सात मेघगर्जनको आवाज—राज्यको सुसमाचार सारा ब्रह्माण्डभरि फैलिनेछ भन्‍ने अगमवाणी

मैले मेरो काम गैरयहूदी जातिहरू माझ फैलाउँदैछु। मेरो महिमा सारा ब्रह्माण्डभरि चम्किनेछ; साना-ठूला सबै मानिसहरूले आफूभित्र मेरो इच्‍छालाई बोक्‍छन्, अनि तिनीहरू सबै मेरो बाहुलीद्वारा परिचालित हुन्छन् र मैले सुम्पेका कामहरूमा लागिपर्छन्। यस घड़ीदेखि, सबै मानिसहरूलाई अर्कै संसारमा ल्याएर म नयाँ युगमा प्रवेश गरेको छु। जब म आफ्नो “गृह मुलुक” फर्कें; मेरो मौलिक योजनामा मैले अर्को नयाँ कामको सुरुवात गरेँ, ताकि मानिस मकहाँ अझ गहन रूपमा आउन सकून्। मैले ब्रह्माण्ड यसको समग्रतामा विचार गर्छु र त्यसलाई हेर[क] यो मेरो कामको निम्ति उपयुक्त समय हो, त्यसैले मानिसमाझ मेरो काम गर्दै म सबैतिर हतार गर्छु। आखिर, यो नयाँ युग हो र धेरैभन्दा धेरै नयाँ मानिसहरूलाई नयाँ युगमा लिन र मैले दूर गर्नेहरूमध्ये धेरैलाई पन्छाउन मैले नयाँ काम ल्याएको छु। रातो अजिङ्गरको राष्ट्रमा, तिनीहरूलाई हावामा नै बहन लगाएर, मैले मानवजातिमा अथाह कामको एउटा चरण पूरा गरेको छु, त्यसपछि तिनीहरू बिस्तार-बिस्तार हावाको बहाउसँगै अलग हुन्छन्। साँच्चै, यो मैले सफा गर्न लागेको “खलो” हो; मैले उत्कट चाह गरेको कुरा यही हो र यो पनि मेरो योजना हो। म काममा हुँदा धेरै दुष्टहरू गुप्‍त रूपमा पसेका छन्, तर म तिनीहरूलाई धपाउन हतारमा छुइनँ। बरु, उपयुक्त समयमा म तिनीहरूलाई तितरबितर पार्नेछु। त्यसपछि मात्र, मलाई साँच्चै प्रेम गर्नेहरूलाई अञ्जिरको फल र लिलिको बास्ना प्राप्‍त गर्न दिएर म जीवनको मूल हुनेछु। शैतान डेरा बस्ने मुलुकमा, कुनै विशुद्ध सुन रहँदैन, त्यहाँ केवल बालुवा मात्र हुन्छ, यी परिस्थितिहरूको सामना गरेपछि म यस्तो चरणको काम गर्छु। मैले प्राप्‍त गर्ने कुरा भनेको शुद्ध र खारिएको सुनको बालुवा होइन भन्ने तिमीहरूले जान्नुपर्छ। मेरो घरमा दुष्ट कसरी रहन सक्छ? फ्याउराहरू मेरो स्वर्गमा परजीवी हुन मैले कसरी दिन सक्छु र? यी कुराहरूलाई पाखा लगाउन मैले कल्पना गर्न सकिने सबै विधिहरू अप्नाउछु। मेरो इच्छा प्रकट हुन अघि मैले के गर्न लागेको छु सो कसैलाई पनि अवगत हुँदैन। यही मौका छोपेर मैले यी दुष्टहरूलाई धपाउनेछु र तिनीहरू मेरो उपस्थितिबाट जान बाध्य हुन्छन्। मैले