परमेश्‍वरको कामका तीन चरणहरूलाई जान्नु नै परमेश्‍वरलाई चिन्ने मार्ग हो (भाग दुई)

परमेश्‍वर स्वयमको काम मानिसले जान्‍नै पर्ने दर्शन हो, किनभने परमेश्‍वरको कामलाई मानिसले हासिल गर्न सक्दैन, र यो मानिसमा छैन। कार्यका तीन चरणहरू परमेश्‍वरको व्यवस्थापनको पूर्णता हो, र मानिसले जान्‍नुपर्ने योभन्दा ठूलो कुनै दर्शन छैन। यदि मानिसलाई यो शक्तिशाली दर्शनको बारेमा थाहा हुँदैन भने, परमेश्‍वरलाई चिन्‍नु सहज हुँदैन, परमेश्‍वरको इच्‍छालाई बुझ्‍नु सजिलो हुँदैन, यसको साथै, मानिसले हिँड्ने मार्ग झन्-झन् कठिन हुनेछ। दर्शनहरूविना, मानिस यति टाढासम्‍म आइपुग्‍ने थिएन। आजको दिनसम्‍म मानिसलाई सुरक्षा दिने दर्शन नै हो, र जसले मानिसलाई सबैभन्दा ठूलो सुरक्षा प्रदान गरेको छ। भविष्यमा, तिमीहरूको ज्ञान गहिरिनैपर्छ, र तैँले उहाँको इच्‍छाको सम्पूर्णता र कार्यका तीन वटा चरणहरूभित्रको उहाँको बुद्धिमानी कार्यको सारलाई जान्‍नैपर्छ। यो मात्रै तिमीहरूको साँचो कद हो। कार्यको अन्तिम चरण एक्लै खडा हुँदैन, तर यो अघिल्‍लो दुई चरणहरूसँग एकसाथ निर्माण भएको पूर्णताको भाग हो, भन्‍नुको अर्थ, कार्यका तीन चरणहरूमध्ये एउटालाई मात्र पूरा गरेर मुक्तिको सम्पूर्ण कार्यलाई पूरा गर्नु असम्‍भव छ। कामको अन्तिम चरणले मानिसलाई पूर्ण रूपमा मुक्ति दिन सके तापनि, यो एकल चरणलाई एकलै अघि बढाउनु मात्रै आवश्यक छ, र मानिसलाई शैतानको प्रभावबाट मुक्त गर्नको लागि कामका अघिल्‍ला दुई चरणहरू आवश्यक छैन भन्‍ने यसको अर्थ हुँदैन। तीन चरणहरूमध्ये कुनै पनि एउटा चरणलाई सबै मानवजातिले जान्‍नैपर्ने एक मात्र दर्शनको रूपमा लिन सकिँदैन, किनभने मुक्तिको कामको सम्पूर्णता कार्यका तीन चरण हुन्, तीमध्ये एउटा चरण मात्रै होइन। जबसम्‍म मुक्तिको काम पूरा हुँदैन, तबसम्‍म परमेश्‍वरको व्यवस्थापन पूर्ण समाप्तिमा पुग्‍न सक्‍नेछैन। परमेश्‍वरको अस्तित्व, उहाँको स्वभाव, र उहाँको बुद्धिलाई मुक्तिको कामको सम्पूर्णतामा व्यक्त गरिन्छ; मानिसलाई ती सुरुमा नै प्रकट गरिँदैन, तर मुक्तिको काममा क्रमिक रूपमा व्यक्त गरिएको छ। मुक्तिको कामको हरेक चरणले परमेश्‍वरको स्वभावको भाग, र उहाँको अस्तित्वको भागलाई व्यक्त गर्छ; कामको कुनै पनि चरणले प्रत्यक्ष रूपमा र पूर्ण रूपमा परमेश्‍वरको अस्तित्वको सम्पूर्णतालाई व्यक्त गर्न सक्दैन। त्यसैले, कार्यका तीन चरण पूरा गरिसकिएपछि मात्रै मुक्तिको कामलाई पूर्ण रूपमा समाप्त गर्न सकिन्छ, त्यसकारण परमेश्‍वरको सम्पूर्णता सम्‍बन्धी मानिसको ज्ञानलाई परमेश्‍वरको कार्यका तीन चरणहरूबाट अलग गर्न सकिँदैन। कामको एउटा चरणबाट मानिसले प्राप्त गर्ने कुरा भनेको उहाँको कामको एउटा भागमा व्यक्त गरिने परमेश्‍वरको स्वभाव मात्रै हो। पहिलेको वा पछिको चरणहरूमा व्यक्त गरिने स्वभाव र अस्तित्वलाई यसले प्रतिनिधित्व गर्न सक्दैन। किनभने मानवजातिलाई मुक्ति दिने कामलाई एउटै समयको अवधिमा, वा एउटै स्थानमा सीधै समाप्त गर्न सकिँदैन, तर यो फरक-फरक समय र फरक-फरक स्थानमा मानिसको विकासको स्तर अनुसार क्रमिक रूपमा गहिरो-गहिरो बन्दै जान्छ। यो चरण-चरणमा अघि बढाइने कार्य हो, र यसलाई एउटै चरणमा पूरा गरिँदैन। त्यसकारण, परमेश्‍वरको सम्पूर्ण बुद्धिलाई एउटै व्यक्तिगत चरणमा होइन, तर तीन चरणहरूमा स्पष्ट गरिन्छ। उहाँको सम्पूर्ण अस्तित्व र उहाँको सम्पूर्ण बुद्धिलाई यी तीन चरणमा प्रस्तुत गरिन्छ, र हरेक चरणमा उहाँको अस्तित्व समावेश हुन्छ, अनि हरेक चरण नै उहाँको कामको बुद्धिको विवरण हो। यी तीन चरणमा व्यक्त गरिने परमेश्‍वरको सम्पूर्ण स्वभावलाई मानिसले जान्‍नुपर्छ। परमेश्‍वरको अस्तित्वको यो सबै कुरा सारा मानवजातिको लागि सबैभन्दा महत्त्वपूर्ण छ, र यदि परमेश्‍वरलाई आराधना गर्दा मानिसहरूमा यो ज्ञान हुँदैन भने, तिनीहरू बुद्धलाई आराधना गर्नेहरूभन्दा फरक हुँदैनन्। मानिसको बीचमा परमेश्‍वरले गर्नुहुने कार्य मानिसबाट लुकेको छैन, र परमेश्‍वरको आराधना गर्ने सबैले यसलाई जान्‍नुपर्छ। परमेश्‍वरले मानिसको