परमेश्‍वरको कामका तीन चरणहरूलाई जान्नु नै परमेश्‍वरलाई चिन्ने मार्ग हो (भाग एक)

मानवजातिलाई व्यवस्थापन गर्ने कामलाई तीन भागमा विभाजन गरिएको छ, जसको अर्थ मानवजातिलाई बचाउने कामलाई तीन चरणहरूमा विभाजन गरिएको छ। यी तीन चरणहरूमा संसारलाई सृष्टि गरिएको कार्य पर्दैन, तर व्यवस्थाको युग, अनुग्रहको युग र राज्यको युग कामका तीन चरणहरू हुन्। संसारलाई सृष्टि गर्ने काम सारा मानवजातिलाई पैदा गर्ने काम थियो। यो मानिसलाई मुक्ति दिने काम थिएन, मानवजातिलाई मुक्ति दिने कार्यसँग यसको कुनै सरोकार छैन, किनभने संसार सृष्टि गर्दा मानवजाति शैतानद्वारा भ्रष्ट पारिएका थिएनन्, त्यसैले मानवजातिको मुक्तिको कार्यलाई अघि बढाउनु आवश्यक थिएन। जब मानवजाति शैतानद्वारा भ्रष्ट भयो तब मात्र मानवजातिलाई मुक्ति दिने कार्य सुरु भयो, त्यसैले मानवजाति भ्रष्ट भएपछि मात्र मानवजातिको व्यवस्थापनको कार्य सुरुवात भयो। अर्को शब्दमा, परमेश्‍वरको मानव व्यवस्थापनको कार्य मानवजातिलाई उद्धार गर्ने कार्यको परिणामस्वरूप प्रारम्भ भयो र यो संसारलाई सृष्टि गर्ने कुराबाट उदय भएन। मानवजातिले भ्रष्ट स्वभाव प्राप्त गरेपछि मात्र व्यवस्थापनको कार्य अस्तित्वमा आयो, त्यसैले मानवजातिलाई व्यवस्थापन गर्ने कार्यमा चार चरणहरू वा चार युगहरूभन्दा पनि तीन भागहरू पर्छन्। परमेश्‍वरले मानवजातिको व्यवस्थापन गर्ने कार्यलाई जनाउने उपयुक्त तरिका यही मात्र हो। जब अन्तिम युगको अन्त आउँछ, तब मानवजातिको व्यवस्थापन कार्यको पूर्ण अन्त आएको हुनेछ। व्यवस्थापन कार्यको समाप्तिको अर्थ सबै मानवजातिलाई उद्धार गर्ने कार्य पूर्ण रूपमा सिद्धिनु, र मानवजातिको निम्ति यो चरण पूरा भइसकेको छ भन्‍ने हो। सारा मानवजातिलाई मुक्ति दिने कार्यविना मानवजातिको व्यवस्थापनको कार्य अस्तित्वमा रहने थिएन, न त कार्यका तीन चरणहरू नै हुनेथिए। यो त मानवजातिको भ्रष्टताकै कारणले थियो र मानवजाति मुक्तिको तत्काल आवश्यकतामा थियो त्यसकारण परमप्रभुले सृष्टिको काम टुङ्ग्याउनुभयो र व्यवस्थाको युगको काम सुरुवात गर्नुभयो। त्यसपछि मात्र मानवजातिको व्यवस्थापन गर्ने कार्य सुरुवात भयो, जसको अर्थ त्यसपछि मात्र मानवजातिलाई मुक्ति दिने कार्य सुरु भयो भन्‍ने हुन्छ। “मानवजातिको व्यवस्थापन” को अर्थ पृथ्वीमा भर्खरै सृष्टि गरिएका मानवजातिको जीवनको अगुवाइ गर्नु होइन (जसको तात्पर्य, मानवजाति अझै भ्रष्ट भएको थिएन)। बरु, यो त शैतानद्वारा भ्रष्ट पारिएको मानवजातिको मुक्ति हो, जसको तात्पर्य, यो भ्रष्ट मानवजातिलाई रूपान्तरण गर्नु हो। “मानवजातिको व्यवस्थापन” को अर्थ यही हो। मानवजातिलाई मुक्ति दिने कार्यमा संसार सृष्टि गर्ने कुरा पर्दैन, त्यसरी नै मानवजातिलाई व्यवस्थापन गर्ने कार्यमा संसारलाई सृष्टि गर्ने काम पर्दैन, तर यसमा संसारको सृष्टिभन्दा अलग कार्यका तीन चरणहरू मात्र पर्छन्। मानवजातिको व्यवस्थापनको कार्यलाई बुझ्न कार्यका तीन चरणहरूका इतिहासप्रति सजग हुनु आवश्यक हुन्छ—मुक्ति पाउनको निम्ति हरेक व्यक्ति यही कुरामा सजग हुनुपर्छ। परमेश्‍वरको सृष्टिहरू भएको हैसियतले, मानिसलाई परमेश्‍वरले सृष्टि गर्नुभएको हो भनी तिमीहरूले जान्नुपर्छ र मानवजातिको भ्रष्टताको