परमेश्‍वरमाथिको तेरो विश्‍वासमा तैँले परमेश्‍वरको आज्ञापालन गर्नैपर्छ

तैँले किन परमेश्‍वरमा विश्‍वास गर्छस्? धेरै व्यक्तिहरू यस प्रश्नद्वारा अलमलमा पर्छन्। व्यावहारिक परमेश्‍वर र स्वर्गमा हुनुहुने परमेश्‍वरका बारेमा तिनीहरूमा सधैँभरि दुई वटा अत्यन्तै भिन्न प्रकारका दृष्टिकोणहरू छन्, जसले के देखाउँछ भने तिनीहरूले परमेश्‍वरको आज्ञापालन गर्नका लागि होइन, तर अरू केही फाइदाहरू पाउन, वा विपत्तिले ल्याउने कष्टबाट बच्नका लागि उहाँमा विश्‍वास गरेका हुन्छन्। त्यसपछि मात्र तिनीहरू केही हदसम्म आज्ञाकारी भएका हुन्छन्। तिनीहरूको आज्ञाकारीता सर्तसहितको हुन्छ। यो तिनीहरूका आफ्नै व्यक्तिगत अपेक्षाहरूका खातिर गरिएको हुन्छ, र यो जबरजस्ती गरिएको आज्ञापालन मात्रै हुन्छ। यसैले, आखिर तँ किन परमेश्‍वरमा विश्‍वास गर्छस्? यदि यो तेरा अपेक्षाहरू र भवितव्यको खातिर मात्र हो भने, तैँले विश्‍वास नै नगरेको भए अझ असल हुनेथियो। यस किसिमको विश्‍वासचाहिँ आफैलाई धोका दिने, आफैलाई दृढ पार्ने, र आफैलाई बढाइचढाइ गर्ने कुरा हो। यदि तेरो विश्‍वास परमेश्‍वरमाथिको आज्ञाकारीतामा निर्माण भएको छैन भने, तैँले उहाँको विरोध गरेकोमा अन्त्यमा तँलाई दण्ड दिइनेछ। आफ्ना विश्‍वासमा परमेश्‍वरमा आज्ञाकारी हुन नखोज्नेहरूले उहाँको विरोध गरेका हुन्छन्। मानिसहरूले सत्यताको खोजी गरून्, उहाँका वचनमा तिर्खाउन्, उहाँका वचनलाई खाऊन् र पिऊन्, र त्यसलाई व्यवहारमा प्रयोग गरून् भनी परमेश्‍वर चाहनुहुन्छ, यसरी तिनीहरूले परमेश्‍वरप्रतिको आज्ञाकारीतालाई प्राप्त गर्न सक्नेछन्। यदि तेरा सच्चा अभिप्रायहरू यी नै हुन् भने, अवश्य पनि परमेश्‍वरले तँलाई माथि उठाउनुहुनेछ, र अवश्य पनि तँप्रति अनुग्रहकारी हुनुहुनेछ। यो शङ्का गर्न नपर्ने र परिवर्तन नहुने कुरा हो। यदि तँ परमेश्‍वरको आज्ञा पालन नगर्ने अभिप्राय राख्छस्, अनि तेरा लक्ष्यहरू अरू नै छन् भने, तैँले भनेका र गरेका सबै कुराहरू—परमेश्‍वरको सामु गरेका प्रार्थनाहरू, र तेरो प्रत्येक कार्य समेत—उहाँका विरोधमा हुनेछन्। सायद तँ नम्र भएर बोल्ने र सहज व्यवहार गर्ने व्यक्ति हुनसक्छस्, तेरो प्रत्येक कार्य र अभिव्यक्ति उचित देखिन सक्छ, अनि तँ आज्ञा पालन गर्ने व्यक्तिजस्तो देखिन्छस् होला, तर जब परमेश्‍वरमाथिको तेरो विश्‍वासका अभिप्रायहरू र