तिमीहरूले कामलाई बुझ्नै पर्छ—दुबिधामा नपछ्याओ!

वर्तमानमा यस्ता धेरै मानिसहरू छन् जसले भ्रमित तरिकाले विश्‍वास गर्छन्। तिमीहरूसँग धेरै उत्सुकता छ, आशिष् पाउने धेरै इच्छा छ, र जीवनको खोजी गर्ने अति थोरै आकांक्षा छ। वर्तमान समयमा मानिसहरू येशूप्रतिको आफ्नो विश्‍वासको निम्ति उत्साहले भरिएका छन्। येशूले तिनीहरूलाई स्वर्गीय घरमा फर्काउन लाग्नुभएको छ, त्यसैले तिनीहरूले किन विश्‍वास गर्न सक्दैनन् र? केही मानिसहरू तिनीहरूका सारा जीवनभरि विश्‍वासी हुन्छन्; चालीस वा पचास वर्षसम्म विश्‍वास गरेपछि पनि तिनीहरू अझै पनि बाइबल पढ्न कहिल्यै थाक्दैनन्। किनभने चाहे जे भए पनि जबसम्म तिनीहरूमा विश्‍वास छ तिनीहरू स्वर्गमा जान्छन् भन्‍ने तिनीहरू सोच्छन्।[क] तिमीहरूले केही वर्षदेखि मात्र यस मार्गमा परमेश्‍वरलाई पछ्याइरहेका छौ, तर तिमीहरू लरखराइसकेका छौ; तिमीहरूले आफ्नो धैर्य गुमाएका छौ, किनकि आशिष प्राप्त गर्ने तिमीहरूको इच्छा अति नै बलियो छ। तिमीहरू यो सही मार्गमा हिँड्ने कार्य, आशिष पाउने तिमीहरूको इच्‍छा र तिमीहरूको उत्सुकताद्वारा प्रभावित छौ। तिमीहरूसँग कामको यस चरणको बारेमा त्यति धेरै ज्ञान छैन। आज मैले भनिरहेका धेरै कुराहरू येशूमा विश्‍वास गर्नेहरूतिर निर्देशित छैनन्, न त मैले यी कुराहरू तिनीहरूका धारणाहरूको सामना गर्नका निम्ति नै भन्दैछु। वास्तवमा, प्रकट भइरहेका यी धारणाहरू तिमीहरू भित्रै छन्, किनकि तिमीहरू बाइबललाई किन पन्छ्याइएको छ, म किन यहोवाको काम पुरानो भएको छ भनेर भन्दछु, वा म किन येशूको काम पुरानो भएको छ भनेर भन्दछु सो तिमीहरू बुझ्दैनौ। वास्तविकता के हो भने, तिमीहरू आफ्ना मनमा धेरै धारणाहरू राख्दछौ जसको बारेमा तिमीहरू मुखले बोल्दैनौ, साथसाथै तिमीहरूका हृदयको गहिराइमा धेरै वटा विचारहरू बन्द भएर रहेका छन्, र तिमीहरू त्यसै भीडको पछि लाग्छौ। के तिमीहरू साँच्चै आफ्नो मनमा धेरै वटा धारणाहरू राख्दैनौ भन्‍ने सोच्छौ? यति मात्र हो कि तिमीहरूले तिनको बारेमा बताउँदैनौ! वास्तवमा, तिमीहरूले लापरवाहीसाथ मात्रै परमेश्‍वरलाई पछ्याउँछौ, तिमीहरू साँचो मार्गको खोजी गर्न पटक्कै आउँदैनौ र तिमीहरू जीवन प्राप्त गर्ने उद्देश्यले आएका छैनौ। तिमीहरूको विचार के हुनेछ होला भनेर हेर्ने मात्र छ। तिमीहरूले आफ्ना धेरै वटा पुराना धारणाहरू नछाडेकाले, तिमीहरूको माझमा एकै जना पनि त्यस्तो व्यक्ति