स्रोत र यसको अलाबा, मानिसको मुक्तिको प्रक्रियालाई तिमीहरूले पहिचान गर्नुपर्छ। यदि तिमीहरूलाई परमेश्‍वरको कृपा पाउने प्रयासमा सिद्धान्तअनुसार काम गर्न मात्र आउँछ, तर परमेश्‍वरले मानिसलाई कसरी मुक्ति दिनुहुन्छ वा मानवजातिको भ्रष्टताको स्रोतको बारेमा थाहा छैन भने, परमेश्‍वरको प्राणी भएको हैसियतले तिमीहरूमा यही कुराको कमी छ। परमेश्‍वरको व्यवस्थापन कार्यको व्यापक क्षेत्रप्रति अनभिज्ञ रहँदा पनि व्यवहारमा उतार्न सकिने ती सत्यताहरूको बुझाइसित मात्र तँ सन्तुष्ट हुनु हुँदैन—यदि यस्तै अवस्था हो भने तँ अत्यन्त कट्टर छस्। कार्यका तीन चरणहरू मानिसलाई व्यवस्थापन गर्ने परमेश्‍वरको कार्य, सम्पूर्ण संसारमा सुसमाचारको आगमन, सबै मानवजाति माझ महान्‌ रहस्यका भित्री कथा हुन्, र तिनीहरू सुसमाचार फैलाउने क्रियाको जग पनि हुन्। यदि तँ आफ्नो जीवनसँग सम्बन्धित साधारण सत्यताहरू बुझ्नमा मात्र ध्यान दिन्छस् र सारा रहस्यहरू र दर्शनहरूभन्दा महान्‌ यो कुराबारे केही जान्दैनस् भने त, के तेरो जीवन हेर्नको लागि बाहेक केही कामको नहुने बिग्रेको सामग्रीजस्तो छैन र?

यदि मानिसले अभ्यासमा मात्र ध्यान दिन्छ, र परमेश्‍वरको काम र मानिसले जान्‍नु पर्ने कुरालाई द्वित्तिय कुराको रूपमा हेर्छ भने, मूल्यहीन कुरालाई बहुमूल्य ठानेर बहुमूल्य कुरालाई मूल्यहीन ठान्‍नु होइन र? तैँले जे कुरा जान्नुपर्छ सो तैँले जान्नु नै पर्छ; जुन कुरालाई तैँले व्यवहारमा लागू गर्नुपर्छ त्यसलाई तैँले व्यवहारमा उतार्नैपर्छ। त्यसपछि मात्र तँ सत्यताको अनुसरण कसरी गर्नुपर्छ भनी जान्ने व्यक्ति बन्‍नेछस्। जब तैँले सुसमाचार फैलाउने समय आउँछ, यदि तँ परमेश्‍वर महान्‌ र धर्मी परमेश्‍वर हुनुहुन्छ, उहाँ कुनै पनि महान्‌ मानिससँग तुलना गर्न नसकिने एक सर्वोच्च परमेश्‍वर हुनुहुन्छ र उहाँ त्यस्तो परमेश्‍वर हुनुहुन्छ जोभन्दा माथि अरू कोही छैन मात्र भन्न सक्छस् भने…, यदि तँ अत्यन्त महत्त्वपूर्ण र मूलभूत कुराहरू भएका वचनहरू भन्नलाई पूर्ण रूपमा असमर्थ छस् तर यी असान्दर्भिक र सतही कुराहरू मात्र भन्न सक्छस् भने; यदि तैँले परमेश्‍वरलाई चिन्‍ने वा परमेश्‍वरको कामबारे केही भन्‍नु छैन, यसको साथै, सत्यताको व्याख्या गर्न, वा मानिसमा केको कमी छ सो प्रदान गर्न सक्दैनस् भने, तँजस्तो व्यक्ति आफ्नो कर्तव्य पूरा गर्न असमर्थ हुन्छ। परमेश्‍वरको गवाही दिने र राज्यको सुसमाचार फैलाउने काम साधारण कुरा होइन। तँ पहिले सत्यता र बुझ्‍नै पर्ने दर्शनहरूले सुसज्जित हुनुपर्छ। जब तँ परमेश्‍वरको कामको विभिन्न पक्षहरूको दर्शनहरू र सत्यताहरूबारे स्पष्ट छस् भने, तैँले आफ्नो हृदयमा परमेश्‍वरको कामबारे थाहा पाउँछस्, र परमेश्‍वरले धार्मिक न्याय वा मानिसको शुद्धीकरणको काम जे गर्नुभए पनि तँसित तेरो जगको रूपमा महान् दर्शन हुन्छ र तँसित अभ्यास गर्नु पर्ने सत्यता हुन्छ, अनि तैँले परमेश्‍वरलाई अन्तसम्म नै पछ्याउन सक्‍नेछस्। उहाँले जे काम गर्नुभए पनि परमेश्‍वरको कामको लक्ष्य बदलिँदैन, उहाँको कामको मर्म बदलिँदैन र मानिसप्रति उहाँको इच्‍छा बदलिँदैन भन्ने तैँले जान्नुपर्छ। उहाँका वचनहरू जति नै कठोर भए पनि, वातावरण जति नै प्रतिकूल भए