सिद्ध बनाइनुपर्नेहरू शोधनको प्रक्रियाबाट भएर जानैपर्छ (भाग एक)

यदि तँ परमेश्‍वरमा विश्‍वास गर्छस् भने तैँले परमेश्‍वरको आज्ञापालन गर्नैपर्छ, सत्यतालाई व्यवहारमा देखाउनुपर्छ र तेरा सबै कर्तव्यहरू पूरा गर्नैपर्छ। त्यसबाहेक, तैँले अनुभव गर्नुपर्ने कुराहरू तैँले बुझ्नुपर्छ। यदि तँ निराकरण गरिएको, अनुशासित गरिएको र न्याय गरिएको मात्र अनुभव गर्छस् भने, यदि तँ परमेश्‍वरमा आनन्दित हुन मात्र सक्षम छस्, तर परमेश्‍वरले तँलाई अनुशासन वा निराकरण गरिरहनुहुँदा त्यो महसुस गर्न सक्दैनस् भने यो स्वीकारयोग्य हुँदैन। सायद शोधनको यो उदाहरणमा तँ आफ्नो भूमिमा खडा हुन सक्छस्, तर अझै पनि यो पर्याप्त हुँदैन; तँ अझै अगाडि बढ्दै जानुपर्छ। परमेश्‍वरलाई प्रेम गर्ने पाठ कहिल्यै पनि रोकिँदैन र यसको कुनै अन्त्य छैन। मानिसहरू परमेश्‍वरलाई विश्‍वास गर्ने कुरालाई अति नै साधारण कुरा मान्छन्, तर एकचोटि तिनीहरूले केही व्यावहारिक अनुभव प्राप्त गरेपछि परमेश्‍वरमा विश्‍वास गर्नु मानिसहरूले कल्पना गरेजस्तो सरल नभएको तिनीहरू थाहा पाउँछन्। जब परमेश्‍वरले मानिसलाई शुद्ध पार्ने काम गर्नुहुन्छ, तब मानिसले दुःख भोग्छ। कुनै व्यक्तिलाई शोधन गर्ने काम जति ठूलो हुन्छ तिनीहरूको परमेश्‍वरप्रतिको प्रेम त्यत्ति नै ठूलो हुनेछ, अनि तिनीहरूमा परमेश्‍वरको शक्ति त्यति नै बढी प्रकट गरिनेछ। यसको विपरीत, व्यक्तिले जति कम शोधन प्राप्त गर्छ, परमेश्‍वरप्रति तिनीहरूको प्रेम त्यत्ति नै कम बढ्छ, अनि तिनीहरूमा परमेश्‍वरको शक्ति त्यति नै कम प्रकट हुनेछ। त्यस्तो व्यक्तिको शोधन र पीडा जति ठूलो हुन्छ, तिनीहरूले उत्ति नै बढी यातना अनुभव गर्नेछन्, तिनीहरूको परमेश्‍वरप्रतिको प्रेम त्यति नै गहिरो भएर बढ्नेछ, परमेश्‍वरमाथिको तिनीहरूको विश्‍वास उत्ति नै साँचो बन्नेछ, र परमेश्‍वरको बारेमा तिनीहरूको ज्ञान अझ गहन हुनेछ। तेरा अनुभवहरूमा तैँले शोधन प्राप्त गर्दै गरेका, निराकरण गरिएका र धेरै अनुशासनमा राखिएका मानिसहरूले धेरै ठूलो दुःख पाइरहेको देख्‍नेछस्, अनि तँ ती मानिसहरूमा नै परमेश्‍वरप्रति गहिरो प्रेम र परमेश्‍वरको अझ गहिरो र भेदकारी ज्ञान छ भन्‍ने देख्‍नेछस्। तिनीहरू जसले निराकरण गरिएको अनुभव गरेका हुँदैनन् तिनीहरूमा सतही ज्ञान मात्र हुन्छ, तिनीहरू यसो मात्र भन्न सक्छन्: “परमेश्‍वर भलो हुनुहुन्छ, मानिसहरूले उहाँबाट आनन्द पाऊन् भनी उहाँले अनुग्रह प्रदान गर्नुहुन्छ।” यदि मानिसहरूले निराकरण गरिएको र अनुशासनमा राखिएको अनुभव गरेका छन् भने तिनीहरू परमेश्‍वरको साँचो ज्ञानको विषयमा बोल्न सक्छन्। यसरी परमेश्‍वरले मानिसभित्र गर्नुहुने काम जति अचम्मको हुन्छ, त्यो त्यत्ति नै मूल्यवान् र महत्त्वपूर्ण हुन्छ। यो तेरो निम्ति जति धेरै अभेद्य र तेरो धारणासँग जति धेरै अमिल्दो छ, परमेश्‍वरको