मानिसको सामान्य जीवन पुनर्स्थापना गर्नु र उसलाई सुन्दर गन्तव्यमा लिएर जानु भाग दुई

जब मानिसले पृथ्वीमा मानवको वास्तविक जीवन प्राप्त गर्दछ र शैतानका सम्पूर्ण शक्तिहरू बन्धनमा पर्छन्, तब मानिस पृथ्वीमा सजिलै जिउन सक्छ। परिस्थिति आजको जस्तो जटिल हुनेछैन: मानवीय सम्बन्धहरू, सामाजिक सम्बन्धहरू, जटिल पारिवारिक सम्बन्धहरू—यिनले अति धेरै समस्या, अति धेरै पीडा ल्याउँछन्! यहाँ मानिसको जीवन धेरै नै दयनीय छ! मानिस जितिएपछि, उसको हृदय र मन परिवर्तन हुनेछ: ऊसित त्यस्तो हृदय हुन्छ जसले लाई आदर र प्रेम गर्दछ। लाई प्रेम गर्न खोज्ने ब्रह्माण्डका सबै जना जितिएपछि अर्थात् शैतानलाई पराजित गरिसकेपछि र शैतानलाई—अन्धकारका सबै शक्तिहरू बन्धनमा परेपछि पृथ्वीमा मानिसको जीवन समस्यारहित हुनेछ र ऊ पृथ्वीमा स्वतन्त्र रूपमा जिउन सक्नेछ। यदि मानिसको जीवन देहगत सम्बन्ध र देहको जटिलताविना नै थियो भने, त्यो धेरै सजिलो हुनेथियो। मानिसको देहको सम्बन्ध धेरै जटिल छ र मानिसमा यस्ता कुराहरू हुनु भनेको उसले आफूलाई शैतानको प्रभावबाट स्वतन्त्र पार्न सकेको छैन भन्ने कुराको प्रमाण हो। यदि तेरा प्रत्येक दाजुभाइ र दिदीबहिनीसँग त्यस्तै सम्बन्ध थियो भने, यदि तेरो परिवारको प्रत्येक सदस्यसँग उस्तै सम्बन्ध थियो भने, तँलाई कुनै चिन्ता हुनेथिएन र तैंले कसैको बारेमा चिन्ता लिइरहनुपर्ने थिएन। केही पनि राम्रो हुन सक्दैन र यसरी मानिसले उसको आधा दुःखबाट छुटकारा पाउँछ। पृथ्वीमा सामान्य मानव जीवन जिउँदा मानिस स्वर्गदूतहरूजस्तै हुनेछन्; अझ पनि मा नै भए पनि ऊ स्वर्गदूतजस्तै हुनेछ। अन्तिम प्रतिज्ञा यही हो, मानिसलाई दिइएको अन्तिम प्रतिज्ञा। आज मानिस सजाय र न्यायबाट भएर जान्छ; के तँ मानिसले गर्ने त्यस्ता अनुभवहरू अर्थहीन छन् भनी सोच्छस्? के सजाय र न्यायको काम विनाकारण गर्न सकिन्छ? मानिसलाई सजाय दिनु र न्याय गर्नु भनेको उसलाई अतल कुण्डमा फाल्नु हो, जसको अर्थ उसका भाग्य र सम्भावनाहरू खोस्नु हो भनेर यसभन्दा पहिले भनिएको थियो। यो एउटा कुराका लागि हो: मानिसलाई शुद्ध पार्नु। मानिसलाई जानाजानी अतल कुण्डमा हालिँदैन, त्यसपछि ले ऊबाट आफ्ना हातहरू धुनुहुन्छ। यसको साटो, यो, मानिसभित्रको विद्रोहीपन निराकरण गर्नलाई हो, यसैले कि अन्त्यमा मानिसभित्रका थोकहरू शुद्ध हुन सकून्, यसरी उसले को सत्य ज्ञान पाउन सकोस् र पवित्र व्यक्तिजस्तो हुन सकोस्। यदि यसो गरियो भने, सबै कुरा पूरा हुनेछ। वास्तवमा, जब मानिसभित्रका निराकरण गर्नुपर्ने थोकहरूको निराकरण गरिन्छ र मानिसको गवाही जोडदार हुन्छ, तब शैतान पनि पराजित हुनेछ र मानिसभित्र सुरुदेखि नै रहेका केही कुराहरू शुद्ध नभए पनि शैतान पराजित भएपछि यसले उप्रान्त समस्या पैदा गर्नेछैन र त्यो बेला मानिस पूर्ण रूपमा शुद्ध पारिएको हुनेछ। मानिसले त्यस्तो जीवनको अनुभव कहिल्यै गरेको छैन तर जब शैतानलाई पराजित गरिएपछि, सबै कुरा मिलाइनेछ अनि ती सबै तुच्छ कुराहरूको समाधान गरिनेछ र एक पटक त्यो मुख्य समस्या समाधान गरेपछि अरू सबै समस्याहरू समाप्त हुनेछन्। पृथ्वीमा गरी आउनुभएको यो अवधिमा जब उहाँले पृथ्वीमा मानिसहरूको माझमा व्यक्तिगत रूपमा आफ्नो काम गर्नुहुन्छ, तब उहाँले गर्नुहुने सबै कामहरू शैतानलाई हराउनका लागि गरिन्छ र उहाँले मानिसमाथि विजय हासिल गरेर अनि तिमीहरूलाई सम्पूर्ण बनाएर शैतानलाई हराउनुहुनेछ। जब तिमीहरूले जोडदार गवाही दिन्छौ, यो पनि शैतानको पराजयको चिह्न हुनेछ। पहिले मानिसलाई जितिनेछ र शैतानलाई पराजित गर्नको लागि अन्त्यमा उसलाई पूर्ण रूपमा सिद्ध बनाइन्छ। तापनि, सारमा शैतानको पराजयको साथसाथै यो कष्टको रित्तो समुद्रबाटको सारा मानवजातिको मुक्ति पनि हो। काम सम्पूर्ण ब्रह्माण्डमा गरिओस् वा चीनमा गरिओस्, ती सबै शैतानलाई हराउन र सम्पूर्ण मानवजातिलाई मुक्ति दिनका लागि गरिन्छ, ताकि मानिस विश्रामको स्थानमा प्रवेश गर्न सकोस्। देहधारी , यो सामान्य देह, शैतानलाई हराउनकै निम्ति हो। मा आउनुभएका को काम आकाशमुनि उहाँलाई प्रेम गर्नेहरू सबैको मुक्तिका निम्ति हो, यो सम्पूर्ण मानवजातिलाई जित्नका लागि हो र त्यसबाहेक शैतानलाई पराजित गर्नका लागि पनि हो। का सबै व्यवस्थापन कार्यका मुख्य कुराहरू सारा मानवजातिलाई मुक्ति दिनको लागि शैतानलाई पराजय गर्ने कार्यबाट अलग गर्न सकिँदैन। यो धेरै जस्तो काममा किन तिमीहरूलाई गवाही दिने कुरा गरिन्छ? यो गवाही कोतिर निर्देशित हुन्छ? के यो शैतानतिर निर्देशित हुँदैन? यो गवाही का निम्ति दिइन्छ र यो को कामले यसको प्रभाव प्राप्त