सत्यता खोज्ने र सत्यता अभ्यास गर्नेसम्बन्धी वचनहरू (अंश १८)
धेरै मानिसहरूले उही समस्या उल्लेख गरेका छन्: माथिले गरेको सङ्गति सुनेपछि तिनीहरू प्रस्ट र ऊर्जावान् महसुस गर्छन् र त्यस उप्रान्त नकारात्मक हुँदैनन्। तर, यो अवस्था दस-बाह्र दिनसम्म मात्र रहन्छ र त्यसपछि फेरि असामान्य बन्छ, अनि तिनीहरूको ऊर्जा हराउँछ। तिनीहरूलाई कसरी अघि बढिरहने र के गर्ने भनेर थाहा हुँदैन। यो कस्तो समस्या हो? यसको जड के हो? के तिमीहरूले कहिल्यै यसबारे सोचेका छौ? केही मानिसहरू भन्छन्, यसको जड मानिसहरूले सत्यतामा ध्यान केन्द्रित नगर्नु हो। त्यसोभए, सङ्गति सुनेपछि तेरो स्थिति कसरी सामान्य हुन्छ? सत्यता सुनेपछि तँ किन निकै प्रसन्न र स्वतन्त्र महसुस गर्छस्? केही मानिसहरू यो पवित्र आत्माको काम हो भन्छन्। त्यसोभए पवित्र आत्माले किन दस-बाह्र दिनपछि काम गर्न छोड्नुहुन्छ? केही मानिसहरू भन्छन्, यसको कारण तिनीहरू उप्रान्त अझ राम्रो हुन नखोज्नु र अल्छी हुनु हो। त्यसोभए पवित्र आत्माले अझ राम्रो हुन खोज्ने मानिसहरूमा पनि किन काम गर्नुहुन्न? के तँ पनि अझ राम्रो हुन खोजिरहेको छैनस्? पवित्र आत्माले किन काम गर्नुहुन्न त? मानिसहरूले बताउने कारण वास्तविकतासँग मिल्दैन। समस्या के हो भने, पवित्र आत्माले काम गर्नु वा नगर्नुभए पनि, मानिसको सहकार्यलाई बेवास्ता गर्न मिल्दैन। जब सत्यतालाई प्रेम गर्ने व्यक्ति सत्यता स्पष्ट रूपमा बुझ्न सक्षम हुन्छ, तब उसले सधैँ सामान्य स्थिति कायम राख्नेछ, चाहे त्यो पवित्र आत्माले काम गरिरहनुभएको अवधि होस् वा नहोस्। अर्कोतर्फ, जब व्यक्तिले सत्यतालाई प्रेम गर्दैन, तब उसले सत्यता निकै राम्ररी बुझे पनि र पवित्र आत्माले उल्लेखनीय रूपमा काम गरिरहनुभए पनि, उसले अभ्यास गर्न सक्ने सत्यता अझै पनि सीमित हुनेछ। उसले आफू खुसी भएको छोटो समयावधिमा अलिकति सत्यता अभ्यास गर्न मात्र सक्नेछ। धेरैजसो, उसले अझै पनि आफ्नै व्यक्तिगत प्राथमिकताअनुसार कार्य गर्नेछ, र प्रायः आफ्नो भ्रष्ट स्वभाव प्रकट गर्नेछ। त्यसैले, व्यक्तिको अवस्था सामान्य छ कि छैन र उसले सत्यता अभ्यास गर्न सक्छ कि सक्दैन भन्ने कुरा पवित्र आत्माको काममा नै पूर्ण रूपमा निर्भर हुँदैन। ऊ सत्यताबारे स्पष्ट छ कि छैन भन्ने कुरामा पनि त्यो पूर्ण रूपमा निर्भर हुँदैन। त्यो त सो व्यक्तिले सत्यतालाई प्रेम गर्छ कि गर्दैन र ऊ सत्यता अभ्यास गर्न इच्छुक छ कि छैन भन्ने कुरामा भर पर्छ। सामान्यतया, व्यक्तिले प्रवचन र सङ्गति सुन्छ, र केही समयका लागि उसको स्थिति सामान्य नै हुन्छ। यो सत्यता बुझ्नुको परिणाम हो; सत्यताले तँलाई आफ्नै