“सहस्राब्दीय राज्यको आगमन भएको छ” भन्ने विषयमा संक्षिप्त चर्चा

तिमीहरू एक हजार वर्षे राज्यको दर्शनको बारेमा के सोच्छौ? केही मानिसहरू यस विषयमा धेरै सोच्छन्, र तिनीहरू भन्छन्, “एक हजार वर्षे राज्य पृथ्वीमा एक हजार वर्षसम्म रहनेछ, यसैले यदि मण्डलीका पाको उमेरका सदस्यहरू अविवाहित हुन्छन् भने, के उनीहरूले विवाह गर्नुपर्छ? मेरो परिवारसँग पैसा छैन, के मैले पैसा कमाउन थाल्नुपर्छ? …” एक हजार वर्षे राज्य भनेको के हो? के तिमीहरूलाई थाहा छ? मानिसहरू अबुझ छन् र ठूलो परीक्षाको सामना गर्छन्। वास्तवमा, एक हजार वर्षे राज्य औपचारिक रूपमा आउन अझै बाँकी नै छ। मानिसहरूलाई सिद्ध बनाउने चरणमा हजार वर्षे राज्य एक भागदौड़ मात्र हो; परमेश्‍वरले भन्नुभएको एक हजार वर्षे राज्यको समयमा मानिस सिद्ध बनाइएको हुनेछ। यसभन्दा पहिले, मानिसहरू सन्तहरू जस्तै हुनेछन् र सिनिमको देशमा दह्रिलो गरी खडा हुनेछन् भनेर भनिएको थियो। मानिसहरू सिद्ध बनाइसकेपछि मात्र—जब तिनीहरू परमेश्‍वरले बोल्नुभएको सन्तहरू बन्छन्—तब एक हजार वर्षे राज्य आएको हुनेछ। जब परमेश्‍वरले मानिसहरूलाई सिद्ध बनाउनुहुन्छ, र उहाँले तिनीहरूलाई शुद्ध बनाउनुहुन्छ, अनि तिनीहरू जति धेरै शुद्ध बन्छन् परमेश्‍वरद्वारा, तिनीहरूलाई उत्ति नै बढी सिद्ध बनाइन्छन्। जब तिमी भित्रका अशुद्धता, विद्रोहीपन, विरोध र देहका कुराहरू हटाइन्छन्, जब तिमी शुद्ध पारिएको हुन्छौ, तब तिमी परमेश्‍वरद्वारा प्रेम गरिएको हुनेछौ (अर्को शब्दमा भन्नुपर्दा, तिमी सन्त हुनेछौ); जब तिमी परमेश्‍वरद्वारा सिद्ध पारिएको र एक सन्त बनेको हुन्छौ, तिमी एक हजार वर्षे राज्यमा हुनेछौ। अहिले नै राज्यको युग हो। एक हजार वर्षे राज्यको युगमा मानिसहरू जिउनका निम्ति परमेश्‍वरको वचनमा भर पर्नेछन्, अनि सबै जातिहरू परमेश्‍वरको नाउँमुनि आउनेछन्, अनि सबैले परमेश्‍वरका वचनहरू पढनेछन्। त्यो समयमा, कसैले टेलिफोनद्वारा, कसैले फ्याक्सद्वारा बोलाउनेछन् … तिनीहरू परमेश्‍वरको वचनहरूका पहुँच प्राप्त गर्न सबै साधनहरू प्रयोग गर्नेछन्, अनि तिमीहरू पनि परमेश्‍वरका वचनहरूमा आउनेछौ। यी सबै कुरा मानिसहरू सिद्ध बनाइएपछि हुने कुरा हुन्। आज, मानिसहरूलाई शोधन गरिन्छ, शुद्ध पारिन्छन्, ज्ञान दिइन्छ, र वचनहरूद्वारा डोऱ्याइन्छन्; यो राज्यको युग हो। यो मानिसहरू सिद्ध भइरहेको चरण हो, र एक हजार वर्षे राज्यको युगसँग यसको कुनै सम्बन्ध छैन। एक हजार वर्षे राज्यको अवधिमा, मानिसहरू अघिबाटै सिद्ध पारिएका हुन्छन् र तिनीहरूभित्र भएका भ्रष्ट स्वभावहरू शुद्ध पारिएको हुनेछ। त्यस बेला, परमेश्‍वरद्वारा बोलिएको वचनले