गरेको गवाही दिनका निम्ति दिइन्छ। गवाही दिनु शैतानलाई हराउने कामसँग सम्बन्धित छ; यदि शैतानसँग लडाइँ गर्नुपर्ने थिएन भने, मानिसले गवाही दिनुपर्ने थिएन। शैतानलाई पराजित गर्नै पर्ने र त्यसको साथै मानिसलाई मुक्ति दिनु पर्ने भएकोले ले मानिससँग शैतानको अगि गवाही दिने माग गर्नुहुन्छ, जसलाई उहाँले मानिसलाई मुक्ति दिन र शैतानसँग युद्ध गर्नको लागि प्रयोग गर्नुहुन्छ। फलस्वरूप, मानिस मुक्तिको पात्र र शैतानलाई पराजित गर्ने साधन दुवै हो, त्यसैले मानिस को सम्पूर्ण व्यवस्थापन कार्यको केन्द्र हो भने शत्रु शैतान केवल विनाशको पात्र हो। तैँले केही गरेको छैनस् जस्तो तँलाई लाग्न सक्छ तर तेरो स्वभावमा भएको परिवर्तनको कारण गवाही दिइएको छ र त्यो गवाही शैतानतिर निर्देशित हुन्छ र मानिसलाई दिइएको हुँदैन। मानिस त्यस्तो गवाहीको आनन्द लिने योग्यको छैन। उसले ले गर्नुभएको काम कसरी बुझ्न सक्छ? को लडाइँको पात्र शैतान हो; मानिसचाहिँ केवल मुक्तिको पात्र मात्र हो। मानिससँग शैतानिक भ्रष्ट स्वभावहरू छन् र यो काम बुझ्न असक्षम छ। यो शैतानको भ्रष्टताको कारणले यो मानिसमा अन्तर्निहित रूपमा छैन तर शैतानद्वारा निर्देशित हुन्छ। आज, को मुख्य काम शैतानलाई हराउनु हो अर्थात् मानिसहरूलाई पूर्ण रूपमा जित्नु हो, यसैले कि मानिसले शैतानको सामु लाई अन्तिम गवाही दिन सकोस्। यसरी, सबै कुराहरू पूरा हुनेछन्। धेरैजसो अवस्थाहरूमा, तेरो नाङ्गो आँखाको लागि के देखिन सक्छ भने, केही पनि गरिएको छैन तर वास्तवमा, काम पहिलेबाटै पूरा भइसकेको हुन्छ। मानिस पूरा भएका सबै कामहरू देख्न सकियोस् भन्ने चाहन्छ, तैपनि तिमीहरूका निम्ति देख्न सक्ने नबनाई मैले मेरो काम पूरा गरेको छु, किनकि शैतान अधीनमा पारिएको छ, जसको अर्थ त्यो पूर्ण रूपमा पराजित भएको छ, को सबै ज्ञान, शक्ति र अख्तियारले शैतानलाई हराएको छ। यो हामीले धारण गर्नैपर्ने गवाही हो तर यो मानिसमा स्पष्ट व्यक्त नगरिए पनि, यो नाङ्गो आँखाले नदेखिए पनि शैतान पहिलेबाटै हारिसकेको छ। यो कामको सम्पूर्णता शैतानविरुद्ध निर्देशित छ र शैतानसितको लडाइँको कारण यो पूरा गरिन्छ। यसरी, धेरै यस्ता कुराहरू छन् जुन मानिसले सफल भइरहेको भनी देख्दैन तर जुन को आँखामा, धेरैअघि नै सफलतापूर्वक पूरा भइसकेका थिए। यो का सबै कामको एक भित्री सत्यता हो।

जब शैतानलाई पराजित गरिएको हुन्छ, भन्नुको अर्थ मानिस पूर्ण रूपमा जितिएपछि, मानिसहरूले यी सबै कामहरू मुक्तिको खातिर हो र यो मुक्तिको माध्यम भनेको मानिसहरूलाई शैतानको हातबाट जफत गर्नु हो भन्ने बुझ्नेछन्। को ६,००० वर्षको व्यवस्थापनको कामलाई तीन चरणमा विभाजन गरिएको छ: व्यवस्थाको युग, अनुग्रहको युग र राज्यको युग। कामका यी तीन चरणहरू सबै मानवजातिको मुक्तिको लागि हो, भन्नुको तात्पर्य, ती शैतानले गम्भीर रूपमा भ्रष्ट पारेका मानवजातिको मुक्तिको लागि हो। तर ले शैतानविरुद्ध लडाइँ गर्न सक्नुभएको होस् भनेर ती अस्तित्वमा छन्। तसर्थ, जसरी मुक्तिको काम तीन चरणमा विभाजित हुन्छ, त्यसरी नै शैतानसँगको लडाइँ पनि तीन चरणमा विभाजित हुन्छ र को कामका यी दुई पक्षहरू एकैसाथ सञ्चालन हुन्छन्। शैतानसँगको लडाइँ वास्तवमा मानवजातिको मुक्तिको लागि हो र मानवजातिको मुक्तिको काम सफलतापूर्वक एकै चरणमा पूरा गर्नसकिने कुरा होइन। शैतानसँगको लडाइँ पनि चरणहरू र कालहरूमा विभाजित गरिएको छ र शैतान विरुद्धको लडाइँ मानिसको आवश्यकता र शैतानले उसलाई कति हदसम्म भ्रष्ट बनाएको छ, त्यसअनुसार हुन्छ। सायद, जसरी दुई सेनाले एकअर्कोसँग लड्छ त्यसरी यो लडाइँमा ले शैतानविरुद्ध हतियार उठाउनुहुनेछ भनी मानिसले आफ्नो कल्पनामा विश्वास गर्छ। मानिसको बुद्धिले कल्पना गर्न सक्ने यही मात्रै हो; यो एक अत्यन्त अस्पष्ट र अवास्तविक विचार हो, तापनि मानिसले यसैमा विश्वास गर्दछ। अनि मैले यहाँ मानिसको मुक्ति शैतानसँगको लडाइँको माध्यमद्वारा हुन्छ भनेकोले मानिसले लडाइँ यसरी नै सञ्चालन हुन्छ भनी कल्पना गर्छ। मानिसको मुक्तिको कार्यका तीन चरण छन्, भन्नुको अर्थ शैतानलाई एकै पटकमा सधैँका निम्ति पराजित गर्न त्योसितको लडाइँ तीनवटा चरणमा बाँडिएको छ। तापनि शैतानसँगको लडाइँको सम्पूर्ण कार्यको भित्री सत्यता के हो भने, यसका प्रभावहरू कामका धेरै चरणहरूद्वारा हासिल गरिन्छ: मानिसलाई अनुग्रह प्रदान गर्नु, मानिसको पापबलि हुनु, मानिसका पापहरू क्षमा गर्नु, मानिसलाई जित्नु र मानिसलाई सिद्ध बनाउनु। वास्तवमा, शैतानसँग लडाइँ गर्नु भनेको शैतानविरुद्ध हतियार उठाउनु होइन तर मानिसको मुक्ति, मानिसको