परमेश्‍वरको सेवा गर्नेसम्बन्धी वचनहरू (अंश ७०)

यदि तैँले मण्डली अगुवा वा कामदारको हैसियतमा परमेश्‍वरका चुनिएका मानिसहरूलाई सत्यता वास्तविकतामा प्रवेश गर्न र परमेश्‍वरको राम्रो गवाही दिन नेतृत्व गर्नुपर्‍यो भने, सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको मानिसहरूलाई परमेश्‍वरका वचनहरू पढ्न र सत्यताबारे सङ्गति गर्नका लागि अझ धेरै समय बिताउन मार्गदर्शन गर्नु हो। यसरी, परमेश्‍वरका चुनिएका जनहरूले मानिसलाई मुक्ति दिनेबारे परमेश्‍वरको लक्ष्य र उहाँको कामको उद्देश्यबारे अझ गहन ज्ञान प्राप्त गर्न सक्छन् र परमेश्‍वरका अभिप्राय र मानिसका लागि उहाँका विभिन्‍न मापदण्डहरू बुझ्न सक्छन्, जसले उनीहरूलाई आफ्नो कर्तव्य उचित रूपमा निर्वाह गर्ने र परमेश्‍वरलाई सन्तुष्ट पार्ने मौका दिन्छ। सङ्गति र प्रचार गर्न भेला हुँदा तिमीहरूले आफ्नो अनुभवात्मक गवाहीबारे व्यावहारिक रूपमा बोल्नुपर्छ, र तिमीहरू शब्द र धर्मसिद्धान्तहरू प्रचार गर्नमै सन्तुष्ट हुनु हुँदैन। तिमीहरूले परमेश्‍वरका वचनहरू खाँदा र पिउँदा, तिमीहरू सत्यता बुझ्नमा केन्द्रित हुनुपर्छ—र सत्यता बुझेपछि तिमीहरूले त्यसलाई अभ्यास गर्ने प्रयास गर्नुपर्छ, र तिमीहरूले अभ्यास गर्‍यौ भने मात्र साँचो रूपमा सत्यता बुझ्नेछौ। तिमीहरूले परमेश्‍वरका वचनहरूको सङ्गति गर्दा, आफूले जानेको विषयमा मात्र बोल। धाक नलगाओ, गैरजिम्‍मेवार टिप्पणीहरू नगर, शब्द र धर्मसिद्धान्तहरू मात्र नफलाक, र बढाइचढाइ नगर। यदि तैँले बढाइचढाइ गरिस् भने, मानिसहरूले तँलाई तिरस्कार गर्नेछन्, र पछि तँलाई धिक्‍कार लाग्‍नेछ, र तैँले पछुतो मान्दै निराश महसुस गर्नेछस्—र यो सब तैँले आफै निम्त्याएको हुनेछस्। यदि तैँले मानिसहरूलाई भाषण दिन र काटछाँट गर्न शब्द र धर्मसिद्धान्तहरू मात्र प्रचार गरिस् भने, के तैँले उनीहरूलाई सत्यता बुझाउन र वास्तविकतामा प्रवेश गराउन सक्छस्? यदि तैँले सङ्गति गर्ने कुराहरू व्यावहारिक छैनन् भने, यदि त्यो शब्द र धर्मसिद्धान्तहरूबाहेक अरू केही होइन भने, तैँले उनीहरूलाई जति नै काटछाँट गरिस् र भाषण दिइस् भने पनि, त्यो व्यर्थ हुनेछ। के तैँले मानिसहरू तँसित डराउने र तैँले अह्राएको काम उनीहरूले गर्ने तर विरोध गर्न आँट नगर्ने कुरालाई उनीहरूले सत्यता बुझेको र उनीहरू समर्पणकारी भएको समान ठान्छस्? यो ठूलो गल्ती हो; जीवन प्रवेश त्यति सजिलो छैन। कतिपय मानिसहरूले ठूलो प्रभाव पार्न प्रयास गर्ने नयाँ म्यानेजरले जस्तै आफूले भर्खर पाएको अख्तियार परमेश्‍वरका चुनिएका मानिसहरूमा लाद्‍ने प्रयास गर्छन् ताकि सबै जना तिनीहरूप्रति समर्पित होऊन्। यसो गर्दा आफ्नो काम अझ सहज हुन्छ भन्‍ने तिनीहरू सोच्छन्। यदि तँमा सत्यता वास्तविकता छैन भने, चाँडै नै तेरो वास्तविक कद प्रकाश हुनेछ, तेरो साँचो रङ्ग खुलासा हुनेछ र तँलाई हटाइने सम्भावना धेरै हुनेछ। केही प्रशासनिक काममा अलिकति काटछाँट र अनुशासन स्वीकार्य हुन्छ। तर यदि तैँले सत्यता सङ्गति गर्न सक्‍दैनस् भने, अन्त्यमा तँ समस्याहरू समाधान गर्न असक्षम हुनेछस्, र यसले कामका नतिजाहरूमा प्रभाव पार्नेछ। मण्डलीमा जुनसुकै