परमेश्‍वरको सेवा गर्नेसम्बन्धी वचनहरू (अंश ७५)

मण्डलीका अगुवा र कामदारहरूले आफ्नो काम गर्दा दुई वटा सिद्धान्तमा ध्यान दिनुपर्छ: एउटा हो, कामको बन्दोबस्तहरूद्वारा निर्धारित गरिएका सिद्धान्तहरूअनुसार दुरुस्त रूपमा काम गर्नु, ती सिद्धान्तहरू कहिल्यै पनि उल्लङ्घन नगर्नु र तिनीहरूले गरेका कल्पना वा तिनीहरूका आफ्‍नै विचारलाई तिनीहरूका कामको आधार नबनाउनु। तिनीहरूले गर्ने सबै कुरामा, तिनीहरूले मण्डलीको काममा चासो देखाउनुपर्छ, र सधैँ परमेश्‍वरको घरको हितलाई पहिलो स्थानमा राख्नुपर्छ। अर्को कुरा—यो सबैभन्दा महत्त्वपूर्ण छ—सबै कुरामा तिनीहरूले पवित्र आत्माको मार्गनिर्देशनलाई पछ्याउने कार्यमा ध्यान दिनुपर्छ, र परमेश्‍वरको वचन कडाइका साथ पालन गर्दै सबै कुरा गर्नुपर्छ। यदि तिनीहरू अझै पनि पवित्र आत्माको मार्गनिर्देशनको विरुद्धमा छन् भने, वा यदि तिनीहरू हठी बन्दै आफ्नै विचारहरूमा चल्छन्, र आफ्नै कल्‍पनाहरूअनुसार कार्यहरू गर्छन् भने, तिनीहरूका कार्यहरू परमेश्‍वरको विरुद्ध अति गम्भीर प्रतिरोध बन्‍नेछन्। पवित्र आत्माको अन्तर्दृष्टि र मार्गनिर्देशनप्रति बारम्बार आफ्नो पिठ्यूँ फर्काउँदा त्यसले तिनीहरूलाई बन्द बाटोमा पुऱ्याउँछ। यदि तिनीहरूले पवित्र आत्माको काम गुमाए भने, तिनीहरूले काम गर्न सक्नेछैनन्; र यदि तिनीहरूले कुनै प्रकारले काम गर्न सके भने पनि, तिनीहरूले केही पनि हासिल गर्नेछैनन्। काम गर्ने क्रममा अगुवा र कामदारहरूले पालन गर्नुपर्ने दुई मुख्य सिद्धान्तहरू यिनै हुन्: एउटा भनेको माथिका कार्य बन्दोबस्तहरूसँग ठ्याक्‍कै मिल्ने गरी आफ्नो काम गर्नु, साथै माथिबाट तोकिएका सिद्धान्तहरूअनुसार व्यवहार गर्नु; र अर्कोचाहिँ आफूभित्र पवित्र आत्माको मार्गनिर्देशनलाई पछ्याउनु। यी दुई सिद्धान्तहरू बुझेपछि तिनीहरूले काममा गल्तीहरू गर्ने त्यति धेरै सम्‍भावना हुनेछैन। तिमीहरूको मण्डलीको काम गरेको अनुभव अझै सीमित छ, र जब तिमीहरू काम गर्छौ, तब तिमीहरूका आफ्नै विचारहरूले ती कामलाई एकदमै धेरै अशुद्ध तुल्याउँछ। कहिलेकाहीँ, पवित्र आत्माबाट आउने तँभित्रको अन्तर्दृष्टि वा अगुवाइलाई तैँले बुझ्न सक्दैनस्; अरू बेला, तैँले त्यो बुझेको जस्तो देखिन्छ, तर तैँले त्यसलाई बेवास्ता गर्ने सम्भावना हुन्छ। तिमीहरू सधैँ मानवीय तरिकाले कल्पना गर्छौ वा निष्कर्षमा पुग्छौ, आफूलाई जे उचित लाग्छ त्यसै गर्छौ, पवित्र आत्माका उद्देश्यहरूको कुनै वास्ता गर्दैनौ। पवित्र आत्माबाट आउने कुनै पनि अन्तर्दृष्टिलाई पन्छ्याउँदै तँ पूर्ण रूपमा आफ्नै विचारअनुसार काम गर्छस्। यस्ता परिस्थितिहरू बारम्बार आउँछन्। पवित्र आत्माको भित्री मार्गनिर्देशन परलौकिक हुँदैन; यो वास्तवमा अति सामान्य हुन्छ। अर्थात्, तेरो हृदयको गहिराइमा, तँलाई व्यवहार गर्ने उचित र सर्वोत्तम तरिका यही हो भन्‍ने महसुस हुन्छ। यो विचार वास्तवमा एकदम स्पष्ट छ; यो चिन्तनबाट