परमेश्‍वर र मानिस एकसाथ विश्राममा सँगै प्रवेश गर्नेछन् (भाग एक)

प्रारम्भमा, परमेश्‍वर विश्राममा हुनुहुन्थ्यो। त्यस बेला पृथ्वीमा कुनै मानव वा कुनै अरू थोकहरू थिएनन्, र परमेश्‍वरले अझै कुनै काम गर्नुभएको थिएन। मानवजाति अस्तित्वमा आएपछि र मानवजाति भ्रष्ट भएपछि मात्र उहाँले आफ्‍नो व्यवस्थापनको काम सुरु गर्नुभयो; त्यस घडीदेखि उहाँले विश्राम लिनुभएन, बरु मानवजातिमाझ व्यस्त हुन थाल्नुभयो। मानवजातिको भ्रष्टताले गर्दा साथै प्रधान स्वर्गदूतको विद्रोहले गर्दा परमेश्‍वरले आफ्‍नो विश्राम गुमाउनुभयो। यदि परमेश्‍वरले शैतानलाई परास्त गर्नुहुन्न र भ्रष्ट भएको मानवजातिलाई मुक्त गर्नुहुन्न भने, उहाँ फेरि कहिल्यै पनि विश्राममा प्रवेश गर्न सक्षम हुनुहुनेछैन। जसरी मानिसलाई विश्रामको कमी छ, त्यसरी नै परमेश्‍वरलाई पनि विश्रामको कमी छ, र जब उहाँले फेरि विश्राम गर्नुहुन्छ, मानवले पनि विश्राम गर्नेछ। विश्राममा जिउनुको अर्थ युद्धरहित, अशुद्धतारहित र कुनै विद्यमान अधार्मिकता रहितको जीवन हो भन्ने हुन्छ। भन्नुको तात्पर्य, यो शैतानको विघ्न-बाधाहरू (यहाँ “शैतान” शब्दले शत्रुका शक्तिहरूलाई जनाउँछ) र शैतानको भ्रष्टताविनाको जीवन हो, अनि यो परमेश्‍वरको कुनै विरोधी शक्तिको आक्रमणको जोखिममा हुने जीवन होइन; यो सबै थोकले आफ्नै तरिका अनुसरण गर्ने र सृष्टिको प्रभुको आराधना गर्न सक्ने जीवन हो, र जसमा स्वर्ग र पृथ्वी पूर्ण रूपमा शान्त हुन्छन्—“मानवको विश्रामपूर्ण जीवन” शब्दहरूको तात्पर्य यही हो। जब परमेश्‍वरले विश्राम गर्नुहुन्छ, तब पृथ्वीमा अधार्मिकता विद्यमान रहनेछैन, अनि शत्रुका शक्तिहरूबाट कुनै अरू आक्रमण हुनेछैनन्, र मानवजाति एउटा नयाँ राज्यमा प्रवेश गर्नेछ—उप्रान्त मानवजाति शैतानद्वारा भ्रष्ट पारिएको हुनेछैन, बरु शैतानद्वारा भ्रष्ट पारिएपछि मुक्त गरिएको मानवजाति हुनेछ। मानवजातिको विश्रामको दिन नै परमेश्‍वरको पनि विश्रामको दिन हुनेछ। परमेश्‍वर मौलिक रूपमा नै विश्राम गर्न असक्षम हुनुभएकोले होइन, तर विश्राममा प्रवेश गर्न मानवजातिको असक्षमताले नै उहाँले आफ्‍नो विश्राम गुमाउनुभएको हो। विश्राममा प्रवेश गर्नुको अर्थ सबै थोक ठप्प हुन्छ वा विकसित हुन नै रोकिन्छ भन्ने होइन, न त यसको आशय, परमेश्‍वरले काम गर्न छोड्नुहुन्छ वा मानव जिउन छोड्छ भन्ने नै हो। शैतानलाई नष्ट गरिनु, यसको दुष्कर्मका सरिक हुने दुष्ट मानिसहरूलाई दण्डित गर्नु र निमिट्यान्न पार्नु साथै परमेश्‍वरको सारा शत्रुका शक्तिहरू अस्तित्वमा नरहनु नै विश्राममा प्रवेश गरिएको सङ्केत हुनेछ। परमेश्‍वर विश्राममा प्रवेश गर्नुको अर्थ उहाँले मानवजातिको मुक्तिको निम्ति यस उप्रान्त उहाँको काम नगर्नु हो भन्ने हुन्छ। मानवजाति विश्राममा प्रवेश गर्नुको अर्थ सबै मानवजाति परमेश्‍वरको ज्योतिभित्र र उहाँको आशिषहरूमुनि, शैतानको भ्रष्टताविना जिउनेछन् र कुनै अधार्मिकता हुनेछैन भन्ने हो। परमेश्‍वरको हेरचाहमुनि, मानव पृथ्वीमा सामान्य रूपमा जिउनेछन्। जब परमेश्‍वर र मानवजाति एकसाथ विश्राममा प्रवेश गर्छन्, यसको अर्थ मानवजातिलाई मुक्त गरिएको छ, शैतानलाई नष्ट पारिएको छ र मानवमा परमेश्‍वरको काम पूर्ण रूपमा पूरा भएको छ भन्ने हुन्छ। परमेश्‍वरले यस उप्रान्त मानवमा काम गर्नुहुनेछैन र तिनीहरू शैतानको अधिकार-क्षेत्रमुनि रहनेछैनन्। त्यसै गरी, परमेश्‍वर यस उप्रान्त व्यस्त हुनुहुनेछैन, र मानव अनवरत गतिमा हुनेछैन; परमेश्‍वर र मानव एकैसाथ विश्राममा प्रवेश गर्नेछन्। परमेश्‍वर उहाँको मौलिक स्थानमा फर्कनुहुनेछ, र हरेक व्यक्ति तिनीहरूको आ-आफ्नो ठाउँमा फर्कनेछन्। परमेश्‍वरको समग्र व्यवस्थापन