परमेश्‍वरसँग सामान्य सम्बन्ध स्थापित गर्नु अति नै महत्त्वपूर्ण छ

मानिसहरूले परमेश्‍वरमा विश्‍वास गर्ने, परमेश्‍वरलाई प्रेम गर्ने र परमेश्‍वरलाई सन्तुष्ट पार्ने तरीका भनेको उनीहरूका हृदयले परमेश्‍वरका आत्मा छोएर र त्यसबाट उहाँको सन्तुष्टि प्राप्त गरेर र उनीहरूको हृदयको प्रयोग गरेर परमेश्‍वरका वचनसँग सन्निकट रहनु र त्यसकारणले परमेश्‍वरका आत्माद्वारा प्रेरित हुनु हो। यदि तँ सामान्य आत्मिक जीवन प्राप्त गर्न चाहन्छस् र परमेश्‍वरसँग सामान्य सम्बन्ध राख्न चाहन्छस् भने तैँले सबैभन्दा पहिले आफ्‍नो हृदय उहाँलाई अर्पित गर्नुपर्छ। उहाँको सामुन्ने तैँले आफ्नो हृदय शान्त बनाएपछि मात्र र तेरो पूरा हृदय उहाँमा अर्पित गरेपछि मात्र तँ स्वाभाविक आत्मिक जीवन विकसित गर्न क्रमशः सक्षम हुनेछस्। यदि परमेश्‍वरमा मानिसहरूको विश्‍वासमा उनीहरूले आफ्नो हृदय उहाँमा अर्पित गर्दैनन् र यदि उनीहरूको हृदय उहाँमा छैन भने र उहाँको अभिभारालाई उनीहरूले आफ्नै अभिभाराको रूपमा लिँदैनन् भने, उनीहरूले गर्ने सबै कुरा परमेश्‍वरलाई बेइमान गर्ने काम, धार्मिक मानिसहरूको नमूनाको काम हो र उनीहरूले परमेश्‍वरको प्रशंसा प्राप्त गर्न सक्दैनन्। यस प्रकारको व्यक्तिबाट परमेश्‍वरले केही पनि प्राप्त गर्न सक्नुहुन्न। यस प्रकारका व्यक्तिले परमेश्‍वरको घरमा अनावश्यक र प्रयोगहीन सजावट जस्तै, परमेश्‍वरको काममा प्रतिभारको रूपमा मात्र काम गर्न सक्छ। परमेश्‍वरले यस प्रकारको व्यक्तिलाई कुनै कामको लागि पनि प्रयोग गर्नुहुन्न। यस प्रकारको व्यक्तिमा पवित्र आत्माको कामको लागि कुनै अवसर नहुने मात्र होइन, ऊ पूर्णता हुनुमा समेत कुनै मूल्य हुँदैन। यस प्रकारका व्यक्ति, सच्चाइमा जिउँदो लास हो। यस्ता मानिसहरूमा पवित्र आत्माले प्रयोग गर्न सक्ने केही कुरा पनि हुँदैन, तर यसको विपरीत, उनीहरू सबै शैतानद्वारा हडपिएका र पूरै भ्रष्ट बनेका छन्। परमेश्‍वरले यी मानिसहरूलाई निष्कासन गर्नुहुनेछ। हाल, मानिसहरूको प्रयोग गर्दा पवित्र आत्माले उनीहरूका ती भागहरू, जुन काम पूरा गर्नको लागि वाञ्छनीय हुन्छन्, तिनीहरू प्रयोग मात्र गर्नुहुन्न, उहाँले उनीहरूका अवाञ्छनीय भागहरूलाई सिद्ध बनाउने र परिवर्तन गर्ने पनि गर्नुहुन्छ। यदि तेरो हृदय परमेश्‍वरमा अर्पित गर्न सकिस् र उहाँको सामुन्ने शान्त रहन सकिस् भने, पवित्र आत्माद्वारा प्रयोग हुने, पवित्र आत्माको अन्तर्दृष्टि र प्रकाश प्राप्त गर्ने, अवसर र योग्यता पाउनेछस् र अझ बढी, पवित्र आत्माको लागि तेरा कमजोरीहरूलाई राम्रो बनाउने अवसर तैँले पाउनेछस्। जब परमेश्‍वरलाई तँ आफ्‍नो हृदय अर्पित गर्छस्, सकारात्मक पक्षमा, तैँले अझ गहन प्रवेश गर्न पाउनेछस् र अन्तर्दृष्टिको