आएको होइन, र कहिलेकाहीँ तैँले किन त्यस्तो प्रकारले व्यवहार गर्नुपरेको हो सो पूर्ण रूपमा बुझ्दैनस्। यो प्रायजसो पवित्र आत्माको अन्तर्दृष्टिबाहेक अरू केही हुँदैन। अनुभव भएका मानिसहरूको जीवनमा यो धेरैजसो बारम्‍बार भइरहन्छ। सबैभन्दा उचित काम कुन हो, त्यो गर्न पवित्र आत्‍माले तँलाई अगुवाइ गर्नुहुन्छ। यो तैँले सोचिरहने कुरा होइन, बरु यो त तेरो हृदयको भावना हो जसले तँलाई काम गर्ने सबैभन्दा उत्तम तरिका यही हो भन्‍ने महसुस गराउँछ, र किन भनेर थाहै नभई तँलाई त्यसरी काम गर्न मन लाग्छ। यो पवित्र आत्‍माबाट आएको हुन सक्छ। व्यक्तिको आफ्ना विचारहरू प्रायजसो धारणा र सोचविचारबाट आउँछ, र त्यो सबैमा आफ्‍नै इच्‍छा मिसिएको हुन्छ; उसले सधैँ त्यो आफ्नो लागि के लाभ र फाइदाको छ भन्‍ने सोच्छ; मानिसले गर्छु भनेर निर्णय गरेको हरेक कुरामा यी कुराहरू हुन्छन्। तापनि, पवित्र आत्माको मार्गनिर्देशनमा कुनै पनि हिसाबले त्यस्तो मिश्रण हुँदैन। पवित्र आत्माबाट प्राप्त हुने मार्गनिर्देशन वा अन्तर्दृष्टिमा सावधानीपूर्वक ध्यान दिनु आवश्यक हुन्छ; विशेष गरी मुख्य विषयहरूमा, त्यसलाई बुझ्नका निम्ति तँ होसियार हुनुपर्छ। आफ्‍नै दिमाग प्रयोग गर्न मन पराउने, र आफ्नै विचारहरूमा काम गर्न मन पराउने मानिसहरू, तिनीहरूले त्यस्तो मार्गनिर्देशन वा अन्तर्दृष्टिलाई गुमाउने धेरै सम्‍भावना हुन्छ। योग्य अगुवा र कामदारहरू भनेका पवित्र आत्‍माको कार्य प्राप्त गरेका, हरेक क्षणमा पवित्र आत्‍माको काममा ध्यान दिने, पवित्र आत्‍माप्रति समर्पित हुने, परमेश्‍वरको डर मान्‍ने हृदय भएका, परमेश्‍वरका अभिप्रायलाई ख्याल गर्ने, र अथक रूपमा सत्यताको खोजी गर्ने मानिसहरू हुन्। परमेश्‍वरलाई सन्तुष्ट पार्न र उहाँको लागि उचित रूपमा गवाही दिनको लागि, तैँले आफ्‍नो कर्तव्य पूरा गर्दा तँमा आउने अभिप्राय र अशुद्धताहरूका बारेमा बारम्‍बार मनन गर्नुपर्छ, र त्यसपछि कामको कति भाग मानव विचारद्वारा प्रेरित छ, कति भाग पवित्र आत्‍माको अन्तर्दृष्टिद्वारा पैदा भएको छ, र कति भाग परमेश्‍वरका वचनहरूअनुरूप छ भनेर नियाल्ने प्रयास गर्नुपर्छ। तैँले लगातार, र सबै परिस्थितिहरूमा, आफ्ना बोलीवचन र कार्यहरू सत्यताअनुरूप छन् छैनन् भनेर मनन गर्नुपर्छ। यस तरिकाले बारम्बार अभ्यास गर्दा त्यसले तँलाई परमेश्‍वरको सेवा गर्ने सही मार्गमा राख्दछ। परमेश्‍वरप्रतिको सेवा उहाँकै अभिप्रायहरू अनुरूप प्राप्त गर्नका निम्ति व्यक्तिमा सत्यता वास्तविकताहरू हुनु आवश्यक पर्छ। सत्य बुझेपछि मात्र मानिसहरूसँग तिनीहरूका आफ्नै विचारहरूबाट के आउँछ अनि मानव मनसायहरूबाट के आउँछ भनेर छुट्याउन र चिन्‍न सक्‍ने क्षमता हुन्छ। तिनीहरूले मानिसका अशुद्धताहरू, साथै सत्यको आधारमा काम गर्नुको अर्थ के हो सो बुझ्न सक्छन्। तिनीहरू वास्तविकता छुट्याउन सक्‍ने भएपछि मात्रै तिनीहरू सत्यता अभ्यास गर्न र पूर्ण रूपमा