सिद्धिएपछि परमेश्‍वर र मानव बसोबास गर्ने गन्तव्यहरू यी नै हुन्। परमेश्‍वरसँग परमेश्‍वरकै गन्तव्य छ र मानवसँग मानवकै गन्तव्य छ। विश्राम गरिरहँदा, परमेश्‍वरले सबै मानवलाई पृथ्वीमा तिनीहरूको जीवनमा मार्गदर्शन गरिरहनुहुनेछ र उहाँको ज्योतिमा हुँदा, तिनीहरूले स्वर्गमा हुनुहुने एक मात्र साँचो परमेश्‍वरको आराधना गर्नेछन्। उप्रान्त, परमेश्‍वर मानवजातिको माझमा बस्नुहुनेछैन, न त मानिसहरू परमेश्‍वरसँगै उहाँको गन्तव्यमा बस्नेछन्। परमेश्‍वर र मानव उही क्षेत्रभित्र रहन सक्‍नुहुन्‍न; बरु, दुवैको आ-आफ्नै जिउने शैली हुन्छ। परमेश्‍वरले नै सारा मानवजातिलाई मार्गदर्शन गर्नुहुनेछ, र सारा मानवजाति नै परमेश्‍वरको व्यवस्थापन कार्यको चरमता हो। नेतृत्व गरिनेहरू मानव नै हुन् र उनीहरू परमेश्‍वरकै सारका हुँदैनन्। “विश्राम” गर्नुको अर्थ उसको आफ्नै मौलिक स्थानमा फर्कनु हो। यसकारण, जब परमेश्‍वर आफ्‍नो विश्राममा प्रवेश गर्नुहुन्छ, तब यसको अर्थ, उहाँ आफ्‍नो मौलिक स्थानमा फर्कनुभएको छ भन्ने हुन्छ। उहाँ उप्रान्त पृथ्वीमा बस्नुहुनेछैन वा मानवजातिको आनन्द र कष्टमा संलग्न हुन मानवजातिमाझ रहनुहुनेछैन। जब मानव विश्राममा प्रवेश गर्छन्, यसको अर्थ उनीहरू सृष्टिको साँचो पात्रहरू हुनेछन् भन्ने हो; तिनीहरूले पृथ्वीबाट नै परमेश्‍वरको आराधना गर्नेछन् र सामान्य जीवन जिउनेछन्। मानिसहरू उप्रान्त परमेश्‍वरप्रति अनाज्ञाकारी हुनेछैनन् वा तिनीहरूले उहाँको प्रतिरोध गर्नेछैनन्, अनि आदम र हव्वाको मौलिक जीवनतिर फर्कनेछन्। विश्राममा प्रवेश गरेपछि परमेश्‍वर र मानवका आ-आफ्‍नो जीवन र गन्तव्यहरू यिनै हुनेछन्। शैतान र परमेश्‍वर बीचको युद्धमा शैतानको हार अपरिहार्य छ। यस्तै, परमेश्‍वरको व्यवस्थापन कार्यको पूर्णता र विश्राममा मानवजातिको पुर्ण मुक्ति र प्रवेशपछि विश्राममा हुने परमेश्‍वरको प्रवेश पनि अनिवार्य छन्। मानवजातिको विश्रामको स्थान पृथ्वी हो र परमेश्‍वरको विश्रामको स्थान स्वर्ग हो। मानवले विश्राममा रहनुहुने परमेश्‍वरको आराधना गर्दा, तिनीहरू पृथ्वीमा बस्नेछन्, र परमेश्‍वरले बाँकी मानवलाई विश्राममा डोर्‍याउनुहुँदा, उहाँले उनीहरूलाई पृथ्वीबाट होइन स्वर्गबाट अगुवाइ गर्नुहुनेछ। परमेश्‍वर अझै पनि आत्मा नै हुनुहुनेछ, जबकि मानव अझै पनि देहमा नै हुनेछन्। परमेश्‍वर र मानव फरक-फरक किसिमले विश्राममा रहनुहुन्छ। परमेश्‍वर विश्राम हुनुहुँदा, उहाँ मानवको माझमा आउनुहुनेछ र देखा पर्नुहुनेछ; मानव विश्राम हुँदा, स्वर्ग भ्रमणमा जान साथै त्यहाँको जीवनको आनन्द लिन परमेश्‍वरले तिनीहरूलाई अगुवाइ गर्नुहुनेछ। परमेश्‍वर र मानवजाति विश्राममा प्रवेश गरेपछि, शैतान अस्तित्वमा हुनेछैन; त्यसै गरी, ती दुष्ट मानिसहरू पनि अस्तित्वमा रहन छोड्नेछन्। परमेश्‍वर र मानवजाति विश्राममा प्रवेश गर्नुअघि पृथ्वीमा परमेश्‍वरलाई सताउनेहरू साथै उहाँका अनाज्ञाकारी भएका शत्रुहरूलाई पहिले नै नष्ट गरिएको हुनेछ; तिनीहरूलाई आखिरी दिनहरूको महाविपत्तिहरूद्वारा निर्मूल गरिएको हुनेछ। ती दुष्ट मानिसहरूलाई पूर्ण रूपमा नष्ट पारेपछि, पृथ्वीले शैतानको उत्पीडन कहिल्यै पनि भोग्नेछैन। त्यसपछि मात्र मानवजातिले पूर्ण मुक्ति हासिल गर्नेछ र परमेश्‍वरको काम पूर्ण रूपमा सिद्धिनेछ। परमेश्‍वर र मानवजाति विश्राममा प्रवेश गर्नको लागि पूरा गरिने पूर्वसर्तहरू यी नै हुन्।

