परमेश्‍वर र मानिस एकसाथ विश्राममा सँगै प्रवेश गर्नेछन् (भाग दुई)

उनीहरूका पूर्ण रूपमा अविश्‍वासी बालबालिकाहरू र नातेदारहरूलाई मण्डलीतिर खिँचेर लानेहरू अत्यन्त स्वार्थीहरू हुन् र उनीहरूले केवल दया देखाइरहेका हुन्छन्। उनीहरूले विश्‍वास गरे पनि नगरे पनि, यो परमेश्‍वरको इच्छा होस् वा नहोस्, यी मानिसहरू प्रेमिलो हुने कुरामा मात्र केन्द्रित हुन्छन्। केहीले आफ्ना पत्‍नीहरूलाई परमेश्‍वरको सामु ल्याउँछन्, वा आफ्ना आमाबुबाहरूलाई परमेश्‍वरको सामु खिँचेर ल्याउँछन् अनि पवित्र आत्मा यसमा सहमत हुनुभएको छ वा छैन, वा उनीहरूमा काम गरिरहनुभएको छ वा छैन, उनीहरूले “प्रतिभाशाली मानिसहरूलाई” परमेश्‍वरको निम्ति अन्धाधुन्ध रूपमा अपनाई रहन्छन्। यी अविश्‍वासीहरूप्रति दया अघि सारेर के फाइदा लिन सकिन्छ? ती पवित्र आत्माको उपस्थिति नभएकाहरूले परमेश्‍वरलाई पछ्याउने संघर्ष गरे तापनि, कसैले विश्‍वास गरेजस्तो उनीहरूलाई अझै मुक्त गर्न सकिँदैन। उनीहरू जसले मुक्ति पाउन सक्छन्, वास्तवमा उनीहरूलाई पाउन त्यत्ति सजिलो छैन। ती मानिसहरू जो पवित्र आत्माको काम र जाँचहरू भएर गुज्रेका छैनन् र देहधारी परमेश्‍वरद्वारा सिद्ध तुल्याइएको छैनन्, उनीहरूलाई पूर्ण बनाइन सर्वथा अयोग्य हुन्छन्। यसकारण, उनीहरूले सामान्य रूपमा परमेश्‍वरलाई पछ्याउन सुरु गरेदेखि नै, ती मानिसहरूमा पवित्र आत्माको उपस्थितिको कमी हुन्छ। उनीहरूको अवस्थाहरू र वास्तविक स्थितिहरूको प्रकाशमा, उनीहरूलाई केवल पूर्ण बनाउन सकिँदैन। त्यस्तै, पवित्र आत्माले उनीहरूमाथि धेरै सामर्थ्य नखर्चने निर्णय गर्नुहुन्छ, न त उहाँले उनीहरूलाई कुनै किसिमको प्रकाश वा मार्गदर्शन प्रदान गर्नुहुन्छ; उहाँले उनीहरूलाई केवल पछ्याउन मात्र दिनुहुन्छ र अन्तमा उनीहरूका परिणामहरू प्रकट गर्नुहुनेछ—यो नै पर्याप्‍त छ। मानवजातिको जोश र इरादाहरू शैतानबाट आउँछन्, र यी कुराहरूले कुनै पनि हालतमा पवित्र आत्माको काम पूरा गर्न सक्दैनन्। मानिसहरू जस्तोसुकै होऊन्, उनीहरूमा पवित्र आत्माको काम हुनु नै पर्छ। के मानवले मानवलाई पूर्ण बनाउन सक्छन्? पतिले उसको पत्‍नीलाई किन प्रेम गर्छ? पत्‍नीले उनको पतिलाई किन प्रेम गर्छिन्‌? छोराछोरीहरू किन बुबाआमाप्रति कर्तव्यनिष्ठा हुन्छन्? किन बुबाआमाहरू आफ्ना छोराछोरीहरूप्रति स्नेही हुन्छन्? वास्तवमा मानिसहरूले कस्ता किसिमका अभिप्रायहरू मनमा राख्छन्? के उनीहरूको मनसाय उनीहरूका आफ्नै योजनाहरू र स्वार्थी चाहनाहरू तृप्‍त पार्नु होइन र? के उनीहरूको आशय साँच्चै परमेश्‍वरको व्यवस्थापन योजनाको खातिर काम गर्नु नै हो त? के उनीहरूले साँच्चै परमेश्‍वरको कार्यको खातिर नै काम गरिरहेका हुन्छन् त? के उनीहरूको मनसाय सृष्टि गरिएका प्राणीका कर्तव्यहरू पूरा गर्नु हो त? उनीहरूले परमेश्‍वरमा विश्‍वास गर्न सुरु गरेको क्षणदेखि नै पवित्र आत्माको उपस्थिति हासिल गर्न असक्षम हुनेहरूले पवित्र आत्माको काम कहिल्यै पनि हासिल गर्न सक्दैनन्; यी मानिसहरू अवश्य नै नष्ट पारिने पात्रहरू हुन्। कसैले उनीहरूलाई जति धेरै प्रेम गरे तापनि, यसले पवित्र आत्माको कामलाई प्रतिस्थापन गर्न सक्दैन। मानिसहरूको जोश र प्रेमले मानव मनसायहरूको प्रतिनिधित्व गर्छन्, तर परमेश्‍वरका अभिप्रायहरूको प्रतिनिधित्व गर्न सक्दैनन्, न त तिनीहरू परमेश्‍वरको कामको प्रतिस्थापन हुन नै सक्छन्। नामधारी रूपमा परमेश्‍वरमा विश्‍वास गर्नेहरू र परमेश्‍वरमा विश्‍वास गर्नुको वास्तविक अर्थ के हो सो नजानिकन नै उहाँलाई पछ्याउनेहरूप्रति कसैले सम्भावित महान्‌ प्रेम वा कृपा अघि सारे, तापनि उनीहरूले अझै परमेश्‍वरको सहानुभूति पाउनेछैनन् न त