्रायको बारेमा थाहा थिएन। परमेश्‍वरले के कुरा हासिल गर्न खोज्‍नुभयो भन्‍ने कुरा उसलाई थाहा थिएन। परमेश्‍वरले उसलाई आज्ञा मात्र दिनुभएको थियो र उसलाई केही कुरा गर्ने निर्देशन दिनुभयो र उक्त कामको बारेमा धेरै व्याख्याविना नै नोआले अगाडि बढेर त्यो गर्‍यो। उसले गुप्त रूपमा परमेश्‍वरको अभिप्रायहरूको बारेमा थाहा पाउने कोसिस गरेन, न त उसले परमेश्‍वरको प्रतिरोध नै गर्‍यो वा बेइमानी नै देखायो। उसले गएर शुद्ध र सरल हृदयले भनेबमोजिम त्यो काम गर्‍यो। परमेश्‍वरले गर्न लगाउनुभएको कुरा उसले गर्‍यो र परमेश्‍वरको वचन पालना गर्ने र सुन्‍ने कार्यले उसले गर्ने कामको विश्‍वासमा टेवा दियो। परमेश्‍वरले सुम्पिनुभएको कामलाई उसले सिधा र सरल तरिकाले व्यवहार गर्‍यो। उसको सार—उसका कार्यहरूको सार आज्ञापालन थियो, द्वितीय-अनुमान थिएन, प्रतिरोध थिएन, र योभन्दा बढी त, उसको आफ्नै चाहनाहरू वा आफ्ना फाइदा र बेफाइदाहरूको बारेमा उसले सोचेन। थप कुरा त, परमेश्‍वरले संसारलाई जलप्रलयद्वारा नष्ट गर्नेछु भन्दा नोआले कहिल्यै हुन्छ भनेर सोधेन र के हुन्छ भनेर सोधेन, र उसले परमेश्‍वरले कसरी संसारलाई नष्ट गर्दै हुनुहुन्छ भनेर निश्‍चय नै सोधेन। उसले परमेश्‍वरले निर्देशन दिए बमोजिम मात्र गर्‍यो। तथापि परमेश्‍वरले त्यो बनाइनुपर्छ र त्यो केबाट बनिनुपर्छ भन्‍ने चाहनुभयो, परमेश्‍वरले अह्राएबमोजिम उसले गर्‍यो र तत्कालै काम सुरु गर्‍यो। उसले परमेश्‍वरको निर्देशनहरूबमोजिम परमेश्‍वरलाई सन्तुष्ट पार्ने मनोवृत्तिका साथ काम गर्‍यो। के उसले विपत्तिबाट आफूलाई बचाउनको निम्ति यसो गर्‍यो? होइन। के उसले परमेश्‍वरलाई संसारको विनाश हुनुभन्दा अघि कति लामो समय हुनेथियो भनी सोध्यो? सोधेन। के उसले जहाज बनाउनको निम्ति कति समय लाग्छ भनेर परमेश्‍वरलाई सोध्यो वा के उसलाई यो थाहा थियो? उसलाई त्यो पनि थाहा थिएन। उसले त आज्ञापालन गर्‍यो, सुन्यो र त्यस बमोजिम गर्‍यो। अहिलेका मानिसहरू त्यस्ता छैनन्: परमेश्‍वरको वचनबाट थोरै मात्र जानकारी चुहिने बित्तिकै, हावामा पातहरू बजेको सुन्‍ने बित्तिकै, तिनीहरू तुरुन्त कामको निम्ति तयार हुन्छन्, जेसुकै होस् वा जस्तोसुकै मूल्य चुकाउनु परोस्, घटनापछि तिनीहरूले खाने, पिउने र प्रयोग गर्ने कुराहरूको जोहो गर्नतिर लाग्छन्, विपत्ति आइपर्दा भाग्‍ने बाटोहरूको योजना पनि गर्न थाल्छन्। त्योभन्दा चाखलाग्दो कुरा त के छ भने, यस्तो महत्त्वपूर्ण क्षणमा “काम फत्ते गर्ने कुरामा” मानव दिमाग धेरै राम्रो छ। परमेश्‍वरले कुनै निर्देशनहरू नदिनुभएका परिस्थितिहरूमा मानिसले सबै कुरा उचित तवरले योजना गर्न सक्छ। त्यस्ता योजनाहरूको वर्णन गर्न तिमीले “सिद्ध” शब्दको प्रयोग गर्न सक्छौ। परमेश्‍वरले के भन्‍नुहुन्छ, परमेश्‍वरका अभिप्रायहरू के छन् वा परमेश्‍वरले के चाहनुहुन्छ भ‍न्‍ने कुराहरूलाई कसैले पनि वास्ता गर्दैन र कसैले पनि सराहना गर्ने कोसिस गर्दैन। के यो नै आजका मानिसहरू र नोआ बीचको ठूलो फरक होइन र?

