मानिसको सामान्य जीवन पुनर्स्थापना गर्नु र उसलाई सुन्दर गन्तव्यमा लिएर जानु (भाग एक)

मानिसले आजको काम र भविष्यको कामबारे थोरै जान्दछ तर उसले त्यो गन्तव्य बुझ्दैन जसमा मानवजाति प्रवेश गर्नेछ। एक सृष्टि भएको हैसियतले, मानिसले प्राणीको कर्तव्य पालना गर्नुपर्दछ: परमेश्‍वरले जे गर्नुहुन्छ, उसले त्यसैमा उहाँलाई पछ्याउनुपर्छ। मैले तिमीहरूलाई बताउने जुनसुकै मार्गमा तिमीहरू अगाडि बढ्नुपर्छ। आफ्नै निम्ति प्रबन्ध गर्ने तेरो कुनै उपाय छैन अनि आफैमाथि तेरो कुनै प्रभुत्व छैन; सबै परमेश्‍वरको बन्दोबस्तमा समर्पित हुनुपर्छ, अनि हरेक कुरा उहाँकै हातमा छ। यदि परमेश्‍वरको कामले मानिसलाई समय अगावै एउटा समाप्ति, उद्देश्य वा एउटा सुन्दर गन्तव्य प्रदान गऱ्यो र यदि परमेश्‍वरले मानिसलाई प्रलोभनमा पार्न र उहाँलाई पछ्याउने तुल्याउन यसलाई प्रयोग गर्नुभयो—यदि उहाँले मानिससित सौदा गर्नुभयो भने—यो जित हुने थिएन, न त यो मानिसको जीवनको निम्ति काम हुने थियो। यदि परमेश्‍वरले मानिसलाई नियन्त्रण गर्न अनि उसको हृदयलाई जित्न उसको गन्तव्य प्रयोग गर्नुहुने हो भने, यसमा उहाँले मानिसलाई सिद्ध बनाइरहनुभएको हुने थिएन, न त उहाँले मानिसलाई हासिल गर्न नै सक्नुहुनेथियो तर त्यसको साटो उहाँले उसलाई नियन्त्रण गर्न उसको गन्तव्यलाई प्रयोग गरिरहनुभएको हुनेथियो। मानिसले आफ्नो भावी उद्देश्य, अन्तिम गन्तव्य अनि आशा गर्नको निम्ति कुनै असल कुरा छ वा छैन भन्‍ने कुराभन्दा अरू कुनै कुरालाई वास्ता गर्दैन। यदि मानिसलाई जितको कामको अवधिमा एउटा सुन्दर आशा दिइयो र यदि मानिसलाई जित्नुभन्दा पहिले, पछ्याउनको निम्ति उसलाई एउटा उचित गन्तव्य दिइयो भने, उसको जितले यसको असरलाई हासिल नगर्ने मात्र होइन तर जितको कामको असर पनि प्रभावित हुनेछ। यसको अर्थ, मानिसको भाग्य र उसको भावी अपेक्षालाई हटाएर अनि मानिसको विद्रोही स्वभावलाई न्याय गरेर र त्यसलाई ताडना दिएर मात्रै जितको कामले यसको असरलाई हासिल गर्नसक्छ। यो मानिससित सौदा गरेर अर्थात् उसलाई आशिष् तथा अनुग्रह दिएर होइन तर यसको साटोमा उसलाई “स्वतन्त्रता”-बाट वञ्चित गरेर अनि उसको भावी अपेक्षालाई मेटाएर यसद्वारा उसको वफादारीतालाई प्रकट गरेर हासिल गर्न सकिन्छ। जितको कामको सार यही नै हो। यदि मानिसलाई सुरुमै सुन्दर आशा दिइयो अनि सजाय र न्यायको काम पछि मात्र गरियो भने, मानिसले यो सजाय र न्यायको कामलाई उसको भविष्यमा रहेको अपेक्षाको आधारमा स्वीकार गर्नेथियो र अन्त्यमा सृष्टिकर्ताले आफ्ना सृष्टिहरूबाट पाउनुपर्ने निःशर्त आज्ञाकारीता र आराधना हासिल गर्न सक्नुहुनेथिएन; केवल अन्धो, अनजान आज्ञाकारीता मात्र हुनेथियो, अन्यथा मानिसले परमेश्‍वरबाट अन्धाधुन्ध मागहरू गर्नेथियो अनि मानिसको हृदय जित्ने कुरा असम्भव हुनेथियो। परिणामस्वरूप, मानिसलाई प्राप्त गर्ने त्यस्तो जितको काम अथवा परमेश्‍वरको गवाही हुने काम असम्भव हुने थियो। त्यस्ता सृष्टिहरू आफ्नो कर्तव्य पालना गर्न असक्षम हुनेथिए अनि तिनीहरूले परमेश्‍वरसित मोलतोल मात्र गर्नेथिए; यो जित हुने थिएन तर कृपा र आशिष् मात्रै हुनेथियो। मानिसको सबैभन्दा ठूलो समस्या भनेको उसले आफ्नो भाग्य र भावी अपेक्षाबाहेक अरू केही सोच्दैन र यिनै कुराहरूलाई मूर्ति बनाउँछ। मानिसले आफ्नो भाग्य र भावी अपेक्षाको