मानिसहरूलाई एक-एक चरण गर्दै डोऱ्याउनेछ, र सृष्टिको समयदेखि अहिलेसम्मका परमेश्‍वरको कामका सबै रहस्यहरू प्रकट गर्नेछ, अनि उहाँका वचनहरूले मानिसहरूलाई प्रत्येक युगमा र प्रत्येक दिन परमेश्‍वरका कामहरूको बारेमा बताउनेछन्, उहाँले कसरी मानिसहरूलाई भित्रबाट डोऱ्याउनुहुन्छ, उहाँले आत्मिक क्षेत्रमा गर्नुहुने कामहरू र तिनीहरूलाई आत्मिक क्षेत्रका गतिशीलता बताउनेछ। तब मात्र यो साँच्चै वचनको युग हुनेछ; अहिले यो भागदौड़ स्थितिमा छ। यदि मानिसहरूलाई सिद्ध र शुद्ध बनाइएन भने, तिनीहरूका निम्ति पृथ्वीमा एक हजार वर्ष जिउने कुनै उपाय हुनेछैन, र तिनीहरूका शरीर अनिवार्य रूपमा कुहिनेछन्; यदि मानिसहरू भित्रबाट शुद्ध हुन्छन् र तिनीहरू शैतान र देहको अधीनमा हुँदैनन्, भने तब तिनीहरू पृथ्वीमा जीवित रहनेछन्। यस चरणमा तिमी अबुझ हुन्छौ, अनि तिमीहरू परमेश्‍वरलाई प्रेम गरेको अनुभव गर्नेछौ अनि यस पृथ्वीमा जिउँदा प्रत्येक दिन उहाँको साक्षी दिनेछौ।

“सहस्राब्दीय राज्यको आगमन भएको छ” भन्ने भनाइ एउटा अगमवाणी हो, यो अगमवक्ताको भविष्यवाणी जस्तो हो, जसमा परमेश्‍वरले भविष्यमा के हुनेछ भनी अगमवाणीहरू गर्नुहुन्छ। परमेश्‍वरले भविष्यमा बोल्नुहुने वचनहरू र उहाँले आज बोल्नुहुने वचनहरू एउटै होइनन्: भविष्यका वचनहरूले युगलाई डोऱ्याउनेछ, अनि उहाँले आज बोल्नुहुने वचनहरूले मानिसहरूलाई सिद्ध पार्दछ, तिनीहरूलाई शोधन गर्दछ, र तिनीहरूलाई निराकरण गर्दछ। भविष्यको वचनको युग आजको वचनको युगभन्दा फरक छ। आज, परमेश्‍वर जुनसुकै माध्यमबाट बोल्नुभए पनि—उहाँद्वारा बोलिएका सबै वचनहरू मानिसलाई सिद्ध बनाउन, तिनीहरूभित्र भएका फोहोरलाई शुद्ध पार्न, तिनीहरूलाई पवित्र बनाउन र परमेश्‍वरको सामु तिनीहरूलाई धर्मी बनाउनका निम्ति हुन्छ। आज बोलिएका वचनहरू, अनि भविष्यमा बोलिने वचनहरू दुई अलग कुराहरू हुन्। राज्यको युगमा बोलिने वचनहरू मानिसहरूलाई सबै तालिममा प्रवेश गराउन, मानिसहरूलाई सबै कुरामा सही बाटोमा ल्याउन, तिनीहरूभित्र भएका सबै अशुद्ध कुराहरू हटाउनका निम्ति हुन्। यो युगमा परमेश्‍वरले यस्तै गर्नुहुन्छ। उहाँले प्रत्येक व्यक्तिमा उहाँका वचनहरूको जग बनाउनुहुन्छ, उहाँले आफ्ना वचनहरूलाई प्रत्येक व्यक्तिको जीवन बनाउनुहुन्छ, अनि उहाँले तिनीहरूभित्र अन्तर्दृष्टि दिन र डोऱ्याउन निरन्तर उहाँको वचन प्रयोग गर्नुहुन्छ। अनि जब तिनीहरूले परमेश्‍वरको इच्छालाई ध्यान दिँदैनन्, तिनीहरूको निन्दा गर्न र तिनीहरूलाई अनुशासन गर्न परमेश्‍वरको वचन तिनीहरूभित्र हुनेछ। आजका वचनहरू मानिसको जीवन हुनुपर्छ; तिनले मानिसलाई चाहिने सबै थोक सोझै जुटाउँछन्, तिमीभित्र