नोआको कथाको यस अभिलेखमा, के तिमीहरूले परमेश्‍वरको स्वभावको एक भाग देख्छौ? मानिसको भ्रष्टता, फोहोरीपन र हिंसाप्रति परमेश्‍वरको धैर्यको सीमा छ। उहाँ त्यो सीमामा पुगेपछि, उहाँले धैर्य गर्नुहुने छैन र बरु उहाँले उहाँको नयाँ व्यवस्थापन र नयाँ योजना सुरु गर्नुहुनेछ, उहाँले जे गर्नुपर्ने हो त्यो गर्न सुरु गर्नुहुनेछ, उहाँका कामहरू र उहाँको स्वभावको अर्को पक्ष प्रकट गर्नुहुनेछ। उहाँको यो कार्य उहाँ कहिले पनि मानिसबाट चोट पुर्याइनुहुन्न वा उहाँ अधिकार र क्रोधले पूर्ण हुनुहुन्छ भन्‍ने कुराको प्रदर्शनको निम्ति होइन, र यो उहाँले मानवजातिको विनाश गर्न सक्‍नुहुन्छ भन्‍ने कुरा देखाउनको लागि होइन। यस प्रकारको मानवजाति उहाँको सामुन्‍ने जिएको, उहाँको प्रभुत्वमा जिएको कुरालाई उहाँको स्वभाव र उहाँको पवित्र सारले अनुमति दिँदैन वा धैर्य गर्दैन। यसको अर्थ यही हो, सारा मानवजाति उहाँको विरुद्धमा हुँदा, पृथ्वीमा मुक्त गर्न सक्ने कोही पनि नहुँदा यस्तो मानवजातिप्रति उहाँले धैर्य गर्नुहुनेछैन र कुनै पनि सन्देहविना नै यस्तो प्रकारको मानवजातिलाई नष्ट गर्ने योजना कार्यान्वयन गर्नुहुनेछ। परमेश्‍वरद्वारा गरिने यस्तो कार्यको निर्धारण परमेश्‍वरको स्वभावले गर्छ। यो आवश्यक परिणाम हो, र परमेश्‍वरको प्रभुत्वमा सृष्टि गरिएका हरेक प्राणीले सहनुपर्ने परिणाम हो। के यसले अहिलेको वर्तमान युगमा, आफ्नो योजना पूरा गर्न र उहाँले मुक्ति दिन चाहनुभएका मानिसहरूलाई मुक्त गर्नको निम्ति परमेश्‍वरले पर्खनुहुन्‍न भन्‍ने देखाउँदैन र? यी परिस्थितिहरूमा, परमेश्‍वरले के कुराको सबैभन्दा धेरै वास्ता राख्‍नुहुन्छ? उहाँलाई नपछ्याउनेहरूले उहाँप्रति कस्तो व्यवहार गर्छन् वा उहाँको विरोध गर्नेहरूले उहाँप्रति कस्तो व्यवहार गर्छन् वा प्रतिरोध गर्छन् वा मानवजातिले कसरी उहाँको निन्दा गर्दैछन् भन्‍ने कुरा होइन। उहाँलाई पछ्याउनेहरू, उहाँको व्यवस्थापन योजनामा उहाँका मुक्तिका पात्रहरूलाई उहाँले सिद्ध पार्नुभएको छ कि छैन, तिनीहरू उहाँको सन्तुष्टिको योग्य भएका छन् कि छैनन् त्यो कुरालाई मात्रै उहाँले वास्ता गर्नुहुन्छ। उहाँलाई पछ्याउने बाहेकका मानिसहरूलाई उहाँले आफ्नो क्रोध अभिव्यक्त गर्नको निम्ति दण्ड दिने काम विरलै मात्र गर्नुहुन्छ। उदाहरणको