तैँले येशूको आत्मिक शरीरलाई देख्दासम्ममा, परमेश्‍वरले स्वर्ग र पृथ्वीलाई नयाँ बनाइसक्‍नुभएको हुनेछ

के तँ येशूलाई देख्न चाहन्छस्? के तँ येशूसँग बस्ने इच्छा गर्छस्? के तँ येशूले बोल्नुभएको वचन सुन्ने इच्छा गर्छस्? यदि त्यसो हो भने, तैँले येशूको आगमनलाई कसरी स्वागत गर्नेछस्? के तँ पूर्ण रूपमा तयार छस्? तैँले येशूको आगमनलाई कुन रीतिले स्वागत गर्नेछस्? मलाई लाग्छ, येशूलाई पछ्याउने हरेक दाजुभाइ तथा दिदीबहिनीले उहाँलाई राम्ररी स्वागत गर्न रुचाउँछन्। तर के तिमीहरूले यो कुरा विचार गरेका छौ: के येशूको आगमन हुँदा तँ उहाँलाई साँच्चै चिन्नेछस्? के उहाँले भन्नुभएका सबै कुरा तिमीहरूले साँच्चै बुझ्नेछौ र? के उहाँले गर्नुभएका सबै कामहरूलाई तिमीहरूले साँच्चै निशर्त रूपमा स्वीकार गर्नेछौ? बाइबल पढेका सबैले येशूको आगमनबारे जान्दछन् र बाइबल पढ्ने सबैले उहाँको आगमनलाई उत्सुक्तापूर्वक प्रतीक्षा गर्छन्। तिमीहरू सबै त्यो क्षणको आगमनको निम्ति लालायित हुन्छौ, र तिमीहरूको निष्ठा सराहनीय छ, तिमीहरूको विश्‍वास लोभलाग्दो छ, तर तिमीहरूले गम्भीर त्रुटी गरेका छौ भन्ने कुरा के तिमीहरूले महसुस गर्छौ? येशूको आगमन कुन रीतिले हुनेछ? येशू सेतो बादलमा आउनुहुनेछ भनी तिमीहरू विश्‍वास गर्छौ, तर तिमीहरूलाई म सोध्छु: यो सेतो बादलले केलाई जनाउँछ? येशूको आगमनको प्रतीक्षा गरिरहेका यति धेरै उहाँका अनुयायीहरूमा, उहाँ कुन मानिसहरूमाझ ओर्लिआउनुहुनेछ? यदि उहाँ तिमीहरूमाझ पहिले ओर्लिआउनुभयो भने, के अरूहरूले यसलाई अत्यन्त अन्यायपूर्ण कुराको रूपमा हेर्नेछैनन् र? म जान्दछु, तिमीहरू येशूप्रति अत्यन्त निष्ठावान् र बफदार छौ, तर के तिमीहरूले येशूलाई कहिल्यै भेटेका छौ? के तिमीहरूलाई उहाँको स्वभाव थाहा छ? के तिमीहरू कहिल्यै उहाँसँग बसेका छौ? तिमीहरूले उहाँको बारे कति धेरै बुझेका छौ? केहीले भन्नेछन् कि यी कुराहरूले तिनीहरूलाई नाजुक परिबन्धमा पार्‍यो। तिनीहरूले भन्नेछन्, “मैले बाइबल सुरुदेखि अन्तसम्म धेरै पटक पढेको छु। मैले येशूलाई कसरी बुझ्न सक्दिनथेँ र? येशूको स्वभावको त कुरै नगरौँ—उहाँले कुन रङको लुगा लगाउन मन पराउनुहुन्थ्यो सो पनि म जान्दछु। मैले उहाँलाई बुझ्दिनँ भन्दा तैँले मलाई होच्याइरहेको छैनस् र?” यी विषयहरूमा विवाद नगर भनी म तँलाई सुझाव दिन्छु; बरु शान्त भएर तल दिइएका प्रश्नहरूको बारेमा संगति गर्नु उत्तम हुन्छः पहिलो, यथार्थ के हो र सिद्धान्त के हो भन्ने के तँलाई थाहा छ? दोस्रो, धारणाहरू के हुन् र सत्यता के हो भन्ने के तँलाई थाहा छ? तेस्रो, कल्पना गरिएको के हो र यथार्थ के हो भन्ने के तँलाई थाहा छ?

