जो देहको हो ऊ क्रोधको दिनबाट उम्कन सक्दैन

मेरो काम सुचारु रूपमा बढ्दै जाओस् र सारा ब्रह्माण्डमा मेरो उद्घाटनको काम सही र सिद्ध रूपमा गरियोस् भनेर, आज म मेरा वचनहरू, अधिकार, प्रताप र न्याय सबै देश र जातिका मानिसहरूमा प्रकट गर्दै तिमीहरूको आफ्‍नै अस्तित्वको खातिर तिमीहरूलाई अर्ती दिन्छु। म जुन काम तिमीहरूका माझमा गर्छु, त्यो सारा ब्रह्माण्डमा हुने मेरो कामको सुरुआत हो। अहिले आखिरी दिनहरूको समय आइसकेको भए पनि यो जान कि “आखिरी दिनहरू” अरू केही नभएर एउटा युगको नाउँ मात्रै हो; व्यवस्थाको युग र अनुग्रहको युगले जस्तै यसले एउटा युगलाई सङ्केत गर्दछ, र यसले अन्तिम केही वर्ष वा महिनालाई मात्र नबुझाएर सम्पूर्ण युगलाई नै जनाउँछ। तापनि आखिरी दिनहरू अनुग्रहको युग र व्यवस्थाको युगजस्तो हुँदैन। आखिरी दिनहरूको काम इस्राएलमा गरिँदैन, तर अन्यजातिहरूको माझमा गरिन्छ; यो इस्राएल बाहिरका सबै जाति र कुलका मानिसहरूको मेरो सिंहासन अगि हुने विजय हो, यसैले कि सारा ब्रह्माण्डमा भएको मेरो महिमाले ब्रह्माण्ड र आकाशमण्डललाई भर्न सकोस्। यसरी त्यसले अझ ठूलो महिमा प्राप्त गर्न सकोस्, अनि पृथ्वीका सबै प्राणीहरूले पुस्ता-पुस्तासम्म मेरो महिमा प्रत्येक जातिमा सार्न सकून्, र स्वर्ग र पृथ्वीमा भएका सबै प्राणीहरूले पृथ्वीमा मैले प्राप्त गरेको महिमा देख्न सकून्। आखिरी दिनहरूको अवधिमा गरिने कार्य विजयको कार्य हो। यो पृथ्वीमा हुने सबै मानिसहरूका जीवनको मार्गनिर्देशन होइन, तर पृथ्वीमा मानव जातिको अविनाशी, हजारौं वर्ष लामो कष्टको जीवन हो। त्यसको फलस्वरूप, आखिरी दिनहरूका काम इस्राएलमा भएको हजारौं वर्षको कामजस्तो हुँदैन, न त त्यो यहूदियामा गरिएको केही वर्षको काम जस्तो नै हुन्छ, जुन परमेश्‍वरको दोस्रो देहधारण नहुञ्जेल दुई हजार वर्षसम्म जारी रहेको थियो। आखिरी दिनमा जिउने मानिसहरूले उद्धारक फेरि शरीरमा देखा पर्नु भएको मात्र देख्नेछन् अनि तिनीहरूले परमेश्‍वरको व्यक्तिगत काम र वचनहरू प्राप्त गर्नेछन्। आखिरी दिनहरू समाप्त हुनुभन्दा अघि दुई हजार वर्ष बितेको हुनेछैन; ती छोटो हुनेछन्; ठीक त्यो समयजस्तै जुन बेला येशूले यहूदियामा अनुग्रहको युगको काम गर्नुभएको थियो। किनकि आखिरी दिनहरू सम्पूर्ण युगको समाप्ति हुनेछ। ती परमेश्‍वरको छ हजार वर्षे व्यवस्थापन योजनाको परिपूर्ति र समाप्ति हुनेछ, अनि तिनले मानव जातिको कष्टको जीवन यात्रालाई समाप्त गर्नेछ। तिनले सम्पूर्ण मानव जातिलाई एउटा नयाँ युगभित्र लैजाने छैनन् वा मानव