सत्यता खोज्‍ने र सत्यता अभ्यास गर्नेसम्बन्धी वचनहरू (अंश १७)

मानिसहरू सत्यता अभ्यास गर्न कठिन हुने सोच्छन्, तर त्यसोभए केही मानिसहरूले चाहिँ किन सत्यता अभ्यास गर्न सक्छन् त? यो सबै त्यो व्यक्तिले सत्यतालाई प्रेम गर्छ कि गर्दैन भन्‍ने कुरामा भर पर्छ। कतिपय मानिसहरू भन्छन्, सत्यता अभ्यास गर्नेहरू असल मानवता भएका मानिसहरू हुन्। यो भनाइ सही हो। कतिपय मानिसहरूमा असल मानवता हुन्छ र तिनीहरू सत्यता अभ्यास गर्न सक्छन्। तर कतिपय मानिसहरूको मानवतामा केही कमी हुन्छ, र तिनीहरूलाई सत्यता अभ्यास गर्न कठिन हुन्छ, यसको मतलब त्यसको लागि तिनीहरूले केही दुःख भोग्नुपर्छ। ल भन् त, के सत्यता अभ्यास नगर्ने व्यक्तिले आफ्ना कार्यहरूमा सत्यता खोजी गर्छ? बिलकुलै गर्दैन। उसले आफ्नै अभिप्रायहरू बनाउँछ र ती अभिप्राय कार्यान्वयन गरिएमा राम्रो र आफ्नै हित हुनेछ भन्‍ने सोच्छ, त्यसैले उसले उसका ती अभिप्रायहरूअनुसार नै कार्य गर्छ। उसले सत्यता खोजी नगर्नुको कारण के हो भने, उसको हृदयमै केही न केही खराबी हुन्छ, र उसको हृदय पनि ठिक हुँदैन। उसले खोजी र जाँच गर्ने गर्दैन, न त परमेश्‍वरको अगाडि प्रार्थना नै गर्ने गर्छ; ऊ जिद्दीपूर्वक उसका आफ्नै इच्छाअनुसार कार्य गरिरहन्छ। यस्तो व्यक्तिमा सत्यताप्रतिको प्रेम बिलकुलै हुँदैन। तर उसले सत्यताप्रति प्रेम नगर्ने भए पनि, सिद्धान्तसँग मिल्ने र सिद्धान्तहरू उल्लङ्घन नगर्ने केही निश्‍चित कामहरू गर्न सक्छ। तथापि, यसरी उल्लङ्घन नगर्नुको अर्थ उसले परमेश्‍वरको अभिप्राय खोजेको छ भन्‍ने होइन। यो मात्र भन्‍न सकिन्छ कि यो विशुद्ध रूपमा संयोग मात्र हो। कतिपय मानिसहरूले खोजीविना निश्‍चित कामहरू दुबिधाजनक र जथाभाबी रूपमा गर्ने गर्छन्, तर उक्त घटनापछि तिनीहरू आफूलाई जाँच्न सक्षम हुन्छन्। यदि तिनीहरूले यस्ता काम गर्नु सत्यतासँग अमिल्दो भएको थाहा पाए भने, अर्को पटकदेखि तिनीहरू त्यसो गर्न छोड्नेछन्। यसलाई सत्यताप्रति केही मात्रामा प्रेम भएको मान्‍न सकिन्छ। यस्तो व्यक्ति एक हदसम्म परिवर्तन हुन सक्षम हुन्छ। तर सत्यताप्रति प्रेम नभएकाहरूले न त घटनाको बखत खोजी गर्छन्, न त घटनापछि नै आफूलाई जाँच्छन्। तिनीहरू आफूले गर्ने काम अन्त्यमा ठिक हुन् कि बेठिक भनेर कहिल्यै सूक्ष्म जाँच गर्दैनन्, यसर्थ तिनीहरू सधैँ सिद्धान्त र सत्यता उल्लङ्घन गर्छन्। तर तिनीहरूले सिद्धान्तहरू उल्लङ्घन नगर्ने काम गरे नै भने पनि, त्यो सत्यतासँग मिल्दैन, र त्यो सिद्धान्तहरूको