निम्ति: सुनामी, भूकम्प र ज्वालामुखीहरू। साथै, उहाँलाई पछ्याउनेहरू र उहाँले मुक्ति दिन लाग्‍नुभएका मानिसहरूलाई उहाँले मजबुत सुरक्षा र हेरचाह गर्दै हुनुहुन्छ। परमेश्‍वरको स्वभाव यही हो: एकातिर, उहाँले पूर्ण बनाउने अभिप्राय राख्‍नुभएका मानिसहरूप्रति उहाँ एकदमै धैर्य र सहन गर्न सक्‍नुहुन्छ, र उहाँले सकेसम्म तिनीहरूको निम्ति प्रतिक्षा गर्न सक्‍नुहुन्छ; अर्कोतिर, उहाँलाई नपछ्याउने र उहाँको विरोध गर्ने शैतान-जस्ता मानिसहरूलाई परमेश्‍वरले उत्कटतापूर्वक घृणा र हेला गर्नुहुन्छ। यस्ता शैतान-जस्ताहरूले उहाँलाई पछ्याऊन् कि नपछ्याऊन् वा उहाँको आराधना गरून् कि नगरून् भन्‍ने कुराको वास्ता उहाँ राख्‍नुहुन्‍न, तिनीहरूप्रति उहाँको हृदयमा धैर्यता धारण गर्दै उहाँले तिनीहरूलाई घृणा गर्नुहुन्छ र यी शैतान-जस्ताहरूको अन्त्य निर्धारण गर्दै गर्दा, उहाँको व्यवस्थापन योजनाका चरणहरूको आगमनको प्रतिक्षा पनि उहाँ गर्दै हुनुहुन्छ।

अर्को खण्ड हेरौँ।

२. जलप्रलयपछि नोआलाई परमेश्‍वरको आशिष्

उत्पत्ति ९:१-६ अनि परमेश्‍वरले नोआ र तिनका छोराहरूलाई आशिष् दिनुभयो र तिनीहरूलाई भन्‍नुभयो, फलवन्त र वृद्धि भएर पृथ्वीलाई फेरि भर। र पृथ्वीका हरेक पशुमाथि, आकाशका हरेक पंक्षीमाथि, पृथ्वीमा चहलपहल गर्ने सबैमाथि र समुद्रका सबै माछाहरूमाथि तिमीहरूको डर र भय रहनेछ; तिनीहरू तेरा हातमा सुम्पिएका छन्। हरेक सजीव प्राणी तेरो निम्ति मासु हुनेछन्; मैले हरिया वनस्पतिझैँ तिमीहरूलाई सबै कुरा दिएको छु। तर रगतसँगको मासु, जुन रगत हो, तिमीहरूले खानेछैनौ। र म निश्‍चय नै तिमीहरूका जीवनका रगत लिनेछु; म हरेक पशुको साटो, र हरेक मानिसको साटो त्यो लिनेछु; हरेको मानिसको भाइको साटो म मानिसको जीवन लिनेछु। जसले मानिसको रगत बगाउँछ, मानिसबाटै त्यसको रगत बगाइनेछ: किनकि परमेश्‍वरले मानिसलाई आफ्नै स्वरूपमा बनाउनुभयो।

यस खण्डमा तिमीहरू के देख्छौ? मैले यी पदहरू किन छानेँ? मैले किन जहाजमा नोआ र उसका परिवारका सदस्यहरूको जीवन बारेको एक अंश छानिनँ? किनकि आज हामीले बातचित गरिरहेको विषयसँग उक्त जानकारीको धेरै सम्बन्ध छैन। हामीले परमेश्‍वरको स्वभावमा ध्यान केन्द्रित गर्न गइरहेका छौँ। यदि तिमीहरू ती विवरणहरूको बारेमा जान्‍न चाहन्छौ भने, बाइबलमा आफै पढ्न सक्छौ? हामी त्यसको बारेमा यहाँ कुरा गर्नेछैनौँ। परमेश्‍वरका कार्यहरूलाई कसरी जान्‍ने भन्‍ने नै आज हामीले कुरा गर्न गइरहेको मुख्य विषय हो।

