भ्रष्ट मानवजाति देहधारी परमेश्‍वरको मुक्तिको अझै बढी खाँचोमा छ (भाग दुई)

देहमा उहाँको काम सबैभन्दा महत्त्वपूर्ण छ, जसलाई उहाँको कामको सम्बन्धमा उल्लेख गरिन्छ र आखिरमा काम समाप्त गर्नुहुने देहधारी परमेश्‍वर नै हुनुहुन्छ, आत्मा होइन। कतिपयले यो विश्‍वास गर्छन् कि कुनै अज्ञात समयमा परमेश्‍वर पृथ्वीमा आउनुहुन्छ र मानिसकहाँ देखा पर्नुहुन्छ, त्यसपछि उहाँले कसैलाई नछोडीकन तिनीहरू हरेकलाई पालैपालो गरी जाँच्दै, सारा मानवजातिलाई व्यक्तिगत रूपमा न्याय गर्नुहुनेछ। यस्तो विचार गर्नेहरूलाई देहधारणको कामको यो चरणको बारेमा थाहा छैन। परमेश्‍वरले मानिसलाई पालैपालो गरी न्याय गर्नुहुन्न, र उहाँले मानिसलाई पालैपालो गरी जाँच्नुहुन्न; त्यसो गर्नु भनेको न्यायको काम होइन। के सारा मानवजातिको भ्रष्टता उस्तै छैन र? के सारा मानवजातिको सार उस्तै छैन र? न्याय गरिने भनेको मानवजातिको भ्रष्ट सार, शैतानले भ्रष्ट तुल्याएको मानिसको सार र मानिसका सारा पापहरूलाई हो। मानिसका तुच्छ र सानातिना गल्तीहरूलाई परमेश्‍वरले न्याय गर्नुहुन्न। न्यायको काम प्रतिनिधिमूलक छ र यसलाई कुनै निश्चित व्यक्तिको लागि विशेष रूपमा अघि बढाइँदैन। बरु, यो त्यस्तो काम हो जसमा सारा मानवजातिको न्यायलाई प्रतिनिधित्व गर्नको लागि मानिसहरूको समूहलाई न्याय गरिन्छ। मानिसहरूको समूहमा आफ्नो कार्य व्यक्तिगत रूपमा गर्नुभएर, देहमा हुनुहुने परमेश्‍वरले सारा मानवजातिको कार्यलाई प्रतिनिधित्व गर्नको लागि आफ्नो कार्यको प्रयोग गर्नुहुन्छ, जसपश्चात यो क्रमिक रूपमा फैलिँदै जान्छ। न्यायको काम पनि यस्तै छ। परमेश्‍वरले निश्चित प्रकारको व्यक्ति वा मानिसहरूको निश्चित समूहलाई न्याय गर्नुहुन्न, तर सारा मानवजातिको सारा अधार्मिकतालाई न्याय गर्नुहुन्छ—उदाहरणको लागि, परमेश्‍वरप्रतिको मानिसको विरोध वा उहाँप्रति मानिसको अनादर वा परमेश्‍वरको काममा मानिसको बाधा, इत्यादि। न्याय गरिने भनेको परमेश्‍वरलाई विरोध गर्ने मानिसको सार हो र यो कार्य नै आखिरी दिनहरूको विजयको काम हो। मानिसले देखेको देहधारी परमेश्‍वरको कार्य र वचन नै आखिरी दिनहरूमा ठूलो सेतो सिंहासनको अगाडि हुने न्यायको काम हो, जुन विगतका समयका मानिसहरूले कल्‍पना गरेका थिए। देहधारी परमेश्‍वरले हाल गरिरहनुभएको काम नै वास्तवमा ठूलो सेतो सिंहासनको अगाडि हुने न्याय हो। आजका देहधारी परमेश्‍वर नै आखिरी दिनहरूमा सारा मानवजातिलाई न्याय गर्नुहुने परमेश्‍वर हुनुहुन्छ। यो देह र उहाँको काम, उहाँको वचन अनि उहाँको सम्पूर्ण स्वभाव नै उहाँको सम्पूर्णता हो। उहाँको कामको क्षेत्र सीमित भए पनि, र सम्पूर्ण ब्रह्माण्डलाई प्रत्यक्ष रूपमा संलग्न नगरे पनि, न्यायको कामको सार भनेको सारा मानवजातिको प्रत्यक्ष न्याय हो—यो चीनका चुनिएका मानिसहरूका खातिर मात्र होइन, न त मानिसहरूको सानो समूहको खातिर नै हो। देहमा परमेश्‍वरको कार्यको अवधिमा, यो कार्यको क्षेत्रले सम्पूर्ण ब्रह्माण्डलाई संलग्न नगरे तापनि, यसले सम्पूर्ण ब्रह्माण्डको कार्यलाई प्रतिनिधित्व गर्छ र जसरी उहाँको पुनरुत्थान र स्वर्ग आरोहणपछि ब्रह्माण्डभरि येशूको सुसमाचारलाई फैलाइयो त्यसरी नै उहाँले आफ्नो देहको कार्य क्षेत्र भित्रको कामलाई समाप्त गर्नुभएपछि, उहाँले यो कार्यलाई तुरुन्तै सारा ब्रह्माण्डभरि फैलाउनुहुनेछ। चाहे यो आत्माको काम होस् या देहको काम होस्, यो सीमित क्षेत्रभित्र गरिने काम हो तर जसले सम्पूर्ण ब्रह्माण्डको कार्यलाई प्रतिनिधित्व गर्छ। आखिरी दिनहरूको अवधिमा, परमेश्‍वरले आफ्नो देहधारी पहिचानमा देखा परेर आफ्नो काम गर्नुहुन्छ र देहमा हुनुहुने परमेश्‍वर नै ठूलो सेतो सिंहासनको अगाडि मानिसलाई न्याय गर्नुहुने परमेश्‍वर हुनुहुन्छ। उहाँ आत्मा भए पनि वा देह भए पनि, न्यायको काम गर्नुहुने नै आखिरी दिनहरूमा मानवजातिलाई न्याय गर्नुहुने