उच्च तह प्राप्त गर्न सक्नेछस्। नकारात्मक पक्षमा, तँलाई तेरा आफ्नै गल्तीहरू र कमजोरीहरूको बढी जानकारी हुनेछ, परमेश्‍वरको इच्छा पूरा गर्ने खोजीमा तँ बढी उत्सुक हुनेछस् र तँ निष्क्रिय हुनेछैनस् बरु सक्रिय रूपमा प्रवेश गर्नेछस्। तसर्थ, तँ सही व्यक्ति बन्नेछस्। परमेश्‍वरका सामुन्ने तेरो हृदय शान्त रहन सक्षम छ भन्‍ने मान्दा, पवित्र आत्माबाट तैँले प्रशंसा प्राप्त गर्छस् वा गर्दैनस् र तैँले परमेश्‍वरलाई खुशी राख्छस् वा राख्दैनस् भन्‍ने कुराको कुञ्‍जी तँ सक्रिय रूपमा प्रवेश गर्न सक्छस् कि सक्दैनस् भन्ने हो। जब पवित्र आत्माले कुनै व्यक्तिलाई अन्तर्दृष्टि प्रदान गर्नुहुन्छ र उनीहरूको प्रयोग गर्नुहुन्छ, यसले उनीहरूलाई कहिल्यै पनि नकारात्मक बनाउँदैन बरु उनीहरूलाई सक्रिय रूपमा प्रगति गर्ने बनाउँछ। उक्त व्यक्तिमा कमजोरीहरू भए पनि उनीहरू ती कमजोरीहरूमा आधारित भएर उनीहरूको जीवन निर्वाह गर्ने मार्गबाट टाढा रहन सक्छन्। उनीहरूले आफ्नो जीवन वृद्धिको विलम्बलाई टार्न सक्छन् र परमेश्‍वरको इच्छालाई सन्तुष्ट पार्ने खोजीलाई निरन्तरता दिन्छन्। यो एउटा मापदण्ड हो। यदि तैँले यसलाई प्राप्त गर्न सकिस् भने, तैँले पवित्र आत्माको उपस्थिति प्राप्त गरेको यो पर्याप्त प्रमाण हो। यदि कुनै व्यक्ति सधैँ नकारात्मक छ, र यदि अन्तर्दृष्टि प्राप्त गरेपछि पनि र आफूलाई चिन्न सक्षम भए पछि पनि, उनीहरू नकारात्मक र निष्क्रिय नै रहे र खडा हुन र परमेश्‍वरसँग सहकार्य गर्न सकेनन् भने, यस्ता प्रकारका व्यक्तिले परमेश्‍वरको कृपा मात्र प्राप्त गर्छ तर उनीहरूसँग पवित्र आत्मा रहनुहुनेछैन। जब कुनै व्यक्ति नकारात्मक छ, यसको अर्थ उनीहरूको हृदय परमेश्‍वरतिर फर्किएको छैन र उनीहरूको आत्मा परमेश्‍वरका आत्माद्वारा प्रभावित भएको छैन। यो सबैले बुझ्नुपर्छ।

अनुभवबाट देख्न सकिन्छ कि परमेश्‍वरको सामुन्ने आफ्नो हृदय शान्त बनाउनु अति महत्त्वपूर्ण विषयहरूमध्ये एक हो। यो एक विषय हो जसले मानिसहरूको आत्मिक जीवनसँग र उनीहरूको जीवनमा उनीहरूको वृद्धिसँग सरोकार राख्छ। परमेश्‍वरको सामुन्ने तेरो हृदय शान्त भए मात्र, सत्यको तेरो खोजी र स्वभावमा भएका तेरा परिवर्तनहरूले फल दिने छन्। तँ परमेश्‍वरका सामुन्ने अभिभारा बोकेर आउँछस् र धेरै मात्रामा तँमा कमी छ, तैँले थाहा पाउनुपर्ने सत्यहरू धेरै छन्, तैँले अनुभव गर्नु पर्ने वास्तविकता धेरै छ र परमेश्‍वरको इच्छालाई तैँले हरतरहले ध्यान दिनु छ भन्‍ने तँलाई सँधै लाग्छ, त्यसकारण यी कुराहरू तेरो मनमा सधैँ छन्। यो यस्तो छ कि तिनीहरूले जोडतोडले तँलाई दबाब दिइरहेका छन् जसले तँलाई सास फेर्न असमर्थ बनाउँछ, र त्यसैले तँ हृदयमा भारी अनुभव गर्छस् (यद्यपि