बीचमा मुक्तिको कामका तीन चरणलाई अघि बढाइसक्‍नुभएको हुनाले, कार्यका तीन चरणमा मानिसले उहाँसँग जे छ र उहाँ जे हुनुहुन्छ त्यसको अभिव्यक्तिलाई जान्‍नुपर्छ। मानिसले गर्नैपर्ने कुरा यही नै हो। मानिसबाट परमेश्‍वरले लुकाउनुहुने कुरा मानिसले हासिल गर्न नसक्‍ने र मानिसले जान्‍नु नपर्ने कुरा हो, जबकी परमेश्‍वरले मानिसलाई देखाउनुहुने कुरा मानिसले जान्‍नुपर्ने, र मानिसमा हुनुपर्ने कुरा हो। कार्यका तीन चरणमध्ये हरेकलाई अघिल्‍लो चरणको जगमा नै अघि बढाइन्छ; यसलाई स्वतन्त्र रूपमा, मुक्तिको कामभन्दा अलग रूपमा अघि बढाइँदैन। गरिने कार्य र काममा ठूला भिन्‍नताहरू भए तापनि, मूल रूपमा यो मानवजातिको मुक्ति नै हो, र मुक्तिको कामको हरेक चरण अघिल्‍लोभन्दा अझ गहन हुन्छ। कामको हरेक चरण रद्द नगरिएको अघिल्‍लोको जगमा निरन्तर रहन्छ। यसरी, सधैँ नयाँ र कहिल्यै पुरानो नहुने आफ्‍नो काममा, परमेश्‍वरले मानिसलाई पहिले कहिल्यै व्यक्त नगरिएको आफ्‍नो स्वभावको पक्षलाई लगातार व्यक्त गरिरहनुभएको हुन्छ, र मानिसलाई सधैँ उहाँको नयाँ कार्य र उहाँको नयाँ अस्तित्व प्रकट गरिरहनुभएको हुन्छ, र पुरानो धार्मिक रक्षकले यसलाई प्रतिरोध गर्नको लागि सकेजति गर्ने र यसलाई खुलेआम विरोध गर्ने भए तापनि, परमेश्‍वरले सधैँ आफूले गर्ने अभिप्राय राख्‍नुभएको नयाँ काम गर्नुहुन्छ। उहाँको काम सधैँ परिवर्तन भइरहेको हुन्छ, र यसले गर्दा, यसले सधैँ मानिसको विरोधलाई सामना गरिरहेको हुन्छ। त्यसकारण, उहाँको कामको युग र यसलाई प्राप्त गर्नेहरू जस्तै उहाँको स्वभाव पनि सधैँ परिवर्तन भइरहेको हुन्छ। यसको साथै, मानिसको लागि पहिले गरिएको कामको विरोधाभासमा रहेको जस्तो देखिने कार्यलाई समेत त्यसको प्रतिउत्तर स्वरूप अघि बढाउँदै, उहाँले सधैँ पहिले कहिल्यै नगरिएको काम गरिरहनुभएको हुन्छ। मानिसले एउटै प्रकारको काम, वा एउटै तरिकाको अभ्यासलाई मात्रै स्वीकार गर्न सक्छ, र तीभन्दा विपरीत, वा तीभन्दा उच्‍च कार्य, वा अभ्यासको तरिकालाई स्वीकार गर्न मानिसको लागि कठिन हुन्छ। तर पवित्र आत्माले सधैँ नयाँ काम गरिरहनुभएको छ, त्यसकारण परमेश्‍वरको नयाँ कामलाई विरोध गर्नको लागि धार्मिक विशेषज्ञहरूको एकपछि अर्को समूह देखा पर्छन्। मानिससँग कसरी परमेश्‍वर सधैँ नयाँ हुनुहुन्छ र कहिल्यै पुरानो हुनुहुन्‍न त्यसको बारेमा ज्ञान हुँदैन, र परमेश्‍वरको कार्यका सिद्धान्तहरूको ज्ञान हुँदैन, यसको साथै परमेश्‍वरले मानिसलाई मुक्ति दिने विभिन्‍न तरिकाको ज्ञान हुँदैन, ठीक यही कारणले गर्दा नै यी मानिसहरू विशेषज्ञ बनेका छन्। यसैले, यो पवित्र आत्‍माबाट आउने काम हो कि होइन, र यो परमेश्‍वर स्वयम्‌बाट आउने काम हो कि होइन सो कुरा बताउन मानिस पूर्ण रूपमा असमर्थ छ। कतिपय मानिसहरूले यस्तो मनोवृत्तिलाई पक्रिरहन्छन् कि यदि कुनै कुरा पहिले आएका वचनहरूसँग मिल्छन् भने त्यसलाई तिनीहरू स्वीकार गर्छन्, र पहिलेको कामसँग त्यसका केही भिन्‍नताहरू छन् भने, त्यसलाई तिनीहरू विरोध गर्छन् र त्यसलाई इन्कार गर्छन्। आज, के तिमीहरू सबै त्यस्ता सिद्धान्तहरू अनुसार चल्दैनौ र? तिमीहरूमा अहिलेसम्‍म मुक्तिको कामको तीन चरणले ठूलो प्रभाव पारेको छैन, र कामका अघिल्‍ला दुई चरण तिनीहरूले जान्‍नै नपर्ने भार हो भनेर विश्‍वास गर्नेहरू पनि छन्। तिनीहरू के विचार गर्छन् भने, यी चरणहरूलाई धेरै मानिसहरूका बीचमा घोषणा गरिनु हुँदैन र तिनलाई जतिसक्दो चाँडो रद्द गरिनुपर्छ, ताकि मानिसहरू कार्यका तीन चरणका अघिल्‍ला दुई चरणद्वारा विचलित नहोऊन्। कामका अघिल्‍ला दुई चरणहरूलाई चिनाउनु धेरै टाढाको कुरा हो, र परमेश्‍वरलाई चिन्‍नमा यसले कुनै सहयोग गर्दैन भन्‍ने विश्‍वास धेरैजसो मानिसहरूले गर्छन्—तिमीहरूले यही विचार गर्छौ। आज, यस्तो व्यवहार गर्नु सहि छ भन्‍ने तिमीहरू सबैले विश्‍वास गर्छौ, तर तिमीहरूले मेरो कामको महत्त्वलाई महसुस गर्ने दिन पनि आउनेछ: म महत्त्व नै नभएको कुनै पनि काम गर्दिन भन्‍ने जान। मैले तिमीहरूका सामने कार्यका तीन चरणको घोषणा