वास्तविकता कसरी थाहा पाउने
परमेश्वर व्यावहारिक परमेश्वर हुनुहुन्छ: उहाँका सबै कामहरू व्यावहारिक छन्, उहाँले बोल्ने सबै वचनहरू व्यावहारिक छन्, र उहाँले व्यक्त गर्ने सबै सत्यहरू व्यावहारिक छन्। जे उहाँका वचनहरू होइनन् ती शून्य, अस्तित्वहीन, र अनुचित हुन्छन्। आज, परमेश्वरका वचनहरूमा मानिसहरूलाई मार्गनिर्देशित गर्न पवित्र आत्मा हुनुहुन्छ। यदि मानिसहरूले वास्तविकतामा प्रवेशको खोजी गर्नुछ भने, उनीहरूले वास्तविकता खोज्नुपर्छ, र वास्तविकता जान्नुपर्छ, त्यसपछि उनीहरूले वास्तविकता अनुभव गर्नुपर्छ, र वास्तविकतालाई जीवनमा उतार्नुपर्छ। मानिसहरूले वास्तविकतालाई जति बढी थाहा पाउँछन्, त्यति नै अरूका वचनहरू वास्तविक हुन् वा होइनन् त्यसलाई पहिचान गर्न उनीहरू सक्षम हुन्छन्; मानिसहरूले वास्तविकतालाई जति बढी थाहा पाउँछन्, उनीहरूसँग त्यति नै कम धारणाहरू हुन्छन्; मानिसहरूले वास्तविकतालाई जति बढी अनुभव गर्छन्, त्यति नै उनीहरूले वास्तविकताको परमेश्वरका कामहरू थाहा पाउँछन्, र उनीहरूको भ्रष्ट, शैतानिक स्वभावहरूबाट मुक्त हुन उनीहरूलाई त्यति नै सजिलो हुन्छ; मानिसहरूसँग जति बढी वास्तविकता हुन्छ, त्यति नै बढी उनीहरूले परमेश्वरलाई चिन्छन् र त्यति नै बढी उनीहरूले शरीरलाई घृणा गर्छन् र सत्यलाई प्रेम गर्छन्; र मानिसहरूसँग जति बढी वास्तविकता हुन्छ, उनीहरू उत्ति नै परमेश्वरका आवश्यकताहरूको मापदण्डहरूको नजिक आउँछन्। परमेश्वरद्वारा प्राप्त गरिएका मानिसहरू वास्तविकताको स्वामित्वमा भएका मानिसहरू हुन्, जसलाई वास्तविकता थाहा छ, र जसले वास्तविकताको अनुभवद्वारा परमेश्वरका यथार्थ कामहरू जानेका हुन्छन्। तँ जति बढी व्यावहारिक तरिकाले परमेश्वरसँग सहकार्य गर्छस् र आफ्नो शरीरलाई अनुशासनमा राख्छस्, तैँले त्यति नै बढी पवित्र आत्माको काम प्राप्त गर्नेछस्, तैँले त्यति नै बढी वास्तविकता प्राप्त गर्नेछस्, र त्यति नै बढी परमेश्वरले तँलाई प्रकाश दिनुहुनेछ, र यसरी परमेश्वरको यथार्थ कामहरूको तेरो ज्ञान महान् बन्नेछ। यदि तँ पवित्र आत्माको विद्यमान प्रकाशमा जिउन सक्षम छस् भने, अभ्यासको विद्यमान मार्ग तेरो लागि अझै प्रष्ट हुनेछ, र विगतका धार्मिक धारणाहरू र पुराना अभ्यासहरूबाट आफूलाई अलग्याउन तँ अझै बढी सक्षम हुनेछस्। आजको मुख्य विषय भनेको यथार्थता हो: मानिसहरूसँग जति बढी वास्तविकता हुन्छ, उनीहरूको सत्यको ज्ञान उत्तिकै प्रस्ट हुन्छ, र परमेश्वरको इच्छाको उनीहरूको बुझाइ त्यत्तिकै महान् हुनेछ। वास्तविकताले सबै शाब्दिक अर्थहरू र सिद्धान्तहरूलाई पराजित गर्न सक्छ, यसले सबै सैद्धान्तिक नियम र विज्ञतालाई पराजित गर्न सक्छ, र मानिसहरूले वास्तविकतामा जति बढी ध्यान केन्द्रित गर्छन्, उनीहरूले परमेश्वरलाई त्यत्ति नै बढी साँचो प्रेम गर्छन्, र उहाँका वचनहरूको लागि भोका र प्यासी हुन्छन्। यदि तैँले वास्तविकतामा ध्यान केन्द्रित गरिस् भने, जीवन जिउने तेरो दर्शनशास्त्र, धार्मिक धारणाहरू, र प्राकृतिक गुण परमेश्वरको काम पछ्याउँदै स्वभाविक रूपमा हटेर जानेछ। वास्तविकताको खोजी नगर्ने, र वास्तविकताको ज्ञान नभएकाहरू अलौकिक कुराको खोजी गर्न सक्छन्, र उनीहरू सजिलै धोखामा पर्न सक्छन्। यस्ता मानिसहरूमा काम गर्ने कुनै माध्यम पवित्र आत्मासँग छैन, र त्यसैले उनीहरू रित्तो, र उनीहरूको जीवनको कुनै अर्थ छैन भन्ने महसुस गर्छन्।