यी सबै थोकहरूको अन्तको निकटताले परमेश्‍वरको कामको पूर्णताको साथै मानवजातिको विकासको अन्तको सङ्केत गर्छ। यसको अर्थ शैतानद्वारा भ्रष्ट पारिएको, मानव तिनीहरूको विकासको अन्तिम चरणमा पुगेको हुनेछ, अनि आदम र हव्वाका सन्तानहरूले आफ्‍ना सन्तानहरूको वृद्धि गर्ने काम पूरा गरेका हुनेछन् भन्ने हो। यसको अर्थ यो पनि हो कि शैतानद्वारा भ्रष्ट पारिएको मानवजातिले निरन्तर विकास गर्न असम्भव हुनेछ। आदम र हव्वालाई प्रारम्भमा भ्रष्ट पारिएको थिएन, तर अदनको बगैँचाबाट निकालिएका आदम र हव्वा शैतानद्वारा भ्रष्ट पारिएका थिए। जब परमेश्‍वर र मानव एकसाथ विश्राममा प्रवेश गर्छन्, तब अदनको बगैँचाबाट निकालिएका—आदम र हव्वा—र तिनीहरूका सन्तानहरू आखिरमा अन्तमा आउनेछन्। भविष्यको मानवजाति अझै पनि आदम र हव्वाको सन्तानहरू नै हुनेछन्, तर तिनीहरू शैतानको अधिकार-क्षेत्रमुनि बस्ने मानव हुनेछैनन्। बरु, उनीहरू मुक्त गरिएका र शुद्ध पारिएका मानिसहरू हुनेछन्। यो न्याय गरिएको र सजाय दिइएको, र पवित्र भएको मानवजाति हुनेछ। यी मानिसहरू मौलिक रूपमा जस्ता थिए त्यस्ता मानव हुनेछैनन्; यसलाई लगभग यसो भन्न सकिन्छ कि उनीहरू सुरुमा भएका आदम र हव्वा जस्ता थिए त्योभन्दा समग्र रूपमा भिन्न किसिमका मानवजाति हुनेछन्। यी मानिसहरू शैतानद्वारा भ्रष्ट पारिएकाहरू सबैको माझबाट नै छानिएकाहरू हुनेछन्, र उनीहरू परमेश्‍वरको न्याय र सजायको अवधिमा चरम रूपमा दृढ खडा रहनेहरू मध्येका हुनेछन्; तिनीहरू भ्रष्ट मानवजाति माझमा बाँकी रहेका मानवको अन्तिम समूह हुनेछन्। यी मानिसहरू मात्र परमेश्‍वरसँगै अन्तिम विश्राममा प्रवेश गर्न सक्‍नेछन्। आखिरी दिनहरूको अवधिमा परमेश्‍वरको न्याय र सजायको कामको अवधिमा—अर्थात्, शुद्धीकरणको अन्तिम कार्यको अवधिमा—दृढ रूपमा खडा रहन सक्‍नेहरू नै परमेश्‍वरसँगै अन्तिम विश्रामभित्र प्रवेश गर्नेहरू हुनेछन्; त्यस्तै, विश्राममा प्रवेश गर्नेहरू सबै शैतानको प्रभावलाई तोडेर मुक्त भएका र परमेश्‍वरको शुद्धीकरणको अन्तिम कार्य भएर गुज्रिएपछि परमेश्‍वरद्वारा हासिल गरिएकाहरू हुनेछन्। अन्तमा परमेश्‍वरद्वारा हासिल गरिने यी मानव अन्तिम विश्राममा प्रवेश गर्नेछन्। परमेश्‍वरको सजाय र न्यायको कामको सारगत उद्देश्य मानवजातिलाई तिनीहरूको अन्तिम विश्रामको निम्ति शुद्धीकरण गर्नु हो; यस्तो शुद्धीकरणविना, कुनै पनि मानवजाति किसिम बमोजिमका फरक वर्गहरूमा वर्गीकरण गर्न वा विश्राममा प्रवेश गर्न सक्दैन। यो काम विश्राममा प्रवेश गर्ने मानवजातिको एक मात्र मार्ग हो। परमेश्‍वरको शुद्धीकरणको कार्यले मात्र मानवलाई उनीहरूको अधर्मबाट शुद्ध पार्नेछ, र उहाँको सजाय र न्यायको कार्यले मात्र मानवजातिका ती अनाज्ञाकारी तत्त्वहरूलाई ज्योतिमा ल्याउनेछ, त्यसैद्वारा मुक्त गर्न सकिनेलाई मुक्त गर्न नसकिनेबाट र टिक्नेहरूलाई नटिक्नेहरूबाट अलग गरिनेछ। जब यो काम समाप्‍त हुन्छ, तब ती टिक्न दिइएकाहरू सबैलाई शुद्ध पारिनेछ र तिनीहरू मानवजातिको अझ उच्च अवस्थामा प्रवेश गर्नेछन् जसमा तिनीहरूले पृथ्वीमा अझ आश्‍चर्यजनक दोस्रो मानव जीवनको आनन्द लिनेछन्; अर्को शब्दमा, तिनीहरूले मानव विश्रामको दिन सुरुवात गर्नेछन् र परमेश्‍वरसँगै रहनेछन्। त्यसपछि, ती टिक्न नदिइएकाहरूलाई सजाय दिइनेछ र न्याय गरिनेछ, तिनीहरूको साँचो रूप-रङ्ग पूर्ण रूपमा प्रकट गरिनेछ, त्यसपछि, तिनीहरू सबैलाई नष्ट पारिनेछ र शैतानलाई झैँ तिनीहरूलाई पनि पृथ्वीमा बाँच्न दिइनेछैन। भविष्यको मानवजातिमा यस्ता कुनै किसिमका मानिसहरू पर्नेछैनन्; यस्ता मानिसहरू चरम विश्रामको मुलुकमा प्रवेश गर्न योग्यका हुँदैनन्, न त तिनीहरू परमेश्‍वर र मानवजाति संलग्न हुने विश्रामको दिनमा नै सहभागी हुन योग्यका हुन्छन्, किनभने उनीहरू दण्डका निशानाहरू हुन् र दुष्ट र अधर्मी मानिसहरू हुन्। तिनीहरूलाई एक पटक छुटकारा गरिएको थियो, र तिनीहरूलाई सजाय दिइएको र न्याय गरिएको पनि छ; तिनीहरूले