केही मानिसहरूले आफूले येशूलाई बुझ्दैनन् भन्ने तथ्यलाई अस्वीकार गर्छन्। म अझै तिमीहरूलाई भन्छु, तिमीहरूले येशूलाई अलिकता पनि बुझ्दैनौं र उहाँको एक शब्द पनि बुझ्दैनौं। त्योचाहिँ यसैले हो कि तिमीहरूले बाइबलमा उल्लेख गरेको विवरणको कारणले गर्दा र अरूहरूले भनेका कुराको कारणले गर्दा उहाँलाई पछ्याउछौ। तिमीहरूले उहाँलाई कहिल्यै पनि भेटेका छैनौं, उहाँसँग बस्ने कुरा त परै जाओस्, र तैँले उहाँलाई एक क्षणको निम्ति पनि साथ दिएको छैनस्। यस्तो अवस्थामा, येशूबारे तेरो बुझाइ सिद्धान्त बाहेक केही होइन र? के यो यथार्थरहित छैन र? सायद, केही मानिसहरूले येशूको तस्वीर देखेका होलान् वा कोही येशूको घरमा स्वयम् गएका होलान्। सायद केहीले येशूको लुगा छोएका होलान्। तँ स्वयम्‌ले येशूले खानुभएको खाना नै खाएको भए पनि, उहाँबारे तेरो बुझाइ अझ पनि व्यावहारिक छैन, केवल सैद्धान्तिक मात्र छ। कुरा जे भए पनि, तैँले येशूलाई कहिल्यै देखेको छैनस् र शारीरिक रूपमा येशूसँग एक क्षण पनि हिडेको छैनस्, त्यसैले येशूबारे तेरो बुझाइ सदैव यथार्थरहित रित्तो सिद्धान्त हुनेछ। सायद मेरा शब्दहरू तेरो निम्ति त्यत्ति रुचिकर नहोलान्, तर म तँलाई यो आग्रह गर्छुः तैँले सबैभन्दा आदर गरेको लेखकका धेरै कृतिहरू पढेको हुन सक्छस्, तैपनि तैँले उनीसँग समय नबिताइकन के उनलाई पूर्ण रूपमा बुझ्न सक्छस्? उनको व्यक्तित्व कस्तो छ सो के थाहा पाउछस्? उनी कस्तो जीवन जिउँछन् सो के थाहा पाउछस्? के तँ उनको कुनै संवेगात्मक अवस्थाको बारे जान्दछस्? तैँले प्रशंसा गर्ने मानिसलाई पनि तैँले सम्भवतः पूर्ण रूपमा बुझ्न सक्दैनस्, त्यसो भए येशूलाई कसरी बुझ्न सक्छस् र? तैँले येशूको बारे बुझेका सबै कुराहरू कल्पनाहरू र धारणाहरूले भरिएका छन्, जसमा कुनै सत्यता वा यथार्थता छैन। यसले दुर्गन्ध निकाल्छ र यो देहले भरिएको छ। यस्तो बुझाइले येशूको फर्काइलाई स्वागत गर्न तँलाई कसरी योग्यको तुल्याउन सक्थ्यो र? देहका परिकल्पनाहरू र धारणाहरूले भरिएकाहरूलाई येशूले ग्रहण गर्नुहुनेछैन। येशूलाई नबुझ्नेहरू कसरी उहाँका विश्‍वासीहरू हुन योग्यको हुन्छन् र?