परमेश्‍वर हुनुहुन्छ। यसलाई उहाँको कामको आधारमा परिभाषित गरिन्छ र यसलाई उहाँको बाहिरी रूप वा अन्य विभिन्न कारकतत्वहरूको आधारमा परिभाषित गरिँदैन। यी वचनहरूबारे मानिसले अनेक धारणाहरू राख्ने भए तापनि, देहधारी परमेश्‍वरको न्याय र सारा मानवजातिलाई गरिने विजयको तथ्यलाई कसैले पनि इन्कार गर्न सक्दैन। मानिसले यसबारे जे विचार गरे पनि, आखिर सत्य भनेको सत्य नै हो। कसैले पनि यसो भन्न सक्दैन, “काम गर्ने परमेश्‍वर नै हुनुहुन्छ, तर देह परमेश्‍वर हुनुहुन्न।” यो निरर्थक छ, किनभने देहमा हुनुहुने परमेश्‍वरले बाहेक यो काम कसैले गर्न सक्दैन। यो काम पहिले नै पूरा गरिसकिएको हुनाले, यो कामपछि मानिसलाई न्याय गर्ने परमेश्‍वरको काम दोस्रो पटक देखा पर्नेछैन; आफ्नो दोस्रो देहधारणमा परमेश्‍वरले सारा व्यवस्थापनको सम्पूर्ण कार्य समाप्त गरिसक्‍नुभएको छ र परमेश्‍वरको कामको चौथो चरण हुनेछैन। न्याय गरिने भनेको मानिस अर्थात्, देहगत र भ्रष्ट तुल्याएको मानिस नै हो र प्रत्यक्ष रूपमा न्याय गरिने शैतानको आत्मा होइन, त्यसकारण न्यायको काम आत्मिक संसारमा होइन तर मानिसको बीचमा गरिन्छ। मानिसको देहको भ्रष्टतालाई न्याय गर्ने कामको लागि देहमा हुनुहुने परमेश्‍वर जत्तिको अरू कोही पनि उपयुक्त र योग्य छैन। यदि परमेश्‍वरका आत्माले प्रत्यक्ष रूपमा नै न्याय गर्नुभएको भए, यो सर्व-स्वीकार्य हुँदैनथियो। यसका साथै, मानिसले त्यस्तो कार्यलाई स्वीकार गर्नु कठिन हुनेथियो, किनभने आत्मा मानिससँग आमने-सामने हुन सक्नुहुन्न र त्यसैले, यसको प्रभाव तत्कालीन हुनेथिएन, मानिसले परमेश्‍वरको चिढ्याउन नसकिने स्वभावलाई अझै स्पष्ट रूपमा देख्न सक्नु त परै जाओस्। देहमा हुनुहुने परमेश्‍वरले मानिसको भ्रष्टतालाई न्याय गर्नुभयो भने मात्रै शैतान पूर्ण रूपमा हार्न सक्छ। मानिसजस्तै सामान्य मानवता धारण गर्नुभएको हुनाले, देहमा हुनुहुने परमेश्‍वरले मानिसको अधार्मिकतालाई प्रत्यक्ष रूपमा न्याय गर्न सक्नुहुन्छ; यो उहाँको अन्तर्निहित पवित्रता, र उहाँको असाधारणताको चिन्ह हो। मानिसलाई न्याय गर्नको लागि परमेश्‍वर मात्रै योग्य र यसो गर्ने स्थानमा हुनुहुन्छ, किनभने उहाँमा सत्यता र धार्मिकता छ, त्यसैले उहाँले मानिसलाई न्याय गर्न सक्नुहुन्छ। सत्यता र धार्मिकताविहीनहरू अरूलाई न्याय गर्न योग्य छैनन्। यदि यो काम परमेश्‍वरका आत्माले गर्नुभयो भने, यसको अर्थ शैतानमाथिको विजय हो भन्नेथिएन। आत्मा अन्तर्निहित रूपमा मरणशील प्राणीहरूभन्दा उच्च हुन्छ र परमेश्‍वरका आत्मा अन्तर्निहित रूपमा नै पवित्र, अनि देहमाथि विजयी हुनुहुन्छ। यदि यो काम आत्माले प्रत्यक्ष रूपमा गर्नुभयो भने, उहाँले मानिसका सारा अनाज्ञाकारितालाई न्याय गर्न सक्नुहुनेथिएन र मानिसको सबै अधार्मिकतालाई प्रकट गर्न सक्नुहुनेथिएन। किनभने न्यायको काम परमेश्‍वरसम्बन्धी मानिसको धारणाद्वारा पनि अघि बढाइन्छ र आत्माबारे मानिससँग कुनै धारणा कहिल्यै थिएन, त्यसकारण मानिसको अधार्मिकतालाई अझै राम्ररी प्रकट गर्न आत्मा असक्षम हुनुहुन्छ, त्यस्तो अधार्मिकतालाई पूर्ण रूपमा खुलासा गर्ने कुरा त परै जाओस्। देहधारी परमेश्‍वर उहाँलाई नचिन्नेहरू सबैका शत्रु हुनुहुन्छ। मानिसका धारणाहरूलाई र उहाँ प्रतिको विरोधलाई न्याय गरेर, उहाँले मानवजातिका सारा अनाज्ञाकारीतालाई खुलासा गर्नुहुन्छ। देहमा उहाँले गर्नुहुने कामका प्रभावहरू आत्माका कामभन्दा अझै स्पष्ट हुन्छन्। त्यसैले, सारा मानवजातिको न्याय प्रत्यक्ष रूपमा आत्माले गर्नुहुन्न तर यो देहधारी परमेश्‍वरको काम हो। देहमा हुनुहुने परमेश्‍वरलाई मानिसले देख्न र छुन सक्छ र देहमा हुनुहुने परमेश्‍वरले मानिसलाई पूर्ण रूपमा विजय गर्न सक्नुहुन्छ। देहमा हुनुहुने परमेश्‍वरसँगको आफ्नो सम्बन्धमा, मानिस विरोधबाट आज्ञापालनमा, सतावटबाट स्वीकारमा, धारणाहरूबाट