जीवनको काम र मानिसको स्वभाव परिवर्तन गर्नु हो, ताकि उसले को गवाही दिन सकोस्। शैतानको पराजय यसरी नै हुन्छ। मानिसको भ्रष्ट स्वभावलाई परिवर्तन गरेर शैतानलाई हराइन्छ। जब शैतान पराजित भएको हुन्छ, अर्थात् जब मानिसले पूर्ण रूपमा मुक्ति पाएको हुन्छ, तब अपमानित भएको शैतान पूर्ण रूपमा बन्धनमा हुनेछ र यसप्रकार, मानिसले पूर्ण रूपमा मुक्ति पाएको हुनेछ। यसैले, मानिसको मुक्तिको सार भनेको शैतानविरुद्धको लडाइँ हो र त्यो लडाइँ मुख्य रूपले मानिसको मुक्तिमा झल्किन्छ। आखिरी दिनहरूको चरण, जसमा मानिस जितिनुपर्छ, यो शैतानसितको लडाइँको अन्तिम चरण हो, र यो, शैतानको अधिकार-क्षेत्रबाट मानिसलाई पूर्ण मुक्त गर्ने काम पनि हो। मानिसको विजयको भित्री अर्थ शैतानको मूर्तरूपलाई—मानिस जसलाई शैतानले भ्रष्ट पारेको छ—उसको विजयपछि सृष्टिकर्ताकहाँ फर्काएर ल्याउनु हो, जसद्वारा उसले शैतानलाई त्याग्नेछ र पूर्ण रूपमा मा फर्कन्छ। यस तरिकाले, मानिस पूर्ण रूपमा बचाइएको हुनेछ। र यसैले, विजयको काम शैतानविरुद्ध लडाइँको अन्तिम कार्य हो र शैतानको पराजयको खातिर को प्रबन्धको अन्तिम चरण हो। यो कामविना मानिसको पूर्ण मुक्ति अन्ततः असम्भव नै हुनेथियो, शैतानको पूर्ण पराजय पनि असम्भव हुनेथियो र मानिसजाति कहिल्यै पनि सुन्दर गन्तव्यमा प्रवेश गर्न सक्षम हुने थिएन वा शैतानको प्रभावबाट स्वतन्त्र हुन सक्नेथिएन। फलस्वरूप, मानिसको मुक्तिको काम शैतानसँगको लडाइँको अन्त्य हुनुभन्दा अघि समाप्त हुन सक्दैन, किनकि को व्यवस्थापन कार्यको मुख्य भाग मानवजातिको मुक्तिको लागि हो। प्रारम्भिक मानवजाति को हातमा थियो तर शैतानको परीक्षा र भ्रष्टताको कारण, मानिस शैतानको बन्धनमा पऱ्यो र दुष्टको हातमा पऱ्यो। तसर्थ, शैतान को व्यवस्थापन कार्यमा पराजित गरिनुपर्ने पात्र बन्यो। शैतानले मानिसलाई आफ्नो वशमा पारेकोले र मानिस ले सबै व्यवस्थापन पूरा गर्न प्रयोग गर्नुहुने पूँजी भएकोले यदि मानिसलाई बचाइनु छ भने, उसलाई शैतानको हातबाट खोसेर फिर्ता लिनैपर्छ अर्थात् मानिसलाई शैतानको कैदबाट फिर्ता लिनैपर्छ। यसैले मानिसको पुरानो स्वभावमा परिवर्तन ल्याएर शैतानलाई हराउनैपर्छ, यस्तो परिवर्तन जसले मानिसको सुरुको तर्कको अनुभूतिलाई पुनर्स्थापित गर्दछ। यसप्रकार जुन मानिस कैद बनाइएको छ, उसलाई शैतानको हातबाट खोसेर फिर्ता लिन सकिन्छ। यदि मानिसलाई शैतानको प्रभाव र बन्धनबाट मुक्त गरियो भने, शैतान लज्जित हुनेछ, मानिसलाई अन्ततः फिर्ता ल्याइनेछ र शैतान पराजित हुनेछ। मानिस शैतानको अन्धकारको प्रभावबाट स्वतन्त्र भएकोले गर्दा, मानिस यो पूरै लडाइँको लुटको सामान बन्छ र लडाइँ समाप्त भएपछि शैतान दण्ड दिइनुपर्ने पात्र बन्छ, त्यसपछि मानवजातिको मुक्तिको सम्पूर्ण काम पूरा भएको हुनेछ।

ले सृष्टिको कुनै प्राणीसित द्वेष राख्नुहुन्न; उहाँ केवल शैतानलाई हराउन मात्र चाहनुहुन्छ। चाहे सजाय होस् वा न्याय, उहाँका सबै काम शैतानतिर निर्देशित हुन्छ; यो, मानवजातिको मुक्तिका लागि गरिन्छ, यी सबै शैतानलाई हराउनका लागि हुन् र यसको एउटै उद्देश्य छ: अन्त्यसम्म शैतानविरुद्ध लडाइँ गर्नु! त्यतिबेलासम्म विश्राम गर्नुहुन्न जबसम्म उहाँले शैतानमाथि विजयी पाउनुहुन्न! शैतानलाई हराएपछि मात्र उहाँले विश्राम गर्नुहुनेछ। ले गर्नुभएका सबै कामहरू शैतानतर्फ निर्देशित छन् र शैतानद्वारा भ्रष्ट पारिएकाहरू सबै शैतानको अधिकार-क्षेत्रको नियन्त्रणमा छन् र सबै शैतानको अधिकार-क्षेत्रभित्र जिउँछन्, त्यसकारण शैतानसित लडाइँ नगरी र त्योसित सम्बन्ध नतोडी शैतानले तिनीहरूमाथिको आफ्नो पकड खुकुलो पार्दैन र तिनीहरूलाई प्राप्त गर्न सकिँदैन। यदि तिनीहरू प्राप्त गरिएनन् भने, त्यसले शैतानलाई पराजित गरिएको छैन, त्यो हारेको छैन भन्ने प्रमाणित गर्छ। र यसैले, को ६,००० वर्षको व्यवस्थापन योजनाको पहिलो चरणमा उहाँले व्यवस्थाको काम गर्नुभयो, दोस्रो चरणमा उहाँले अनुग्रहको युगको काम गर्नुभयो अर्थात् क्रूसीकरणको काम र तेस्रो चरणको अवधिमा उहाँले मानवजातिलाई जित्ने काम गर्नुहुन्छ। यो सबै काम शैतानले मानवजातिलाई भ्रष्ट पार्ने हदमा निर्देशित छ, यो सबै शैतानलाई हराउनका लागि गरिन्छ र प्रत्येक चरण शैतानलाई हराउनका लागि हो। को ६,००० वर्षको व्यवस्थापन कार्यको सार भनेको ठूलो रातो अजिङ्गरविरुद्ध लडाइँ हो र मानवजातिको प्रबन्ध गर्ने काम पनि शैतानलाई हराउने काम हो, शैतानसँग लडाइँ गर्ने काम। ले ६,००० वर्षसम्म लडाइँ गर्नुभएको छ, यसरी मानिसलाई नयाँ क्षेत्रमा ल्याउन उहाँले छ हजार वर्षसम्म