परमेश्‍वरका अभिप्रायअनुरूपका बन्‍न सक्छन् भन्‍ने कुरा सुनिश्‍चित गर्न सकिन्छ। सत्यता नबुझी, मानिसहरूले समझशक्तिको अभ्यास गर्नु असम्‍भव हुन्छ। एउटा भ्रमित व्यक्तिले उसको आफ्नै भ्रष्टता प्रकट हुनु भनेको के हो वा परमेश्‍वरको प्रतिरोध गर्नुको अर्थ के हो भनी नजानी आफ्नो जीवनभरि परमेश्‍वरमा विश्‍वास गरेको हुन सक्छ, किनकि उसले सत्यतालाई बुझ्दैन; त्यो विचार उसको मनमा अस्तित्वमा समेत रहेको हुँदैन। अत्यन्तै कम क्षमता भएका मानिसहरूका लागि, सत्यता तिनीहरूको पहुँचदेखि बाहिर हुन्छ; त्यस विषयमा तैँले उनीहरूसित जति नै सङ्गति गरे पनि उनीहरूले अझै बुझ्दैनन्। त्यस्ता व्यक्तिहरू भ्रममा परेका हुन्छन्। तिनीहरूको विश्‍वासमा, भ्रमित मानिसहरूले परमेश्‍वरको गवाही दिन सक्दैनन्; तिनीहरूले थोरै मात्र श्रम गर्न सक्छन्। यदि अगुवा र कामदारहरूले आफ्‍नो कर्तव्य राम्ररी पूरा गर्न चाहन्छन् भने, तिनीहरूको क्षमता अत्यन्तै खराब हुनु हुँदैन। कम्तीमा पनि, तिनीहरूमा आत्मिक बुझाइ हुनुपर्छ र विशुद्ध रूपमा कुराहरू बोध गर्नुपर्छ, ताकि तिनीहरूले सहजै सत्यता बुझ्‍न र अभ्यास गर्न सकून्। कतिपय मानिसहरूको अनुभव अत्यन्तै सतही हुन्छ, त्यसकारण कहिलेकाहीँ सत्यताप्रतिको तिनीहरूको बुझाइमा विकृति हुन्छ, अनि तिनीहरूमा गल्‍ती गर्ने प्रवृत्ति हुन्छ। जब तिनीहरूको बुझाइमा विकृति हुन्छ, तब तिनीहरू सत्यता अभ्यास गर्ने कार्यको स्तरमा पुगेका हुँदैनन्। जब सत्यतासम्‍बन्धी मानिसहरूको बुझाइमा विकृत हुन्छ, तब तिनीहरूले प्रावधानहरू अनुसरण गर्ने सम्‍भावना हुन्छ, र जब तिनीहरूले प्रावधानहरू अनुसरण गर्छन्, तब सहजै गल्ती हुन सक्छ, र तिनीहरू सत्यता अभ्यास गर्ने कार्यको स्तरमा पुगेका हुँदैनन्। जब बुझाइमा विकृति हुन्छन्, तब ख्रीष्टविरोधीहरूले सहजै बहकाउन र प्रयोग गर्न पनि सक्छन्। त्यसकारण, बुझाइमा विकृति भयो भने धेरै गल्तीहरू हुन सक्छन्। फलस्वरूप, तिनीहरूले आफ्‍नो कर्तव्य राम्ररी पूरा गर्न नसक्‍ने मात्र होइन, तिनीहरू सहजै बरालिन सक्छन्, र त्यसले परमेश्‍वरका चुनिएका मानिसहरूको जीवन प्रवेशमा हानि गर्छ। यसरी कसैले आफ्‍नो कर्तव्य पूरा गर्नुको महत्त्व के हुन्छ र? तिनीहरू मण्डलीको काममा बाधा र व्यवधान ल्याउने व्यक्ति बनेका हुन्छन्। अझ भन्‍ने हो भने, यी असफलताहरूबाट पाठहरू सिकिनुपर्छ। परमेश्‍वरले सुम्पनुभएको काम पुरा गर्नको लागि, अगुवा र कामदारहरूले यी दुई वटा सिद्धान्तहरू बुझ्‍नु अत्यावश्यक हुन्छ: कर्तव्य पूरा गर्ने क्रममा माथिबाट दिइएका कार्य बन्दोबस्तहरूलाई कडाइका साथ पालन गर्नुपर्छ, र परमेश्‍वरको वचनअनुसार पवित्र आत्‍माको मार्गदर्शनलाई ध्यान दिनु र तिनमा समर्पित हुनुपर्छ। यी दुई वटा सिद्धान्तहरू बुझेपछि मात्र व्यक्तिको कार्य प्रभावकारी हुन सक्छ र परमेश्‍वरका अभिप्राय पूरा हुन सक्छन्।

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्