के तँलाई थाहा थियो? परमेश्‍वरले मानिसहरूको बीचमा महान् कुरा गर्नुभएको छ

पुरानो युग बितेको छ, र नयाँ युग आएको छ। एक वर्षपछि अर्को वर्ष र एक दिन पछि अर्को दिन, परमेश्‍वरले धेरै काम गर्नुभएको छ। उहाँ यस संसारमा आउनुभयो र त्यसपछि प्रस्थान गर्नुभयो। यो चक्र आफै धेरै पुस्ताहरू भएर दोहोरिएको छ। आज, पहिले जस्तै परमेश्‍वरले उहाँले गर्नै पर्ने काम निरन्तर गर्नुहुन्छ, त्यो काम जुन उहाँले पूरा गर्न अझ पनि बाँकी छ, किनकी आजका दिनसम्म उहाँ विश्राममा प्रवेश गर्न बाँकी नै छ। सृष्टिको समयदेखि आजका दिनसम्म, परमेश्‍वरले धेरै काम गर्नु भएको छ। तर के तँलाई आज परमेश्‍वरले पहिलेभन्दा अझ धेरै काम गर्नुहुन्छ, र उहाँको कामको परिमाण पहिलेको भन्दा अझ धेरै छ भन्ने थाहा थियो? त्यसै कारणले म भन्छु कि परमेश्‍वरले मानिसहरू माझमा महान् कुरा गर्नुभएको छ। परमेश्‍वरका सबै काम अति नै महत्वपूर्ण छन् चाहे त्यो मानिसको लागि होस् वा परमेश्‍वरको लागि होस्, किनकि उहाँको कामको हरेक बिषय मानिससँग सम्बन्धित छ।

परमेश्‍वरको कामलाई न त देख्न सकिन्छ न त लिन सकिन्छ—संसारले साह्रै थोरै मात्र देखेको छ—कसरी त्यो महान् कुनै कुरा हुन सक्छ? कस्तो प्रकारको चीजलाई मात्र महान् मानिन सकिन्थ्यो? निश्चय नै, कसैले पनि इन्कार गर्न सक्दैन कि परमेश्‍वर जे काम गर्नुहुन्छ, त्यो महान् मान्न सकिन्छ, तर म किन परमेश्‍वरले यो दिनमा गर्नुहुने कामको बारेमा भन्छु। जब म भन्छु कि परमेश्‍वरले महान् कुरा गर्नुभएको छ, यसले निःसन्देह मानिसले बुझ्नै बाँकी धेरै रहस्यहरूलाई समावेश गर्छ। तिनीहरूको बारेमा अब कुरा गरौं।

येशू उहाँको अस्तित्वलाई सहन नसक्ने एउटा डुँडमा त्यो युगमा जन्मिनु भएको थियो, तर त्यसो हुँदा पनि, संसार उहाँको मार्गमा उभिन सकेन, र उहाँ परमेश्‍वरको हेरचाहमा मानिसहरू माझ तेत्तीस वर्ष जिउनुभयो। जीवनका ती धेरै वर्षहरूमा उहाँले संसारको कटुता अनुभव गर्नुभयो र पृथ्वीमा दुःखको जीवन अनुभव गर्नुभयो। सबै मानवजातिलाई छुट्कारा दिलाउन उहाँले क्रूसमा टाँगिने महान् अभिभारा बहन गर्नुभयो। उहाँले शैतानको राज्य-क्षेत्रमा जिइरहेका सबै पापीहरूलाई छुट्कारा दिनुभयो, र अन्त्यमा, उहाँको पुनरुत्थित शरीर उहाँको आराम गर्ने ठाउँमा फर्कियो। अब परमेश्‍वरको नयाँ काम शुरू भएको छ, र यो नयाँ युगको शुरूवात पनि हो। परमेश्‍वरले छुट्कारा पाएकाहरूलाई मुक्तिको उहाँको नयाँ काम शुरू गर्न उहाँको घरमा तिनीहरूलाई ल्याउनुहुन्छ। यो समय, मुक्तिको काम बितेको समयको भन्दा बढी श्रमसाध्य छ। मानिसलाई आफै परिवर्तन हुने गराउन मानिसमा काम गरिरहनुहुने पवित्र आत्मा हुनुहुने