परमेश्‍वरको कार्य र मानिसको अभ्यास (भाग एक)

मानिसको बीचमा परमेश्‍वरले गर्ने काम मानिसबाट अलग रहन सक्दैन, किनभने मानिस नै यो कामको लक्ष्य र परमेश्‍वरले बनाउनुभएको एउटै मात्र प्राणी हो, जसले परमेश्‍वरको साक्षी दिन सक्छ। मानिसको जीवन र मानिसका सबै क्रियाकलापहरूलाई परमेश्‍वरबाट अलग गर्न सकिँदैन र यी सबै परमेश्‍वरका हातद्वारा नियन्त्रित छन् र कुनै पनि व्यक्ति परमेश्‍वरबाट स्वतन्त्र रहेर अस्तित्वमा रहन सक्दैन भनेर समेत भन्‍न सकिन्छ। यसलाई कसैले पनि इन्कार गर्न सक्दैन, किनभने यो एउटा तथ्य हो। परमेश्‍वरले गर्नुहुने सबै कुरा मानवजातिको फाइदाको लागि हुन् र यी शैतानका युक्तिहरूका विरुद्ध निर्देशित छन्। मानिसलाई चाहिने सबै कुरा परमेश्‍वरबाट आउँछन् र मानिसको जीवनको स्रोत परमेश्‍वर नै हुनुहुन्छ। तसर्थ, मानिस परमेश्‍वरबाट अलग हुनै सक्दैन। यसको साथै, मानिसबाट अलग हुने परमेश्‍वरको कुनै अभिप्राय कहिल्यै रहेको छैन। परमेश्‍वरले गर्नुहुने काम सारा मानवजातिको खातिर हो र उहाँका विचारहरू सँधै दयालु छन्। त्यसो भए, मानिसको लागि परमेश्‍वरको काम र परमेश्‍वरका विचारहरू (अर्थात् परमेश्‍वरको इच्‍छा) दुवै नै मानिसले जान्‍नुपर्ने “दर्शनहरू” हुन्। त्यस्ता दर्शनहरू परमेश्‍वरको व्यवस्थापन, र मानिसले गर्न नसक्ने काम पनि हुन्। यसबीच, आफ्‍नो कामको अवधिमा परमेश्‍वरले मानिसलाई गर्ने मागहरूलाई मानिसको “अभ्यास” भनिन्छ। दर्शनहरू परमेश्‍वर स्वयमका काम हुन् वा ती मानवजातिप्रतिको उहाँको इच्‍छा वा उहाँको कामका उद्देश्यहरू र महत्त्व हुन्। दर्शनहरूलाई व्यवस्थापनको भाग पनि भन्‍न सकिन्छ, किनभने यो व्यवस्थापन परमेश्‍वरको काम हो र यो मानिसप्रति निर्देशित छ, जसको अर्थ यो, परमेश्‍वरले मानिसको बीचमा गर्नुहुने काम हो भन्ने हुन्छ। यो काम त्यो प्रमाण र मार्ग हो जसद्वारा मानिसले परमेश्‍वरलाई चिन्छ र यो, मानिसको लागि सबैभन्दा धेरै महत्त्वको छ। यदि मानिसहरूले परमेश्‍वरको कार्यको ज्ञानमा ध्यान दिनुको सट्टा, परमेश्‍वरमाथिको विश्‍वासका धर्मसिद्धान्तहरू वा सानातिना महत्त्वहीन विवरणहरूमा मात्रै ध्यान दिन्छन् भने, तिनीहरूले परमेश्‍वरलाई चिन्‍नेछैनन् र यसको साथै, तिनीहरू परमेश्‍वरको हृदयअनुसारका बन्‍नेछैनन्। परमेश्‍वरसम्‍बन्धी मानिसको ज्ञानको लागि अत्यन्तै उपयोगी परमेश्‍वरको कामलाई दर्शनहरू भनिन्छ। परमेश्‍वरको काम, परमेश्‍वरको इच्‍छा र परमेश्‍वरको कामका लक्ष्‍यहरू र महत्त्व नै यी दर्शनहरू हुन्; ती सबै मानिसको लागि लाभदायक छन्। अभ्यासले मानिसद्वारा गरिनुपर्ने, परमेश्‍वरलाई पछ्याउने प्राणीहरूद्वारा गरिनुपर्ने कुरालाई जनाउँछ र यो मानिसको कर्तव्य पनि हो। मानिसले के गर्नुपर्छ भन्ने कुरा मानिसले सुरुदेखि नै बुझेको कुरा होइन तर आफ्‍नो कामको अवधिमा परमेश्‍वरले मानिसलाई दिनुभएका मागहरू नै हुन्। परमेश्‍वरले कार्य गर्ने क्रममा यी मागहरू क्रमिक रूपमा अझै गहन र अझै उच्‍च बन्छन्। उदाहरणको लागि, व्यवस्थाको युगमा मानिसले व्यवस्थालाई पछ्याउनुपर्थ्यो र अनुग्रहको युगमा मानिसले क्रूसलाई बोक्‍नुपर्थ्यो। राज्यको युग फरक छ: मानिसलाई दिइएका मागहरू व्यवस्थाको युग र अनुग्रहको युगको भन्दा उच्‍च छन्। दर्शनहरू जति उच्‍च हुँदै जान्छन्, मानिसलाई दिइएका मागहरू त्यति नै उच्‍च हुँदै जान्छन् र अझै स्पष्ट र अझै वास्तविक हुँदै जान्छन्। त्यसरी नै, दर्शनहरू पनि बढ्दो रूपमा वास्तविक हुँदै जान्छन्। यी धेरै वास्तविक दर्शनहरू परमेश्‍वरप्रतिको मानिसको आज्ञापालनसँग मात्रै अनुकूल छैनन् तर परमेश्‍वरसम्‍बन्धी उसको ज्ञानसँग अझै अनुकूल छन्।