छैन जसले आफैलाई पूर्ण रूपले समर्पण गर्न सकेको छ। यस्तो स्थितिमा आइपुगेपछि, दिन र रात तिमीहरूका विचारहरू मन्थन गर्दै तिमीहरू आफ्नै भाग्यको बारेमा चिन्ता गरिरहन्छौ, त्यस विचारलाई त्याग्न सक्दैनौ। जब म फरिसीहरूको कुरा गर्छु, के तिमीहरू मैले धर्मका “बुढा मानिसहरू” को कुरा गरेको हो भन्ने सोच्छौ? के तिमीहरू आफै वर्तमान युगका सबैभन्दा वृहत् फरिसीहरूका प्रतिनिधिहरू होइनौ र? मैले जब मलाई बाइबलको तुलनामा हेर्नेहरूको बारेमा कुरा गर्दछु तब के मैले धार्मिक क्षेत्रका बाइबल विशेषज्ञहरूको कुरा गरेको हो भनी तिमीहरू सोच्छौ? मैले एकचोटि फेरि परमेश्‍वरलाई क्रूसमा टाँग्‍ने मानिसहरूको बारेमा कुरा गर्दा के मैले धार्मिक क्षेत्रका अगुवाहरूको बारेमा कुरा गरेको हुँ भनी तँ विश्‍वास गर्छस्? के तिमीहरू यो भूमिका खेल्नको लागि सबैभन्दा उत्कृष्ट कलाकार होइनौ र? के मैले मानिसहरूका धारणाहरूको सामना गर्न बोलेका सबै वचनहरू पाष्टरहरू र एल्डरहरूलाई गिल्ला गर्नका निम्ति मात्र हुन् भनी तँ सोच्छस्? यी सबै कुरामा के तिमीहरूले पनि आफ्नो भूमिका खेलेका छैनौ र? के तँ तिमीहरूले आफ्ना मनमा थोरै धारणाहरू राख्छौ भन्‍ने विश्‍वास गर्छस्? यति मात्र हो कि तिमीहरू सबैले अब धेरै चलाख हुन सिकेका छौ। तिमीहरू आफूले नबुझेका विषयको बारेमा कुरा गर्दैनौ वा तिनका विषयमा आफ्ना भावनाहरूलाई धोका दिन्छौ, तर श्रद्धा र समर्पणको हृदय तिमीहरूभित्र उत्पन्न हुँदैन। तिमीहरूको दृष्टिकोणमा, आज तिमीहरूको अभ्यास गर्ने सर्वोत्तम तरिका अध्ययन गर्नु अवलोकन गर्नु र प्रतीक्षा गर्नु मात्र हो। तिमीहरूले धेरै चलाख हुन सिकेका छौ। तापनि, यो एक प्रकारको मनोवैज्ञानिक चलाकी हो भन्ने के तिमीहरूलाई थाहा छ? के तिमीहरूले गरेको चलाकीको क्षणले तिमीहरूलाई अनन्त दण्डबाट उम्कन सहायता गर्नेछ भनी सोच्छौ? तिमीहरूले धेरै “बुद्धिमान्” हुन सिकेका छौ! यसबाहेक, कतिपय मानिसहरू मलाई यस्ता प्रश्‍नहरू सोध्छन्: “कुनै दिन जब धार्मिक क्षेत्रका मानिसहरूले मलाई ‘तिमीहरूका परमेश्‍वरले किन एउटै पनि चमत्कार गरेका छैनन्’ भनी सोधे भने मैले कसरी वर्णन गर्ने?” आज भोलि धार्मिक क्षेत्रका मानिसहरूले मात्र यो कुरा सोध्दैनन्; कुरा यो पनि हो कि तैँले पनि आजको कामलाई बुझ्दैनस्, र धेरै धारणा बोकेर परिश्रम गर्छस्। मैले धार्मिक अधिकारीहरूको कुरा गर्दा म कसलाई सङ्केत गरिरहेको हुन्छु