दृष्टिकोणहरूका कुरा आउँछन्, तब तैँले गरेका ती सबै कुराहरू परमेश्‍वरका विरोधमा हुन्छन्। तैँले गरेका सबै कुराहरू दुष्ट हुन्छन्। भेडाजस्तै आज्ञाकारी देखिने, तर जसका हृदयमा भने दुष्ट उद्देश्यहरू बोकेर हिँड्ने, मानिसहरू भेडाका भेषमा देखिने ब्‍वाँसाहरू हुन्। तिनीहरूले सीधै परमेश्‍वरलाई चिढ्याउँछन्, र परमेश्‍वरले तिनीहरूमध्ये एक जनालाई पनि बाँकी राख्नुहुनेछैन। पवित्र आत्माले तिनीहरू हरेकलाई प्रकाश गर्नुहुनेछ र ढोङ्गीहरू प्रत्येकलाई निश्चय नै पवित्र आत्माले तिरस्कार गर्नुहुनेछ र इन्कार गर्नुहुनेछ भन्ने कुरालाई उहाँले सबैका सामुन्ने देखाउनुहुनेछ। चिन्ता नगर्: परमेश्‍वरले तिनीहरू प्रत्येकबाट लेखा लिनुहुनेछ र तिनीहरू प्रत्येकलाई त्याग्नुहुनेछ।

यदि तैँले परमेश्‍वरबाटको नयाँ ज्योति स्वीकार गर्न सक्दैनस्, र परमेश्‍वरले आज गर्नुहुने सबै कार्यलाई बुझ्न सक्दैनस् र तँ यसलाई खोजी गर्दैनस्, वा यसलाई तँ शङ्का गर्छस्, यसको न्याय गर्छस्, वा यसलाई जाँच र विश्लेषण गर्छस् भने, परमेश्‍वरको आज्ञापालन गर्ने मन तँसँग छैन। यहाँ र अहिलेको ज्योति प्रकट हुँदा, तैँले हिजोको ज्योतिलाई मात्र बहुमूल्य ठानिराख्छस् र परमेश्‍वरको नयाँ कार्यलाई विरोध गर्छस् भने, तँ मूर्खभन्दा बढी केही होइनस्—तँ जानी-जानी परमेश्‍वरलाई विरोध गर्ने व्यक्ति होस्। परमेश्‍वरको आज्ञाकारी हुने कार्यको चाबीचाँहि नयाँ ज्योतिप्रति कृतज्ञ हुनु, र यसलाई स्वीकार गर्न सक्नु र यसलाई व्यवहारमा लागू गर्न सक्नु हो। यही नै साँचो आज्ञाकारीता हो। परमेश्‍वरप्रति तृषित नहुनेहरू नै उद्देश्यका साथ उहाँमा समर्पित हुन नसक्ने मानिसहरू हुन्, र आफ्ना यथास्थितिमा सन्तुष्ट भएको फलस्वरूप तिनीहरूले परमेश्‍वरको विरोध मात्र गर्न सक्छन्। त्यस मानिसहरूले परमेश्‍वरको आज्ञालाई पालन गर्न नसक्नुको कारण के हो भने, ऊ पहिले आएको कुराको बन्धनमा बाँधिएको हुन्छ। पहिले आएका कुराहरूले मानिसहरूलाई परमेश्‍वरका बारेमा अनेक किसिमका धारणाहरू र अनुमानहरू प्रदान गरेका छन्, र तिनीहरूका मनमा यी कुराहरू परमेश्‍वरको स्वरूप बनेको छ। यसरी, तिनीहरूले विश्‍वास गर्ने कुराहरू आफ्नै धारणाहरू र तिनीहरूका आफ्नै कल्पनाका मापदण्डहरू हुन्। यदि तैँले आज वास्तविक काम गर्नुहुने परमेश्‍वरलाई तेरो कल्पनाको परमेश्‍वरसँग तुलना गर्छस् भने, तेरो