तँ नकारात्मक स्थितिमा छैनस्)। यस्ता मानिसहरू मात्र परमेश्‍वरका वचनहरूका अन्तर्दृष्टि स्वीकार गर्न र परमेश्‍वरका आत्माद्वारा प्रभावित हुन योग्य छन्। उनीहरूको अभिभाराको कारणले, उनीहरूको हृदय भारी भएकाले र यसो भन्न सकिन्छ, उनीहरूले चुकाएको मूल्यको कारणले र परमेश्‍वरको सामुन्ने उनीहरूले पाएको यातनाका कारणले, उहाँको अन्तर्दृष्टि र प्रकाश उनीहरूले प्राप्त गर्छन्। किनकि परमेश्‍वरले कसैलाई पनि विशेष व्यवहार गर्नुहुन्न। मानिसहरूसँगको उहाँको व्यवहारमा उहाँ सधैँ निष्पक्ष हुनुहुन्छ, तर उहाँले मानिसहरूलाई मनोमानी ढङ्गले वा विना सर्तले पनि दिनुहुन्न। यो उहाँको धर्मी स्वभावको एउटा पक्ष हो। वास्तविक जीवनमा, अधिकांश मानिसहरूले यो राज्य प्राप्त गर्न बाँकी नै छ। कम्तीमा पनि, उनीहरूको हृदय परमेश्‍वरमा पूर्णरूपमा फर्किन बाँकी नै छ, र त्यसैले उनीहरूको जीवनको स्वभावमा अझै कुनै उल्लेखनीय परिवर्तन भएको छैन। यसको कारण हो उनीहरू परमेश्‍वरको कृपामा मात्र बाँच्छन् र उनीहरूले पवित्र आत्माको कामको लाभ उठाउन बाँकी नै छ। परमेश्‍वरद्वारा प्रयोग हुनको लागि मानिसहरूले पूरा गर्नै पर्ने मापदण्डहरू निम्न अनुसार छन्: उनीहरूको हृदय परमेश्‍वरमा फर्किन्छ, उनीहरू परमेश्‍वरका वचनहरूका अभिभाराको जिम्मेवारी लिन्छन्, उनीहरूसँग इच्‍छाको हृदय छ र उनीहरूसँग सत्यको खोजी गर्ने सङ्कल्प छ। यस्ता मानिसहरूले मात्र पवित्र आत्माको काम प्राप्त गर्न सक्छन् र उनीहरूले बारम्बार अन्तर्दृष्टि र ज्योति प्राप्त गर्छन्। परमेश्‍वरले प्रयोग गर्ने मानिसहरू बाहिरबाट अविवेकी र अरूसँग सामान्य सम्‍बन्ध नभएका जस्ता देखिन्छन् यद्यपि उनीहरू मर्यादाका साथ बोल्छन्, लापरवाह तरिकाले बोल्दैनन्, र परमेश्‍वरको सामुन्ने हृदय सधैँ शान्त राख्छन्। ठीक यस्तै प्रकारको व्यक्ति पवित्र आत्माद्वारा प्रयोग गरिन पर्याप्त हुन्छ। परमेश्‍वरले चर्चा गर्ने यो “अविवेकी” व्यक्तिको अन्य व्यक्तिहरूसँग सामान्य सम्बन्धहरू नभएको जस्तो देखिन्छ र उनीहरू बाह्य प्रेम वा बाह्य अभ्यासहरूलाई त्यति ध्यान दिँदैनन् तर जब उनीहरू आत्मिक कुराहरू बताउँछन् उनीहरू आफ्नो हृदय खोल्न सक्छन् र परमेश्‍वरका सामुन्ने उनीहरूले आफ्ना वास्तविक अनुभवबाट प्राप्त गरेका प्रकाश र अन्तर्दृष्टि अरूलाई निस्वार्थ प्रदान गर्छन्। उनीहरूले यसरी परमेश्‍वरप्रतिको आफ्‍नो प्रेम व्यक्त गर्छन् र परमेश्‍वरको इच्छालाई सन्तुष्ट पार्छन्। जब अन्य व्यक्तिहरू उनीहरूलाई निन्दा र खिसी-ट्युरी गरिरहेका हुन्छन्, उनीहरू बाहिरका मानिसहरू, वस्तुहरू वा चीजहरूद्वारा नियन्त्रित हुनबाट टाढा रहिरहन सक्षम हुन्छन् र परमेश्‍वरका सामुन्ने अझै शान्त रहन सक्छन्। यस्ता