भन्ने के तँ अझै पनि जान्दैनस्? म कसको लागि बाइबलको व्याख्या गर्दैछु भनी के तँ जान्दैनस्? मैले परमेश्‍वरको कामको तीन चरणको बारेमा वर्णन गर्दा म कसका निम्ति बोलिरहेको हुन्छु भन्ने के तँ जान्दैनस्? के मैले ती कुरा नभनेको भए, के तिमीहरूले यति सजिलै विश्‍वास गर्ने थियौ र? के तिमीहरूले त्यत्ति सजिलै आफ्नो शिर निहुराउथ्यौ र? के तिमीहरूले त्यत्ति सजिलैसँग ती पुराना धारणाहरूलाई पन्साउँथ्यौ र? विशेष गरी ती “पुरुषार्थी मानिसहरू,” जो कहिल्यै कसैको अधीनमा बसेका छैनन्—के तिनीहरू सजिलैसँग अधीनमा बस्थे? म जान्दछु, तिमीहरूको मानवता एक निम्न श्रेणीको छ र तिमीहरू अति कम योग्यताका छौ, तिमीहरूमा कम विकसित दिमाग छ, र परमेश्‍वरमा विश्‍वास गरेको धेरै लामो इतिहास छैन, तापनि वास्तवमा तिमीहरूमा धेरै धारणाहरू छन्, सजिलै अरूको अधीनमा नबस्ने तिमीहरूको भित्री स्वभाव छ। तापनि, आज तिमीहरू अधीनमा बस्न सक्छौ, किनकि तिमीहरू बाध्य र असहाय छौ; तिमीहरू फलामको पिँजरामा परेका बाघहरू हौ, तिमीहरूका सीपहरूलाई खुल्लमखुल्ला प्रयोग गर्न सक्दैनौ। यदि तिमीहरूका पखेटाहरू थिए भने पनि, तिमीहरूलाई उड्न गाह्रो हुनेथियो। आशिषहरू नदिइएको भए पनि तिमीहरू पछि लाग्न इच्छुक छौ। तापनि, “असल मानिसहरू” को रूपमा यो तिमीहरूको उत्साह होइन; बरु, कुरा यो हो कि तिमीहरू पूर्ण रूपमा ढालिएका छौ र तिमीहरूको बुद्धि सकिएको छ। कुरा यो हो कि यो सम्पूर्ण कामले तिमीहरूलाई ढालेको छ। यदि तिमीहरूले प्राप्त गर्न सक्ने केही कुरा थियो भने, आज तिमीहरू जस्तो आज्ञाकारी छौ त्यस्तो हुनेथिएनौ, किनकि पहिले तिमीहरू सबै मरुभूमिका जङ्गली गधाहरू थियौ। यसैले आज जे भनिँदैछ त्यो विभिन्न धर्म र सम्प्रदायका मानिसहरूतिर मात्र लक्षित छैन, न त यो तिनीहरूका धारणाहरूको सामना गर्नका निम्ति नै हो; यो तिमीहरूका धारणाहरूको सामना गर्नका निम्ति हो।

धार्मिकताको न्याय सुरु भएको छ। के परमेश्‍वरले अझै पनि पापको बलिको रूपमा काम गर्नुहुनेछ? के उहाँले एकचोटि फेरि तिनीहरूका लागि महान् डाक्टरको भूमिका खेल्नुहुनेछ? के परमेश्‍वरसँग योभन्दा ठूलो कुनै अख्तियार छैन? मानिसहरूको एउटा समूहलाई पहिले नै सिद्ध पारिएको छ, र सिंहासनको अघि पुऱ्याइएको छ; के उहाँले अझै पनि भूतहरू निकाल्नुहुन्छ र बिरामीहरूलाई निको पार्नुहुन्छ? के यो अति नै पुरानो कुरा होइन र? यदि यही रहिरह्यो भने