खातिर परमेश्‍वरलाई पछ्याउँदछ; परमेश्‍वरप्रतिको उसको प्रेमको कारणले उसले परमेश्‍वरलाई आराधना गर्दैन। अनि यसैले मानिसको जितमा स्वार्थ, लोभ अनि परमेश्‍वरको आराधना गर्न उसलाई बाधा दिने सबै कुराहरूको निराकरण गरिनुपर्छ र त्यसलाई मेटाइनुपर्छ। त्यसो गरेर मानिसको जितका असरहरूलाई हासिल गरिनेछन्। यसको फलस्वरूप, मानिसको जितका प्रथम चरणहरूमा मानिसका जङ्गली लक्ष्यहरू तथा अत्यन्त घातक कमजोरीहरूलाई शुद्ध गर्नु र यसद्वारा परमेश्‍वरप्रति मानिसको प्रेम प्रकट गर्नु अनि मानव जीवनबारे उसको ज्ञान, परमेश्‍वरबारे उसको दृष्टिकोण र उसको अस्तित्वको अर्थलाई परिवर्तन गर्नु आवश्यक छ। यसप्रकारले परमेश्‍वरप्रति मानिसको प्रेमलाई शुद्ध गरिन्छ, अर्को शब्दमा, मानिसको हृदय जितिन्छ। तर सारा सृष्टिप्रति परमेश्‍वरको आचरणमा, परमेश्‍वरले जित्नकै खातिर जित्नुहुन्न; बरु मानिसलाई हासिल गर्नको निम्ति, आफ्नै महिमाको खातिर अनि मानिसको सबैभन्दा सुरुको मूल प्रतिरूपलाई पुनर्स्थापना गर्नको निम्ति उहाँले जित्नुहुन्छ। यदि जित्नकै खातिर मात्रै उहाँले जित्नु हुनेथियो भने, जितको कामको महत्त्व हराउनेथियो। भनाइको अर्थ, यदि मानिसलाई जितिसकेपछि परमेश्‍वर मानिसप्रति उत्तरदायी हुन छोड्नुभयो र मानिसको जीवन र मरणलाई नै बेवास्ता गर्नुभयो भने, यो मानवजातिको व्यवस्थापन हुने थिएन, न त मानिसको जित उसको मुक्तिको खातिर नै हुनेथियो। केवल मानिसको जितपछि र अन्त्यमा सुन्दर गन्तव्यमा ऊ आइपुगेपछि मानिसलाई हासिल गर्नु मुक्तिको सबै कामको केन्द्रविन्दु हो र यसले मात्रै मानिसको मुक्तिको लक्ष्यलाई हासिल गर्न सक्दछ। अर्को शब्दमा, मानिस सुन्दर गन्तव्यमा आइपुग्नु र विश्राममा प्रवेश गर्नु हरेक सृष्टिले प्राप्त गर्नुपर्ने भावी अपेक्षाहरू र सृष्टिकर्ताद्वारा गरिनुपर्ने काम हुन्। यदि मानिसले यो काम गर्नुथियो भने, यो अति नै सीमित हुनेथियो: यसले मानिसलाई एउटा निश्चित बिन्दुमा लानेथियो तर यसले मानिसलाई अनन्त गन्तव्यमा ल्याउन सक्नेथिएन। मानिसले मानिसको नियति निर्धारण गर्न सक्दैन, यसबाहेक, न त उसले मानिसको भावी अपेक्षा र भावी गन्तव्यलाई सुरक्षित गर्न सक्छ। तथापि, परमेश्‍वरद्वारा गरिने काम फरक हुन्छ। परमेश्‍वरले मानिसलाई सृष्टि गर्नुभएको कारण, उहाँले उसलाई डोऱ्याउनुहुन्छ, उहाँले मानिसलाई मुक्ति दिनुहुने कारणले उहाँले उसलाई पूरै मुक्ति दिनुहुनेछ र उसलाई पूर्ण रूपले प्राप्त गर्नुहुनेछ उहाँले मानिसलाई अगुवाइ गर्नुहुने हुनाले, उहाँले उसलाई उचित गन्तव्यमा ल्याउनुहुनेछ; अनि उहाँले मानिसलाई सृष्टि गर्नुभएको र व्यवस्थित गर्नुभएको कारण उहाँले मानिसको भाग्य तथा भावी अपेक्षाको जिम्मेवारी पनि लिनुपर्छ। सृष्टिकर्ताद्वारा गरिने काम यही नै हो। जितको काम मानिसको भावी अपेक्षालाई शुद्ध गरेर हासिल गरिने भए तापनि, मानिसलाई अन्ततः उसको निम्ति परमेश्‍वरले तयार गर्नुभएको उचित गन्तव्यमा ल्याइनु नै पर्छ। परमेश्‍वरले मानिसको निम्ति काम गर्नुहुने भएकोले नै मानिससित एउटा गन्तव्य हुन्छ र उसको भाग्य सुनिश्चित हुन्छ। यहाँ उल्लेख भएको उचित गन्तव्य भन्नाले विगतका समयहरूमा शुद्ध गरिएका मानिसको आशा र भावी अपेक्षा होइन, ती दुई फरक छन्। ती कुराहरू जसको लागि मानिसले आशा गर्दछ र पछ्याउँछ, ती उसको देहका अत्याधिक