गरिरहेको हुनाले, ती तिमीहरूको लागि लाभदायक हुनैपर्छ; कार्यका यी तीन चरण परमेश्‍वरको सम्पूर्ण व्यवस्थापनको केन्द्रमा रहेको हुनाले, ती ब्रह्माण्डका हरेकको मुख्य ध्यानको विषय बन्‍नुपर्छ। एक दिन, तिमीहरू सबैले यो कामको महत्त्वलाई महसुस गर्नेछौ। यो जान, कि तिमीहरू परमेश्‍वरको कार्यलाई विरोध गर्छौ, वा आजको कामलाई नाप्‍नको लागि तिमीहरूका आफ्‍नै धारणाहरूको प्रयोग गर्छौ, किनभने तिमीहरूलाई परमेश्‍वरको कार्यका सिद्धान्तहरू थाहा छैन, र किनभने तिमीहरूले पवित्र आत्माको कार्यलाई रूखो तरिकाले व्यवहार गरेका हुनाले। परमेश्‍वरप्रतिको तिमीहरूको विरोध र पवित्र आत्माको कामप्रतिको अवरोध तिमीहरूका धारणा र अन्तर्निहित अहङ्कारले पैदा गरेको हो। परमेश्‍वरको कार्य गलत भएर होइन, तर तिमीहरू प्राकृतिक रूपमै अत्यन्तै अनाज्ञाकारी भएकोले यसो भएको हो। परमेश्‍वरमाथिको आफ्‍नो आस्थालाई भेटिसकेपछि, कतिपय मानिसहरूले मानिस कहाँबाट आएको हो भनेर समेत निश्‍चयताको साथ भन्‍न सक्दैनन्, तैपनि तिनीहरू पवित्र आत्माको कामका सही र गलत कुराहरूलाई मूल्याङ्कन गर्दै सार्वजनिक भाषणहरू गर्ने आँट गर्छन्। तिनीहरू टिप्‍पणीहरू गर्दै र अनुचित गफ लडाउँदै पवित्र आत्माको नयाँ काम भएका प्रेरितहरूलाई समेत भाषण दिन्छन्; तिनीहरूको मानवता अत्यन्तै नीच छ, र तिनीहरूमा अलिकति पनि चेतना छैन। के त्यस्ता मानिसहरूलाई पवित्र आत्माले इन्कार गरेर नरकको आगोद्वारा जलाउनुहुने दिन आउनेछैन र? तिनीहरूलाई परमेश्‍वरको कामको बारेमा थाहा छैन, तैपनि उहाँको कामको आलोचना गर्छन्, र कसरी काम गर्ने भनेर परमेश्‍वरलाई समेत निर्देशन दिने प्रयास गर्छन्। त्यस्ता अनुचित मानिसहरूले कसरी परमेश्‍वरलाई चिन्‍न सक्छन् र? खोजी गर्ने र अनुभव गर्ने प्रक्रियामा मानिसले परमेश्‍वरलाई चिन्‍न पुग्छ; आवेगमा आलोचना गरेर होइन तर पवित्र आत्‍माको अन्तर्दृष्टिद्वारा मानिसले परमेश्‍वरलाई चिन्‍न पुग्छ। परमेश्‍वर सम्‍बन्धी मानिसहरूको ज्ञान जति यथार्थ हुन्छ, तिनीहरूले त्यति नै कम विरोध गर्छन्। यसको विपरीत, मानिसहरूले परमेश्‍वरलाई जति कम चिन्छन्, तिनीहरूले उहाँको विरोध गर्ने सम्‍भावना त्यति नै बढी हुन्छ। तेरा धारणाहरू, तेरो पुरानो प्रकृति, र तेरो मानवता, चरित्र र नैतिक दृष्टिकोण तैँले परमेश्‍वरलाई प्रतिरोध गर्ने पूँजी हो, र तेरा नैतिकताहरू जति भ्रष्ट, तेरा गुणहरू जति घिन लाग्दो, र तेरो मानवता जति नीच बन्छ, तँ त्यति नै बढी परमेश्‍वरको शत्रु बन्छस्। जोसँग दह्रिला धारणाहरू हुन्छन् र जोसँग आत्म-धर्मी स्वभाव हुन्छ तिनीहरू देहधारी परमेश्‍वरको अझै बढी शत्रुतामा हुन्छन्; त्यस्ता मानिसहरू ख्रीष्ट विरोधीहरू हुन्। यदि तेरा धारणाहरूलाई सुधार गरिएन भने, ती सधैँ नै परमेश्‍वरको विरुद्ध हुनेछन्; तँ कहिल्यै पनि परमेश्‍वरसँग मिल्‍ने बन्‍नेछैनस्, र तँ उहाँबाट सधैँ अलग हुनेछस्।

तेरा पुराना धारणाहरूलाई पन्छ्याएपछि मात्रै तैँले नयाँ ज्ञान प्राप्त गर्न सक्छस्, तैपनि पुरानो ज्ञान र पुराना धारणाहरू उही हुन् भन्‍ने छैन। “धारणाहरू” मानिसले कल्‍पना गरेका कुराहरू हुन्, जुन वास्तविकतासँग मिल्दैनन्। यदि पुरानो ज्ञानको म्याद पुरानो युगमा नै सकिएको छ र यसले मानिसलाई नयाँ काममा प्रवेश गर्न रोकेको छ भने, त्यस्तो ज्ञान पनि धारणा नै हो। यदि मानिसले त्यस्तो ज्ञानलाई सही रूपमा पहुँच गर्न सक्छ र पुरानो र नयाँलाई एकट्ठा गरेर विभिन्‍न पक्षहरूबाट परमेश्‍वरलाई चिन्‍न सक्छ भने, पुरानो ज्ञान मानिसको सहायता बन्छ, र मानिस नयाँ युगमा प्रवेश गर्ने आधार बन्छ। परमेश्‍वरलाई चिन्‍ने सम्‍बन्धी पाठको लागि तँ धेरै सिद्धान्तहरूमा पोख्त हुनुपर्छ: परमेश्‍वरलाई चिन्‍ने मार्गमा कसरी प्रवेश गर्ने, परमेश्‍वरलाई चिन्‍नको लागि तैँले के-कस्ता सत्यताहरू बुझ्‍नैपर्छ, र परमेश्‍वरको नयाँ कामका सबै बन्दोबस्तहरूमा समर्पित हुन सकूँ भनेर तेरा धारणाहरू र पुराना स्वभावबाट आफैलाई कसरी मुक्त गर्ने। यदि तैँले परमेश्‍वरलाई चिन्‍ने सम्‍बन्धी पाठमा