दुष्टहरूलाई यसो गर्नेछु, तर तिनीहरूले मेरो सेवा गर्ने दिन अझै हुनेछ। आशिष्‌ पाउने मानिसहरूको इच्छा अत्यन्तै प्रबल हुन्छ; यसकारण मैले मेरो शरीर घुमाएर मेरो महिमित मुहार गैरयहूदीहरूलाई देखाउँछु, ताकि मानिसहरू तिनीहरूको आफ्नै संसारमा जिऊन् र मैले भन्नुपर्ने मेरा वचनहरू मैले भन्दै जाँदा र मानिसहरूलाई चाहिने कुरा आपूर्ति गर्दै जाँदा तिनीहरूले आफ्नो न्याय आफै गरून्। मानिसहरू तिनीहरूको होशमा आउँदा मैले मेरो काम लामो समय अघिदेखि नै फैलाएको हुनेछु। त्यसपछि मैले मानिसहरूलाई मेरो इच्छा व्यक्त गर्नेछु र सबै मानिसहरूले मेरो काममा समन्वय गर्ने गरी नजिकबाट मलाई पछ्याउन दिएर र मैले गर्नुपर्ने सबै काम मसँगै तिनीहरूको आफ्नै क्षमतामा गर्न दिएर मानिसहरूमाझ मेरो कामको दोस्रो भाग सुरु गर्नेछु।

मेरो महिमा देख्न तिनीहरू कसैसँग विश्‍वास छैन र म तिनीहरूलाई बाध्य बनाउँदिनँ, बरु मानवजातिको माझबाट मेरो महिमा हटाउनेछु र यसलाई अर्कै संसारमा लैजान्छु। जब मानिसहरूले एक पटक पश्‍चात्ताप गर्छन्, तब मैले मेरो महिमा लिनेछु र यो मैले विश्‍वास भएकाहरूलाई देखाउनेछु। मैले काम गर्ने सिद्धान्त यही हो। किनभने मेरो महिमाले कनान छोड्ने समय छ र मेरो महिमाले चुनिएकाहरूलाई छोड्ने समय पनि छ। यसको अतिरिक्त, मेरो महिमाले पृथ्वी छोड्ने, यसलाई मधुरो गराउने र यसलाई अन्धकारमा डुबाउने एउटा समय छ। कनानको मुलुकले पनि सूर्यको उज्यालो देख्नेछैन; सबै मानिसहरूले विश्‍वास गुमाउनेछन्, तर कनानको मुलुकको सुगन्ध कसैले पूर्ण रूपमा सहन सक्दैनन्। जब म नयाँ स्वर्ग र पृथ्वीभित्र जान्छु, तब मैले मेरो महिमाको अर्को भाग लिन्छु र सारा पृथ्वीलाई धपक्क पार्ने गरी ज्योतिको चमक पैदा गरेर यसलाई पहिले कनानको मुलुक प्रकट गर्छु, र रातको निस्पट्ट अन्धकारलाई डुबाउँछु, ताकि सारा पृथ्वी ज्योतिमा आउन सकोस्; मेरो महिमालाई हरेक जातिमा नयाँ देखाउन र वृद्धि गर्न, सारा पृथ्वीका मानिसहरू ज्योतिको शक्तिबाट सामर्थ्य लिन आउन सकून्; र म मानव संसारमा आएको लामो समय भइसक्यो र मेरो महिमालाई इस्राएलबाट पूर्वतिर लामो समय अघि नै ल्याइएको छ भन्‍ने कुरा सारा मानवजातिले महसुस गर्न सकून्; किनभने मेरो महिमा पूर्वबाट चम्किन्छ, र यसलाई अनुग्रहको युगदेखि यस दिनसम्म