फरिसीहरूले येशूको विरोध किन गरे भनी के तिमीहरू यसको जड जान्न चाहन्छौ? के तिमीहरू फरिसीहरूको सार जान्न चाहन्छौ? तिनीहरू मसीहका बारेमा कल्पनाहरूले भरिएका थिए। यसको अतिरिक्त, तिनीहरूले मसीह आउनुहुन्छ भनी विश्‍वास मात्र गरे, तैपनि जीवन सत्यताको पछि लागेनन्। त्यसैले, तिनीहरूले आज पनि अझै मसीहको प्रतीक्षा गर्छन्, किनभने तिनीहरूसित जीवनको मार्गको कुनै ज्ञान छैन र सत्यताको मार्ग के हो सो जान्दैनन्। यस्ता मूर्ख, हट्ठी र निर्बुद्धि मानिसहरूले परमेश्‍वरका आशिष्‌ कसरी प्राप्‍त गर्न सक्थे भनी तिमीहरू भन्छौ? तिनीहरूले मसीहलाई कसरी देख्न सक्थे? तिनीहरूले येशूको विरोध गरे, किनभने तिनीहरूले पवित्र आत्माको कार्यको दिशा थाहा गर्न सकेनन्, किनभने तिनीहरूले येशूले बोल्नुभएको सत्यता जानेनन्; यसका अतिरिक्त, तिनीहरूले मसीहलाई पनि बुझेनन्। तिनीहरूले मसीहलाई कहिल्यै नदेखेका, र तिनीहरू मसीहका साथमा नरहेका हुनाले, तिनीहरूले मसीहको सारलाई सम्भावित कुनै पनि साधनहरूले विरोध गरिरहँदा मसीहको नाउँमा मात्रै व्यर्थमा टाँसिरहने गल्ती गरे। वस्तुतः यी फरिसीहरू हट्ठी र अहङ्कारी थिए र सत्यताको पालन गर्दैनथे। परमेश्‍वरप्रति तिनीहरूको विश्‍वासको सिद्धान्त यस्तो थियोः तिम्रो प्रचार जति नै गहन भए पनि, तिम्रो अधिकार जति नै उच्च भए पनि, तिमीलाई मसीह नभनिएसम्म तिमी ख्रीष्ट होइनौं। के यो आस्था उपहासपूर्ण र हाँस्यस्पद छैनन्? म तिमीहरूलाई अझै अरू प्रश्‍नहरू सोध्छु: तिमीहरूसित येशूको थोरै बुझाइ पनि नभएकाले, तिमीहरूले पनि प्राचीन फरिसीहरूले गरेका गल्ती गर्न अत्यन्तै सजिलो छैन र? के तैँले सत्यताको मार्ग ठम्याउन सक्छस्? तैँले येशूको विरोध गर्नेछैन भनी के तैँले साँच्चै कबुल गर्न सक्छस्? के तैँले पवित्र आत्माको कार्य अनुशरण गर्न सक्छस्? तैँले ख्रीष्टको विरोध गर्नेछस् कि गर्नेछैनस् भन्‍ने तँलाई थाहा छैन भने, म त भन्छु, तँ पहिले नै मृत्युको खतरामा जिइरहेको छस्। मसीहलाई नचिन्नेहरू सबैले येशूको विरोध गर्न, येशूलाई इन्कार गर्न र उहाँको निन्दा गर्न सक्थे। येशूलाई नबुझ्ने मानिसहरूले उहाँलाई इन्कार गर्न सक्छन् र गालीगलौज गर्न सक्छन्। यसका अतिरिक्त, तिनीहरूले येशूको आगमनलाई शैतानको छलको रूपमा देख्न सक्छन् र धेरै मानिसहरूले येशू देहमा फर्कनुभएको कुराको निन्दा गर्नेछन्। के यी सबै कुराहरूले तिमीहरूलाई भयभीत तुल्याउँदैनन्? तिमीहरूले सामना गर्ने कुरा पवित्र आत्मा विरुद्धको ईश्‍वर-निन्दा, मण्डलीहरूका लागि पवित्र आत्माको