नोआले परमेश्‍वरको निर्देशनहरूको पालना गर्दै जहाज बनाएर परमेश्‍वरले संसारलाई नष्ट गर्नको निम्ति प्रयोग गर्नुभएका जलप्रलयको दिनहरूमा जिएपछि, तिनका आठ जनाको सारा परिवार बाँचे। नोआका आठ जनाको परिवार बाहेकका सबै मानवजाति नष्ट पारिए, र पृथ्वीका सारा जीवित प्राणीहरू नष्ट पारिए। नोआलाई परमेश्‍वरले आशिष्‌ दिनुभयो र उसलाई र उसका छोराहरूलाई केही कुराहरू भन्‍नुभयो। ती कुराहरू परमेश्‍वरले उसलाई प्रदान गर्नुहुने कुराहरू र उसमाथि परमेश्‍वरको आशिष् थिए। यो आशिष् र प्रतिज्ञा परमेश्‍वरले उहाँलाई सुन्‍ने र उहाँका निर्देशनहरू स्वीकार गर्नेलाई दिनुहुन्छ र यो परमेश्‍वरले मानिसहरूलाई इनाम दिने तरिका पनि हो। यसको अर्थ, परमेश्‍वरको नजरमा नोआ सिद्ध वा धर्मी मानिस भएता पनि र उसले परमेश्‍वरको बारेमा जति धेरै जानेको भएता पनि, छोटकरीमा भन्‍नुपर्दा, नोआ र उसका तीन छोराहरू सबैले परमेश्‍वरको वचनहरू सुने, परमेश्‍वरको काममा सहकार्य गरे र परमेश्‍वरका निर्देशनहरूबमोजिम तिनीहरूले गर्नुपर्ने काम गरे। फलस्वरूप, तिनीहरूले जलप्रलयबाट संसारको विनाशको क्रममा परमेश्‍वरको निम्ति मानव र विभिन्‍न किसिमका जीवित प्राणीहरूको रक्षा गरे र तिनीहरूले परमेश्‍वरको व्यवस्थापन योजनाको नयाँ चरणको निम्ति ठूलो योगदान गरे। उसले गरेका सबै कुराहरूको निम्ति, परमेश्‍वरले उसलाई आशिष् दिनुभयो। आजका मानिसहरूका निम्ति, नोआले गरेको काम उल्लेखनीय नहुन सक्छ। केहीले यस्तो पनि सोच्‍न सक्छन्: नोआले केही पनि गरेनन्; परमेश्‍वरले तिनलाई बचाउने निर्णय गर्नुभएको थियो, यसैले तिनी निश्‍चय नै बाँच्‍ने थिए। ऊ जीवित रहनु उसको आफ्नै उपलब्धिहरूका कारणले थिएन। यो परमेश्‍वरले होओस् भनेर चाहनुभयो किनकि मानिस निष्क्रिय छ। तर परमेश्‍वरले त्यस्तो सोचिरहनुभएको थिएन। परमेश्‍वरको निम्ति, कुनै व्यक्ति महान् होस् कि तुच्छ होस् उहाँको इच्छा र उहाँको योजना सहज तरिकाले हासिल होस् भनेर यदि तिनीहरूले उहाँलाई सुन्‍न, उहाँका निर्देशनहरू र उहाँले सुम्पेका कुराहरूको पालना गर्न सक्छन्, र उहाँको काम, उहाँको इच्छा, र