लालसाहरूको अनुसरणबाट उत्पन्न भएका तृष्‍णाहरू हुन्, मानिसले पाउनुपर्ने गन्तव्य होइन। यसैबीच परमेश्‍वरले मानिसको निम्ति जे तयार गर्नुभएको छ, ती उसलाई शुद्ध पारिएपछि मानिसले पाउनुपर्ने आशिषहरू तथा प्रतिज्ञाहरू हुन् जुन परमेश्‍वरले संसार सृष्टि गरिसक्नुभएपछि मानिसको निम्ति तयार गर्नुभयो, जुन मानिसका छनौटहरू, धारणाहरू, कल्पनाहरू अथवा देहद्वारा कलङ्कित हुँदैनन्। यो गन्तव्य एउटा विशेष व्यक्तिको निम्ति तयार गरिएको होइन तर सम्पूर्ण मानवजातिको विश्रामको स्थान हो। अनि यसरी यो गन्तव्य मानवजातिको निम्ति सबैभन्दा उचित गन्तव्य हो।

सृष्टिकर्ताले सृष्टिका सबै प्राणीहरूको प्रबन्ध मिलाउने इच्छा गर्नुहुन्छ। उहाँले गर्ने कुनै कुरालाई तैँले परित्याग गर्नु वा अवज्ञा गर्नुहुँदैन, न त तँ उहाँप्रति विद्रोही नै बन्‍नु हुन्छ। जब उहाँले गर्नुहुने कामले अन्ततः उहाँका उद्देश्यहरू हासिल गर्दछ, यसमा उहाँले महिमा प्राप्त गर्नुहुन्छ। आज किन तँलाई मोआबको सन्तान होस् वा ठूलो रातो अजिङ्गरको सन्तान होस् भनी भनिएको छैन? किन चुनिएका मानिसहरूबारे कुनै कुराकानी छैन, केवल सृष्टि भएका प्राणीहरूको मात्र कुराकानी हुन्छ? सृष्टि गरिएको प्राणी—यो नै मानिसको सुरुको पदवी नाम थियो र यो नै उसको जन्मसिद्ध परिचय हो। नामहरू हेरफेर हुन्छन् किनभने युगहरू र कामका अवधिहरू हेरफेर हुन्छन्; वास्तवमा, मानिस एउटा साधारण सृष्टि हो। सबै सृष्टिहरू चाहे ती अत्यन्त भ्रष्ट होऊन् वा अत्यन्त पवित्र होऊन्, तिनीहरूले सृष्टि गरिएको प्राणी भएको हैसियतले आफ्नो कर्तव्य पालना गर्नुपर्छ। जब परमेश्‍वरले जितको काम गर्नुहुन्छ, उहाँले तेरो भावी अपेक्षा, भाग्य वा गन्तव्यलाई प्रयोग गरेर तँलाई नियन्त्रण गर्नुहुन्न। वास्तवमा, यसप्रकारले काम गर्नुपर्ने कुनै खाँचो छैन। जितको कामको लक्ष्य मानिसलाई सृष्टि गरिएको प्राणीको रूपमा आफ्नो काम गर्न लगाउनु, उसलाई सृष्टिकर्ताको आराधना गर्न लगाउनु हो; केवल यसपछि मात्रै उसले सुन्दर गन्तव्यमा प्रवेश गर्न सक्छ। मानिसको भाग्य परमेश्‍वरका हातहरूद्वारा नियन्त्रित हुन्छ। तैँले आफैलाई नियन्त्रण गर्न सक्दैनस्: मानिसले सधैँ आफ्नै खातिर भागदौड गरे तापनि र व्यस्त रहे तापनि उसले आफूलाई नियन्त्रण गर्न सक्दैन। यदि तैँले आफ्नै भविष्य जान्न सक्थिस् भने, यदि तैँले आफ्नै भविष्यलाई नियन्त्रण गर्न सक्थिस् भने, के तँ अझै सृष्टि गरिएको प्राणी नै हुनेथिइस् र? सङ्क्षेपमा, परमेश्‍वरले जसरी काम गर्नुभए तापनि, उहाँको सबै काम मानिसको निम्ति हो। उदाहरणको निम्ति, आकाश तथा पृथ्वी र उहाँले सृष्टि गर्नुभएका सबै कुराहरू मानिसको सेवा गर्नकै निम्ति हुन्: उहाँले मानिसको निम्ति बनाउनुभएको चन्द्र, सूर्य अनि ताराहरू, जनावरहरू र वनस्पति, वसन्त ऋतु, वर्षा ऋतु, शरद ऋतु तथा शिशिर इत्यादि—सबै मानिसको खातिर नै बनाइएका हुन्। त्यसैले परमेश्‍वरले मानिसलाई जसरी सजाय दिनुभए तापनि, न्याय गर्नुभए तापनि, यो सबै मानिसको मुक्तिको निम्ति हो। उहाँले मानिसलाई उसका शारीरिक आशाहरूबाट बञ्चित गर्नुहुने भए तापनि यो उसको शुद्धीकरणको निम्ति हो र मानिसको शुद्धीकरण ऊ बाँच्न सकोस् भन्‍ने हेतुले गरिन्छ। मानिसको गन्तव्य सृष्टिकर्ताको हातमा छ, त्यसैले कसरी मानिसले आफूलाई नियन्त्रण गर्न सक्थ्यो र?