उनीहरूले पवित्र आत्माको काम नै प्राप्‍त गर्नेछन्। ईमानदार रूपमा परमेश्‍वरलाई पछ्याउने मानिसहरू कमजोर क्षमता भएका र धेरै सत्यताहरू बुझ्न असक्षम भए तापनि उनीहरू कहिलेकाहीँ पवित्र आत्माको काम अझ पनि हासिल गर्न सक्छन्; यद्यपि, सापेक्षित रूपमा असल क्षमता भएका तर ईमानदार रूपमा विश्‍वास नगर्नेहरूले पवित्र आत्माको उपस्थिति पाउन सक्दैनन्। यस्ता मानिसहरूलाई निश्‍चय नै मुक्तिको निम्ति कुनै सम्भावना हुँदैन। उनीहरूले परमेश्‍वरको वचनहरू पढे तापनि वा कहिलेकाहीँ वचनहरू प्रचार गरेको सुने तापनि वा परमेश्‍वरको प्रशंसा गाए तापनि उनीहरू अन्तमा विश्रामको समयसम्म बाँच्न सक्षम हुँदैनन्। मानिसहरूले जोशका साथ खोजी गर्छन् वा गर्दैनन् भन्ने कुरा अरूहरूले कसरी न्याय गर्छन् वा वरिपरिकाहरूले कसरी उनीहरूलाई हेर्छन् भन्ने कुराले निर्धारण गर्दैन, तर पवित्र आत्माले उनीहरूमा काम गर्नुहुन्छ वा गर्नुहुन्न र उनीहरूसँग पवित्र आत्माको उपस्थिति छ वा छैन भन्ने कुराद्वारा निर्धारण गरिन्छ। यसको अतिरिक्त, कुनै अवधिभरि पवित्र आत्माको काम भएर गुज्रेपछि उनीहरूको स्वभाव परिवर्तन भएको छ वा छैन र उनीहरूले परमेश्‍वरको बारे कुनै ज्ञान हासिल गरेका छन् वा छैनन् त्यसमा निर्भर हुन्छ। यदि कुनै व्यक्तिमा पवित्र आत्माले काम गर्नुहुन्छ भने, यो व्यक्तिको स्वभाव क्रमिक रूपमा परिवर्तन हुनेछ, र परमेश्‍वरमा विश्‍वास गर्ने उनीहरूको दृष्टिकोण क्रमिक रूपमा शुद्ध हुँदै जानेछ। मानिसहरूले परमेश्‍वरलाई पछ्याएको जति लामो समय भए तापनि उनीहरू परिवर्तन भएसम्म, यसको अर्थ पवित्र आत्माले उनीहरूमा काम गरिरहनुभएको छ भन्ने हो। यदि उनीहरूमा परिवर्तन आएको छैन भने, पवित्र आत्माले उनीहरूमा काम गरिरहनुभएको छैन। यी मानिसहरूले केही सेवाहरू गरे तापनि उनीहरूलाई यसो गर्न लगाउने कुराचाहिँ आशिष्‌ प्राप्त गर्ने इच्छा नै हो। कहिलेकाहीँ सेवाकर्ता कुराले उनीहरूको स्वभावहरूमा हुने परिवर्तनको अनुभवलाई प्रतिस्थापन गर्न सक्दैन। अन्तमा उनीहरूलाई अझ पनि नष्ट गरिनेछ, किनभने राज्यमा सेवा गर्नेहरूको आवश्यक हुँदैन, न त त्यहाँ सिद्ध बनाइएका र परमेश्‍वरप्रति विश्‍वासयोग्य हुने मानिसहरूका निम्ति सेवा गर्नलाई स्वभाव परिवर्तन नभएकाहरू आवश्यक नै पर्नेछ। “जब कसैले परमेश्‍वरमा विश्‍वास गर्छ, भाग्य पुरै परिवारमाथि मुस्कुराउँछ” भनी विगतका भनिएका ती शब्दहरू अनुग्रहको युगको निम्ति उपयुक्त छन्, तर मानव गन्तव्यसँग असम्बन्धित छन्। तिनीहरू अनुग्रहको युगको एउटा चरणभरि मात्र उपयुक्त थिए। ती शब्दहरूका आशयचाँहि मानिसहरूले उपभोग गरेका शान्ति र भौतिक आशिष्‌हरूप्रति लक्षित थियो; एक जनाले प्रभुमा विश्‍वास गर्दा समग्र परिवार नै प्रभुमा मुक्त हुनेछ भन्ने उनीहरूको आशय थिएन, न त एक जनाले आशिष्‌ प्राप्त गर्दा उसको समग्र परिवारलाई नै विश्राममा ल्याइन्छ भन्ने नै उनीहरूको आशय थियो। कसैले आशिष्‌ पाउँछ वा दुर्गति भोग्छ भन्ने कुरा उसको सार बमोजिम निर्धारण गरिन्छ, कसैको अरूहरूसँग बाँड्न सक्ने कुनै पनि साझा सार बमोजिम होइन। त्यस किसिमको भनाइ वा नियमको राज्यमा कुनै स्थान छैन। यदि कुनै व्यक्ति अन्तमा बाँच्न सक्षम भयो भने, यो उनीहरूले परमेश्‍वरका मापदण्डहरू पुरा गरेको कारणले हो, र यदि उनीहरू अन्तमा विश्रामको समयसम्म रहन असक्षम भए भने, उनीहरू परमेश्‍वरप्रति अनाज्ञाकारी भएकाले र उनीहरूले परमेश्‍वरका मापदण्डहरू पूरा नगरेकाले नै हो। हरेकको एउटा सुहाउँदो गन्तव्य छ। यी गन्तव्यहरू हरेकको सारअनुसार निर्धारण गरिन्छ र यसको अरू मानिसहरूसँग कुनै सरोकार छैन। एउटा बालक दुष्ट आचरण उनीहरूको बुबाआमाहरूमा सार्न सकिँदैन, न त