परमेश्‍वरको सेवा गर्नेसम्बन्धी वचनहरू (अंश ७६)

मण्डलीमा, कस्तो व्यक्ति सबैभन्दा अहङ्कारी हुन्छ? उसको अहङ्कार कसरी आफै प्रकाश हुन्छ? कस्तो मामलामा उसको अहङ्कार सबैभन्दा बढी प्रकाश हुन्छ? के तिमीहरूलाई यसको समझ छ? मण्डलीभित्रका सबैभन्दा अहङ्कारी मानिसहरू वास्तवमा दुष्ट र ख्रीष्टविरोधीहरू हुन्। तिनीहरूको अहङ्कार सामान्य मानिसहरूको भन्दा धेरै हुन्छ, यहाँसम्म कि तिनीहरू समझहीन हुने विन्दुसम्म पुग्छन्। कुन-कुन मामलाहरूमा यो देख्न सबैभन्दा सजिलो हुन्छ? तिनीहरूलाई काटछाँट गरिँदा तिनीहरूको अहङ्कारी स्वभाव सबैभन्दा स्पष्ट रूपमा खुलासा हुन्छ। यी ख्रीष्टविरोधीहरूका दुष्कर्महरूको परिमाण जतिसुकै भए पनि, यदि कसैले तिनीहरूलाई काटछाँट गर्छ भने, तिनीहरूले रिसाएर यसो भन्‍नेछन्: “मलाई आलोचना र गाली गर्ने तँ को होस्? तँ कति जनालाई अगुवाइ गर्न सक्छस्? के तँ प्रवचन दिन सक्छस्? के तँ सत्यता सङ्गति गर्न सक्छस्? तैँले मेरो भूमिका निभाउनुपरेको भए, तँ मजत्तिको नि राम्रो हुन्थिनस्!” यो कुरा तिमीहरूलाई कस्तो लाग्छ? के तिनीहरूसँग सत्यता स्विकार्ने अलिकति पनि मनोवृत्ति छ त? यदि तिमीहरूले काटछाँटलाई यसरी लिन्छौ भने, त्यसले समस्या निम्त्याउँछ। यसले तिमीहरूसँग कुनै सत्यता वास्तविकता छैन, र तेरो जीवन स्वभाव बिलकुलै परिवर्तित भएको छैन भन्‍ने प्रमाणित गर्छ। के यति गहन रूपमा भ्रष्ट भएको बुढोखाडो अगुवा वा कामदार हुन सक्छ? के उसले परमेश्‍वरलाई सेवा गर्ने कर्तव्य निभाउन सक्छ? पक्कै सक्दैन, किनकि यस्ता मानिसहरू अगुवा वा कामदार बन्‍न योग्यसमेत हुँदैनन्। अगुवा वा कामदार हुन, कम्तीमा पनि व्यक्तिमा अलिकति वास्तविक अनुभव हुनैपर्छ, उसले केही सत्यताहरू बुझ्नैपर्छ, ऊसँग केही वास्तविकताहरू, र सबैभन्दा आधारभूत स्तरको समर्पणता हुनैपर्छ, भन्‍नुको अर्थ, कम्तीमा पनि व्यक्तिमा काटछाँट स्विकार्न सक्‍ने सक्षमता हुनैपर्छ—यस्तो व्यक्ति मात्र अगुवा वा कामदार हुन योग्य हुन्छ। यदि व्यक्तिसँग कुनै पनि सत्यता वास्तविकता छैन, र उसलाई काटछाँट गर्दा, ऊ अझै पनि बहस र प्रतिरोध गर्छ, अनि उसले सत्यता पटक्कै स्विकार्दैन भने, र यदि यस्तो व्यक्तिले परमेश्‍वरको सेवा गर्छ भने, तिमीहरूलाई परिणाम के हुन्छ जस्तो लाग्छ? यसमा शङ्कै छैन, उसले परमेश्‍वरको प्रतिरोध गर्नेछ; उसले जस्तोसुकै काम गरिरहेको भए पनि, उसले सत्यता अभ्याससमेत गर्नेछैन, सिद्धान्तहरूअनुसार कामकुरा सम्हाल्नु त परै जाओस्। त्यसैले सत्यता वास्तविकता नभएका मानिसहरूले अगुवा वा कामदारको भूमिका निभाए भने, तिनीहरूले निश्‍चय नै ख्रीष्टविरोधीहरूको मार्गमा हिँड्नेछन् र परमेश्‍वरको प्रतिरोध गर्नेछन्। किन कैयौँ अगुवा र कामदारहरू अलिकति कर्तव्य निभाउनेबित्तिकै प्रकाश