पवित्र आत्माले तँमा केवल त्यसबेला काम गर्न सक्नुहुन्छ जब तैँले साँच्चै तालिम लिन्छस्, साँच्चै खोजी गर्छस्, साँच्चै प्रार्थना गर्छस्, र सत्यको खोजीको लागि कष्ट उठाउन तत्पर हुन्छस्। सत्यको खोजी नगर्नेहरूसँग शाब्दिक अर्थहरू र सिद्धान्तहरू, र रित्तो सैद्धान्तिक नियमहरू सिवाय केही पनि हुँदैन, र सत्य विहीनहरूसँग स्वाभाविक रूपमै परमेश्वरबारे धेरै धारणाहरू हुन्छन्। यस्ता मानिसहरू उनीहरूको दैहिक शरीरलाई आत्मिक शरीरमा बदल्न मात्र परमेश्वरको चाहना राख्छन् ताकि उनीहरू तेस्रो स्वर्गमा उक्लन सकून्। यी मानिसहरू कति मूर्ख छन्! यस्ता कुराहरू भन्ने सबैसँग परमेश्वरबारे, वा वास्तविकताबारे कुनै ज्ञान हुँदैन; यस्ता मानिसहरूले परमेश्वरसँग सहकार्य गर्नै सक्दैनन्, र निष्क्रिय रूपमा प्रतीक्षा मात्रै गर्न सक्छन्। यदि मानिसहरूले सत्य बुझ्नु छ, र सत्यलाई स्पष्ट रूपमा देख्नु छ, र यसको अतिरिक्त, यदि उनीहरू सत्यमा प्रवेश गर्नु छ र यसलाई व्यवहारमा लागू गर्नु छ भने, उनीहरूले साँच्चै तालिम गर्नुपर्छ, साँच्चै खोजी गर्नुपर्छ, र साँच्चै भोकाउनु र तिर्खाउनुपर्छ। जब तँ भोकाउँछस् र तिर्खाउँछस्, र जब तँ परमेश्वरसँग साँच्चै सहकार्य गर्छस्, परमेश्वरका आत्माले तँलाई निश्चय नै छुनुहुनेछ र तँभित्र काम गर्नुहुनेछ, जसले तँमा अझै बढी प्रकाश ल्याउनेछ, र तँलाई वास्तविकताको अझ बढी ज्ञान दिनेछ, र तेरो जीवनलाई ठूलो सहायता हुनेछ।
यदि मानिसहरूले परमेश्वरलाई चिन्नु छ भने, सर्वप्रथम उनीहरूले परमेश्वर व्यावहारिक परमेश्वर हुनुहुन्छ भन्ने जान्नुपर्छ, र उनीहरूले परमेश्वरका वचनहरू, परमेश्वर व्यावहारिक रूपमा देहमा प्रकट हुनुभएको, र परमेश्वरको व्यावहारिक काम जान्नुपर्छ। परमेश्वरका सबै काम व्यावहारिक छन् भन्ने जानेपछि मात्र तँ परमेश्वरसँग साँच्चै सहकार्य गर्न सक्षम हुनेछस्, र यो मार्ग भएर मात्र तैँले आफ्नो जीवनमा वृद्धि प्राप्त गर्न सक्नेछस्। वास्तविकताको ज्ञान नहुने सबैसँग परमेश्वरका वचनहरू अनुभव गर्ने कुनै उपाय हुँदैन, उनीहरू आफ्नै धारणाहरूको फन्दामा परेका हुन्छन् आफ्नै कल्पनामा बाँचेका हुन्छन्, त्यसैले उनीहरूसँग परमेश्वरका वचनहरूको कुनै ज्ञान छैन। वास्तविकता सम्बन्धी तेरो ज्ञान जति बृहत् छ, परमेश्वरसँग तँ त्यति नै निकट हुन्छस्, र उहाँसँग तँ त्यत्ति नै घनिष्ठ हुन्छस्; तँ जत्ति बढी अस्पष्टता, अमूर्तता र सिद्धान्तको खोजी गर्छस्, परमेश्वरबाट तँ उत्तिकै टाढा बहकिन्छस्, र परमेश्वरका वचनहरू अनुभव