के गवाही दिनु सम्भव हुन्छ? के परमेश्‍वरलाई एक पटक क्रूसमा टाँगिएपछि उहाँ सधैँभरि क्रूसमा झुन्डिरहनुहुन्छ? के उहाँले एक पटक भूतहरू निकाल्नुभएपछि सधैँभरि तिनीहरूलाई निकालिरहनुहुन्छ? के त्यसलाई अपमान मानिनेछैन र? जब यो चरणको काम अघिल्लो चरणको भन्दा उच्च हुन्छ तब मात्र युग अगाडि बढ्दछ, र त्यसपछि आखिरी दिनहरू नजिकै आउनेछ, र त्यो यस युगको अन्त्य हुने समय हुनेछ। जुन मानिसहरू सत्यको पछि लाग्दछन् उनीहरूले दर्शनहरू बुझ्ने कुरामा ध्यान दिनैपर्छ; जग यही नै हो। प्रत्येक चोटि मैले दर्शनहरूको बारेमा तिमीहरूसित सङ्गति गर्दा, म सधैँ केही मानिसहरू सुन्‍न इच्‍छुक नभएकोले आँखा बटार्दै टाउको निहुराएको देख्छु। अरूले सोध्छन्, “तपाईं किन सुनिरहनुभएको छैन?” तिनीहरू जबाफ दिन्छन्, “यसले मेरो जीवनलाई वा वास्तविकतामा मेरो प्रवेशलाई सहायता गर्दैन। हामी त अभ्यासका मार्गहरू चाहन्छौं।” जब म अभ्यासका मार्गहरूको सट्टा कामको बारेमा कुरा गर्छु, तब तिनीहरू भन्छन्, “तपाईंले कामको बारेमा कुरा गर्नासाथ म निदाउन थाल्छु।” जब म अभ्यास गर्ने मार्गहरूको बारेमा कुरा गर्न थाल्छु, तिनीहरू टिप्पणीहरू लेख्न थाल्छन्, र जब म कामको बारेमा व्याख्या गर्न थाल्छु, तिनीहरू फेरि सुन्न छोड्छन्। तिमीहरू अहिले कुन कुराले सुसज्जित हुनु आवश्यक छ त्यसबारे के तिमीहरूलाई थाहा छ? यसको एक पक्षमा काम सम्बन्धी दर्शनहरू पर्छन्, र अर्को पक्ष तेरो अभ्यास हो। तैंले यी दुवै पक्षहरूलाई बुझ्नुपर्छ। यदि जीवनमा प्रगति गर्ने तेरो खोजीमा तँसँग दर्शनहरू छैनन् भने तँसित कुनै जग हुनेछैन। यदि तँसँग थोरै दर्शन पनि छैन र अभ्यासका मार्गहरू मात्र छन् भने, अनि समग्र व्यवस्थापन योजनाको कामको बारेमा कुनै पनि प्रकारको ज्ञान छैन भने, तँ कुनै काम नलाग्ने मानिस होस्। तैंले दर्शनहरू सम्‍बन्धी सत्यताहरूलाई बुझ्नुपर्छ, र अभ्याससँग सम्बन्धित सत्यहरू बुझिसकेपछि तैंले तिनलाई अभ्यास गर्ने उचित मार्गहरू खोज्नुपर्छ; तैंले वचनहरू अनुसार अभ्यास गर्नुपर्दछ, र तँ तेरा अवस्थाहरू अनुसार प्रवेश गर्नुपर्दछ। दर्शनहरू जग हुन्, र यदि तैंले यस तथ्यलाई ध्यान दिइनस् भने, तैँले अन्तसम्म पछ्याउन सक्नेछैनस्; यस्तो तरिकाले अनुभव गरिस् भने कि त तैँले बाटो बिराउन सक्छस् वा तँ ढल्नेछस् र विफल हुनेछस्। तँ सफल हुने कुनै उपाय हुनेछैन! जुन मानिसहरूसित जगको रूपमा महान् दर्शनहरू