काम गर्नुभएको छ। जब शैतानको पराजय हुन्छ, मानिसलाई पूर्ण रूपमा स्वतन्त्र गरिनेछ। के यो आजको को कामको दिशा होइन र? आजको कामको सटीक दिशा यही हो: मानिसलाई पूर्ण छुटकारा दिनु र स्वतन्त्र बनाउनु, ताकि ऊ कुनै नियमको अधीनमा नहोस्, न त कुनै बन्धन वा सीमाहरूद्वारा सीमित होस्। यी सबै काम तिमीहरूको कदको आधारमा र तिमीहरूका आवश्यकताहरूअनुसार गरिन्छ, यसको मतलब तिमीहरूले जे हासिल गर्न सक्छौ त्यही तिमीहरूलाई प्रदान गरिन्छ। यो भनेको जबरजस्ती “क्षमताभन्दा बाहिरको काम लगाउनु”, तिमीहरूमाथि कुनै कुरा जबरजस्ती लाद्नु होइन, बरु, सबै काम तिमीहरूका वास्तविक आवश्यकताहरूअनुसार नै गरिन्छ। कामको प्रत्येक चरण मानिसका वास्तविक आवश्यकता र मागहरूअनुसार नै गरिन्छ; कामको प्रत्येक चरण शैतानलाई हराउनका लागि हो। वास्तवमा, सुरुमा सृष्टिकर्ता र उहाँका सृष्टिहरूबीच कुनै अवरोधहरू थिएनन्। यी सबै अवरोधहरू शैतानको कारणले भएका हुन्। शैतानले उसलाई जसरी बाधा दिएको छ र भ्रष्ट बनाएको छ त्यसले गर्दा मानिसले कुनै पनि कुरा देख्न वा छुन सक्दैन। मानिस पीडित हो, जसलाई धोका दिइएको छ। शैतानलाई पराजित गरिएपछि, सृष्टि गरिएका प्राणीहरूले सृष्टिकर्तालाई हेर्नेछन्, र सृष्टिकर्ताले सृष्टि गरिएका प्राणीहरूलाई हेर्नुहुनेछ र तिनीहरूलाई व्यक्तिगत रूपमा अगुवाइ गर्न सक्नुहुनेछ। पृथ्वीमा मानिसमा हुनुपर्ने जीवन यही हो। र यसरी, को काम मुख्य रूपमा शैतानलाई हराउनको लागि नै हो र शैतानलाई हराइसकेपछि सबै कुराको समाधान हुनेछ। आज, तैँले देखेको छस् कि मानिसको बीचमा आउनु कुनै सजिलो कुरा होइन। उहाँ प्रत्येक दिन तिमीहरूमा गल्ती भेट्टाउन, यो अनि त्यो कुरा भन्न वा उहाँ कस्तो हुनुहुन्छ र उहाँ कसरी बोल्नुहुन्छ र जिउनुहुन्छ त्यो तिमीहरूलाई देखाउन आउनुभएको होइन। उहाँलाई हेर्ने तिमीहरूलाई अनुमति दिन वा तिमीहरूका आँखाहरू खोल्न वा उहाँले भन्नुभएका रहस्यहरू र उहाँले सातवटा मोहोरहरू खोल्नुभएको तिमीहरूलाई सुन्न दिन मात्र मानिस बन्नुभएको होइन। बरु, उहाँ शैतानलाई हराउन मानिस बन्नुभएको छ। मानिसलाई मुक्ति दिन र शैतानविरुद्ध लडाइँ गर्न उहाँ मानिसको बीचमा देहमा आउनुभएको छ; उहाँको को महत्त्व यही हो। यदि त्यो, शैतानलाई हराउनका लागि थिएन भने, उहाँले यो काम व्यक्तिगत रूपमा गर्नुहुने थिएन। पृथ्वीमा मानिसको बीचमा आफ्नो काम गर्न, आफैलाई मानिसकहाँ व्यक्तिगत रूपले प्रकट गर्न र मानिसलाई उहाँलाई हेर्ने मौका दिन आउनुभयो; के यो सानो विषय हो? यो वास्तवमा सरल छैन! यो कुरा मानिसले सोचेजस्तो होइन: मानिसले उहाँलाई हेर्न सकोस्, मानिसले यथार्थ हुनुहुन्छ, अस्पष्ट वा खोक्रो हुनुहुन्न र उच्च हुनुहुन्छ, तर नम्र पनि हुनुहुन्छ भन्ने जानोस् भनी आउनुभएको छ। के यो त्यत्ति सरल हुन सक्छ? शैतानले मानिसको लाई भ्रष्ट पारेको छ र ले मुक्ति दिने अभिप्राय राख्नुभएको मानिस नै हो ले, त्यसकारण शैतानसँग लडाइँ गर्न र मानिसलाई व्यक्तिगत रूपमा गोठाला गर्नको लागि ले देह धारण गर्नुपर्छ। केवल यो मात्रै उहाँको कामको लागि लाभदायक छ। शैतानलाई हराउन र मानिसजातिलाई अझ राम्ररी मुक्ति दिन का दुईवटा अस्तित्वमा आएका छन्। चाहे का आत्मा होऊन् वा उहाँको ी , ले मात्र शैतानसँग लडाइँ गर्न सक्नुहुन्छ। छोटकरीमा, शैतानको साथ लडाइँ गर्ने स्वर्गदूतहरू हुन सक्दैनन्, झन् मानिस त हुनै सक्दैन, जसलाई शैतानले भ्रष्ट पारेको छ। स्वर्गदूतहरू यो लडाइँ लड्न शक्तिहीन छन् र मानिस त झन् अझै दुर्बल छ। त्यसरी नै, यदि मानिसको जीवनमा काम गर्न चाहनुहुन्छ भने, यदि उहाँ मानिसलाई मुक्ति दिन व्यक्तिगत रूपमा पृथ्वीमा आउन चाहनुहुन्छ भने, उहाँ व्यक्तिगत रूपमा नै देह बन्नुपर्दछ—अर्थात् उहाँले व्यक्तिगत रूपमा देह धारण गर्नुपर्दछ र आफ्नो जन्मजात पहिचान र उहाँले गर्नुपर्ने कामको साथमा मानिसकहाँ आएर व्यक्तिगत रूपमा मानिसलाई मुक्ति दिनुपर्छ। यदि होइन भने, यदि यो काम का आत्मा वा मानिसले गर्ने हो भने, यो लडाइँबाट कहिल्यै केही पनि प्राप्त हुँदैन र यो कहिल्यै पनि समाप्त हुँदैन। जब मानिसको बीचमा शैतानविरुद्ध व्यक्तिगत रूपमा युद्धमा जान देह बन्नुहुन्छ, तब मात्र मानिसले मुक्ति पाउने मौका पाउँछ। यसको साथै, केवल त्यसपछि मात्रै शैतान लाजमा पर्छ र त्योसित शोषण गर्ने कुनै मौका वा कार्यान्वयन गर्ने कुनै योजना हुँदैन। देहधारी ले गर्नुहुने काम उहाँका आत्माले हासिल गर्न सक्नुहुन्न र यो ले बनेको कुनै पनि मानिसले को तर्फबाट गर्नु अझ असम्भव हुनेथियो, किनकि उहाँले गर्नुहुने काम मानिसको