प्रवेश गर्नको लागि जगको रूपमा यी सिद्धान्तहरूलाई प्रयोग गरिस् भने, तेरो ज्ञान झन्-झन् गहन बन्‍नेछ। यदि तँसँग कार्यका तीन चरणको—अर्थात् परमेश्‍वरको सम्पूर्ण व्यवस्थापन योजनाको बारेमा स्पष्ट ज्ञान छ भने—र यदि तैँले परमेश्‍वरको कार्यका अघिल्‍ला दुई चरणहरूलाई वर्तमान चरणसँग पूर्ण रूपमा सम्‍बन्धित गर्न सक्छस्, र यो एउटै परमेश्‍वरले गर्नुभएको कार्य हो भन्‍ने देख्‍न सक्छस् भने, तँसँग अतुलनीय रूपमा मजबुत जग हुनेछ। कार्यका तीन चरणलाई एउटै परमेश्‍वरले गर्नुभएको थियो; सबैभन्दा ठूलो दर्शन यही नै हो, र परमेश्‍वरलाई चिन्‍ने एउटै मार्ग यही नै हो। कार्यका तीन चरणलाई परमेश्‍वर स्वयम्‌ले मात्र गर्न सक्‍नुहुन्थ्यो, र उहाँको तर्फबाट कुनै पनि मानिसले त्यसो गर्न सक्दैनथियो—भन्‍नुको अर्थ सुरुदेखि आजको दिनसम्‍म परमेश्‍वरले मात्रै उहाँको काम गर्न सक्‍नुहुन्थ्यो। परमेश्‍वरको कार्यका तीन चरणहरूलाई फरक-फरक युग र स्थानहरूमा गरिएको भए तापनि, र हरेक चरणको काम फरक भए तापनि, यो सबै एउटै परमेश्‍वरले गर्नुभएको कार्य हो। सबै दर्शनहरूमध्ये, मानिसले जान्‍नुपर्ने सबैभन्दा ठूलो दर्शन यही नै हो, र यदि यसलाई मानिसले पूर्ण रूपमा बुझ्‍न सक्यो भने, ऊ दृढ रूपमा खडा हुन सक्‍नेछ। आज, विभिन्‍न धर्महरू र सम्प्रदायहरूले सामना गरिरहेको सबैभन्दा ठूलो समस्या यो हो कि तिनीहरूलाई पवित्र आत्माको कामबारे थाहा छैन, र तिनीहरूले पवित्र आत्माले गर्नुहुने काम र पवित्र आत्माले नगर्नुहुने कामका बीचमा भिन्‍नता छुट्याउन सक्दैनन्—यसकारणले गर्दा, कामको यो चरण पनि कामका गत दुई चरणहरूजस्तै यहोवा परमेश्‍वरले गर्नुभएको हो कि होइन भनेर तिनीहरूले भन्‍न सक्दैनन्। मानिसहरूले परमेश्‍वरलाई पछ्याउने भए तापनि, धेरैजसोले अझै पनि यो सहि मार्ग हो कि होइन भनेर बताउन सक्दैनन्। यो परमेश्‍वर स्‍वयम्‌ले व्यक्तिगत रूपमा अगुवाइ गर्नुभएको मार्ग हो कि होइन, र परमेश्‍वरको देहधारण सत्य हो कि होइन भन्‍ने बारेमा मानिसले अझै चिन्ता गर्छ, र त्यस्ता कुराहरूलाई कसरी छुट्याउने त्यसको बारेमा धेरैजसो मानिसहरूलाई अझै पनि अत्तोपत्तो छैन। परमेश्‍वरलाई पछ्याउनेहरूले मार्गलाई निर्धारित गर्न सक्दैनन्, त्यसकारण, बोलिएका सन्देशहरूले यी मानिसहरूका बीचमा आंशिक प्रभाव मात्रै पार्छ, र ती पूर्ण रूपमा प्रभावकारी हुन सक्दैनन्, त्यसकारण यसले त्यस्ता मानिसहरूको जीवन प्रवेशलाई प्रभाव पार्छ। यदि मानिसले कार्यका तीन चरणमा परमेश्‍वरले नै तिनलाई फरक-फरक समयमा, फरक-फरक स्थानमा, र फरक-फरक मानिसहरूमा अघि बढाउनुभएको हो भन्‍ने देख्‍न सक्छ भने; यदि काम फरक भए पनि, यो सबै एउटै परमेश्‍वरले गर्नुभएको हो, अनि यो एउटै परमेश्‍वरले गर्नुभएको हुनाले, यो पक्‍कै पनि सहि र त्रुटि विहीन हुनुपर्छ, र यो मानिसको धारणाहरू विपरीत भए तापनि, यो एउटै परमेश्‍वरको काम हो भन्‍ने कुरालाई इन्कार गर्न सकिँदैन भन्‍ने मानिसले देख्‍न सक्छ भने—यदि यो एउटै परमेश्‍वरको काम हो भनेर मानिसले सुनिश्‍चितताको साथ भन्‍न सक्छ भने, मानिसका धारणाहरूलाई उल्‍लेख गर्न पनि लायक नछोडीकन सानातिना धारणामा घटाइनेछ। मानिसका दर्शनहरू स्पष्ट नभएकाले, र मानिसले यहोवालाई मात्रै परमेश्‍वरको रूपमा, र येशूलाई प्रभुको रूपमा चिन्‍ने हुनाले, र आजका देहधारी परमेश्‍वरको बारेमा दोधारमा रहेका हुनाले, धेरै मानिसहरू यहोवा र येशूको कार्यमा नै समर्पित छन्, र आजको कामको बारेमा अक्रान्त छन्, धेरैजसो मानिसहरू सधैँ शङ्कालु हुन्छन्, र आजको कामलाई गम्‍भीर रूपमा लिँदैनन्। कार्यका अन्तिम दुई चरणहरूका बारेमा मानिसमा कुनै धारणाहरू छैनन्, जुन अदृश्य थिए। यो यसैले हो किनभने मानिसले कार्यका अन्तिम दुई चरणको वास्तविकतालाई बुझ्दैन, र तिनलाई व्यक्तिगत रूपमा देखेन। यो यसैले हो किनभने कार्यका यी चरणहरूलाई मानिसले देख्‍न नसक्‍ने हुँदा आफूलाई मन परे अनुसार मानिसले कल्‍पना गर्छ; उसले जे निष्कर्ष निकाले तापनि, त्यस्ता कल्‍पनाहरूलाई प्रमाणित गर्ने कुनै तथ्यहरू छैनन्, र