हुँदैन तिनीहरू असफल मात्र हुन्छन्; तिनीहरू सफल हुन सक्दैनन्। तँ दह्रो भई खडा हुन सक्दैनस्! के तँलाई परमेश्‍वरमा विश्‍वास गर्ने कार्यमा कुन-कुन कुराहरू समावेश हुन्छन् भन्‍ने थाहा छ? के तँलाई परमेश्‍वरको पछि लाग्नुको अर्थ के हो सो थाहा छ? कुनै दर्शनविना, तँ कुन मार्गमा हिँड्नेछस्? आजको काममा, यदि तँसँग कुनै दर्शन छैन भने तँ पूर्ण बनाइने योग्यको बिलकुलै हुनेछैनस्। तँ कसमाथि विश्‍वास गर्छस्? तँ उहाँमा किन विश्‍वास गर्छस्? तँ किन उहाँलाई पछ्याउँछस्? के तँ आफ्नो विश्‍वासलाई एक प्रकारको खेलको रूपमा हेर्छस्? के तैंले आफ्नो जीवनलाई एक प्रकारको खेलौनाको रूपमा लिँदैछस्? आजका परमेश्‍वर सबैभन्दा ठूलो दर्शन हुनुहुन्छ। तैंले उहाँलाई कतिसम्म जान्दछस्? तैंले उहाँलाई कतिसम्म देखेको छस्? आजका परमेश्‍वरलाई देखेपछि के परमेश्‍वरमाथिको तेरो विश्‍वासको जग बलियो भएको छ? के तँ जबसम्म यसरी अलमल्ल तरिकाले पछि लाग्छस् तब तैँले मुक्ति पाउनेछस् भन्‍ने सोच्छस्? के तँ हिलोको पानीमा माछा पक्रन सक्छु भन्ने सोच्छस्? के यो त्यत्ति सजिलो छ? आज परमेश्‍वरले बोल्नुहुने वचनहरू सम्बन्धी कति वटा धारणाहरूलाई तैंले पर पन्साएको छस्? के तँसँग आजका परमेश्‍वरको दर्शन छ? आजको परमेश्‍वरको बारेमा तेरो बुझाइ कहाँ छ? तँ सधैँ उहाँको पछि लागेर वा उहाँलाई हेरेर मात्र पनि उहाँलाई[ख] प्राप्त गर्न सक्छस् र कोही पनि तँबाट मुक्त हुन सक्नेछैन भन्‍ने सोच्छस्। परमेश्‍वरलाई पछ्याउनु त्यस्तो सजिलो कुरा हो भन्‍ने नठान्। उहाँलाई तैँले चिन्‍नैपर्छ, तैँले उहाँको कामलाई जान्‍नैपर्छ, र उहाँको खातिर कठिनाइ सहन गर्ने, आफ्नो जीवन उहाँको निम्ति बलिदान दिने र उहाँद्वारा सिद्ध पारिने इच्छा तँमा हुनैपर्छ, मुख्य कुरा यही नै हो। तँमा हुनुपर्ने दर्शन यही नै हो। यदि तेरा सोचहरू अनुग्रहको आनन्द लिने कुरामा मात्र सधैँ झुक्छन् भने त्यसलाई बदल्नुपर्छ। परमेश्‍वर मानिसहरूको आनन्दको निम्ति मात्र वा तिनीहरूमाथि अनुग्रह प्रदान गर्नको निम्ति मात्र यहाँ हुनुहुन्छ भन्‍ने नठान्। तँ गलत हुनेछस्! यदि एक व्यक्तिले उहाँलाई पछ्याउनको निम्ति आफ्नो जीवन खतरामा राख्‍न सक्दैन भने र यदि एक व्यक्तिले उहाँलाई पछ्याउनको निम्ति संसारका हरेक सम्पत्ति त्याग्‍न सक्दैन भने, त्यसले उहाँलाई अन्तिमसम्म पछ्याइरहन निश्‍चय पनि सक्‍नेछैन। तेरो जगको रूपमा तँसँग दर्शनहरू