पनि, उहाँका कामका सिद्धान्तहरू परिवर्तन हुँदैनन् र मानिसलाई उद्धार गर्ने उहाँको अभिप्राय परिवर्तन हुँदैन। यदि यो मानिसको अन्त वा मानिसको गन्तव्यको प्रकाशको कार्य होइन भने, र अन्तिम चरणको काम वा परमेश्‍वरको व्यवस्थापनको समग्र योजनाको कार्यलाई समाप्‍त गर्ने होइन भने, र यदि यो मानिसलाई तयार पार्ने समय हो भने, उहाँको कामको मर्म परिवर्तन हुनेछैन। यो सधैँ मानवजातिको मुक्ति नै हुनेछ। परमेश्‍वरप्रति तिमीहरूको विश्‍वासको आधार यही नै हुनुपर्छ। कार्यको तीन चरणहरूको लक्ष्य सारा मानवजातिको मुक्ति हो—यसको अर्थ शैतानको अधिकार क्षेत्रबाट मानिसको पूर्ण मुक्ति हो। कार्यका हरेक तीन चरणहरूको फरक-फरक उद्देश्य र महत्त्व रहेको भए तापनि, ती प्रत्येक नै मानवजातिको मुक्तिको कार्यको हिस्सा हो र ती प्रत्येक मानवजातिको आवश्यकता अनुसार गरिने मुक्तिका विभिन्न काम हुन्। तँलाई कार्यका यी तीन चरणहरूबारे स्पष्ट भएपछि, ती कार्यका हरेक चरणको सराहना कसरी गर्ने भन्‍ने कुराप्रति तँ सचेत हुनेछस् र कसरी परमेश्‍वरको इच्छा पूरा गर्ने सो कुरालाई पहिचान गर्नेछस्। यदि तँ यस चरणमा पुग्‍न सक्छस् भने, यी सबैभन्दा महान् दर्शनहरू नै परमेश्‍वरप्रतिको तेरो विश्‍वासको जग बन्नेछ। तैँले अभ्यासका सहज तरिका वा गहन सत्यताहरूलाई मात्रै पछ्याउनु हुँदैन, तर अभ्यासलाई दर्शनहरूसँग समायोजन गर्नुपर्छ, ताकि व्यवहारमा उतार्न सकिने सत्यता र दर्शनहरूमा आधारित ज्ञान दुवै हुन्छन्। त्यसपछि मात्र तँ सत्यतालाई वृहत् रूपमा अनुसरण गर्ने व्यक्ति बन्‍नेछस्।

कार्यका तीन चरणहरू परमेश्‍वरको समग्र व्यवस्थापनको मर्म हुन् र तिनीहरूमा नै परमेश्‍वरको स्वभाव र उहाँ जे हुनुहुन्छ सो व्यक्त गरिन्छ। परमेश्‍वरका कार्यका तीन चरणहरू नजान्नेहरूले परमेश्‍वरले उहाँको स्वभाव कसरी व्यक्त गर्नुहुन्छ भन्ने जान्दैनन्, न त तिनीहरूले परमेश्‍वरको कार्यको बुद्धिलाई नै जान्दछन्। उहाँले मानवजातिलाई मुक्ति दिने धेरै तरिकाहरू र समग्र मानवजातिको निम्ति उहाँको इच्छाबारे पनि तिनीहरू अनभिज्ञ नै हुन्छन्। कार्यका तीन चरणहरू मानवजातिलाई बचाउने कार्यको पूर्ण अभिव्यक्ति हुन्। कार्यका तीन चरणहरू नजान्‍नेहरू पवित्र आत्माको कामको विभिन्न विधिहरू र सिद्धान्तहरूबारे अनभिज्ञ हुन्छन् र कार्यको कुनै चरणबाट बाँकी रहेको सिद्धान्तमा नै कठोरतापूर्वक टाँसिरहनेहरू परमेश्‍वरलाई सिद्धान्तमा सीमित पार्ने मानिसहरू हुन् र परमेश्‍वरप्रति तिनीहरूको विश्‍वास अस्पष्ट र अनिश्‍चित हुन्छ। त्यस्ता मानिसहरूले कहिल्यै पनि परमेश्‍वरको मुक्ति प्राप्‍त गर्नेछैनन्। परमेश्‍वरका कार्यका तीन चरणहरूले मात्र परमेश्‍वरको समग्र स्वभावलाई पूर्ण रूपमा व्यक्त गर्न सक्छ र सारा मानवजातिलाई मुक्ति दिने परमेश्‍वरको अभिप्राय साथै मानवजातिको मुक्तिको समग्र प्रक्रियालाई पूर्ण रूपमा व्यक्त गर्न सक्छ। उहाँले शैतानलाई पराजित गर्नुभएको छ र मानवजातिलाई प्राप्‍त गर्नुभएको छ भन्ने कुराको प्रमाण यही हो; यो परमेश्‍वरको विजयको सबुत हो र परमेश्‍वरको सम्पूर्ण स्वभावको अभिव्यक्ति हो। परमेश्‍वरका कार्यका तीन चरणहरूमध्ये एक चरणलाई मात्र बुझ्नेहरूले परमेश्‍वरको आंशिक स्वभावलाई मात्र