एउटा बालकको धार्मिकतालाई उनीहरूको बुबाआमासँग बाँड्न नै सकिन्छ, एउटा बुबाआमाको दुष्ट आचरण उनीहरूको छोराछोरीहरूमा सार्न सकिँदैन न त एउटा बुबाआमाको धार्मिकतालाई उनीहरूको छोराछोरीहरूसँग बाँड्न नै सकिन्छ। हरेकले आ-आफ्नै पापहरू बहन गर्छन्, र हरेकले आ-आफ्नो आशिष्‌ उपभोग गर्छन्। कोही पनि अर्को व्यक्तिको प्रतिस्थापन हुन सक्दैन; यो धार्मिकता हो। मानिसको दृष्टिकोणबाट, यदि आमाबुबाले आशिष्‌ प्राप्त गर्छन् भने, उनीहरूका छोराछोरीहरूले पनि आशिष्‌ प्राप्त गर्न सक्‍नुपर्छ, र यदि उनीहरूका छोराछोरीहरूले खराबी गर्छन् भने, उनीहरूलाई बुबाआमाहरूले ती पापहरूका निम्ति प्रायश्‍चित गर्नुपर्छ। यो मानवीय दृष्टिकोण हो र मानवको काम गर्ने शैली हो; यो परमेश्‍वरको दृष्टिकोण होइन। हरेकको परिणामलाई उनीहरूको आचरणबाट आउने सार बमोजिम निर्धारण गरिन्छ, र यसलाई सदैव उपयुक्त रूपमा निर्धारण गरिन्छ। कसैले अर्काको पापहरू बहन गर्न सक्दैन; यसको अतिरिक्त, कसैले पनि अर्काको सट्टामा दण्ड पाउन सक्दैन। यो पक्का हो। उनीहरूका छोराछोरीहरूप्रति बुबाआमाहरूका स्‍नेहपूर्ण हेरचाहले उनीहरूले उनीहरूका छोराछोरीहरूमा धार्मिक कामहरू गर्न सक्छन् भन्ने सङ्केत गर्दैन, न त एउटा बालकको उनीहरूका बुबाआमाहरूप्रति कर्तव्यनिष्ठा स्नेहको अर्थ उनीहरूले उनीहरूका बुबाआमाहरूको सट्टामा धार्मिक कामहरू गर्न सक्छन् भन्ने नै लाग्छ। यही नै वचनहरूको साँचो अर्थ हो, “त्यति बेला खेतमा दुई जना हुनेछन्; एउटालाई लगिनेछ र अर्कोलाई छोडिनेछ। दुई स्त्री जाँतो पिँधिरहेका हुनेछन्; एउटालाई लगिनेछ र अर्कीलाई छोडिनेछ।” मानिसहरूले उनीहरूका दुष्ट कर्म गर्ने छोराछोरीहरूलाई उनीहरूप्रतिको गहन प्रेमको आधारमा विश्राममा लान सक्दैनन्, न त उनीहरूको धार्मिक आचरणको आधारमा उनीहरूका पति वा पत्‍नीलाई विश्राममा लान सक्छन्। यो एउटा प्रशासकीय नियम हो; त्यहाँ कसैको निम्ति छुट हुन सक्दैन। अन्तमा, धार्मिकता गर्नेहरू धार्मिकता गर्नेहरू नै हुन् र दुष्ट काम गर्नेहरू दुष्ट काम गर्नेहरू नै हुन्। धर्मीहरूलाई अन्तमा बाँच्न दिइनेछ, जबकि दुष्कर्मीहरूलाई नष्ट गरिनेछ। पवित्रहरू भनेका पवित्रहरू नै हुन्; उनीहरू अपवित्र होइनन्। अपवित्रहरू अपवित्र नै हुन्, र उनीहरूका एक अंश पनि पवित्र होइनन्। नष्ट पारिने मानिसहरू सबै दुष्टहरू हुन् र बाँच्नेहरू धर्मीहरू हुन्—यद्यपि दुष्टहरूका छोराछोरीहरूले धर्मी कामहरू नै गरे पनि, र यद्यपि धर्मीका बुबाआमाहरूले दुष्ट काम गरे पनि। विश्‍वास गर्ने पति र अविश्‍वासी पत्‍नी बीच कुनै सम्बन्ध हुँदैन र विश्‍वास गर्ने छोराछोरीहरू र विश्‍वास नगर्ने बुबाआमाहरू बीच कुनै सम्बन्ध हुँदैन; यी दुई किसिमका मानिसहरू पूर्ण रूपमा आपसी विरोधीहरू हुन्। विश्राममा प्रवेश गर्नु अघि कसैको शारीरिक नाताहरू हुन्छ, तर एक पटक विश्राममा प्रवेश गरेपछि त्यस उप्रान्त उल्लेख गर्ने योग्यको कुनै शारीरिक नाताहरू हुँदैनन्। उनीहरूका कर्तव्य पूरा गर्नेहरू उनीहरूका कर्तव्य पूरा नगर्नेहरूका शत्रुहरू हुन्; परमेश्‍वरलाई प्रेम गर्नेहरू र उहाँलाई घृणा गर्नेहरू एक अर्काको विपक्षमा छन्। विश्राममा प्रवेश गर्नेहरू र नष्ट पारिनेहरू दुई अमिल्दो किसिमका प्राणीहरू हुन्। उनीहरूका कर्तव्यहरू पूरा गर्ने प्राणीहरू बाँच्नेछन्, जबकि उनीहरूका कर्तव्य पूरा नगर्नेहरू विनाशका पात्रहरू हुनेछन्; यसको अतिरिक्त, यो अनन्तसम्म नै रहन्छ। के तैँले सृष्टि गरिएको प्राणीको रूपमा आफ्नो कर्तव्य पूरा गर्नको निम्ति आफ्नो पतिलाई प्रेम गर्छस्? के तैँले सृष्टि गरिएको प्राणीको रूपमा आफ्नो कर्तव्य पूरा गर्नको निम्ति आफ्नो पत्नीलाई प्रेम गर्छस्? के तँ सृष्टि गरिएको सृष्टिको रूपमा आफ्नो कर्तव्य पूरा गर्नको निम्ति आफ्ना अविश्‍वासी बुबाआमाप्रति कर्तव्यनिष्ठा छस्? के परमेश्‍वरमा विश्‍वास गर्ने बारेको मानवीय धारणा सही वा गलत छ? तैँले परमेश्‍वरमा किन विश्‍वास गर्छस्? तैँले के पाउन चाहन्छस्? तैँले परमेश्‍वरलाई कसरी प्रेम गर्छस्? सृष्टि गरिएका सृष्टिहरूको रूपमा उनीहरूका कर्तव्यहरू पूरा गर्न नसक्नेहरू र दिलोज्‍यानले प्रयास नगर्नेहरू विनाशका पात्रहरू हुनेछन्। अस्तित्वमा रहेका आजका मानिसहरू बीच शारीरिक नाता-सम्बन्धहरूका साथै रगतको सम्बन्धहरू छन्, तर भविष्यमा यी सबै कुराहरू चकनाचूर पारिनेछन्। विश्‍वासी र अविश्‍वासीहरू मिल्दो छैनन्; बरु, उनीहरू एक अर्काको विपक्षमा छन्। विश्राममा हुनेहरूले परमेश्‍वर हुनुहुन्छ भनी विश्‍वास गर्नेछन्, र परमेश्‍वरको अधीनमा रहनेछन्, जबकि परमेश्‍वरप्रति अनाज्ञाकारीहरू सबै नष्ट पारिनेछन्। यस उप्रान्त परिवारहरू पृथ्वीमा रहनेछैनन्, अनि त्यहाँ बुबाआमाहरू वा छोराछोरीहरू वा दाम्पत्य सम्बन्धहरू कसरी हुन सक्थ्यो? विश्‍वास र अविश्‍वासको असंगतताले नै यस्ता शारीरिक नाता-सम्बन्धहरूलाई पूर्ण रूपमा छुट्टाइएको हुनेछ!

मौलिक रूपमा मानवजातिमा कुनै परिवारहरू थिएन; मात्र एक पुरुष र एक महिला मात्र अस्तित्वमा थिए—दुई फरक किसिमका मानव। त्यहाँ कुनै देशहरू थिएन, परिवारहरूको त कुरै नगरौं, तर मानवजातिको भ्रष्टताको परिणामस्वरूप, सबै किसिमका मानिसहरूले आफैलाई अलग-अलग कुलहरूमा, र पछि देशहरू र राष्ट्रहरू विकास हुँदै गए। यी देशहरू र राष्ट्रहरू स-साना अलग-अलग परिवारहरूले बनेका छन्, र यसरी नै, सबै किसिमका मानिसहरूलाई विभिन्न भाषाहरू र सिमानाहरूका आधारमा विभिन्न जातिहरूमा विभाजन गरियो। वास्तवमा, संसारमा जति धेरै जातिहरू भए तापनि, मानवजातिको एउटै पुर्खा छ। प्रारम्भमा, दुई किसिमका मानव मात्र थिए र यी दुई किसिमहरू पुरुष र महिला थिए। तथापि, परमेश्‍वरको कामको वृद्धि, इतिहासको गतिविधि र भौगोलिक परिवर्तनहरूको कारणले गर्दा, यी दुई किसिमका मानिसहरू केही हदसम्म अझै धेरै किसिमका मानवमा विकास भए। आधारभूत रूपमा, मानवजाति जति धेरै जातिहरूले बनेको भए तापनि, सबै मानवजाति अझै पनि परमेश्‍वरको सृष्टि नै हुन्। मानिसहरू जुनसुकै जातिहरूका होऊन्, उनीहरू सबै उहाँका सृष्टिहरू हुन्; उनीहरू सबै आदम र हव्वाका सन्तानहरू हुन्। तथापि, उनीहरूलाई परमेश्‍वरको हातले बनाइएका होइनन्, तर पनि उनीहरू आदम र हव्वाका सन्तानहरू हुन्, जसलाई परमेश्‍वरले व्यक्तिगत रूपमा सृष्टि गर्नुभएको थियो। मानिसहरू जुनसुकै जातिमा परेको भए पनि, उनीहरू सबै उहाँका सृष्टिहरू हुन्, किनभने उनीहरू मानवजातिमा पर्छन्, जसलाई परमेश्‍वरले सृष्टि गर्नुभएको थियो, उनीहरूको गन्तव्य मानवजातिको हुनुपर्ने गन्तव्य नै हो र उनीहरूलाई मानवजातिलाई सङ्गठित गर्ने नियमहरूबमोजिम विभाजन गरिएका छन्। अर्थात्, सबै दुष्ट कर्म गर्नेहरू र सबै धर्मीहरू आखिर सृष्टिहरू नै हुन्। दुष्ट काम गर्ने सृष्टिहरूलाई अन्तमा नष्ट गरिनेछन् र धर्मी काम गर्ने सृष्टिहरू बाँच्नेछन्। यी दुई किसिमका सृष्टिहरूका निम्ति सबैभन्दा उपयुक्त व्यवस्थापन यही नै हो। दुष्ट काम गर्नेहरू उनीहरूका अनाज्ञाकारिताको कारणले इन्कार गर्न सक्दैनन् कि उनीहरू परमेश्‍वरका सृष्टिहरू हुँदाहुँदै पनि, उनीहरू शैतानको कब्जामा छन् र त्यसैले उनीहरू मुक्त हुन सक्दैनन्। उनीहरू बाँच्नेछन् भन्ने तथ्यको आधारमा आफैलाई धार्मिक रूपमा आचरण गर्ने सृष्टिहरूले उनीहरूलाई परमेश्‍वरले सृष्टि गर्नुभएको हो, र तैपनि शैतानद्वारा भ्रष्ट पारिएपछि पनि मुक्ति प्राप्‍त गरेका छन् भनी इन्कार गर्न