प्रकारका व्यक्तिमा उनीहरूको आफ्नै अद्वितीय अन्तर्दृष्टि रहेको देखिन्छ। अन्य मानिसहरूले जे गरे पनि उनीहरूको हृदयले परमेश्‍वरलाई कहिल्यै छोड्दैन। जब अन्य व्यक्तिहरू प्रफुल्लित भएर र हास्यास्पद तरिकाले गफमा झुम्‍मिन्छन्, उनीहरूको हृदय परमेश्‍वरको वचनलाई चिन्तन गर्दै वा उनीहरूका हृदयमा परमेश्‍वरलाई निरन्तर रूपमा प्रार्थना गर्दै, परमेश्‍वरका अभिप्रायहरू खोज्दै परमेश्‍वरको सामुन्ने नै रहन्छ। अन्य मानिसहरूसँग सामान्य सम्बन्धहरू कायम राख्ने कुरालाई उनीहरू कहिल्यै महत्त्व दिँदैनन्। यस प्रकारका व्यक्तिमा जीवन जिउने सम्बन्धी कुनै दर्शनशास्त्र नभएको देखिन्छ। बाह्य रूपमा यस्ता व्यक्ति सक्रिय, प्रेमिलो र निर्दोष हुन्छन् तर उनीहरूमा शान्त भाव पनि हुन्छ। परमेश्‍वरले यस्तै प्रकारको व्यक्तिलाई प्रयोग गर्नुहुन्छ। यस प्रकारको व्यक्तिमा जीवन जिउने सम्बन्धी दर्शनशास्त्र वा “सामान्य कारण” जस्ता कुराहरूले कुनै काम गर्दैनन्; यी यस प्रकारका व्यक्ति हुन् जसले आफ्नो सम्पूर्ण हृदय परमेश्‍वरका वचनमा समर्पित गरेका छन् र उनीहरूका हृदयमा परमेश्‍वर मात्र रहनुभएको देखिन्छ। यी यस्ता प्रकारका व्यक्ति हुन् जसलाई परमेश्‍वरले “कारण विनाको” व्यक्तिका रूपमा चर्चा गर्नुहुन्छ र परमेश्‍वरद्वारा प्रयोग गरिने व्यक्ति ठीक यस प्रकारका व्यक्ति हुन्। परमेश्‍वरद्वारा प्रयोग गरिने व्यक्तिको लक्षण भनेको: जहिले र जहाँ भए पनि उनीहरूको हृदय सधैँ परमेश्‍वरको सामुन्ने हुन्छ, र अन्य व्यक्तिहरू जति नै दुराचारी भए पनि, उनीहरू आफ्नो कामुकता र आफ्नो शरीरमा जत्ति नै संलग्न भएपनि यस्तो व्यक्तिको हृदयले परमेश्‍वरलाई कहिल्यै पनि छोड्दैन र उनीहरू भीडलाई पछ्याउँदैनन्। यस प्रकारका व्यक्ति मात्र परमेश्‍वरको प्रयोगका लागि उचित छ र यस प्रकारका व्यक्तिलाई मात्र पवित्र आत्माले सिद्ध बनाउनुहुन्छ। यदि तँ ती कुराहरू प्राप्त गर्न विफल भइस् भने तँ परमेश्‍वरद्वारा लिइन र पवित्र आत्माद्वारा सिद्ध बनाउन योग्य छैनस्।

यदि तँ परमेश्‍वरसँग सामान्य सम्बन्ध राख्न चाहन्छस् भने तेरो हृदय परमेश्‍वरमा फर्किनै पर्छ। यसको जगमा अन्य मानिसहरूसँग पनि तेरो सम्बन्ध स्वाभाविक हुनेछ। यदि परमेश्‍वरसँग तेरो सम्‍बन्ध सामान्य छैन भने, अन्य मानिसहरूसँग तेरा सम्बन्धहरू कायम राख्न तैँले जे गरे पनि, तैँले जति कठिन परिश्रम गरे पनि वा तैँले जति शक्ति प्रयोग गरे पनि, यी सबै मानिसको जीवन जिउने सम्बन्धी दर्शनशास्त्रसँग सम्बन्धित हुनेछन्। तैँले मानवीय दृष्टिकोण र मानवीय दर्शनद्वारा मानिसहरूका बीचमा तेरो प्रतिष्ठा कायम गरिरहेको छस् ता कि मानिसहरू तेरो प्रशंसा गरून्, तर मानिसहरूसँग सामान्य सम्बन्ध स्थापित गर्न तैँले