तिनलाई सुधार गर्ने कोही छैन। मानिसले कुनै पर्बाह नगरिकन र आफ्‍नो कल्‍पनालाई स्वतन्त्र छोडिदिँदै आफ्‍नो मिजासलाई बेलगाम छोड्छ; उसका कल्‍पनाहरूलाई पुष्टि गर्ने कुनै तथ्यहरू हुँदैन, त्यसकारण तिनको कुनै प्रमाण भए पनि नभए पनि, मानिसका कल्‍पनाहरू “तथ्य” बन्छन्। यसरी मानिसले आफ्‍नो मनमा आफैले कल्‍पना गरेको परमेश्‍वरमा विश्‍वास गर्छ, र वास्तविकताको परमेश्‍वरलाई खोजी गर्दैन। यदि एउटा व्यक्तिमा एक प्रकारको आस्था हुन्छ भने, सय जना मानिसहरूमा सय प्रकारका आस्था हुन्छन्। मानिसले परमेश्‍वरको कार्यको वास्तविकतालाई नदेखेको हुनाले, उसले यसलाई आफ्‍ना कानद्वारा मात्रै सुनेको र आफ्‍नो आँखाले नदेखेको हुनाले मानिसमा त्यस्तो आस्था हुन्छ। मानिसले दन्त्यकथा र कथाहरू सुनेको हुन्छ—तर परमेश्‍वरको कार्यको ज्ञानलाई उसले बिरलै सुनेको हुन्छ। तसर्थ एक वर्षदेखि विश्‍वासी बनेका मानिसहरू तिनीहरूका आफ्‍नै धारणाहरूद्वारा परमेश्‍वरमा विश्‍वास गर्न पुगेका हुन्छन्। आफ्‍नो जीवनभरि परमेश्‍वरमा विश्‍वास गरेका मानिसहरूको हकमा पनि यही कुरा लागू हुन्छ। तथ्यहरूलाई देख्‍न नसक्‍नेहरू परमेश्‍वरका बारेमा रहेका धारणाहरू सहितको विश्‍वासबाट कहिल्यै उम्‍कन सक्‍नेछैनन्। मानिसले आफैलाई आफ्‍ना पुराना धारणाहरूका बन्धनहरूबाट मुक्त गरेको छ र ऊ नयाँ क्षेत्रमा प्रवेश गरेको छ भन्‍ने विश्‍वास गर्छ। के परमेश्‍वरको साँचो मुहारलाई देख्‍न नसक्‍नेहरूको ज्ञान धारणाहरू र हल्‍लाहरू बाहेक केही पनि होइनन् भन्‍ने कुरा मानिसलाई थाहा हुँदैन र? उसका धारणाहरू सही छन् र त्रुटि रहित छन् भन्‍ने मानिसले विचार गर्छ, र उसले यी धारणाहरू परमेश्‍वरबाट आउँछन् भन्‍ने विचार गर्छ। आज, जब मानिसले परमेश्‍वरको काम देख्छ, उसले धेरै वर्षसम्‍म थुप्रिएर बसेका धारणाहरूलाई खुल्ला छोड्छ। विगतका कल्‍पनाहरू र विचारहरू यो चरणको कार्यको निम्ति अवरोध बनेको छ, र त्यस्ता धारणाहरूलाई छोड्न र त्यस्ता विचारहरूलाई खण्डन गर्न मानिसको लागि कठिन भएको छ। आजसम्‍म परमेश्‍वरलाई पछ्याएका धेरैको यो चरणबद्ध कार्य सम्‍बन्धी धारणाहरू अझै बढी गम्‍भीर बनेको छ, र यी मानिसहरूले क्रमिक रूपमा देहधारी परमेश्‍वरप्रति जिद्दी शत्रुता निर्माण गरेका छन्। यो घृणाको स्रोत मानिसका धारणाहरू र कल्‍पनाहरूमा निहित छ। मानिसका धारणा र कल्‍पनाहरू आजको कामको शत्रु बनेको छ, जुन काम मानिसका धारणाहरूका विपरीत छ। तथ्यहरूले मानिसलाई उसका कल्‍पनाहरू बेलगाम छोड्न दिँदैन, यसको साथै यसलाई मानिसले सहजै खण्डन गर्न सक्दैन, र मानिसका धारणा र कल्‍पनाहरू तथ्यहरूको अस्तित्वसँग मिल्दैन, यसको साथै, मानिसले तथ्यहरूको सटीकता र सत्यतालाई विचार गर्दैन, र एकोहोरो रूपमा आफ्‍ना धारणाहरूलाई छोडिदिन्छ र उसको आफ्‍नो कल्‍पनाहरूको प्रयोग गर्छ, ठीक यही कारणले यसो भएको हो। यो मानिसका धारणाहरूको गल्ती हो भनेर मात्रै भन्‍न सकिन्छ, अनि परमेश्‍वरको कामको गल्ती हो भनेर भन्‍न सकिँदैन। मानिसले आफूलाई जस्तो मन लाग्यो त्यस्तै कल्‍पना गर्न सक्छ, तर उसले परमेश्‍वरको कार्यको कुनै पनि चरण वा यसको कुनै पनि भागलाई स्वतन्त्र रूपमा खण्डन गर्न सक्दैन; परमेश्‍वरको कार्यको तथ्यलाई मानिसले तोड्न सक्दैन। तैँले आफ्‍नो कल्‍पनालाई बेलगाम छोड्न सक्छस्, र यहोवा र येशूको कामको बारेमा राम्रो कथाहरू पनि सङ्कलन गर्न सक्छस्, तर यहोवा र येशूको कार्यको हरेक चरणको तथ्यलाई तैँले खण्डन गर्न सक्दैनस्; सिद्धान्त यही हो, र प्रशासनिक आदेश पनि यही हो, अनि तैँले यी विषयहरूका महत्त्वलाई बुझ्‍नुपर्छ। कामको यो चरण मानिसका धारणाहरू अनुरूप छैन, र कामका अघिल्‍ला दुई चरणहरू यस्तो थिएन भन्‍ने मानिसले विश्‍वास गर्छ। आफ्‍नो कल्‍पनामा, मानिसले अघिल्‍ला दुई चरणको काम अवश्य नै आजको काम जस्तो छैन भनेर विश्‍वास गर्छ—तर परमेश्‍वरको कार्यका सिद्धान्तहरू सबै उस्तै छन्, उहाँको काम सधैँ व्यवहारिक हुन्छ, र जुनसुकै युग भए तापनि, उहाँको कार्यको तथ्यलाई प्रतिरोध गर्ने र विरोध गर्ने धेरै