जान्दछन्। मानिसको धारणामा, यो कार्यको एक चरण सजिलै सिद्धान्त बन्न सक्छ, र मानिसले परमेश्‍वरबारे निर्दिष्ट नियमहरू स्थापित गर्ने र परमेश्‍वरको स्वभावको यही एउटा हिस्सालाई परमेश्‍वरको सम्पूर्ण स्वभावको प्रतिनिधित्वको रूपमा प्रयोग गर्ने सम्भावना हुन्छ। यसको अलाबा, यसभित्र मानिसको धेरै कल्पना मिसिन्छ, यहाँसम्‍म कि कुनै समय परमेश्‍वर यस्तो हुनुहुन्थ्यो, अनि उहाँ हरसमय यस्तै रहनुहुनेछ र कहिल्यै परिवर्तन हुनुहुनेछैन भन्ने विश्‍वास गरेर यस्ता मानिसले परमेश्‍वरको स्वभाव, अस्तित्व र बुद्धिलाई साथै परमेश्‍वरको कार्यको सिद्धान्तहरूलाई सीमित मापदण्डहरूभित्र कठोरतापूर्वक कैद गर्छन्। कार्यका तीन चरणहरू जान्‍नेहरूले मात्र परमेश्‍वरलाई पुर्ण रूपमा र सही रूपमा चिन्न सक्छन्। कम्तीमा पनि, तिनीहरूले परमेश्‍वरलाई इस्राएलीहरू वा यहूदीहरूका परमेश्‍वरको रूपमा परिभाषित गर्दैनन् र उहाँलाई मानिसको खातिर सदासर्वदा क्रूसमा टाँगिएको परमेश्‍वरको रूपमा हेर्नेछैनन्। यदि कसैले परमेश्‍वरलाई उहाँको कार्यको एक चरणबाट मात्र चिन्छ भने तिनीहरूको ज्ञान अत्यन्तै सानो र महासागरको एक थोपाभन्दा बढी हुँदैन। होइन भने, धेरै पुरानो धार्मिक रक्षकहरूले परमेश्‍वरलाई किन जीवितै क्रूसमा टाँग्थे? के मानिसले परमेश्‍वरलाई कुनै मापदण्डहरूभित्र सीमित गर्ने गरेकोले होइन र? के मानिसहरूले परमेश्‍वरको विविध र विभिन्न काम नजानेकाले, तिनीहरूले पवित्र आत्माको कार्यलाई ज्ञान र सिद्धान्तको अत्यन्त सानो कणले मापन गर्ने हुँदा परमेश्‍वरको विरोध गरेका र पवित्र आत्माको कामलाई अवरोध गरेका होइनन् र? यस्ता मानिसहरूको अनुभव सतही भए पनि, तिनीहरू अहङ्कारी र भोगी प्रकृतिका हुन्छन् र तिनीहरूले पवित्र आत्माको कार्यलाई घृणा गर्छन्, पवित्र आत्माको अनुशासनलाई बेवास्ता गर्छन्, यसको अलाबा पवित्र आत्माको कामलाई “पुष्टि गर्न” तिनीहरूको नगण्य पुरानो तर्कलाई प्रयोग गर्छन्। तिनीहरूले एउटा कार्यलाई धारण गर्छन् र तिनीहरूको आफ्नै शिक्षा र बुद्धिमा विश्‍वस्त हुन्छन् अनि तिनीहरू सारा संसारभरि यात्रा गर्न सक्षम छन् भनी विश्‍वस्त हुन्छन्। के यस्ता मानिसहरू पवित्र आत्माद्वारा घृणा गरिएका र तिरस्कार गरिएका मानिसहरू होइनन् र के तिनीहरूलाई नयाँ युगद्वारा हटाइने छैनन् र? के परमेश्‍वरको सामु आएर खुल्‍लमखुल्‍ला उहाँको विरोध गर्नेहरू अज्ञानी र अबुझ घृणितहरू होइनन् र, जसले तिनीहरू कति प्रखर छन् भनी देखाउने प्रयास गरिरहेका हुन्छन्? बाइबलको नगण्य ज्ञानमा तिनीहरूले संसारको “शैक्षिक समुदाय” मा दङ्गा गर्ने गर्छन्, मानिसहरूलाई सिकाउने सतही सिद्धान्तद्वारा तिनीहरूले पवित्र आत्माको कार्यलाई उल्टाउन खोज्छन् र यसलाई तिनीहरूको आफ्नै वैचारिक प्रक्रियाको सेरोफेरोमा घुमाउने प्रयास गर्छन्। तिनीहरू अदूरदर्शी भए पनि, परमेश्‍वरको छ हजार वर्षको कामलाई एकै झलकमा हेर्ने प्रयास गर्छन्। यी मानिसहरूमा उल्लेख गर्न लायक कुनै अनुभूति हुँदैन। वास्तवमा, मानिसहरूमा जति धेरै परमेश्‍वर सम्‍बन्धी ज्ञान हुन्छ उत्ति नै तिनीहरू उहाँको न्याय गर्नमा सुस्त हुन्छन्। यसको अलाबा, तिनीहरू परमेश्‍वरको आजको काम सम्‍बन्धी तिनीहरूको नगण्य ज्ञानको मात्र