वचनको बरबादी र येशूले व्यक्त गर्नुभएका सबै कुराको तिरस्कार हुनेछ। यदि तिमीहरू नै यति धेरै अन्योलमा छौ भने तिमीहरूले येशूबाट के प्राप्‍त गर्न सक्छौ? यदि तिमीहरूले आफ्ना त्रुटिलाई महसुस गर्न हठपूर्वक इन्कार गर्छौ भने, येशू सेतो बादलमा मानिसहरूकहाँ आउनुहुँदा तिमीहरूले उहाँको काम कसरी बुझ्न सक्छौ? म तिमीहरूलाई यसो भन्छुः सत्यता ग्रहण नगर्ने, तैपनि सेतो बादलमा येशूको आगमनलाई अन्धाधुन्द प्रतीक्षा गर्ने मानिसहरूले पवित्र आत्माका विरुद्ध निश्‍चय नै निन्दा गर्नेछन् र तिनीहरू नष्ट पारिने श्रेणीका मानिसहरू हुन्छन्। तिमीहरूले येशूको अनुग्रहको मात्र चाहना गर्छौ, स्वर्गको उल्लासपूर्ण राज्यको आनन्द लिन मात्र चाहन्छौं; तैपनि येशूले बोल्नुभएका वचनहरू तैँले कहिल्यै पालन गरेको छैनस्, र येशू देहमा आउनुहुँदा बताउनुभएको सत्यता कहिल्यै ग्रहण गरेको छैनस्। सेतो बादलमा येशूको आगमनको तथ्यको सट्टामा तिमीहरूले के समाती राख्नेछौ? तिमीहरूले पटकपटक पाप गर्ने अनि बार-बार स्वीकार गर्ने, के सच्चाइ यही हो? सेतो बादलमा आउनुहुने येशूलाई तिमीहरूले के बलिदान चढाउनेछौ? के यो तिमीहरूले आफैलाई उच्च पार्ने कार्यको वर्ष हो? फर्केर आउनुभएका येशूलाई तिमीहरूप्रति भरोसा गराउन तिमीहरूले के समाती राख्नेछौ? कुनै सत्यता पालन नगर्ने के तिमीहरूको त्यही अहङ्कारी प्रकृति नै हो?

तिमीहरूको बफदारिता शब्दमा मात्र छ, तिमीहरूको ज्ञान बौद्धिक र वैचारिक मात्र हो, तिमीहरूका प्रयासहरू स्वर्गका आशिष्‌हरू प्राप्‍त गर्नका लागि मात्र हुन्, अनि त्यसो भए तिमीहरूको विश्‍वास कस्तो हुनुपर्छ? आज पनि तिमीहरूले सत्यताको हरेक वचनप्रति ध्यान दिदैनौं। परमेश्‍वर के हुनुहुन्छ सो तिमीहरू जान्दैनौं, ख्रीष्ट के हुनुहुन्छ सो तिमीहरू जान्दैनौं, यहोवा वा परमप्रभुलाई कसरी आदर गर्ने सो तिमीहरू जान्दैनौं, पवित्र आत्माको काममा कसरी प्रवेश गर्ने सो तिमीहरू जान्दैनौं, परमेश्‍वर स्वयम्‌को काम र मानिसको छल बीच कसरी फरक छुट्टाउने सो तिमीहरू जान्दैनौं। तेरो विचारसित नमिल्ने परमेश्‍वरले व्यक्त गर्नुभएको कुनै पनि सत्यको वचनको निन्दा गर्न मात्र तँ जान्दछस्। तेरो नम्रता कहाँ छ? तेरो आज्ञाकारिता कहाँ छ? तेरो बफदारिता कहाँ छ? सत्यता खोजी गर्ने तेरो इच्छा कहाँ छ? परमेश्‍वरको निम्ति तेरो आदर कहाँ छ? म तिमीहरूलाई बताउँछु, चिन्हहरूका कारणले परमेश्‍वरमा विश्‍वास गर्नेहरू निश्‍चय नै नष्ट पारिने श्रेणीका हुन्। देहमा फर्किआउनुभएका येशूका वचनहरू ग्रहण गर्न