अघिल्‍ला युगहरूको तुलनामा, राज्यको युगको अवधिमा परमेश्‍वरको काम अझै बढी व्यावहारिक, मानिसको सार-तत्व र उसका स्वभाव परिवर्तनहरूप्रति अझै बढी निर्देशित र उहाँलाई पछ्याउनेहरू सबैका खातिर परमेश्‍वर स्वयमको साक्षी दिन अझै बढी सक्षम छ। अर्थात, राज्यको युगको अवधिमा उहाँले काम गर्ने क्रममा, परमेश्‍वरले आफैलाई मानिसकहाँ विगतको कुनै पनि समयमा भन्दा बढी प्रकट गर्नुहुन्छ, जसको अर्थ मानिसले जान्‍नुपर्ने दर्शनहरू कुनै पनि अघिल्‍लो युगको भन्दा उच्‍च छन् भन्ने हुन्छ। मानिसको बीचमा परमेश्‍वरले गर्नुहुने काम अभूतपूर्व क्षेत्रमा प्रवेश गरेको हुनाले, राज्यको युगको अवधिमा मानिसले जानेका दर्शनहरू सम्पूर्ण व्यवस्थापनको कार्यभरिमा नै सबैभन्दा उच्‍च छन्। परमेश्‍वरको कार्य अभूतपूर्व क्षेत्रमा प्रवेश गरेको छ र त्यसैले मानिसले जान्‍नुपर्ने दर्शनहरू सम्पूर्ण दर्शनहरूमा सबैभन्दा उच्‍च बनेका छन् र यसको परिणामस्वरूप मानिसले गर्ने अभ्यास पनि अघिल्‍लो जुनसुकै युगको भन्दा उच्‍च छ, किनभने मानिसको अभ्यास दर्शनहरूसँगै परिवर्तन हुन्छ र दर्शनहरूको सिद्धता मानिसलाई दिइएका मागहरूको सिद्धताको पनि सङ्केत हो। परमेश्‍वरका सबै व्यवस्थापन रोकिनेबित्तिकै, मानिसको अभ्यास पनि रोकिन्छ र परमेश्‍वरको कामविना, विगत समयका धर्मसिद्धान्तलाई पालन गर्नेबाहेक मानिससँग अरू कुनै विकल्‍प रहनेछैन, अन्यथा फर्कने ठाउँ कहीँ पनि हुनेछैन। नयाँ दर्शनहरूविना, मानिसद्वारा गरिने कुनै नयाँ अभ्यास हुनेछैन; पूर्ण दर्शनहरूविना, मानिसद्वारा गरिने कुनै सिद्ध अभ्यास हुनेछैन; उच्‍च दर्शनहरूविना, मानिसद्वारा गरिने कुनै उच्‍च अभ्यास हुनेछैन। मानिसको अभ्यास परमेश्‍वरका पाइलाहरूसँगै परिवर्तन हुन्छ अनि सोहीअनुरूप, मानिसका ज्ञान र अनुभव पनि परमेश्‍वरको कार्यसँगै परिवर्तन हुन्छन्। मानिस जति सक्षम भए तापनि, ऊ परमेश्‍वरबाट अलग रहन सक्दैन र यदि परमेश्‍वरले एक क्षणको लागि मात्रै भए पनि काम गर्न छोड्नुभयो भने, मानिस उहाँको क्रोधबाट तुरुन्तै मर्नेथियो। घमण्ड गर्नको लागि मानिससँग केही पनि छैन, किनभने मानिसको ज्ञान आज जति नै उच्‍च किन नहोस्, उसका अनुभवहरू जति नै प्रगाढ किन नहोऊन्, ऊ परमेश्‍वरको कामबाट अलग रहन सक्दैन—किनभने मानिसको अभ्यास र परमेश्‍वरमाथिको आफ्‍नो विश्‍वासमा उसले खोज्‍नुपर्ने कुरालाई दर्शनहरूबाट अलग गर्न सकिँदैन। परमेश्‍वरको कार्यको हरेक घटनामा, मानिसले जान्‍नुपर्ने दर्शनहरू छन् र यीनै कुराहरूलाई पछ्याउँदै, मानिसलाई उचित मागहरू दिइन्छ। जगको रूपमा रहेका यी दर्शनहरूविना, मानिस अभ्यास गर्न असक्षम हुने थियो, न त ऊ अटल रूपमा परमेश्‍वरलाई पछ्याउन नै सक्षम हुने थियो। यदि मानिसले परमेश्‍वरलाई चिन्दैन वा परमेश्‍वरको इच्‍छालाई बुझ्दैन भने, मानिसले गर्ने सबै कुरा व्यर्थ र परमेश्‍वरद्वारा अनुमोदन हुन असक्षम हुन्छ। मानिसका वरदानहरू जति नै प्रशस्त भए पनि, परमेश्‍वरको काम र परमेश्‍वरको अगुवाइबाट ऊ अझै अलग रहन सक्दैन। मानिसका कार्यहरू जति नै असल भए पनि वा मानिसले जति नै कामहरू गरे पनि, तिनले परमेश्‍वरको कार्यलाई अझै प्रतिस्थापन गर्न सक्दैनन्। त्यसैले, कुनै पनि परिस्‍थितिमा मानिसको अभ्यासलाई दर्शनहरूबाट अलग गर्न सकिँदैन। नयाँ दर्शनहरूलाई स्वीकार नगर्नेहरूसँग कुनै नयाँ अभ्यास हुँदैन। तिनीहरूको अभ्यासले सत्यतासँग कुनै सम्‍बन्ध राख्दैन किनभने तिनीहरू धर्मसिद्धान्तअनुसार चल्दछन् र तिनीहरूले मृत व्यवस्थालाई छाड्दैनन्; तिनीहरूमा कुनै नयाँ दर्शनहरू हुँदैन, र यसको परिणामस्वरूप, तिनीहरूले नयाँ युगको कुनै पनि कुरालाई अभ्यास गर्दैनन्। तिनीहरूले दर्शनहरूलाई गुमाएका छन् र यस क्रममा