सक्दैनन्। दुष्ट काम गर्नेहरू परमेश्‍वरप्रति अनाज्ञाकारी हुने सृष्टिहरू हुन्; उनीहरू मुक्त हुन नसकिने सृष्टिहरू हुन् र उनीहरू अघिदेखि नै शैतानद्वारा पूर्ण रूपमा कब्जामा पारिएका सृष्टिहरू हुन्। दुष्ट काम गर्ने मानिसहरू पनि मानिसहरू नै हुन्; उनीहरू चरम रूपमा भ्रष्ट पारिएका र मुक्त गर्न नसकिने मानव हुन्। जसरी उनीहरू पनि सृष्टिहरू नै हुन्, त्यसरी नै धार्मिक आचरण भएका मानिसहरूलाई पनि भ्रष्ट पारिएका छन्, तर उनीहरू उनीहरूका भ्रष्ट स्वभावलाई तोडेर स्वतन्त्र हुन तत्पर हुने र आफूलाई परमेश्‍वरको अधीनमा राख्न सक्षम भएका मानव हुन्। धर्मी धार्मिक आचरण भएका मानिसहरू धार्मिकताले पूर्ण हुँदैनन्; बरु, उनीहरूले मुक्ति पाएका छन् र उनीहरूका भ्रष्ट स्वभावहरूलाई तोडेर स्वतन्त्र भएका छन्; उनीहरू परमेश्‍वरको अधीनमा बस्न सक्छन्। उनीहरू अन्तमा दृढ भएर खडा हुनेछन्, तथापि उनीहरू कहिल्यै पनि शैतानद्वारा भ्रष्ट पारिएका छैनन् भन्ने चाहिँ होइन। आफ्ना सृष्टिहरू माझ परमेश्‍वरको काम समाप्‍त भएपछि, त्यहाँ नष्ट पारिनेहरू र बाँच्नेहरू हुनेछन्। यो उहाँको व्यवस्थापन कार्यको एउटा अपरिहार्य प्रचलन हो; यसलाई कसैले इन्कार गर्न सक्दैन। दुष्ट काम गर्नेहरूलाई बाँच्न दिइनेछैन; अन्तसम्म नै परमेश्‍वरलाई पछ्याउने र उहाँको अधीनमा बस्नेहरू पक्का बाँच्छन्। जसरी यो मानवजातिको व्यवस्थापनको काम हो, त्यसरी नै त्यहाँ रहनेहरू र रद्द गरिनेहरू हुनेछन्। यिनीहरू विभिन्न किसिमका मानिसहरूको विभिन्न परिणामहरू हुन्, र तिनीहरू परमेश्‍वरका सृष्टिहरूका निम्ति सबैभन्दा उपयुक्त व्यवस्थापनहरू हुन्। मानवजातिको निम्ति परमेश्‍वरको आखिरी व्यवस्थापनचाहिँ परिवारहरूलाई तोडेर, राष्ट्रहरूलाई चुर-चुर बनाएर र राष्ट्रिय सीमाहरूलाई नष्ट गरेर विनापरिवार वा विनाराष्ट्रिय सीमाहरूको एउटा व्यवस्थापनमा उनीहरूलाई विभाजन गर्नु हो, किनकि मानव, आखिर, एउटै पूर्खाबाट जन्मेका थिए र परमेश्‍वरका सृष्टि हुन्। सारांशमा, दुष्ट काम गर्ने सृष्टिहरू सबैलाई नष्ट पारिनेछन् र परमेश्‍वरको आज्ञा पालन गर्ने सृष्टिहरू बाँच्नेछन्। यसरी, त्यहाँ कुनै परिवारहरू हुनेछैन, कुनै देशहरू हुनेछैन र विशेष गरी आउने विश्रामको समयमा कुनै राष्ट्रहरू हुनेछैन; यस किसिमका मानवजाति सबैभन्दा पवित्र किसिमका मानवजाति हुनेछन्। मानवजातिले पृथ्वीमा रहेका सबै थोकहरूको हेरचाह गर्न सकोस् भनी आदम र हव्वालाई मौलिक रूपमा सृष्टि गरिएको थियो; मानव मौलिक रूपमा सबै थोकका मालिकहरू थिए। मानवजातिलाई सृष्टि गर्ने परमप्रभुको अभिप्राय चाहिँ उनीहरूलाई पृथ्वीमा अस्तित्वमा रहन दिएर यसमाथि रहेका सबै थोकहरूको हेरचाह गरोस् भन्ने थियो, किनभने मानवजाति मौलिक रूपमा भ्रष्ट पारिएका थिएनन् र दुष्ट काम गर्न असक्षम थिए। तथापि, मानव भ्रष्ट भएपछि, उनीहरू सबै थोकहरूको हेरचाह गर्नेहरू रहेनन्। परमेश्‍वरको मुक्तिको उद्देश्यचाहिँ मानवजातिको यो कामलाई पुनर्स्थापना गर्नु, मानवजातिको मौलिक विवेक र मौलिक आज्ञाकारीता पुनर्स्थापना गर्नु हो; विश्राममा हुने मानवजाति परमेश्‍वरले उहाँको मुक्तिको कामसँगै हासिल गर्ने आशा गर्नुभएको कुराको दुरुस्त प्रतिनिधित्व हुनेछ। तथापि अदनको बगैँचामा भएको जस्तो जीवन हुनेछैन, तैपनि उनीहरूको सार उस्तै हुनेछ; मानवजाति उनीहरूको पहिलेको भ्रष्ट नभएको स्व मात्र हुनेछैन, तर बरु भ्रष्ट भएको मानवजाति र पछि मुक्ति पाएको मानवजाति हुनेछ। यी मुक्ति पाएका मानिसहरू अन्तमा (अर्थात्, परमेश्‍वरको काम समाप्‍त भएपछि) विश्राममा प्रवेश गर्नेछन्। त्यसरी नै, अन्तमा ती दण्ड दिइनेहरूका परिणामहरू पनि पूर्ण रूपमा प्रकट गरिनेछ र परमेश्‍वरको