मानिसहरूको उदय सधैँ नै हुनेछन् भन्‍ने कुरालाई तैँले कहिल्यै विचार गरेको छस्? आज कामको यो चरणलाई प्रतिरोध गर्ने र विरोध गर्ने सबैले विगतमा पनि परमेश्‍वरको कामलाई विरोध गर्नेथिए भन्ने कुरामा कुनै शङ्का छैन, किनभने त्यस्ता मानिसहरू सधैँ नै परमेश्‍वरका शत्रुहरू हुनेछन्। परमेश्‍वरको कार्यको तथ्यलाई जान्‍ने मानिसहरूले कार्यका तीन चरणलाई एउटै परमेश्‍वरको कार्यको रूपमा हेर्नेछन्, र आफ्‍ना धारणाहरूलाई त्याग्‍नेछन्। यी मानिसहरू परमेश्‍वरलाई चिन्‍ने मानिसहरू हुन्, र त्यस्ता मानिसहरू परमेश्‍वरलाई साँचो रूपमा पछ्याउने मानिसहरू हुन्। जब परमेश्‍वरको सम्पूर्ण व्यवस्थापन समाप्तितिर आइरहेको हुन्छ, परमेश्‍वरले सबै थोकलाई प्रकार अनुसार वर्गीकरण गर्नुहुनेछ। मानिसलाई सृष्टिकर्ताको हातले बनाएको थियो, र अन्त्यमा उहाँले मानिसलाई उहाँको प्रभुत्वमा पूर्ण रूपमा फर्काउनुपर्छ; कार्यका तीन चरणको निष्कर्ष यही हो। आखिरी दिनहरूको कामको चरण, र इस्राएल र यहूदियामा भएका अघिल्‍ला दुई चरणहरू सम्पूर्ण ब्रह्माण्डमा परमेश्‍वरको व्यवस्थापन योजना हुन्। कसैले पनि यसलाई इन्कार गर्न सक्दैन, र परमेश्‍वरको कार्यको तथ्य यही हो। मानिसहरूले यो कामको धेरै भाग अनुभव गरेका वा देखेका छैनन्, तैपनि तथ्यहरू भनेका तथ्यहरू नै हुन्, र यसलाई कुनै पनि मानिसले खण्डन गर्न सक्दैन। ब्रह्माण्डको हरेक देशमा परमेश्‍वरलाई विश्‍वास गर्ने मानिसहरू सबैले कार्यका तीन चरणलाई स्वीकार गर्नेछन्। यदि तँलाई कामको निश्‍चित चरण मात्रै थाहा छ, र कामको अरू दुई चरणको बारेमा थाहा छैन भने, विगतमा परमेश्‍वरले गर्नुभएको कामलाई तैँले बुझ्दैनस् भने, तैँले परमेश्‍वरको सम्पूर्ण व्यवस्थापन योजनाको बारेमा बोल्‍न सक्दैनस्, र परमेश्‍वर सम्‍बन्धी तेरो ज्ञान एकतर्फी हुन्छ, किनभने परमेश्‍वरमाथिको तेरो विश्‍वासमा तैँले उहाँलाई जान्दैनस् वा बुझ्दैनस्, त्यसकारण तँ परमेश्‍वरको साक्षी दिन योग्य छैनस्। यी कुराहरू सम्‍बन्धी तेरो हालको ज्ञान गहन भए पनि वा सतही भए पनि, आखिरमा, तिमीहरूमा ज्ञान हुनैपर्छ, र पूर्ण रूपमा विश्‍वस्त हुनैपर्छ, अनि सबै मानिसहरूले परमेश्‍वरको कार्यको सम्पूर्णतालाई देख्‍नेछन् र तिनीहरू परमेश्‍वरको प्रभुत्वमा समर्पित हुनेछन्। यो कामको अन्त्यमा, सबै धर्महरू एउटै हुनेछ, सबै सृष्टिहरू सृष्टिकर्ताको प्रभुत्वमा फर्किनेछन्, सबै सृष्टिहरूले एउटै साँचो परमेश्‍वरलाई आराधना गर्नेछन्, र सबै दुष्ट धर्महरू कहिल्यै देखा नपर्ने गरी सुन्यतामा पुग्‍नेछन्।

किन कार्यका तीन चरणको बारेमा यसरी निरन्तर उल्‍लेख गर्ने? युगहरू बितेर जाने कार्य, सामाजिक विकास, र प्रकृतिको परिवर्तनशील मुहार यी सबैले कार्यका तीन चरणका परिवर्तनहरूलाई पछ्याउँछन्। मानवजाति परमेश्‍वरको काम अनुसार समयसँगै परिवर्तन हुन्छ, र यो आफैँ विकास हुँदैन। सबै सृष्टि र हरेक धर्म र सम्प्रदायका सबै मानिसहरूलाई एउटै परमेश्‍वरको प्रभुत्वमा ल्याउनको लागि परमेश्‍वरको कार्यका तीन चरणहरूको बारेमा उल्‍लेख गरिएको हो। तँ जुनसुकै धर्मको भए तापनि, आखिरमा तिमीहरू सबै परमेश्‍वरको प्रभुत्वमा समर्पित हुनेछौ। परमेश्‍वर स्वयम्‌ले मात्रै यो काम गर्न सक्‍नुहुन्छ; यो कुनै पनि धार्मिक प्रमुखले गर्न सक्दैन। संसारमा धेरै मुख्य धर्महरू छन्, र हरेकको आ-आफ्‍नै प्रमुख वा अगुवा छन्, र अनुयायीहरू संसारका विभिन्‍न देश र क्षेत्रहरूमा छरिएका छन्; ठूलो होस् कि सानो होस्, लगभग हरेक देशभित्र फरक-फरक धर्महरू हुन्छन्। तैपनि, संसारभरि जति धेरै धर्महरू भए तापनि, ब्रह्माण्डभित्रका सारा मानिसहरू आखिरमा एउटै परमेश्‍वरको अगुवाइमा अस्तित्वमा रहन्छन्, र तिनीहरूको अस्तित्वलाई धार्मिक प्रमुख हरू वा अगुवाहरूले अगुवाइ गर्दैनन्। यसो भन्‍नुको अर्थ के हो भने मानवजाति निश्‍चित धर्मको प्रमुख वा अगुवाद्वारा अगुवाइ गरिएको हुँदैन; बरु, सारा मानवजातिलाई सृष्टिकर्ताले नै अगुवाइ गर्नुहुन्छ, जसले स्वर्गहरू र पृथ्वी अनि यावत् थोक सृष्टि गर्नुभयो, र जसले