कुरा गर्छन्, तर तिनीहरू तिनीहरूका न्यायहरूमा हतार गर्दैनन्। मानिसहरूले परमेश्‍वरलाई जति थोरै चिन्छन् तिनीहरू उत्ति नै अहङ्कारी र अति दृढ हुन्छन् र अझ धेरै ढिठ भएर परमेश्‍वरको अस्तित्वको घोषणा गर्छन्—तैपनि तिनीहरूले सिद्धान्तको मात्र कुरा गर्छन् र कुनै वास्तविक प्रमाण पेश गर्दैनन्। यस्ता मानिसहरू कुनै मूल्यका हुँदैनन्! पवित्र आत्माको कामलाई खेलको रूपमा हेर्नेहरू खेलबाड गर्नेहरू हुन्! पवित्र आत्माको नयाँ कामलाई अनुभव गर्दा होसियारी नहुनेहरू, बढी बोल्‍नेहरू न्याय गर्नुमा छिटो हुन्छन्, आफ्नो मनस्थितिलाई अनियन्त्रित छोड्नेहरूले पवित्र आत्माको कामको धार्मिकतालाई इन्कार गर्छन्, जसले यसको अपमान गर्छन् र ईश्‍वर-निन्दा पनि गर्छन्—के यस्ता अनादरणीय मानिसहरू पवित्र आत्माको कामप्रति अनजान हुँदैनन् र? यसको अलाबा के तिनीहरू महाघमण्डका मानिसहरू होइनन्, जो अन्तर्निहित रूपमा घमण्डी र अनियन्त्रित हुन्छन्? यस्ता मानिसहरूले पवित्र आत्माको काम स्वीकार गर्ने कुनै दिन नै आए पनि, परमेश्‍वरले यस्ता मानिसलाई अझै सहनुहुनेछैन। तिनीहरूले परमेश्‍वरको निम्ति काम गर्नेहरूलाई नीच रूपमा हेर्ने मात्र होइन, तर तिनीहरू परमेश्‍वर स्वयम्‌को ईश्‍वर-निन्दा पनि गर्छन्। यस्ता दुस्साहसी मानिसहरूलाई यो युगमा वा आउने युगमा क्षमा गरिनेछैन, र तिनीहरू नरकमा सदाको निम्ति नष्ट हुनेछन्! यस्ता अनादरणीय र भोगी मानिसहरूले परमेश्‍वरमा विश्‍वास गरेको नाटक गरिरहन्छन्, र मानिसहरू जति धेरै यस्ता हुन्छन् उत्ति नै तिनीहरू परमेश्‍वरको प्रशासनिक आदेशहरू उल्लङ्घन गर्ने हुन्छन्। सबै अहङ्कारीहरू जन्‍मजातै अनियन्त्रित हुने, र कहिल्यै कसैको आज्ञापालन नगर्ने, के तिनीहरू सबै यही मार्गमा हिँड्दैनन् र? सँधै नयाँ र कहिल्यै पुरानो नहुने परमेश्‍वरलाई तिनीहरूले दिनदिनै विरोध गर्दैनन् र? परमेश्‍वरको कामका तीन चरणहरूको महत्त्व तिमीहरूले किन जान्नुपर्छ सो आज तिमीहरूले बुझ्नुपर्छ। मैले तिमीहरूलाई भनेका वचनहरू रित्तो गफहरू होइनन् तर यी तिमीहरूका लागि फाइदाजनक छन्। यदि तिमीहरूले यिनीहरूलाई घोडा चढेर जाँदा बाटोमा फूलको प्रशंसा गरेझैँ पढ्छौं भने, के मेरो परिश्रम व्यर्थ हुनेछैन र? तिमीहरू हरेकले आ-आफ्नो स्वभाव बुझ्नुपर्छ। तिमीहरूमध्ये धेरै जना तर्क गर्न खप्पिस छौ; सैद्धान्तिक प्रश्‍नहरूप्रतिको जबाफहरू तिमीहरूको जिब्रोबाट फरर निस्‍कन्‍छन्, तर मूलभूत निहित प्रश्‍नहरूबारे बताउन तिमीहरूसँग कुनै कुरा हुँदैन। तिमीहरू आज पनि असावधानी कुराकानीमा लिप्त नै हुन्छौ, तिमीहरूका पुरानो स्वभाव बदल्न सक्दैनौ र उच्च सत्यता हासिल गर्नको निम्ति तिमीहरूमध्ये धेरै जनासित तिमीहरूले अनुसरण गरिरहेका मार्ग परिवर्तन गर्ने कुनै इरादा छैन, बरु आफ्नो जीवन उदासीन रूपमा जिउँछौ। यस्ता मानिसहरूले कसरी अन्तसम्म परमेश्‍वरलाई पछ्याउन सक्छन्? यदि तिमीहरू अन्तसम्म नै यस मार्गमा हिँड्न सके तापनि, तिमीहरूलाई के लाभ हुनेछ र? ढिलो हुन अघि नै तिमीहरूको विचार परिवर्तन गर्नु उत्तम हुन्छ, कि त साँचो रूपमा अनुसरण गर कि त पहिले नै हटिजाओ। समय बित्दै जाँदा तिमीहरू आश्रित परजीवी हुनेछौ—के तिमीहरू यस्ता नीच र अधम भूमिका खेल्‍न तत्पर छौ?