भ्रष्ट प्रकृतिबारे सचेत गराउँछ, तेरो हृदय प्रसन्न र स्वतन्त्र हुन्छ, र तेरो अवस्था परिवर्तित भएर अझ राम्रो हुन्छ। तर केही समयपछि तैँले आफूलाई अनुभव नै गर्न नआउने केही कुरा सामना गर्नुपर्ने हुन सक्छ, तेरो हृदय पहिलाभन्दा अँध्यारो हुन्छ, र तैँले अनजानमै सत्यतालाई उपेक्षा गर्छस्; तँ आफ्ना कार्यहरूमा परमेश्वरका अभिप्राय खोज्ने प्रयास गर्दैनस्, तँ सबथोक आफ्नै इच्छा अनुसार गर्छस्, र तँ सत्यता अभ्यास गर्ने अभिप्राय पटक्कै राख्दैनस्। समय बित्दै जाँदा, तैँले आफूले पहिला बुझेको सत्यता गुमाउँछस्। तैँले आफ्नो भ्रष्ट स्वभाव निरन्तर प्रकट गर्छस्, परिस्थितिहरूको सामना गर्दा परमेश्वरका अभिप्राय खोज्दैनस्, र परमेश्वरसँग नजिकिँदा पनि तैँले झारा मात्र टारिरहेको हुन्छस्। तैँले त्यो कुरा महसुस गर्दा तेरो हृदय परमेश्वरबाट टाढा भइसकेको हुन्छ, र तैँले धेरै कुरामा परमेश्वरको प्रतिरोध गरेर उहाँको निन्दा पनि गरिसकेको हुन्छस्। यो निकै समस्याजनक कुरा हो। यो मार्गमा धेरै अगाडि बढि नसकेकाहरूका लागि अझै पनि छुटकाराको मौका छ, तर परमेश्वरको निन्दा गर्ने र ओहोदाका लागि, र खाना वा लत्ताकपडाका लागि उहाँसँग प्रतिस्पर्धा गर्ने अवस्थासम्म पुगिसकेकाहरूका लागि कुनै पनि छुटकारा छैन। सत्यताको बारेमा सङ्गति गर्नुको उद्देश्य मानिसहरूलाई सत्यता बुझ्न र अभ्यास गर्न अनि आफ्नो स्वभावमा परिवर्तन ल्याउन सक्षम पार्नु हो। सत्यता बुझेपछि तिनीहरूको हृदयमा थोरै ज्योति र खुसी ल्याउनु मात्र यसको उद्देश्य हुँदैन। यदि तँ सत्यता बुझ्छस् तर त्यो अभ्यास गर्दैनस् भने, सत्यता सङ्गति गर्नु र बुझ्नुको कुनै अर्थ हुँदैन। मानिसहरूले सत्यता बुझेका छन् तर यसलाई अभ्यास गर्दैनन् भने यसमा के समस्या हुन्छ? यो तिनीहरूले सत्यतालाई प्रेम गर्दैनन्, तिनीहरूले हृदयमा सत्यता स्वीकार गर्दैनन् भन्ने कुराको प्रमाण हो, र यस्तो अवस्थामा तिनीहरूले परमेश्वरका आशिष्हरू र मुक्ति पाउने अवसर गुमाउनेछन्। मानिसहरूले मुक्ति प्राप्त गर्न सक्छन् कि सक्दैनन् भन्ने विषयमा, सबैभन्दा महत्त्वपूर्ण कुरा तिनीहरूले सत्यता स्वीकार र अभ्यास गर्न सक्छन् कि सक्दैनन् भन्ने हो। यदि तैँले आफूले बुझेका सबै सत्यता अभ्यास गरेको छस् भने, तैँले पवित्र आत्माको अन्तर्दृष्टि, ज्योति र अगुवाइ प्राप्त गर्नेछस्, र तँ सत्यता वास्तविकतामा प्रवेश गर्न सक्नेछस्, र तैँले सत्यताको अझै गहन बुझाइ हासिल गर्नेछस्, अनि सत्यता र परमेश्वरको मुक्ति प्राप्त गर्नेछस्। कतिपय मानिसहरू सत्यता अभ्यास गर्न नसक्ने हुन्छन्, तिनीहरूले सधैँ पवित्र आत्माले तिनीहरूलाई अन्तर्दृष्टि