कामले तँलाई जित्न, र तँलाई हासिल गर्न र तँलाई सिद्ध बनाउन त्यति नै सक्षम हुन्छ। परमेश्‍वरको कामको कति ठूलो महत्त्व छ! यदि परमेश्‍वरले मानिसलाई यस्तो प्रकारले शोधन गर्नुभएन भने, यदि उहाँले यस तरिकाले काम गर्नुभएन भने उहाँको काम प्रभावहीन र महत्त्वहीन हुनेथियो। विगतमा भनिएको थियो, कि परमेश्‍वरले यो झुन्ड चुन्नुहुनेछ र प्राप्त गर्नुहुनेछ, र आखिरी दिनहरूमा तिनीहरूलाई पूर्ण बनाउनुहुनेछ; यसैमा असाधारण महत्त्व छ। उहाँले तँभित्र जति ठूलो काम गर्नुहुन्छ, उहाँप्रतिको तिमीहरूको प्रेम त्यत्ति नै गहिरो र शुद्ध हुन्छ। परमेश्‍वरको काम जति ठूलो हुन्छ त्यत्ति नै बढी मानिसले उहाँको बुद्धिको केही कुरा बुझ्न सक्छ र उहाँको विषयमा मानिसको ज्ञान अझ गहिरो बन्छ। आखिरी दिनहरूमा व्यवस्थापनका निम्ति परमेश्‍वरको योजनाको छ हजार वर्ष समाप्त हुनेछ। के यो साँच्चै सजिलै समाप्त हुन सक्छ? उहाँले मानव जातिलाई जित्नुभएपछि, के उहाँको काम सकिनेछ? के यो त्यत्ति सरल हुन सक्छ? वास्तवमा नै मानिसहरू यो त्यस्तै सरल छ भनी कल्पना गर्छन्, तर परमेश्‍वरले जे गर्नुहुन्छ त्यो त्यत्ति साधारण हुँदैन। तैँले परमेश्‍वरको कामको जुनै भाग उल्लेख गर्न चाहे पनि ती सब मानिसका निम्ति बुझ्न नसकिने छ। यदि तैँले त्यो बुझ्न सक्थिस् भने, परमेश्‍वरको काम महत्त्व वा मूल्यविनाको हुनेथियो। परमेश्‍वरले गर्नुभएको काम बुझ्न नसकिने छ; यो तेरा विचारहरूभन्दा पूर्ण रूपमा विपरीत छ, अनि यो तेरा विचारहरूसँग अझ बढी अमिल्दो हुन्छ त्यत्ति नै बढी त्यसले परमेश्‍वरको काम अर्थपूर्ण छ भनी देखाउँछ; यदि यो तेरा विचारहरूसँग मिल्दो थियो भने त्यो अर्थहीन हुनेथियो। आज तँ परमेश्‍वरको काम कति अचम्मको छ भनी महसुस गर्छस्, अनि तँ यसलाई जति बढी अचम्मको महसुस गर्छस्, तँ जति बढी परमेश्‍वर बुझ्न नसकिने हुनुहुन्छ भन्‍ने महसुस गर्छस्, परमेश्‍वरका कामहरू त्यति नै महान् छन् भनी देख्‍नेछस्। यदि उहाँले मानिसलाई जित्न केही सतही र लापरवाही काम गर्नुभयो र त्यसपछि केही पनि गर्नुभएन भने मानिस परमेश्‍वरको कामको महत्त्व देख्न असक्षम बन्‍नेथियो। तैँले अहिले थोरै शोधन प्राप्त गरिरहेको भए पनि, त्यो जीवनमा तेरो वृद्धिका निम्ति ठूलो फाइदाको छ; यसैले तिमीहरू यस्ता कठिनाइहरूबाट भएर जानु अत्यावश्यक छ। आज, तैँले थोरै शोधन प्राप्त गर्दैछस्, तर पछिबाट तैँले साँच्चै परमेश्‍वरका कामहरू देख्न सक्‍नेछस्, अनि अन्त्यमा तैँले भन्‍नेछस्: “परमेश्‍वरका कामहरू अति अचम्मका छन्!” यी तेरा हृदयमा भएका वचनहरू हुनेछन्। केही समयसम्म परमेश्‍वरको शोधनको अनुभव गरिसकेपछि (सेवाकर्ताको जाँच र सजायको समय), केही मानिसहरूले आखिरीमा भने: “परमेश्‍वरमा विश्‍वास गर्नु साँच्चै कठिन छ!” तिनीहरूले प्रयोग गरेको “साँच्चै कठिन” भन्‍ने शब्दले परमेश्‍वरका