ज्ञानमा अनि इन्कारबाट प्रेममा उन्नत हुन्छन्—यी देहधारी परमेश्‍वरको कामका प्रभावहरू हुन्। उहाँको न्यायलाई स्वीकार गरेर मात्रै मानिस मुक्त हुन सक्छ, उहाँको मुखका वचनहरूद्वारा मात्रै मानिसले बिस्तारै उहाँलाई चिन्दै जान्छ, उहाँप्रतिको उसको विरोधको अवधिमा उहाँले मानिसलाई विजय गर्नुहुन्छ र उहाँको सजायको स्वीकारको अवधिमा उसले उहाँबाट जीवनको आपूर्ति प्राप्त गर्छ। यी सबै काम देहमा हुनुहुने परमेश्‍वरको काम हो र आत्माको रूपमा आफ्ना पहिचानमा हुनुभएका परमेश्‍वरको काम होइन। देहधारी परमेश्‍वरले गर्नुभएको काम नै सबैभन्दा ठूलो र सबैभन्दा उल्लेखनीय काम हो र परमेश्‍वरको कार्यका तीन वटा चरणहरूको मुख्य भाग भनेको देहधारणको कार्यका दुई वटा चरणहरू हुन्। मानिसको गहन भ्रष्टता देहधारी परमेश्‍वरको कामको निम्ति ठूलो बाधा हो। निश्चित रूपमा, आखिरी दिनहरूका मानिसहरूमा गरिने काम निकै कठिन छ र वातावरण शत्रुवत छ अनि हरेक प्रकारका व्यक्तिको क्षमता निकै कमजोर छ। तैपनि यो कामको अन्त्यमा, यसले कुनै पनि त्रुटिहरूविना नै उचित प्रभाव हासिल गर्नेछ; देहको कामको प्रभाव यही नै हो र आत्माको कामभन्दा यो प्रभाव अझै विश्‍वस्त तुल्याउने किसिमको हुन्छ। परमेश्‍वरको कार्यका तीन वटा चरणहरूलाई देहमा समाप्त गरिनेछ र तिनलाई देहधारी परमेश्‍वरले नै समाप्त गर्नुपर्छ। सबैभन्दा महत्त्वपूर्ण र निर्णायक कार्य देहमा गरिन्छ र मानिसको मुक्ति देहमा हुनुहुने परमेश्‍वरले व्यक्तिगत रूपमा नै अघि बढाउनुहुन्छ। देहमा हुनुहुने परमेश्‍वर मानिससँग सम्बन्धित देखिँदैन भन्ने मानिसले ठाने पनि, वास्तवमा यो देहले सारा मानवजातिको गन्तव्य र अस्तित्वसँग सम्बन्ध राख्छ।

परमेश्‍वरको कार्यको हरेक चरण सारा मानवजातिको खातिर कार्यान्वयन गरिन्छ र यो सारा मानवजातिप्रति लक्षित हुन्छ। यो देहमा गरिने उहाँको काम भए तापनि, यो सारा मानवजातिप्रति नै लक्षित हुन्छ; उहाँ सारा मानवजातिका परमेश्‍वर हुनुहुन्छ र उहाँ सृष्टि गरिएका र सृष्टि नगरिएका सबै प्राणीहरूका परमेश्‍वर हुनुहुन्छ। देहमा उहाँको कार्य सीमित क्षेत्रभित्र रहे तापनि, र यो कार्यको पात्रसमेत फरक भए तापनि, आफ्‍नो कार्य गर्नलाई जब-जब उहाँ देह बन्‍नुहुन्छ उहाँले अत्यन्तै प्रतिनिधिमूलक रहेको आफ्‍नो कामको पात्रलाई चुन्‍नुहुन्छ; उहाँले काम गर्नको लागि सरल र अउल्‍लेखनीय मानिसहरूको समूहलाई छनौट गर्नुहुन्‍न, बरु देहमा उहाँको कामका प्रतिनिधिहरू हुन सक्‍ने मानिसहरूको समूहलाई आफ्‍नो कामको पात्रको रूपमा छनौट गर्नुहुन्छ। मानिसहरूको यो समूहलाई छनौट गरिन्छ किनभने देहमा उहाँको कार्यको क्षेत्र सीमित हुन्छ र यो विशेष गरी देहधारी शरीरको लागि तयार गरिएको हुन्छ र देहमा उहाँको कार्यको लागि विशेष गरी चुनिएको हुन्छ। आफ्‍नो कार्यका पात्रहरूको परमेश्‍वरको छनौट आधारहीन हुँदैन तर यो सिद्धान्त अनुसार गरिन्छ: कामका पात्र देहमा परमेश्‍वरको कामको निम्ति फाइदाजनक हुनुपर्छ र सारा मानवजातिलाई प्रतिनिधित्व गर्न सक्‍ने हुनुपर्छ। उदाहरणको लागि, येशूको व्यक्तिगत छुटकारालाई स्वीकार गर्ने काममा यहूदीहरूले सारा मानवजातिलाई प्रतिनिधित्व गर्न सके र देहधारी परमेश्‍वरको व्यक्तिगत विजयलाई स्वीकार गर्ने काममा चिनियाँहरूले सारा मानवजातिलाई प्रतिनिधित्व गर्न सक्छन्। सारा मानवजातिलाई यहूदीहरूले गरेको प्रतिनिधित्वको आधार छ र परमेश्‍वरको व्यक्तिगत विजयलाई स्वीकार गर्ने काममा चिनियाँ मानिसहरूले सारा मानवजातिलाई गरेको प्रतिनिधित्वको पनि आधार छ। यहूदीहरूका बीचमा गरिएको छुटकाराको कामले जत्तिको अरू कुनै कुराले छुटकाराको महत्त्वलाई प्रकट गर्दैन र चिनियाँ मानिसहरूका बीचमा गरिँदै गरिएको विजयको कामले जत्तिको अरू कुनै पनि कुराले विजयको कामको पूर्णता र सफलतालाई प्रकट गर्न सक्दैन। देहधारी परमेश्‍वरको काम र वचन मानिसहरूको