वा ज्योति दिनुहुन्न, परमेश्वरले तिनीहरूलाई सामर्थ्य दिनुहुन्न भनेर गुनासो गरिरहेका हुन्छन्। यो गलत कुरा हो; यो परमेश्वरलाई गलत रूपमा बुझ्नु हो। पवित्र आत्माको अन्तर्दृष्टि र ज्योति मानिसहरूको सहकार्यको जगमा निर्मित हुन्छ। मानिसहरू इमानदार हुनुपर्छ, र सत्यता अभ्यास गर्न तयार हुनुपर्छ, अनि तिनीहरूको बुझाइ गहन वा सतही भए पनि, तिनीहरूले सत्यता अभ्यास गर्न सक्नुपर्छ। त्यसपछि मात्रै पवित्र आत्माले तिनीहरूलाई अन्तर्दृष्टि र ज्योति दिनुहुन्छ। यदि मानिसहरूले सत्यता बुझ्छन् तर अभ्यास गर्दैनन् भने—यदि तिनीहरू पवित्र आत्माले आफै अग्रसर भई तिनीहरूलाई सत्यता अभ्यास गर्न लगाउनुहुन्छ भनेर प्रतीक्षा गर्छन् भने—के तिनीहरू अत्यन्तै निष्क्रिय भइरहेका हुँदैनन् र? परमेश्वरले कहिल्यै पनि मानिसहरूलाई कुनै काम जबरजस्ती गराउनुहुन्न। यदि मानिसहरूले सत्यता बुझ्छन् तर त्यो अभ्यास गर्न अनिच्छुक छन् भने, यसले तिनीहरूले सत्यतालाई प्रेम गर्दैनन्, वा तिनीहरूको स्थिति असामान्य छ र यसलाई रोक्ने कुनै कुरा छ भन्ने देखाउँछ। तर यदि मानिसहरूले परमेश्वरलाई प्रार्थना गर्न सक्छन् भने, परमेश्वरले पनि काम गर्नुहुनेछ; यदि तिनीहरू सत्यता अभ्यास गर्न अनिच्छुक छन् र परमेश्वरलाई प्रार्थना पनि गर्दैनन् भने मात्र, पवित्र आत्मासँग तिनीहरूमा काम गर्ने कुनै आधार हुँदैन। वास्तवमा, मानिसहरूको कठिनाइ जस्तोसुकै भए पनि, यसलाई सधैँ समाधान गर्न सकिन्छ; यसको चाबी भनेको तिनीहरूले सत्यताअनुसार अभ्यास गर्न सक्छन् कि सक्दैनन् भन्ने हो। आज, तिमीहरूमा रहेको भ्रष्टताका समस्याहरू क्यान्सर होइनन्, ती उपचार गर्नै नसकिने रोग होइनन्। यदि तिमीहरूले सत्यता अभ्यास गर्ने सङ्कल्प गर्यौ भने, तिमीहरूले पवित्र आत्माको काम प्राप्त गर्नेछौ, र यी भ्रष्ट स्वभाव परिवर्तन हुन सम्भव छ। यो सबै कुरा तैँले सत्यता अभ्यास गर्ने सङ्कल्प लिन सक्छस् कि सक्दैनस् भन्ने कुरामा निर्भर हुन्छ, मुख्य कुरा यही हो। यदि तैँले सत्यता अभ्यास गर्छस् भने, यदि तँ सत्यता पछ्याउने मार्गमा हिँड्छस् भने, तँ पवित्र आत्माको काम प्राप्त गर्न सक्षम हुन्छस्, र तैँले अवश्य मुक्ति पाउन सक्छस्। यदि तैँले हिँड्ने मार्ग गलत छ भने, तैँले पवित्र आत्माको काम गुमाउनेछस्, एउटा गलत कदमले अर्को गलत कदम निम्त्याउनेछ, र तेरो लागि यो सबै कुरा समाप्त हुनेछ, अनि तैँले जति वर्ष निरन्तर विश्वास गरिरहे पनि, तैँले मुक्ति पाउन सक्दैनस्। उदाहरणको लागि, कतिपय मानिसहरूले परमेश्वरको घरलाई फाइदा पुग्ने र परमेश्वरका अभिप्रायअनुरूप हुने गरी काम गर्नेबारे कहिल्यै सोच्दैनन्—अनि