असक्षम मानिसहरू निश्‍चय नै नरकका सन्तानहरू, प्रधान स्वर्गदूतका सन्ततीहरू हुन्, जुन अनन्त विनाशमा अर्पण गरिएका श्रेणीका हुन्। धेरै मानिसहरूले मैले भनेको कुराको वास्ता नगर्न सक्छन्, तर येशूलाई पछ्याउने हरेक तथाकथित सन्तलाई म अझै भन्छु; जब येशू स्वर्गबाट सेतो बादलमा आउनुभएको तिमीहरूका आफ्नै आँखाले देख्छौ, यो धार्मिकताको सूर्यको सार्वजनिक देखा पर्ने घटना हुनेछ। सायद त्यो क्षण तेरो निम्ति ठूलो उल्लासको समय हुन सक्छ, तैपनि येशू स्वर्गबाट ओर्लनुभएको देख्ने समय दण्ड भोग्नलाई तँ नरक जाने बेला पनि हो भन्ने तैँले जान्नुपर्छ। त्यो परमेश्‍वरको व्यवस्थापन योजनाको अन्तको समय हुनेछ, अनि यो परमेश्‍वरले असललाई इनाम र दुष्टलाई दण्ड दिने समय हुनेछ। सत्यताको अभिव्यक्ति मात्र हुँदा मानिसले चिन्हहरू देख्नु अघि नै परमेश्‍वरको न्याय अन्त भइसकेको हुनेछ। सत्यता स्वीकार गर्नेहरू, चिन्हहरू नखोज्नेहरू र यसरी शुद्ध पारिएकाहरू, परमेश्‍वरको सिंहासन सामु फर्केका र सृष्टिकर्ताको अंगालोमा प्रवेश गरेका हुनेछन्। “सेतो बादलमा सवार नहुने येशू झुटो ख्रीष्ट हो” भन्ने विश्‍वासमा अड्डी कस्नेहरू अनन्त दण्डको भागीदार हुनेछन्, किनभने तिनीहरूले चिन्ह प्रदर्शन गर्ने येशूमा मात्र विश्‍वास गर्छन्, तर कठोर न्याय घोषणा गर्नुहुने येशू र साँचो मार्ग र जीवनको निकास दिनुहुने येशूलाई स्वीकार गर्दैनन्। यसो मात्र हुन सक्छ, कि सेतो बादलमा येशूको आगमन खुल्ला रूपमा हुँदा नै उहाँले तिनीहरूलाई निराकरण गर्नुहुनेछ। तिनीहरू अति हट्ठी, आफैमा अति दृढ, अति अहङ्कारी छन्। यस्ता भ्रष्टहरूलाई येशूले कसरी इनाम दिन सक्नुहुन्थ्यो? सत्यता स्वीकार गर्न सक्नेहरूका निम्ति येशूको आगमन ठूलो मुक्ति हो, तर सत्यता स्वीकार गर्न असक्षमहरूका निम्ति यो दण्डको चिन्ह हो। तिमीहरूले आफ्नै मार्ग चुन्नैपर्छ र पवित्र आत्माको विरुद्ध ईश्‍वर-निन्दा गर्नुहुँदैन र सत्यतालाई इन्कार गर्नुहुँदैन। तँ निर्बुद्धि र अहङ्कारी व्यक्ति हुनुहुँदैन, तर पवित्र आत्माको मार्गदर्शन पालन गर्ने, सत्यताको उत्कट इच्छा गर्ने र खोजी गर्ने व्यक्ति हुनुपर्छ; तिमीहरू यसरी मात्र लाभान्वित हुनेछौ। परमेश्‍वरप्रतिको विश्‍वासको बाटो होशीयारीपूर्वक हिँड्न म तिमीहरूलाई सल्लाह दिन्छु। निचोडमा नआइहाल; अझ बढी, परमेश्‍वरप्रति तेरो विश्‍वासमा लापरवाह र असावधान नबन्‌। कम्तीमा पनि तिमीहरूले जान्नुपर्छ कि परमेश्‍वरमा विश्‍वास गर्नेहरू नम्र र श्रद्धामय हुनैपर्छ। सत्यता सुनेका तर यसलाई