जितको काम पूरा भएपछि, मानिसलाई एउटा सुन्दर देशमा ल्याइनेछ। यो जीवन अवश्य अझै यही पृथ्वीमा नै हुनेछ तर आजको मानिसको जीवनभन्दा पूरै विपरीत हुनेछ। यो जीवन सम्पूर्ण मानवजातिलाई जितिएपछि मानवजातिले पाउने जीवन हुनेछ, यो यस पृथ्वीमा मानिसको निम्ति एउटा नयाँ सुरुवात हुनेछ अनि मानिसको निम्ति यस्तो जीवन पाउनु मानवजाति एउटा नयाँ र सुन्दर राज्यभित्र प्रवेश गरेको छ भन्‍ने कुराको प्रमाण हुनेछ। यो पृथ्वीमा मानिस अनि परमेश्‍वरको जीवनको सुरुवात हुनेछ। यस्तो सुन्दर जीवनको आधार पक्कै पनि मानिस शुद्ध गरिएपछि र जितिएपछि, उसले आफूलाई सृष्टिकर्ताको सामु समर्पित गर्छ भन्‍ने हुनुपर्छ। यसैले जितको काम भनेको मानवजाति सुन्दर गन्तव्यमा प्रवेश गर्नुअघिको परमेश्‍वरको कामको अन्तिम चरण हो। त्यस्तो जीवन नै भविष्यमा मानिसले पाउने पृथ्वीको जीवन हो, अत्यन्तै सुन्दर जीवन, मानिसले तृष्णा गर्ने जीवन, संसारको इतिहासमा यसभन्दा पहिले मानिसले कहिल्यै हासिल नगरेको जीवन। ६,००० वर्षे व्यवस्थापन कार्यको अन्तिम परिणाम यही नै हो। मानिसले सबैभन्दा बढी तृष्णा गर्ने कुरा यही हो अनि मानिसको निम्ति परमेश्‍वरको प्रतिज्ञा पनि यही नै हो। तर, यस्तो प्रतिज्ञा तुरुन्तै पूरा हुन सक्दैन: मानिस तब भावी गन्तव्यभित्र प्रवेश गर्नेछ जब आखिरी दिनहरूको काम पूरा भएको हुन्छ र उसलाई पूर्णरूपमा जितिएको हुन्छ अर्थात् शैतान पनि पूर्ण रूपले पराजित भएको हुन्छ। मानिस शोधन गरिसकिएपछि ऊ पापपूर्ण स्वभावरहित हुन्छ किनकि परमेश्‍वरले शैतानलाई पराजित गरिसक्नुभएको हुनेछ, यसको अर्थ त्यहाँ कुनै विरोधी शक्तिहरूको अतिक्रमण हुनेछैन अनि मानिसको देहलाई आक्रमण गर्ने कुनै विरोधी शक्तिहरू हुनेछैन। यसैले मानिस स्वतन्त्र र पवित्र हुनेछ—उसले अनन्ततामा प्रवेश गरिसकेको हुनेछ। अन्धकारका विरोधी शक्तिहरूलाई बन्धनमा राखिसकिएपछि मात्रै मानिस जतासुकै गए तापनि स्वतन्त्र हुन्छ अनि ऊ विद्रोहीपन वा विरोधरहित हुनेछ। शैतानलाई बन्धनभित्र राखिनुपर्छ र मानिसका सबै कुरा ठीक-ठाक हुनेछ; शैतानले अझै पृथ्वीमा सबै ठाउँमा समस्या उत्पन्न गर्ने भएकोले र परमेश्‍वरको व्यवस्थापन यसको लक्ष्यमा पुग्न बाँकी रहेकोले हालको स्थिति अस्तित्वमा रहेको हो। शैतानलाई पराजित गरिएपछि मानिस पूर्ण रूपले स्वतन्त्र हुनेछ; जब मानिसले परमेश्‍वरलाई प्राप्त गर्छ र शैतानको अधिकार-क्षेत्रबाट बाहिर आउँछ, उसले धार्मिकताको सूर्यलाई हेर्नेछ। सामान्य मानिसले पाउनुपर्ने जीवन पुनर्स्थापित हुनेछ; सामान्य मानिसले अधिकार गर्नुपर्ने सबै कुराहरू—जस्तै असल र खराब छुट्याउन सक्ने क्षमता, आफूले कसरी खानुपर्छ र पहिरिनुपर्छ भन्‍ने समझ र सामान्य प्रकारले जिउने क्षमता—यी सबै कुरालाई पुनर्प्राप्ति गरिनेछ। यदि हव्वा सर्पद्वारा परीक्षित नभएको भए सुरुमा मानिस सृष्टि गरिएपछि ऊसित यस प्रकारको जीवन हुनेथियो। उसले खानेथियो, पहिरिनेथियो र पृथ्वीमै सामान्य जीवन जिउनेथियो। मानिस