समस्या देखिए पनि, यदि तँ मानिसहरूलाई भाषण मात्र दिइरहन्छस् र दोष मात्र लगाइरहन्छस् भने—यदि तैँले गर्ने भनेकै रिसाहा व्यवहार देखाउनु मात्र हो भने—यो तेरो भ्रष्ट स्वभाव आफै प्रकट भइरहेको हो र तैँले आफ्नो भ्रष्टताको कुरूप अनुहार देखाएको हुन्‍छस्। यदि तँ सधैँ मञ्‍चमा उभिन्छस् र मानिसहरूलाई यसरी भाषण दिन्छस् भने, समय बित्दै जाँदा, मानिसहरूले तँबाट जीवनको भरणपोषण प्राप्त गर्न सक्‍नेछैनन्, उनीहरूले कुनै व्यावहारिक कुरा प्राप्त गर्नेछैनन्, बरु यसको साटो उनीहरूले तँलाई घृणा गर्नेछन् र तँप्रति दिगमिग महसुस मात्र गर्नेछन्। यसको साथै, कतिपय यस्ता मानिसहरू पनि छन्, जो समझशक्ति नभएर तेरो प्रभावमा पर्छन्, र अरूलाई भाषण दिन र काटछाँट गर्न थाल्छन्। त्यसै गरी, तिनीहरू रिसाउँछन् र झोँक्‍किन्छन्। तैँले मानिसहरूका समस्या समाधान गर्न सक्‍नु त कता हो कता—बरु उल्टै तिनीहरूको भ्रष्ट स्वभावलाई हुर्काइरहेको हुन्छस्। अनि के त्यो तिनीहरूलाई अनन्त विनाशको बाटोमा लैजानु होइन र? के त्यो दुष्कर्म होइन र? अगुवाले मुख्य रूपमा सत्यताबारे सङ्गति गर्दै अनि जीवन प्रदान गर्दै अगुवाइ गर्नुपर्छ। यदि तँ सधैँ उच्‍च स्थानमा बसेर अरूलाई भाषण दिन्छस् भने, के तिनीहरूले सत्यता बुझ्‍न सक्‍नेछन्? तैँले केही समयसम्‍म यसरी काम गरेपछि, जब मानिसहरूले तेरो वास्तविकता देख्नेछन्, तब तिनीहरूले तँलाई त्याग्‍नेछन्। के तैँले यसरी काम गरेर मानिसहरूलाई परमेश्‍वरको अगाडि ल्याउन सक्छस्? तँ पक्कैपनि सक्दैनस्; तैँले गर्न सक्ने कुरा के मात्र हो भने मण्डलीको काम बिगार्न र परमेश्‍वरका चुनिएका सबै मानिसहरूलाई तँलाई घृणा गर्न र त्याग्न लगाउनु हो। विगतमा कतिपय अगुवा र कामदारहरू यसै कारण हटाइएका थिए। तिनीहरूले वास्तविक समस्याहरू समाधान गर्न, मानिसहरूलाई परमेश्‍वरका वचन खाने र पिउने काममा डोऱ्याउन वा आफैलाई बुझ्ने काममा अगुवाइ गर्न सत्यताबारे सङ्गति गर्न सकेनन्। तिनीहरूले यी अत्यावश्यक कामहरूमध्ये कुनै पनि गरेनन्; आफैलाई उच्च स्थानमा उभ्याउन, अनि मानिसहरूलाई भाषण दिन र फर्माउन ध्यान केन्द्रित गरे, अनि यसो गरेर आफूले मण्डली अगुवाको काम गरिरहेको भन्ठाने। परिणामस्वरूप, तिनीहरूलाई माथिले जारी गरेका कामका प्रबन्धहरू थाहा भए पनि तिनीहरूले ती पूरा गरेनन्, न त तोकिएका कार्यहरू नै राम्ररी गरे। शब्द र धर्मसिद्धान्तहरू फलाक्नु र नाराहरू भट्याउनुबाहेक तिनीहरूले आफूलाई उच्च स्थानमा उभ्याएर मानिसहरूलाई अन्धाधुन्ध भाषण छाँट्ने र काटछाँट गर्ने काम मात्र गरे। यसले गर्दा सबैजना यी अगुवा र सेवकहरूदेखि तर्सिए र तिनीहरूदेखि टाढा रहन थाले, र मानिसहरूले तिनीहरूसमक्ष समस्या राख्ने हिम्मत गर्न सकेनन्। यस्तो व्यवहार गरेर ती अगुवा र सेवकहरूले आफ्नो काम बिगारे र त्यसलाई ठप्प पारे। परमेश्‍वरको घरले तिनीहरूलाई बर्खास्त गरेपछि मात्रै तिनीहरूले आफूले कुनै वास्तविक काम नगरेको महसुस गरे। सायद तिनीहरूलाई ज्यादै पछुतो लाग्यो होला, तर पछुतो गर्नु व्यर्थ हुन्छ। तैपनि तिनीहरूलाई बर्खास्त गरेर हटाइयो।

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्