छैन, न त यो काम गर्न मानिसहरू माझ देखा परिरहेको येशूको शरीर नै हुनेछ, र कमसेकम यो काम अन्य माध्यमद्वारा गरिनेछ। बरु, यो काम गरिरहेको र यसलाई निर्देशन दिइरहेको देहधारी परमेश्‍वर उहाँ आफै हुनुहुनेछ। उहाँले यसलाई यसरी नयाँ काममा मानिसलाई डोर्याउनको लागि गर्नुहुन्छ। के यो महान् कुरा होइन? परमेश्‍वरले यो काम मानवताको अंशमार्फत वा भविष्यवाणीहरूको माध्यमबाट गर्नुहुन्न; बरु, परमेश्‍वर आफैले यो गर्नुहुन्छ। कसैले भन्लान् कि यो महान् कुरा होइन, र यसले मानिसमा परमानन्द ल्याउन सक्दैन। तर म तँलाई भन्नेछु कि परमेश्‍वरको काम यो मात्र होइन, तर यो भन्दा धेरै महान् र धैरै बढी केही छ।

यो समयको आसपास, परमेश्‍वर आत्मिक शरीरमा होइन तर अति साधारण शरीरमा काम गर्नको लागि आउनुहुन्छ। अझ, यो परमेश्‍वरको दोस्रो देहधारणको शरीर मात्र होइन, यो त्यो शरीर पनि हो जसबाट परमेश्‍वर देहमा फर्किनु हुन्छ। यो अति साधारण देह हो। तैँले उहाँलाई अरूबाट फरक बनाउने त्यस्तो कुनै कुरा पनि देख्न सक्दैनस्, तर तैँले उहाँबाट पहिले नसुनिएका सत्यहरूको लाभ पाउन सक्छस्। यो निरर्थक देहले परमेश्‍वरबाट सत्यका सबै वचनहरू मूर्तरूप दिन्छ, आखिरी दिनहरूमा परमेश्‍वरका कामको जिम्मा लिन्छ र मानिसको लागि बुझ्नको लागि परमेश्‍वरको स्वभावको सम्पूर्णता व्यक्त गर्छ। के तँ स्वर्गमा हुनुहुने परमेश्‍वरलाई देख्न बिछट्टै चाहना राख्दैनस्? के तँ स्वर्गमा हुनुहुने परमेश्‍वरलाई बुझ्न बिछट्टै चाहना राख्दैनस्? के तँ मानवजातिको गन्तव्य देख्न बिछट्टै चाहना राख्दैनस्? उहाँले तँलाई यी सबै रहस्यहरू बताउनु हुनेछ—यस्ता रहस्यहरू जुन कुनै पनि मानिसले तँलाई बताउन सकेको छैन, र उहाँले तँलाई सत्यहरू पनि बताउनु हुनेछ जुन सत्यहरू तैँले बुझ्दैनस्। उहाँ राज्यमा तेरो प्रवेशद्वार र नयाँ युगमा तेरो पथप्रदर्शक हुनुहुन्छ। यस्तो साधारण देहले बुझ्न नसकिने धेरै रहस्यहरू धारण गर्छ। उहाँका कार्यहरू तँलाई दुर्बोध हुन सक्छन्, तर उहाँले गर्नुभएका कामको सम्पूर्ण लक्ष्य तँलाई उहाँ मानिसहरूले विश्‍वास गरे जस्तो साधारण देह होइन भन्ने तँलाई हेर्न दिन पर्याप्त छ। किनकि उहाँले परमेश्‍वरको इच्छा र आखिरी दिनहरूमा मानवजातिप्रति परमेश्‍वरले देखाउनु हुने हेरविचारको प्रतिनिधित्व गर्नुहुन्छ। तैँले उहाँका वचनहरू सुन्न नसके पनि जसले स्वर्गहरू र पृथ्वी हल्लाएको देखिन्छ, वा बलिरहेका ज्वालाहरू जस्ता उहाँका आँखाहरू हेर्न नसके पनि, र तैँले उहाँको फलामे डन्डाको अनुशासन अनुभव गर्न नसके पनि, तँ उहाँका वचनहरूबाट सुन्न सक्छस् कि परमेश्‍वर क्रोधी हुनुहुन्छ र थाहा पाउन सक्छस् कि