तिनीहरूले गरेको कामको परिणाम स्वार्थी र खराब हुन्छ, त्यो परमेश्वरको निम्ति घृणास्पद र तुच्छ हुन्छ; अनि त्यसो गर्ने क्रममा, तिनीहरू खुलासा हुन्छन् र हटाइन्छन्। यदि मानिसहरूले सबै कुरामा सत्यता खोजी गर्न र सत्यताअनुरूप अभ्यास गर्न सक्छन् भने, तिनीहरू परमेश्वरमाथिको विश्वासको सही मार्गमा प्रवेश गरिसकेका हुन्छन्, र यसरी तिनीहरू परमेश्वरका अभिप्रायअनुरूपको व्यक्ति बन्ने आशा हुन्छ। कतिपय मानिसहरूले सत्यता बुझेका हुन्छन् तर त्यसलाई अभ्यास गर्दैनन्; बरु, सत्यता सत्यता मात्र हो, यसले तिनीहरूका झुकाव र भ्रष्ट स्वभावहरू समाधान गर्न सक्दैन भन्ने विश्वास गर्छन्। के त्यस्ता मानिसहरू हास्यास्पद हुँदैनन् र? के तिनीहरू मूर्ख होइनन् र? के तिनीहरू बढ्ता जान्ने सुन्नेहरू होइनन् र? यदि मानिसहरूले सत्यताअनुरूप व्यवहार गर्न सक्छन् भने, तिनीहरूको भ्रष्ट स्वभाव परिवर्तन हुन सक्छ। यदि परमेश्वरमाथिको तिनीहरूको विश्वास र उहाँप्रतिको सेवा तिनीहरूका आफ्नै प्राकृतिक व्यक्तित्वमा आधारित छन् भने, तिनीहरूमध्ये एक जनाले पनि आफ्नो स्वभावमा परिवर्तन हासिल गर्न सक्नेछैन। कतिपय मानिसहरू दिनभरि आफ्नै गलत निर्णयहरूको बारेमा अफसोस गरेर बिताइरहेका हुन्छन्। सहजै लागू गर्न सकिने सत्यता देख्दा पनि, तिनीहरूले यसबारे केही सोच्ने वा अभ्यास गर्ने प्रयास गर्दैनन्, बरु आफ्नै मार्ग रोज्ने ढिपी कस्छन्। कस्तो हास्यास्पद व्यवहार; साँच्चै नै, तिनीहरूले आफूसँग आशिषहरू हुँदा पनि त्यसको आनन्द उठाउन सक्दैनन्, र तिनीहरूले जीवनमा कठिनाइ भोग्ने पक्का छ। सत्यता अभ्यास गर्ने काम सरल छ; तैँले अभ्यास गर्छस् गर्दैनस् भन्ने कुराचाहिँ महत्त्वपूर्ण हुन्छ। यदि तैँले सत्यता अभ्यास गर्ने सङ्कल्प गरेको छस् भने, तेरो नकारात्मकता, कमजोरी र भ्रष्ट स्वभाव क्रमिक रूपमा समाधान र परिवर्तन हुँदै जानेछ; यो कुरा तेरो हृदयले सत्यतालाई प्रेम गर्छ कि गर्दैन, तैँले सत्यता स्वीकार गर्न सक्छस् कि सक्दैनस्, र सत्यता अभ्यास गर्न तैँले कष्ट भोग्न र मूल्य चुकाउन सक्छस् कि सक्दैनस् भन्ने कुरामा निर्भर हुन्छ। यदि तैँले साँचो रूपमा सत्यतालाई प्रेम गर्छस् भने, सत्यता प्राप्त गर्नको लागि तैँले हरकिसिमका कष्टहरू भोग्न सक्नेछस्, चाहे यसको लागि मानिसहरूले तँलाई बदनाम, आलोचना, वा इन्कार नै किन नगरून्। तैँले यी सबै कुरा धैर्य र सहनशीलतासाथ भोग्नुपर्छ; अनि परमेश्वरले तँलाई आशिष् र सुरक्षा दिनुहुनेछ, तँलाई त्याग्नुहुने वा बेवास्ता गर्नुहुनेछैन—यो निस्सन्देह छ। यदि तैँले परमेश्वरको डर मान्ने हृदयले उहाँलाई प्रार्थना गर्छस्, परमेश्वरमा