काम समाप्‍त भएपछि मात्र उनीहरूलाई नष्ट पारिनेछ। अर्को शब्दमा, उहाँको काम सिद्धिएपछि, ती दुष्ट काम गर्नेहरू र ती मुक्त भएकाहरूलाई प्रकट गरिनेछ, किनभने सबै किसिमका मानिसहरूलाई (चाहे उनीहरू दुष्ट कर्म गर्नेहरू हुन् वा उनीहरूमध्ये मुक्त भएकाहरू हुन्) प्रकट गर्ने कार्य हरेकमाथि एकै समयमा कार्यान्वयन गरिनेछ। दुष्ट काम गर्नेहरूलाई हटाइनेछ र ती रहन दिइएकाहरूलाई एकै समयमा प्रकट गरिनेछ। यसकारण, सबै किसिमका मानिसहरूका परिणामहरूलाई उही समयमा प्रकट गरिनेछ। मुक्तिमा ल्याइएका मानिसहरूको समूहलाई परमेश्‍वरले दुष्ट काम गर्नेहरूलाई पन्छाउन र एक समयमा उनीहरूलाई थोरै मात्र न्याय गर्न वा दण्ड दिन अघि नै विश्राममा प्रवेश गर्न दिनुहुनेछैन; त्यो तथ्यहरूसँग समान हुँदैन। जब दुष्ट काम गर्नेहरूलाई नष्ट गरिन्छ बाँच्न सक्नेहरू विश्राममा प्रवेश गर्छन्, तब सारा ब्रह्माण्डभरिको परमेश्‍वरको काम पूरा हुनेछ। आशिष्‌हरू पाउनेहरू र दुर्गति भोग्नेहरू माझ कुनै पनि प्राथमिकता क्रम हुनेछैन; ती आशिष्‌ पाउनेहरू सदासर्वदाको निम्ति जिउनेछन्, जबकि दुर्गति भोग्नेहरू सारा अनन्तताको निम्ति नष्ट हुनेछन्। यी दुई चरणका कामहरू उही समयमा पूरा गरिनेछन्। अनाज्ञाकारी मानिसहरूको अस्तित्वको कारणले अधीनमा रहनेहरूको धार्मिकता स्वभाविक रूपमा प्रकट गरिनेछ, र त्यहाँ आशिष्‌ प्राप्‍त गर्नेहरू पनि छन् ताकि दुष्ट काम गर्नेहरूले उनीहरूका दुष्ट आचरणको कारण दुर्गति भोगेको कुरा प्रकट गरिनेछ। यदि परमेश्‍वरले दुष्ट काम गर्नेहरूलाई प्रकट गर्नुभएको थिएन भने, तब इमानदार पूर्वक परमेश्‍वरको अधीनमा रहने मानिसहरूले कहिल्यै पनि सूर्य देख्दैनथे; यदि परमेश्‍वरले उहाँका अधीनमा बस्नेहरूलाई उपयुक्त गन्तव्यमा लानु भएन भने, तब परमेश्‍वरप्रति अनाज्ञाकारी हुने उनीहरूलाई सुहाउने प्रतिफलहरू पाउन सक्षम हुँदैनथे। यो परमेश्‍वरको कामको प्रकृया हो। यदि उहाँले दुष्टलाई दण्ड दिने र असललाई इनाम दिने कार्यलाई कार्यान्वयन गर्नुभएको थिएन भने, तब उहाँका सृष्टिहरू उनीहरूका आ-आफ्नो गन्तव्यहरूमा प्रवेश गर्न सक्षम हुने थिएनन्। एक पटक मानवजाति विश्राममा प्रवेश गरेपछि, दुष्ट काम गर्नेहरूलाई नष्ट पारिनेछन् र सबै मानवजाति सही मार्गमा हुनेछ; सबै किसिमका मानिसहरू उनीहरूले गर्नु पर्ने कार्यहरू अनुसार उनीहरूको आ-आफ्नै किसिमसँग हुनेछन्। यो मात्र मानवजातिको विश्रामको दिन हुनेछ, यो मानवजातिको विकासको निम्ति अपरिहार्य प्रचलन हुनेछ, र जब मानवजाति विश्राममा प्रवेश गर्छ अनि मात्र परमेश्‍वरको महान्‌ र आखिरी उपलब्धिले पूर्णता पाउनेछ; यो उहाँको कामको अन्तिम भाग हुनेछ। यो कार्यले मानवजातिको शरीरको पतनशील जीवन साथै भ्रष्ट मानवजातिको जीवनलाई अन्त गर्नेछ। त्यस पश्चात्, मानवजाति नयाँ राज्यमा प्रवेश गर्नेछ। तथापि सबै मानव शरीरमा नै जिउँछन्, तर पनि जीवनको सार र भ्रष्ट मानवजातिको जीवनबीच सार्थक भिन्नताहरू छन्। अस्तित्वको सार्थकता र भ्रष्ट मानवजातिको अस्तित्वको सार्थकता पनि फरक हुन्छ। यद्यपि, यो नयाँ किसिमको व्यक्तिको जीवन हुनेछैन, तर पनि यसलाई मुक्ति प्राप्‍त गरेको मानवजातिको जीवन साथै मानवता र विवेकलाई पुनःप्राप्‍त गरिएको मानवजातिको एउटा जीवन भन्न सकिन्छ। यी ती मानिसहरू हुन् जो कुनै समय परमेश्‍वरप्रति अनाज्ञाकारी थिए, जसलाई परमेश्‍वरले जित्नुभयो र त्यसपछि उहाँले मुक्त गर्नुभयो; यी ती मानिसहरू हुन् जसले परमेश्‍वरको अपमान गरेका थिए र पछि उहाँको गवाही वहन गरे। उहाँको जाँच भएर गुज्रेर र बाँचेपछि उनीहरूको अस्तित्व सबैभन्दा अर्थपूर्ण छ; उनीहरू शैतानको सामु परमेश्‍वरको गवाही दिने मानिसहरू हुन् र