भ्रष्ट भइसकेपछि यो जीवन एउटा अप्राप्य भ्रम भयो र आज पनि मानिसले त्यस्ता कुराहरूको कल्पना गर्ने साहस गर्न सक्दैन। वास्तवमा, मानिसले तृष्णा गरेको यो सुन्दर जीवन एउटा आवश्यकता हो। यदि मानिस त्यस्तो गन्तव्यरहित भएको भए, पृथ्वीमा उसको भ्रष्ट जीवन कहिल्यै टुङ्गिदैन थियो अनि यदि यस्तो सुन्दर जीवन नभएको भए, शैतानको भाग्य वा यस युग जसमा शैतानको पृथ्वीमाथि शक्ति छ, त्यसको अन्त्य हुँदैनथियो। मानिस अन्धकारका शक्तिहरू पुग्न नसक्ने राज्यभित्र आउनुपर्छ र जब मानिस त्यहाँ आइपुग्छ, शैतान पराजित भइसकेको छ भन्‍ने कुरा यसले प्रमाणित गर्नेछ। यस प्रकारले जब शैतानको कुनै बाधा हुँदैन तब परमेश्‍वर स्वयमले मानवजातिलाई नियन्त्रण गर्नुहुनेछ र उहाँले मानिसको सम्पूर्ण जीवनमाथि हुकुम चलाउनुहुनेछ र नियन्त्रण गर्नुहुनेछ; तब मात्र शैतान साँचो रूपमा हारेको हुनेछ। मानिसको जीवन आज मुख्यतया एउटा अशुद्धताको जीवन हो; यो अझै पनि कष्ट र पीडाको जीवन हो। यसलाई शैतानको पराजय भन्न सकिँदैन; मानिस अझै पनि कष्टको सागरदेखि उम्‍कन बाँकी नै छ, मानिसको जीवनभरिको कठिनाइदेखि वा शैतानको प्रभावदेखि उम्कन बाँकी नै छ र ऊसित अझै परमेश्‍वरको अति सूक्ष्म ज्ञान मात्रै छ। मानिसको सबै कठिनाइ शैतानद्वारा सृष्टि गरिएको थियो; मानिसको जीवनभरि पीडा ल्याउने शैतान नै थियो र शैतानलाई बन्धनमा राखिएपछि मात्रै मानिस कष्टको सागरदेखि पूर्ण रूपले उम्कनेछ। तापनि, शैतानको बन्धन मानिसलाई र उसको हृदयलाई जितिसकेपछि अनि मानिसलाई शैतानसितको युद्धमा लुटको माल बनाइसकेपछि मात्रै हासिल गरिन्छ।

आज विजेता हुने र सिद्ध बनाइने मानिसको खोजी यस पृथ्वीमा उसले सामान्य मानव जीवन पाउनुभन्दा अघि उसले खोजी गर्ने कुराहरू हुन् र शैतानलाई बन्धनमा राखिनुअघि उसले पछ्याउने उद्देश्यहरू तिनै हुन्। सारमा, विजेता हुने र सिद्ध बनाइने वा ठूलो प्रयोगमा आउने सम्‍बन्धी मानिसको खोजी शैतानको प्रभावदेखि उम्किनका निम्ति हो: मानिसको खोजी भनेको विजेता बन्नु हो तर ऊ शैतानको प्रभावबाट उम्कनु मात्रै यसको अन्तिम परिणाम हुनेछ। शैतानको प्रभावदेखि उम्केर मात्रै मानिसले यस पृथ्वीमा सामान्य मानव जीवन, परमेश्‍वरको आराधना गर्ने जीवन जिउन सक्छ। आज विजेता हुने र सिद्ध बनाइने मानिसको खोजी त्यस्ता कुराहरू हुन् जुन यस पृथ्वीमा सामान्य मानव जीवन प्राप्त गर्नुभन्दा अघि उसले खोजी गर्ने कुराहरू हुन्। ती, शुद्ध हुन र सत्यताको अभ्यास गर्न अनि सृष्टिकर्तालाई आराधना गर्न नै मुख्य रूपमा खोजी गरिन्छ। यदि मानिसले पृथ्वीमा सामान्य मानव जीवन, कठिनाइ वा कष्टविनाको जीवन प्राप्त गर्छ भने, ऊ विजेता हुने खोजीमा लाग्नेछैन। “विजेता हुनु” र “सिद्ध बनाइनु” परमेश्‍वरले मानिसलाई खोजी गर्नका निम्ति दिनुहुने दुई उद्देश्यहरू हुन् र यी उद्देश्यहरूको खोजीद्वारा नै उहाँले मानिसलाई सत्यताको अभ्यास गर्न र अर्थपूर्ण जीवन जिउन लगाउनुहुन्छ। यसको उद्देश्य भनेको मानिसलाई