हुन्छन्? किनभने तिनीहरू सत्यता पछ्याउँदैनन्, बरु ख्याति, लाभ र हैसियत खोज्छन्, र परिणामस्वरूप, तिनीहरू स्वतः ख्रीष्टविरोधीहरूको मार्गमा लाग्छन्। तिमीहरू सबै जनाको कुरा गर्नुपर्दा, यदि तिमीहरूलाई एउटा मण्डलीको जिम्मा दिइयो, र ६ महिनासम्म कसैले तिमीहरूलाई सोधखोज गरेन भने, तिमीहरू अन्त्यमा गलत मार्ग हिँड्नेछौ र मनपरी गर्नेछौ। यदि तिमीहरूलाई एक वर्षको लागि आफ्नै खुसीमा छाडियो भने, तिमीहरूले अरूलाई बहकाउनेछौ, अनि तिनीहरू सबैजना शब्द र धर्मसिद्धान्त बोल्न र कोभन्दा को राम्रो छ भनेर तुलना गर्नमै केन्द्रित हुनेछन्। यदि तिमीहरूलाई दुई वर्ष आफ्नै खुसीमा छाडियो भने, तिमीहरूले मानिसहरूलाई आफूअघि डोर्‍याइल्याउनेछौ, अनि मानिसहरूले परमेश्‍वरको होइन, तिमीहरूको आज्ञापालन गर्नेछन्, र यसरी मण्डली पतित भएर धर्ममा लाग्‍नेछ। यसको कारण के हो? के तिमीहरूले कहिल्यै यो प्रश्‍नबारे सोचेका छौ? व्यक्तिले मण्डलीलाई यसरी अगुवाइ गर्दा ऊ कुन मार्ग हिँडिरहेको हुन्छ? ख्रीष्टविरोधी मार्ग। के तिमीहरू यस्तो हुनेछौ? अहिले बुझेका थोरै सत्यताहरूद्वारा तिमीहरूले मानिसहरूलाई कहिलेसम्म आपूर्ति दिन सक्छौ? के तिमीहरूले मानिसहरूलाई परमेश्‍वरमाथिको विश्‍वासको सही मार्गमा अगुवाइ गर्न सक्छौ? यदि परमेश्‍वरका चुनिएकाहरूले धेरै प्रश्‍न सोधे भने, के तिमीहरूले परमेश्‍वरका वचनहरूअनुरूप सत्यता सङ्गति गरेर उत्तर दिन सक्छौ? यदि तँ सत्यता बुझ्दैनस् र केही शब्द र धर्मसिद्धान्त मात्र प्रचार गर्छस् भने, तँलाई एक-दुई पटक सुनिसकेपछि मानिसहरूलाई पर्याप्त भइसकेको हुनेछ, र तैँले केही शब्द र धर्मसिद्धान्त प्रचार गर्न जारी राख्दा, तिनीहरू त्यसदेखि वितृष्ण हुनेछन्, र भित्री कुरा खुट्टयाउन सक्नेछन्—यो अवस्थामा, तिनीहरूलाई किन प्रचार गरिरहने? यदि तँ समझ भएको व्यक्ति होस् भने, तैँले अरूलाई धर्मसिद्धान्तका वाक्यांश प्रचार गर्न छोड्नुपर्छ, माथि उभिएर अरूलाई भाषण दिन छोड्नुपर्छ, अरूहरू जहाँ उभिएका छन्, त्यहीँ उभिनुपर्छ र तिनीहरूसँगै परमेश्‍वरका वचन खाने, पिउने र अनुभव गर्ने गर्नुपर्छ। यी सबै समझ भएका मानिसहरूका प्रकटीकरणहरू हुन्। अति अहङ्कारी र आत्मधर्मी मानिसहरूले सजिलै आफ्नो समझ गुमाउँछन्, र अरूलाई शब्द र धर्मसिद्धान्त प्रचार गर्नमा जोड दिन्छन्, वा अझ गहन आत्मिक सिद्धान्तहरू खोजेर-सिकेर रवाफ देखाउँछन् र यसरी अरूलाई बहकाउन खोज्ने मान्छे बन्छन्। यसरी व्यवहार गर्नु परमेश्‍वरको प्रतिरोध गर्नु हो। यसरी प्रचार गरिरहिस् भने परिणामहरू के हुनेछन् भनेर के तँ स्पष्ट छस्? तैँले मानिसहरूलाई कहाँ डोऱ्याउनेछस् भनेर के तँ स्पष्ट छस्? जब तँ ख्रीष्टविरोधीहरूको मार्गमा हिँड्छस्, र मानिसहरूलाई डोर्‍याउँदै तेरो अघि ल्याउँछस् र तिनीहरूलाई