कुनै बेला परमेश्‍वरको सेवा पनि गरेका थिए। तैपनि, जब अन्तिम दिन आउँछ, तिनीहरूका दुष्टताको कारण साथै मुक्त गरिनलाई तिनीहरूको अनाज्ञाकारीता र असक्षमताको परिणामस्वरूप तिनीहरूलाई अझ पनि हटाइनेछ र नष्ट पारिनेछ; तिनीहरू भविष्यको संसारमा फेरि कहिल्यै पनि अस्तित्वमा आउनेछैनन्, र तिनीहरू यस उप्रान्त भविष्यको मानवजाति माझ जिउनेछैनन्। मानवजाति माझमा रहेका पवित्र भएकाहरू विश्राममा प्रवेश गरेपछि, दुष्कर्म गर्नेहरू र मुक्त नगरिएकाहरू मृतहरूका आत्माहरू हुन् वा अझै देहमा जीवितै रहेका मानिसहरूका आत्मा हुन्, तिनीहरू सबैलाई नष्ट पारिनेछन्। जहाँसम्म यी दुष्कर्म गर्ने आत्माहरू र मानव वा धर्मी मानिसहरूका आत्माहरू र धार्मिकता अभ्यास गर्नेहरूको सवाल छ, उनीहरू जुनै युगका भए तापनि, दुष्ट काम गर्नेहरू सबैलाई अन्त्यमा नष्ट पारिनेछ, र सबै धर्मीहरू बाँच्नेछन्। कुनै व्यक्ति वा आत्माले मुक्ति पाउने कुरालाई समग्र रूपमा अन्तिम युगको कामको आधारमा निर्णय गरिँदैन; बरु, तिनीहरू परमेश्‍वरप्रति अनाज्ञाकारी भएका थिए वा थिएनन्, तिनीहरूले उहाँको प्रतिरोध गरेका थिए वा थिएनन् भन्ने कुराद्वारा निर्धारण गरिन्छ। अघिल्लो युगमा दुष्ट काम गर्ने र मुक्ति पाउन नसक्ने मानिसहरू नै निस्सन्देह रूपमा दण्डको निशानामा पर्नेछन्, साथै हालको युगमा दुष्ट काम गर्नेहरू र मुक्त हुन नसक्नेहरू पनि निश्‍चय नै दण्डको निशानामा पर्नेछन्। मानवलाई तिनीहरू जिएका युगको आधारमा होइन, असल र खराबको आधारमा वर्गीकरण गरिनेछ। यसरी वर्गीकरण गरिसकेपछि, तिनीहरूलाई तुरुन्तै दण्ड दिइँदैन वा इनाम दिइँदैन; बरु, परमेश्‍वरले आखिरी दिनहरूमा उहाँको विजयको कार्यलाई अघि बढाइसक्‍नुभएपछि मात्र दुष्टलाई दण्ड दिने र असललाई इनाम दिने काम अघि बढाउनुहुनेछ। वास्तवमा, उहाँले मानवजातिको माझमा काम गर्न सुरु गर्नुभएदेखि नै तिनीहरूलाई असल र खराब गरी छुट्टाउँदै आउनुभएको छ। यति मात्र हो कि उहाँको काम समाप्‍त भएपछि मात्र उहाँले धर्मीलाई इनाम र दुष्टलाई दण्ड दिनुहुनेछ; उहाँको काम पूरा भएपछि उहाँले तिनीहरूलाई वर्ग-वर्गमा छुट्याउनुहुनेछ र तुरुन्तै दुष्टलाई दण्ड र असललाई इनाम दिनतिर लाग्‍नुहुनेछ भन्‍ने होइन। बरु, उहाँको काम पूर्ण रूपमा समाप्त भएपछि मात्रै यो काम पूरा हुनेछ। दुष्टलाई दण्ड दिने र असललाई इनाम दिने परमेश्‍वरको कामको समग्र उद्देश्य भनेको नै सबै मानवलाई पूर्ण रूपमा शुद्ध पार्नु हो, ताकि उहाँले अनन्त विश्राममा विशुद्ध रूपमा पवित्र मानवजातिलाई ल्याउन सक्नुभएको होस्। यस चरणको उहाँको काम सबैभन्दा महत्त्वपूर्ण छ; यो नै उहाँको समग्र व्यवस्थापन कार्यको अन्तिम चरण हो। यदि परमेश्‍वरले दुष्टलाई नष्ट पार्नुभएन, तर रहन दिनुभयो भने, सबै मानव विश्राममा प्रवेश गर्न अझै असमर्थ हुनेथियो, र सारा मानवजातिलाई अझ उत्तम राज्यमा ल्याउन परमेश्‍वर असक्षम हुनुहुने थियो। यस्तो काम पूर्ण हुँदैनथियो। जब उहाँको काम सिद्धिन्छ, तब सारा मानवजाति पूर्ण रूपमा पवित्र हुनेछ; यसरी मात्र परमेश्‍वर शान्तिपूर्वक विश्राममा बस्न सक्‍नुहुनेछ।

आजभोली मानिसहरू देहका कुराहरूलाई छोड्न असक्षम छन्; उनीहरू देह, संसार, पैसा, वा उनीहरूका भ्रष्ट स्वभावहरूको विलासलाई छोड्न सक्दैनन्। धेरै जसो मानिसहरूले उनीहरूका आफ्नै शौकहरू बेपरवाह किसिमले गरिहिँड्छन्। वास्तवमा, यी मानिसहरूले उनीहरूको हृदयहरूमा परमेश्‍वरलाई बिलकुलै राख्दैनन्; योभन्दा पनि नराम्रो कुरो त, उनीहरूले परमेश्‍वरको भय मान्दैनन्। उनीहरूको हृदयहरूमा परमेश्‍वर हुनुहुन्न, र त्यसैले परमेश्‍वरले गर्नुहुने सबै कुरा उनीहरूले बुझ्न सक्दैनन् र झनै उहाँले