उहाँको योजनामा सहकार्य गर्न सक्छन् भने, त्यो व्यवहार उहाँको सम्झना र उहाँको आशिष्‌ प्राप्त गर्न योग्य ठहरिन्छ। परमेश्‍वरले त्यस्ता मानिसहरूलाई मूल्यवान् ठान्नुहुन्छ र उहाँका निम्ति गरिएका तिनीहरूका कामहरू, तिनीहरूको प्रेम र स्‍नेहलाई उहाँले कदर गर्नुहुन्छ। यो परमेश्‍वरको मनोवृत्ति हो। त्यसो भए परमेश्‍वरले नोआलाई किन आशिष् दिनुभयो? किनकि मानिसका त्यस्ता कार्यहरू र आज्ञाकारिताप्रति परमेश्‍वरले यसरी व्यवहार गर्नुहुन्छ।

परमेश्‍वरले नोआलाई दिनुभएको आशिष्‌को बारेमा, केही मानिसहरूले भ‍न्‍नेछन्: “यदि मानिसले परमेश्‍वरलाई सुन्यो र परमेश्‍वरलाई सन्तुष्ट पार्‍यो भने, परमेश्‍वरले मानिसलाई आशिष्‌ दिनुहुन्छ। यो भन्‍नुपर्ने कुरा नै होइन?” के हामी त्यसो भन्‍न सक्छौँ? कतिपय मानिसहरू भन्छन्: “सक्दैनौँ।” किन हामीले त्यसो भन्‍न सक्दैनौँ? केही मानिसहरू भन्छन्: “मानिस परमेश्‍वरको आशिष्‌मा आनन्द लिने योग्यको छैन।” त्यो पूर्ण रूपमा सही छैन। किनभने कुनै एक व्यक्तिले परमेश्‍वरले सुम्पिनुभएको कुरालाई स्वीकार गर्दा त्यसका कामहरू असल वा खराब के छन् र त्यस व्यक्तिले आज्ञा पालना गर्‍यो कि गरेन र त्यस व्यक्तिले परमेश्‍वरको इच्छालाई सन्तुष्ट गर्‍यो कि गरेन र तिनीहरूले गरेको कामले मापदण्ड पूरा गर्छ कि गर्दैन भन्‍ने कुराको निर्णय गर्नको निम्ति परमेश्‍वरसँग मापदण्ड छ। परमेश्‍वरले मानिसको हृदयको वास्ता राख्‍नुहुन्छ, तिनीहरूको सतही कामहरूलाई होइन। कसैले जुनसुकै तवरले काम गरे पनि, जबसम्‍म तिनीहरूले केही न केही गर्छन्, परमेश्‍वरले त्यसलाई आशिष् दिनुपर्छ भन्‍ने छैन। परमेश्‍वरको बारेमा मानिसहरूमा यही गलत बुझाइ छ। परमेश्‍वरले कुनै कुराहरूको अन्तिम परिणाम मात्र हेर्नुहुन्‍न तर उहाँले मानिसको हृदय कस्तो छ र यी कुराहरूको विकास क्रममा मानिसको मनोवृत्ति कस्तो छ भन्‍ने कुरामा पनि उहाँले जोड दिनुहुन्छ र उहाँले तिनीहरूको आज्ञाकारिता, ध्यान र तिनीहरूको हृदयमा परमेश्‍वरलाई सन्तुष्ट पार्ने चाहना छ कि छैन भनेर हेर्नुहुन्छ। नोआले त्यस समयमा परमेश्‍वरको बारेमा कति जानेका थिए? के त्यो तिमीहरूले अहिले जानेका धर्मसिद्धान्तहरू जति नै थियो? परमेश्‍वर बारेका धारणा र ज्ञान जस्ता सत्यताका पक्षहरूको आधारमा हेर्दा, के