तेरो आराधना र आज्ञापालन गर्ने तुल्याउँछस्, तब यो समस्याको प्रकृति के हुन्छ? के तँ परमेश्‍वरका चुनिएकाहरू खोस्‍न उहाँसँग प्रतिस्पर्धा गरिरहेको छैनस् र? यो भनेको सुरुमा परमेश्‍वरमा विश्‍वास गर्न चाहेका, उहाँमा फर्किन चाहेका, र उहाँलाई प्राप्त गर्न चाहेका मानिसहरूलाई आफूसामु ल्याएर, आफ्नो आज्ञापालन गर्ने, आफूले भनेको कुरा गर्ने र आफूलाई परमेश्‍वरझैँ व्यवहार गर्ने तुल्याउनु हो। अनि, यसको परिणाम के हुनेछ? यी मानिसहरूले सुरुमा मुक्ति पाउन परमेश्‍वरमा विश्‍वास गरे, तर तिनीहरू अन्त्यमा तँद्वारा बहकाइए—तिनीहरूले मुक्ति नपाउने मात्र होइन, अनन्त विनाश भोगेर नाशसमेत हुनेछन्। यस्तो तरिकाले व्यवहार गरेर, तैँले तिनीहरूलाई भड्काइरहेको छस्, गहन हानि पुऱ्याइरहेको छस्, र परमेश्‍वरमा विश्‍वास गर्नेहरूलाई बर्बाद गरिरहेको छस्। अब तँ कुन अपराधको दोषी होस्? तैँले तिनीहरूलाई कसरी क्षतिपूर्ति गर्न सक्छस्? तैँले नयाँ विश्‍वासीहरूलाई छल गरेर आफ्नो हातमा लगिस्, तिनीहरूलाई आफ्ना थुमा बनाइस्, र तिनीहरू सबैले तँलाई सुन्छन्, तँलाई पछ्याउँछन्, अनि हृदयभित्र तँ खासमा यस्तो सोच्छस्: “अब म शक्तिशाली भएँ; कति धेरै मानिसहरूले मेरो कुरा सुन्छन्, र मण्डली मेरो इसारा र हुकुममा चल्छ।” मानिसभित्र रहेको यो धोकाको प्रकृतिले तँलाई अवचेतन रूपमा परमेश्‍वरलाई कल्पित आकृतिमा परिणत गर्ने तुल्याउँछ, र तँ आफैले कुनै प्रकारको धर्म वा सम्प्रदाय निर्माण गर्नेछस्। विभिन्‍न धर्म र सम्प्रदायहरूको उदय कसरी हुन्छन् त? तिनीहरूको उदय यसरी नै हुन्छ। हरेक धर्म र सम्प्रदायका अगुवाहरूलाई हेर्—ती सबै अहङ्कारी र आत्म-धर्मी छन् र तिनीहरूले गर्ने बाइबलको व्याख्याहरूमा सन्दर्भको अभाव हुन्छ र ती तिनीहरूका आफ्नै धारणा र कल्पनाहरूद्वारा मार्गनिर्देशित हुन्छन्। तिनीहरू सबै आफ्ना काम गर्नका निम्ति वरदानहरू र ज्ञानमा भर पर्छन्। यदि तिनीहरूले प्रचार गर्न बिलकुलै नसक्‍ने हो भने, के मानिसहरूले तिनीहरूलाई पछ्याउलान्? जे भए पनि, तिनीहरूसँग केही ज्ञान हुन्छ र तिनीहरूले केही धर्मसिद्धान्तहरू प्रचार गर्न सक्छन् वा अरूलाई कसरी जित्ने र केही जुक्तिहरूको प्रयोग कसरी गर्ने भन्‍ने तिनीहरूलाई थाहा छ। तिनीहरूले मानिसहरूलाई छल्न र मानिसहरूलाई आफ्नो अगाडि ल्याउनका निम्ति यी कुराहरूको प्रयोग गर्छन्। यी मानिसहरूले परमेश्‍वरमा नाम मात्रको विश्‍वास गर्छन्, तर वास्तवमा तिनीहरूले यी अगुवाहरूलाई पछ्याउँछन्। जब साँचो मार्गको प्रचार गर्दै गरेको कोहीसँग तिनीहरूको जम्काभेट हुन्छ, तिनीहरूमध्ये केहीले भन्छन्, “आस्थाको मामलामा हामीले हाम्रो अगुवासँग परामर्श लिनुपर्छ।” परमेश्‍वरमाथि विश्‍वास गर्ने र सत्यता स्वीकार गर्ने कुरा आउँदा मानिसहरूलाई