जातिको जीवनलाई निरन्तर बढ्ने अनुमति दिने छैनन्; मेरो व्यवस्थापन योजनामा वा मानिसको अस्तित्वका निम्ति त्यसको कुनै महत्त्व हुँदैन। यदि मानव जाति यसरी नै अगि बढिरह्‍यो भने, ढिलो चाँडो तिनीहरू दियाबलसद्वारा पूर्ण रूपमा नाश पारिनेछन्, अनि तिनीहरूका आत्मा, जुन मेरो हो, त्यो त्यसको हातद्वारा नाश हुनेछ। मेरो काम छ हजार वर्षसम्म रहन्छ, र म प्रतिज्ञा गर्दछु, कि सारा मानव जातिमाथि रहेको दुष्टको नियन्त्रण पनि छ हजार वर्षभन्दा धेरै रहनेछैन। यसैले अब समय समाप्त भएको छ। म न त यो जारी राख्छु न अझै ढिलो नै गर्छु: आखिरी दिनहरूमा म शैतानलाई पराजित गर्नेछु, म मेरो सारा महिमा फिर्ता लिनेछु, अनि पृथ्वीमा रहेका मेरा सबै आत्माहरू फेरि प्राप्त गर्नेछु, ताकि यी दुःखी प्राणहरू कष्टको समुद्रदेखि उम्कन सकून्, यसरी पृथ्वीमा मेरा सबै काम समाप्त हुनेछ। यो दिनदेखि उसो म पृथ्वीमा फेरि कहिल्यै देह हुनेछैन, अनि सबैमाथि नियन्त्रण गर्ने मेरो आत्माले पृथ्वीमा फेरि कहिल्यै काम गर्नेछैन। म पृथ्वीमा एउटै मात्र काम गर्नेछु: म मानव जातिलाई फेरि पहिलेदेखि बनाउनेछु, जुन मानव जाति पवित्र हुनेछ र जुन पृथ्वीमा मेरो विश्‍वासयोग्य सहर हुनेछ। तर यो जान, कि म सम्पूर्ण संसारलाई पूर्ण रूपमा नाश पार्नेछैन, न त म मानव जातिको संसारलाई नै पूर्ण रूपमा नाश पार्नेछु। म बाँकी रहेको तेस्रो भागलाई बचाएर राख्‍नेछु—त्यो तेस्रो भाग जसले मलाई प्रेम गर्छ र जो मद्वारा पूर्ण रूपमा जितिएको छ, र म यो तेस्रो भागलाई फलदायी र वृद्धि हुने बनाउनेछु, जसरी व्यवस्थाको अधीनमा इस्राएलीहरू भएका थिए, म तिनीहरूलाई प्रशस्त भेडा र गाईवस्तु साथै पृथ्वीका सारा सम्पत्तिले पोषण गर्नेछु। यो मानव जाति सदासर्वदा मेरो साथमा रहनेछ, तापनि यो आजको दुःखलाग्दो फोहोर मानव जाति हुनेछैन, तर यस्तो मानव जाति, त्यही मानिसहरूको झुन्ड हुनेछ जो मद्वारा प्राप्त गरिएको छ। त्यस्तो मानव जातिलाई शैतानले हानि गर्न, बाधा दिन वा फन्दामा पार्न सक्नेछैन, अनि मैले शैतानलाई जितेपछि पृथ्वीमा हुने एक मात्र मानव जाति हुनेछ। यो त्यही मानव जाति हो जसलाई आज मैले जितेको र जसले मेरो प्रतिज्ञा प्राप्त गरेको छ। अनि यसैले आखिरी दिनहरूमा जितिने मानव जाति त्यही मानव जाति हो जो बचाइनेछ र मेरो अनन्त आशिषहरूद्वारा प्राप्त गरिनेछ। शैतान माथि मेरो विजयको प्रमाण र शैतानसित लडाइँबाट प्राप्त भएको लुटको माल यही मात्र हुनेछ। लडाइँका यी लुटका मालहरू शैतानको अधिकार क्षेत्रबाट खोसेर मैले बचाएँ, र यी मेरो