परमेश्‍वरका वचनलाई पालन गरिरहेको छैनस्। यदि तैँले मानिसहरूसँगको तेरा सम्बन्धहरूमा ध्यान केन्द्रित गर्दैनस् तर परमेश्‍वरसँग स्वाभाविक सम्बन्ध कायम राख्छस् भने, यदि तँ आफ्नो हृदय परमेश्‍वरलाई अर्पित गर्न र उहाँको आज्ञापालन गर्न सिक्न तत्पर छस् भने, प्राकृतिक रूपमै सबै मानिसहरूसँगका तेरा सम्बन्धहरू सामान्य हुनेछन्। यसप्रकार, ती सम्बन्धहरू शरीरमा होइन, तर परमेश्‍वरका प्रेमका आधारमा स्थापित हुन्छन्। त्यहाँ झण्डै शून्य शारीरिक अन्तरक्रिया हुन्छ, तर आत्मामा सङ्गति, पारस्परिक प्रेम, पारस्परिक सान्त्वना, र एक-अर्काको लागि प्रबन्ध हुन्छ। यी सबै परमेश्‍वरलाई सन्तुष्ट पार्ने हृदयको जगमा गरिन्छ। जीवन जिउने सम्बन्धी मानवीय सिद्धान्तमा आधारित भएर यी सम्बन्धहरू कायम राखिँदैन, तर परमेश्‍वरको लागि अभिभारा बोकेर प्राकृतिक तरिकाले नै स्थापित हुन्छ। यसको लागि मानव निर्मित प्रयत्न आवश्यक पर्दैन। तैँले परमेश्‍वरको वचन सिद्धान्त अनुसार अभ्यास मात्र गर्नु आवश्यक हुन्छ। के तँ परमेश्‍वरको इच्छाप्रति विचारशील हुन इच्छुक छस्? के तँ परमेश्‍वरको सामुन्ने “कारण विनाको” व्यक्ति हुन इच्छुक छस्? के तँ परमेश्‍वरलाई आफ्‍नो हृदय पूर्णरूपमा अर्पित गर्न र मानिसहरूका बीचमा रहेको हैसियतलाई उपेक्षा गर्न इच्छुक छस्? तँसँग सम्पर्कमा भएका सबै मानिसहरू मध्ये कोसँग तेरो उत्कृष्ट सम्बन्ध छ? कोसँग तेरो खराब सम्बन्ध छ? के मानिसहरूसँगका तेरा सम्बन्धहरू सामान्य छन्? के तँ सबै मानिसहरूलाई समान रूपले व्यवहार गर्छस्? के अन्य मानिसहरूसँगका तेरा सम्बन्धहरू तेरो जीवन जिउने दर्शनमा आधारित भएर कायम रहेका छन् कि तिनीहरू परमेश्‍वरका प्रेमको जगमा बनेका छन्? जब कुनै व्यक्तिले उनीहरूको हृदय परमेश्‍वरमा अर्पित गर्दैनन् तब उनीहरूको आत्मा कुण्ठित, लाटो र अचेत बन्छ। यस प्रकारका व्यक्तिले परमेश्‍वरका वचनहरू कहिले पनि बुझ्‍नेछैन र परमेश्‍वरसँग कहिले पनि सामान्य सम्बन्ध हुनेछैन; यस प्रकारको व्यक्तिको स्वभाव कहिले पनि परिवर्तन हुनेछैन। आफ्नो स्वभाव परिवर्तन गर्नु भनेको परमेश्‍वरलाई पूर्ण रूपमा आफ्नो हृदय अर्पित गर्ने र परमेश्‍वरका वचनहरूबाट अन्तर्दृष्टि र ज्योति प्राप्त गर्ने प्रक्रिया हो। परमेश्‍वरको कामले व्यक्तिलाई सक्रिय रूपमा प्रवेश गर्न दिन सक्छ साथै उनीहरूलाई उनीहरूका नकारात्मक पक्षहरूबारे ज्ञान प्राप्त गरेपछि तिनलाई हटाउन सक्षम बनाउँछ। जब तँ आफ्‍नो हृदय परमेश्‍वरमा अर्पित गर्ने बिन्दुमा पुग्छस्, तब तँ आफ्‍नो आत्माभित्रका प्रत्येक सूक्ष्म चाललाई बुझ्‍न सक्षम हुनेछस् र परमेश्‍वरबाट प्राप्त प्रत्येक अन्तर्दृष्टि र ज्योतिको ज्ञान तँलाई हुनेछ। यसलाई समातेर राख्, र तँ पवित्र आत्माद्वारा सिद्ध पारिने बाटोमा बिस्तारै प्रवेश गर्नेछस्। परमेश्‍वरको सामुन्ने तेरो हृदय जति शान्त हुन सक्छ, तेरो आत्मा त्यति नै बढी संवेदनशील र कोमल हुनेछ र पवित्र आत्माले कसरी यसलाई चलाउनुहुन्छ त्यस बारेमा तेरो आत्माले जति बुझ्‍न सक्छ, तब परमेश्‍वरसँगको तेरो सम्बन्ध अझै बढी सामान्य हुनेछ। मानिसहरू बीचको सामान्य सम्बन्ध मानिसको प्रयत्नको माध्यमबाट होइन तर उनीहरूले आफ्नो हृदय परमेश्‍वरमा अर्पित गर्ने जगमा स्थापित भएको हुन्छ। उनीहरूका हृदयमा परमेश्‍वर हुनुहुन्‍न भने, मानिसहरूका बीचका अन्तर वैयक्तिक सम्बन्धहरू केवल शरीरका सम्बन्धहरू मात्र हुन्। ती साधारण होइनन्, बरु कामुकतामा लाग्‍नु हो। ती यस्ता सम्बन्धहरू हुन् जसलाई परमेश्‍वरले घृणा गर्नुहुन्छ, जसलाई उहाँले हेला गर्नुहुन्छ। यदि तँ भन्छस् तेरो आत्मा प्रभावित भएको छ, तर तँ सधैँ त्यस्ता मानिसहरूसँग सङ्गति गर्न चाहन्छस् जसलाई तँ मन पराउँछस्, जसको बारे तँ प्रशंसा गर्छस्, र यदि कुनै अर्को व्यक्तिले खोजिरहेको छ तर तँ उसलाई मन पराउँदैनस्, उनीहरूप्रति पूर्वाग्रह समेत राख्छस् र उनीहरूसँग निकट रहँदैनस् भने, यो तँ तेरा भावनाहरूको अधीनमा छस् र परमेश्‍वरसँग तेरो सामान्य सम्बन्ध रत्तीभर छैन भन्ने कुराको अझै बढी प्रमाण हो। तँ परमेश्‍वरलाई झुक्याउन र तेरो आफ्नै कुरूपता ढाकछोप गर्न कोसिस गरिरहेको छस्। तैँले केही ज्ञान बाँड्न सके पनि तैँले गलत मनसाय लिन्छस् भने, तैँले गर्ने सबै कुरा मानवको मापदण्डहरूमा मात्र उचित छ। परमेश्‍वरले तेरो प्रशंसा गर्नुहुन्न—तैँले देह अनुसार कार्य गरिरहेको छस्, परमेश्‍वरको अभिभारा अनुसार होइन। परमेश्‍वरको सामुन्ने यदि तैँले आफ्‍नो हृदयलाई शान्त राख्न सकिस् भने र परमेश्‍वरलाई प्रेम गर्ने ती सबैसँग स्वाभाविक अन्तरक्रिया गर्न सकिस् भने मात्रै तँ परमेश्‍वरको निम्ति प्रयोगयोग्य हुन्छस्। यसप्रकार, तँ अन्य व्यक्तिहरूसँग जसरी संलग्न भए पनि, यो जीवन जिउने सम्बन्धी सिद्धान्त अनुसार हुनेछैन, तर यो परमेश्‍वरको सामुन्ने उहाँको अभिभाराप्रति विचारशील हुँदै जिउनु हुनेछ। तिमीहरूका बीचमा यस्ता मानिसहरू कति छन्? के अन्य व्यक्तिहरूसँग तेरा सम्बन्धहरू वास्तवमै सामान्य छन्? के को जगमा ती निर्माण भएका छन्? तँभित्र जीवन जिउने सम्बन्धी सिद्धान्तहरू कति छन्? के ती त्यागिएका छन्? यदि तेरो हृदय परमेश्‍वरमा पूर्णरूपमा फर्किन सक्दैन भने, तँ परमेश्‍वरको होइनस्—तँ शैतानबाट आउँछस्, र अन्त्यमा तँ शैतानमा फर्कनेछस्। तँ परमेश्‍वरका मानिसहरूमध्ये एक जना हुन लायक छैनस्। यो सबैको लागि तेरो जागरूक सूझबुझको आवश्यकता पर्छ।

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्