सानो समूहप्रति मात्रै लक्षित गरिएको जस्तो देखिन्छ तर वास्तवमा, यो सानो समूहमा गरिने उहाँको काम सम्पूर्ण ब्रह्माण्डको काम हो, र उहाँको वचन सारा मानवजातिप्रति लक्षित छ। देहमा गरिने उहाँको काम समाप्त भएपछि, उहाँलाई पछ्याउनेहरूले तिनीहरूका बीचमा उहाँले गर्नुभएको कामलाई फैलाउन सुरु गर्नेछन्। देहमा गरिने उहाँको कार्यको सबैभन्दा उत्तम कुरा भनेको उहाँले यथार्थ वचनहरू र अर्तीहरू अनि मानवजातिप्रतिको उहाँको निश्‍चित इच्छालाई उहाँको पछि लाग्‍नेहरूमा छोड्न सक्‍नुहुन्छ ताकि त्यसपछि उहाँका अनुयायीहरूले अझै यथार्थ रूपमा र अझै ठोस रूपमा देहमा गरिने उहाँको सारा काम र सारा मानवजातिप्रति उहाँको इच्‍छालाई यो मार्ग स्वीकार गर्नेहरूमा हस्तान्तरण गर्न सक्‍नेछन्। मानिसको बीचमा देहमा गरिने परमेश्‍वरको कामले मात्रै परमेश्‍वर मानिससँगै रहनु र सँगै बस्नुको तथ्यलाई साँचो रूपमा पूरा गर्न सक्छ। यो कार्यले मात्रै परमेश्‍वरको मुहारलाई हेर्ने, उहाँको कामलाई अवलोकन गर्ने र उहाँको व्यक्तिगत वचन सुन्ने मानिसको इच्छालाई पूरा गर्न सक्छ। यहोवाको फर्काइ मानवजातिकहाँ देखा परेको बेला मात्रै देहधारी परमेश्‍वरले त्यो युगलाई समाप्त गर्नुहुन्छ र अस्पष्ट परमेश्‍वरमाथिको मानवजातिको विश्‍वासको युगलाई पनि उहाँले समाप्त गर्नुहुन्छ। निश्चित रूपमा, अन्तिम देहधारी परमेश्‍वरको कार्यले सारा मानवजातिलाई त्यो युगमा ल्याउँछ जुन अझै वास्तविक, अझै व्यवहारिक र अझै सुन्दर हुन्छ। उहाँले व्यवस्था र धर्मसिद्धान्तको युगलाई समाप्त गर्ने मात्र होइन तर अझै महत्त्वपूर्ण कुरा, उहाँले मानवजातिको निम्ति त्यो परमेश्‍वरलाई प्रकट गर्नुहुन्छ जो वास्तविक र सामान्य हुनुहुन्छ, जो धर्मी र पवित्र हुनुहुन्छ, जसले व्यवस्थापन योजनाको कार्य खुल्ला पार्नुहुन्छ, जसले मानवजातिका रहस्यहरू र गन्तव्यलाई प्रदर्शन गर्नुहुन्छ, जसले मानवजातिलाई सृष्टि गर्नुभयो र व्यवस्थापन कार्यलाई समाप्त गर्नुहुन्छ, अनि जो हजारौं वर्षसम्म गुप्त बस्नुभयो। उहाँले अस्पष्टताको युगलाई पूर्ण रूपमा समाप्त गर्नुहुन्छ, उहाँले त्यो युगलाई अन्त्य गर्नुहुन्छ जुन युगमा सारा मानवजातिले परमेश्‍वरको मुहारलाई हेर्ने इच्छा गर्छन् तर त्यसो गर्न सक्दैनन्, उहाँले त्यो युगलाई समाप्त गर्नुहुन्छ जुन युगमा सारा मानवजातिले शैतानको सेवा गरे अनि उहाँले सारा मानवजातिलाई पूर्ण रूपमा नयाँ युगमा डोऱ्याउनुहुन्छ। यी सबै परमेश्‍वरका आत्माको स्थानमा देहमा हुनुहुने परमेश्‍वरको कामको परिणाम हो। जब परमेश्‍वरले देहमा काम गर्नुहुन्छ, उहाँलाई पछ्याउनेहरूले उप्रान्त त्यस्ता कुराहरूलाई खोजी गर्ने र छामछुम गर्ने गर्दैनन्, जुन अस्तित्वमा छ र अस्तित्वमा छैन जस्तो देखिन्छ र तिनीहरूले अस्पष्ट परमेश्‍वरको इच्छाबारे अनुमान गर्न छोड्छन्। जब परमेश्‍वरले देहमा गर्ने आफ्नो कामलाई फैलाउनुहुन्छ, उहाँलाई पछ्याउनेहरूले उहाँले देहमा गर्नुभएको कामलाई सारा धर्महरू र सम्प्रदायहरूमा फैलाउँछन् र तिनीहरूले उहाँका सबै वचनहरूलाई सारा मानवजातिको कानमा सुनाउनेछन्। उहाँको सुसमाचारलाई ग्रहण गरेकाहरूले सुनेका सबै कुरा उहाँका कार्यका तथ्यहरू हुनेछन्, मानिसले व्यक्तिगत रूपमा देखेका र सुनेका कुराहरू हुनेछन् र तथ्यहरू हुनेछन्, हल्‍ला मात्र होइन। यी तथ्यहरू त्यो सबुत हो जसद्वारा उहाँले काम फैलाउनुहुन्छ र ती उहाँले काम फैलाउने क्रममा प्रयोग गर्नुहुने औजारहरू पनि हुन्। तथ्यहरूको अस्तित्वविना, उहाँको सुसमाचार सारा देशहरू र सबै स्थानहरूमा फैलने थिएन; तथ्यहरूविना तर मानिसहरूको कल्पनाहरूद्वारा मात्रै, उहाँले सारा ब्रह्माण्डलाई विजय गर्ने काम कहिल्यै गर्न सक्नुहुनेथिएन। आत्मा मानिसको लागि छुन नसकिने छ र मानिसको लागि अदृश्य छ र मानिसको लागि गरिने परमेश्‍वरको कामको थप प्रमाण वा तथ्यहरूलाई छोड्न आत्माको