मानवजातिलाई पनि सृष्टि गर्नुभयो—तथ्य यही नै हो। संसारमा धेरै मुख्य धर्महरू भए तापनि, तिनीहरू जति नै ठूलो भए तापनि, तिनीहरू सबै सृष्टिकर्ताको प्रभुत्वमुनि अस्तित्वमा रहन्छन्, र तिनीहरू कसैले पनि यो प्रभुत्वको क्षेत्रलाई नाघ्‍न सक्दैनन्। मानवजातिको विकास, समाजमा पुरानो कुरालाई नयाँ कुराले जित्‍ने काम, प्राकृतिक विज्ञानहरूको विकास—प्रत्येकलाई नै सृष्टिकर्ताको बन्दोबस्तबाट अलग गर्न सकिँदैन, र यो कार्य कुनै पनि निश्‍चित धर्मको प्रमुखले गर्न सक्‍ने कुरा होइन। कुनै धार्मिक प्रमुख निश्‍चित धर्मको अगुवा मात्रै हो, र तिनीहरूले परमेश्‍वरलाई प्रतिनिधित्व गर्न सक्दैनन्, न त तिनीहरूले स्वर्गहरू र पृथ्वी अनि यावत् थोक सृष्टि गर्नुहुनेलाई नै प्रतिनिधित्व गर्न सक्छन्। कुनै धार्मिक प्रमुखले त्यस धर्मका सबैलाई नेतृत्व गर्न सक्छन्, तर तिनीहरूले स्वर्गहरू मुनिका सबै सृष्टिहरूमाथि हुकुम चलाउन सक्दैनन्—यो विश्‍वव्यापी रूपमा स्वीकार्य तथ्य हो। धार्मिक प्रमुख भनेको अगुवा मात्रै हो, र परमेश्‍वर (सृष्टिकर्ता) कै दर्जामा खडा हुन सक्दैन। सबै थोक सृष्टिकर्ताकै हातमा छ, र आखिरमा तिनीहरू सृष्टिकर्ताकै हातमा फर्कनेछन्। मानवजातिलाई परमेश्‍वरले नै बनाउनुभयो, र धर्म जुनसुकै भए तापनि, हरेक व्यक्ति परमेश्‍वरको प्रभुत्वमा फर्कनेछन्—यो अपरिहार्य छ। सबै थोकका बीचमा परमेश्‍वर मात्रै सर्वोच्‍च हुनुहुन्छ, र सबै सृष्टिहरूका बीचमा रहेका उच्‍च शासक पनि उहाँकै प्रभुत्वमा फर्कनुपर्छ। मानिसको हैसियत जति नै उच्‍च भए तापनि, त्यो मानिसले मानवजातिलाई उचित गन्तव्यमा पुर्‍याउन सक्दैन, र कसैले पनि सबै थोकलाई प्रकार अनुसार वर्गीकरण गर्न सक्दैन। यहोवा स्वयम्‌ले मानवजाति सृष्टि गर्नुभयो र हरेकलाई प्रकार अनुसार वर्गीकरण गर्नुभयो, अनि जब अन्त्यको समय आउँछ, उहाँले सबै थोकलाई प्रकार अनुसार वर्गीकरण गर्दै आफ्‍नो काम अझै पनि आफै गर्नुहुनेछ—परमेश्‍वर बाहेक कसैले पनि यो काम गर्न सक्दैन। सुरुदेखि अहिलेसम्‍म गरिएका कार्यका तीन चरणलाई परमेश्‍वर स्वयम्ले अघि बढाउनुभएको थियो, र एउटै परमेश्‍वरले अघि बढाउनुभएको थियो। कार्यका तीन चरणको तथ्य सारा मानवजातिमाथि रहेको परमेश्‍वरको नेतृत्वको तथ्य, अर्थात् कसैले पनि इन्कार गर्न नसक्‍ने तथ्य हो। कार्यका तीन चरणको अन्त्यमा, सबै थोकलाई प्रकार अनुसार वर्गीकरण गरिनेछ र सबै परमेश्‍वरको प्रभुत्वमा फर्कनेछन्, किनभने सम्पूर्ण ब्रह्माण्डभरि यही एक मात्र परमेश्‍वर मात्रै अस्तित्वमा हुनुहुन्छ, र अरू कुनै धर्महरू छैनन्। संसारको सृष्टि गर्न नसक्नेले यसलाई अन्त्यमा पुर्‍याउन पनि सक्नेछैन, जबकी संसार सृष्टि गर्नुहुनेले अवश्य नै यसलाई अन्त्य गर्न सक्‍नुहुनेछ। त्यसकारण, यदि कुनै व्यक्तिले युगलाई अन्त्य गर्न सक्दैन र मानिसलाई उसको मस्तिष्क विकास गर्न मात्रै सहायता गर्न सक्छ भने, ऊ अवश्य नै परमेश्‍वर हुन सक्दैन, र अवश्य नै मानवजातिका प्रभु बन्‍न सक्‍नेछैन। उसले त्यस्तो महान् काम गर्न सक्‍नेछैन; त्यस्तो कार्य गर्न सक्‍ने एउटै मात्र हुनुहुन्छ, र यो काम गर्न नसक्‍ने सबै अवश्य नै शत्रुहरू हुन्, परमेश्‍वर होइनन्। सबै दुष्ट धर्महरू परमेश्‍वरसँग मेल खाँदैन, र तिनीहरू परमेश्‍वरसँग मेल नखाने हुनाले, तिनीहरू परमेश्‍वरका शत्रुहरू हुन्। सबै काम यही एउटै साँचो परमेश्‍वरले गर्नुहुन्छ, र सारा ब्रह्माण्डमाथि यही एउटै परमेश्‍वरले हुकुम चलाउनुहुन्छ। उहाँको इस्राएलमा भए पनि चीनमा भए पनि, त्यो कार्य आत्माले वा देहले गरे पनि, सबै परमेश्‍वर स्वयम्‌ले नै गर्नुहुन्छ, र अरू कसैले यसलाई गर्न सक्दैन। उहाँ स्पष्ट रूपमा सारा मानवजातिका परमेश्‍वर हुनुभएकोले नै उहाँले कुनै पनि सर्तहरूद्वारा नबाँधिइकन स्वतन्त्र रूपमा काम गर्नुहुन्छ—यो सबै दर्शनहरूमा सबैभन्‍दा महान् हो। परमेश्‍वरको सृष्टिको रूपमा, यदि तँ परमेश्‍वरको सृष्टिको कर्तव्यलाई पूरा गर्न र परमेश्‍वरको इच्‍छालाई बुझ्‍न चाहन्छस् भने, तैँले परमेश्‍वरको कार्यलाई बुझ्‍नैपर्छ, तैँले