पवित्र आत्माको काम र शैतानको काम

एक व्यक्तिले आत्माका सबै विवरणहरू कसरी बुझ्छ? पवित्र आत्माले मानिसमा कसरी काम गर्नुहुन्छ? शैतानले मानिसमा कसरी काम गर्छ? दुष्टात्माहरूले मानिसमा कसरी काम गर्छन्? प्रकटीकरणहरू के-के हुन्? जब तँलाई केही हुन्छ, के त्यो पवित्र आत्माबाट आउँछ, र तैंले त्यसलाई पालन गर्नुपर्छ वा अस्वीकार गर्नुपर्छ? मानिसहरूको वास्तविक व्यवहारमा, मानवीय इच्छाबाट धेरै कुराहरू उत्पन्न हुन्छन्, जुन मानिसहरूले सधैं पवित्र आत्माबाट आएका हुन् भनी विश्‍वास गर्दछन्। केही कुराहरू दुष्टात्माहरूबाट आएका हुन्छन्, तर अझै पनि मानिसहरूले ती पवित्र आत्माबाट आएका हुन् भनी सोच्छन्, र कहिलेकाहीँ पवित्र आत्माले मानिसहरूलाई भित्रैबाट मार्गदर्शन गर्नुहुन्छ, तर मानिसहरू त्यस्तो मार्गदर्शन शैतानबाट आएको हो भनी सोचेर डराउँछन् र त्यो पालन गर्ने हिम्मत गर्दैनन्, जबकि वास्तवमा उक्त मार्गदर्शन पवित्र आत्माको अन्तर्दृष्टि हो। यसैले, जबसम्म कसैले भिन्नता अभ्यास गर्दैन, तबसम्म कसैले पनि आफ्नो दृष्टिकोणबाट व्यावहारिक अनुभव गर्ने कुनै उपाय हुँदैन; भिन्नताबिना जीवन प्राप्त गर्ने कुनै उपाय हुँदैन। पवित्र आत्माले कसरी काम गर्नुहुन्छ? दुष्टात्माहरूले कसरी काम गर्छन्? मानिसको इच्छाबाट के आउँछ? अनि पवित्र आत्माको मार्गदर्शन र अन्तर्दृष्टिबाट के जन्मन्छ? यदि तैंले मानिसभित्र पवित्र आत्माले गर्नुहुने कामको ढाँचा बुझिस् भने तेरो दैनिक जीवन र तेरा व्यावहारिक अनुभवहरूमा तैँले आफ्नो ज्ञान बढाउन र भिन्नताहरू छुट्ट्याउन सक्नेछस्; तैँले परमेश्‍वरलाई चिन्नेछस्, तैँले शैतानलाई बुझ्न र चिन्न सक्नेछस्; तेरो आज्ञाकारिता वा खोजमा तँ अलमलमा पर्नेछैनस्, र तँ त्यस्तो व्यक्ति हुनेछस् जसको विचार स्पष्ट हुन्छ, जसले पवित्र आत्माको कामलाई पालन गर्छ।

पवित्र आत्माको काम सक्रिय मार्गदर्शन र सकारात्मक अन्तर्दृष्टिको एक रूप हो। यसले मानिसहरूलाई निष्क्रिय हुन दिँदैन। यसले तिनीहरूलाई सान्त्वना दिन्छ, विश्‍वास र सङ्कल्प दिन्छ, र तिनीहरूलाई परमेश्‍वरद्वारा सिद्ध तुल्याइएको कुराको पछि लाग्न सक्ने बनाउँछ। जब पवित्र आत्माले काम गर्नुहुन्छ, तब मानिसहरू सक्रिय रूपमा प्रवेश गर्न सक्षम हुन्छन्; तिनीहरू निष्क्रिय वा बाध्य हुँदैनन्, बरु आफ्नै पहलमा काम गर्दछन्। जब पवित्र आत्माले काम गर्नुहुन्छ, तब मानिसहरू खुशी र इच्छुक हुन्छन्, आज्ञापालन गर्न इच्छुक र आफूलाई नम्र बनाउँदा खुशी हुन्छन्। तिनीहरू भित्रबाट दु:खित र कमजोर भए पनि तिनीहरूमा सहकार्य गर्ने संकल्प हुन्छ; तिनीहरूले खुशीसाथ दुःख भोग्छन्, तिनीहरू आज्ञापालन गर्न सक्षम हुन्छन्, र तिनीहरू मानवीय इच्छाबाट अछुतो हुन्छन्, मानिसका सोचबाट अछुतो हुन्छन्, र निश्चय नै तिनीहरू मानवीय चाहना र अभिप्रेरणाहरूबाट अछुतो हुन्छन्। जब मानिसहरूले पवित्र आत्माको कामको अनुभव गर्छन्, तिनीहरू विशेष गरी भित्रपट्टि पवित्र हुन्छन्। जोसँग पवित्र आत्माको काम हुन्छ तिनीहरू परमेश्‍वरको प्रेममा र आफ्ना भाइ-बहिनीहरूलाई प्रेम गर्दै जिउँछन्; तिनीहरू परमेश्‍वरलाई प्रसन्न पार्ने कुरामा रमाउँछन् र परमेश्‍वरले घृणा गर्नुहुने कुराहरूलाई घृणा गर्छन्। पवित्र आत्माको कामले छोइएका मानिसहरूमा सामान्य मानवता हुन्छ, र तिनीहरू निरन्तर सत्यको पछि लाग्छन् र मानवता प्राप्त गर्छन्। जब पवित्र आत्माले मानिसभित्र काम गर्नुहुन्छ, तब तिनीहरूको अवस्था झनझन राम्रो हुन्छ, र तिनीहरूको मानवता झनझन् सामान्य बन्छ, र तिनीहरूको कुनै-कुनै सहकार्य मूर्खतापूर्ण भए पनि, तिनीहरूको अभिप्रेरणा सही हुन्छ, तिनीहरूको प्रवेश सकारात्मक हुन्छ, तिनीहरूले विध्वंश गर्न खोज्दैनन्, तिनीहरूभित्र कुनै दुर्भावना हुँदैन। पवित्र आत्माको काम सामान्य र वास्तविक हुन्छ, पवित्र आत्माले मानिसमा मानिसको सामान्य जीवनको नियमअनुसार काम गर्नुहुन्छ, र उहाँले सामान्य मानिसहरूको वास्तविक खोजअनुसार मानिसहरूभित्र अन्तर्दृष्टि र मार्गदर्शन प्रदान गर्नहुन्छ। जब पवित्र आत्माले मानिसहरूमा काम गर्नुहुन्छ, तब उहाँले सामान्य मानिसहरूका आवश्यकताअनुसार मार्गदर्शन र अन्तर्दृष्टि प्रदान गर्नहुन्छ। उहाँले तिनीहरूका आवश्यकताअनुसार तिनीहरूका निम्ति प्रबन्ध गर्नुहुन्छ, र उहाँले तिनीहरूलाई तिनीहरूको अभावअनुसार र तिनीहरूका कमी-कमजोरीहरूका आधारमा सकारात्मक रूपले मार्गदर्शन र अन्तर्दृष्टि प्रदान गर्नहुन्छ। पवित्र आत्माको काम वास्तविक जीवनमा मानिसहरूलाई मार्गदर्शन र अन्तर्दृष्टि प्रदान गर्नु हो; यदि तिनीहरूले तिनीहरूको वास्तविक जीवनमा परमेश्‍वरका वचनहरूको अनुभव गर्छन् भने मात्र तिनीहरूले पवित्र आत्माको काम देख्न सक्छन्। यदि तिनीहरूको दैनिक जीवनमा मानिसहरू सकारात्मक अवस्थामा छन् र तिनीहरूको सामान्य आत्मिक जीवन छ भने तिनीहरूमा पवित्र आत्माको काम भएको हुन्छ। त्यस्तो अवस्थामा, जब तिनीहरूले परमेश्‍वरका वचनहरू खान्छन् र पिउँछन्, तब तिनीहरूसँग विश्‍वास हुन्छ; जब तिनीहरू प्रार्थना गर्छन्, तब तिनीहरूले प्रेरणा पाउँछन्; जब तिनीहरूले कुनै कुराको सामना गर्नुपर्ने हुन्छ, तिनीहरू निष्क्रिय बस्दैनन्; र जब घटनाहरू घट्छन्, तब तिनीहरूले ती घटनाहरूबाट जुन पाठ सिकून् भनी परमेश्‍वरले चाहनुभएको हुन्छ त्यो पाठ सिक्छन्। तिनीहरू निष्क्रिय वा कमजोर हुँदैनन्, र तिनीहरूसँग वास्तविक कठिनाइहरू भए पनि तिनीहरू परमेश्‍वरका सबै प्रबन्धहरू पालन गर्न इच्छुक हुन्छन्।