परमेश्‍वरले मानवजातिको लागि करुणा देखाइरहनु भएको छ; तँ परमेश्‍वरको धर्मी स्वभाव र उहाँको बुद्धि देख्न सक्छस् र अझ, सबै मानवजातिको लागि परमेश्‍वरको व्यग्रता महसुस गर्न सक्छस्। आखिरी दिनहरूमा परमेश्‍वरको काम पृथ्वीका मानिसहरू माझ जिइरहनुभएको स्वर्गमा हुनुहुने परमेश्‍वर मानिसलाई हेर्न दिनु हो, र परमेश्‍वरलाई बुझ्न, उहाँको आज्ञा पालन गर्न, आदर गर्न र प्रेम गर्न मानिसलाई सक्षम बनाउनु हो। यसैको लागि उहाँ दोस्रो पटक देहमा फर्किनुभएको छ। हुन त यो दिनमा मानिसले देख्ने परमेश्‍वर मानिस जस्तै हुनुहुन्छ, एउटा नाक र दुई आँखा भएका परमेश्‍वर, र साधारण परमेश्‍वर, अन्त्यमा परमेश्‍वरले तिमीहरूलाई देखाउनु हुनेछ कि यदि यो मानिस अस्तित्वमा थिएन भने, स्वर्ग र पृथ्वीमा भयानक परिवर्तन भएर जाने थियो; यदि यो मानिस अस्तित्वमा थिएन भने, स्वर्गहरू फिका हुने थिए, यो पृथ्वी अस्तव्यस्ततामा जाकिने थियो, र सबै मानवजाति भोकमरी र विपत्तिहरूका माझमा जिउने थिए। तिमीहरूलाई उहाँले देखाउनुहुनेछ कि यदि तिमीहरूलाई आखिरी दिनहरूमा मुक्ति दिन देहधारी परमेश्‍वर नआउनुभएको भए, त्यसबेला परमेश्‍वरले सबै मानवजातिलाई धेरै अघि नै नरकमा विनाश गरिसक्नु भएको हुने थियो; यदि यो देह अस्तित्वमा रहेको थिएन भने, तिमीहरू सधैँको लागि महापापीहरू हुने थियौ, र तिमीहरू सदैव लाशहरू हुने थियौ। तिमीहरूले थाहा पाउनुपर्छ कि यदि यो देह अस्तित्वमा रहेको थिएन भने, सबै मानवजातिले एक अपरिहार्य विपत्ति सामना गर्नु पर्ने थियो, र आखिरी दिनहरूमा मानवजातिलाई परमेश्‍वरले दिने त्यो भन्दा कठोर दण्डबाट बच्न उनीहरूलाई असम्भव हुने थियो। यदि यो साधारण देह जन्मिएको थिएन भने, तिमीहरू सबै त्यो स्थितिमा हुने थियौ जहाँ बाँच्न सक्षम नभएर तिमीहरू जीवनको लागि याचना गर्ने थियौ र मर्न सक्षम नभएर मृत्युको लागि प्रार्थना गर्ने थियौ; यदि यो देह अस्तित्वमा रहेको थिएन भने, त्यसपछि तिमीहरू सत्य प्राप्त गर्न र आज परमेश्‍वरको सिंहासनको सामुन्ने आउन सक्षम हुने थिएनौ, तर बरु, तेरो घोर पापहरूका कारणले परमेश्‍वरद्वारा तँ दण्डित हुने थिइस्। के तिमीहरूलाई थाहा थियो कि यदि यो देहमा परमेश्‍वरको पुनरागमनको लागि थिएन भने, कसैलाई पनि मुक्तिमा मौका हुने थिएन; र यदि यो देहको आगमनको लागि थिएन भने, परमेश्‍वरले धेरै अगाडि पुरानो युगलाई अन्त्य गरिसक्नुभएको हुने थिएन? यो यसो हुने हुनाले, के तिमीहरू परमेश्‍वरको दोस्रो देहधारणलाई अझसम्म इन्कार गर्न सक्षम छौ? यो साधारण मानिसबाट तिमीहरूले यति धेरै फाइदाहरू प्राप्त गर्न सक्ने भएकाले, किन तिमीहरूले उहाँलाई खुशीसाथ स्वीकार गरेनौ?