ल्याइएको थियो। तर म इस्राएलबाट निस्केको थिएँ कि म पूर्वमा आइपुग्न सकूँ। जब पूर्वको ज्योति क्रमशः सेतो हुँदै जान्छ तब पृथ्वीको अँध्यारो ज्योतिमा परिणत हुन थाल्छ अनि मात्र म लामो समय अघि नै इस्राएलबाट गएको थिएँ र म पूर्वमा नयाँ भएर उदाइरहेको छु भन्ने मानिसले पत्ता लगाउनेछन्। एक पटक इस्राएलमा ओर्लेर पछि यसबाट प्रस्थान गरेँ, म फेरि इस्राएलमा जन्मन सक्दिनँ, किनभने मेरो कामले सारा ब्रह्माण्डलाई नै डोर्‍याउँछ। यसको अतिरिक्त, बिजुली पूर्वदेखि पश्‍चिमसम्म नै चम्किन्छ। यसैले, म पृथ्वीमा ओर्लेको छु, र कनानलाई पूर्वका मानिसहरूकहाँ ल्याएको छु। म सारा पृथ्वीभरिका मानिसहरूलाई कनानमा ल्याउनेछु, त्यसैले सारा ब्रह्माण्डलाई वशमा पार्न, मैले कनानको मुलुकमा अभिव्यक्तिको विषय ल्याइरहन्छु। यस बेला, कनानको मुलुकमा बाहेक पृथ्वीमा कुनै ज्योति छैन, सबै मानिसहरू भोक र ठण्डाको जोखिममा छन्। मैले मेरो महिमा इस्राएललाई दिएँ, अनि यसबाट लिएँ, यसरी मैले इस्राएलीहरूलाई र सारा मानवजातिलाई पूर्वतिर ल्याएँ। तिनीहरूको ज्योतिसँग पुनर्मिलन होस् भनेर, यससँगै होस् र यसलाई खोज्न नपरोस् भनेर मैले तिनीहरू सबैलाई प्रकाशमा ल्याएको छु। खोजिरहनेहरू सबैलाई मैले फेरि ज्योति देख्न दिनेछु र मसँग इस्राएलमा भएको महिमा देख्नेछन्; मैले तिनीहरूलाई लामो समय अघि नै मानवजातिको माझमा सेतो बादल तल गएको कुरा देख्‍न दिनेछु, तिनीहरूले कैयौँ सेता बादलहरू र तिनीहरूको झुप्पाहरूमा प्रशस्त फलहरू देखून्; यसको अतिरिक्त, तिनीहरूले इस्राएलको यहोवा परमेश्‍वर देखून्। मैले तिनीहरूलाई यहूदीहरूको मालिक, चाह गरिएको मसीहको र सारा युगहरूभरि राजाहरूले सताएका मेरो पूर्ण देखा पर्ने घटना हेर्न दिनेछु। अन्तका दिनहरूमा मेरो सारा महिमा र मेरा सबै कामहरू मानिसलाई प्रकट गर्दै मैले सारा ब्रह्माण्डभरि काम गर्नेछु र म ठूल-ठूला काम गर्नेछु। मैले मलाई वर्षौंदेखि प्रतीक्षा गरिरहेकाहरू, म सेतो बादलमा आएको उत्कट चाह गर्नेहरूलाई, म पटक-पटक देखा परेको उत्कट चाह गर्ने इस्राएललाई, र मलाई सताउने सबै मानवजातिलाई म मेरो महिमित मुहार देखाउनेछु, ताकि मैले मेरो महिमा उहिले नै लिएको छु र मैले पूर्वतिर ल्याएको छु, र यो अब यहूदियामा छैन। किनभने अन्तको दिन अघि नै आइसकेको छ!