पवित्र आत्माको कामद्वारा के-कस्ता प्रभावहरू पारिएका छन्? तँ मूर्ख हुन सक्छस्, र तँ विवेकरहित हुन सक्छस्, तर पवित्र आत्माले जसरी भए पनि काम गर्नुपर्दछ र तँमा विश्‍वास हुनेछ, र तैँले सधैं परमेश्‍वरलाई पर्याप्त प्रेम गर्न नसकिने रहेछ भनी महसुस गर्नेछस्। तेरो अघि जति नै ठूलो कठिनाइ भए पनि तँ सहकार्य गर्न इच्छुक हुनेछस्। तेरा निम्ति घटनाहरू घट्नेछन् र ती परमेश्‍वरबाट आएका हुन् वा शैतानबाट त्यो तँलाई स्पष्ट हुनेछैन, तर तैँले पर्खन सक्नेछस्, र तँ न त निष्क्रिय न त लापरवाह नै हुनेछस्। यो पवित्र आत्माको सामान्य काम हो। जब पवित्र आत्माले तँभित्र काम गर्नुहुन्छ, तब तैंले अझै पनि वास्तविक कठिनाइहरूको सामना गर्नुपर्दछ: कहिले तैंले आँसु खसाल्नुपर्नेछ, र कहिले यस्ता कुराहरू हुनेछन् जसबाट पार पाउन तैँ सक्षम हुनेछैनस्, तर यो पवित्र आत्माको सामान्य कामको एउटा चरण मात्र हो। तैंले ती कठिनाइहरूबाट पार नपाएको भए पनि, र त्यस बेला तँ कमजोर र गुनासोहरूले भरिएको भए पनि, पछि गएर तँ पूर्ण विश्‍वाससहित परमेश्‍वरलाई प्रेम गर्न सक्ने भइस्। तेरो निष्क्रियताले तँलाई सामान्य अनुभवहरू प्राप्त गर्नुबाट रोक्न सक्दैन, र अरू मानिसले चाहे जे भने पनि, र अरूले तँलाई जसरी आक्रमण गरे पनि, तँ अझै परमेश्‍वरलाई प्रेम गर्न सक्षम हुन्छस्। प्रार्थनाको अवधिमा, तैंले विगतमा आफू परमेश्‍वरप्रति धेरै ऋणी भएको महसुस गर्छस्, र तैंले परमेश्‍वरलाई सन्तुष्ट पार्ने र फेरि त्यस्ता कुराहरूको सामना गर्नुपर्दा देहलाई इन्कार गर्ने दृढ् संकल्प गर्छस्। यो शक्तिले पवित्र आत्माको काम तँभित्र रहेको देखाउँदछ। यो पवित्र आत्माको कामको सामान्य अवस्था हो।

शैतानबाट आउने काम के हो? शैतानबाट आउने काममा, मानिसभित्र हुने दर्शनहरू अस्पष्ट हुन्छन्; मानिसहरू सामान्य मानवताबिनाका हुन्छन्, तिनीहरूले गर्ने कामको पछाडिका अभिप्रेरणाहरू गलत हुन्छन्, र तिनीहरूले परमेश्‍वरलाई प्रेम गर्ने इच्छा गरे पनि तिनीहरूभित्र सधैं आरोपहरू हुन्छन्, र यी आरोपहरू र विचारहरूले तिनीहरूभित्र निरन्तर हस्तक्षेप गर्छन्, र यसले तिनीहरूको जीवनको विकासलाई अवरुद्ध पार्छ र तिनीहरूलाई सामान्य अवस्थामा परमेश्‍वरको अघि आउनबाट रोक्दछ। भन्नुको तात्पर्य, मानिसहरूभित्र शैतानको काम हुनेबित्तिकै तिनीहरूको हृदय परमेश्‍वरको सामु शान्त