सृष्टिहरूका लागि परमेश्‍वरको इच्‍छा के छ त्यसलाई बुझ्‍नैपर्छ, तैँले उहाँको व्यवस्थापन योजना बुझ्‍नैपर्छ, र तैँले उहाँले गर्नुहुने कामको सबै महत्त्वलाई बुझ्‍नैपर्छ। यसलाई नबुझ्‍नेहरू परमेश्‍वरका योग्य सृष्टिहरू होइनन्! परमेश्‍वरको सृष्टिको रूपमा, यदि तैँले आफू कहाँबाट आएको हो भन्‍ने बुझ्दैनस्, मानवजातिको इतिहास र परमेश्‍वरले गर्नुभएको सबै काम बुझ्दैनस्, यसको साथै, मानवजाति कसरी आजसम्‍म विकास भएको छ भन्‍ने बुझ्दैनस्, र सारा मानवजातिमाथि कसले हुकुम चलाउनुहुन्छ भन्‍ने बुझ्दैनस् भने, तैँले तेरो कर्तव्यलाई पूरा गर्न सक्दैनस्। परमेश्‍वरले नै मानवजातिलाई आजसम्‍म डोर्‍याउनुभएको छ, र उहाँले मानिसलाई पृथ्वीमा सृष्टि गर्नुभएदेखि नै उसलाई कहिल्यै छोड्नुभएको छैन। पवित्र आत्माले कहिल्यै काम गर्न छोड्नुभएको छैन, कहिल्यै मानवजातिलाई अगुवाइ गर्न छोड्नुभएको छैन, र कहिल्यै मानवजातिलाई त्याग्‍नुभएको छैन। तर परमेश्‍वर हुनुहुन्छ भन्‍ने मानवजातिले महसुस गर्दैन, उसले परमेश्‍वरलाई चिन्‍ने कुरा त परै जाओस्। परमेश्‍वरका सारा सृष्टिहरूका लागि योभन्दा अपमानजनक कुरा अरू केही छ र? परमेश्‍वरले व्यक्तिगत रूपमै मानिसलाई डोर्याउनुहुन्छ, तर मानिसले परमेश्‍वरको कार्यलाई बुझ्दैन। तँ परमेश्‍वरको सृष्टि होस्, तैपनि तैँले तेरो आफ्‍नै इतिहासलाई बुझ्दैनस्, र कसले तँलाई तेरो यात्रामा डोर्याएको छ त्यसबारे तँ अनजान छस्, परमेश्‍वरले गर्नुभएको कामप्रति तँ बेखवर छस्, र त्यसैले तैँले परमेश्‍वरलाई चिन्‍न सक्दैनस्। यदि तँलाई अझै पनि थाहा छैन भने, तँ परमेश्‍वरको गवाही दिनको लागि कहिल्यै पनि योग्य हुनेछैनस्। आज, सृष्टिकर्ताले फेरि पनि सबै मानिसहरूलाई व्यक्तिगत रूपमै डोर्याउनुहुन्छ, र सबै मानिसहरूलाई उहाँको बुद्धि, सर्वशक्तिमान्‌ता, मुक्ति, र आश्‍चर्यपनलाई देख्ने तुल्याउनुहुन्छ। तैपनि तँ अझै महसुस गर्दैनस् वा बुझ्दैनस्—त्यसकारण, के तँ मुक्ति नपाउने व्यक्ति होइनस् र? जो शैतानको स्वामित्वमा छन् तिनीहरूले परमेश्‍वरको वचन बुझ्दैनन्, तर जो परमेश्‍वरको स्वामित्वमा छन् तिनीहरूले परमेश्‍वरको आवाज सुन्‍न सक्छन्। मैले बोल्‍ने वचनहरू महसुस गर्ने र बुझ्‍ने सबै तिनीहरू हुन् जसलाई मुक्ति दिइनेछ र जसले परमेश्‍वरको लागि गवाही दिनेछन्; मैले बोल्‍ने वचनहरूलाई नबुझ्‍नेहरूले परमेश्‍वरको गवाही दिन सक्दैनन्, र तिनीहरू त्यस्ता हुन् जसलाई हटाइनेछ। जसले परमेश्‍वरको इच्‍छालाई बुझ्दैनन् र परमेश्‍वरको कार्यलाई महसुस गर्दैनन् तिनीहरूले परमेश्‍वरको ज्ञान हासिल गर्न सक्दैनन्, र त्यस्ता मानिसहरूले परमेश्‍वरको गवाही दिन सक्दैनन्। यदि तँ परमेश्‍वरको गवाही दिन चाहन्छस् भने, तैँले परमेश्‍वरलाई चिन्‍नैपर्छ; परमेश्‍वरको ज्ञान परमेश्‍वरको कार्यद्वारा पूरा गरिन्छ। समग्रमा, यदि तँ परमेश्‍वरलाई चिन्‍न चाहन्छस् भने, तैँले परमेश्‍वरको कार्यलाई जान्‍नैपर्छ: परमेश्‍वरको कार्यलाई जान्‍नु सबैभन्दा महत्त्वपूर्ण कुरा हो। जब कार्यका तीन चरण अन्त्यमा पुग्छ, परमेश्‍वरको गवाही दिनेहरूको समूह, परमेश्‍वरलाई चिन्‍नेहरूको समूहलाई निर्माण गरिनेछ। यी मानिसहरू सबैले परमेश्‍वरलाई चिन्‍नेछन् र तिनीहरूले सत्यतालाई अभ्यास गर्न सक्‍नेछन्। तिनीहरूमा मानवता र चेतना हुनेछ, र सबैले परमेश्‍वरको मुक्तिको कार्यका तीन चरणहरूलाई जान्‍नेछन्। यो अन्त्यमा पूरा गरिने काम हो, र यी मानिसहरू ६,००० वर्षको व्यवस्थापन कार्यका उत्कृष्टता हुन्, र शैतानको अन्तिम हारको सबैभन्दा शक्तिशाली गवाही हुन्। परमेश्‍वरको गवाही दिन सक्‍नेहरूले परमेश्‍वरको प्रतिज्ञा र आशिषलाई प्राप्त गर्न सक्‍नेछन्, र तिनीहरू अन्त्यसम्‍मै रहिरहने समूह, परमेश्‍वरको अख्‍तियार पाएको र परमेश्‍वरको गवाही दिने समूह बन्‍नेछन्। सायद तिमीहरूमध्ये सबै जना, वा सायद आधा मात्रै, वा एक-दुई जना मात्रै यो समूहको सदस्य बन्‍न सक्छौ—यो तिमीहरूको इच्‍छा र तिमीहरूको खोजीमा भर पर्छ।

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्