काम असमर्थ छ। मानिसले परमेश्‍वरको वास्तविक मुहारलाई कहिल्यै हेर्नेछैन, उसले सँधै अस्तित्वमा नभएको अस्पष्ट परमेश्‍वरमा विश्‍वास गर्नेछ। मानिसले परमेश्‍वरको मुहारलाई कहिल्यै हेर्नेछैन, न त मानिसले कहिल्यै परमेश्‍वरले व्यक्तिगत रूपमा बोल्‍नुभएका वचनहरूलाई नै सुन्नेछ। आखिर, मानिसका कल्पनाहरू रित्तो छन् र यीद्वारा परमेश्‍वरको साँचो मुहारलाई प्रतिस्थापन गर्न सकिँदैन; परमेश्‍वरको अन्तर्निहित स्वभाव र परमेश्‍वर स्वयंको कामको नक्कल मानिसले गर्न सक्दैन। स्वर्गका अदृश्य परमेश्‍वर र उहाँको कार्यलाई देहधारी परमेश्‍वरले मात्रै पृथ्वीमा ल्याउन सक्नुहुन्छ जसले व्यक्तिगत रूपमै मानिसहरूको बीचमा आफ्नो काम गर्नुहुन्छ। परमेश्‍वर मानिसको बीचमा प्रकट हुने सबैभन्दा उत्तम तरिका यही नै हो, जसमा मानिसले परमेश्‍वरलाई देख्छ र परमेश्‍वरको साँचो मुहारलाई चिन्दछ र गैर-देहधारी परमेश्‍वरले यो हासिल गर्न सक्नुहुन्न। आफ्नो कामलाई यो चरणसम्म अघि बढाइसकेपछि, परमेश्‍वरको कार्यले पहिले नै अधिकतम प्रभाव हासिल गरिसकेको छ र यो पूर्ण रूपमा सफल भएको छ। देहमा परमेश्‍वरको व्यक्तिगत कामले उहाँको सम्पूर्ण व्यवस्थापन कार्यको नब्बे प्रतिशत काम पहिले नै पूरा गरिसकेको छ। यो देहले उहाँको सम्पूर्ण कामको निम्ति उत्तम सुरुवात र उहाँको सम्पूर्ण कार्यको सारांश प्रदान गरेको छ र उहाँले आफ्ना सारा कार्यलाई प्रकट गर्नुभएको छ र यो सम्पूर्ण कार्यलाई अन्तिम रूपमा पूर्णता दिनुभएको छ। यसपछि, परमेश्‍वरको कार्यको चौथो चरण गर्नको लागि अर्का देहधारी परमेश्‍वर हुनुहुनेछैन र परमेश्‍वरको तेस्रो देहधारणको कुनै पनि आश्चर्यजनक काम कहिल्यै हुनेछैन।

देहमा परमेश्‍वरको कार्यको हरेक चरणले उहाँको सम्पूर्ण युगको कार्यलाई प्रतिनिधित्व गर्छ र मानिसको कार्यले जस्तो, यसले निश्‍चित अवधिलाई प्रतिनिधित्व गर्दैन। अनि उहाँको अन्तिम देहधारणको कार्यको समाप्तिको अर्थ उहाँको कार्य पूर्ण रूपमा समाप्त भएको छ भन्‍ने हुँदैन, किनभने देहमा उहाँको कार्यले सम्पूर्ण युगलाई प्रतिनिधित्व गर्छ र उहाँले देहमा गर्नुहुने आफ्नो कामको अवधिलाई मात्रै प्रतिनिधित्व गर्दैन। के मात्रै हो भने, उहाँ देहमा हुनुभएको समय अवधिमा उहाँले सम्पूर्ण युगको आफ्नो कार्यलाई समाप्त गर्नुहुन्छ, यसपछि यो सबै स्थानहरूमा फैलन्छ। देहधारी परमेश्‍वरले आफ्नो सेवकाइलाई पूरा गर्नुभएपछि, उहाँलाई पछ्याउनेहरूलाई उहाँले आफ्नो भविष्यको कार्य सुम्पनुहुनेछ। यसरी, सम्पूर्ण युगको उहाँको कार्यलाई नटुक्र्याइकन अघि बढाइनेछ। देहधारणको सम्पूर्ण युगको कार्य सम्पूर्ण ब्रह्माण्डमा फैलिएपछि मात्रै यसलाई पूरा भएको मान्न सकिन्छ। देहधारी परमेश्‍वरको कार्यले नयाँ युग सुरु गर्छ र उहाँको कार्यलाई जारी राक्नेहरू उहाँद्वारा प्रयोग गरिनेहरू नै हुन्। मानिसले गर्ने कार्य सबै देहमा परमेश्‍वरको सेवकाइभित्र पर्छ र यो क्षेत्रभन्दा बाहिर जानु यो असमर्थ छ। यदि देहधारी परमेश्‍वर आफ्नो काम गर्नको लागि नआउनुभएको भए, मानिसले पुरानो युगलाई समाप्त गर्न सक्ने थिएन र नयाँ युगलाई प्रारम्भ गर्न सक्ने थिएन। मानिसले गर्ने कार्य मानिसले गर्न सम्भव रहेको उसको कर्तव्यको कार्यक्षेत्रभित्र मात्रै हुन्छ र यसले परमेश्‍वरको कार्यलाई प्रतिनिधित्व गर्दैन। देहधारी परमेश्‍वर मात्रै आउन र आफूले गर्ने कामलाई पूरा गर्न सक्नुहुन्छ र उहाँबाहेक, कसैले पनि उहाँको खातिर यो काम गर्न सक्दैन। अवश्य नै, म जे बोल्छु त्यो देहधारणको कामसँग सम्बन्धित छ। यस देहधारी परमेश्‍वरले सुरुमा कामको त्यो चरण गर्नुहुन्छ जुन मानिसका धारणाहरूसँग मिल्दैन, त्यसपछि उहाँले थप काम गर्नुहुन्छ जुन मानिसका धारणाहरूसँग मिल्दैन। कामको लक्ष्य भनेको मानिसको विजय हो। एक हिसाबमा, परमेश्‍वरको देहधारण मानिसका धारणाहरूअनुरूप छैनन्, यसबाहेक, उहाँले थप काम