तथाकथित अनुल्लङ्घन केवल पद्धतिको कुरा मात्र हो। अनि, यस्तो व्यक्तिले उसको आफ्नै इच्छाअनुसार कार्य गर्दा ऊ कुन स्थितिमा हुन्छ? ऊ जिल्ल परेको र अन्योलको स्थितिमा कार्य गरिरहेको हुँदैन, ऊ यस तरिकाले कार्य गर्नु साँच्चिकै सत्यताबमोजिम हो कि होइन भन्‍नेबारे अस्पष्ट भएको पनि हुँदैन। उसले आफूलाई यो परिस्थितिमा पाएको होइन, बरु ऊ जिद्दीपूर्वक उसका आफ्नै इच्छाअनुसार कार्य गर्न लागिपरेको हो; उसले त्यो तरिकाले कार्य गर्ने मन नै बनाइसकेको हुन्छ, र उसमा सत्यता खोज्ने अभिप्राय कदापि हुँदैन। यदि उसले साँचो रूपमा परमेश्‍वरको अभिप्राय खोज्छ भने, उसले, परमेश्‍वरको अभिप्राय पूर्ण रूपमा बुझ्नुअघि, यस्तो कार्यशैली अपनाउनेछ: “म सुरुमा अघि बढ्नेछु र त्यसलाई यसरी गर्नेछु। यदि त्यो सत्यतासँग मिल्यो भने, म यसै गरी काम गर्न जारी राख्नेछु; यदि त्यो सत्यतासँग मिलेन भने, म चाँडो-चाँडो त्यसलाई समाधान गर्नेछु र त्यो तरिकाले कार्य गर्न छोड्नेछु।” यदि उसले यो तरिकाले सत्यता खोज्न सक्छ भने, भविष्यमा ऊ परिवर्तन हुन सक्नेछ। यो अभिप्रायविना ऊ परिवर्तन हुन असक्षम हुनेछ। हृदय भएको व्यक्तिले कुनै कार्य गर्दा एकपटक मात्र गल्ती गर्न सक्छ, बढीमा दुईपटक गर्न सक्छ—एक वा दुईपटक मात्र हो, तीन-चार पटक होइन, यो सामान्य समझ हो। यदि उसले तीन-चार पटक एउटै गल्ती गर्न सक्छ भने, यसले उसमा सत्यताप्रति प्रेम छैन, र उसले सत्यता खोजी गर्दैन भन्‍ने प्रमाणित गर्छ। यस्तो व्यक्ति पक्कै पनि मानवता भएको व्यक्ति होइन। यदि एक-दुई पटक गल्ती गरेपछि उसको हृदयमा कुनै प्रतिक्रिया हुँदैन, उसको विवेक तरङ्गित हुँदैन भने, उसले तीन-चार पटक एउटै गल्ती गर्नेछ, र यस्तो व्यक्ति कसै गरी परिवर्तन हुन सक्दैन; उसको वास्तविकता यही हो—ऊ छुटकारा पाउन पूर्ण अयोग्य छ। एकपटक गल्ती गरेपछि, यदि उसलाई आफूले गरेको काममा केही गल्ती छ भन्‍ने महसुस हुन्छ, र त्यो कारणले उसले आफूलाई अत्यन्तै घिनाउँछ र हृदयमा दोषी महसुस गर्छ भने; यदि उसमा यस्तो स्थिति छ भने, फेरि त्यस्तै कुरामा संलग्न हुँदा उसले त्योभन्दा राम्रो तरिकाले कार्य गर्नेछ, र बिस्तारै त्यसउप्रान्त उसले त्यस्तो गल्ती गर्नेछैन। उसको हृदयमा त्यस्तो इच्छा जागे पनि, उसले त्यस्तो गर्नेछैन। यो परिवर्तनको एउटा पक्ष हो। सायद तैँले यसो भन्‍नेछस्: “मेरो भ्रष्ट स्वभाव परिवर्तन हुन सक्दैन।” के यो परिवर्तन हुन सक्दैन भन्‍ने साँचो हो र? त्यो त तँ परिवर्तन हुन नचाहेको मात्र