परमेश्‍वरको काम यस्तो काम हो जसलाई तँ बुझ्न सक्दैनस्। यदि तैँले तेरो निर्णय सही छ कि छैन त्यसलाई राम्ररी बुझ्‍न सक्दैनस्, अनि परमेश्‍वरको काम सफल हुन सक्छ कि सक्दैन भनेर तैँले जान्‍न पनि सक्दैनस् भने, तैँले भाग्यमा भरोसा गरेर यो साधारण मानिस तेरो लागि ठूलो उपयोगी हुन सक्छ कि सक्दैन, र परमेश्‍वरले साँच्‍चै महान् काम गर्नुभएको छ कि छैन भनेर हेर्ने प्रयास किन गर्दैनस् त? यद्यपि, मैले तँलाई भन्नैपर्छ कि नोआको समयमा, मानिसहरू खाइरहेका र पिइरहेका, विवाह गरिरहेका र विवाहमा यति हदसम्म दिइरहेका थिए कि परमेश्‍वरको लागि साक्षी दिन असह्य थियो, त्यसैले आठ जनाको नोआको परिवार र सबै प्रकारका चराहरू र चौपायाहरूलाई मात्र छाडेर मानवजातिलाई नष्ट गर्न उहाँले विशाल जलप्रलय पठाउनुभयो। आखिरी दिनहरूमा, यद्यपि परमेश्‍वरद्वारा बचाएर राखिएकाहरू सबै अन्त्यसम्म उहाँप्रति बफादार रहेकाहरू थिए। हुन त दुवै युगहरू परमेश्‍वरलाई साक्षी दिन असह्य ठूलो भ्रष्टताका समय थिए, र दुवै युगहरूमा मानवजाति परमेश्‍वर उनीहरूको प्रभु हुनुहुन्थ्यो भन्ने इन्कार गर्न यति भ्रष्ट भए कि परमेश्‍वरले नोआको समयमा मानिसहरूलाई मात्र नष्ट गर्नुभयो। दुवै युगहरूमा मानवजातिले परमेश्‍वरलाई ठूलो दुःख दिए, तर पनि परमेश्‍वरले अहिलेसम्म आखिरी दिनहरूका मानिससँग धैर्य गर्नुभयो। किन हो यो? तिमीहरूले किन कहिल्यै आश्चर्य मानेनौ? यदि तिमीहरूलाई साँच्चिकै थाहा छैन भने, मलाई भन्न देऊ। आखिरी दिनहरूमा मानिसहरूलाई परमेश्‍वरले कृपा गर्न सक्नुको कारण उनीहरू नोआको समयका मानिसहरूभन्दा कम भ्रष्ट भएर होइन, अथवा उनीहरूले परमेश्‍वरलाई पश्चाताप देखाएको भएर होइन, आखिरी दिनहरूमा प्रविधि यति आधुनिक छ कि उनीहरूलाई परमेश्‍वर स्वयमले नष्ट गर्न सक्नुहुन्न भन्ने कुरा त परै छाडौं। बरु, यसको कारण यो हो कि परमेश्‍वरले मानिसहरूको एक समूहमा आखिरी दिनहरूमा गर्नु पर्ने काम छ, र यो काम परमेश्‍वर स्वयमले उहाँको देहधारणमा गर्ने चाहना राख्नु हुन्छ। अझ बढी, परमेश्‍वर उहाँको मुक्तिका पात्रहरू र उहाँको व्यवस्थापनको योजनाको फल बन्न यो समूहको एक भाग छान्ने, र ती मानिसहरूलाई अर्को युगमा ल्याउने चाहना राख्नुहुन्छ। त्यसैले, जे भए पनि, परमेश्‍वरले चुकाउनुभएको यो मूल्य पूर्ण रूपले उहाँको देहधारी शरीरले आखिरी दिनहरूमा गर्ने कामको तयारीको लागि हो। यो देहको कारणले तिमीहरू आजका दिनसम्म आइपुगेका छौ। परमेश्‍वर देहमा जिउनुहुने भएकाले तिमीहरूलाई जीवित रहने मौका छ। यो साधारण मानिसको कारणले यो सबै सौभाग्य प्राप्त भएको हो। यति मात्र होइन, तर अन्त्यमा, प्रत्येक राष्ट्रले यो साधारण मानिसलाई आराधना गर्नेछन्, साथै धन्यवाद दिनेछन् र यो महत्वहीन मानिसको आज्ञापालन गर्नेछन्, किनकि यो उहाँले ल्याउनुभएको सत्य, जीवन, र मार्ग हो जसले सबै मानवजातिलाई मुक्ति दिएको छ, परमेश्‍वर र मानिस बीचको द्वन्द्वलाई कम गरेको छ, उनीहरू बीचको दूरीलाई छोट्याएको छ र परमेश्‍वर र मानिसका बिचारहरू बीचको सम्बन्ध खुला गरेको छ। यो उहाँ नै हुनुहुन्छ जसले परमेश्‍वरको लागि अझ महान् महिमा प्राप्त गर्नुभएको छ। के यस किसिमको साधारण मानिस तेरो विश्‍वास र आराधनाको लागि अयोग्य छ? के यस किसिमको साधारण देह ख्रीष्ट भनिन अनुपयुक्त छ? के यस किसिमको साधारण मानिस मानिसहरूका माझ परमेश्‍वरको अभिव्यक्ति बन्न सक्दैन? के यस प्रकारको मानिस जसले मानवजातिलाई विपत्तिबाट जोगाएको छ, तिमीहरूको प्रेम र तिम्रो चाहना उहाँमा राख्न योग्य छैन? यदि तिमीहरूले उहाँको मुखबाट अभिव्यक्त सत्यहरू इन्कार गर्यौ र तिमीहरू माझ उहाँको अस्तित्व घृणा गर्यौ भने, त्यसपछि अन्त्यमा तिमीहरूको के हुनेछ?