हुनुपर्छ। यदि एक दिन तँमाथि दुर्भाग्य आइलाग्यो भने, तैँले के गर्नुपर्छ? के तैँले अझ पनि उहाँलाई पछ्याउन सक्छस्? तैँले अन्तिमसम्म उहाँलाई पछ्याउन सक्षम हुनेछस् कि हुनेछैनस् भनेर हलुका रूपमा कुरा नगर्। अहिले कति बेला भयो भनेर हेर्न तैँले आफ्ना आँखा खोलेको नै राम्रो। तिमीहरू अहिले मन्दिरको स्तम्भहरू जस्तै हुनसक्‍ने भए तापनि, एउटा यस्तो बेला आउनेछ जुन बेला त्यस्ता सबै स्तम्भहरू कीराहरूले खानेछन्, जसको कारण मन्दिर ढल्नेछ, किनकि वर्तमान समयमा तिमीहरूमा धेरै दर्शनहरूको अभाव छ। तिमीहरूले आफ्ना साना संसारहरूलाई मात्र ध्यान दिन्छौ र खोजको सबैभन्दा भरपर्दो र उचित बाटो के हो सो तिमीहरूलाई थाहा छैन। तिमीहरूले आजको कामको दर्शनलाई ध्यान दिँदैनौ, न त यी कुराहरूलाई आफ्ना हृदयमा नै राख्छौ। एक दिन तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई सबैभन्दा अपरिचित ठाउँमा राख्‍नुहुनेछ भन्‍ने कुरालाई तिमीहरूले ध्यान दिएका छौ? एक दिन मैले तिमीहरूबाट सबै थोक खोसेँ भने तिमीहरूको के हालत हुनेछ के त्यसबारे तिमीहरूले कल्पना गर्न सक्छौ? के तिमीहरूको त्यस दिनको ऊर्जा अहिलेको जस्तै हुनेछ? तिमीहरूको विश्‍वास पुनः देखा पर्नेछ? परमेश्‍वरलाई पछ्याउँदा तिमीहरूले यस महान् दर्शनलाई जान्‍नै पर्छ जो “परमेश्‍वर” हुनुहुन्छ: यो सबैभन्दा महत्त्वपूर्ण विषय हो। साथै, पवित्र हुनका लागि सांसारिक मानिसहरूबाट अलग भएपछि तँ अनिवार्य रूपमा परमेश्‍वरको परिवारमा हुनेछस् भन्ने नठान्। यी दिनहरूमा परमेश्‍वर आफैले सृष्टिमा काम गरिरहनुभएको छ; कुनै अभियान अगाडि बढाउनु होइन तर उहाँको आफ्नै काम गर्न मानिसहरूको बीचमा आउनुहुने उहाँ नै हुनुहुन्छ। तिमीहरूको माझमा थोरै मानिस पनि छैनन् जसले आजको काम स्वर्गका परमेश्‍वरको काम हो, जो देह बन्नुभएको छ भनी बुझ्न सक्छ। यसको अर्थ तिमीहरू प्रतिभा भएको विशेष व्यक्तिहरू हुनुपर्छ भन्ने होइन; यो तिमीहरूलाई मानव जीवनको महत्त्व जान्न, मानव प्राणीको गन्तव्य थाहा पाउन, र परमेश्‍वर अनि उहाँको सम्पूर्णतालाई जान्न सहायता गर्नका लागि हो। तैंले यो जान्नुपर्छ कि तँ सृष्टिकर्ताको हातमा रहेको सृष्टिको एक वस्तु होस्। तैंले के बुझ्नुपर्छ, तैंले के गर्नुपर्छ, र तैंले परमेश्‍वरलाई कसरी पछ्याउनुपर्छ—के तैंले बुझ्नुपर्ने सत्यताहरू यिनै होइनन् र? के तैंले देख्नुपर्ने दर्शनहरू यिनै होइनन् र?