बोल्नुभएका कुराहरू बुझ्नु त परै जाओस्। यस्ता मानिसहरू अति शारीरिक हुन्; उनीहरू अति गहन रूपमा भ्रष्ट छन् र कुनै पनि सत्यताको कमी छ। यसको अलाबा, परमेश्‍वर देहधारी हुन सक्नुहुन्छ भन्ने उनीहरूले विश्‍वास गर्दैनन्। देहधारी परमेश्‍वरमा विश्‍वास नगर्ने जो कोही पनि—अर्थात् दृश्य परमेश्‍वरमा वा उहाँको काम र वचनहरूमा विश्‍वास नगर्ने, बरु स्वर्गमा हुनुहुने अदृश्य परमेश्‍वरको आराधना गर्ने जो कोही पनि व्यक्तिको हृदयमा परमेश्‍वर हुनुहुन्न। यस्ता मानिसहरू परमेश्‍वरप्रति विद्रोही र प्रतिरोधी हुन्छन्। उनीहरूमा मानवता र सुझबुझको कमी हुन्छ, सत्यताको त कुरै नगरौं। यसको अलाबा, यी मानिसहरूका निम्ति दृश्य र मूर्त परमेश्‍वर अझ धेरै विश्‍वास गर्न सकिँदैन, तैपनि उनीहरूले अदृश्य र अमूर्त परमेश्‍वर धेरै विश्‍वासयोग्य र प्रशन्नकारी भएको ठान्छन्। उनीहरूले खोजेका कुरा वास्तविक सत्यता होइन, न त यो जीवनको साँचो सार नै हो; परमेश्‍वरको इच्छाको कुरा त परै जाओस्। बरु, उनीहरूले उत्तेजना खोज्छन्। जुन-जुन कुराहरूले उनीहरूलाई उनीहरूको आफ्नै इच्छा पूरा गर्न सक्षम तुल्याउँछन्, निसन्देह नै, ती उनीहरूले विश्‍वास गर्ने कुरा र खोजी गर्ने कुरा हुन्। उनीहरूले सत्यता खोज्न होइन, उनीहरूको आफ्नै चाहनाहरूलाई तृप्‍त पार्न मात्र परमेश्‍वरमा विश्‍वास गर्छन्। के यस्ता मानिसहरू दुष्कर्म गर्नेहरू होइनन् र? उनीहरू अति नै आत्मविश्‍वासी हुन्छन्, र अनि स्वर्गमा हुनुहुने परमेश्‍वरले उनीहरू जस्ता “असल मानिसहरू” लाई नष्ट गर्नुहुनेछ भनी उनीहरूले विश्‍वास गर्दैनन्। सट्टामा, परमेश्‍वरले उनीहरूलाई रहन दिनुहुनेछ र, परमेश्‍वरको निम्ति धेरै थोकहरू गरेका र उहाँप्रति देखाएका ठूलो “बफादारीता” ले गर्दा उहाँले उनीहरूलाई राम्रो इनाम दिनुहुनेछ भन्ने उनीहरूले विश्‍वास गर्छन्। यदि उनीहरूले दृश्य परमेश्‍वरको खोजी गर्नु परेको थियो भने पनि, उनीहरूको चाहनाहरू पूरा नहुने बित्तिकै, उनीहरू तुरुन्तै परमेश्‍वरको विरुद्ध फर्केर आक्रमण गर्थे वा अत्यन्त क्रोधित हुन्थे। उनीहरू आफूलाई सदैव तिनीहरूका आफ्नै चाहनाहरू तृप्‍त पार्न खोज्ने घृणित मानिसहरू जस्तो देखाउँछन्; उनीहरू सत्यताको खोजी गर्ने कुरामा सत्यनिष्ठा मानिसहरू होइनन्। यस्ता मानिसहरू ख्रीष्टलाई पछ्याउने कथित दुष्टहरू हुन्। सत्यतालाई नखोज्ने ती मानिसहरूले सम्भवतः सत्यतामा विश्‍वास गर्न सक्दैनन् र अझै मानवजातिको भविष्यको परिणाम बुझ्न असक्षम हुन्छन्, किनभने उनीहरूले दृश्य परमेश्‍वरको कुनै काम वा वचनहरूलाई विश्‍वास गर्दैनन्—साथै यसमा मानवजातिको भविष्यको गन्तव्यमा विश्‍वास गर्न सक्षम नहुने कुरा पनि पर्छ। यसकारण, उनीहरूले दृश्य परमेश्‍वरलाई पछ्याए तापनि, उनीहरूले अझै दुष्ट काम गर्छन् र सत्यता बिलकुलै खोज्दैनन्, न त उनीहरूले मैले चाहेको सत्यता अभ्यास गर्छन्। उनीहरूलाई नष्ट गरिनेछ भनी विश्‍वास नगर्नेहरूलाई नै यसको विपरीत नष्ट पारिनेहरू उनीहरू नै हुनेछन्। उनीहरूले आफैलाई निकै चलाख छन् भन्ने विश्‍वास गर्छन् र उनीहरूले उनीहरू आफैलाई सत्यता अभ्यास गर्ने मानिसहरू ठान्छन्। उनीहरूले उनीहरूका दुष्ट व्यवहारलाई सत्य ठान्छन्, र यसैले यसलाई रुचाउँछन्। यस्ता दुष्ट मानिसहरू निकै आत्मविश्‍वासी हुन्छन्; उनीहरूले सत्यतालाई सिद्धान्तको रूपमा लिन्छन् र उनीहरूको दुष्ट कर्महरूलाई सत्यताको रूपमा लिन्छन्, तर अन्तमा, उनीहरूले जे छरेका छन् त्यही मात्र कटनी गर्छन्। मानिसहरू जति धेरै आत्मविश्‍वासी हुन्छ र जति धेरै उनीहरू जथाभाबी अहङ्कारी हुन्छन्, र उत्ति नै धेरै उनीहरू सत्यता हासिल गर्न असक्षम हुन्छन्; जति धेरै स्वर्गमा हुनुहुने