पूर्ण बनाउनु र उसलाई हासिल गर्नु हो र विजेता हुने र सिद्ध बनाइने कार्यको खोजी केवल एउटा माध्यम मात्रै हो। यदि भविष्यमा मानिस एउटा सुन्दर गन्तव्यमा प्रवेश गर्दछ भने, त्यहाँ विजेता हुने र सिद्ध बनाइने कुनै सन्दर्भ हुनेछैन; त्यहाँ हरेक सृष्टिले आफ्नो कर्तव्य पालना गरिरहेको मात्र हुनेछ। आज मानिसको निम्ति कार्यक्षेत्र निर्धारण गर्न नै मानिसलाई यी कुराहरू खोजी गर्न लगाइन्छ ताकि मानिसको खोजी धेरै लक्षित र व्यावहारिक हुन सकोस्। नत्र भने, मानिस अस्पष्ट अमूर्त कुराहरूको बीचमा जिउनेथियो र अनन्त जीवनको प्रवेशको खोजी गर्नेथियो र यदि यसो भयो भने, मानिस झन् बढी दयनीय हुने थिएन र? यसप्रकारले विनालक्ष्य वा विनासिद्धान्त खोजी गर्नु—के यो आत्म-छल होइन र? अन्ततः यो खोजी स्वभाविक रूपले निष्फल हुनेछ; अन्त्यमा, मानिस अझै शैतानको अधिकार-क्षेत्रभित्र जिउनेथियो र त्यसबाट आफैलाई मुक्त गर्न सक्नेथिएन। किन त्यस्तो लक्ष्यहीन खोजीमा आफैलाई राख्ने? जब मानिस अनन्त गन्तव्यमा प्रवेश गर्दछ तब मानिसले सृष्टिकर्तालाई आराधना गर्दछ अनि मानिसले मुक्तिलाई हासिल गरिसकेको र अनन्तताभित्र प्रवेश गरिसकेको हुने भएकोले उसले अरू कुनै उद्देश्यहरूको खोजी गर्नेछैन, यसबाहेक न त उसले शैतानद्वारा घेराबन्दी हुने कुराको चिन्ता गर्नुपर्नेछ। त्यस समयमा मानिसले आफ्नो स्थान जान्नेछ र आफ्नो कर्तव्य पालना गर्नेछ र यदि तिनीहरूको सजाय र न्याय नभएको भए पनि हरेक व्यक्तिले आफ्नो कर्तव्य पालना गर्नेछ। त्यस समयमा, मानिस पहिचान र हैसियत दुवैमा एक सृष्टि हुनेछ। अबउप्रान्त माथिल्लो र तल्लो दर्जाको भिन्नता हुनेछैन; हरेक व्यक्तिले फरक-फरक भूमिका निर्वाह गर्नेछ। तापनि, मानिस अझै पनि मानवजातिको निम्ति व्यवस्थित र उचित गन्तव्यमा जिउनेछ; मानिसले सृष्टिकर्तालाई आराधना गर्नको खातिर कर्तव्य पालना गर्नेछ र यही मानवजाति नै अनन्तताको मानवजाति हुनेछ। त्यस समयमा, मानिसले परमेश्‍वरद्वारा प्रज्वलित जीवन हासिल गरिसकेको हुनेछ, एउटा यस्तो जीवन जुन परमेश्‍वरको वास्ता र संरक्षणको अधीनतामा अनि परमेश्‍वरको साथमा रहने जीवन हुनेछ। मानवजातिले पृथ्वीमा एउटा जीवन जिउनेछ र सबै मानिसहरू ठीक मार्गमा प्रवेश गर्नेछन्। ६,००० वर्षे व्यवस्थापन योजनाले शैतानलाई पूर्ण रूपमा पराजित गरिसकेको हुनेछ, यसको अर्थ परमेश्‍वरले उहाँको सृष्टिमा मानिसको सुरुको स्वरूप पुनर्स्थापित गरिसक्नुभएको हुनेछ र त्यही रूपमा परमेश्‍वरको सुरुको उद्देश्य पूरा भइसकेको हुनेछ। सुरुमा, शैतानद्वारा मानवजाति भ्रष्ट तुल्याइनुअघि मानवजातिले पृथ्वीमा सामान्य जीवन जिए। पछि, जब मानिस शैतानद्वारा भ्रष्ट भयो, तब मानिसले यो सामान्य जीवन गुमायो अनि परमेश्‍वरको व्यवस्थापनको काम र मानिसको सामान्य जीवन पुनर्स्थापना गर्न शैतानसितको लडाइँ सुरु भयो। परमेश्‍वरको ६,००० वर्षे व्यवस्थापन कार्य समाप्त भएपछि मात्रै पृथ्वीमा सबै मानवजातिको जीवन आधिकारिक