छ हजार वर्षे व्यवस्थापन योजनाको एकमात्र टुङ्गो र फल हो। तिनीहरू प्रत्येक जाति र सम्प्रदायबाट, सारा ब्रह्माण्डका प्रत्येक स्थान र देशबाट आउँछन्। तिनीहरू फरक-फरक जातिका, विभिन्न भाषा-भाषीहरू, रीतिथितिहरू र छालाको वर्णको हुन्छन्, र तिनीहरू विश्‍वको प्रत्येक जाति र सम्प्रदायमा संसारको हरेक कुनामा फैलिएका छन्। आखिरीमा, तिनीहरू सम्पूर्ण मानव जाति निर्माण गर्न एकसाथ आउनेछन्, त्यो मानिसको यस्तो झुन्ड हुनेछ जहाँ शैतानका शक्तिहरू पुग्न सक्दैन। मैले मानव जातिको बीचबाट मुक्ति नदिएका र नजितेका मानिसहरू चुपचाप समुद्रको गहिराइमा डुब्नेछन्, अनि सारा अनन्तताभरि मेरो भस्म पार्ने ज्वालामा जल्नेछन्। म यो पुरानो, अति नै फोहोर मानव जातिलाई नाश पार्नेछु, जसरी मैले मिश्रमा जन्‍मेका ज्येष्ठ पुत्रहरू र पशुहरूलाई मारेको थिएँ, अनि थुमाको मासु खाने, थुमाको रगत पिउने, ढोकाको चौकोसमा थुमाको रगत छ्याप्ने इस्राएलीहरूलाई मात्र छोडिदिएको थिएँ। के मैले जितेका मानिसहरू, जो मेरो परिवारका पनि हुन्, तिनीहरूले त्यो थुमाको मासु खाँदैनन् र, जुन थुमा म हुँ, र के तिनीहरूले थुमाको रगत पिउँदैनन् र, जुन थुमा म हुँ, के तिनीहरू मद्वारा छुटकारा पाएकाहरू र मेरो आराधना गर्नेहरू होइनन् र? के यस्ता मानिसहरूको साथमा सधैँ मेरो महिमा हुँदैन र? के मेरो, अर्थात्, थुमाको मासु नहुनेहरू अघिबाटै चुपचाप समुद्रको गहिराइमा डुबेका छैनन् र? आज तिमीहरू मेरो विरोध गर्छौ, र मेरा वचनहरू त्यस्तै छन् जस्तो वचन यहोवाले इस्राएलका छोराहरू र नातिहरूसित बोल्नुभएको थियो। तापनि, तिमीहरूका हृदयको गहिराइमा भएको कठोरताले मेरो क्रोध बटुल्दैछ, तिमीहरूको शरीरमा अझ धेरै कष्ट ल्याउँछ, तिमीहरूका पापको निम्ति अझ धेरै दण्ड ल्याउँछ, अनि तिमीहरूको अधर्ममाथि अझ धेरै क्रोध ल्याउँछ। यदि तिमीहरू आज मसित यस्तो व्यवहार गर्छौ भने मेरो क्रोधको दिनमा को बच्न सक्छ? मेरो सजायको दृष्टिबाट कसको अधर्म उम्कन सक्छ? कसका पापहरू म, सर्वशक्तिमान्‌को हातबाट उम्कन सक्छ? कसको अनाज्ञाकारीता म, सर्वशक्तिमान्‌को न्यायबाट उम्‍कन सक्छ? म, यहोवा, यी कुराहरू तिमीहरू, अन्यजाति परिवारका सन्तानहरूलाई भन्दछु, र मैले तिमीहरूसित बोलेका यी वचनहरू व्यवस्थाको युग र अनुग्रहको युगमा बोलेका वचनहरूभन्दा उच्‍च छन्, तर तिमीहरू मिश्रका सबै मानिसहरूभन्दा कठोर छौ। मैले शान्तिसाथ मेरो काम रहिरहँदा के तिमीहरूले मेरो क्रोध थुपार्दैनौं र? म, सर्वशक्तिमान्‌को दिनमा तिमीहरू हानिबाट कसरी उम्कन सक्छौ?