हुँदैन। त्यस्ता मानिसहरूलाई आफूले के गर्ने भनेर थाहा हुँदैन—जब तिनीहरूले मानिसहरू भेला भएका देख्छन्, तिनीहरू भाग्न खोज्छन्, र अरूले प्रार्थना गर्दा तिनीहरू आफ्ना आँखाहरू बन्द गर्न सक्दैनन्। दुष्टात्माहरूको कामले मानिस र परमेश्‍वर बीचको सामान्य सम्बन्धलाई नष्ट पार्दछ, र मानिसहरूका पहिलेका दर्शनहरू वा तिनीहरूको पहिलेको जीवन प्रवेश मार्गलाई खल्बल्याउँछ; तिनीहरू आफ्नो हृदयमा कहिल्यै पनि परमेश्‍वरको नजिक हुन सक्दैनन्, र सधैं तिनीहरूलाई बाधा पुर्‍याउने र बन्धनमा पार्ने घटनाहरू घट्छन्। तिनीहरूका हृदयले शान्ति पाउन सक्दैनन् र तिनीहरूमा परमेश्‍वरलाई प्रेम गर्ने शक्ति हुँदैन र तिनीहरूका आत्माहरू डुबिरहेका हुन्छन्। शैतानको कामका प्रकटीकरणहरू यस्तै हुन्छन्। शैतानको कामका प्रकट रूपहरू निम्न छन्ः आफ्नो अडानमा खरो उत्रन र गवाही दिन नसक्नु जसले तँलाई यस्तो व्यक्ति बनाउँछ जो परमेश्‍वरको सामु दोषी हुन्छ र जसको परमेश्‍वरप्रति कुनै बफादारिता हुँदैन। जब शैतानले हस्तक्षेप गर्दछ, तब तैंले आफूभित्र परमेश्‍वरप्रतिको प्रेम र बफादारिता गुमाउँछस्, परमेश्‍वरसित तेरो सामान्य सम्बन्ध टुट्छ, तँ सत्यको पछि लाग्दैनस् वा तैंले आफैलाई सुधार गर्दैनस्; तँ पछि हट्छस् र निष्क्रिय बन्छस्, तँ आफैलाई सन्तुष्ट पार्नतिर लाग्छस्, तैंले पाप फैलाउने लगाम स्वतन्त्र छोड्दिन्छस् र पापलाई घृणा गर्दैनस्; यसबाहेक, शैतानको हस्तक्षेपले तँलाई दुराचारी बनाउँछ; यसले तँभित्रको परमेश्‍वरको छुवाइलाई हटाउँछ, र तँलाई परमेश्‍वरको बारेमा गुनासो गर्ने र उहाँको विरोध गर्ने बनाउँछ, र तँलाई परमेश्‍वरमा शङ्का गर्ने बनाउँछ; तैंले परमेश्‍वरलाई त्याग्ने खतरा पनि हुन्छ। यी सबै शैतानबाट आउँछ।

जब तेरो दैनिक जीवनमा तँलाई केही हुन्छ, तब तैंले त्यो पवित्र आत्माको कामबाट आएको हो वा शैतानको कामबाट आएको हो भनी कसरी छुट्ट्याउँनुपर्छ? जब मानिसहरूका अवस्था सामान्य हुन्छन्, तब तिनीहरूको आत्मिक जीवन र देहमा भएको तिनीहरूको जीवन सामान्य हुन्छ र तिनीहरूको विवेक सामान्य र व्यवस्थित हुन्छ। जब तिनीहरू यस अवस्थामा हुन्छन्, तिनीहरूले आफैमा जे अनुभव गर्छन् र जे जान्दछन् त्यसलाई सामान्य रूपमा पवित्र आत्माको छुवाइबाट आएको भन्न सकिन्छ (तिनीहरूले परमेश्‍वरको वचन खाँदा र पिउँदा अन्तर्ज्ञान प्राप्त गर्नु वा केही सरल ज्ञान हुनु, वा केही कुराहरूमा विश्‍वासयोग्य हुनु, वा केही कुराहरूमा परमेश्‍वरलाई प्रेम गर्ने सामर्थ्य हुनु—यी सबै पवित्र आत्माबाट आउँछन्)। मानिसमा हुने पवित्र आत्माको काम विशेष गरी सामान्य हुन्छ; मानिस