मानिसहरूले दर्शन पाएपछि तिनीहरूमा एउटा जग हुन्छ। जब तँ यस जगको आधारमा अभ्यास गर्छस्, तब प्रवेश गर्नु धेरै सजिलो हुनेछ। त्यसरी नै, तैंले प्रवेश गर्ने जग पाएपछि तँमा कुनै सन्देह हुनेछैन, र प्रवेश गर्ने कार्य तेरो निम्ति धेरै सजिलो हुनेछ। दर्शनहरू बुझ्ने र परमेश्‍वरको कामबारे जान्ने यो पक्ष महत्त्वपूर्ण छ; तिमीहरूको हतियारको भण्डारमा यो हुनुपर्दछ। यदि तँ सत्यको यस पक्षद्वारा सुसज्जित भएको छैनस् भने, र अभ्यासको मार्गहरूको बारेमा कसरी कुरा गर्नुपर्छ भनेर मात्र जानेको छस् भने तँ अत्यन्तै दोषपूर्ण हुनेछस्। मैले थाहा पाएको छु कि तिमीहरूमध्ये धेरै जनाले सत्यको यो पक्षलाई जोड दिँदैनौ, र जब तिमीहरू यसलाई सुन्छौ, तब तिमीहरूले शब्दहरू र सिद्धान्तहरू सुनिरहेको जस्तो मात्र देखिन्छ। एक दिन तँ हार्नेछस्। यी दिनहरूमा केही भनाइहरू छन् जुन तैंले त्यत्ति राम्ररी बुझ्दैनस् र स्वीकार गर्दैनस्; त्यस्ता अवस्थाहरूमा तैंले धैर्यतापूर्वक खोजी गर्नुपर्छ, र त्यस्तो दिन आउनेछ जब तैँले यी कुरालाई बुझ्नेछस्। बिस्तारै आफूलाई झन्-झन् धेरै दर्शनहरूले सुसज्जित गर्। तैंले थोरै आत्मिक सिद्धान्तहरू मात्र बुझिस् भने पनि, त्यो दर्शनहरूमा ध्यान नदिनुभन्दा त उत्तम हुन्छ, र केही पनि नबुझ्‍नुभन्दा त झनै राम्रो हुन्छ। यो सबै तेरो प्रवेशका लागि उपयोगी छ, र यसले तेरा सबै शङ्काहरू हटाउनेछ। यो तँ धारणाहरूले भरिनुभन्दा उत्तम हो। यदि तँसँग जगको रूपमा यी दर्शनहरू छन् भने तँलाई धेरै राम्रो हुनेछ। तँसँग कुनै पनि प्रकारको सन्देह हुनेछैन, र तँ निर्भयता र हिम्मतका साथ प्रवेश गर्न सक्नेछस्। किन सधैँ यस्तो अन्योल, शङ्कालु तरिकाले परमेश्‍वरलाई पछ्याउने झमेलामा पर्ने? के यो आफ्‍नो टाउको बालुवामा लुकाउनुजस्तो होइन र? गजक्क परी गम्कँदै परमेश्‍वरको राज्यमा प्रवेश गर्नु कति राम्रो हुनेछ! किन त्यति धेरै सन्देहले भरिनु? के तैंले आफैलाई नरकमा पारिरहेको छैनस् र? तैंले यहोवाको काम, येशूको काम र यस चरणको कामको ज्ञान प्राप्त गरिसकेपछि, तैंले जग प्राप्त गर्नेछस्। यस समयमा, तँलाई त्यो अति सरल छ भन्‍ने लाग्‍नसक्छ। कतिपय मानिसहरू भन्छन्, “जब समय आउँछ र पवित्र आत्माले महान् कार्य सुरु गर्नुहुन्छ, तब