उसले तिमीहरूले जत्तिकै मलजल र हेरचाह प्राप्त गर्‍यो? होइन, गरेन! तर नकार्नै नसकिने एउटा तथ्य छ: आजका मानिसहरूको चेतना, मन र हृदयहरूको गहिराइमा, परमेश्‍वरप्रति तिनीहरूका धारणा र मनोवृत्तिहरू अस्पष्ट र अनेकार्थी छन्। मानिसहरूका एक भागसँग परमेश्‍वरको अस्तित्व प्रति नकारात्मक मनोवृत्ति छ पनि भन्‍न सकिन्छ। तर नोआको हृदय र चेतनामा, परमेश्‍वरको उपस्थिति पूर्ण र शङ्कारहित थियो र त्यसैले परमेश्‍वरप्रति उसको आज्ञाकारिता विशुद्ध र जाँचको सामना गर्न सक्‍ने किसिमको थियो। परमेश्‍वरप्रति उसको हृदय शुद्ध र खुला थियो। परमेश्‍वरको हरेक वचनलाई पछ्याउनको निम्ति उसलाई मनाउन धर्मसिद्धान्तहरूको धेरै ज्ञानको आवश्यकता परेन, न त उसलाई परमेश्‍वरले सुम्पनुभएको कुरालाई स्वीकार गर्न र परमेश्‍वरले उसलाई गर्न लगाउनुभएका कुराहरू गर्न सक्षम हुनको निम्ति परमेश्‍वरको अस्तित्वलाई प्रमाणित गर्ने धेरै तथ्यहरूको आवश्यकता नै उसलाई पर्‍यो। नोआ र आजका मानिसहरू बीचको आधारभूत फरक यही नै हो। परमेश्‍वरको नजरमा सिद्ध मानिसको वास्तविक परिभाषा पनि यही हो। परमेश्‍वरले नोआ जस्ता मानिसहरूको चाहना गर्नुहुन्छ। ऊ जस्तै मानिसलाई परमेश्‍वरले प्रशंसा गर्नुहुन्छ र ऊ पनि परमेश्‍वरले आशिष् दिने ठीकै प्रकारको व्यक्ति हो। के यसबाट तिमीहरूले केही अन्तर्दृष्टि प्राप्त गर्‍यौ? मानिसहरूले मानिसहरूलाई बाहिरबाट हेर्छन्, जबकि परमेश्‍वरले मानिसहरूको हृदय र तिनीहरूको सारहरू हेर्नुहुन्छ। परमेश्‍वरले कसैलाई पनि उहाँप्रति उत्साह विहीन वा शङ्का हुने अनुमति दिनुहुन्‍न, न त उहाँले मानिसहरूलाई उहाँप्रति शङ्का गर्ने वा कुनै पनि प्रकारले उहाँको जाँच गर्ने अनुमति नै दिनुहुन्छ। यसर्थ, आजका मानिसहरू परमेश्‍वरको वचनसँग आमनेसामने भएता पनि—परमेश्‍वरसँग आमनेसामने भएता पनि—तिनीहरूको हृदयका गहिराइमा भएको केही कुरा, तिनीहरूको भ्रष्टतापूर्ण तत्वको अस्तित्व र उहाँप्रति तिनीहरूको शत्रुतापूर्ण मनोवृत्तिको कारणले, परमेश्‍वरप्रति साँचो विश्‍वास गर्नबाट तिनीहरूलाई अवरोध गरेको छ र उहाँप्रति आज्ञाकारी हुनबाट रोकेको छ। यसैले परमेश्‍वरले नोआलाई दिनुभएको जस्तै आशिष् प्राप्त गर्न तिनीहरूलाई धेरै कठिन छ।

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्