जीवनका लागि र मानिसको भ्रष्ट स्वभाव परिवर्तन गर्नका लागि हो। यदि मानिसले यस लडाइँमा भाग लिनुपरेको भए ऊ केवल लथालिङ्ग अवस्थामा भाग्नेथियो र आफ्नो भ्रष्ट स्वभाव परिवर्तन गर्न असक्षम हुनेथियो। ऊ मानिसलाई क्रूसबाट बचाउन वा सबै विद्रोही मानवजातिलाई जित्न असक्षम हुनेथियो, तर केवल थोरै पुरानो काम मात्र गर्न सक्नेथियो जुन सिद्धान्तहरूभन्दा पर जान सक्दैन वा शैतानलाई पराजित गर्नुसित सम्बन्धित नरहेको कार्य मात्रै गर्न सक्नेथियो। त्यसोभए किन झमेलामा पर्ने? शैतानलाई हराउने त परै जाओस्, मानवजातिलाई समेत प्राप्त गर्न नसक्ने कामको के महत्त्व हुन्छ? यसैले, शैतानसितको लडाइँ केवल स्वयम्‌ले मात्र गर्न सक्नुहुन्छ र यो मानिसले गर्नु असम्भव छ। मानिसको कर्तव्य भनेको आज्ञापालन गर्नु र अनुसरण गर्नु हो, किनकि मानिस आकाश र पृथ्वी सृष्टि गर्नेजस्तो काम गर्न असमर्थ छ, यसबाहेक न त उसले शैतानसित लडाइँ गर्ने काम नै गर्न सक्छ। मानिसले स्वयम्‌को नेतृत्वमुनि रहेर मात्र सृष्टिकर्तालाई सन्तुष्ट पार्न सक्छ, जसद्वारा शैतान पराजित हुन्छ; मानिसले गर्न सक्ने यति मात्र हो। तसर्थ, हरेक चोटि नयाँ लडाइँ सुरु हुँदा यो काम स्वम्‌ले व्यक्तिगत रूपमा गर्नुहुन्छ, जसद्वारा उहाँले सम्पूर्ण युगको नेतृत्व गर्नुहुन्छ र सम्पूर्ण मानवजातिका लागि नयाँ बाटो खोलिदिनुहुन्छ। प्रत्येक नयाँ युगको उदय शैतानसँगको लडाइँको एउटा नयाँ सुरुआत हो, जसद्वारा मानिस नयाँ, अझ सुन्दर संसारमा प्रवेश गर्दछ र एउटा नयाँ युगमा जसलाई स्वयम्‌ले व्यक्तिगत रूपमा नेतृत्व गर्नुहुन्छ। मानिस सबै थोकको मालिक हो, तर प्राप्त भएकाहरू शैतानसँगका सबै लडाइँका फलहरू हुनेछन्। शैतानले सबै कुरालाई भ्रष्ट पार्दछ, लडाइँहरूको अन्त्यमा पराजित हुन्छ र यी लडाइँहरूपछि दण्ड पनि त्यसलाई नै दिइन्छ। , मानिस र शैतानको बीचमा शैतानलाई मात्र घृणा र अस्वीकार गरिनेछ। शैतानले प्राप्त गरेको तर द्वारा फिर्ता नलिएकाहरू शैतानको पक्षमा दण्ड पाउनेहरू बन्नेछन्। यी तीनमध्ये, सबै थोकले केवल लाई मात्रै आराधना गर्नुपर्दछ। तिनीहरू, जो शैतानद्वारा भ्रष्ट भएका थिए तर द्वारा फिर्ता लिइएका छन् र जो को मार्ग अनुसरण हिँड्दछन्, तिनीहरूचाहिँ को प्रतिज्ञा पाउने र उहाँको तर्फबाट दुष्टहरूको न्याय गर्नेहरू हुनेछन्। निश्चय विजयी हुनुहुनेछ र शैतान निश्चय पराजित हुनेछ, तर मानिसको बीचमा जित्नेहरू हुनेछन् र हार्नेहरू पनि हुनेछन्। जित्नेहरू विजय हुनेहरूका स्वामित्वमा हुनेछन् र हार्नेहरू पराजित हुनेहरूका स्वामित्वमा हुनेछन्; प्रत्येकको प्रकारअनुसारको वर्गीकरण यही हो, यो को सबै कामको अन्तिम समाप्ति हो। यो का सबै कामको लक्ष्य पनि हो र यो कहिल्यै परिवर्तन हुँदैन। को व्यवस्थापन योजनाको मुख्य काम मानिसको मुक्तिमा केन्द्रित छ, र मुख्य रूपमा यही लक्ष्‍यको खातिर, यस कामको खातिर र शैतानलाई हराउनका लागि देह बन्नुहुन्छ। पहिलो पटक मानिस बन्नुको कारण पनि शैतानलाई हराउनु नै थियो: पहिलो लडाइँको काम पूरा गर्न अर्थात् मानवजातिलाई छुटकारा दिनको लागि उहाँ व्यक्तिगत रूपले देह बन्नुभयो अनि उहाँलाई व्यक्तिगत रूपले क्रूसमा काँटी ठोकियो। त्यस्तै गरी, कामको यो चरण पनि ले व्यक्तिगत रूपमै गर्नुहुन्छ, जो मानिसको बीचमा आफ्नो काम गर्न, व्यक्तिगत रूपमा उहाँको वचन बोल्न र मानिसलाई उहाँ स्वयम्‌लाई देख्ने तुल्याउन मानिस बन्नुभयो। अवश्य नै, यस क्रममा उहाँले अनिवार्य रूपमा अन्य कामहरू पनि गर्नुहुन्छ तर उहाँले व्यक्तिगत रूपमा आफ्नो काम गर्नुको मुख्य कारण शैतानलाई पराजित गर्नु, सम्पूर्ण मानवजातिलाई जित्नु र यी मानिसहरूलाई प्राप्त गर्नु नै हो। यसैले, को को काम साँच्चै सजिलो छैन। यदि को उद्देश्य मानिसलाई उहाँ नम्र र गुप्त हुनुहुन्छ अनि वास्तविक हुनुहुन्छ भनी देखाउनु मात्रै थियो भने, यदि यो काम गर्नका लागि मात्र थियो भने, उहाँ देह बन्नुको कुनै आवश्यक हुँदैनथियो। यदि मानिस नबन्नुभएको भए पनि उहाँले आफ्नो नम्रता र गोप्यता, आफ्नो महान्‌ता र पवित्रता मानिसको सामु प्रत्यक्ष रूपमा प्रकट गर्न सक्नुहुन्थ्यो तर मानवजातिलाई व्यवस्थापन गर्ने कामसित ती कुराहरूको कुनै सरोकार हुनेथिएन। तिनीहरू मानिसलाई बचाउन वा पूर्ण बनाउन असमर्थ छन्, तिनीहरूले शैतानलाई जित्न सक्ने कुरा त परै जाओस्। यदि शैतानलाई पराजित गर्नका निम्ति आत्माले केवल आत्माविरुद्ध लडाइँ मात्रै गर्नुपर्थ्यो भने, त्यस्तो कामको व्यावहारिक मूल्य अझै कम हुनेथियो; त्यो मानिसलाई प्राप्त गर्न असमर्थ हुनेथियो र यसले मानिसका भाग्य र सम्भावनाहरूलाई नाश पार्न सक्थ्यो। त्यसैले, को आजको कामको गहन महत्त्व छ। यो, मानिसले उहाँलाई देख्न सकोस् वा मानिसका आँखाहरू खोलिऊन् वा उसले स्पर्श र उत्साहका केही भावनाहरू प्राप्त गरोस् भनेर मात्र होइन; त्यस्तो कामको कुनै महत्त्व हुँदैन। यदि तँ यस प्रकारको ज्ञानको बारेमा मात्रै कुरा गर्न सक्छस् भने, तँलाई को को वास्तविक महत्त्व थाहा छैन भन्ने त्यसले प्रमाणित गर्छ।