मैले तिमीहरूको बीचमा यस्तो प्रकारले काम गरेको छु र बोलेको छु, मैले धेरै ऊर्जा र कोसिस खर्च गरेको छु, तापनि मैले तिमीहरूलाई स्पष्ट रूपमा भनेको कुरा के तिमीहरूले कहिले सुनेका छौ? तिमीहरू म, सर्वशक्तिमान्‌को अघि कहाँ निहुरिएको छौ? तिमीहरू मसित किन यस्तो व्यवहार गर्छौ? तिमीहरूले भनेका सबै कुराहरूले किन मेरो रिस जगाउँछ? तिमीहरूका हृदय किन यति कठोर छ? के मैले कहिल्यै तिमीहरूलाई प्रहार गरेर ढालेको छु? तिमीहरू किन केही गर्दैनौ, तर मलाई दुःखी र चिन्तित मात्र बनाउँछौ? के तिमीहरू म, यहोवाको क्रोधको दिन तिमीहरूमाथि आओस् भनी पर्खिरहेका छौ? के म तिमीहरूको अनाज्ञाकारिताले उत्पन्न गरेको मेरो क्रोध पठाऊँ भनी पर्खिरहेका छौ? के मैले गर्ने सबै काम तिमीहरूका निम्ति होइन र? तापनि म, यहोवासित तिमीहरूले यस्तो व्यवहार गरेका छौ: मेरा बलिहरू चोरेका छौ, मेरो वेदीका भेटीहरू घरमा लगेर ब्वाँसोको गुफामा त्यसका बच्चाहरूलाई र ती बच्चाहरूका पनि बच्चाहरूलाई खुवाउन लैजान्छौ; मानिसहरू एक-अर्कोको विरुद्धमा लड्छन्, एक-अर्कासित क्रोधको नजरले, तरबारहरू र भालाहरूले सामना गर्छन्, म, सर्वशक्तिमान्‌का वचनहरूलाई मलजस्तै फोहोर बनाउन शौचालयमा फाल्छन्। तिमीहरूको इमानदारीता कहाँ छ? तिमी मानव जाति जनावरजस्तो भएका छौ! तिमीहरूका हृदय ढुङ्गामा परिणत भएको धेरै भइसकेको छ। के तिमीहरूलाई थाहा छैन, जब मेरो क्रोधको दिन आउनेछ, त्यो दिन तिमीहरूले आज म, सर्वशक्तिमान्‌को विरुद्धमा गरेका खराबीको न्याय गर्नेछु? के तिमीहरू मलाई यसरी मूर्ख बनाएर, मेरा वचनहरू हिलोमा फालेर अनि ती नसुनेर, मेरो पिठिउँ पछाडि यस्तो काम गरेर मेरो क्रोधको नजरबाट उम्कन सक्छौ भनी सोच्छौ? तिमीहरूले मेरा बलिहरू चोरी गर्दा र मेरा सम्पत्तिहरूको लालच गर्दा म, यहोवाका आँखाहरूले अघिबाटै तिमीहरूलाई देखिसकेका थिए भन्‍ने के तिमीहरू जान्दैनौ? जब तिमीहरूले मेरा बलिहरू चोरी गऱ्यौ त्यो तिमीहरूले त्यस वेदीको सामु गऱ्यौ जहाँ बलिहरू चढाइन्छन् भन्‍ने के तिमीहरू जान्दैनौ? तिमीहरू यसरी चतुर भएर मलाई धोका दिन सकिन्छ भनी कसरी सोच्न सक्छौ? तिमीहरूका जघन्य पापहरूबाट मेरो क्रोध कसरी हट्न सक्छ? मेरो दन्किरहेको रिसले तिमीहरूले गरिरहेका दुष्ट कार्यलाई कसरी छोड्न सक्छ? तिमीहरूले आज गरेका खराब कामले तिमीहरूका निम्ति उम्कने बाटो बनाउँदैन, तर तिमीहरूका लागि भोलिका निम्ति सजाय थुपार्दछ; यसले तिमीहरूको विरुद्ध म, यहोवाको सजायलाई उक्साउँछ। तिमीहरू खराब कामहरू गरेर अनि खराब कुराहरू बोलेर मेरो सजायबाट कसरी उम्कन सक्छौ? तिमीहरूका प्रार्थनाहरू कसरी मेरो कानसम्म पुग्न सक्छन्? म तिमीहरूको अधर्मका निम्ति उम्कने बाटो कसरी खोल्न सक्छु? तिमीहरूले मलाई चुनौती दिएर जुन खराबी गरेका छौ त्यसलाई म त्यसै कसरी छोडिदिन सक्छु? म तिमीहरूको सर्पको जस्तो विषालु जिब्रो नकाट्न कसरी सक्छु र? तिमीहरू आफ्नो धार्मिकताका निम्ति मलाई पुकार्दैनौ, तर तिमीहरूका अधर्मको फलस्वरूप तिमीहरू मेरो क्रोध थुपार्छौ। म तिमीहरूलाई कसरी क्षमा गर्न सक्थें र? म, सर्वशक्तिमान्‌को आँखामा तिमीहरूका बोलीवचन र