जुन कमी छ ती सबै परमेश्‍वरको वचनद्वारा जुटाइन्छ, अनि परमेश्‍वरका वचन ग्रहण गर्ने सबैलाई उहाँको वचन खाएर अनि पिएर अन्तर्दृष्टि दिन्छन्। परमेश्‍वरले भविष्यमा बोल्नुहुने वचनले सारा ब्रह्माण्डका मानिसहरूलाई डोऱ्याउँछ; आज, यी वचनहरू चीनमा मात्र बोलिन्छन्, र तिनले सारा ब्रह्माण्डभरि बोलिएको वचनको प्रतिनिधित्व गर्दैनन्। एक हजार वर्षे राज्य आएपछि मात्र परमेश्‍वर सम्पूर्ण ब्रह्माण्डसँग बोल्नुहुनेछ। यो जान्नुहोस् कि परमेश्‍वरले आज बोल्नुहुने वचनहरू मानिसहरूलाई सिद्ध बनाउनका निम्ति हुन्; परमेश्‍वरले यो चरणमा बोल्नुभएका वचनहरू मानिसहरूका खाँचोहरू पूरा गर्नका निम्ति हुन्, तिमीलाई परमेश्‍वरका रहस्यहरू जान्न वा आश्‍चर्यकर्महरू देख्न दिनका निम्ति होइन। मानिसहरूका खाँचोहरू पूरा गर्न उहाँ धेरै माध्यमद्वारा बोल्नुहुन्छ। एक हजार वर्षे राज्यको युग आउन अझै बाँकी नै छ—जुन एक हजार वर्षे राज्यको कुरा गरिएको छ त्यो परमेश्‍वरको महिमाको दिन हो। यहूदियामा येशूको काम समाप्त भएपछि परमेश्‍वरले उहाँको काम चीन देशमा सार्नुभएको छ र अर्को योजना बनाउनुभएको छ। उहाँले तिमीहरूमा उहाँको कामको अर्को भाग गर्नुहुन्छ, उहाँले वचनद्वारा मानिसहरूलाई सिद्ध बनाउने काम गर्नुहुन्छ, अनि मानिसहरूलाई कष्ट भोगून् साथै परमेश्‍वरको धेरै अनुग्रह प्राप्त गरून् भनी उहाँले आफ्नो वचन प्रयोग गर्नुहुन्छ। यो चरणको कामले विजेताहरूको झुन्ड सृजना गर्नेछ, र उहाँले विजेताहरूको झुन्ड बनाउनुभएपछि, तिनीहरूले उहाँको कार्यहरूको साक्षी दिन सक्नेछन्, तिनीहरू वास्तविकता जियाउन सक्नेछन्, र वास्तवमा तिनीहरूले उहाँलाई सन्तुष्ट पार्नेछन् र मृत्युसम्मै उहाँप्रति विश्‍वासयोग्य रहनेछन्, अनि यसरी परमेश्‍वरले महिमा प्राप्त गर्नुहुनेछ। जब परमेश्‍वरले महिमा प्राप्त गर्नुहुन्छ—अर्थात् जब उहाँले मानिसहरूको यो झुन्डलाई सिद्ध बनाउनुहुन्छ—त्यो एक हजार वर्षे राज्यको युग हुनेछ।

येशू साढे तेत्तीस वर्षसम्म पृथ्वीमा हुनुहुन्थ्यो, उहाँ क्रूसमा क्रूसीकरणको काम गर्न आउनुभयो, अनि क्रूसीकरणद्वारा परमेश्‍वरले उहाँको महिमाको एक भाग प्राप्त गर्नुभयो। जब परमेश्‍वर शरीरमा आउनुभयो, उहाँ नम्र र गुप्त रहन सक्नुभयो, र अथाह कष्ट सहन सक्नुभयो। यद्यपि उहाँ परमेश्‍वर स्वयम् हुनुहुन्थ्यो, छुटकाराको काम पूरा गर्नलाई उहाँले अझै हरेक अपमान र हरेक गिल्ला सहनुभयो, अनि क्रूसमा कीला ठोकिएर ठूलो कष्ट भोग्नुभयो। यो चरणको काम पूरा भएपछि, मानिसहरूले परमेश्‍वरको ठूलो महिमा भएको देखे पनि, त्यो नै उहाँको सम्पूर्ण महिमा थिएन; त्यो उहाँको महिमाको एक भाग मात्र थियो, जुन