बाँच्न योग्यका मानव हुन्। ती नष्ट पारिनेहरूचाहिँ परमेश्‍वरको निम्ति गवाहीको रूपमा खडा हुन नसक्नेहरू र जिइरहन अयोग्यहरू हुन्। उनीहरूको विनाश उनीहरूको दुष्ट आचरणको परिणाम हुनेछ, र यस्तो सर्वनाश नै उनीहरूको निम्ति उत्तम गन्तव्य हो। भविष्यमा, जब मानवजाति सुन्दर राज्यमा प्रवेश गर्नेछ, मानिसहरूले त्यहाँ पाउनेछन् भनी कल्पना गरेका पति र पत्‍नीबीच, बुबा र छोरीबीच, वा आमा र छोरा बीचको कुनै सम्बन्धहरू हुनेछैन। त्यस बेला, हरेक मानवले उनीहरूको आ-आफ्नै वर्ग-समूहलाई पछ्याउनेछ र परिवारहरूलाई पहिले नै चकनाचूर पारिएको हुनेछ। पूर्ण रूपमा असफल भएकोले शैतानले मानवजातिलाई फेरि कहिल्यै पनि बाधा दिनेछैन र मानवजातिमा भ्रष्ट शैतानी स्वभावहरू हुनेछैनन्। ती अनाज्ञाकारी मानिसहरूलाई पहिले नै नष्ट गरिसकेका हुनेछन्, र अधीनमा रहने मानिसहरू मात्र रहनेछन्। यस्तै, अति थोरै परिवार मात्र अखण्ड रहेनछन्; शारीरिक नाता-सम्बन्धहरू कसरी रहिरहन सक्छ? मानवजातिको अघिल्लो शारीरिक जीवनलाई पूर्ण रूपमा निषेध गरिनेछ; तब मानिसहरू माझ शारीरिक नाता-सम्बन्धहरू कसरी रहन सक्छ? भ्रष्ट शैतानी स्वभावहरूविना, मानव जीवन यस उप्रान्त विगतको पुरानो जीवन हुनेछैन, तर बरु नयाँ जीवन हुनेछ। बुबाआमाहरूले छोराछोरीहरू गुमाउनेछन् र छोराछोरीहरूले बुबाआमाहरू गुमाउनेछन्। पतिहरूले पत्नीहरूलाई गुमाउनेछन् र पत्‍नीहरूले पतिहरूलाई गुमाउनेछन्। हाल मानिसहरू बीच शारीरिक नाता-सम्बन्धहरू रहेको छ, तर सबै जना एक पटक विश्राममा प्रवेश गरेपछि, त्यस उप्रान्त सो रहनेछैन। यस किसिमका मानवजातिले मात्र धार्मिकता र पवित्रता हासिल गर्नेछन्; यस किसिमका मानवजातिले मात्र परमेश्‍वरको आराधना गर्न सक्छन्।

परमेश्‍वरले मानवलाई सृष्टि गर्नुभयो, र उनीहरूलाई पृथ्वीमा राख्नुभयो, र उहाँले उनीहरूलाई त्यस बेलादेखि नै डोर्‍याउनुभएको छ। उहाँले उनीहरूलाई मुक्त गर्नुभयो र मानवजातिको निम्ति पापबलिको रूपमा सेवा गर्नुभयो। अन्तमा, उहाँले अझै मानवजातिलाई जित्नुपर्छ, मानवलाई पूर्ण रूपमा मुक्त गर्नुपर्छ, र उनीहरूलाई उनीहरूको मौलिक स्वरूपमा पुनर्स्थापना गर्नुपर्छ। मानवजातिलाई उनीहरूको मौलिक स्वरूप र प्रतिरूपमा पुनर्स्थापना गर्ने कार्यमा—उहाँ सुरुदेखि नै संलग्न हुनुहुन्छ। परमेश्‍वरले उहाँको राज्य स्थापना गर्नुहुनेछ र मानवजातिको मौलिक स्वरूप पुनर्स्थापना गर्नुहुनेछ, जसको अर्थ, परमेश्‍वरले पृथ्वीमा र सारा सृष्टिमाथि उहाँको अधिकार पुनर्स्थापना गर्नुहुनेछ भन्ने हुन्छ। शैतानद्वारा भ्रष्ट भएपछि मानवजातिले परमेश्‍वरको भय मान्ने उनीहरूको हृदय साथै परमेश्‍वरको सृष्टिहरूको अनिवार्य कार्य गुमायो, त्यसैद्वारा उनीहरू परमेश्‍वरप्रति अनाज्ञाकारी शत्रु भए। त्यसपछि मानवजाति शैतानको अधिकार-क्षेत्रमा जियो र शैतानको आज्ञा अनुसरण गर्‍यो; यसरी, परमेश्‍वरसित आफ्नो सृष्टिहरू माझ काम गर्ने कुनै बाटो नै थिएन, र उनीहरूको भयपूर्ण आदरलाई जित्न उहाँ झनै असक्षम हुनुभयो। मानवलाई परमेश्‍वरले सृष्टि गर्नुभएको थियो, र उनीहरूले परमेश्‍वरको आराधना गर्नुपर्छ, तर वास्तवमा उनीहरूले उहाँतिर पिठ्यूँ फर्काए र सट्टामा शैतानको आराधना गरे। शैतान नै उनीहरूको हृदयको मूर्ति भयो। यसरी, परमेश्‍वरले उनीहरूको हृदयहरूमा उहाँको स्थान गुमाउनुभयो, भन्नुको मतलब, उहाँले मानवजाति सृष्टि गर्नु पछाडिको उहाँको अभिप्राय नै गुमाउनुभयो। यसकारण, उहाँले मानवजाति सृष्टि गर्नु पछाडिको अभिप्राय पुनर्स्थापना गर्न, उहाँले उनीहरूका मौलिक प्रतिरूप पुनर्स्थापना गर्नुपर्छ र मानवजातिलाई उनीहरूको भ्रष्ट स्वभावहरूबाट मुक्त गर्नुपर्छ। मानवलाई शैतानको हातबाट पुनः