तिनीहरूले पवित्र आत्माको कामलाई पनि गुमाएका छन् र तिनीहरूले सत्यतालाई गुमाएका छन्। सत्यताविहीनहरू मूर्खताका सन्तान हुन्, तिनीहरू शैतानका मूर्तरूप हुन्। कुनै पनि व्यक्ति चाहे जस्तोसुकै प्रकारको व्यक्ति होस्, तिनीहरू परमेश्‍वरको कामका दर्शनहरूविहीन हुन सक्दैनन् र पवित्र आत्‍माको उपस्थितिविहीन हुन सक्दैनन्; कुनै व्यक्तिले दर्शनहरूलाई गुमाउनेबित्तिकै, ऊ पातालमा झरिहाल्छ र अन्धकारको बीचमा जिउँछ। दर्शनहरूविनाका मानिसहरू परमेश्‍वरलाई मूर्खतापूर्ण तरिकाले पछ्याउनेहरू हुन्, तिनीहरू त्यस्ता हुन् जसमा पवित्र आत्‍माको काम हुँदैन र तिनीहरू नरकमा जिइरहेका हुन्छन्। त्यस्ता मानिसहरूले सत्यताको खोजी गर्दैनन्, बरु परमेश्‍वरको नामलाई साइनबोर्ड जस्तै झुण्ड्याउँछन्। पवित्र आत्माको कामलाई नचिन्‍नेहरू, देहधारी परमेश्‍वरलाई नचिन्‍नेहरू, परमेश्‍वरको व्यवस्थापनको सम्पूर्णताका तीन चरणको कार्यलाई नजान्‍नेहरू—तिनीहरूलाई दर्शनहरूबारे थाहा छैन, त्यसैले तिनीहरू सत्यताविहीन छन्। अनि सत्यता नभएकाहरू सबै दुष्ट काम गर्नेहरू होइनन् र? सत्यतालाई अभ्यास गर्न इच्‍छुकहरू, परमेश्‍वरको ज्ञानको खोजी गर्न इच्‍छुकहरू र परमेश्‍वरसँग साँचो रूपमा सहकार्य गर्नेहरू ती मानिसहरू हुन् जसका लागि दर्शनहरूले जगको रूपमा काम गर्छन्। तिनीहरूलाई परमेश्‍वरले स्वीकार गर्नुहुन्छ किनभने तिनीहरूले परमेश्‍वरसँग सहकार्य गर्छन् र मानिसले अभ्यास गर्नुपर्ने सहकार्य यही नै हो।

दर्शनहरूमा अभ्यास गर्नुपर्ने धेरै मार्गहरू समावेश छन्। मानिसले जान्‍नुपर्ने परमेश्‍वरको काम भएजस्तै, मानिसबाट गरिने व्यवहारिक मागहरू पनि दर्शनहरूभित्र समावेश छन्। विगतमा, विभिन्‍न स्थानमा आयोजना गरिने विशेष भेलाहरू वा भव्य भेलाहरूमा, अभ्यासको मार्गको एउटै पक्षबारे मात्रै बोलियो। त्यस्तो अभ्यास अनुग्रहको युगको अवधिमा व्यवहारमा उतार्नुपर्ने अभ्यास थियो र परमेश्‍वरसम्‍बन्धी ज्ञानसँग यसले मुस्किलले सम्‍बन्ध राख्थ्यो, किनभने अनुग्रहको युगको दर्शन येशूको क्रूसीकरणको दर्शन मात्रै थियो र अरू कुनै ठूला दर्शनहरू थिएनन्। क्रूसीकरणद्वारा उहाँले गर्नुभएको मानवजातिको छुटकाराको कामभन्दा बढी कुरा मानिसले जान्‍नुहुँदैन भन्ने मानिन्थ्यो र अनुग्रहको युगको अवधिमा, मानिसले जान्‍नुपर्ने अरू कुनै पनि दर्शनहरू थिएनन्। यसरी, मानिससँग परमेश्‍वरसम्‍बन्धी थोरै मात्रै ज्ञान थियो र येशूको प्रेम र करुणासम्‍बन्धी ज्ञानबाहेक, उसले अभ्यास गर्नका लागि थोरै सरल र दयनीय कुराहरू अर्थात् आजका कुराहरूभन्दा निकै टाढाका कुराहरू मात्रै थिए। विगतमा, मानिसको भेलाले जस्तोसुकै आकार लिए पनि, परमेश्‍वरको कामको व्यवहारिक ज्ञानबारे बताउन ऊ असक्षम थियो, मानिस प्रवेश गर्नुपर्ने सबैभन्दा उपयुक्त अभ्यासको मार्ग कुन हो भन्‍ने कुरालाई कसैले स्पष्ट रूपमा बताउन सक्‍नु त परै जाओस्। मानिसले सहनशीलता र धैर्यताको जगमा केही सरल विवरणहरू मात्रै थप्यो; उसको अभ्यासको सारमा कुनै परिवर्तन नै थिएन, किनभने उही युगमा परमेश्‍वरले कुनै पनि नयाँ काम गर्नुभएन र मानिसलाई उहाँले गर्नुभएका मागहरू सहनशीलता र धैर्यता वा क्रूस उठाउने कार्य मात्रै थिए। त्यस्ता अभ्यासहरूबाहेक, येशूको क्रूसीकरणभन्दा अरू कुनै उच्‍च दर्शनहरू थिएनन्। विगतमा, अरू दर्शनहरूबारे कुनै उल्‍लेख गरिएन किनभने परमेश्‍वरले त्यति धेरै काम गर्नुभएन, किनभने उहाँले मानिसलाई सीमित मागहरू मात्रै गर्नुभयो। यसरी, मानिसले जेसुकै गरे तापनि, यी सीमाहरूलाई उल्लङ्घन गर्न ऊ असक्षम थियो, जुन सीमाहरू मानिसले अभ्यास गर्नुपर्ने केही सरल र सतही कुराहरूबाहेक केही पनि थिएनन्। आज म