अस्वीकार गर्नेहरू मूर्ख र निर्बुद्धिहरू हुन्। सत्यता सुनेका तैपनि लापरबाही रूपमा निचोडमा पुगेका वा यसको निन्दा गर्नेहरू अहङ्कारद्वारा आक्रान्त हुन्छन्। येशूमा विश्‍वास गर्ने कसैले अरूहरूलाई सराप्दैन वा निन्दा गर्दैन। तिमीहरू सबै चेतना भएका र सत्यता स्वीकार गर्ने व्यक्तिहरू हुनैपर्छ। सायद, सत्यताको मार्ग सुनेर र जीवनको वचन पढेर, यी वचनहरूमध्ये १०,००० मा एउटा मात्र तेरो दृढ निश्‍चयताहरू र बाइबल अनुरूप छन्, त्यसकारण तैँले यी वचनहरूको १०,०००औँ खण्डभित्र निरन्तर खोजी गरिरहनुपर्छ भन्‍ने तेरो विश्‍वास छ। नम्र हुन, धेरै आत्मविश्‍वासी नहुन र आफैलाई अति उच्च नपार्न म तँलाई अझै सल्लाह दिन्छु। तेरो हृदयमा यति थोरै आदरसँगै तैँले ठूलो ज्योति प्राप्‍त गर्नेछस्। यदि तैँले यी वचनहरूलाई सावधानीपूर्वक जाँच्छस् र पटकपटक मनन गर्छस् भने, तिनीहरू सत्य हुन् वा होइनन्, तिनीहरू जीवन हुन् वा होइनन् सो तैँले बुझ्नेछस्। सायद केही मानिसहरूले केही वाक्यहरू मात्र पढेर, “यो पवित्र आत्माको केही अन्तर्दृष्टि बाहेक अरू केही पनि होइन” वा “यिनी मानिसहरूलाई धोका दिने झुटा ख्रीष्ट हुन्” भनी यी शब्दहरूका अन्धाधुन्ध निन्दा गर्नेछन्। यसो भन्नेहरू अनभिज्ञताद्वारा अन्धा भएका छन्। तैँले परमेश्‍वरका काम र बुद्धिबारे अत्यन्त थोरै बुझ्छस्, कामचलाउबाट नै फेरि सुरु गर्नका लागि म तँलाई सल्लाह दिन्छु! आखिरी दिनहरूमा झुटा ख्रीष्टको देखा पर्ने घटनाले गर्दा परमेश्‍वरले भन्नुभएका वचनहरूको तिमीहरूले अन्धाधुन्ध रूपमा निन्दा गर्नुहुँदैन र तँ छलमा पर्ने डरले तैँले पवित्र आत्माको विरुद्ध ईश्‍वर-निन्दा गर्नुहुँदैन। के त्यो ठूलो निराशा हुँदैनथ्यो र? धेरै परीक्षण गरेपछि पनि, यी वचनहरू सत्य होइन, बाटो होइन, परमेश्‍वरको अभिव्यक्ति होइन भनी तैँले अझै विश्‍वास गर्छस् भने तँलाई अन्तमा दण्ड दिइनेछ र तँ आशिष्‌रहित हुनेछस्। यदि तैँले यति स्पष्ट रूपमा र खुल्ला रूपमा बताइएको सत्यता स्वीकार गर्न सक्दैनस् भने, तब के तँ परमेश्‍वरको मुक्तिको निम्ति अयोग्य छैनस् र? के तँ परमेश्‍वरको सिंहासन सामु फर्कनलाई पर्याप्‍त आशिषित् नभएको व्यक्ति होइनस् र? यसबारे विचार गर्! दुस्साहसी र अविवेकी नबन् र परमेश्‍वरप्रतिको विश्‍वासलाई खेलको रूपमा नली। तेरो गन्तव्यको खातिर, तेरो भविष्यको आशाको खातिर, तेरो जीवनको खातिर विचार गर् र आफैसँग खिलवाड नगर्। के तैँले यी शब्दहरू स्वीकार गर्न सक्छस्?

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्