कामहरू बुझ्न नसकिने छन्, अनि परमेश्‍वरको कामको ठूलो महत्त्व र मूल्य छ, साथै मानिसले उहाँको कामलाई मूल्यवान् ठानेर जोगाइराख्नुपर्छ भन्‍ने देखाउँछ। यदि, मैले धेरै काम गरिसकेपछि पनि तँमा अलिकति पनि ज्ञान थिएन भने के मेरो कामको अझै कुनै महत्त्व हुन सक्थ्यो? यसले तँलाई यसो भन्ने बनाउँछ: “परमेश्‍वरको सेवा गर्नु साँच्चै कठिन छ, परमेश्‍वरका कामहरू अति अचम्मका छन्, अनि परमेश्‍वर वास्तवमै अति बुद्धिमान् हुनुहुन्छ! परमेश्‍वर अत्यन्तै प्रेमिलो हुनुहुन्छ!” यदि अनुभवको समयबाट भएर गएपछि, तँ त्यस्ता कुराहरू भन्न सक्छस् भने, तैँले आफूमा परमेश्‍वरको काम प्राप्त गरेको छस् भन्ने यसले प्रमाणित गर्छ। एक दिन, तैँले विदेशमा सुसमाचार फैलाइरहेको बेला कसैले तँलाई सोध्छ: “परमेश्‍वरमा तपाईंको विश्‍वास कस्तो चल्दैछ?” तैँले यसो भन्न सक्‍नेछस्: “परमेश्‍वरका कामहरू अति अचम्मका छन्!” तेरा शब्‍दहरूले वास्तविक अनुभवहरू बताउँछन् छन् भन्‍ने तिनीहरूले महसुस गर्नेछन्। साक्षी हुनु भनेको साँच्चै यही नै हो। तैँले भन्‍नेछस्, परमेश्‍वरको काम बुद्धिले भरिएको छ, अनि तँभित्रको उहाँको कामले साँच्चै तँलाई निश्‍चयता दिएको छ र तेरो हृदयलाई जितेको छ। तैँले उहाँलाई सँधै प्रेम गर्नेछस्, किनकि उहाँ मानव जातिको प्रेम पाउनुभन्दा अझै बढी योग्यका हुनुहुन्छ। यदि तँ यी कुराहरू बोल्न सक्छस् भने तँ मानिसहरूको हृदयलाई छुन सक्छस्। यी सबै गर्नु भनेको साक्षी बन्नु हो। यदि तँ जोडदार साक्षी बन्न, मानिसहरूका आँखाबाट आँसु खसाल्न सक्छस् भने त्यसले तँ साँच्चै त्यो व्यक्ति होस् जसले परमेश्‍वरलाई प्रेम गर्छ भन्‍ने देखाउँछ, किनकि तँ प्रेमिलो परमेश्‍वरको साक्षी दिन सक्छस्, अनि तँद्वारा परमेश्‍वरका कामहरू गवाहीमा पैदा हुन्छन्। तेरो गवाहीद्वारा अरूलाई परमेश्‍वरको कामको खोजी गर्ने, परमेश्‍वरको कामको अनुभव गर्ने तुल्याइन्छ, अनि तिनीहरूले अनुभव गर्ने कुनै पनि वातावरणमा, तिनीहरू दह्रो गरी खडा हुन सक्छन्। साक्षी दिने एक मात्र सच्‍चा तरिका यही मात्र हो, अनि अहिले तँबाट चाहिएको पनि ठीक यही नै हो। तैँले परमेश्‍वरको काम अति नै मूल्यवान् र मानिसहरूले साँचेर राख्‍न योग्यको छ, अनि परमेश्‍वर अति नै मूल्यवान् र अति नै प्रशस्त हुनुहुन्छ भन्‍ने देख्‍नुपर्छ; उहाँ बोल्न मात्र सक्नुहुन्न, तर मानिसहरूको न्याय गर्न, तिनीहरूका हृदयलाई शोधन गर्न, तिनीहरूलाई आनन्द दिन, तिनीहरूलाई प्राप्त गर्न, तिनीहरूलाई जित्न र तिनीहरूलाई सिद्ध पार्न पनि सक्नुहुन्छ। तैँले आफ्नो अनुभवबाट परमेश्‍वर अत्यन्तै प्रेमिलो हुनुहुन्छ भन्‍ने देख्‍नेछस्। यसकारण अहिले तँ परमेश्‍वरलाई कति धेरै प्रेम गर्छस्? के तँ यी कुराहरूलाई आफ्नो हृदयबाट साँच्चै भन्न सक्छस्? जब तँ आफ्नो हृदयबाट यी शब्दहरू व्यक्त गर्न सक्छस्, तब तँ साक्षी बन्न सक्‍नेछस्। तेरो अनुभव यो स्तरमा पुगेपछि तँ परमेश्‍वरको साक्षी बन्न सक्षम हुनेछस्, र तँ योग्यको बन्‍नेछस्। यदि तँ आफ्‍नो अनुभवमा यो स्तरमा पुगेनस् भने तँ अझै धेरै टाढा हुनेछस्। शोधनको अवधिमा मानिसहरूले कमजोरी देखाउनु सामान्य कुरा हो, तर शोधनपछि तैँले यसो भन्न सक्नुपर्छ: “परमेश्‍वर उहाँको काममा धेरै बुद्धिमान् हुनुहुन्छ!” यदि तैँले साँच्चै यी वचनहरूको व्यावहारिक बुझाइ प्राप्त गर्न सकिस् भने, यो तैँले प्रेम पूर्वक सम्हालेर राख्ने कुरा बन्नेछ, अनि तेरो अनुभवको मूल्य हुनेछ।

अहिले तँ कुन कुराको पछि लाग्नुपर्छ? तैँले परमेश्‍वरको कामको साक्षी दिन सके पनि, नसके पनि, तँ परमेश्‍वरको गवाही र प्रकटीकरण हुन सके वा नसके पनि, अनि तँ उहाँद्वारा प्रयोग हुन योग्यको भए पनि नभए पनि—तैँले खोज्‍नुपर्ने कुराहरू यिनै हुन्। परमेश्‍वरले तँभित्र साँच्चै कति काम गर्नुभएको छ? तैँले कति देखेको छस्? तैँले कति छोएको छस्? तैँले कति अनुभव गरेको र चाखेको छस्? चाहे परमेश्‍वरले तँलाई जाँच्नुभएको होस्, तेरो निराकरण गर्नुभएको होस्, वा तँलाई अनुशासनमा राख्‍नुभएको होस्, उहाँका व्यवहारहरू र उहाँको काम तँमा पूरा भएको छ। तर परमेश्‍वरको विश्‍वासी र उहाँद्वारा सिद्ध हुने कुराको पछि लाग्ने व्यक्तिको रूपमा, के तँ आफ्नो व्यावहारिक अनुभवको आधारमा परमेश्‍वरको कामको साक्षी दिन सक्छस्? के तँ आफ्नो व्यावहारिक अनुभवद्वारा परमेश्‍वरको वचनअनुसार जिउन सक्छस्? के तँ आफ्नै व्यावहारिक अनुभवद्वारा अरूका निम्ति जुटाउन सक्छस् र आफ्‍नो सम्पूर्ण जीवन परमेश्‍वरको कामको साक्षी दिन खर्चन सक्छस्? परमेश्‍वरको कामको साक्षी दिनका लागि तँ आफ्नै अनुभव, ज्ञान र तैँले चुकाएको मूल्यमा भर पर्नुपर्छ। यसरी मात्र तैँले उहाँको इच्छालाई सन्तुष्ट पार्न सक्छस्। के तँ परमेश्‍वरको कामको साक्षी दिने व्यक्ति होस्? के तँमा यस्तो आकांक्षा छ? यदि तँ उहाँको नाउँको, अझ बढी उहाँको कामको साक्षी दिन सक्छस् भने, अनि उहाँले आफ्ना मानिसहरूबाट माग गर्नुभएको स्वरूप लिएर जिउन सक्छस् भने तँ परमेश्‍वरका निम्ति एक साक्षी होस्। तँ वास्तवमा कसरी परमेश्‍वरको साक्षी बन्छस्? तँ परमेश्‍वरको वचनको खोजी गर्दै र त्यस अनुसार जिउने कोसिस गर्दै, तेरा वचनहरूद्वारा साक्षी दिँदै, मानिसहरूलाई उहाँको काम जान्‍ने र उहाँका कामहरू देख्‍ने तुल्याउँदै यो गर्छस्। यदि तँ साँच्‍चै यी सबै कुराको खोजी गर्छस् भने, परमेश्‍वरले तँलाई सिद्ध पार्नुहुनेछ। यदि तँ परमेश्‍वरबाट सिद्ध पारिन र अन्त्यसम्मै आशिषित हुन मात्र खोज्‍छस् भने परमेश्‍वरमा भएको तेरो विश्‍वासको दृष्टिकोण शुद्ध छैन। तँ वास्तविक जीवनमा परमेश्‍वरका कामहरू देख्ने, उहाँले तँलाई आफ्नो इच्छा प्रकट गर्नुहुँदा त्यो कसरी पूरा गर्ने त्यसको पछि लाग्नुपर्छ, र