को सम्पूर्ण व्यवस्थापन योजनाको काम उहाँ आफैले व्यक्तिगत रूपमा गर्नुहुन्छ। पहिलो चरण—संसारको सृष्टि— स्वयम्‌ले व्यक्तिगत रूपमा गर्नुभएको थियो र यदि त्यस्तो नभएको भए कसैले पनि मानवजातिलाई सृष्टि गर्न सक्नेथिएन; दोस्रो चरण सम्पूर्ण मानवजातिको उद्धार गर्नु थियो र यो पनि स्वयम्‌ले व्यक्तिगत रूपमा आफै गर्नुभयो; तेस्रो चरणबारे केही भनिरहनुपर्दैन: यसमा का सबै कामहरू समाप्त गर्नका लागि उहाँले काम गर्नु अझ बढी आवश्यक हुन्छ। सम्पूर्ण मानवजातिलाई उद्धार गर्ने, जित्ने, प्राप्त गर्ने र सिद्ध बनाउने काम व्यक्तिगत रूपमा स्वयम्‌ले गर्नुहुन्छ। यदि उहाँले व्यक्तिगत रूपमा यो काम गर्नुभएन भने, मानिसद्वारा उहाँको पहिचानको प्रतिनिधित्व हुन सक्दैन, न त मानिसद्वारा उहाँको काम गरिन नै सक्छ। शैतानलाई हराउन, मानवजातिलाई प्राप्त गर्न र पृथ्वीमा मानिसलाई सामान्य जीवन दिनका लागि उहाँले मानिसलाई व्यक्तिगत रूपमा डोऱ्याउनुहुन्छ र मानिसहरूको माझमा व्यक्तिगत रूपले काम गर्नुहुन्छ; उहाँको सम्पूर्ण व्यवस्थापन योजनाको खातिर र आफ्ना सबै कामका लागि उहाँले यो काम व्यक्तिगत रूपमा गर्नुपर्छ। यदि मानिसले लाई देखोस् भनी उहाँ आउनुभएको हो, मानिसलाई खुसी पार्न आउनुभएको हो भनी उसले विश्‍वास गर्छ भने, त्यस्तो विश्वासको कुनै मूल्य हुँदैन, कुनै महत्त्व हुँदैन। मानिसको बुझाइ अति सतही छ! यो काम आफैले गर्नुभयो भने मात्र उहाँले त्यसलाई पूरै र सम्पूर्ण रूपमा गर्न सक्नुहुन्छ। मानिसले को तर्फबाट यो गर्न सक्दैन। उसँग को पहिचान वा वास्तविक गुण नभएकोले, ऊ को काम गर्न असक्षम छ र यदि मानिसले यो काम गऱ्यो भने पनि त्यसको कुनै असर हुँदैन। पहिलो पटक सारा मानवजातिलाई छुटकारा दिन, पापबाट छुटकारा दिन, मानिसलाई शुद्ध हुने र उसका पापहरूको क्षमा पाउने योग्यको बनाउन देह बन्नुभयो। विजयको काम पनि ले मानिसहरूको बीचमा व्यक्तिगत रूपमै गर्नुभयो। यदि यस चरणको अवधिमा, ले अगमवाणी मात्रै बोल्नुहुन्थ्यो भने, एकजना अगमवक्ता वा कुनै वरदान पाएको व्यक्तिलाई पाउन सकिन्थ्यो जसले उहाँको स्थान लिन सक्थ्यो; यदि केवल अगमवाणी मात्र बोलिएको हुन्थ्यो भने, मानिस का लागि खडा हुन सक्थ्यो। तापनि यदि मानिस आफैले व्यक्तिगत रूपले को काम गर्ने कोसिस गरेको भए र मानिसको जीवनको लागि काम गर्ने कोसिस गरेको भए, उसले यो काम गर्न असम्भव हुनेथियो। यो काम स्वयम्‌ले व्यक्तिगत रूपले गर्नुपर्छ: यो काम गर्न व्यक्तिगत रूपमा देह बन्नुपर्छ। वचनको युगमा, यदि अगमवाणी मात्र बोलिएको भए, यो काम यशैया वा एलिया अगमवक्ताले गर्न सक्थे र आफैले यो काम गर्नुपर्ने आवश्यकता हुँदैनथ्यो। यस चरणमा गरिएको काम अगमवाणी बोल्नु मात्र नभएकोले र मानिसलाई जित्न र शैतानलाई हराउन वचनहरूको काम प्रयोग गर्नु महत्त्वपूर्ण भएकोले, यो काम मानिसले गर्न सक्दैन र यसलाई ले नै व्यक्तिगत रूपमा गर्नुपर्छ। व्यवस्थाको युगमा यहोवाले आफ्नो कामको एक भाग गर्नुभयो, त्यसपछि उहाँले केही वचनहरू बोल्नुभयो र अगमवक्ताहरूद्वारा केही काम गर्नुभयो। किनभने मानिसले यहोवाको काममा उहाँको स्थान लिनसक्छ र दर्शीहरूले हुन आउने कुराहरू भन्न सक्छ र उहाँको तर्फबाट केही सपनाहरूको अर्थ पनि खोल्न सक्छ। सुरुमा गरिएको काम मानिसको स्वभावलाई सीधै परिवर्तन गर्नका निम्ति थिएन र मानिसको पापसँग सम्बन्धित थिएन र मानिसले केवल व्यवस्थाको पालन गर्नु आवश्यक थियो। यसैले यहोवा मानिस बन्नुभएन र उहाँले आफूलाई प्रकट गर्नुभएन; यसको सट्टामा उहाँ सीधै मोशा र अरूसँग बोल्नुभयो, तिनीहरूलाई उहाँको पक्षमा बोल्न र काम गर्न लाउनुभयो र तिनीहरूलाई प्रत्यक्ष रूपमा मानवजातिको बीचमा काम गर्न लगाउनुभयो। को कामको पहिलो चरण मानवजातिको नेतृत्व थियो। त्यो शैतानविरुद्धको युद्धको सुरुवात थियो, तर यो युद्ध आधिकारिक रूपमा सुरु हुनु बाँकी नै थियो। शैतानविरुद्धको आधिकारिक युद्ध को पहिलो बाट सुरु भयो र यो आजको दिनसम्म जारी रहेको छ। यस युद्धको पहिलो लडाइँ देहधारी क्रूसमा टाँगिनुभएको बेला भएको थियो। देहधारी को क्रूसीकरणले शैतानलाई हरायो, र यो युद्धको