कार्यहरू घिनलाग्दा छन्। म सर्वशक्तिमान्‌का आँखाले तिमीहरूको अधर्मलाई कठोर सजायको योग्य देख्दछ। मेरो धार्मिक सजाय र न्याय तिमीहरूदेखि कसरी अलग हुन सक्छ र? तिमीहरूले मसँग यसो गरेर मलाई दुःखी र क्रोधित बनाएको हुनाले तिमीहरूलाई मेरो हातबाट कसरी उम्केर जान दिनु र म यहोवाले तिमीहरूलाई सजाय र सराप दिने दिनबाट अलग गर्न सक्छु? के तिमीहरूलाई थाहा छैन, तिमीहरूका सबै दुष्ट कुराहरू र बोली मेरा कानहरूमा पुगिसकेका छन्? के तिमीहरूका अधर्मले अघिबाटै मेरो धार्मिकताको वस्त्रलाई फोहोर पारिसकेको छ भन्‍ने तिमीहरू जान्दैनौ? के तिमीहरूको अनाज्ञाकारिताले अघिबाटै मेरो प्रचण्ड रिस जगाइसकेको छ भन्‍ने तिमीहरू जान्दैनौ? के तिमीहरूले लामो समयदेखि मलाई उत्तेजित बनाएर छोडेका छौ र लामो समयदेखि मेरो धैर्यको जाँच गरेका छौ भन्‍ने तिमीहरू जान्दैनौ? के तिमीहरूले मेरो शरीरलाई थाङ्नाजस्तो बनाएर अघिबाटै मेरो क्षति गरिसकेका छौ भन्‍ने तिमीहरू जान्दैनौ? मैले अहिलेसम्म सहेको छु, म मेरो रिस प्रकट गर्छु, उप्रान्त तिमीहरूप्रति सहनशील हुन छोडिदिन्छु। के तिमीहरूका दुष्टता अघिबाटै मेरो कानमा पुगेको छ, मेरा पुकारहरू अघिबाटै मेरा पिताका कानहरूमा पुगेका छन् भन्‍ने तिमीहरू जान्दैनौ? कसरी उहाँले तिमीहरूलाई मसँग यस्तो व्यवहार गर्न दिन सक्नुहुन्छ? के मैले तिमीहरूभित्र गर्ने कुनै पनि काम तिमीहरूका खातिर होइन र? तापनि तिमीहरूमध्ये को म, यहोवाको कामलाई धेरै प्रेम गर्ने भएका छौ? म कमजोर भएकोले, र मैले भोगेका वेदनाहरूको कारण के म पिताको इच्छाप्रति अविश्‍वासी हुन सक्छु? के तिमीहरू मेरो हृदयलाई बुझ्दैनौ? म तिमीहरूसँग यहोवा बोल्नुभएझैँ बोल्छु; के मैले तिमीहरूका निम्ति धेरै कुरा दिएको छैन र? म आफ्ना पिताको कामको खातिर यो सब दुःख भोग्न तयार भए पनि मेरो दुःखको परिणाम स्वरूप मैले तिमीहरूमाथि ल्याउने सजायबाट तिमीहरू कसरी छुट्न सक्छौ? के तिमीहरूले मबाट धेरै आनन्द पाएका छैनौ र? आज, मेरा पिताले मलाई तिमीहरूका निम्ति दिनुभएको छ; के तिमीहरूले मेरा उदार वचनहरूभन्दा धेरै कुराहरू उपभोग गरेका छैनौं र? के मेरो जीवन तिमीहरूका जीवन र तिमीहरू रमाउने कुराहरूका निम्ति साटिएको थियो भन्‍ने तिमीहरू जान्दैनौ? के मेरा पिताले शैतानसँग लड्न मेरो जीवनको प्रयोग गर्नुभयो, र तिमीहरूलाई सयौं गुणा प्राप्त गर्ने तुल्याउन साथै धेरै वटा परीक्षाहरूबाट बचाउनका निम्ति शैतानसँग लड्न उहाँले तिमीहरूलाई मेरो जीवन दिनुभयो भन्‍ने तिमीहरू जान्दैनौ? के मेरो कामद्वारा मात्र तिमीहरूले धेरै वटा परीक्षाहरू र धेरै वटा अग्‍निमय सजायहरूबाट छुटकारा पाएका छौ भन्‍ने तिमीहरू जान्दैनौ र? के मेरो कारणले गर्दा मात्र मेरा पिताले अहिलेसम्म तिमीहरूलाई आनन्द लिने अनुमति दिनुभएको छ भन्‍ने तिमीहरू जान्दैनौ? तिमीहरूका हृदयमा कठोरता बढेको जस्तो आज तिमीहरू कसरी यति कठोर र हठी हुन सक्छौ? तिमीहरूले आज गरिरहेको दुष्टता, म पृथ्वीबाट गएपछि सुरु हुने त्यो क्रोधको दिनबाट कसरी बच्न सक्छ? जुन व्यक्तिहरू अति कठोर र हठी छन् तिनीहरूलाई म, यहोवाको क्रोधबाट उम्कने अनुमति कसरी दिन सक्छु?