उहाँको आश्‍चर्यपन र बुद्धिको साक्षी तैँले कसरी दिनुपर्छ, अनि उहाँले कसरी तँलाई अनुशासनमा राख्‍नुहुन्छ र निराकरण गर्नुहुन्छ त्यसको साक्षी कसरी दिने सोको खोजी गर्नुपर्छ। यी सबै तैँले विचार गरिरहेको हुनुपर्ने कुराहरू हुन्। यदि परमेश्‍वर उहाँले तँलाई सिद्ध पार्नुभएपछि तँ उहाँको महिमामा सहभागी हुन सक्छस् भनेर मात्रै तँ परमेश्‍वरलाई प्रेम गर्छस् भने, त्यो अझै अपर्याप्त हुन्छ र तैँले परमेश्‍वरका मागहरू पूरा गर्न सक्दैनस्। तँ परमेश्‍वरको कामको साक्षी दिन, उहाँका मागहरू पूरा गर्न र उहाँले मानिसहरूमा व्यावहारिक रूपमा गर्नुभएको कामको अनुभव गर्न सक्ने हुनुपर्छ। चाहे पीडा होस्, आँसु होस् वा उदासी होस्, जे भए पनि तैँले आफ्नो अभ्यासमा यी सबै कुरा अनुभव गर्नुपर्छ। ती सबैको उद्देश्य परमेश्‍वरको साक्षी दिने व्यक्तिको रूपमा तँलाई सिद्ध बनाउनु हो। वास्तवमा, त्यो कुन कुरा हो जसले तँलाई कष्ट भोग्‍न र सिद्धता खोज्‍न बाध्य गर्छ? के तेरो वर्तमान दुःख भोगाइ साँच्चै परमेश्‍वरलाई प्रेम गर्न र उहाँको साक्षी दिनको खातिर नै हो? वा के यो शरीरको आशिषहरू, र तेरो भविष्यको सम्भावना र गन्तव्यको निम्ति हो? तेरा उद्देश्यहरू, अभिप्रायहरू र तैँले खोजी गर्ने लक्ष्यहरू सबैलाई सुधारिनुपर्छ अनि ती तेरा आफ्नै इच्छाद्वारा निर्देशित हुन सक्दैनन्। यदि एक व्यक्तिले आशिषहरू पाउन र अधिकारसहित शासन गर्नका निम्ति सिद्धताको खोजी गर्छ, अनि अर्को व्यक्तिले चाहिँ परमेश्‍वरलाई सन्तुष्ट पार्न, परमेश्‍वरको कामको व्यावहारिक साक्षी बन्न सिद्धताको पछि लाग्छ भने खोजी गर्ने यी दुईवटा उपायमध्ये तँ कुनलाई चुन्‍नेछस्? यदि तैँले पहिलोलाई चुनिस् भने तँ परमेश्‍वरको मापदण्डहरूबाट अझै पनि टाढा हुनेछस्। मेरा कामहरू सम्पूर्ण ब्रह्माण्डमा खुल्लमखुल्ला जानिनेछ र म एक राजाको रूपमा ब्रह्माण्डमा शासन गर्नेछु भनेर मैले एक पटक भनेँ। अर्कोतिर, तिमीहरूलाई सुम्पिएको काम भनेको गएर परमेश्‍वरको कामको साक्षी दिनु हो, राजाहरू बनेर सारा ब्रह्माण्डमा देखा पर्नु होइन। ब्रह्माण्ड र आकाशमण्डल परमेश्‍वरका कामहरूले भरिऊन्। तिनलाई सबैले देखून् र तिनलाई स्वीकार गरून्। यी वचनहरू परमेश्‍वर स्वयम्‌को सम्बन्धमा बोलिएका हुन्, अनि मानव जातिले गर्नुपर्ने काम भनेको परमेश्‍वरको साक्षी दिनु हो। अहिले तँ परमेश्‍वरलाई कतिसम्म जान्दछस्? तँ परमेश्‍वरको कतिसम्म साक्षी दिन सक्छस्? परमेश्‍वरले मानिसलाई सिद्ध पार्नुको उद्देश्य के हो? परमेश्‍वरको इच्छा बुझेपछि, तैँले उहाँको इच्छाप्रति कसरी विचार प्रकट गर्नुपर्छ? यदि तँ सिद्ध पारिने इच्छा गर्छस् र आफ्‍नो जियाइद्वारा परमेश्‍वरको कामको साक्षी दिन चाहन्छस् भने, यदि तँमा यो प्रेरक शक्ति छ भने, कुनै पनि कुरा त्यत्ति कठिन हुँदैन। मानिसहरूलाई अहिले चाहिने भनेको विश्‍वास नै हो। यदि तँसित यो प्रेरक शक्ति छ भने तँलाई कुनै पनि नकारात्मकता, निष्क्रियता, अल्छीपन र शरीरका विचारहरू, जिउनेसम्बन्धी दर्शनशास्त्रहरू, विद्रोही स्वभाव, भावनाहरू र त्यस्तै अन्य कुराहरू त्याग्न सजिलो हुन्छ।