विश्‍वास शैतानबाट आउँछ, र तेरा आफ्नै प्राथमिकताहरूद्वारा दूषित पारिएको हुन्छ, परमेश्‍वरले यस किसिमको विश्‍वास चाहनुहुन्न। तिनीहरूका योग्यताहरू जति नै उच्च भए पनि, र तिनीहरू समर्पित नै भएपनि—तिनीहरूले उहाँका काममा पूरै जीवनका प्रयासहरू समर्पण गरेका भएपनि, तिनीहरूले आफैलाई शहीद तुल्याएका भएपनि—यस किसिमको विश्‍वास भएको कुनै पनि व्यक्तिलाई परमेश्‍वरले स्वीकार गर्नुहुन्न। उहाँले तिनीहरूमाथि थोरै अनुग्रह मात्र दिनुहुन्छ र केही समयका लागि यसको आनन्द लिन दिनुहुन्छ। यस किसिमका व्यक्तिहरू सत्यतालाई व्यवहारमा लागू गर्न असक्षम हुन्छन्। पवित्र आत्माले तिनीहरूभित्र काम गर्नुहुन्न, र परमेश्‍वरले तिनीहरू प्रत्येकलाई हटाउनुहुनेछ। जवान र वृद्ध जो भए पनि, आफ्नो विश्‍वासमा परमेश्‍वरको आज्ञापालन नगर्ने र गलत अभिप्राय बोकेर हिँड्ने मानिसहरू विरोध गर्ने र बाधा दिने मानिसहरू हुन् र त्यस्ता मानिसहरूलाई परमेश्‍वरले हटाउनुहुनेछ भन्नेमा कुनै प्रश्न छैन। जो परमेश्‍वरप्रति अलिकति पनि आज्ञाकारी छैनन्, जसले उहाँको नामलाई त्यतिकै स्वीकार गर्छन्, र परमेश्‍वरको दयालुपन र प्रेमिलोपनको बारेमा केही जानेका हुन्छन्, र पनि पवित्र आत्माका कदमहरूलाई पछ्याउँदैनन्, र पवित्र आत्माका वर्तमान कार्य र वचनहरूलाई पालना गर्दैनन् भने—यस्ता मानिसहरू परमेश्‍वरको अनुग्रहले मात्र बाँचेका हुन्छन्, र तिनीहरूलाई उहाँले लिनुहुनेछैन वा सिद्ध पार्नुहुनेछैन। परमेश्‍वरले मानिसहरूका आज्ञाकारिताद्वारा, परमेश्‍वरको वचनलाई खाने, पिउने र यसमा आनन्द मनाउने, र तिनीहरूका कार्यद्वारा, र तिनीहरूका जीवनमा आउने दुःख र शोधनद्वारा परमेश्‍वरले तिनीहरूलाई सिद्ध पार्नुहुन्छ। यस किसिमको विश्‍वासद्वारा मात्र मानिसहरूका भित्री स्वभाव परिवर्तन हुनेछ, र त्यसपछि मात्र तिनीहरूले परमेश्‍वरको साँचो ज्ञान प्राप्त गर्नेछन्। परमेश्‍वरको अनुग्रहमा बाँचेर मात्र सन्तुष्ट नभई, सक्रिय रूपमा सत्यतालाई चाहने र खोज्ने, र परमेश्‍वरद्वारा केही कुरा प्राप्तिका लागि खोजी गर्ने—सचेत भएर परमेश्‍वरको आज्ञा पालन गर्नु भनेको यही नै हो र उहाँले चाहनुहुने विश्‍वास पनि यही नै हो। परमेश्‍वरको अनुग्रहमा आनन्द गर्ने बाहेक अरू केही कुरा नगर्ने व्यक्तिहरूलाई सिद्ध पार्न वा परिवर्तन गर्न सकिँदैन। अनि तिनीहरूका आज्ञाकारीता, भक्ति, प्रेम, र धैर्यता सबै सतही मात्र हुन्। परमेश्‍वरको अनुग्रहमा मात्र रमाउनेहरूले परमेश्‍वरलाई साँचो रूपमा चिन्न सक्दैनन्, अनि तिनीहरूले परमेश्‍वरलाई चिने भने पनि, तिनीहरूको ज्ञान सतही हुन्छ, र “परमेश्‍वरले मानिसहरूलाई प्रेम गर्नुहुन्छ,” वा “परमेश्‍वर मानिसहरूप्रति करुणामय हुनुहुन्छ” भन्ने जस्ता कुराहरू तिनीहरू गर्छन्। यसले मानिसको जीवनलाई प्रतिनिधित्व गर्दैन, र मानिसहरूले साँच्चै परमेश्‍वरलाई चिनेका छन् भन्ने कुरालाई पनि देखाउँदैन। जब परमेश्‍वरको वचनले तिनीहरूलाई शोधन गर्छ, वा उहाँका जाँचहरू तिनीहरूमाथि आउँछन्, मानिसहरूले परमेश्‍वरको आज्ञा पालन गर्न सक्दैनन्—बरु, तिनीहरू शङ्कालु हुन्छन्, र पतन हुन्छन्—तब तिनीहरू अलिकति पनि आज्ञाकारी भएका हुँदैनन्। तिनीहरूभित्र, परमेश्‍वरमा राखिएको विश्‍वास सम्बन्धी धेरै नियमहरू र प्रतिबन्धहरू, धेरै वर्षको विश्‍वासका नतिजा स्वरूप आएका पुराना अनुभवहरू, वा बाइबलमा आधारित विभिन्न नियमहरू हुन्छन्। के यस किसिमका मानिसहरूले परमेश्‍वरको आज्ञा पालन गर्नसक्छन्? यी मानिसहरू मानवीय कुराहरूले भरिएका हुन्छन्—तिनीहरूले कसरी परमेश्‍वरको आज्ञा पालन गर्नसक्छन्? तिनीहरूका “आज्ञाकारीता” व्यक्तिगत प्राथमिकता अनुसार हुन्छन्—के परमेश्‍वरले यस किसिमको आज्ञाकारीता चाहनुहुन्छ? यो परमेश्‍वरमा भएको आज्ञाकारीता होइन, तर नियमहरूको पालन हो। यो आफ्‍नै सन्तुष्टि र कृतज्ञता हो। यदि तँ यो परमेश्‍वरप्रति गरिएको आज्ञाकारीता हो भनी भन्छस् भने, के तैँले उहाँको निन्दा गरिरहेको हुँदैनस् र? तँ मिश्री फारो जस्तो भइस्। तैँले दुष्ट काम गरिरहेको छस्, र तैँले विशेषगरी आफैलाई परमेश्‍वरको विरोध गर्ने काममा लगाएको छस्—के तैँले परमेश्‍वरलाई यसरी नै सेवा गरेको उहाँ चाहनुहुन्छ? तैँले तुरुन्तै पश्‍चाताप गरेर केही स्व-चेतना प्राप्त गर्ने प्रयास गर्नु नै राम्रो हुन्छ। यसमा तँ असफल भइस् भने, तँ घर जानु नै असल हुन्छ; परमेश्‍वरप्रतिको तेरो सेवा सम्बन्धी झूटो घोषणाले भन्दा त्यसले तँलाई बढी फाइदा गर्नेछ। तँ बाधा र अवरोध बन्‍नेछैनस्; तँलाई आफ्नो स्थान थाहा हुन्छ, र त्यहाँ राम्रोसँग जिउँछस्—के त्यो तेरो लागि अझै असल हुँदैन र? परमेश्‍वरको विरोध गरेकोमा तैँले दण्ड पनि पाउनेछैनस्!

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्