आखिरी दिनहरूमा परमेश्‍वरका सबै काम यही साधारण मानिसद्वारा गरिन्छ। उहाँले सबै कुरा तँलाई प्रदान गर्नुहुनेछ, र त्यो भन्दा बढी, तँसँग सम्बन्धित सबै कुराको निर्णय गर्न उहाँ सक्षम हुनुहुनेछ। के यस्तो व्यक्ति तिमीहरूले विश्‍वास गरे जस्तो उल्लेख गर्न नै अयोग्य हुने गरी साधारण हुन सक्छ? के उहाँको सत्य तिमीहरूलाई पूर्णरूपमा विश्‍वस्त तुल्याउन पर्याप्त छैन? के उहाँका कामहरूको साक्षी तिमीहरूलाई पूर्णरूपमा विश्‍वस्त तुल्याउन पर्याप्त छैन? अथवा के उहाँले तिमीहरूलाई डोर्याउनु हुने त्यो बाटो तिमीहरूको लागि हिँड्न योग्य छैन? जब सबै भनिन्छ र गरिन्छ, त्यस्तो के छ जसले तिमीहरूलाई उहाँलाई घृणा गर्न र उहाँलाई टाढा फाल्न र उहाँलाई फराकिलो स्थान दिन लगाउँछ? यो यही मानिस हो जसले सत्य अभिव्यक्त गर्छ, यो यही मानिस हो जसले सत्य प्रदान गर्छ, र यो यही मानिस हो जसले तिमीहरूलाई पछ्याउने मार्ग दिन्छ। के यो हुन सक्छ कि तिमीहरू यी सत्यहरूभित्र परमेश्‍वरको कामका चिन्हहरू भेट्न अझसम्म पनि असक्षम छौ? येशूको कामविना, मानवजाति क्रूसबाट ओर्लन सक्ने थिएनन्, तर आजको देहधारण बिना, क्रूसबाट ओर्लिएकाहरूले कहिल्यै परमेश्‍वरको समर्थन प्राप्त गर्न वा नयाँ युगमा प्रवेश गर्न सक्ने थिएनन्। यो साधारण मानिसको आगमनविना, तिमीहरूले परमेश्‍वरको सही मुखाकृति देख्ने अवसर कहिल्यै पाउने थिएनौ, न त तिमीहरू योग्य नै हुने थियौ, किनकि तिमीहरू सबै धेरै पहिले नष्ट गरिसक्नु पर्ने पात्रहरू हौ। परमेश्‍वरको दोस्रो देहधारणको आगमनको कारणले, तिमीहरूलाई परमेश्‍वरले क्षमा दिनुभएको छ र तिमीहरूलाई कृपा देखाउनु भएको छ। यसका बावजुद, मैले तिमीहरूलाई अन्तिमतिर छोड्नै पर्ने वचनहरू अझै यी छन्ः यो साधारण मानिस, जो देहधारी परमेश्‍वर हुनुहुन्छ, तिमीहरूको लागि अति नै महत्वको हुनुहुन्छ। यो परमेश्‍वरले मानिसहरू माझ पहिले नै गरिसक्नु भएको महान् कुरा हो।

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्