जाँचहरूबाट भएर जाँदा मानिसहरू कमजोर हुनु वा उनीहरूभित्र नकारात्मकता हुनु वा परमेश्‍वरको इच्छा वा तिनीहरूका अभ्यासको मार्गबारे स्पष्ट नहुनु सामान्य कुरा हो। तर कुनै पनि अवस्थामा परमेश्‍वरको कामप्रति तँमा विश्‍वास हुनुपर्छ, अनि जसरी अय्यूबले परमेश्‍वरलाई इन्कार गरेनन्, तैँले पनि त्यसो गर्नु हुँदैन। अय्यूब कमजोर थिए र तिनले आफू जन्मेको दिनलाई धिक्कारे पनि, तिनले मानव जीवनमा सबै थोकहरू यहोवाले नै दिनुहुन्छ र उहाँले नै सबै थोक लैजानुहुन्छ भन्‍ने कुरालाई इन्कार गरेनन्। तिनलाई जसरी जाँचिएको भए पनि तिनले यो विश्‍वास थामेर राखे। तेरो अनुभवमा तँ परमेश्‍वरको वचनद्वारा जस्तै शोधनबाट भएर जानु परे पनि, संक्षेपमा, परमेश्‍वरले मानव जातिबाट चाहनुभएको कुरा भनेको तिनीहरूका विश्‍वास र उहाँको निम्ति तिनीहरूको प्रेम नै हो। यस्तो प्रकारले काम गरेर उहाँले मानिसहरूको विश्‍वास, प्रेम र आकांक्षाहरूलाई सिद्ध पार्नुहुन्छ। परमेश्‍वरले मानिसहरूमा सिद्ध पार्ने काम गर्नुहुन्छ, र तिनीहरूले त्यो देख्न सक्दैनन्, त्यो अनुभव गर्न सक्दैनन्; त्यस्तो परिस्थितिहरूमा, तेरो विश्‍वास आवश्यकता हुन्छ। मानिसहरूको विश्‍वास त्यत्ति बेला चाहिन्छ जब कुनै कुरा मानिसको नाङ्गो आँखाले देख्न सकिँदैन, तेरो विश्‍वास त्यसबेला चाहिन्छ, जब तँ आफ्ना धारणाहरूलाई त्याग्न सक्दैनस्। जब परमेश्‍वरको कामको विषयमा तँमा स्पष्टता हुँदैन, त्यसबेला तँबाट चाहिने कुरा भनेको तैँले विश्‍वास गर्नुपर्छ र तैँले दह्रो धारणा लिएर र साक्षी बनेर खडा हुनुपर्छ भन्‍ने हो। जब अय्यूब यो स्थितिमा पुगे परमेश्‍वर तिनीकहाँ देखा पर्नुभयो र तिनीसँग बोल्नुभयो। अर्थात्, तँ भित्रको विश्‍वासले मात्र तैँले परमेश्‍वरलाई देख्न सक्छस्, अनि जब तँमा विश्‍वास हुन्छ परमेश्‍वरले तँलाई सिद्ध बनाउनुहुन्छ। विश्‍वासविना उहाँले यो गर्न सक्नुहुन्न। तैँले जे प्राप्त गर्ने आशा गरेको छस्, परमेश्‍वरले त्यो तँलाई दिनुहुनेछ। यदि तँसँग विश्‍वास छैन भने तँलाई सिद्ध बनाउन सकिँदैन, तैँले परमेश्‍वरका कामहरू देख्न सक्दैनस्, उहाँको सर्वशक्ति देख्‍ने कुरा त परै जाओस्। जब आफ्नो व्यक्तिगत अनुभवमा उहाँका कार्यहरू देख्‍न सक्‍ने विश्‍वास तँमा हुन्छ, तब परमेश्‍वर तँकहाँ देखा पर्नुहुनेछ, र उहाँले तँलाई ज्ञान दिनुहुनेछ अनि भित्रबाट तँलाई डोर्‍याउनुहुनेछ। त्यो विश्‍वासविना परमेश्‍वरले त्यसो गर्न सक्‍नुहुनेछैन। यदि तैँले परमेश्‍वरमा आशा गुमाएको छस् भने, तैँले कसरी उहाँको कामको अनुभव गर्न सक्‍नेछस् र? त्यसकारण, तँमा