परमेश्‍वरमा विश्‍वास गर्छन्, उत्ति नै धेरै परमेश्‍वरको प्रतिरोध गर्छन्। दण्ड दिइने मानिसहरू यिनीहरू नै हुन्। मानवजाति विश्राममा प्रवेश गर्न अघि, हरेक किसिमका व्यक्तिलाई दण्ड वा इनाम दिइन्छ भन्ने कुरा उनीहरूले सत्यता खोजेका छन् वा छैनन्, उनीहरूले परमेश्‍वरलाई चिन्छन् वा चिन्दैनन् र उनीहरू दृश्य परमेश्‍वरको अधीनमा बस्न सक्छन् वा सक्दैनन् भन्ने कुरा बमोजिम निर्धारण गरिनेछ। उनीहरू जसले दृश्य परमेश्‍वरको सेवा गरेका छन्, तैपनि न त उहाँलाई चिन्छन्, न उहाँको अधीनमा बस्छन्, उनीहरूमा सत्यताको कमी हुन्छ। यस्ता मानिसहरू दुष्कर्मीहरू हुन् र दुष्टकर्मीहरू दण्डको भागीदार हुनेछन्; यसको अलाबा, उनीहरू उनीहरूका दुष्ट व्यवहार बमोजिम दण्डित हुनेछन्। परमेश्‍वर मानवले विश्‍वास गरिनको निम्ति हुनुहुन्छ र उहाँ उनीहरूका आज्ञाकारीताको योग्य पनि हुनुहुन्छ। अस्पष्ट र अमूर्त परमेश्‍वरमा विश्‍वास राख्नेहरू परमेश्‍वरमा विश्‍वास नगर्ने मानिसहरू हुन् र परमेश्‍वरको अधीनमा बस्न असक्षम हुन्छन्। यदि यी मानिसहरूले अझै उहाँको विजयको कार्यको समय सिद्धिँदासम्म पनि दृश्य परमेश्‍वरमा विश्‍वास गर्न सफल भएनन् भने, देहमा हुनुहुने दृश्य परमेश्‍वरप्रति अनाज्ञाकारी भइरहे र प्रतिरोध गरिरहे भने, यी “अस्पष्टवादी” हरू, निश्‍चय नै, विनाशको पात्रहरू हुनेछन्। यो तिमीहरूकै माझमा रहेको कोहीहरू जस्तो हो—देहधारी परमेश्‍वरलाई मौखिक रूपमा चिन्ने, तैपनि देहधारी परमेश्‍वरको अधीनको सत्यता अभ्यास गर्न नसक्ने कोही पनि, ऊ अन्तमा निष्कासन र विनाशको पात्र हुनेछ। यसको अलाबा, अस्पष्ट र अदृश्य परमेश्‍वरको खोजी गरिरहँदा पनि, उहाँद्वारा व्यक्त गर्नुभएको सत्यतालाई खाँदै र पिउँदै, दृश्य परमेश्‍वरलाई मौखिक रूपमा चिन्ने कोही अवश्य नै विनाशको पात्र हुनेछ। परमेश्‍वरको काम पूरा भएपछि आउने विश्रामको समयसम्म यी मानिसहरूमध्ये कोही पनि रहन सक्नेछैनन्, न त यस्तै व्यक्तिहरू जस्तो एकल व्यक्ति नै विश्रामको त्यो समयमा रहन सक्छन्। शैतानी मानिसहरू उनीहरू नै हुन् जसले सत्यता अभ्यास गर्दैन; उनीहरूको सार नै परमेश्‍वरप्रतिको अनाज्ञाकारीता र प्रतिरोध मध्येको एक हो, र उनीहरूमा उहाँको अधीनमा बस्ने हल्का अभिप्राय पनि हुँदैन। यस्ता मानिसहरू सबैलाई नष्ट पारिनेछ। तँसँग सत्यता हुनु वा नहुनु र तैँले परमेश्‍वरको प्रतिरोध गर्नु वा नगर्नु सो तेरो सारमा निर्भर हुन्छ, तेरो रूप-रङ्गमा वा तैँले कहिलेकाहीँ कसरी बोल्छस् वा कस्तो व्यवहार गर्छस् सो कुरामा निर्भर हुँदैन। कसैलाई नष्ट पारिनेछ वा पारिनेछैन भन्ने कुरा उसको सारद्वारा निर्धारण गरिन्छ; यो उसको आचरण र उसको सत्यताको खोजीद्वारा प्रकट गरिने सारअनुसार निर्धारण गरिन्छ। एक अर्कामा उस्तै भएका उही काम गर्नेहरू र उही परिमाणको काम गर्नेहरू मानिसहरू माझ, मानव सारहरू असल भएकाहरू र सत्यता भएकाहरूलाई रहन दिइनेछन्, जबकि मानव सारहरू खराब भएका र दृश्य परमेश्‍वरको अवज्ञा गर्नेहरू विनाशका पात्रहरू हुनेछन्। मानवजातिको गन्तव्यसँग सम्बन्धित परमेश्‍वरको सबै काम र वचनहरूले नै हरेक व्यक्तिको सार बमोजिम उचित रूपमा निराकरण गर्नेछ; हल्का त्रुटि पनि हुनेछैन, र एउटा गल्ती पनि गरिनेछैन। मानिसहरूले काम गर्दा मात्र मानव संवेग वा आशय परस्पर संसर्गमा आउँछन्। परमेश्‍वरले गर्नुहुने काम नै सबैभन्दा उपयुक्त हुन्छ; उहाँले निश्‍चय नै कुनै पनि प्राणीको विरुद्ध झूटो दाबीहरू गर्नुहुन्न। हाल पनि मानवजातिको भावी गन्तव्यलाई नबुझ्ने र मैले भनेका कुराहरू विश्‍वास नगर्ने धेरै मानिसहरू छन्। ती विश्‍वास नगर्नेहरू, साथै सत्यता अभ्यास नगर्नेहरू सबै, भूतहरू हुन्!