रूपले सुरु हुनेछ; तब मात्रै मानिससित सुन्दर जीवन हुनेछ अनि परमेश्‍वरले सुरुमा मानिस सृष्टि गर्नुभएको आफ्नो उद्देश्य र मानिसको सुरुको स्वरूपलाई पुनर्स्थापित गर्नुहुनेछ। अनि यसरी जब मानिससित पृथ्वीमा मानवजातिको सामान्य जीवन हुनेछ, तब मानिसले विजेता हुने वा सिद्ध बनाइने कुराको खोजी गर्नेछैन, किनभने मानिस पवित्र हुनेछ। “विजेताहरू” तथा “सिद्ध बनाइने” जसको बारेमा मानिसहरू कुरा गर्छन्, ती परमेश्‍वर र शैतानबीचको युद्धको अवधिमा मानिसलाई खोजी गर्नका निम्ति दिइएका उद्देश्यहरू हुन् र मानिस भ्रष्ट भएको कारणले मात्रै त्यसको अस्तित्व छ। तँलाई यो उद्देश्य दिएर अनि यो उद्देश्यलाई खोजी गर्ने तुल्याएर, शैतानलाई पराजित गरिनेछ। तँलाई विजेता बन्न वा सिद्ध बन्न वा प्रयोगमा आउन लगाउनको लागि शैतानलाई पराजित गर्न तैँले गवाही दिनु आवश्यक हुन्छ। अन्त्यमा, मानिसले पृथ्वीमा सामान्य जीवन जिउनेछ अनि मानिस पवित्र हुनेछ; जब यो हुन्छ, के मानिसहरूले अझै विजेताहरू बन्न खोजी गर्नेछन् र? के तिनीहरू सबै सृष्टिका प्राणीहरू होइनन् र? विजेता हुनु र सिद्ध हुनुको बारेमा कुरा गर्दा, यी शब्दहरू शैतानप्रति र मानिसको अशुद्धताप्रति लक्षित छन्। के “विजेता” भन्‍ने यो शब्दले शैतान र त्यसका विरोधी शक्तिहरूमाथि विजयी बन्नुलाई जनाउँदैन र? जब तँ आफू सिद्ध बनाइएको छु भनी भन्छस्, तँभित्रको कुन कुरा सिद्ध बनाइएको हुन्छ? परमेश्‍वरको सर्वोच्च प्रेमलाई हासिल गर्न सकूँ भनेर तैँले आफूलाई भ्रष्ट शैतानिक स्वभावबाट स्वतन्त्र तुल्याएको हुँदैनस् र? त्यस्ता कुराहरू मानिसभित्रको अशुद्ध कुराहरूको सम्बन्धमा अनि शैतानको सम्बन्धमा बोलिन्छ; ती परमेश्‍वरको सम्बन्धमा बोलिँदैन।

यदि तँ अहिले एक विजयी बन्ने र सिद्ध हुने कुराको पछि लाग्दैनस् भने, भविष्यमा जब मानवजातिले पृथ्वीमा सामान्य जीवन बिताउँछ त्यसबेला त्यसरी पछि लाग्ने कुनै मौका हुँदैन। त्यस समयमा, सबै प्रकारका व्यक्तिको अन्त्य प्रकट गरिएको हुनेछ। त्यस समयमा, तँ कस्तो प्रकारको थोक होस् भन्‍ने स्पष्ट हुनेछ र यदि तँ एक विजयी हुन चाहन्छस् वा सिद्ध हुने इच्छा गर्छस् भने, त्यो असम्भव हुनेछ। उसको विद्रोहीपनको कारणले मात्रै मानिसलाई प्रकट गरिएपछि उसले दण्ड मात्र भोग्नुपर्नेछ। त्यसबेला, मानिसको खोजीको अरूभन्दा उच्च स्थान हुनेछैन, किनकि कोही विजय हासिल गर्न र अरूले सिद्ध हुन, कोही परमेश्‍वरको जेठो छोरा हुनका निम्ति र अरू परमेश्‍वरको सन्तान हुनलाई ती कुराहरूको पछि लाग्दैनन्। सबै परमेश्‍वरका प्राणीहरू हुनेछन्, सबै पृथ्वीमा बस्नेछन् र सबै पृथ्वीमा परमेश्‍वरसँगै बस्नेछन्। अहिले परमेश्‍वर र शैतानको बीचमा लडाइँको समय हो, यो यस्तो समय हो जहाँ लडाइँको अन्त्य हुन बाँकी नै छ, एउटा यस्तो समय जब मानिस पूर्ण रूपमा प्राप्त हुन बाँकी नै छ; यो सङ्क्रमणको अवधि हो। अनि यसैले, मानिस एक विजयी बन्ने वा त परमेश्‍वरका मानिसहरूमध्ये एक बन्ने कुराको पछि लाग्नु