अरू दर्शनहरूबारे बताउँछु किनभने आज धेरै काम गरिएको छ, जुन काम व्यवस्थाको युग र अनुग्रहको युगको भन्दा धेरै गुणा बढी छ। मानिसलाई दिइएका मागहरू पनि विगतका युगहरूका भन्दा कैयौं गुणा बढी छन्। यदि मानिस त्यस किसिमको कार्यलाई बुझ्‍न पूर्ण रूपमा असमर्थ छ भने, यसमा त्यति ठूलो महत्त्व हुँदैन; यदि मानिसले यसको लागि आफ्‍नो सम्पूर्ण जीवनभरिको प्रयासलाई समर्पित गर्दैन भने, त्यस्ता कार्यलाई पूर्णरूपमा बुझ्‍न उसलाई कठिनाइ हुनेछ भन्‍न सकिन्छ। विजयको काममा, अभ्यासको मार्ग बारे मात्रै कुरा गर्नुले मानिसको विजयलाई असम्‍भव तुल्याउनेथियो। मानिसलाई कुनै पनि मागहरू नदिइकन दर्शनहरूबारे मात्रै कुरा गरियो भने, यसले पनि मानिसको विजयलाई असम्‍भव नै तुल्याउनेथियो। यदि अभ्यासको मार्गबाहेक अरू केहीबारे बोलिएन भने, मानिसको मुख्य कमजोरीलाई प्रहार गर्नु वा मानिसका धारणाहरूलाई तोड्नु असम्‍भव हुनेथियो र मानिसलाई पूर्ण रूपले विजय गर्नु पनि असम्‍भव नै हुनेथियो। मानिसको विजयको मुख्य औजार दर्शनहरू नै हुन्, तैपनि यदि दर्शनहरूबाहेक अभ्यासको कुनै मार्ग थिएन भने, मानिसले पछ्याउनको लागि कुनै बाटो हुने थिएन, उसँग प्रवेशका कुनै माध्यमहरू हुनु त परै जाओस्। सुरुदेखि अन्तिमसम्‍मै परमेश्‍वरको कामको सिद्धान्त यही नै रहेको छ: दर्शनहरूमा ती कुरा छन् जसलाई अभ्यास गर्न सकिन्छ र अभ्यासबाहेक थप रूपमा दर्शनहरू पनि छन्। मानिसको जीवन र उसको स्वभाव दुवैमा हुने परिवर्तनहरूको तह दर्शनहरूको परिवर्तनसँग साथ-साथै रहन्छ। यदि मानिस आफ्‍नै प्रयासहरूमा मात्रै भर पर्नुपरेको थियो भने, उसले कुनै पनि ठूलो तहको परिवर्तन हासिल गर्न असम्‍भव हुनेथियो। दर्शनहरूले परमेश्‍वर स्वयमको काम र परमेश्‍वरको व्यवस्थापनबारे बताउँछन्। अभ्यासले मानिसको अभ्यासको मार्ग र मानिसको अस्तित्वको बाटोलाई जनाउँछ; परमेश्‍वरको सबै व्यवस्थापनमा, दर्शनहरू र अभ्यासबीचको सम्‍बन्ध परमेश्‍वर र मानिसबीचको सम्‍बन्ध हो। यदि दर्शनहरूलाई हटाइयो भने, वा यदि अभ्यासबारे कुरा नगरिकन तिनीबारे बताइयो भने, वा यदि दर्शनहरू मात्रै थिए र मानिसका अभ्यासलाई हटाइएको थियो भने, त्यस्ता कुराहरूलाई परमेश्‍वरको व्यवस्थापनको रूपमा लिन सकिँदैन, मानवजातिको लागि परमेश्‍वरको कार्य गरिएको छ भनेर भन्‍न सक्‍ने त परै जाओस्; यसरी, मानिसको कर्तव्यलाई हटाइने मात्रै होइन तर यो परमेश्‍वरको कामको उद्देश्यको पनि इन्कार हुनेथियो। यदि, सुरुदेखि अन्तिमसम्‍मै, परमेश्‍वरको कामको संलग्‍नताविना नै मानिसले अभ्यास मात्रै गर्नु आवश्यक थियो, साथै, मानिसले परमेश्‍वरको कामबारे जान्‍नु आवश्यक थिएन भने, त्यस्तो काम अझै विरलै परमेश्‍वरको व्यवस्थापन भन्‍न सकिन्थ्यो। यदि मानिसले परमेश्‍वरलाई चिनेको थिएन र परमेश्‍वरको इच्‍छाबारे अनजान थियो अनि उसले आफ्‍नो अभ्यासलाई अस्पष्ट र अमूर्त रूपमा अन्धाधुन्ध अघि बढाउँथ्यो भने, ऊ कहिल्यै पनि पूर्ण रूपमा योग्य प्राणी बन्‍ने थिएन। त्यसकारण, यी दुवै कुरा अपरिहार्य छन्। यदि परमेश्‍वरको काम मात्रै थियो, भन्‍नुको अर्थ यदि दर्शनहरू मात्रै थिए र मानिसद्वारा कुनै सहकार्य वा अभ्यास गरिएको थिएन भने, त्यस्ता कुराहरूलाई परमेश्‍वरको व्यवस्थापन भन्‍न सकिँदैन। यदि मानिसको अभ्यास र प्रवेश मात्रै थिए भने, मानिस जति उच्‍च मार्गमा प्रवेश गरे तापनि, यो पनि अस्वीकार्य नै हुनेथियो। मानिसको प्रवेश काम र दर्शनहरूसँगै क्रमिक रूपमा परिवर्तन हुनुपर्छ; यो झट्ट परिवर्तन हुन सक्दैन। मानिसको अभ्यासका सिद्धान्तहरू स्वतन्त्र र बन्धनमुक्त छैनन् तर ती निश्‍चित सीमाभित्र तय गरिएका हुन्छन्। त्यस्ता सिद्धान्तहरू कामको दर्शनहरूसँगै परिवर्तन हुन्छन्। त्यसकारण, परमेश्‍वरको व्यवस्थापन आखिरमा परमेश्‍वरको काम र मानिसको अभ्यासमा नै जोडिन्छ।