म यी सबै थोकको बारेमा कुरा गर्न सक्नेछु। मैले अहिले त्यति बुझ्न नसक्‍नुको कारण के हो भने, पवित्र आत्माले मलाई त्यति धेरै अन्तर्दृष्टि दिनुभएको छैन।” यो त्यति सजिलो छैन। यो तँ अहिले सत्यलाई[ग] स्वीकार गर्न तयार छस् भने, समय आएपछि तँ त्यसलाई कुशलतापूर्वक प्रयोग गर्नेछस् भन्‍ने होइन। यो अनिवार्य रूपमा त्यस्तै हुनेछ भन्ने हुँदैन! तँ वर्तमानमा अति राम्ररी सुसज्जित भएको छस्, र ती धार्मिक मानिसहरू र सबैभन्दा महान् सिद्धान्तवादीहरूलाई जबाफ दिन तँलाई कुनै समस्या हुनेछैन, तँ तिनीहरूलाई खण्डन पनि गर्न सक्नेछस् भन्‍ने तँलाई लाग्छ। के तँ साँच्चै त्यसो गर्न सक्नेछस्? तेरा बाहिरी अनुभवहरू लिएर तैँले कुन ज्ञानको कुरा गर्न सक्छस्? सत्यद्वारा सुसज्जित हुनु, सत्यको लडाइँ लड्नु, र परमेश्‍वरको नाउँको गवाही दिनु तैंले सोचेको कुराजस्तो होइन—जबसम्म परमेश्‍वरले काम गर्नुहुन्छ, तबसम्‍म सबै कुरा पूरा गरिनेछ। त्यतिन्जेल, तँ केही प्रश्नहरूद्वारा अलमल्ल पर्नेछस् र त्यसपछि तँ आश्चर्यचकित हुनेछस्। मुख्य कुरा भनेको तँलाई यस चरणको कामको बारेमा स्पष्ट ज्ञान छ कि छैन, र यसको बारेमा तँ कतिसम्म जान्दछस् भन्‍ने हो। यदि तँ शत्रुका सेनालाई जित्न सक्दैनस् वा धर्मका शक्तिहरूलाई हराउन सक्दैनस् भने, के तँ बेकम्मा हुनेछैनस् र? तैंले आजको कामको अनुभव गरेको छस्, तेरो आफ्नै आँखाले त्यो देखेको छस्, र तेरो आफ्नै कानले सुनेको छस्, तर अन्त्यमा, यदि तैंले साक्षी दिन सकिनस् भने, के तँमा अझै जिइरहने साहस हुन्छ? तैँले कसको सामना गर्न सक्नेछस्? त्यो त्यत्ति सजिलो हुनेछ भनी अहिले कल्पना नगर्। भविष्यको काम तैंले कल्पना गरेको जस्तो सजिलो हुनेछैन; सत्यको लडाइँ लड्नु त्यत्ति सजिलो हुँदैन, त्यो त्यत्ति सरल पनि छैन। अहिले, तँ सुसज्जित हुनु आवश्यक छ; यदि तँ सत्यद्वारा सुसज्जित छैनस् भने, जब समय आउँछ र पवित्र आत्माले अलौकिक ढङ्गले काम गर्नुहुन्न, तब तँ अन्योलमा पर्नेछस्।

फूटनोटहरू:

क. मूल पाठमा “तिनीहरू सोच्छन्” भन्ने वाक्यांश समावेश छैन।

ख. मूल पाठमा “उहाँलाई” भन्ने शब्‍द समावेश छैन।

ग. मूल पाठमा “सत्य” भन्ने शब्‍द समावेश छैन।

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्