भरोसा गर्छस् र उहाँकै बाटो हेर्छस् भने, तैँले पार पाउन नसक्ने कुरा केही हुँदैन। तँमा भ्रष्ट स्वभाव हुन सक्छ, र तैँले अपराध गर्न सक्छस्, तर यदि तँमा परमेश्वरको डर मान्ने हृदय छ, अनि तँ निष्ठापूर्वक सत्यता खोजी गर्ने मार्गमा हिँड्छस् भने, तँ अवश्य दह्रिलो गरी खडा हुन सक्नेछस्, र परमेश्वरले तँलाई निश्चय नै अगुवाइ र सुरक्षा प्रदान गर्नुहुनेछ।
कतिपय मानिसहरूले काम र प्रचार गर्न, र अरूलाई आपूर्ति गर्न मात्र आफूलाई सत्यताहरूले सुसज्जित पार्छन्, आफ्नो समस्या समाधान गर्न त्यसो गर्दैनन्, र ती सत्यता अभ्यास पनि गर्दैनन्। तिनीहरूको सङ्गति शुद्ध बुझाइको र सत्यताअनुरूप होला, तर तिनीहरूले आफूलाई यसमा मापन गर्दैनन्, न त त्यो अभ्यास वा अनुभव नै गर्छन्। यहाँ समस्या के हो? के तिनीहरूले सत्यतालाई आफ्नो जीवनजस्तै साँचो अर्थमा स्वीकार गरेका छन्? अहँ, गरेका छैनन्। व्यक्तिले प्रचार गर्ने धर्मसिद्धान्त अत्यन्तै शुद्ध हुन सक्छ, तर यसको अर्थ त्यसमा सत्यता वास्तविकता छ भन्ने हुँदैन। सत्यताले सुसज्जित हुनका लागि, पहिले आफै यसमा प्रवेश गरेको हुनुपर्छ, अनि यसलाई बुझेपछि अभ्यास गरेको हुनुपर्छ। यदि व्यक्तिले आफ्नो जीवन प्रवेशमा ध्यान दिँदैन, तर अरूलाई सत्यता प्रचार गरेर आफ्नो प्रदर्शन गर्ने लक्ष्य राख्छ भने, उसको अभिप्राय गलत छ। यस्तो काम गर्ने धेरै झूटा अगुवाहरू छन्, तिनीहरू अरूलाई आफूले बुझेका सत्यताबारे निरन्तर सङ्गति गर्छन्, नयाँ विश्वासीहरूलाई भरणपोषण गर्छन्, र मानिसहरूलाई सत्यता अभ्यास गर्न, आफ्ना कर्तव्य राम्रोसँग निर्वाह गर्न र नकारात्मक नबन्न सिकाउँछन्। यी सबै कुरा राम्रा र असल छन्—मनपर्दा समेत लाग्छन्—तर तिनीहरूले आफूले भनेजस्तो गरी किन आफैचाहिँ सत्यता अभ्यास गर्दैनन्? किन तिनीहरूसँग जीवन प्रवेश हुँदैन? यहाँ वास्तवमा के भइरहेको छ? के यस्तो व्यक्तिले वास्तवमै सत्यतालाई प्रेम गर्छ? यो भन्न कठिन छ। यसरी नै इस्राएलका फरिसीहरूले अरूको लागि बाइबल व्याख्या गर्थे, तर आफूचाहिँ परमेश्वरका आज्ञाहरू पालन गर्न सक्दैनथे। जब प्रभु येशू देखा पर्नुभयो र काम गर्नुभयो, तिनीहरूले परमेश्वरको आवाज सुने तर प्रभुलाई इन्कार गरे। तिनीहरूले प्रभु येशूलाई क्रूसमा टाँगे र तिनीहरू परमेश्वरद्वारा श्रापित भए। तसर्थ सत्यतालाई स्वीकार र अभ्यास नगर्ने सबै मानिसहरू परमेश्वरद्वारा निन्दित हुनेछन्। तिनीहरू कति नीच थिए! यदि तिनीहरूले प्रचार गर्ने वचन धर्मसिद्धान्तहरूले अरूलाई मदत गर्न सक्ने भए, यसले तिनीहरूलाई किन मदत गर्न सकेन? हामीले यस्तो व्यक्तिलाई वास्तविकता नभएको ढोँगी भन्नु राम्रै