गर्नुहुन्छ जुन मानिसका धारणाहरूसँग मिल्दैन अनि मानिसले उहाँ बारे अझै आलोचनात्मक दृष्टिकोणहरूको विकास गर्छन्। उहाँले मानिसहरूका बीचमा विजयको काम गर्नुहुन्छ जोसँग उहाँबारे अनेक धारणाहरू हुन्छन्। तिनीहरूले उहाँलाई जस्तो व्यवहार गरे तापनि, उहाँले आफ्नो सेवकाइलाई पूरा गरिसक्नुभएपछि सबै मानिसहरू उहाँको प्रभुत्वको अधीनस्थ बनिसकेका हुनेछन्। यो कार्यको तथ्य चिनियाँ मानिसहरूका बीचमा मात्रै प्रतिबिम्‍बित हुँदैन, तर सारा मानवजातिलाई कसरी विजय गरिने त्यसलाई पनि यसले प्रतिनिधित्व गर्छ। यी मानिसहरूमा हासिल गरिने प्रभावहरू सारा मानवजातिमा हासिल गरिने प्रभावहरूका पूर्वाभास हुन् र भविष्यमा उहाँले गर्नुहुने कामका प्रभावहरू यी मानिसहरूमाथिका प्रभावहरूभन्दा पनि धेरै बढेर जानेछन्। देहमा परमेश्‍वरको काममा ठूलो प्रसिद्धि संलग्न छैन, न त यो अप्रसिद्धिको कुञ्‍जभित्र नै लुकेको छ। यो वास्तविक र यथार्थ हो र यो त्यस्तो काम हो जसमा एक जोड एक बराबर दुई हुन्छ। यसलाई कसैबाट लुकाइएको छैन, न त यसले कसैलाई धोका नै दिन्छ। मानिसहरूले जे देख्छन् ती वास्तविक र यथार्थ कुराहरू हुन् र मानिसले जे प्राप्त गर्छ त्यो वास्तविक सत्यता र ज्ञान हो। जब काम समाप्त हुन्छ, तब मानिसले उहाँको बारेमा नयाँ ज्ञान पाउनेछ र साँचो रूपमा खोज्नेहरूसँग उहाँबारे उप्रान्त कुनै धारणाहरू हुनेछैनन्। यो चिनियाँ मानिसहरूमा परेको उहाँको कामको प्रभाव मात्रै होइन, तर सारा मानवजातिलाई विजय गर्ने उहाँको कामको प्रभावलाई पनि यसले प्रतिनिधित्व गर्छ, किनभने सारा मानवजातिलाई विजय गर्ने कार्यको लागि यो देह, यो देहको कार्य र यो देहको सबै कुराभन्दा बढी अरू केही पनि लाभदायक छैन। ती आजको उहाँको कार्यको निम्ति लाभदायक छन् र भविष्यको उहाँको कार्यको लागि लाभदायक छन्। यो देहले सारा मानवजातिलाई विजय गर्नेछ र सारा मानवजातिलाई प्राप्त गर्नेछ। योभन्दा उत्तम काम अरू कुनै छैन जसद्वारा सारा मानवजातिले परमेश्‍वरलाई हेर्नेछन् र परमेश्‍वरको आज्ञापालन गर्नेछन् र परमेश्‍वरलाई चिन्नेछन्। मानिसले गर्ने कामले सीमित क्षेत्रलाई मात्रै प्रतिनिधित्व गर्छ र जब परमेश्‍वरले आफ्नो काम गर्नुहुन्छ उहाँ निश्चित व्यक्तिसँग बोल्नुहुन्न तर सारा मानवजाति र उहाँको वचनलाई पालन गर्नेहरू सबैसँग बोल्नुहुन्छ। उहाँले घोषणा गर्नुहुने अन्त्य नै सारा मानवजातिको अन्त्य हो, निश्चित व्यक्तिको मात्रै अन्त्य होइन। उहाँले कसैलाई पनि विशेष व्यवहार गर्नुहुन्न, न त उहाँले कसैलाई पीडित नै तुल्याउनुहुन्छ र उहाँले सारा मानवजातिको लागि काम गर्नुहुन्छ र बोल्नुहुन्छ। त्यसकारण यस देहधारी परमेश्‍वरले सारा मानवजातिलाई प्रकार अनुसार वर्गीकृत गरिसक्‍नुभएको छ, सारा मानवजातिलाई न्याय गरिसक्‍नुभएको छ र सारा मानवजातिको लागि उचित गन्तव्य तय गरिसक्‍नुभएको छ। परमेश्‍वरले आफ्नो काम चीनमा मात्रै गर्नुहुने भए तापनि, वास्तवमा उहाँले सम्पूर्ण ब्रह्माण्डको कार्य गर्ने सङ्कल्प गरिसक्नुभएको छ। आफ्ना वाणीहरू र बन्दोबस्तहरू चरणबद्ध रूपमा प्रस्तुत गर्नुभन्दा पहिले उहाँले आफ्‍नो काम सारा मानवजातिमा फैलिञ्जेलसम्म प्रतीक्षा गर्न सक्नुहुन्न। के त्यो अत्यन्तै ढिलो हुनेछैन र? अब उहाँ भविष्यको कामलाई अग्रिम रूपमा पूरा गर्न सक्षम हुनुहुन्छ। जसले काम गर्दैहुनुहुन्छ उहाँ देहमा हुनुहुने परमेश्‍वर हुनुभएकोले, उहाँले सीमित क्षेत्रभित्र सीमित काम गर्दैहुनुहुन्छ र त्यसपछि मानिसले पूरा गर्नुपर्ने कर्तव्यलाई पूरा गर्न मानिसलाई लगाउनुहुन्छ; उहाँको कामको सिद्धान्त यही नै हो। उहाँ केही समयको लागि मात्रै मानिससँग जिउन सक्नुहुन्छ र सम्पूर्ण युगको कार्य समाप्त नभइञ्‍जेलसम्म मानिसको साथ दिन सक्नुहुन्न। यसको कारण के हो भने, उहाँ भविष्यको आफ्‍नो कामबारे अग्रिम रूपमा भविष्यवाणी गर्ने परमेश्‍वर हुनुहुन्छ। त्यसपछि, उहाँले सारा मानवजातिलाई प्रकारअनुसार आफ्नो वचनद्वारा वर्गीकरण गर्नुहुनेछ र मानवजाति उहाँको वचनहरूअनुसार उहाँको चरणबद्ध कार्यमा प्रवेश गर्नेछन्। कोही पनि उम्कनेछैनन् र सबैले यहीअनुसार अभ्यास गर्नुपर्छ। त्यसकारण, भविष्यमा उहाँका वचनहरूले युगलाई अगुवाइ गर्नेछन् र आत्माले अगुवाइ गर्नेछैन।