हिजोआज, खोज्ने र नखोज्नेहरू पूर्ण रूपमा फरक दुई किसिमका मानिसहरू हुन्, जसका गन्तव्यहरू पनि बिलकुलै फरक छन्। सत्यताको ज्ञान खोजी गर्नेहरू र सत्यता अभ्यास गर्नेहरू नै उनीहरू हुन् जसकहाँ परमेश्‍वरले मुक्ति ल्याउनुहुनेछ। सत्य मार्ग थाहा नपाउनेहरू भूतहरू र वैरीहरू हुन्; उनीहरू प्रधान दूतका सन्तानहरू हुन् र विनाशका पात्रहरू हुनेछन्। अस्पष्ट परमेश्‍वरका धर्मी विश्‍वासीहरू पनि, के उनीहरूचाहिँ भूतहरू होइनन्? असल विवेक भएकाहरू, तर सत्य मार्ग स्वीकार नगर्ने मानिसहरू भूतहरू हुन्; उनीहरूका सार परमेश्‍वरको प्रतिरोध मध्येको एक हो। सत्य मार्ग स्वीकार नगर्नेहरू परमेश्‍वरको प्रतिरोध गर्नेहरू हुन् र यस्ता मानिसहरूले धेरै कठिनाइहरू सहे पनि, उनीहरूलाई अझ पनि नष्ट पारिनेछ। उनीहरू जो संसारलाई त्याग्न अनिच्छुक हुन्छन्, जो उनीहरूका बाबुआमासँग अलग हुन सक्दैनन्, र जसले आफ्नै देहका सुख-विलासहरूबाट आफैलाई मुक्त गर्न रुचाउँदैनन् उनीहरू परमेश्‍वरप्रति अनाज्ञाकारी हुन्छन्, र सबै विनाशका पात्रहरू हुनेछन्। देहधारी परमेश्‍वरमा विश्‍वास नगर्नेहरू भूतहरू हुन्, र, यसको अलाबा, उनीहरूलाई नष्ट गरिनेछन्। विश्‍वास भएका तर सत्यता अभ्यास नगर्नेहरू, देहधारी परमेश्‍वरमा विश्‍वास नगर्नेहरू र परमेश्‍वरको अस्तित्वमा बिलकुलै विश्‍वास नगर्नेहरू पनि विनाशका पात्रहरू हुनेछन्। रहन दिइनेहरू सबै शोधनको कष्टहरू भएर गुज्रेका र दृढ खडा रहेकाहरू हुन्; यी साँचो रूपमा परीक्षाहरूलाई सहेका मानिसहरू हुन्। परमेश्‍वरलाई नचिन्ने जो कोही पनि शत्रु हो; अर्थात्, देहधारी परमेश्‍वरलाई नचिन्ने—चाहे उनीहरू यस प्रवाहभित्रका होऊन् वा यस प्रवाह बाहिरका होऊन्—ऊ ख्रीष्ट-विरोधी हो! यदि परमेश्‍वरमा विश्‍वास नगर्ने प्रतिरोधीहरू होइनन् भने शैतान को हो, भूतहरू को हुन्, र परमेश्‍वरका शत्रुहरू को हुन्? के उनीहरू परमेश्‍वरप्रति अनाज्ञाकारी मानिसहरू नै होइनन् र? के उनीहरू नै ती होइनन् जसले विश्‍वास भएको दाबी गर्छन्, तैपनि सत्यताको कमी हुन्छ? के उनीहरू परमेश्‍वरको निम्ति गवाही दिन असक्षम हुँदा पनि आशिष्‌हरू मात्र प्राप्‍त गर्न खोज्नेहरू होइनन् र? आज तैँले अझै ती भूतहरूसँग घुलमेल गर्छस् र उनीहरूप्रति सम्मान र प्रेम बहन गर्छस्, तर यस्तो अवस्थामा, के तैँले शैतानप्रति शुभेच्छा बढाइरहेको छैन र? के तैँले भूतहरूसँग साँठगाँठ गरिरहेको छैनस् र? यदि यी दिनहरूका मानिसहरू अझै असल र खराब बीच भिन्नता छुट्याउन असक्षम छन् भने, र परमेश्‍वरको इच्छाको खोजी गर्ने कुनै इरादाविना नै अन्धाधुन्ध प्रेमिलो र कृपालु भइरहन्छन्‌ भने वा कुनै पनि किसिमले परमेश्‍वरको इच्छाहरूलाई उनीहरूको आफ्नै झैँ गरी प्रश्रय दिन सक्षम हुन्छन् भने, उनीहरूको अन्त झनै दयनीय हुनेछ। देहमा हुनुभएको परमेश्‍वरलाई विश्‍वास नगर्ने जो कोही पनि परमेश्‍वरको शत्रु हो। यदि तैँले शत्रुप्रति सम्मान र प्रेम बहन गर्न सक्छस् भने, के तँमा धार्मिकताको भावको कमी छैन र? यदि तँ मैले जे घृणा गर्छु र म जेसँग असहमत हुन्छु, र त्यसैसँग अनुकूल हुन्छस् र उनीहरूप्रति अझै प्रेम वा व्यक्तिगत भावनाहरू बहन गर्छस् भने, तब के तँ अनाज्ञाकारी होइनस् र? के तैँले जानी-जानी परमेश्‍वरको प्रतिरोध गरिरहेका छैनस् र? के यस्तो मानिससित सत्यता हुन्छ? यदि मानिसहरूले शत्रुप्रति सम्मान राख्छन्, भूतहरूलाई प्रेम गर्छन् र शैतानलाई कृपा गर्छन् भने, तब के उनीहरूले परमेश्‍वरको कामलाई जानी-जानी तोडिरहेका हुँदैनन् र? ती मानिसहरू जसले येशूमा मात्र विश्‍वास गर्छन् र अन्तको दिनहरूको देहधारी परमेश्‍वरमा विश्‍वास गर्दैनन्, साथै उनीहरू जसले मौखिक रूपमा देहधारी परमेश्‍वरमा विश्‍वास गर्ने दाबी गर्छन् तर दुष्ट काम गर्छन्, उनीहरू सबै ख्रीष्ट—विरोधीहरू हुन्, परमेश्‍वरमा विश्‍वास नगर्नेहरूको त कुरै नगरौं। यी सबै मानिसहरू