कसरी अरूको सहमति र स्वीकृति आवश्यक पर्दो रहेछ, हेर्—के यो समस्या होइन र? त्यसो भए ती अगुवाहरू के बनेका छन् त? के तिनीहरू फरिसीहरू, झूटा गोठालाहरू, ख्रीष्ट विरोधीहरू र मानिसहरूले साँचो बाटो स्वीकार गर्ने कुरामा ठेस लाग्‍ने बाधाहरू बनेका छैनन् र? त्यस्ता मानिसहरू पावलकै प्रकारका हुन्। म किन त्यसो भन्दै छु? पावलका पत्रहरू बाइबलमा अभिलेख गरिएका छन् र २ हजार वर्षदेखि हस्तान्तरण गरिँदै आएका छन्। अनुग्रहको युगको पूरै समय, प्रभुमा विश्‍वास गर्नेहरूले बारम्बार पावलका पत्रहरू पढे र तिनलाई आफ्नो मापदण्ड माने—अर्थात् कष्ट भोग्‍नु, आफ्नो शरीरलाई वशमा राख्‍नु, अनि अन्त्यमा धार्मिकताको ताज प्राप्त हुन्छ भन्‍ने ठाने…। सबै मानिसहरूले पावलका शब्द र धर्मसिद्धान्तअनुसार परमेश्‍वरमा विश्‍वास गरे। यी दुई हजार वर्षहरूमा, कैयौँ मानिसहरूले पावलको अनुकरण गरेका छन्, उसलाई आराधना गरेका र उसलाई पछ्याएका छन्। तिनीहरूले पावलका शब्दहरूलाई धर्मग्रन्थझैँ व्यवहार गरेका छन्, प्रभु येशूका वचनहरूलाई पावलका शब्दहरूले प्रतिस्थापन गरेका छन् र तिनीहरू परमेश्‍वरका वचनहरू अभ्यास गर्न असफल भएका छन्। के यो विचलन होइन र? यो ठूलो विचलन हो। अनुग्रहको युगमा मानिसहरूले परमेश्‍वरको कति अभिप्राय बुझ्‍न सके? त्यो बेला येशूलाई पछ्याउने मानिसहरू, आखिर, अल्‍पसङ्ख्यक नै त थिए, र उहाँलाई चिन्‍नेहरू त झनै कम सङ्ख्यामा थिए—उहाँका चेलाहरूले समेत उहाँलाई साँचो रूपमा चिनेका थिएनन्। यदि मानिसहरूले बाइबलमा अलिकति ज्योति देख्छन् भने, यसले परमेश्‍वरका अभिप्रायलाई प्रतिनिधित्व गर्छ भनेर ठान्‍नु हुँदैन, र अलिकति अन्तर्दृष्टिलाई परमेश्‍वरसम्‍बन्धी ज्ञानको रूपमा त झन् लिनु नै हुँदैन। सबै मानिसहरू अहङ्कारी र अभिमानी छन्, र तिनीहरूले आफ्‍नो हृदयमा परमेश्‍वरलाई राख्दैनन्। जब तिनीहरूले केही धर्मसिद्धान्तहरू बुझ्छन्, तिनीहरू आफै अघि बढ्छन्, जसले गर्दा धेरै व्यक्तिगत सम्प्रदायहरूको उदय हुन्छ। अनुग्रहको युगमा परमेश्‍वर मानिसहरूसँग कत्ति पनि कडा हुनुहुन्थेन। येशूको नाममा रहेका सबै धर्म र सम्प्रदायहरूमा पवित्र आत्माको केही न केही काम हुन्थ्यो; तिनीहरूमा दुष्ट आत्माले काम नगरेसम्म, पवित्र आत्माले कुनै पनि मण्डलीमा काम गर्नसक्नुहुन्थ्यो, त्यसैले अधिकांश मानिसहरूले परमेश्‍वरको अनुग्रहको आनन्द उठाउन सक्थे। विगतमा, मानिसहरूले उहाँमाथि गर्ने विश्‍वास साँचो वा झुटो जे-जस्तो भए पनि, तिनीहरूले अरूलाई नै पछ्याए पनि, वा तिनीहरूले सत्यता पछ्याउँदै नपछ्याए पनि, परमेश्‍वर मानिसहरूसँग कडा हुनुहुन्थेन, किनकि उहाँले उहाँद्वारा पूर्वनिर्धारित गरिएका र चुनिएकाहरूले आखिरी चरणमा उहाँसामु आएर उहाँको न्याय स्विकार्नैपर्नेछ भनेर पूर्वनिर्धारित