फिर्ता ल्याउन, उहाँले उनीहरूलाई पापबाट मुक्त गर्नुपर्छ। यसरी मात्र परमेश्‍वरले क्रमिक रूपले उनीहरूको मौलिक स्वरूप र कार्य पुनर्स्थापना गर्न सक्नुहुन्छ, र अन्तमा, उहाँको राज्य पुनर्स्थापना गर्नुहुन्छ। मानवलाई परमेश्‍वरको उत्तम आराधना गर्न दिनको निम्ति र पृथ्वीमा उत्तम गरी जिउन दिनको निम्ति ती अनाज्ञाकारिताका सन्तानहरूको आखिरी विनाशलाई कार्यान्वयन पनि गरिनेछ। परमेश्‍वरले मानवलाई सृष्टि गर्नुभएको हुनाले, उहाँले उनीहरूलाई उहाँको आराधना गर्न लगाउनुहुनेछ; किनभने उहाँले मानवजातिको मौलिक कार्य पुनर्स्थापना गर्न चाहनुहुन्छ, उहाँले यसलाई पूर्ण रूपमा र विनामिसावट पुनर्स्थापना गर्नुहुनेछ। उहाँको अधिकारको पुनर्स्थापनाको अर्थ मानवजातिलाई उहाँको आराधना गर्न लगाउनु र उहाँको अधीनमा आउन लगाउनु हो भन्ने हुन्छ; यसको अर्थ परमेश्‍वरले मानवलाई उहाँको कारणले जिउन लगाउनुहुनेछ र उहाँको अधिकारको परिणामस्वरूप उहाँका शत्रुहरूलाई नष्ट हुन लगाउनुहुनेछ भन्ने हुन्छ। यसको अर्थ परमेश्‍वरले कुनै मानवबाट विनाप्रतिरोध मानव माझ उहाँ बारेको सबै थोकलाई दृढ रहन लगाउनुहुनेछ भन्ने हुन्छ। परमेश्‍वरले स्थापना गर्ने इच्छा गर्नुभएको राज्य उहाँको आफ्नै राज्य हो। उहाँले चाहनुभएको मानवजातिचाहिँ उहाँको आराधना गर्ने, पूर्ण रूपमा उहाँको अधीनमा रहने र उहाँको महिमा प्रकट गर्ने मानवजाति हो। यदि परमेश्‍वरले नै भ्रष्ट मानवजातिलाई मुक्त गर्नुहुन्न भने, मानवजातिलाई सृष्टि गर्नु पछाडिको उहाँको अभिप्राय नै गुम्नेछ; मानव माझ उहाँको अझै कुनै अधिकार रहनेछैन र पृथ्वीमा उहाँको राज्य अस्तित्वमा रहन सक्नेछैन। यदि परमेश्‍वरप्रति अनाज्ञाकारी भएका ती शत्रुहरूलाई उहाँले नष्ट गर्नुभएन भने, उहाँ उहाँको पूर्ण महिमा हासिल गर्न असक्षम हुनुहुनेछ, न त पृथ्वीमा उहाँको राज्य स्थापना गर्न नै सक्षम हुनुहुनेछ। उहाँको कामको र उहाँको महान्‌ उपलब्धिका पूर्णताका चिन्हहरू यी हुनेछन्: उहाँप्रति अनाज्ञाकारी ती मानवजाति माझका उनीहरूलाई पूर्ण रूपमा नष्ट गर्नु र पूर्ण बनाइएकाहरूलाई विश्राममा ल्याउनु। जब मानिसहरूलाई उनीहरूको मौलिक स्वरूपमा पुनर्स्थापना गरिएका हुनेछन्, र जब उनीहरूले आ-आफ्ना कर्तव्यहरू पूरा गर्न सक्छन्, उनीहरूलाई आ-आफ्नै उचित स्थानहरूमा राख्न सक्छन् र परमेश्‍वरको प्रबन्धहरूको अधीनमा बस्छन्, तब परमेश्‍वरले पृथ्वीमा उहाँको आराधना गर्ने मानिसहरूको एउटा समूह हासिल गर्नुभएको हुनेछ र उहाँले पृथ्वीमा उहाँको आराधना गर्ने उहाँको राज्य स्थापना गरिसकेको हुनुहुनेछ। उहाँले पृथ्वीमाथि अनन्त विजय हासिल गर्नुभएको हुनेछ र उहाँको विरोध गर्नेहरू सबै अनन्तताको निम्ति नष्ट हुनेछन्। यसले मानवजातिलाई सृष्टि गर्ने उहाँको मौलिक अभिप्राय पुनर्स्थापना गर्नेछ; यसले सबै थोक सृष्टि गर्ने उहाँको अभिप्राय पुनर्स्थापना गर्नेछ, यसले सबै थोक माझ र उहाँको शत्रुहरूमाझ पृथ्वीमा उहाँको अधिकार पनि पुनर्स्थापना गर्नेछ। यो उहाँको पूर्ण विजयको सङ्केतहरू हुनेछन्। त्यस पश्चात्, मानवजाति विश्राममा प्रवेश गर्नेछ र सही मार्गमा हुने जीवन सुरुवात गर्नेछ। परमेश्‍वर पनि मानवजातिसँगै अनन्त विश्राममा प्रवेश गर्नुहुनेछ अनि उहाँ आफै र मानव दुवैले साझेदारी गर्ने अनन्त जीवनको प्रारम्भ गर्नुहुनेछ। पृथ्वीमा अशुद्धता र अनाज्ञाकारिता हराइसकेको हुनेछ, सबै क्रन्दनहरू दूर भइसकेको हुनेछन्, र परमेश्‍वरको विरोध गर्ने यस संसारको सबै थोकको अस्तित्व नै मेटिसकेको हुनेछ। परमेश्‍वर र उहाँले मुक्ति दिनुभएका मानिसहरू मात्र रहनेछन्; उहाँको सृष्टि मात्र रहनेछ।

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्