कामका तीन चरणहरू परमेश्‍वरको सम्पूर्ण कामको अभिलेख हो; ती मानवजातिको निम्ति परमेश्‍वरको मुक्तिको अभिलेख हुन् र तिनीहरू काल्पनिक कुरा होइनन्। यदि तँ परमेश्‍वरको सम्पूर्ण स्वभावको ज्ञान खोज्ने इच्छा गर्छस् भने, परमेश्‍वरले गर्नुभएको कार्यको तीन चरणहरूलाई तिमीहरूले जान्नुपर्छ, यसको अलाबा, तिमीहरूले कुनै पनि चरणलाई छोड्नु हुँदैन। परमेश्‍वरलाई चिन्न चाहनेहरूले हासिल गर्नुपर्ने न्यूनतम कुरा यही हो। मानिस स्वयम्‌ले परमेश्‍वरको साँचो ज्ञान निर्माण गर्न सक्दैन। यो मानिस स्वयम्‌ले कल्पना गर्न सक्‍ने कुरा होइन, न त यो कुनै एक जनालाई गरिएको पवित्र आत्माको विशेष कृपाको परिणाम नै हो। बरु, यो त परमेश्‍वरको कामलाई अनुभव गरेपछि मानिसमा आउने ज्ञान हो र यो परमेश्‍वरको कामका तथ्यहरूलाई अनुभव गरेपछि मात्र आउने परमेश्‍वरको ज्ञान हो। यस्तो ज्ञान सहजै प्राप्त गर्न सकिँदैन, न त यो सिकाउन सकिने कुरा नै हो। यो पूर्ण रूपमा व्यक्तिगत अनुभवसँग सम्बन्धित कुरा हो। मानवजातिको निम्ति परमेश्‍वरको मुक्ति कार्यका यी तीन चरणहरूको सार हो, तैपनि मुक्तिको कामभित्र परमेश्‍वरको स्वभाव व्यक्त गरिने कामका केही विधिहरू र केही माध्यमहरू समावेश छन्। मानिसले पहिचान गर्नको लागि सबभन्दा कठिन यही हो र मानिसले बुझ्नको लागि जटिल कुरा यही हो। युगहरूको विभाजन, परमेश्‍वरको कामका परिवर्तनहरू, कामको अवस्थितिमा हुने परिवर्तनहरू, यो कार्यको प्रापकहरूमा आउने परिवर्तन र अरू यस्तै कुराहरू सबैलाई कामको तीन चरणहरूमा समावेश गरिएका छन्। निश्‍चित रूपमा, पवित्र आत्माको काम गर्ने तरिकामा भिन्नता, साथै परमेश्‍वरको स्वभाव, स्वरूप, नाउँ, पहिचान वा अन्य परिवर्तनहरूमा हुने बदलावहरू सबै कार्यको तीन चरणहरूका हिस्सा हुन्। कामको एउटा चरणले एक भागको मात्र प्रतिनिधित्व गर्न सक्छ, र यो निश्‍चित क्षेत्रभित्र सीमित हुन्छ। अन्य पक्षहरूको त कुरै छोडौं, यसले युगहरूको विभाजन वा परमेश्‍वरको काममा परिवर्तनलाई पनि समेट्दैन। यो स्पष्ट तथ्य हो। कामका तीन चरणहरू परमेश्‍वरले मानवजातिलाई मुक्ति दिने कामको पूर्णता हो। मुक्तिको काममा परमेश्‍वरले गर्नुहुने काम र परमेश्‍वरको स्वभावलाई मानिसले जान्नुपर्छ; यो तथ्य विना, परमेश्‍वर सम्‍बन्धी तेरो ज्ञान खोक्रा शब्दहरू बाहेक अरू केही पनि होइन, यो अव्यवहारिक धर्माध्यक्षताभन्दा केही पनि होइन। यस्तो ज्ञानले न त मानिसलाई विश्‍वस्त पार्छ न जित्न नै सक्छ; यो यथार्थतासँग मेल खाँदैन, र यो सत्य होइन। यो कानको निम्ति प्रचुर र प्रसन्न तुल्याउने कुरा हुनसक्छ, तर यदि यो परमेश्‍वरको निहित स्वभावसँग मेल खाँदैन भने, परमेश्‍वरले तँलाई छोड्नुहुनेछैन। उहाँले तेरो ज्ञानको सराहना मात्र गर्नुहुनेछैन तर उहाँको निन्दा गर्ने पापी भएकोमा उहाँले तँलाई प्रतिशोध पनि लिनुहुनेछ। परमेश्‍वरलाई चिन्ने सम्‍बन्धी शब्दहरूलाई