पहिलो सफल चरण थियो। जब देहधारी ले प्रत्यक्ष रूपमा मानिसको जीवनमा काम गर्न थाल्नुभयो, यो मानिसलाई पुन: प्राप्ति गर्ने कामको आधिकारिक सुरुवात थियो र यो मानिसको पुरानो स्वभाव परिवर्तन गर्ने काम भएकोले यो शैतानसित युद्ध गर्ने काम थियो। सुरुमा यहोवाले गर्नुभएको कामको चरण केवल पृथ्वीमा मानिसको जीवनलाई नेतृत्व गर्नु थियो। यो को कामको सुरुवात थियो र यसमा कुनै युद्ध वा कुनै ठूलो काम सामेल नभएको भए पनि त्यसले आउनेवाला युद्धको जग बसाल्यो। पछि, अनुग्रहको युगको अवधिको कामको दोस्रो चरणमा मानिसको पुरानो स्वभाव परिवर्तन गर्ने कार्य सामेल थियो, जसको अर्थ यो हो कि मानव जीवन आफैले बनाउनुभएको हो। यो काम ले व्यक्तिगत रूपमा गर्नुपर्थ्यो: यसका लागि व्यक्तिगत रूपमा देह बन्नु आवश्यक थियो। यदि उहाँ मानिस बन्नुभएको थिएन भने, यस चरणको काममा अरू कसैले पनि उहाँको स्थान लिन सक्दैनथियो, किनकि त्यसले शैतानविरुद्ध प्रत्यक्ष लड्ने कामको प्रतिनिधित्व गर्थ्यो। यदि मानिसले को तर्फबाट यो काम गरेको भए, जब मानिस शैतानको सामु उभिन्थ्यो तब शैतान समर्पित हुने थिएन र त्यसलाई हराउन असम्भव हुनेथियो। त्यसलाई पराजित गर्ने देहधारी नै हुनुपर्थ्यो, किनकि देहधारी को सार अझै पनि नै हुन्छ, उहाँ अझै पनि मानिसको जीवन हुनुहुन्छ र उहाँ अझै पनि सृष्टिकर्ता हुनुहुन्छ; जे हुन्छ, उहाँको पहिचान र वास्तविक गुण परिवर्तन हुनेछैन। यसैले उहाँले गर्नुभयो र शैतानलाई पूर्ण समर्पित गराउन काम गर्नुभयो। आखिरी दिनहरूको कामको अवधिमा यदि मानिसले यो काम गर्नुपर्थ्यो भने र सीधै वचनहरू बोल्न लगाइएको थियो भने, ऊ ती बोल्न असमर्थ हुनेथियो र यदि अगमवाणीहरू बोलिएका भए, त्यो अगमवाणीले मानिसलाई जित्न सक्दैनथियो। गरेर शैतानलाई हराउन र त्यसलाई पूर्ण अधीनतामा ल्याउन आउनुहुन्छ। जब उहाँले शैतानलाई पूर्ण रूपमा पराजित गर्नुहुन्छ, मानिसलाई पूर्ण रूपमा विजय गर्नुहुन्छ र पूर्ण रूपमा प्राप्त गर्नुहुन्छ, तब यो चरणको काम पूरा हुनेछ र सफलता हासिल गरिनेछ। को व्यवस्थापनमा मानिस उहाँको लागि खडा हुन सक्दैन। विशेष गरी, युगको नेतृत्व गर्ने र नयाँ काम सुरु गर्ने कार्य स्वयम्‌ले व्यक्तिगत रूपमा गर्नु झन् ठूलो आवश्यकता हुन्छ। मानिसलाई प्रकाश दिने र उसलाई अगमवाणी प्रदान गर्ने काम मानिसले गर्न सक्छ, तर यदि यो काम ले व्यक्तिगत रूपमा गर्नुपर्छ, स्वयम् र शैतानबीचको युद्धको काम हो भने, यो काम मानिसले गर्न सक्दैन। कामको पहिलो चरणको अवधिमा जब शैतानसित कुनै युद्ध भइरहेको थिएन, तब यहोवाले अगमवक्ताहरूद्वारा बोलिएका अगमवाणी प्रयोग गर्दै इस्राएललाई व्यक्तिगत रूपमा डोऱ्याउनुभयो। पछि, दोस्रो चरणको काम शैतानसितको युद्ध थियो र स्वयम्‌ व्यक्तिगत रूपमा देह बन्नुभयो र यो काम गर्न देहमा आउनुभयो। शैतानविरुद्धको युद्ध संलग्न कुनै पनि कुरामा को पनि सामेल हुन्छ, जसको अर्थ यो युद्ध मानिसले लड्न सक्दैन भन्ने हो। यदि मानिसले युद्ध गर्नुपरेको भए, ऊ शैतानलाई हराउन असमर्थ हुनेथियो। शैतानकै अधिकार-क्षेत्रमा बसेर ऊसँग त्यसको युक्तिविरुद्ध लड्ने शक्ति कसरी हुन्थ्यो र? मानिस बीचमा छ: यदि तँ शैतानतर्फ झुक्छस् भने, तँ शैतानको होस् तर यदि तैँले लाई सन्तुष्ट पार्छस् भने, तँ उहाँको होस्। यदि यो युद्धको काममा मानिसले को पक्षमा खडा हुने कोसिस गरेको भए र खडा भएको भए के ऊ सक्षम हुनेथियो? यदि उसले त्यसो गरेको भए, के ऊ धेरै समय अघि नै नाश हुनेथिएन? के ऊ धेरै समय अघि नै पाताल लोकमा प्रवेश गरिसकेको हुनेथिएन र? यसैले मानिसले को काममा उहाँको स्थान लिन सक्दैन, जसको अर्थ यो हो कि मानिससँग को सार हुँदैन र यदि तैँले शैतानसँग युद्ध गरिस् भने, त्यसलाई हराउन सक्नेथिएनस्। मानिसले केवल केही काम मात्रै गर्न सक्दछ; उसले केही मानिसहरूलाई जित्न सक्छ तर ऊ को स्वयम्‌को काममा को स्थानमा खडा हुन सक्दैन। मानिसले कसरी शैतानसँग युद्ध गर्न सक्थ्यो र? तैँले युद्ध सुरु गर्नुभन्दा पहिले नै शैतानले तँलाई कैदी बनाउनेथियो। जब स्वयम्‌ले शैतानसँग युद्ध गर्नुहुन्छ र मानिसले यसै आधारमा लाई पछ्याउँछ र उहाँको आज्ञा पालन गर्दछ, तब मात्र मानिस द्वारा प्राप्त हुन सक्छ र शैतानका बन्धनहरूबाट उम्कन सक्छ। मानिसले जुन कुराहरू आफ्नै बुद्धि र क्षमताहरूले हासिल गर्न सक्छ ती अति सीमित छन्; ऊ मानिसलाई पूर्ण बनाउन, उसलाई डोऱ्याउन र त्यसबाहेक शैतानलाई हराउन असमर्थ छ। मानिसको ज्ञान र बुद्धिले शैतानका योजनाहरूलाई असफल बनाउन सक्दैन, त्यसैले मानिसले त्योसँग कसरी युद्ध गर्न सक्छ?