यो महसुस गर्न असमर्थ हुन्छ, र यो मानिस आफैबाट आएको जस्तो देखिन्छ, तर यो वास्तवमा पवित्र आत्माको काम हो। दैनिक जीवनमा, पवित्र आत्माले सबैमा ठूला-साना दुवै काम गर्नुहुन्छ, यो कामको हद मात्र फरक-फरक हुन्छ। केही मानिसहरू राम्रो क्षमता भएका हुन्छन्, र तिनीहरूले चाँडै कुरा बुझ्छन्, र तिनीहरूभित्र पवित्र आत्माको अन्तर्दृष्टि विशेष महान् हुन्छ। यसैबीच, केही मानिसहरू कमजोर क्षमताका हुन्छन्, र तिनीहरूलाई कुरा बुझ्न लामो समय लाग्छ, तर पवित्र आत्माले तिनीहरूलाई भित्र छुनुहुन्छ, र तिनीहरूले पनि परमेश्‍वरप्रति बफादारिता प्राप्त गर्न सक्षम हुन्छन्—पवित्र आत्माले तिनीहरू सबैमा काम गर्नुहुन्छ जसले परमेश्‍वरलाई पछयाउँछन्। जब, दैनिक जीवनमा मानिसहरूले परमेश्‍वरको विरोध वा उहाँको विरुद्धमा विद्रोह गर्दैनन्, परमेश्‍वरको प्रबन्धसँग नमिल्दा कामहरू गर्दैनन् र परमेश्‍वरको काममा हस्तक्षेप गर्दैनन्, तब तिनीहरू प्रत्येकमा परमेश्‍वरका आत्माले धेरै वा थोरै मात्रामा काम गर्नुहुन्छ; उहाँले तिनीहरूलाई छुनुहुन्छ, तिनीहरूलाई अन्तर्दृष्टि प्रदान गर्नुहुन्छ, तिनीहरूलाई विश्‍वास दिनुहुन्छ, तिनीहरूलाई बल दिनुहुन्छ, र तिनीहरूलाई सक्रियता साथ प्रवेश गर्न प्रेरित गर्नुहुन्छ, अल्छी नुहुनु वा देहको मोजमस्तीको लालसा नगर्नु, सत्यको अभ्यास गर्न इच्छुक हुनु र परमेश्‍वरका वचनहरूको चाहना गर्नु। यी सबै त्यो काम हो जुन पवित्र आत्माबाट आउँछ।

जब मानिसहरूको अवस्था सामान्य हुँदैन, तिनीहरू पवित्र आत्माद्वारा त्यागिएका हुन्छन्; तिनीहरूको मस्तिष्कमा तिनीहरू गुनासो गर्ने प्रवृत्तिका हुन्छन्, तिनीहरूका अभिप्रेरणाहरू गलत हुन्छन्, तिनीहरू अल्छी हुन्छन्, तिनीहरू देहमा लिप्त हुन्छन्, र तिनीहरूका हृदयहरूले सत्यको विरुद्ध विद्रोह गर्दछन्। यी सबै शैतानबाट आउँछन्। जब मानिसहरूको अवस्था सामान्य हुँदैनन्, जब तिनीहरू भित्रैदेखि धुमिल हुन्छन् र आफ्नो सामान्य विवेक गुमाएका हुन्छन्, तिनीहरू पवित्र आत्माद्वारा त्यागिएका हुन्छन्, र तिनीहरूले आफूभित्र परमेश्‍वरलाई महसुस गर्न सक्दैनन्, यस बेला शैतानले तिनीहरूभित्र काम गरिरहेको हुन्छ। यदि मानिसहरूसँग आफूभित्र सधैं शक्ति भएको भए र तिनीहरूले सधैं परमेश्‍वरलाई प्रेम गरेका भए, सामान्य रूपमा जब तिनीहरूमा केही कुराहरू घटित हुन्छन् तब ती कुराहरू पवित्र आत्माबाट आउँछन्, र तिनीहरूले जस-जसलाई भेट्छन्, त्यो भेट परमेश्‍वरको प्रबन्धको परिणाम हुन्छ। यसको मतलब यो हो कि जब तँ सामान्य अवस्थामा हुन्छस्, जब तँ पवित्र आत्माको महान् कामभित्र हुन्छस्, तब