गर्नु जटिल र कठिन छ भन्ने तैँले अनुभूति गर्नेछस्, र तँ प्रवेश गर्न असमर्थ हुनेछस्। यदि तँ परमेश्वरका वचनहरूको वास्तविकतामा, र तेरो आत्मिक जीवनको सही मार्गमा प्रवेश गर्न चाहन्छस् भने, तैँले सर्वप्रथम वास्तविकता थाहा पाउनुपर्छ र अस्पष्ट र अलौकिक कुराहरूबाट आफूलाई अलग गर्नुपर्छ, भन्नुको तात्पर्य सर्वप्रथम पवित्र आत्माले तँलाई साँच्चै कसरी प्रकाश दिनुहुन्छ र मार्गदर्शन दिनुहुन्छ तैँले बुझ्नुपर्छ। यसरी, यदि तँ मानिसभित्रको पवित्र आत्माको यथार्थ कामलाई साँच्चिकै बुझ्न सक्छस् भने, तँ परमेश्वरद्वारा सिद्ध तुल्याइने सही मार्गमा प्रवेश गरेको हुनेछस्।
आज, सब थोक वास्तविकताबाट सुरु हुन्छ। परमेश्वरको काम नै सबैभन्दा बढी वास्तविक छ, र यसलाई मानिसहरूले छुन सक्छन्; मानिसहरूले अनुभव गर्न र प्राप्त गर्न सक्ने कुरा यही हो। मानिसहरूमा अस्पष्ट र अलौकिक कुरा धेरै हुन्छ, जसले परमेश्वरको हालको काम बुझ्नबाट उनीहरूलाई रोक्छ। त्यसैले, उनीहरू आफ्ना अनुभवहरूमा सधैँ तल-माथि हुन्छन्, र कामकुराहरू कठिन छन् भन्ने सधैँ महसुस गर्छन्, र यो सबै उनीहरूको धारणाहरूको कारणले भएको हो। मानिसहरू पवित्र आत्माको कामका सिद्धान्तहरूलाई बुझ्न असक्षम छन्, उनीहरू वास्तविकता जान्दैनन्, त्यसैले उनीहरू आफ्नो प्रवेशको मार्गबाट सधैँ नकारात्मक हुन्छन्। उनीहरू, परमेश्वरका अपेक्षाहरूलाई टाढाबाट हेर्छन्, तिनीहरूलाई हासिल गर्न असक्षम हुन्छन्; उनीहरूले परमेश्वरका वचनहरू साँच्चिकै असल छन् भन्ने मात्र देख्छन्, तर प्रवेश गर्ने मार्ग भेट्टाउन सक्दैनन्। पवित्र आत्माले यही सिद्धान्तद्वारा काम गर्नुहुन्छ: मानिसहरूको सहकार्यद्वारा, सक्रियतापूर्वक प्रार्थना गरेर, खोजेर र परमेश्वरको नजिक आएर उनीहरूद्वारा परिणामहरू प्राप्त गर्न सकिन्छ र पवित्र आत्माद्वारा उनीहरूलाई प्रकाश दिन र ज्योतिर्मय पार्न सकिन्छ। पवित्र आत्मा एकपक्षीय रूपमा काम गर्नु हुन्छ, वा मानिस एकपक्षीय रूपमा काम गर्छ भन्ने होइन। दुवै अपरिहार्य छन्, र मानिसले जति बढी सहकार्य गर्छ, र उनीहरूले परमेश्वरका आवश्यकताहरूका मापदण्डहरूको प्राप्तिको जत्ति बढी खोजी गर्छन्, पवित्र आत्माको काम उत्ति नै महान् हुन्छ। पवित्र आत्माको काममा थपिएको मानिसहरूको वास्तविक सहकार्यले मात्र, परमेश्वरका वचनहरूका वास्तविक अनुभवहरू र तात्विक ज्ञान पैदा गर्न सक्छ। विस्तारै, यस प्रकारले अनुभव गर्दै, सिद्ध व्यक्ति अन्ततः तयार पारिन्छ। परमेश्वरले अलौकिक कुराहरू गर्नुहुन्न; मानिसहरूका धारणाहरूमा, परमेश्वर सर्वशक्तिमान् हुनुहुन्छ, र परमेश्वरद्वारा नै सबै कुरा गरिन्छ—परिणामस्वरूप मानिसहरूले निष्क्रिय भएर पर्खिन्छन्, परमेश्वरका वचनहरू पढ्दैनन् वा प्रार्थना गर्दैनन्, र पवित्र आत्माको स्पर्शलाई केवल पर्खिन्छन्। यद्यपि, सही समझ भएकाहरूले यो विश्वास गर्छन्: परमेश्वरका कामहरू मेरो सहकार्यसम्म मात्र अगाडि बढ्न सक्छन्, र ममा परमेश्वरको कामको प्रभाव मैले कसरी सहकार्य गर्छु त्यसमा भर पर्छ। जब परमेश्वर बोल्नुहुन्छ, परमेश्वरका वचनहरू खोजी गर्न र यसप्रति प्रयत्न गर्न आफूले गर्न सक्ने सबै मैले गर्नुपर्छ; मैले प्राप्त गर्नुपर्ने यही हो।