मैले सारा ब्रह्माण्डभरि मेरो काम गरिरहेको छु र पूर्वमा अत्यन्त अनिष्टपूर्ण घटनाहरू असीम रूपमा देखा पर्छ, जसले सारा जातिहरू र सम्प्रदायहरूलाई हल्लाइदिन्छ। सारा मानिसहरूलाई वर्तमानमा ल्याउने मेरो आवाज नै हो। म सबै मानिसहरूलाई मेरो आवाजद्वारा पराजित गराउँछु, यही प्रवाहमा गिर्न लगाउनेछु र मेरो सामु झुक्न लगाउनेछु, किनभने मैले मेरो महिमालाई उहिले नै सारा पृथ्वीबाट फिर्ता लिएको छु र यसलाई पूर्वमा नयाँ गरी जारी गरेको छु। कसले मलाई देख्ने उत्कट इच्छा गर्दैन? कसले मेरो आगमनलाई उत्सुकतापूर्वक प्रतीक्षा गर्दैन? मेरो पुन: देखा पर्ने घटनाको तृष्णा गर्दैन? मेरो सुन्दरताको निम्ति कोचाहिँ लालयित हुँदैन? ज्योतिमा कोचाहिँ आउँदैन? कनानको प्रचुरतालाई कसले हेर्दैन? उद्धारकको आगमनलाई कसले चाह गर्दैन? महाशक्ति भएकोलाई कसले प्रशंसा गर्दैन? मेरो आवाज पृथ्वीभरि फैलनेछ; म मेरा चुनिएका मानिसहरूलाई सामना गर्नेछु, र तिनीहरूसँग अझ धेरै वचनहरू बोल्नेछु। जसरी शक्तिशाली गर्जनहरूले पहाड़ र नदीहरू हल्लिन्छन्, त्यसरी नै म पनि मेरा वचनहरू सारा ब्रह्माण्ड र मानवजातिको निम्ति बताउँछु। यसकारण, मेरो मुखको वचन मानिसहरूको खजाना भएको छ र सबै मानिसहरूले मेरो वचनलाई मनमा लिन्छन्। मेरो ज्योति पूर्वदेखि पश्‍चिमसम्म नै चम्कन्छ। मेरा वचनहरू यस्ता छन् कि मानिस त्याग्न अनिच्छुक हुन्छन्, र साथै तिनीहरूलाई अथाह पाउँछन्, तर तिनीहरूमा अझ धेरै आनन्दित हुन्छन्। मेरो आगमनको उत्सव मनाउँदै सबै मानिसहरू खुशी र आनन्दित हुन्‍छन्, मानौं नाबालक भर्खरै जन्‍मेको छ। मेरो आवाजको माध्यमले म सबै मानिसहरूलाई मेरो सामु ल्याउनेछु। त्यसपछि, म मानिसहरूको जातिभित्र औपचारिक रूपमा प्रवेश गर्नेछु, त्यसैले तिनीहरू मेरो आराधना गर्न आउनेछन्। मैले जगमगाउने मेरो महिमा र मेरो मुखको वचनहरूसँगै, मैले यसलाई यस्तो बनाइदिनेछु कि सबै मानिसहरू मेरो सामु आउनेछन् र पूर्वबाट चम्किरहेको त्यो ज्योति देख्नेछन् र म पूर्वको जैतूनको डाँड़ामा ओर्लेको पनि देख्नेछन्। यहूदीको छोराको रूपमा होइन, तर पूर्वको ज्योतिको रूपमा म पृथ्वीमा लामो समयदेखि बसेको छु भन्ने तिनीहरूले देख्नेछन्। किनभने मेरो उहिले नै पुनरुत्थान भएको छ र म मानवजातिको माझबाट प्रस्थान गरेको छु, र मानिसहरू माझ मेरो महिमासँगै पुनःदेखा परेको छु। कैयौँ युगहरू अघिदेखि आराधना गरिएको म नै हुँ र म पनि त कयौँ वर्षअघि इस्राएलीहरूले त्यागिएको बालक हुँ। यसको अतिरिक्त, म हालको युगको सारा महिमित सर्वशक्तिमान परमेश्‍वर हुँ। सबै जना मेरो सिंहासन सामु आऊन् र मेरो महिमित मुहार देखून्, मेरो आवाज सुनून् र मेरा कामहरू हेरून्। मेरो समग्र इच्छा यही हो; यो नै अन्त र मेरो योजना साथै हरेक जातिले मेरो आराधना गरोस्, हरेक जिब्रोले मलाई स्वीकार गरोस्, हरेक मानिसले आफ्नो विश्‍वासलाई ममा राखोस् र हरेक मानिस मेरो अधीनमा रहोस् भन्‍ने कुरा मेरो प्रबन्धको उद्देश्यको चरम उत्कर्ष हो!

फूटनोट:

क. मूल पाठमा “त्यसलाई हेर” भन्ने वाक्यांश समावेश छैन।

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्