विनाशका पात्रहरू हुनेछन्। मानवले अरू मानवको न्याय गर्ने मापदण्ड उनीहरूको आचरणमा आधारित हुन्छ; जसको आचरण असल छ उनीहरू धर्मीहरू हुन्, जबकि जसको आचरण घृणास्पद छ उनीहरू दुष्टहरू हुन्। परमेश्‍वरले मानवको न्याय गर्नुहुने मापदण्डचाँहि उनीहरूको सार उहाँको अधीनमा छ वा छैन भन्ने कुरामा आधारित हुन्छ; परमेश्‍वरको अधीनमा रहने व्यक्ति धर्मी व्यक्ति हो, जबकि अधीनमा नरहने व्यक्ति शत्रु र दुष्ट व्यक्ति हो चाहे त्यो व्यक्तिको आचरण असल होस् वा खराब, र चाहे उनीहरूको बोलीवचन ठीक होस् वा बेठीक। केही मानिसहरूले भविष्यमा असल गन्तव्य हासिल गर्न असल कामहरू प्रयोग गर्ने इच्छा गर्छन्, र केही मानिसहरूले असल गन्तव्य हासिल गर्न शिष्ट शब्दहरू प्रयोग गर्ने इच्छा गर्छन्। परमेश्‍वरले मानिसहरूको परिणामहरू उनीहरूको आचरण हेरेर वा उनीहरूको बोलीवचन सुनेर निर्धारण गर्नुहुन्छ भनी हरेक व्यक्तिले गलत रूपमा विश्‍वास गर्छ; यसकारण, धेरै मानिसहरूले उनीहरूलाई क्षणिक कृपा गर्न परमेश्‍वरलाई छल्न यसको लाभ उठाउने इच्छा गर्छन्। भविष्यमा, विश्रामको अवस्थामा बाँच्ने मानिसहरू सबैले संकष्टको दिन सहेका हुनेछन् र परमेश्‍वरको निम्ति गवाही दिएका पनि हुनेछन्; उनीहरू सबै उनीहरूका कर्तव्यहरू पूरा गरेका र जानी-जानी परमेश्‍वरको अधीनमा रहेका मानिसहरू हुनेछन्। सत्यताको अभ्यास गर्नबाट दूर हुने इरादाले सेवा गर्ने अवसरलाई मात्र प्रयोग गर्ने इच्छा गर्नेहरूलाई रहन दिइनेछैन। हरेक व्यक्तिको परिणामको व्यवस्थापनको निम्ति परमेश्‍वरसँग उपयुक्त मापदण्डहरू छ; उहाँले यी निर्णयहरू कसैको बोलीवचन वा आचरण बमोजिम मात्र गर्नुहुन्न, न त कुनै व्यक्ति कुनै कालखण्डमा कस्तो काम गर्छ भन्ने कुराको आधारमा नै यी निर्णयहरू गर्नुहुन्छ। उहाँ निश्‍चय नै पनि उहाँको निम्ति विगतमा गरिएको सेवाको खातिर कसैको दुष्ट आचरणप्रति उदार हुनुहुनेछैन, न त कसैले कुनै एक समयमा परमेश्‍वरको निम्ति गरेको लगानीको कारण नै कसैलाई मृत्युबाट बचाउनुहुनेछ। उनीहरूको दुष्टताको प्रतिफललाई कसैले छल्न सक्दैन, र कसैले उनीहरूको दुष्ट आचरण ढाक्न सक्दैन, र त्यसरी विनाशको यातनाहरू छल्न सक्दैन। यदि मानिसहरूले उनीहरूको आफ्नै कर्तव्य साँचो रूपमा पूरा गर्न सक्छन् भने, यसको आशयचाँहि, उनीहरू परमेश्‍वरप्रति अनन्त रूपमा नै विश्‍वासयोग्य छन् र उनीहरूले इनाम खोजिरहेका छैनन्‌ भन्ने हुन्छ, चाहे उनीहरूले आशिष्‌हरू प्राप्‍त गरून् वा नगरून्, विपत्ति भोगून् वा नभोगून्। यदि मानिसहरूले आशिष्‌हरू देख्दा, उनीहरू परमेश्‍वरप्रति विश्‍वासयोग्य हुन्छन्, तर उनीहरूले आशिष्‌हरू देख्न नसक्दाचाहिँ उनीहरूको विश्‍वासयोग्यता गुमाउँछन् भने, र, अन्तमा, यदि उनीहरू परमेश्‍वरको निम्ति गवाही दिन सक्षम हुँदैनन् वा उनीहरूमाथि नैतिक रूपमा बाध्यकारी भएका कर्तव्यहरू पूरा गर्न असक्षम हुन्छन् भने, तब उनीहरूले पहिले कुनै समयमा परमेश्‍वरप्रति विश्‍वासयोग्य सेवा गरेकै भए तापनि, उनीहरू अझै पनि विनाशको पात्रहरू हुनेछन्। सारांशमा, दुष्ट मानिसहरू अन्तमा बाँच्न सक्दैनन्, न त उनीहरू विश्राममा नै प्रवेश गर्न सक्छन्; धर्मीहरू मात्र विश्रामका अधिपतिहरू हुन्। मानवजाति एक पटक सही मार्गमा आएपछि, मानिसहरूको सामान्य जीवनहरू हुनेछन्। उनीहरूले आ-आफ्ना कर्तव्यहरू पुरा गर्नेछन् र परमेश्‍वरप्रति पूर्ण रूपमा विश्‍वासयोग्य हुनेछन्। उनीहरूले उनीहरूका अनाज्ञाकारीता र उनीहरूका भ्रष्ट स्वभावहरूलाई पूर्ण रूपमा छोड्नेछन्, र उनीहरू दुवै अनाज्ञाकारीता रहित र प्रतिरोधरहित भएर परमेश्‍वरको निम्ति र परमेश्‍वरको कारणले जिउनेछन्। उनीहरू सबै पूर्ण रूपमा परमेश्‍वरको अधीनमा रहन सक्षम हुनेछन्। परमेश्‍वर र मानवजातिको जीवन यस्तो हुनेछ; यो राज्यको जीवन हुनेछ र यो विश्रामको जीवन हुनेछ।

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्