पत्रुस र पावलको उदाहरणहरूमा तिमीहरूले प्रस्ट रूपमा देख्न सक्छौ, वास्तविकतालाई सबैभन्दा बढी ध्यान दिने पत्रुस नै थिए। पत्रुस गुज्रिएको कुराबाट देख्न सकिन्छ कि उसका अनुभवहरू विगतमा असफल भएकाहरूका पाठको सारांश थिए र उसले विगतका सन्तहरूका सामर्थ्यहरूलाई स्वीकार गरे। यसबाट देख्न सकिन्छ कि पत्रुसका अनुभवहरू साँच्चै कति यथार्थ थिए, मानिसहरू ती अनुभवहरूसम्म पुग्न र स्पर्श गर्न, र तिनीहरूलाई प्राप्त गर्न सक्षम छन्। यद्यपि, पावल फरक थिए: उनले बोलेका, तेस्रो स्वर्गमा जाने, सिंहासनमा विराजमान हुने, धार्मिकताको मुकुट जस्ता सबै कुराहरू, अस्पष्ट र अदृश्य थिए। उनले जे बाह्य थियो त्यसलाई जोड दिए: प्रतिष्ठामा र मानिसहरूलाई व्याख्यान दिँदा, उसको वरिष्ठताको प्रदर्शन गर्दा, पवित्र आत्माद्वारा छुने कुरा, र त्यस्तै कुराहरूमा। उसले खोजी गरेको केही पनि यथार्थ थिएन, र यसको अधिकांश कल्पना मात्रै थियो, र त्यसैले यो देख्न सकिन्छ कि त्यो सबै अलौकिक थियो, जस्तै पवित्र आत्माले मानिसहरूलाई कति छुनुहुन्छ, मानिसहरूले अनुभव गर्ने अपार आनन्द, तेस्रो स्वर्गमा जानु, वा उनीहरू आफ्नो नियमित तालिममा कुन हदसम्म आनन्दित हुन्छन्, परमेश्वरका वचनहरू पढ्दा कुन हदसम्म उनीहरू आनन्दित हुन्छन्—यिनीहरू कुनै पनि यथार्थ होइनन्। पवित्र आत्माको सबै काम सामान्य, र यथार्थ छ। जब तँ परमेश्वरका वचनहरू पढ्छस् र प्रार्थना गर्छस्, तब तँभित्र उज्ज्वल र दृढ बन्छस्, बाह्य संसारले तँलाई बाधा पुर्याउन सक्दैन; भित्र, तँ परमेश्वरलाई प्रेम गर्न तत्पर छस्, सकारात्मक कुराहरूमा लाग्न तत्पर छस्, र दुष्ट संसारलाई घृणा गर्छस्। परमेश्वरभित्र जिउनु भनेको यही नै हो। यो मानिसहरूले भनेजस्तो परम आनन्दको अनुभव गर्नु होइन—यस्ता कुरा व्यावहारिक होइनन्। आज, हरेक कुरा वास्तविकताबाट नै सुरु हुनुपर्छ। परमेश्वरले गर्ने सबै कुरा यथार्थ हुन्, र तेरा अनुभवहरूमा तैँले साँच्चै परमेश्वरलाई जान्ने कुरामा र परमेश्वरका कामका पाइलाहरूको खोजी गर्नमा र पवित्र आत्माले मानिसहरूलाई छुनुहुने र प्रकाश दिनुहुने माध्यमहरूमा ध्यान दिनुपर्छ। यदि तँ परमेश्वरका वचनहरूलाई खान्छस् र पिउँछस्, र प्रार्थना गर्छस्, अनि विगतको समयका असल कुराहरूलाई आत्मसाथ गर्दै र पत्रुसले जस्तै खराब कुरालाई इन्कार गर्दै अझै यथार्थ किसिमले सहकार्य गर्छस्, र यदि तैँले आफ्ना कानहरूले सुन्छस् र आफ्ना आँखाहरूले हेर्छस्, र हृदयमा बारम्बार प्रार्थना र मनन गर्छस्, र परमेश्वरको कामसँग सहकार्य गर्न तैँले सक्ने जति सबै गर्छस् भने, परमेश्वरले तँलाई निश्चय नै अगुवाइ गर्नुहुनेछ।
तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।