देहको परमेश्‍वरको कार्य देहमा नै गरिनुपर्छ। यदि यो सीधै परमेश्‍वरका आत्माले गर्नुभएको भए, यसले कुनै प्रभाव पार्ने थिएन। यो आत्माले गर्नुभएको भए पनि, कामको त्यति ठूलो महत्त्व हुनेथिएन र आखिरमा यो विश्‍वस्त तुल्याउने हुनेथिएन। सबै प्राणीहरूले सृष्टिकर्ताको कामको महत्त्व छ कि छैन र यसले के प्रतिनिधित्व गर्छ र यो केको खातिर गरिन्छ र परमेश्‍वरको काम अख्तियार र बुद्धिले भरिपूर्ण छ कि छैन र यो अत्याधिक मूल्य र महत्त्वको छ कि छैन भनेर जान्न चाहन्छन्। उहाँले गर्नुहुने काम सारा मानवजातिको मुक्तिको लागि, शैतानलाई हराउनको खातिर र सबै थोकहरूका माझ उहाँ स्वयंको साक्षी दिनको लागि हो। त्यसैले, उहाँले गर्नुहुने काम ठूलो महत्त्वको हुनैपर्छ। मानिसको देह शैतानद्वारा भ्रष्ट तुल्याइएको छ र यसलाई सबैभन्दा गहन रूपमा अन्धा तुल्याइएको र अत्यन्तै उल्‍लेखनीय रूपमा हानि गरिएको छ। परमेश्‍वरले किन देहमा व्यक्तिगत रूपमा काम गर्नुहुन्छ त्यसको सबैभन्दा आधारभूत कारण उहाँको मुक्तिको पात्र मानिस भएकोले गर्दा नै हो, जो देह हो र किनभने परमेश्‍वरको काममा बाधा दिनको लागि शैतानले पनि मानिसकै देहलाई प्रयोग गर्छ। शैतानसँगको युद्ध भनेको वास्तवमा मानिसलाई विजय गर्ने काम नै हो र यसको साथै, मानिस पनि परमेश्‍वरको मुक्तिको पात्र हो। यसरी, देहधारी परमेश्‍वरको काम अत्यावश्यक छ। शैतानले मानिसको देहलाई भ्रष्ट तुल्यायो र मानिस शैतानको मूर्तरूप बन्यो अनि परमेश्‍वरद्वारा हराउने पात्र बन्यो। यसरी, शैतानसँग युद्ध गर्ने र मानिसलाई मुक्त गर्ने काम पृथ्वीमा हुन्छ र शैतानसँग युद्ध गर्नको लागि परमेश्‍वर मानव बन्नैपर्छ। यो सबैभन्दा बढी व्यवहारिकता भएको काम हो। जब परमेश्‍वरले देहमा काम गरिरहनुभएको हुन्छ, उहाँले वास्तवमा देहमा शैतानसँग युद्ध गरिरहनुभएको हुन्छ। जब उहाँले देहमा काम गर्नुहुन्छ, उहाँले आत्मिक क्षेत्रमा आफ्‍नो काम गरिरहनुभएको हुन्छ र उहाँले आफ्नो सम्पूर्ण कार्यलाई पृथ्वीमा आत्मिक क्षेत्रमा वास्तविक बनाउनुहुन्छ। विजय गरिने भनेको मानिस, उहाँप्रति अनाज्ञाकारी रहेको मानिस नै हो र हराइने भनेको शैतानको मूर्तरूप हो (अवश्य नै, यो पनि मानिस नै हो), जो उहाँप्रति शत्रुतामा छ र आखिरमा मुक्त गरिने पनि मानिस नै हो। यसरी, परमेश्‍वर सृष्टिको बाहिरी भेष भएको मानव बन्नु अझै बढी आवश्यक छ, ताकि उहाँले शैतानसँग वास्तविक लडाइ गर्न, उहाँप्रति अनाज्ञाकारी हुने र उहाँको जस्तै बाहिरी भेष भएको मानिसलाई विजय गर्न र उहाँको जस्तै बाहिरी भेष भएको र शैतानद्वारा हानी गरिएको मानिसलाई मुक्त गर्न सक्नुभएको होस्। उहाँको शत्रु मानिस हो, उहाँको विजयको पात्र मानिस हो र उहाँको मुक्तिको पात्र मानिस हो, जसलाई उहाँले नै सृष्टि गर्नुभएको थियो। त्यसकारण उहाँ मानव बन्‍नपर्छ र यसरी उहाँको काम निकै सहज बन्छ। उहाँले शैतानलाई हराउन र मानवजातिलाई विजय गर्न सक्नुहुन्छ, यसका साथै, उहाँले मानवजातिलाई मुक्त गर्न सक्नुहुन्छ। यो देह सामान्य र वास्तविक भए तापनि, उहाँ सामान्य देह हुनुहुन्न: उहाँ मानिस मात्रैको देह हुनुहुन्न तर त्यो देह हुनुहुन्छ जुन मानवीय र ईश्‍वरीय दुवै हो। उहाँ र मानिसको बीचको भिन्नता यही नै हो र परमेश्‍वरको पहिचानको चिन्ह यही नै हो। यस किसिमको देहले मात्रै उहाँले अभिप्राय राख्नुभएको काम गर्न सक्छ र देहमा परमेश्‍वरको सेवकाइलाई पूरा गर्न र मानिसको बीचमा उहाँको कामलाई पूर्ण रूपमा पूरा गर्न सक्छ। यस्तो नभएको