विगतको बारेमा विचार गर: तिमीहरूप्रति मेरो हेराइ कहिले क्रोधित, मेरो आवाज कहिले कठोर भएको छ? मैले तिमीहरूको केश कहिले लुछेको छु? मैले कहिले तिमीहरूलाई अनुचित प्रकारले हप्काएको छु? मैले कहिले तिमीहरूलाई तिमीहरूको मुखैमा हप्काएको छु? मेरा पिताले तिमीहरूलाई हरेक परीक्षाबाट बचाऊन् भनी मैले गरेको पुकारा के मेरै कामको निम्ति होइन र? तिमीहरू मसँग किन यस्तो व्यवहार गर्छौ? के मैले कहिल्यै तिमीहरूको देहमा प्रहार गर्न मेरो अधिकार प्रयोग गरेको छु? तिमीहरू किन त्यसरी मसँग बदला लिन्छौ? मतर्फ तातो र चिसो उडाएपछि तिमीहरू न त तातो न चिसो हुन्छौ, र त्यसपछि तिमीहरू मलाई झुक्याउन खोज्छौ र मबाट कुराहरू लुकाउने कोसिस गर्छौ र तिमीहरूका मुख अधर्मका थुकले भरिएका हुन्छन्। के तिमीहरूका जिब्रोले मेरो आत्मालाई छल्न सक्छ भन्ने तिमीहरू सोच्छौ? के तिमीहरूका जिब्रो मेरो क्रोधबाट उम्कन सक्छ भन्ने सोच्छौ? के तिमीहरूका जिब्रोहरूले यसले चाहे अनुसार, म, यहोवाका कामहरूको न्याय गर्न सक्छ भनी सोच्छौ? के म मानिसहरूले न्याय गर्ने परमेश्‍वर हो? के म एउटा सानो भुसुनोलाई त्यसरी मेरो निन्दा गर्ने अनुमति दिन सक्छु? त्यस्ता अनाज्ञाकारी सन्तानलाई म कसरी अनन्त आशिषहरूको माझमा राख्न सक्छु? तिमीहरूका शब्दहरू र व्यवहारहरूलाई धेरै अघि खुलस्त गरिएका छन् र त्यसले तिमीहरूलाई दोषी ठहराएको छ। जब मैले आकाश फिँजाएँ र सबै थोकहरू सृष्टि गरें, त्यसबेला मैले कुनै पनि प्राणीलाई तिनीहरूका इच्छाअनुसार सहभागी हुन दिइनँ, मैले कुनै पनि कुरालाई तिनीहरूका इच्छाअनुसार मेरो काम र व्यवस्थापनमा बाधा पुऱ्याउन दिनु त परै जाओस्। मैले कुनै मानिस वा वस्तुलाई सहन गरिनँ; मप्रति क्रूर र अमानवीय हुनेहरूलाई झन् म कसरी सहन सक्छु? मेरो वचनको विरुद्ध विद्रोह गर्नेहरूलाई म कसरी क्षमा गर्न सक्छु? मेरो अवज्ञा गर्नेहरूलाई म कसरी छोड्न सक्छु? के मानिसको भाग्य म, सर्वशक्तिमान्‌को हातमा छैन र? म तिमीहरूको अधर्म र अनाज्ञाकारितालाई कसरी पवित्र मान्न सक्छु? तिमीहरूका पापहरूले मेरो पवित्रतालाई कसरी अशुद्ध पार्न सक्छ? म अधर्मको अशुद्धताद्वारा अपवित्र भएको छैन, न त म अधर्मका भेटीहरूमा नै आनन्दित हुन्छु। यदि तिमीहरू म, यहोवाप्रति बफादार हुन्थ्यौ भने मेरो वेदीमा भएका बलिहरू तिमीहरू आफ्नै निम्ति लिन सक्थ्यौ र? के तिमीहरू आफ्नो