शैतानले तँलाई डगमगाउन असम्भव हुन्छ। यसको आधारमा यो भन्न सकिन्छ कि सबै कुरा पवित्र आत्माबाट आउँदछ, र तँमा गलत विचारहरू भए पनि तैँले ती कुराहरूलाई त्याग्न सक्छस्, र तँ तिनका पछि लाग्दैनस्। यी सबै पवित्र आत्माको कामबाट आउँछन्। शैतानले कुन अवस्थाहरूमा हस्तक्षेप गर्छ? तेरा परिस्थितिहरू सामान्य नहुँदा, जब तँ परमेश्‍वरद्वारा छोइएको हुँदैनस् र तँ परमेश्‍वरको कामबिना हुन्छस्, जब तँ भित्रैदेखि सुक्खा र बाँझो हुन्छस्, जब तैँले परमेश्‍वरलाई प्रार्थना त गर्छस् तर केही पनि बुझ्दैनस्, र जब तैँले परमेश्‍वरका वचनहरू त खान्छस् र पिउँछस् तर अन्तर्दृष्टि वा ज्योति पाउँदैनस्, तब शैतानलाई तँभित्र काम गर्न सजिलो हुन्छ। अर्को शब्दमा भन्नुपर्दा, जब तँ पवित्र आत्माद्वारा त्यागिन्छस् र तैँले परमेश्‍वरलाई महसुस गर्न सक्दैनस्, तब तँलाई धेरै कुराहरू हुनसक्छ जुन शैतानको परीक्षाबाट आउँदछ। जब पवित्र आत्माले काम गर्नुहुन्छ, त्यो बेला शैतानले पनि सँगसँगै काम गरिरहेको हुन्छ। पवित्र आत्माले मानिसको भित्र छुनुहुन्छ, त्यही समयमा शैतानले मानिसमा हस्तक्षेप गर्दछ। तापनि, पवित्र आत्माको कामले अग्रणी स्थान ओगट्छ, र जसको अवस्था सामान्य हुन्छ, ती मानिसहरूले विजय प्राप्त गर्न सक्छन्; यो पवित्र आत्माको कामको शैतानको काममाथि भएको विजय हो। पवित्र आत्माले काम गर्नुहुँदा पनि मानिसहरूमा अझै भ्रष्ट स्वभाव रहेको हुन्छ; तापनि, पवित्र आत्माको कामको अवधिमा, मानिसहरूलाई तिनीहरूका विद्रोहीपन, अभिप्रेरणाहरू र मिलावटहरू पत्ता लगाउन र पहिचान गर्न सजिलो हुन्छ। तब मात्र, मानिसहरूले ग्लानि महसुस गर्छन् र पश्चात्ताप गर्न इच्छुक हुन्छन्। त्यसरी नै तिनीहरूका विद्रोही र भ्रष्ट स्वभावहरू परमेश्‍वरको कामभित्र क्रमै रूपले फालिँदै जान्छन्। पवित्र आत्माको काम विशेष गरी सामान्य हुन्छ; उहाँले मानिसहरूमा काम गर्नुहुँदा तिनीहरूमा अझै पनि समस्याहरू हुन्छन्, तिनीहरू अझै पनि रुन्छन्, तिनीहरू अझै पनि दु:खित हुन्छन्, तिनीहरू अझै पनि कमजोर हुन्छन् र तिनीहरूका निम्ति अझै पनि धेरै कुरा अस्पष्ट हुन्छन्, तैपनि यो अवस्थामा तिनीहरूले आफैलाई प्रत्यागमनबाट रोक्न सक्छन्, र तिनीहरूले परमेश्‍वरलाई प्रेम गर्न सक्छन्, र तिनीहरू रोए पनि अनि विचलित भए पनि, तिनीहरूले अझै पनि परमेश्‍वरको प्रशंसा गर्न सक्छन्; पवित्र आत्माको काम विशेष गरी सामान्य हुन्छ, अलिकति पनि अलौकिक हुँदैन। धेरै मानिसहरूले पवित्र आत्माले काम गर्न थाल्नेबित्तिकै मानिसको अवस्थामा परिवर्तनहरू हुन्छन् र तिनीहरूका निम्ति आवश्यक कुराहरू