मानिसको कारणले गर्दा मात्रै व्यवस्थापनको कार्य आयो, जसको अर्थ मानवजातिको अस्तित्वको कारणले मात्रै यो खडा भयो। मानवजाति हुनुभन्दा पहिले वा सुरुमा, जब स्वर्ग र पृथ्वी अनि यावत् थोक सृष्टि गरियो, त्यो बेला कुनै व्यवस्थापन थिएन। यदि, परमेश्‍वरको सारा काममा, मानिसको लागि लाभदायक कुनै अभ्यास थिएन भने, अर्थात् भ्रष्ट मानवजातिलाई परमेश्‍वरले उचित मागहरू नदिनुभएको भए (यदि, परमेश्‍वरले गर्नुभएको काममा, मानिसको अभ्यासको लागि कुनै उपयुक्त मार्ग थिएन भने), यो कार्यलाई परमेश्‍वरको व्यवस्थापन भनेर भन्‍न सकिने थिएन। यदि परमेश्‍वरको कार्यको सम्पूर्णतामा भ्रष्ट मानवजातिलाई तिनीहरूले आफ्‍नो अभ्यासलाई कसरी अघि बढाउनुपर्छ भन्‍ने बारेमा बताउने कार्य मात्रै समावेश थियो भने, र परमेश्‍वरले आफ्‍नो कुनै पनि कार्य-कुशलतालाई अघि नबढाउनुभएको भए, र आफ्‍नो सर्व-शक्ति वा बुद्धिको एउटा भाग पनि प्रदर्शन नगर्नुभएको भए, परमेश्‍वरले मानिसलाई दिनुभएको मागहरू जति उच्‍च भए पनि, मानिसको बीचमा परमेश्‍वर जति लामो समय बस्‍नुभएको भए तापनि, मानिसले परमेश्‍वरको स्वभावको बारेमा केही पनि जान्‍ने थिएन; यदि त्यसो भएको भए, यस प्रकारको कामलाई परमेश्‍वरको व्यवस्थापन भन्‍न अझै अयोग्य हुनेथियो। सरल रूपमा भन्दा, परमेश्‍वरको व्यवस्थापनको काम भनेको परमेश्‍वरले गर्नुभएका, साथै परमेश्‍वरद्वारा प्राप्त गरिएकाहरूले परमेश्‍वरको अगुवाइमा गरेका सबै काम हो। त्यस प्रकारको कामलाई व्यवस्थापनको रूपमा सार-सङ्क्षेप गर्न सकिन्छ। अर्को शब्‍दमा भन्दा, मानिसको बीचमा परमेश्‍वरले गर्नुहुने काम, साथै उहाँलाई पछ्याउनेहरूले उहाँसँग गर्ने सहकार्य सबैलाई समग्रमा व्यवस्थापन भनिन्छ। यहाँ, परमेश्‍वरको कार्यलाई दर्शनहरू भनिएको छ र मानिसको सहकार्यलाई अभ्यास भनिएको छ। परमेश्‍वरको कार्य जति उच्‍च छ (अर्थात् दर्शनहरू जति उच्‍च छन्), परमेश्‍वरको स्वभावलाई मानिसको लागि त्यति नै सरल तुल्याइन्छ, यो मानिसका धारणाहरूसँग त्यति नै अमिल्दो हुन्छ र मानिसको अभ्यास र सहकार्य त्यति नै उच्‍च बन्छ। मानिसलाई दिइएका मापदण्डहरू जति उच्‍च छन्, मानिसका धारणाहरूसँग परमेश्‍वरको कार्य त्यति नै अमिल्दो हुन्छ, जसको परिणामस्वरूप, मानिसका परीक्षाहरू र उसले पूरा गर्नुपर्ने मापदण्डहरू पनि उच्‍च बन्छन्। यो कामको समाप्तिमा, सारा दर्शनहरू पूरा गरिएका हुनेछन् र मानिसले जुन कुरालाई अभ्यास गर्नुपर्ने छ त्यो सिद्धताको शिखरमा पुगेको हुनेछ। यो हरेकलाई यसका प्रकारअनुसार वर्गीकरण गरिने समय पनि हुनेछ, किनभने मानिसले जान्‍नु आवश्यक कुरा मानिसलाई देखाइएको हुनेछ। त्यसकारण, जब दर्शनहरू चरम विन्दुमा पुग्छन्, सोहीअनुसार काम पनि यसको समाप्तिमा पुग्‍नेछ र मानिसको अभ्यास पनि यसको शीर्ष विन्दुमा पुगेको हुनेछ। मानिसको अभ्यास परमेश्‍वरको काममा आधारित हुन्छ र परमेश्‍वरको व्यवस्थापन मानिसको अभ्यास र सहकार्यमा मात्रै पूर्ण रूपमा व्यक्त हुन्छ। मानिस परमेश्‍वरको कामको प्रदर्शन-नमुना र परमेश्‍वरको सारा व्यवस्थापन कार्यको लक्ष्य, साथै परमेश्‍वरको सम्पूर्ण व्यवस्थापनको परिणाम पनि हो। यदि परमेश्‍वरले मानिसको सहकार्यविना नै काम गर्नुभयो भने, उहाँको सम्पूर्ण कार्यको उत्कृष्टताको रूपमा रहन सक्‍ने केही पनि हुनेथिएन र परमेश्‍वरको व्यवस्थापनको अलिकति पनि महत्त्व हुनेथिएन। परमेश्‍वरको कामको अतिरिक्त, आफ्‍नो कामलाई व्यक्त गर्न र यसको सर्व-शक्ति र बुद्धिलाई प्रमाणित गर्नको लागि परमेश्‍वरले उचित