हो। तिनीहरू अरूलाई सत्यताका शाब्दिक अर्थ प्रदान गर्छन्, अरूलाई त्यो अभ्यास गर्न लगाउँछन्, तर आफूचाहिँ यसलाई अलिकति पनि अभ्यास गर्दैनन्। के यस्तो व्यक्ति बेसरम होइन र? तिनीहरूसँग सत्यता वास्तविकता हुँदैन, तर अरूलाई वचन र धर्मसिद्धान्तहरू प्रचार गर्दा तिनीहरू आफूसँग सत्यता वास्तविकता छ भन्ने ढोँग गर्छन्। के यो जानाजानी मानिसहरूलाई बहकाउनु र हानि गर्नु होइन र? यदि यस्ता व्यक्तिहरूलाई खुलासा गरी हटाइयो भने, त्यसको दोषी तिनीहरू आफै हुनेछन्। तिनीहरू दयाको पात्र हुनेछैनन्। के वचन र धर्मसिद्धान्त मात्र प्रचार गर्ने तर सत्यता अभ्यास नगर्ने व्यक्तिले वास्तविक परिवर्तन हासिल गर्न सक्छ? के उसले अरूलाई छल गरिरहेको र आफैलाई हानि गरिरहेको हुँदैन? सत्यता पछ्याउँदा सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको अभ्यास गर्नु हो। अभ्यास गर्नुको उद्देश्य व्यक्तिको भ्रष्ट स्वभाव समाधान गर्नु र उसलाई साँचो मानव स्वरूप जिउने तुल्याउनु हो, तर उसले आफ्नै भ्रष्ट स्वभावहरू चिन्दैन, न त आफ्ना कठिनाइहरू हल गर्न सत्यता नै प्रयोग गर्छ। उसले अरूलाई जसरी मलजल, भरणपोषण वा सहयोग गरे पनि ऊसँग जीवन प्रवेश गर्ने र आफ्नो स्वभाव परिवर्तन गर्ने मार्ग नभएकोले उसले वास्तविक परिणामहरू कहिल्यै पाउनेछैन। यदि उसले गर्ने सत्यताको सङ्गतिले मानिसका कठिनाइ वा समस्याहरू समाधान गर्दैन भने, के उसले कर्णप्रिय तर बेकारका शब्द र सिद्धान्तहरू मात्रै भट्ट्याइरहेको हुँदैन र? यदि तँ आफ्नो स्वभावमा परिवर्तन हासिल गर्न चाहन्छस् भने, तैँले सुरुमा परमेश्वरका वचनहरू अभ्यास र अनुभव गर्नमा ध्यान केन्द्रित गर्नुपर्छ। तैँले सत्यताका जुनसुकै पक्षहरू बुझे पनि त्यसलाई अभ्यास गर्नमा ध्यान केन्द्रित गर्नुपर्छ। सत्यता अभ्यास र अनुभव गर्दा मात्र तैँले समस्याहरू पत्ता लगाउनेछस्, र खास गरी, आफ्ना भ्रष्ट स्वभावहरू प्रकट हुँदा तँ त्यो देख्न सक्षम हुनेछस्। यदि तँ यी समस्याहरू हल गर्न सत्यता खोज्न सक्छस् भने, तँ सत्यता वास्तविकतामा प्रवेश गर्नेछस्, र तेरो जीवन स्वभाव परिवर्तन हुनेछ। तब, तैँले सत्यता अभ्यास गर्नेबारे छलफल गर्दा तँसँग मार्ग हुनेछ, र तैँले सत्यताबारे सङ्गति गर्दा समस्याहरू हल गर्न सक्नेछस्। यसले के देखाउँछ भने तँ सत्यता अभ्यास गर्न इच्छुक भएमा, तँसँग सत्यता वास्तविकता हुनेछ। यदि तँ सत्यता अभ्यास गर्न इच्छुक छस् भने, तँ अरूलाई भरणपोषण गर्न योग्य हुनेछस्। अनि यसको बदलामा परमेश्वरले तेरो प्रशंसा गर्नुहुनेछ र मानिसहरूले तँलाई स्विकार्नेछन्।
तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।