उहाँले येशूबाट प्राप्त गर्नुभएको थियो। येशूले हरेक कठिनाइ सहन, नम्र र गुप्त हुन, परमेश्‍वरका निम्ति क्रूसमा टाँगिन सक्नुभए पनि, परमेश्‍वरले उहाँको महिमाको एक भाग मात्र प्राप्त गर्नुभयो, र उहाँको महिमा इस्राएलमा प्राप्त भएको थियो। परमेश्‍वरको महिमाको अझै अर्को भाग छ: व्यावहारिक रूपमा काम गर्न र मानिसहरूको एउटा झुन्ड सिद्ध बनाउन पृथ्वीमा आउने काम। येशूको कामको चरणको अवधिमा उहाँले केही अलौकिक कुराहरू गर्नुभयो, तर त्यो चरणको काम कुनै पनि किसिमले चिह्न र चमत्कारहरू गर्नका निम्ति थिएन। त्यो मुख्य रूपले येशूले दुःख भोग्न सक्नुहुन्छ, र परमेश्‍वरका निम्ति क्रूसमा टाँगिन सक्नुहुन्छ, येशू उहाँले परमेश्‍वरलाई प्रेम गर्नुभएको कारणले अथाह कष्ट भोग्न सक्षम हुनुहुन्थ्यो, र परमेश्‍वरले उहाँलाई त्याग्नुभए पनि, उहाँ अझै पनि परमेश्‍वरको इच्छा पूरा गर्न उहाँको जीवन बलिदान गर्न इच्छुक हुनुहुन्थ्यो भनी देखाउनका निम्ति थियो। परमेश्‍वरले इस्राएलमा उहाँको काम पूरा गर्नुभएपछि र येशूलाई क्रूसमा कीला ठोकिएपछि, परमेश्‍वरले महिमा प्राप्त गर्नुभएको थियो, अनि परमेश्‍वरले शैतानको सामु साक्षी दिनुभएको थियो। परमेश्‍वर कसरी चीनमा देह बन्नुभएको छ भन्ने कुरा तिमीहरूले न त जानेका छौ न देखेका छौ, यसैकारण परमेश्‍वरले महिमा प्राप्त गर्नुभएको छ भनेर तिमीहरू कसरी देख्न सक्छौ र? जब परमेश्‍वरले तिमीहरूमा विजयको धेरै काम गर्नुहुन्छ, र तिमीहरू दह्रो भई खडा हुन्छौ, तब यो चरणको परमेश्‍वरको काम सफल हुन्छ, र यो परमेश्‍वरको महिमाको भाग हो। तिमीहरू यो मात्र देख्छौ, अनि तिमीहरू परमेश्‍वरद्वारा सिद्ध बनाइनु बाँकी नै छ, तिमीहरूले आफ्नो हृदय पूर्ण रूपले परमेश्‍वरलाई दिनु बाँकी नै छ। तिमीहरूले यो महिमा पूर्ण रूपमा देख्नु बाँकी नै छ; तिमीहरू परमेश्‍वरले तिमीहरूका हृदय अघिबाटै जित्नुभएको मात्र देख्छौ, तिमीहरू उहाँलाई कहिल्यै पनि छोड्न सक्दैनौं, अनि आखिरीसम्म परमेश्‍वरलाई पछ्याउनेछौ र तिमीहरूका हृदय परिवर्तन हुनेछैनौ, अनि यही नै परमेश्‍वरको महिमा हो। तिमी कुन कुरामा परमेश्‍वरको महिमा देख्छौ? मानिसहरूमा भएको उहाँको कामका प्रभावहरूमा। मानिसहरू परमेश्‍वर अति प्रेमिलो हुनुहुन्छ भनी देख्छन्, तिनीहरूका हृदयमा परमेश्‍वर हुनुहुन्छ, र उहाँलाई छोड्न तयार हुँदैनन्, अनि यो परमेश्‍वरको महिमा हो। जब मण्डलीहरूका दाजुभाइ र दिदी-बहिनीहरूको शक्ति बढ्छ, र तिनीहरूले परमेश्‍वरलाई हृदयबाटै प्रेम गर्न सक्छन्, परमेश्‍वरले गर्नुभएको कामको सर्वोच्च पराक्रम, उहाँका वचनहरूको अतुलनीय शक्ति देख्छन्, जब तिनीहरू उहाँको वचनमा अधिकार