पात्रहरूलाई छनौट गरेर मात्रै, आफ्‍नो व्यवस्थापनको उद्देश्यलाई पूरा गर्न र शैतानलाई पूर्ण रूपमा पराजित गर्न यी सबै कार्यको प्रयोग गर्नुको आफ्‍नो लक्ष्‍यलाई हासिल गर्न सक्‍नुहुन्छ। त्यसकारण, मानिस परमेश्‍वरको व्यवस्थापनको कामको अपरिहार्य भाग हो र परमेश्‍वरको व्यवस्थापनलाई फल फलाउने र यसको अन्तिम लक्ष्‍यलाई हासिल गर्ने बनाउन सक्‍ने मानिस मात्रै हो; मानिसबाहेक, अरू कुनै पनि प्राणीले त्यस किसिमको भूमिकालाई निर्वाह गर्न सक्दैन। यदि मानिस परमेश्‍वरको व्यवस्थापन कार्यको साँचो उत्कृष्टता हुनु छ भने, भ्रष्ट मानवजातिको अनाज्ञाकारीतालाई पूर्ण रूपमा हटाइनुपर्छ। यसको लागि के आवश्यक पर्छ भने, मानिसलाई फरक-फरक समयको लागि उपयुक्त अभ्यास दिइनुपर्छ र परमेश्‍वरले मानिसको बीचमा त्यसैअनुरूपको कार्य गर्नुपर्छ। यसरी मात्रै आखिरमा मानिसहरूको त्यो समूहलाई प्राप्त गरिनेछ जो परमेश्‍वरको व्यवस्थापन कार्यको उत्कृष्टता हुन्। परमेश्‍वरको कार्यद्वारा मात्रै मानिसको बीचमा परमेश्‍वरले गर्नुभएको कार्यले परमेश्‍वरको गवाही दिन सक्दैन; त्यस्तो गवाही हासिल गर्न उहाँको कामको निम्ति उपयुक्त जीवित मानवजातिको आवश्यकता पर्छ। परमेश्‍वरले सुरुमा यी मानिसहरूमा काम गर्नुहुन्छ, त्यसपछि त्यसद्वारा उहाँको कामलाई व्यक्त गरिनेछ र यसरी उहाँको त्यस्तो गवाहीलाई प्राणीहरूका बीचमा वहन गरिनेछ र यसमा परमेश्‍वरले आफ्‍नो कामको लक्ष्‍यलाई हासिल गर्नुभएको हुनेछ। शैतानलाई हराउनको लागि परमेश्‍वरले एकलै काम गर्नुहुन्‍न किनभने उहाँले सारा प्राणीहरूका बीचमा आफ्‍नो गवाही आफै दिन सक्‍नुहुन्‍न। यदि उहाँले त्यसो गर्नुभयो भने, मानिसलाई पूर्ण रूपमा विश्‍वस्त तुल्याउनु असम्‍भव हुनेथियो, त्यसकारण त्यसलाई जित्‍नको लागि परमेश्‍वरले मानिसमा काम गर्नैपर्छ, त्यसपछि मात्रै उहाँले सारा प्राणीहरूका बीचमा आफ्‍नो गवाही प्राप्त गर्न सक्‍नुहुनेछ। यदि मानिसको सहकार्यविना परमेश्‍वरले मात्रै काम गर्नुभयो भने, वा यदि मानिसले सहकार्य गर्नु आवश्यक थिएन भने, मानिसले परमेश्‍वरको स्वभावलाई कहिल्यै पनि जान्‍न सक्‍नेथिएन र ऊ परमेश्‍वरको इच्छाबारे सदासर्वदा नै अनभिज्ञ हुनेथियो; त्यसपछि परमेश्‍वरको कामलाई परमेश्‍वरको व्यवस्थापनको काम भनेर भन्‍न सकिने थिएन। यदि परमेश्‍वरको कामलाई नबुझीकन मानिसले आफै प्रयास गरेको र खोजी गरेको र कठिन परिश्रम गरेको भए, मानिसले मजाक गरिरहेको हुनेथियो। पवित्र आत्माको कार्यविना, मानिसले गर्ने कुरा शैतानकै हुन्छ, ऊ विद्रोही र दुष्ट काम गर्ने हुन्छ; भ्रष्ट मानिसले गर्ने सबै कुरामा शैतानलाई प्रकट गरिन्छ र परमेश्‍वरको अनुरूप केही पनि हुँदैन र मानिसले गर्ने सबै कुरा शैतानको प्रकटीकरण नै हुन्छ। बोलिएका सबै कुरामा दर्शनहरू र अभ्यासबाट कुनै पनि कुरा अलग छैनन्। दर्शनहरूका जगमा मानिसले अभ्यास र आज्ञापालनको मार्ग भेट्टाउँछ, ताकि उसले आफ्‍ना धारणाहरूलाई पन्छ्याएर विगतमा उसँग नभएका कुराहरूलाई प्राप्त गर्न सकोस्। मानिसले उहाँसँग सहकार्य गरोस्, उहाँका मागहरूमा मानिस पूर्ण रूपमा समर्पित होस् भनेर परमेश्‍वरले माग गर्नुहुन्छ र मानिसले परमेश्‍वर स्वयमले गर्नुभएको कामलाई हेर्न, परमेश्‍वरको सर्वशक्तिमान्‌ शक्तिलाई अनुभव गर्न र परमेश्‍वरको स्वभावलाई जान्‍नको लागि अनुरोध गर्छ। सारांशमा, यी परमेश्‍वरका व्यवस्थापन हुन्। मानिससँगको परमेश्‍वरको मिलाप नै व्यवस्थापन हो र यो सबैभन्दा ठूलो व्यवस्थापन हो।