आवश्यक छ। आज स्थितिमा भिन्नताहरू छन् तर जब समय आउँछ तब त्यस्ता भिन्नताहरू हुनेछैनन्: विजेता भएकाहरू सबैको स्थिति त्यस्तै हुनेछ, तिनीहरू सबै मानवजातिको योग्य सदस्य हुनेछन् र पृथ्वीमा समान रूपले बाँच्नेछन् अर्थात् तिनीहरू सृष्टि गरिएका योग्य प्राणीहरू हुनेछन् अनि सबैलाई एउटै कुरा दिइनेछ। परमेश्‍वरको कामका युगहरू फरक-फरक छन् र उहाँको कामका उद्देश्यहरू फरक छन्, त्यसकारण यदि यो काम तिमीहरूमा गरिन्छ भने, तिमीहरू सिद्ध बनाइन र विजेताहरू बन्नका निम्ति योग्य हुन्छौ; यदि यो काम विदेशमा गरियो भने, त्यहाँका मानिसहरू जितिनुपर्ने र सिद्ध बनाइनुपर्ने मानिसहरूको पहिलो समूह बन्नेछन्। आज यो काम विदेशमा गरिएको छैन, यसैले अन्य देशका मानिसहरू सिद्ध बनाइने र जितिने योग्यका छैनन् अनि उनीहरू पहिलो समूह बन्न असम्भव छ। परमेश्‍वरको कामको उद्देश्य फरक भएकोले, परमेश्‍वरको कामको युग फरक भएकोले र यसको कार्यक्षेत्र फरक भएकोले, त्यहाँ पहिलो समूह छ अर्थात् त्यहाँ विजेताहरू छन्, यसैले त्यहाँ दोस्रो समूह पनि हुनेछ जसलाई सिद्ध बनाइनेछ। सिद्ध बनाइएको पहिलो समूह भएपछि, एउटा नमूना र ढाँचा हुनेछ र भविष्यमा सिद्ध बनाइएकाहरूको दोस्रो र तेस्रो समूह हुनेछन् तर अनन्तमा तिनीहरू सबै एक समान हुनेछन् र त्यहाँ हैसियतको कुनै वर्गीकरण हुनेछैन। तिनीहरूलाई फरक-फरक समयमा सिद्ध बनाइएको हुनेछ र हैसियतमा कुनै भिन्नता हुनेछैन। जब सबै जना पूर्ण बनाइने र सम्पूर्ण ब्रह्माण्डको काम समाप्त गर्ने समय आउनेछ, तब हैसियतको कुनै भिन्नता हुनेछैन, सबै जना समान हैसियतका हुनेछन्। आज, यो काम तिमीहरूको बीचमा गरिन्छ, ताकि तिमीहरू विजेता बन्न सक। यदि यो बेलायतमा गरिएको थियो भने जसरी तँ पहिलो समूह हुनेथिइस्, त्यसरी नै बेलायत पहिलो समूह भएको हुनेथियो। तिमीहरू अनुग्रहसहित आशिष् पाएकोले नै आज त्यस प्रकारले तिमीहरूमा काम भइरहेको छ र यदि यो काम तिमीहरूमा नगरिएको भए तिमीहरू दोस्रो वा तेस्रो वा चौथो वा पाँचौं समूह हुनेथियौ। यो कामको चरणको कारणले मात्र भिन्नता भएको हो; पहिलो समूह र दोस्रो समूहले तिनीहरू एउटा अर्कोभन्दा उच्च छ वा निम्न स्तरको छ भनेर जनाउँदैन, त्यसले ती मानिसहरूलाई सिद्ध बनाइएको क्रमलाई मात्र जनाउँछ। आज यी वचनहरू तिमीहरूलाई बताइएको छ तर तिमीहरूलाई पहिले यो किन बताइएन? किनकि, एक प्रक्रियाविना, मानिसहरू चरमतातिर बढ्छन्। उदाहरणको लागि, येशूले उहाँको समयमा यसो भन्नुभयो: “जसरी म जाँदैछु, त्यसरी नै म आउनेछु।” आज, धेरै जना व्यक्ति यी वचनहरूद्वारा मोहित भएका छन् र तिनीहरू केवल सेतो वस्त्र पहिरिन्छन् र स्वर्गमा उठाई लैजाने घटनालाई पर्खन्छन्। यसैले, धेरैवटा यस्ता कुराहरू छन् जुन चाँडै बोल्न सकिँदैन; यदि तिनलाई चाँडै बोलियो भने, मानिसहरू चरमतातिर जान्छन्। मानिसको कद धेरै सानो छ र ऊ यी वचनहरूको सत्यताहरूलाई देख्न असमर्थ छ।

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्