भएको देख्छन्, अनि उहाँले चीन देशको भुतिया सहरमा उहाँको काम सुरु गर्न सक्नुभएको देख्छन्, जब मानिसहरू कमजोर भए पनि, तिनीहरूका हृदयहरू परमेश्‍वरको सामु झुक्छन्, र तिनीहरू परमेश्‍वरका वचनहरू ग्रहण गर्न इच्छुक बन्छन्, अनि जब, तिनीहरू कमजोर र अयोग्य भए पनि परमेश्‍वरका वचनहरू प्रेमिलो र तिनीहरूका कदरको योग्यका भएको देख्न सक्छन्, तब त्यो परमेश्‍वरको महिमा हो। जब त्यो दिन आउँछ, जुन बेला मानिसहरू परमेश्‍वरद्वारा सिद्ध बनाइन्छन्, र उहाँको अघि समर्पित हुन र परमेश्‍वरको आज्ञा पूर्ण रूपमा पालन गर्न सक्छन्, र तिनीहरूका सम्भावनाहरू र भाग्यलाई परमेश्‍वरको हातमा दिन सक्छन्, त्यस बेला परमेश्‍वरको महिमाको दोस्रो भाग पूर्ण रूपले प्राप्त भएको हुनेछ। भन्नुको अर्थ, जब व्यावहारिक परमेश्‍वरको काम पूर्णरूपमा समाप्त हुन्छ, त्यसबेला चीन देशमा उहाँको काम समाप्त हुनेछ। अर्को शब्दमा भन्नुपर्दा, परमेश्‍वरद्वारा अघिबाटै नियुक्त गरिएका र चुनिएकाहरू सिद्ध बनाइएका हुन्छन्, तब परमेश्‍वरले महिमा प्राप्त गर्नुभएको हुनेछ। परमेश्‍वरले भन्नुभयो कि उहाँले आफ्नो महिमाको दोस्रो भाग पूर्वमा ल्याउनुभएको छ, तापनि नाङ्गो आँखाले यो देख्न सकिँदैन। परमेश्‍वरले उहाँको काम पूर्वमा ल्याउनुभएको छ; उहाँ अघिबाटै पूर्वमा आउनुभएको छ, र यो परमेश्‍वरको महिमा हो। आज, उहाँको काम पूरा हुन बाँकी भए पनि, परमेश्‍वरले काम गर्ने निर्णय गर्नुभएकोले, यो निश्चय नै पूरा गरिनेछ। परमेश्‍वरले आफैले यो काम चीनमा पूरा गर्ने निर्णय गर्नुभएको छ, अनि उहाँले तिमीहरूलाई पूर्ण बनाउने संकल्प गर्नुभएको छ। यसैले, उहाँले तिमीहरूलाई उम्कने बाटो दिनुहुन्न-उहाँले अघिबाटै तिमीहरूका हृदय जितिसक्नुभएको छ, अनि तिमीहरूले चाहे पनि वा नचाहे पनि तिमीहरू अघि बढ्नुपर्छ, अनि जब तिमीहरू परमेश्‍वरद्वारा प्राप्त गरिन्छौ, तब परमेश्‍वरले महिमा प्राप्त गर्नुहुन्छ। आज, परमेश्‍वरले पूर्ण महिमा प्राप्त गर्नु बाँकी नै छ, किनकि तिमीहरू पूर्ण रूपमा सिद्ध बनाइनु बाँकी नै छ। तिमीहरूका हृदय परमेश्‍वरतिर फर्केका भए तापनि, तिमीहरूका शरीरमा अझ पनि धेरै कमजोरीहरू छन्, तिमीहरू परमेश्‍वरलाई सन्तुष्ट पार्न असक्षम छौ, तिमीहरू परमेश्‍वरको इच्छामा ध्यान दिन असक्षम छौ, अनि तिमीहरूमा धेरै नकारात्मक कुराहरू बाँकी नै छन्, जसबाट तिमीहरूले छुटकारा पाउनुपर्छ र तिमीहरू अझै पनि धेरै परीक्षाहरू र शोधनहरूबाट भएर जान बाँकी नै छ। त्यसरी मात्र तिमीहरूको जीवनका स्वभावहरू बदलिन सक्छन् र तिमीहरू परमेश्‍वरद्वारा प्राप्त गरिन सक्छौ।

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्