हटाइन्छन् भनी विश्‍वास गर्छन्। यस्ता विश्‍वासहरू गलत हुन्। जब पवित्र आत्माले मानिसभित्र काम गर्नुहुन्छ, मानिसका निष्क्रिय कुराहरू अझै पनि त्यहीँ हुन्छन् र उसको कद त्यही नै रहन्छ, तर उसले पवित्र आत्माको ज्योति र अन्तर्दृष्टि प्राप्त गर्दछ र त्यसैले उसको अवस्था धेरै सक्रिय बन्छ, ऊभित्रका अवस्थाहरू सामान्य बन्छन्, र ऊ द्रुत गतिमा परिवर्तित हुन्छ। मानिसहरूका वास्तविक अनुभवहरूमा तिनीहरूले मुख्य रूपमा कि त पवित्र आत्माको कि त शैतानको कामको अनुभव गर्छन्, र यदि तिनीहरूले यी अवस्थाहरू बुझ्न र भिन्नता छुट्याउन सक्दैनन् भने, वास्तविक अनुभवहरूमा प्रवेश गर्ने प्रश्न नै आउँदैन, स्वभावमा परिवर्तनहरू हुने कुरा त गर्दै नगरौं। यसैले, परमेश्‍वरको कामको अनुभव गर्नका लागि चाहिने मुख्य कुरा भनेको ती घटनाहरूलाई केलाएर हेर्न सक्नु हो; यसरी तिनीहरूलाई यो कुरा अनुभव गर्न सजिलो हुनेछ।

पवित्र आत्माको काम सकारात्मक प्रगति हो भने शैतानको कामचाहिं पछि हट्नु, नकारात्मकता, विद्रोहीपन, परमेश्‍वरको प्रतिरोध, परमेश्‍वरमा विश्‍वास गुमाउनु, स्तुति-गीत गाउनसमेत अनिच्छा हुनु र आफ्नो कर्तव्य पूरा गर्न अति नै कमजोर हुनु हो। पवित्र आत्माको अन्तर्दृष्टिबाट उत्पन्न हुने सबै कुरा स्वाभाविक हुन्छ; यसमा तँलाई बाध्य पारिंदैन। यदि तैंले यसलाई अनुसरण गरिस् भने, तैंले शान्ति पाउनेछस्; यदि तैँले अनुसरण गरिनस् भने, पछि तँलाई गाली गरिनेछ। पवित्र आत्माको अन्तर्दृष्टिको साथमा तैंले गर्ने कुनै पनि कुरामा हस्तक्षेप वा बाधा हुनेछैन; तँ स्वतन्त्र हुनेछस्, त्यहाँ तेरा व्यवहारहरू अभ्यास गर्ने एउटा मार्ग हुनेछ, र तँ कुनै रोकावटको अधीनमा हुँनेछैनस्, बरु तँ परमेश्‍वरको इच्छाअनुसार काम गर्न सक्षम हुनेछस्। शैतानको कामले तँलाई धेरै कुराहरूमा हस्तक्षेप गर्छ; यसले तँलाई प्रार्थना गर्न अनिच्छुक बनाउँछ, परमेश्‍वरका वचनहरू खान र पिउन धेरै अल्छी बनाउँछ, र मण्डलीको जीवन जिउन नचाहने बनाउँछ, र यसले तँलाई आत्मिक जीवनप्रति उदासिन बनाउँछ। पवित्र आत्माको कामले तेरो दैनिक जीवनमा हस्तक्षेप गर्दैन र तेरो सामान्य आत्मिक जीवनमा हस्तक्षेप गर्दैन। तैंले धेरैवटा कुराहरू घटित हुँदा त्यति नै बेला तिनलाई बुझ्न सक्दैनस्, तैपनि केही दिनपछि तेरो हृदय अझ उज्यालो हुन्छ अनि तेरो मन थप स्पष्ट हुन्छ। तैँले आत्माका केही कुराहरू बुझ्न थाल्छस्, र बिस्तारै कुनै विचार परमेश्‍वरबाट आएको हो कि शैतानबाट आएको हो सो बुझ्न‍ सक्छस्। केही कुराहरूले तँलाई स्पष्ट रूपमा परमेश्‍वरको विरोध गर्ने र परमेश्‍वरविरुद्ध विद्रोह