हल्का रूपमा बोलिँदैन। तँ वाक्पटु र सुवक्ता नै भए पनि र तँ सेतोलाई कालो र कालोलाई सेतो बनाउने गरी चतुर नै भए तापनि परमेश्‍वरको ज्ञानको बारे बताउनु पर्दा तँ आफ्नो गहनताभन्दा बाहिर हुनेछस्। परमेश्‍वर तिमीहरूले सुझबुझविना नै न्याय गर्न सक्‍ने वा अकस्मात् रूपमा प्रशंसा गर्न सक्‍ने वा बेपर्बाही रूपमा बदनाम गर्न सक्‍ने कुनै व्यक्ति हुनुहुन्‍न। तैँले कुनै वा हरेकको प्रशंसा गर्छस्, तैपनि परमेश्‍वरको महान् अनुग्रहको वर्णन गर्नलाई सही शब्द पाउन तँलाई गाह्रो हुन्छ—हरेक हरुवाले यही महसुस गर्न पुग्छ। परमेश्‍वरको बारे वर्णन गर्न सक्‍ने धेरै भाषिक विशेषज्ञहरू भए तापनि तिनीहरूले वर्णन गरेका कुराहरू भनेका परमेश्‍वरका मानिसहरूले बताएको सत्यताको सय भागको एक भाग मात्र हुन्, तिनीहरूसँग सीमित शब्दावलीहरू हुने भए तापनि, प्रयोग गर्नलाई प्रचुर अनुभव उपलब्ध हुन्छ। यसैले परमेश्‍वरको ज्ञान शब्दहरूको चलाकीपूर्ण प्रयोगमा होइन सत्यता र यथार्थतामा रहन्छ अनि मानिसको ज्ञान र परमेश्‍वरको ज्ञान पूर्ण रूपमा असम्बन्धित कुराहरू हुन् भन्ने देख्न सकिन्छ। परमेश्‍वरलाई चिन्ने पाठ मानवजातिको कुनै पनि प्राकृतिक विज्ञानभन्दा उच्च छ। यो परमेश्‍वरलाई जान्न खोज्ने अत्यन्त थोरै मानिसले मात्र हासिल गर्न सक्ने पाठ हो र यसलाई कुनै पनि प्रतिभावान् मानिसले हासिल गर्न सक्दैन। त्यसैले, तिमीहरूले परमेश्‍वरलाई चिन्ने र सत्यता अनुसरण गर्ने कुरालाई बालकले पनि हासिल गर्न सक्ने कुराको रूपमा हेर्नु हुँदैन। सायद तँ आफ्‍नो पारिवारिक जीवनमा वा आफ्नो जीविकोपार्जनमा, वा आफ्नो विवाहमा पूर्ण रूपमा सफल छस् होला, तर जब सत्यता र परमेश्‍वरलाई चिन्ने कुरा आउँछ, तब तँसित आफ्नो निम्ति देखाउने कुरा केही पनि हुँदैन र तैँले केही पनि हासिल गरेको हुँदैनस्। सत्यतालाई व्यवहारमा उतार्न तिमीहरूलाई महाकठिन हुन्छ र परमेश्‍वरलाई चिन्ने कुरा अझै ठूलो समस्यापूर्ण हुन्छ भन्न सकिन्छ। यो तिमीहरूको कठिनाइ हो र यो सारा मानवजातिले भोगेको कठिनाइ पनि हो। परमेश्‍वरलाई चिन्ने अभियानमा केही उपलब्धि हासिल गर्नेहरूमध्ये मापदण्डसम्म आइपुग्‍ने लगभग कोही पनि छैन। परमेश्‍वरलाई चिन्नुको अर्थ, वा परमेश्‍वरलाई जान्न किन आवश्यक छ वा परमेश्‍वरलाई चिन्न कुन हदसम्म हासिल गर्नुपर्छ भन्ने मानिसले जान्दैन। यो मानवजातिको निम्ति निकै अन्यौलपूर्ण कुरा हो र यो मानवजातिले सामना गर्ने सबभन्दा ठूलो अड्को हो—यो प्रश्नको जवाफ दिन सक्षम कोही पनि छैन, न त यो प्रश्‍नको जवाफ दिन नै कोही तत्पर छ, किनभने हालसम्म कुनै पनि मानवजातिले यो कार्यको अध्ययनमा कुनै सफलता हासिल गरेको छैन। सायद, मानवजातिलाई कार्यको तीन चरणहरूको अड्को प्रकट गरिँदा परमेश्‍वरलाई चिन्ने प्रतिभाशाली मानिसहरूको एउटा समूह अनुक्रममा देखा पर्नेछ। अवश्य नै, त्यही होस् भन्ने म आशा गर्छु, यसको साथै, म