भए, मानिसको बीचमा उहाँको काम सँधै रित्तो र त्रुटिपूर्ण हुनेथियो। परमेश्‍वरले शैतानको आत्मासँग युद्ध गरेर विजयी भएर निस्कन सक्नुहुने भए तापनि, भ्रष्ट मानिसको पुरानो प्रकृतिलाई कहिल्यै पनि समाधान गर्न सकिँदैन र परमेश्‍वरप्रति अनाज्ञाकारी र उहाँको विरोध गर्नेहरू साँचो रूपमा उहाँको प्रभुत्वको अधीनस्थ कहिल्यै बन्न सक्दैनन्, भन्नुको अर्थ, उहाँले मानवजातिलाई कहिल्यै विजय गर्न सक्नुहुन्न र सारा मानवजातिलाई कहिल्यै प्राप्त गर्न सक्नुहुन्न। यदि पृथ्वीमा उहाँको काम कहिल्यै समाधान गर्न सकिँदैन भने, उहाँको व्यवस्थापनलाई कहिल्यै पनि समाप्त गर्न सकिनेछैन र सारा मानवजाति विश्राममा प्रवेश गर्न सक्नेछैनन्। यदि परमेश्‍वर आफ्ना सारा प्राणीहरूसँग विश्राममा प्रवेश गर्न सक्नुहुन्न भने, त्यस्तो व्यवस्थापन कार्यको परिणाम कहिल्यै हुनेछैन र परिणामस्वरूप परमेश्‍वरको महिमा हराउनेछ। उहाँको देहमा कुनै अख्तियार नभए तापनि, उहाँले गर्ने कामले यसको प्रभाव हासिल गर्नेछ। उहाँको कामको अपरिहार्य दिशा यही नै हो। उहाँको देहमा अख्तियार भए पनि वा नभए पनि, जबसम्म उहाँ आफै परमेश्‍वरको काम गर्न सक्नुहुन्छ, तबसम्म उहाँ परमेश्‍वर स्वयम् नै हुनुहुन्छ। उहाँको देह जति सामान्य र साधारण भए तापनि, उहाँले गर्नुपर्ने काम उहाँले गर्न सक्नुहुन्छ, किनभने यो देह परमेश्‍वर नै हुनुहुन्छ, मानव मात्रै होइन। यो देहले मानिसले गर्न नसक्ने काम गर्न सक्नुको कारण के हो भने, उहाँको भित्री सार कुनै पनि मानवको जस्तो छैन र उहाँले मानिसलाई मुक्त गर्न सक्नुको कारण के हो भने, उहाँको पहिचान कुनै पनि मानिसको भन्दा फरक छ। यो देह मानवजातिको निम्ति महत्त्वपूर्ण छ किनभने उहाँ मानिस हुनुहुन्छ र त्योभन्दा पनि बढी, उहाँ परमेश्‍वर हुनुहुन्छ, किनभने देहको साधारण मानिसले गर्न नसक्ने काम उहाँले गर्न सक्नुहुन्छ, किनभने उहाँले पृथ्वीमा उहाँसँग बस्ने भ्रष्ट मानिसलाई मुक्त गर्न सक्नुहुन्छ। उहाँ मानिस समान हुनुभए तापनि, देहधारी परमेश्‍वर मानवजातिको लागि कुनै पनि मूल्यवान् मानिसभन्दा बढी महत्त्वपूर्ण छ, किनभने उहाँले परमेश्‍वरका आत्माले गर्न नसक्ने काम गर्न सक्नुहुन्छ, परमेश्‍वर स्वयमको गवाही दिनको लागि परमेश्‍वरका आत्माभन्दा बढी सक्षम हुनुहुन्छ र मानवजातिलाई पूर्ण रूपमा प्राप्त गर्नको लागि परमेश्‍वरका आत्माभन्दा बढी सक्षम हुनुहुन्छ। परिणामस्वरूप, यो देह सामान्य र साधारण भए तापनि, मानवजातिप्रति उहाँको योगदान र मानवजातिको अस्तित्वप्रति उहाँको महत्त्वले उहाँलाई अत्यन्तै बहुमूल्य तुल्याउँछ र यो देहको वास्तविक मूल्य र महत्त्वलाई कुनै पनि मानवले नाप्न सक्दैन। यो देहले प्रत्यक्ष रूपमा शैतानलाई नष्ट गर्न नसके तापनि, उहाँले मानवजातिलाई विजय गर्न र शैतानलाई हराउन, र शैतानलाई उहाँको प्रभुत्वमा पूर्ण रूपमा समर्पित हुने तुल्याउनको लागि आफ्‍नो काम प्रयोग गर्न सक्‍नुहुन्छ। परमेश्‍वर देहधारी हुनुभएकोले उहाँले शैतानलाई हराउन सक्नुहुन्छ र मानवजातिलाई मुक्त गर्न सक्नुहुन्छ। उहाँले प्रत्यक्ष रूपमा शैतानलाई नष्ट गर्नुहुन्‍न, बरु शैतानद्वारा भ्रष्ट तुल्याइएका मानवजातिलाई विजय गर्ने काम गर्नको लागि उहाँ देह बन्नुहुन्छ। यसरी, उहाँ आफ्ना प्राणीहरूका माझ आफ्नो लागि गवाही दिन अझै बढी सक्षम हुनुहुन्छ र भ्रष्ट मानिसलाई मुक्त गर्न उहाँ अझै सक्षम हुनुहुन्छ। परमेश्‍वरका आत्माद्वारा शैतानलाई प्रत्यक्ष रूपमा नष्ट गर्ने कार्यले भन्दा, देहधारी परमेश्‍वरको शैतानमाथिको विजयले अझै ठूलो गवाही दिन्छ र यो अझै विश्‍वास दिलाउने हुन्छ। देहमा हुनुहुने परमेश्‍वर मानिसलाई सृष्टिकर्ता चिन्न सहायता गर्न अझै बढी सक्षम हुनुहुन्छ र उहाँका प्राणीहरूका बीचमा आफ्नो गवाही दिनको लागि अझै बढी सक्षम हुनुहुन्छ।

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्