विषालु जिब्रो मेरो पवित्र नाउँको निन्दा गर्न प्रयोग गर्न सक्थ्यौ? के तिमीहरूले यसरी मेरो वचनको विरुद्धमा विद्रोह गर्न सक्थ्यौ? के तिमीहरू मेरो महिमा र पवित्र नाउँलाई साधन बनाएर दुष्ट शैतानको सेवा गर्न सक्थ्यौ? मेरो जीवन पवित्र जनहरूका निम्ति उपलब्ध गराइएको छ। म तिमीहरूले चाहेअनुसार मेरो जीवनसित खेल्ने र त्यसलाई तिमीहरूको झगडामा एउटा साधनको रूपमा प्रयोग गर्ने अनुमति तिमीहरूलाई कसरी दिन सक्छु? तिमीहरू भलाइको मार्गमा र मप्रतिको व्यवहारमा त्यस्तो हृदय विहीन र अभावग्रस्त कसरी हुन सक्छौ? मैले अघिबाटै तिमीहरूका दुष्ट कार्यहरू जीवनका यी वचनहरूमा लेखिसकेको छु भनी के तिमीहरू जान्दछौ? मैले मिश्रलाई सजाय दिँदा तिमीहरू क्रोधको दिनबाट कसरी उम्कन सक्छौ? म कसरी तिमीहरूलाई यसरी घरीघरी मेरो विरोध गर्ने र मलाई चुनौती दिने अनुमति दिन सक्छु? म तिमीहरूलाई स्पष्ट भन्दछु, जब त्यो दिन आउँछ, तिमीहरूको सजाय मिश्रको भन्दा बढता असहनीय हुनेछ! तिमीहरू मेरो क्रोधको दिनबाट कसरी उम्कन सक्छौ? म तिमीहरूलाई साँचो भन्दछु: मेरो सहनशीलता तिमीहरूका दुष्ट कार्यहरूका निम्ति तयार गरिएको थियो, र त्यस दिन तिमीहरूलाई सजाय दिनका निम्ति अस्तित्वमा रहेको छ। म आफ्नो सहनशीलताको अन्त्यमा पुगेपछि त्यो क्रोधपूर्ण दण्ड सहने मानिसहरू के तिमीहरू नै होइनौ र? के सबै कुरा म, सर्वशक्तिमान्‌को हातमा छैनन् र? म कसरी स्वर्गहरूमुनि तिमीहरूलाई त्यसरी मेरो अवज्ञाकारी हुने अनुमति दिन सक्छु? तिमीहरूका जीवन धेरै कठिन हुनेछ, किनकि तिमीहरूले मसीहलाई भेटेका छौ, जसको बारेमा उहाँ आउनुहुन्छ भनिएको थियो, तापनि जो कहिल्यै आउनुभएन। के तिमीहरू उहाँका शत्रुहरू होइनौ? येशू तिमीहरूका मित्र बन्नुभएको छ, तापनि तिमीहरू मसीहका शत्रुहरू हौ। के तिमीहरू येशूका मित्रहरू भए पनि तिमीहरूका दुष्ट कार्यहरूले तिनीहरूका भाँडाहरू भरेका छन्, जो घृणित छन् भन्‍ने तिमीहरू जान्दैनौ? तिमीहरू यहोवाको धेरै नजिक भए पनि के तिमीहरूका खराब शब्दहरू यहोवाको कानमा पुगेका छन् र तिनले उहाँको क्रोध जगाएको छ भन्‍ने तिमीहरू जान्दैनौ? उहाँ कसरी तिमीहरूको नजिक हुन सक्नुहुन्छ, र उहाँले दुष्ट कार्यहरूले भरिएका तिमीहरूका ती भाँडाहरू किन जलाउन सक्नुहुन्न? उहाँ तिमीहरूका शत्रु किन बन्न सक्नुहुन्न?

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्