यो काम कार्यान्वयन गर्ने क्रममा छु र निकट भविष्यमा यस्ता धेरै प्रतिभाशाली मानिसहरू देखा परेको देख्ने आशा गर्छु। तिनीहरू कार्यका यी तीन चरणहरूको तथ्यको गवाही दिनेहरू बन्नेछन् र अवश्य नै, तिनीहरू कामको यी तीन चरणहरूको गवाही दिनमा पहिलो पनि हुनेछन्। तर परमेश्‍वरको काम अन्त हुने दिनमा यस्ता प्रतिभाशाली मानिसहरू देखा परेनन् भने वा देहधारी परमेश्‍वरले सिद्ध तुल्याएर व्यक्तिगत रूपमा स्वीकार गर्नुहुने व्यक्ति एक वा त्यस्ता मानिसहरू दुई जना मात्र भए भने त्योभन्दा अरू कष्टदायी र खेदपूर्ण कुरा केही पनि हुँदैन। तथापि, यो एक खराब घटनाको परिदृश्य मात्रै हो। मामला जेसुकै होस्, उहाँलाई साँचो रूपमा अनुसरण गर्नेले यो आशिष्‌ पाउन सक्छ भन्ने म अझै आशा गर्छु। समयको सुरुवातदेखि नै यस्तो काम कहिल्यै भएको छैन; मानव विकासको इतिहासमा यस्तो कार्य कहिल्यै पनि भएको छैन। यदि तँ परमेश्‍वरलाई चिन्नेहरूमध्ये पहिलो हुन सक्छस् भने, के यो सारा सृष्टिहरू माझ सबैभन्दा उच्च आदरको कुरा हुँदैनथ्यो र? के मानिसहरूमाझ परमेश्‍वरले कदर गर्ने अरू कुनै सृष्टि हुन्थ्यो? यस्तो काम हासिल गर्न सहज छैन, तर अझै अन्तमा इनामको कटनी गर्नेछ। तिनीहरूको लिङ्ग वा राष्ट्रियता जे भए तापनि परमेश्‍वरको ज्ञान हासिल गर्न सक्षम हुनेहरू सबैले अन्तमा परमेश्‍वरको ठूलो सम्मान प्राप्‍त गर्नेछन् र परमेश्‍वरको अधिकार हासिल गर्ने तिनीहरू मात्र हुनेछन्। आजको काम यही हो र भविष्यको काम पनि यही नै हो; ६,००० वर्षको काममा पूरा गरिने अन्तिम र सबैभन्दा उच्च काम यही हो अनि मानिसको हरेक वर्गलाई प्रकट गर्ने कामको तरीका यही हो। मानिसलाई परमेश्‍वर चिन्ने तुल्याउँदा विभिन्न वर्गका मानिसहरूलाई प्रकट गरिन्छ: परमेश्‍वरलाई चिन्नेहरू परमेश्‍वरको आशिष्‌ पाउन र उहाँका प्रतिज्ञाहरू स्वीकार गर्न योग्यका हुन्छन्, जबकी परमेश्‍वरलाई नचिन्नेहरू उहाँको आशिष्‌ प्राप्‍त गर्न र उहाँका प्रतिज्ञाहरू स्वीकार गर्न अयोग्य हुन्छन्। परमेश्‍वरलाई चिन्नेहरू परमेश्‍वरका घनिष्ठ व्यक्तिहरू हुन् र परमेश्‍वरलाई नचिन्‍नेहरूलाई परमेश्‍वरका घनिष्ठ व्यक्तिहरू भनी भन्‍न सकिँदैन; परमेश्‍वरका घनिष्ठ मानिसहरूले उहाँका कुनै पनि आशिष्‌हरू प्राप्‍त गर्न सक्छन्, तर उहाँसँग घनिष्ठ नभएकाहरू उहाँको कामको योग्यका हुँदैनन्। संकष्टहरू, शुद्धीकरण वा न्यायहरू यी सबै अन्तमा परमेश्‍वरको ज्ञान हासिल गर्नको निम्ति नै हुन्, ताकि मानिस परमेश्‍वरको अधीनमा रहन सकोस्। अन्तमा हासिल गरिने एक मात्र प्रभाव यही हो। कार्यको तीन चरणहरूमा कुनै पनि कुरा लुकाइँदैन र यो परमेश्‍वरसम्‍बन्धी मानिसको ज्ञानको निम्ति लाभदायक हुन्छ र मानिसलाई परमेश्‍वरको अझ पूर्ण र यसले विस्तृत ज्ञान हासिल गर्न सहायता गर्छ। यी सबै काम मानिसको लाभको निम्ति हो।

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्