विश्‍वास छ र तैँले परमेश्‍वरप्रति शङ्का गर्दैनस् भने मात्र, उहाँले जे गर्नुभए पनि उहाँप्रति तँमा साँचो विश्‍वास छ भने मात्र उहाँले तँलाई तेरा अनुभवहरूद्वारा ज्ञान र प्रकाश दिनुहुनेछ, तब मात्र तैँले उहाँका कामहरू देख्न सक्‍नेछस्। यी सबै कुराहरू विश्‍वासद्वारा नै प्राप्त गरिन्छ। विश्‍वास शोधनबाट मात्र आउँछ, अनि शोधनको अनुपस्थितिमा विश्‍वास बढ्न सक्दैन। यो “विश्‍वास” भन्‍ने शब्दले केलाई जनाउँछ? विश्‍वास भनेको कुनै कुरा देख्न वा छुन नसक्दा, परमेश्‍वरको काम मानिसका विचारहरूसँग मेल नखाँदा, त्यो मानव जातिको पहुँचभन्दा पर हुँदा मानव हृदयमा हुने सच्‍चा आस्था र इमानदार हृदय हो। मैले यही विश्‍वासको बारेमा कुरा गरेको हुँ। कठिनाइ र शोधनको समयमा मानिसहरूलाई विश्‍वास चाहिएको हुन्छ, अनि विश्‍वास यस्तो कुरा हो जुन शोधन पछि आउँछ; शोधन र विश्‍वासलाई अलग गर्न सकिँदैन। परमेश्‍वरले जसरी काम गर्नुभए पनि र तेरो वातावरण जस्तोसुकै भए पनि तँ जीवनलाई अनि सत्यतालाई खोजी गर्न अनि परमेश्‍वरको कामको ज्ञानलाई खोज्न, उहाँका कामहरूलाई बुझ्न सक्‍छस्, अनि तँ सत्यताअनुसार कार्य गर्न सक्छस्। यसो गर्नु नै साँचो विश्‍वास हुनु हो, अनि त्यसो गर्दा तैँले परमेश्‍वरमाथिको विश्‍वास हराएको छैनस् भन्ने देखिन्छ। यदि तँ शोधनद्वारा सत्यताको खोजीमा लागिरहन्छस् भने, यदि तँ साँच्चै परमेश्‍वरलाई प्रेम गर्न सक्छस् र उहाँमा शङ्का गर्दैनस् भने, यदि उहाँले जे गर्नुभए पनि तँ उहाँलाई सन्तुष्ट पार्न सत्यताको अभ्यास गर्छस् भने, र यदि तँ गहिरो रूपले उहाँको इच्छा खोज्छस् र उहाँको इच्छामा ध्यान दिन्छस् भने मात्र तैँले परमेश्‍वरमा साँचो विश्‍वास प्राप्त गर्न सक्छस्। विगतमा, जब तैँले एक राजाले जस्तो शासन गर्नेछस् भनी परमेश्‍वरले भन्नुभयो, तब तैँले उहाँलाई प्रेम गरिस्, अनि जब उहाँले आफैलाई खुल्लमखुल्ला तेरो सामु देखाउनुभयो, तँ उहाँको पछि लागिस्। तर अहिले परमेश्‍वर लुक्नुभएको छ, तँ उहाँलाई देख्न सक्दैनस्, र तँमाथि समस्याहरू आएका छन्—के अब तैँले परमेश्‍वरमा आशा गुमाइस्? यसैले, तैँले हरसमय जीवनको खोजी गर्नुपर्छ र परमेश्‍वरको इच्छा पूरा गर्ने प्रयास गर्नुपर्छ। यसैलाई वास्तविक विश्‍वास भनिन्छ, र यो सबैभन्दा साँचो र सुन्दर किसिमको प्रेम हो।

विगतमा, मानिसहरू सबै तिनीहरूका संकल्प गर्न परमेश्‍वरको सामु आउथे, र तिनीहरू भन्थे: “यदि कसैले परमेश्‍वरलाई प्रेम गर्दैन भने पनि मैले उहाँलाई प्रेम गर्नुपर्छ।” तर अहिले, तपाईंमाथि शोधन आउँछ, अनि यो तेरा विचारहरूसँग नमिल्‍ने हुनाले तैँले परमेश्‍वरमाथिको विश्‍वासलाई गुमाउँछस्। के यो सच्‍चा प्रेम हो? तैँले अय्यूबका कामहरूको बारेमा धेरै चोटि पढेको छस्—के तैँले तिनको बारेमा भुलेको छस्? साँचो प्रेमको आकार भित्रको विश्‍वासबाट मात्र