दर्शनहरूमा संलग्‍न कुराले प्राथमिक रूपमा परमेश्‍वर स्वयमको कार्यलाई जनाउँछ र अभ्यासमा संलग्‍न कुरालाई मानिस स्वयमले गर्नुपर्छ र परमेश्‍वरसँग यसको कुनै सम्‍बन्ध हुँदैन। परमेश्‍वरको कार्यलाई परमेश्‍वर स्वयमले पूरा गर्नुहुन्छ, र मानिसको अभ्यासलाई मानिस आफैले हासिल गर्छ। जुन कुरा परमेश्‍वरद्वारा गरिनुपर्छ त्यो मानिसद्वारा गरिनु आवश्यक छैन, र मानिसद्वारा अभ्यास गरिनुपर्ने कुरा परमेश्‍वरसँग सम्‍बन्धित छैन। परमेश्‍वरको कार्य उहाँको आफ्‍नै सेवकाइ हो र मानिससँग यसको कुनै सम्‍बन्ध छैन। यो कार्य मानिसद्वारा गरिनु आवश्यक छैन, यसको साथै, परमेश्‍वरद्वारा गरिनुपर्ने कार्य गर्न मानिस असक्षम हुनेछ। मानिसले अभ्यास गर्नु आवश्यक रहेको कुरालाई मानिसले नै पूरा गर्नुपर्छ, चाहे यो उसको जीवनको बलिदान होस् वा गवाहीको रूपमा खडा हुनको लागि आफैलाई शैतानको हातमा सुम्पने कार्य नै होस्—यी सबैलाई मानिसले नै पूरा गर्नुपर्छ। आफूले पूरा गर्नुपर्ने सबै काम परमेश्‍वर स्वयमले पूरा गर्नुहुन्छ र मानिसले गर्नुपर्ने कुरा मानिसलाई देखाइन्छ र पूरा गर्नको लागि बाँकी काम मानिसकै लागि छोडिन्छ। परमेश्‍वरले थप काम गर्नुहुन्‍न। उहाँले आफ्‍नो सेवकाइभित्रको काम मात्रै गर्नुहुन्छ र मानिसलाई बाटो मात्रै देखाउनुहुन्छ र बाटो खोल्‍ने काम मात्रै गर्नुहुन्छ अनि बाटो तयार गर्ने काम गर्नुहुन्‍न; यस कुरालाई सबैले बुझ्‍नुपर्छ। सत्यतालाई अभ्यास गर्नु भनेको परमेश्‍वरको वचनलाई अभ्यास गर्नु हो र यो सबै नै मानिसको कर्तव्य हो, मानिसले गर्नु पर्ने कुरा हो र परमेश्‍वरसँग यसको कुनै सम्‍बन्ध छैन। यदि परमेश्‍वरले पनि मानिसले जस्तै सत्यतामा कष्ट र शोधनको पीडा सहनुपर्छ भनेर मानिसले माग गर्छ भने, मानिस अनाज्ञाकारी भएको छ। परमेश्‍वरको काम भनेको आफ्‍नो सेवकाइ गर्नु हो र मानिसको कर्तव्य भनेको कुनै पनि प्रतिरोधविना नै परमेश्‍वरका सबै मार्गदर्शनलाई पालन गर्नु हो। परमेश्‍वरले जुन किसिमले काम गर्नुभए तापनि वा उहाँ जसरी जिउनुभए तापनि, आफूले हासिल गर्नुपर्ने कुरालाई मानिसले पूरा गर्नैपर्छ। परमेश्‍वरले मात्रै मानिसहरूलाई मागहरू दिन सक्‍नुहुन्छ अर्थात् मानिसलाई मागहरू दिनको लागि परमेश्‍वर मात्रै योग्य हुनुहुन्छ। मानिससँग कुनै पनि विकल्‍प हुनुहुँदैन र पूर्ण रूपमा समर्पित भएर अभ्यास गर्नेबाहेक उसले केही पनि गर्नुहुँदैन; मानिसमा हुनुपर्ने चेतना यही नै हो। परमेश्‍वर स्वयमले गर्नुपर्ने काम पूरा भएपछि, मानिसले यसलाई चरणबद्ध रूपमा अनुभव गर्नु आवश्यक हुन्छ। यदि परमेश्‍वरको सारा व्यवस्थापन पूरा भएपछि, अन्त्यमा, मानिसले परमेश्‍वरले माग गर्नुभएको कुरा मानिसले गरेको छैन भने, मानिसलाई दण्ड दिइनुपर्छ। यदि मानिसले परमेश्‍वरका मागहरूलाई पूरा गर्दैन भने, यो मानिसको अनाज्ञाकारीताको कारणले हो; यसको अर्थ परमेश्‍वर आफ्‍नो काममा पर्याप्त रूपमा विस्तृत हुनुभएन भन्‍ने होइन। परमेश्‍वरको वचनलाई अभ्यास गर्न नसक्‍नेहरू, परमेश्‍वरका मागहरूलाई पूरा गर्न नसक्‍नेहरू र आफ्‍नो बफादारीता दिन र आफ्‍नो कर्तव्यलाई पूरा गर्न नसक्‍नेहरू सबैलाई दण्ड दिइनेछ। आज, तिमीहरूले पूरा गर्नुपर्ने भनेका थप मागहरू होइनन् तर मानिसको कर्तव्य हो र सबै मानिसहरूले गर्नुपर्ने कार्य हो। यदि तिमीहरू आफ्‍नो कर्तव्यलाई पूरा गर्न वा यसलाई राम्ररी गर्न समेत असक्षम छौ भने, के तिमीहरूले आफैमाथि समस्या निम्त्याइरहेका छैनौ र? के तिमीहरूले मृत्युलाई बोलाइरहेका छैनौ र? कसरी तिमीहरूले अझै पनि भविष्य र आशाहरू पाउने अपेक्षा गर्न सक्यौ? परमेश्‍वरको कार्य मानवजातिको खातिर गरिन्छ र मानिसको सहकार्य परमेश्‍वरको व्यवस्थापनको खातिर दिइन्छ। परमेश्‍वरले आफूले गर्नुपर्ने सबै कुरा गरिसक्‍नुभएपछि, मानिसले आफ्‍नो अभ्यासलाई खुला मनले गर्न र परमेश्‍वरसँग सहकार्य गर्न आवश्यक