गर्ने बनाउँछन्, वा परमेश्‍वरका वचनहरू व्यवहारमा प्रयोग गर्नबाट रोक्छन्; यी सबै कुराहरू शैतानबाट आएका हुन्। केही कुराहरू स्पष्ट हुँदैनन्, र तैंले ती के हुन् भनी त्यति नै बेला भन्न सक्दैनस्; पछि तँ तिनका प्रकट रूपहरू देख्न सक्छस्, र त्यसपछि विवेक लगाउन सक्छस्। यदि तैँले शैतानबाट आउने र पवित्र आत्माद्वारा निर्देशित कुराहरूलाई स्पष्टसँग छुट्याउन सक्छस् भने तेरा अनुभवहरूमा तँलाई सजिलै गलत बाटोमा डोर्याउन सकिने छैन। कहिलेकहीं, जब तेरो अवस्था राम्रो हुँदैन, त्यस बेला तँमा केही विचारहरू आउँछन् जसले तँलाई तेरो निष्क्रिय अवस्थाबाट बाहिर निकाल्छन्। यसले देखाउँछ कि तेरो अवस्था प्रतिकूल हुँदा पनि तेरा केही विचारहरू पवित्र आत्माबाट आउन सक्छन्। जब तँ निष्क्रिय हुन्छस् तब तेरा सबै विचारहरू शैतानद्वारा पठाइएको हुन्छ भन्ने अवस्था पनि होइन; यदि त्यो सत्य हुन्थ्यो भने तँ कहिले सकारात्मक अवस्थामा रूपान्तरित हुन सक्षम हुनेथिइस्? केही समयसम्म निष्क्रिय भएपछि पवित्र आत्माले तँलाई सिद्ध बन्ने मौका दिनुहुन्छ; उहाँले तँलाई छुनुहुन्छ र तँलाई तेरो निष्क्रिय अवस्थाबाट बाहिर निकाल्नुहुन्छ।

पवित्र आत्माको काम के हो र शैतानको काम के हो भनी जानेपछि तैंले यिनलाई आफ्ना अनुभवहरूको अवधिमा तेरो आफ्नै अवस्थासँग तुलना गर्न सक्छस्, र तेरा आफ्नै अनुभवहरूसँग तुलना गर्न सक्छस्, र यसरी तेरा अनुभवहरूमा भएका सिद्धान्तहरूसित सम्बन्धित धेरैवटा सत्यताहरू हुनेछन्। सिद्धान्तको बारेमा यी सत्यताहरू बुझिसकेपछि, तँ आफ्नो वास्तविक अवस्थामा निपुण हुन सक्नेछस्, तैँले मानिसहरू र घटनाहरूबीच भिन्नता छुट्ट्याउन सक्नेछस्, र तैंले पवित्र आत्माको काम प्राप्त गर्न यति धेरै प्रयास लगाउनुपर्नेछैन। अवश्य पनि यो कुरा तेरो सही हुने अभिप्रेरणामा अनि तेरो खोज र अभ्यास गर्ने इच्छामा निर्भर गर्दछ। यो जस्तो भाषा—सिद्धान्तहरूसँग सम्बन्धित भाषा—तेरा अनुभवहरूमा मुख्य रूपमा देखिनुपर्छ। योबिना तेरा अनुभवहरू शैतान र मूर्ख ज्ञानको हस्तक्षेपले भरिएको हुनेछ। यदि तैंले पवित्र आत्माले कसरी काम गर्नुहुन्छ भन्ने कुरा बुझ्दैनस् भने तैंले कसरी प्रवेश गर्ने भनी बुझ्दैनस्, र यदि तैंले शैतानले कसरी काम गर्छ भनी बुझ्दैनस् भने, तैंले आफूले चाल्ने प्रत्येक कदममा कसरी होसियार हुनुपर्छ भनी बुझ्दैनस्। पवित्र आत्माले कसरी काम गर्नुहुन्छ र शैतानले कसरी काम गर्छ भन्ने दुवै कुरा मानिसहरूले बुझ्नुपर्दछ; यी दुवै मानिसहरूका अनुभवहरूको अत्यावश्यक भाग हुन्।

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्