बन्छ। तँ जुन शोधनबाट भएर जान्छस्, त्यसद्वारा परमेश्‍वरको निम्ति साँचो प्रेमको विकास गर्छस्, अनि तेरो विश्‍वासद्वारा तँ आफ्नो व्यावहारिक अनुभवहरूमा परमेश्‍वरको इच्छाको विषयमा विचारशील बन्न सक्छस्, अनि विश्‍वासद्वारा नै तँ आफ्नो शरीर त्याग्न र जीवनको पछि लाग्न सक्छस्; मानिसले गर्नुपर्ने यही नै हो। यदि तैँले यसो गरिस् भने तैँले परमेश्‍वरका कामहरू देख्न सक्‍नेछस्, तर यदि तँमा विश्‍वासको कमी छ भने तैँले परमेश्‍वरका कार्यहरू देख्न वा उहाँको काम अनुभव गर्न सक्नेछैनस्। यदि तँ परमेश्‍वरद्वारा प्रयोग हुन र सिद्ध पारिन चाहन्छस् भने, तँमा सबै थोक हुनुपर्छ: दुःख भोग्ने इच्छा, विश्‍वास, धैर्य, आज्ञापालन, र परमेश्‍वरको काम अनुभव गर्ने क्षमता, उहाँको इच्छा बुझ्नु, उहाँको दुःखलाई विचार गर्नु र यस्तै अरू कुराहरू। व्यक्तिलाई सिद्ध बनाउनु सजिलो हुँदैन, र तैँले अनुभव गर्ने प्रत्येक शोधनको निम्ति तेरो विश्‍वास र प्रेम चाहिन्छ। यदि तँ परमेश्‍वरद्वारा सिद्ध पारिन चाहन्छस् भने बाटोमा हतार-हतार अगि बढ्नु मात्र पर्याप्त हुँदैन, न त तैँले आफैलाई परमेश्‍वरका निम्ति खर्चनु नै पर्याप्त हुन्छ। परमेश्‍वरद्वारा सिद्ध पारिएको व्यक्ति हुनका निम्ति तँमा धेरै वटा कुराहरू हुनुपर्छ। जब तँ दुःखको सामना गर्छस्, त्यसबेला तैँले देहका चिन्ताहरू एकातिर पन्साउन सक्नुपर्छ र परमेश्‍वरको विरुद्धमा गुनासो गर्नुहुँदैन। जब परमेश्‍वरले आफैलाई तँदेखि लुकाउनुहुन्छ, तँ उहाँको पछि लाग्‍न सक्‍ने, तेरो प्रेमलाई डगमगाउन र बिलाउन नदिई आफ्नो विश्‍वासलाई थामेर राख्न सक्ने हुनुपर्छ। परमेश्‍वरले जे गर्नुभए पनि तँ उहाँको योजनामा समर्पित हुनुपर्छ, अनि उहाँको विरुद्ध गुनासो गर्नुको साटो उहाँको योजनामा समर्पित हुन र तेरो आफ्नै शरीरलाई सराप्न तयार हुनुपर्छ। जब तैँले जाँचहरूको सामना गर्छस् तँ नराम्रो घतले रुनु पर्ने भए पनि वा कुनै प्रिय वस्तुसित अलग्गिन अनिच्छुक महसुस गर्नु पर्ने भए पनि तैँले परमेश्‍वरलाई सन्तुष्ट पार्नुपर्छ। यो मात्र साँचो प्रेम र विश्‍वास हो। तेरो वास्तविक कद जे-जस्तो भए पनि तँमा कठिनाइ सहने इच्छा र साँचो विश्‍वास, दुवै हुनुपर्छ, अनि तँमा देहलाई त्याग्ने इच्छा पनि हुनुपर्छ। परमेश्‍वरको इच्छा पूरा गर्न तँ व्यक्तिगत कठिनाइहरू सहन र तेरा व्यक्तिगत रुचिहरू गुमाउन तयार हुनुपर्छ। तँ आफ्नो हृदयमा आफ्नै बारेमा पछुतो गर्न सक्ने पनि हुनुपर्छ: विगतमा तँ परमेश्‍वरलाई सन्तुष्ट पार्न असक्षम थिइस्, र अहिले तैँले आफै पछुतो गर्न सक्छस्। यी कुनै पनि कुरामा तँ पछि पर्नु हुँदैन—यिनै कुराहरूद्वारा परमेश्‍वरले तँलाई सिद्ध तुल्याउनुहुनेछ। यदि तँ यी मापदण्डहरू पूरा गर्न सक्दैनस् भने तँलाई सिद्ध तुल्याउन सकिँदैन।

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्