छ। परमेश्‍वरको कार्यमा, मानिसले कुनै पनि प्रयास गर्नुहुँदैन, उसले आफ्‍नो बफादारीता दिनुपर्छ र विभिन्‍न धारणाहरूमा लुप्त हुने वा निष्क्रिय बसेर मृत्यु पर्खिने गर्नुहुँदैन। परमेश्‍वरले मानिसको लागि आफैलाई बलिदान दिन सक्‍नुहुन्छ, तब मानिसले किन परमेश्‍वरलाई आफ्‍नो बफादारीता दिन सक्दैन? मानिसप्रति परमेश्‍वर एउटै हृदय र मनको हुनुहुन्छ, तब मानिसले किन सानो सहकार्य दिन सक्दैन? परमेश्‍वरले मानवजातिको लागि काम गर्नुहुन्छ, तब मानिसले किन परमेश्‍वरको व्यवस्थापनको खातिर आफ्‍ना केही कर्तव्यलाई पूरा गर्न सक्दैन? परमेश्‍वरको काम यति हदसम्‍म आइसकेको छ, तैपनि तिमीहरू हेर्छौ तर काम गर्दैनौ, तिमीहरू सुन्छौ तर हलचल गर्दैनौ। के यस्ता मानिसहरू अनन्त विनाशका पात्रहरू होइनन् र? परमेश्‍वरले पहिले नै आफ्‍नो सम्पूर्णता मानिसलाई समर्पित गरिसक्‍नुभएको छ, तब आज किन मानिस इमानदारीताको साथ आफ्‍नो कर्तव्य पूरा गर्न असमर्थ छ? परमेश्‍वरको लागि, उहाँको कार्य नै उहाँको पहिलो प्राथमिकता हो र उहाँको व्यवस्थापनको काम नै सबैभन्दा महत्त्वपूर्ण कुरा हो। मानिसको लागि, परमेश्‍वरको वचनहरूलाई अभ्यास गर्नु र परमेश्‍वरका मागहरूलाई पूरा गर्नु उसको पहिलो प्राथमिकता हो। यो तिमीहरू सबैले बुझ्‍नुपर्छ। तिमीहरूलाई बताइएका वचनहरू तिमीहरूको सारको केन्द्रबिन्दुमा नै पुगेको छ र परमेश्‍वरको कार्य अभूतपूर्व क्षेत्रमा प्रवेश गरेको छ। धेरै मानिसहरू अझै पनि सत्यता वा यो बाटोको झूटलाई बुझ्दैनन्; तिनीहरू अझै पनि प्रतीक्षा गरिरहेका छन् र हेरिरहेका छन् र आफ्‍नो कर्तव्यलाई पूरा गरिरहेका छैनन्। बरु, तिनीहरूले परमेश्‍वरको हरेक वचन र कार्यलाई छानबिन गर्छन्, तिनीहरू उहाँले के खानुहुन्छ र के लाउनुहुन्छ भन्‍ने कुरालाई ध्यान दिन्छन् र तिनीहरूका धारणाहरू अझै सोचनीय बन्छन्। के त्यस्ता मानिसहरूले व्यर्थमा चासो देखाइरहेका छैनन् र? तिनीहरू कसरी परमेश्‍वरलाई खोजी गर्ने मानिसहरू हुन सक्छन्? र तिनीहरू कसरी परमेश्‍वरमा समर्पित हुनको लागि अभिप्राय राख्‍ने मानिसहरू हुन सक्छन्? तिनीहरूले आफ्‍नो बफादारीता र कर्तव्यलाई आफ्‍नो मनको पछाडि राख्छन् र परमेश्‍वरको अवस्थितिमा ध्यान केन्द्रित गर्छन्। तिनीहरू एक आक्रोश हो! यदि मानिसले आफूले बुझ्‍नुपर्ने सबै कुरालाई बुझेको छ, र अभ्यास गर्नुपर्ने सबै कुरालाई अभ्यास गरेको छ भने, परमेश्‍वरले अवश्य नै मानिसमाथि आफ्‍ना आशिषहरू प्रदान गर्नुहुन्छ, किनभने उहाँले मानिसबाट माग गर्नुहुने कुरा भनेको मानिसको कर्तव्य हो र मानिसले गर्नुपर्ने कुरा हो। यदि मानिस आफूले बुझ्‍नुपर्ने कुरालाई बुझ्‍न असक्षम छ भने र अभ्यास गर्नुपर्ने कुरालाई अभ्यास गर्न असक्षम छ भने, उसलाई दण्ड दिइनेछ। परमेश्‍वरसँग सहकार्य नगर्नेहरू परमेश्‍वरप्रति वैमनस्यतामा छन्, नयाँ कामलाई स्वीकार नगर्नेहरू यसको विरोधमा छन्, यदि त्यस्ता मानिसहरूले केही गरेनन् भने पनि तिनीहरू स्पष्ट रूपमा यसको विरोधमा छन्। परमेश्‍वरले माग गर्नुभएका सत्यतालाई अभ्यास नगर्नेहरू जानी-जानी विरोध गर्नेहरू र परमेश्‍वरका वचनहरूप्रति अनाज्ञाकारी हुनेहरू हुन्, चाहे तिनीहरूले पवित्र आत्माको कार्यलाई विशेष रूपमा ध्यान नै किन नदिऊन्। परमेश्‍वरका वचनहरूलाई पालन नगर्ने र परमेश्‍वरमा समर्पित नहुने मानिसहरू विद्रोहीहरू हुन् र तिनीहरू परमेश्‍वरको विरोधमा छन्। आफ्‍नो कर्तव्यलाई पूरा नगर्ने मानिसहरू परमेश्‍वरसँग सहकार्य नगर्ने मानिसहरू हुन् र परमेश्‍वरसँग सहकार्य नगर्ने मानिसहरू पवित्र आत्‍माको कार्यलाई स्वीकार नगर्ने मानिसहरू हुन्।

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्