गरिसक्नुभएको थियो। यदि परमेश्‍वरको आखिरी दिनहरूको काम स्विकारिसकेपछि पनि मानिसहरूले अझै अरूलाई नै आराधना गर्न र पछ्याउन जारी राख्छन् भने, र यदि तिनीहरूले सत्यता पछ्याउनुको सट्टा आशिष् र ताज पछ्याउँछन् भने, त्यो अक्षम्य हुन्छ। त्यस्ता मानिसहरूको अन्त्य पावलको जस्तै हुनेछ। यसरी म किन जहिल्यै पनि पावल र पत्रुसको उदाहरण प्रयोग गरिरहन्छु? यी दुई मार्गहरू हुन्। परमेश्‍वरका विश्‍वासीहरूले कि त पत्रुसको मार्ग पछ्याउँछन् कि त पावलको। यी दुई मार्गहरू मात्र छन्। चाहे तँ अनुयायी या अगुवा जे भए पनि, कुरो एउटै हो। यदि तँ पत्रुसको मार्ग हिँड्न सक्दैनस् भने, तँ पावलको मार्गमा हिँडिरहेको छस्। यो पन्छ्याउन नसकिने कुरा हो; तेस्रो मार्ग छँदै छैन। परमेश्‍वरका अभिप्राय नबुझ्ने, परमेश्‍वरलाई नचिन्‍ने, सत्यता बुझ्न नखोज्ने, र पूर्ण रूपमा परमेश्‍वरप्रति समर्पित हुन नसक्नेहरूले अन्ततः पावलकै जस्तो अन्त्य भोग्नैपर्छ। यदि तँ परमेश्‍वरलाई चिन्‍न वा परमेश्‍वरका अभिप्राय बुझ्न खोज्दैनस् भने, र तँ शब्द र धर्मसिद्धान्त बोल्न र आत्मिक सिद्धान्तहरू प्रचार गर्न सक्षम हुन मात्रै खोज्छस् भने, तैँले परमेश्‍वरलाई प्रतिरोध गर्न र धोका दिन मात्रै सक्छस्, किनकि परमेश्‍वरलाई प्रतिरोध गर्नु नै मानव प्रकृति हो। सत्यतासँग नमिल्ने कुराहरू पक्कै पनि मानिसको इच्छाबाट उत्पन्‍न हुन्छन्। मानिसको इच्छाबाट उत्पन्‍न हुने जुनसुकै कुराले, चाहे त्यो मानिसको नजरमा असल होस् वा खराब, त्यसले परमेश्‍वरको काममा अवरोध गर्छ। कतिपय मानिसहरूलाई लाग्छ कि तिनीहरूले केही मामलाहरूमा सत्यताअनुरूप कार्य नगरे पनि, दुष्कर्म वा परमेश्‍वरको प्रतिरोध गरिरहेका छैनन्। के यो सही हो? यदि तँ सत्यताअनुरूप कार्य गर्दैनस् भने, तैँले पक्कै सत्यता उल्लङ्घन गरिरहेको छस्, र सत्यता उल्लङ्घन गर्नु सारगत रूपमा परमेश्‍वरको प्रतिरोध गर्नु नै हो; यो बस गम्भीरताको फरक स्तर मात्र हो। यदि तँलाई परमेश्‍वरको प्रतिरोध गर्ने व्यक्ति भनेर वर्गीकरण गरिएन भने पनि, परमेश्‍वरले तँलाई अनुमोदन गर्नुहुनेछैन, किनकि तँ सत्यता अभ्यास गर्दैनस्, तँ बस सत्यतासँग असम्बन्धित कार्यहरू मात्र गर्छस्, र आफ्नै इच्छाअनुसार मात्र व्यवहार गर्छस्। सत्यता नपछ्याउनेहरूले केही दुष्कर्म नगरे पनि, के तिनीहरू आफ्ना भ्रष्ट स्वभावहरू फाल्न सक्षम हुन्छन् त? यदि तिनीहरू आफ्ना भ्रष्ट स्वभावहरू हटाउन सक्षम हुँदैनन् भने, तिनीहरू अझै पनि ती भ्रष्ट स्वभावहरूअनुसार नै जिइरहेका हुन्छन्। तिनीहरूले परमेश्‍वरको प्रतिरोध गर्ने कुनै कार्य नगरे पनि, उहाँप्रति समर्पित हुनै सक्दैनन् र परमेश्‍वरले त्यस्ता मानिसहरूलाई अनुमोदन गर्नुहुन्‍न।

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्