सिद्ध हुन इच्छुक सबैसित सिद्ध बनाइने मौका हुन्छ, त्यसैले सबै जना ढुक्क हुनुपर्छ: भविष्यमा तिमीहरू सबै गन्तव्यमा प्रवेश गर्नेछौ। तर यदि तँ सिद्ध हुन इच्छुक छैनस् र त्यो सुन्दर क्षेत्रमा प्रवेश गर्न इच्छुक छैनस् भने, त्यो तेरो आफ्नै समस्या हो। ती सबै जो सिद्ध हुन इच्छुक छन् र प्रति बफादार हुन्छन्, ती सबै जसले आज्ञापालन गर्छन् र जसले विश्वासयोग्य ढङ्गले आफ्नो काम गर्दछन्—त्यस्ता सबै मानिसहरूलाई सिद्ध बनाउन सकिन्छ। आज, ती सबै जसले बफादार भई आफ्नो कर्तव्य पालन गर्दैनन्, ती सबै जो प्रति बफादार छैनन्, ती सबै जो को अधीन बस्दैनन्, विशेष गरी तिनीहरू जसले पवित्र आत्माको अन्तर्दृष्टि र ज्योति प्राप्त गरेका छन्, तर त्यसलाई व्यवहारमा प्रयोग गर्दैनन्, त्यस्ता सबै मानिसहरू सिद्ध बन्न असमर्थ हुन्छन्। तिनीहरू सबै जो बफादार छन् र को आज्ञापालन गर्न इच्छुक छन्, तिनीहरू सिद्ध बनाइन सक्छन्, चाहे तिनीहरू थोरै अज्ञानी नै किन नहोऊन्; ती सबै जो पछ्याउन इच्छुक छन्, तिनीहरूलाई सिद्ध पार्न सकिन्छ। यसबारे चिन्ता लिनु आवश्यक छैन। जबसम्म तँ यस दिशातिर लाग्न तयार हुन्छस्, तँलाई सिद्ध पारिन सकिन्छ। म तिमीहरूको बीचमा भएका कसैलाई पनि त्याग्न वा हटाउन इच्छुक छैन तर यदि मानिसले राम्रो गर्ने कोसिस गर्दैन भने, तैँले आफैलाई नाश पारिरहेको हुन्छस्; तँलाई हटाउने म होइनँ तर तँ आफै होस्। यदि तँ आफैले राम्रो गर्ने कोसिस गर्दैनस् भने—यदि तँ अल्छी छस् वा आफ्नो कर्तव्य पालन गर्दैनस् वा तँ बफादार छैनस्, वा सत्यको पछि लाग्दैनस् र सधैँ तँलाई जे मन लाग्छ त्यही गर्छस्, यदि तँ लापरवाही व्यवहार गर्छस्, तेरो आफ्नै प्रसिद्धि र धनको लागि लडाइँ गर्छस्, विपरीत लिङ्गप्रतिको तेरो व्यवहारमा बेइमान छस् भने, तैँले आफ्नो पापको बोझ आफै बोक्नेछस्; तँ कसैको दया पाउने लायकको हुँदैनस्। मेरो अभिप्राय तिमीहरू सबै सिद्ध बन र कम्तीमा पनि जितिएका हौ भन्ने हो, ताकि यो चरणको काम सफलतापूर्वक पूरा हुन सकोस्। को चाहना हरेक व्यक्ति सिद्ध बनोस्, अन्त्यमा उहाँद्वारा प्राप्त हुन सकोस्, उहाँद्वारा पूर्ण रूपमा धोइओस् र उहाँले प्रेम गर्नुहुने मानिसहरू बनोस् भन्ने छ। मैले तिमीहरू पछौटे वा कम क्षमताका छौ भन्दा केही फरक पर्दैन—यी सब तथ्य हुन्। मैले त्यसो भनेको कुराले म तिमीहरूलाई त्याग्न चाहन्छु, मैले तिमीहरूमाथिको आशा हराएको छु र तिमीहरूलाई बचाउन अझ कम अनिच्छुक छु भन्ने प्रमाणित गर्दैन। आज म तिमीहरूको लागि मुक्तिको काम गर्न आएको हुँ, जसको अर्थ यो हो कि मैले गर्ने काम भनेको मुक्तिको कामको निरन्तरता हो। प्रत्येक व्यक्तिसित सिद्ध बन्ने मौका हुन्छ: यति हो तँ इच्छुक हुनुपर्छ, यति हो तैँले खोजी गर्नुपर्छ, अन्त्यमा तँ यो नतिजा प्राप्त गर्न सक्षम हुनेछस् र तिमीहरूमध्ये एकै जना पनि त्यागिनेछैनौ। यदि तँ कमजोर क्षमताको छस् भने, तँसित मेरा मागहरू तेरो कमजोर योग्यताअनुरूप हुनेछ; यदि तँ उच्च क्षमताको छस् भने तँसित मेरा मागहरू तेरो उच्च क्षमताअनुरूप हुनेछ; यदि तँ अनजान र अशिक्षित छस् भने, तँसित मेरा मागहरू तेरो असाक्षरताअनुरूप हुनेछन्; यदि तँ साक्षर छस् भने, तँसित मेरा मागहरू तँ साक्षर छस् भन्ने तथ्यअनुरूप हुनेछन्; यदि तँ बुढेसकालमा छस् भने, तँसँग मेरा मागहरू तेरो उमेरअनुरूप हुनेछन्; यदि तँ अतिथि-सत्कार प्रदान गर्न सक्छस् भने, तँसँग मेरा मागहरू त्यस क्षमताअनुसार हुनेछन्; यदि तँ अतिथि-सत्कार गर्न सक्दिनँ, निश्‍चित कामहरू मात्र गर्न सक्छु भन्छस् भने, जस्तै सुसमाचार फैलाउने वा मण्डलीको रेखदेख गर्ने वा अन्य सामान्य कुराहरूमा सहभागी हुने, मैले तँलाई सिद्ध बनाउने काम तैँले गर्ने कामअनुसार हुनेछ। बफादार हुनु, आखिरीसम्म आज्ञापालन गर्नु र प्रति सर्वोच्च प्रेम प्राप्त गर्न खोज्नु—यो तैँले पूरा गर्नैपर्ने कुरा हो र यी तीन कुराभन्दा अझ राम्रा अभ्यासहरू छैनन्। अन्त्यमा, मानिसले यी तीन कुराहरू हासिल गर्नु आवश्यक हुन्छ र यदि उसले ती प्राप्त गर्न सक्छ भने, उसलाई सिद्ध बनाइनेछ। तर सबैभन्दा मुख्य कुरा, तैँले साँच्चै खोजी गर्नुपर्दछ, तँ सक्रिय रूपमा अगाडि र माथितिर बढ्नुपर्छ र त्यस विषयमा निष्क्रिय हुनुहुँदैन। मैले भनेको छु कि प्रत्येक व्यक्तिसँग सिद्ध हुने मौका हुन्छ र सिद्ध हुनका लागि सक्षम हुन्छ र यो सत्य हो तर तँ आफ्नो खोजीमा अझ उत्तम हुने प्रयास गर्दैनस्। यदि तैँले यी तीन मापदण्डहरू हासिल गर्दैनस् भने, अन्त्यमा तँलाई हटाइनु नै पर्छ। सबैले यो गतिलाई पछ्याउन सकून् भन्ने म चाहन्छु, म सबैले पवित्र आत्माको काम र अन्तर्दृष्टि प्राप्त गरोस् र आखिरीसम्म आज्ञापालन गर्न सकोस् भन्ने चाहन्छु, किनकि तिमीहरू प्रत्येकले गर्नुपर्ने कर्तव्य यही हो। जब तिमीहरू सबैले आफ्नो कर्तव्य पूरा गर्छौ तब तिमीहरू सबै सिद्ध बनाइएका हुनेछौ, तिमीहरूका गवाही पनि धेरै शानदार हुन्छ। गवाही हुनेहरू सबै शैतानमाथि विजय बनेका र का प्रतिज्ञा प्राप्त गरेका हुन्छन् अनि तिनीहरू ती व्यक्तिहरू हुन् जो त्यस सुन्दर गन्तव्यमा बस्नको लागि रहिरहनेछन्।

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्