हो। यदि तँ सत्यता अभ्यास गर्न इच्छुक छस् भने, के तँ अझै परिवर्तन हुन असक्षम हुन्थिस् त? यस्तो भन्‍ने मानिसहरूमा इच्छाशक्तिको कमी हुन्छ। ती सबै नै तुच्छ कुलङ्घारहरू हुन्। तिनीहरू दुःख भोग्न चाहँदैनन्। तिनीहरू सत्यता अभ्यास गर्ने चाहना राख्दैनन्; बरु सत्यताले आफूलाई परिवर्तन गर्नै सक्दैन भनेर भन्छन्। के यस्तो व्यक्ति अत्यन्तै छली हुँदैन र? यस्तो व्यक्तिले सत्यता अभ्यास गर्न सक्दैन, उसको मानवता विकृत हुन्छ, र अझै पनि उसलाई उसको आफ्नै प्रकृतिबारे कहिल्यै केही थाहा हुँदैन। परमेश्‍वरको कामले मानिसहरूलाई पूर्ण तुल्याउन सक्छ कि सक्दैन भनेर उसले प्रायः शङ्का गर्ने गर्छ। यस्तो व्यक्तिले कहिल्यै आफ्नो हृदय परमेश्‍वरलाई दिन चाहँदैन, र कठिनाइ सहने योजना कहिल्यै बनाउँदैन। ऊ यहाँ बसिरहनुको एउटै कारण भनेको उसले भविष्यमा सौभाग्य पो प्राप्त गरिहाल्छ कि भनेर हो। यस्तो व्यक्तिमा मानवता हुँदैन। यदि ऊ मानवता भएको व्यक्ति हुँदो हो त, पवित्र आत्माले ऊमाथि प्रस्ट रूपमा काम नगर्नुहुँदा पनि, र उसमा सत्यताबारे थोरै बुझाइ भए पनि, के ऊ गलत कार्यहरूमा संलग्न हुन सक्छ र? मानवता भएको व्यक्तिले त आफूमाथि पवित्र आत्माले काम गरिरहनुभएको भए नि नभए नि, गलत कार्यहरू गर्न सक्नेछैन। मानवता नभएका कतिपय मानिसहरूले आफूमाथि पवित्र आत्माले काम गरिरहनुभएको अवस्थामा मात्र कुनै कुनै असल कार्य गर्न सक्छन्। उनीहरूमाथि पवित्र आत्माले काम गरिरहनुभएको छैन भने, उसको प्रकृति पर्दाफास हुन्छ। पवित्र आत्माले सधैँ त कोमाथि काम गरिरहन सक्नुहुन्छ र? गैर-विश्‍वासीहरूमध्ये केहीमा असल मानवता हुन्छ, तिनीहरूमाथि पवित्र आत्माले काम गरिरहनुभएको हुँदैन, तैपनि तिनीहरू अत्यन्तै दुष्ट खाले कुनै पनि कार्यमा संलग्न हुँदैनन्। यदि तँ परमेश्‍वरमा विश्‍वास गर्छस् भने, तँ कसरी दुष्ट कार्यहरूमा संलग्न हुन सक्छस्? यसले मानव प्रकृतिको समस्या देखाउँछ। पवित्र आत्माले मानिसहरूमाथि काम नगर्नुहुँदा, तिनीहरूको प्रकृति पर्दाफास हुन्छ। पवित्र आत्माले तिनीहरूमाथि काम गर्नुहुँदा, पवित्र आत्माले तिनीहरूलाई प्रेरित गर्नुहुनेछ, अन्तर्दृष्टि र ज्योति दिनुहुनेछ, तिनीहरूमा शक्ति भरिनेछ, र त्यसैले तिनीहरूले केही असल कार्यहरू गर्न सक्छन्। यस मामलामा, यो तिनीहरूको प्रकृति राम्रो भएको कुरा होइन, बरु यो त पवित्र आत्माको कामले हासिल गरेका नतिजाहरूको कुरा हो। तर पवित्र आत्माले तिनीहरूमाथि काम नगर्नुहुँदाको अवस्थामा, मानिसहरू तिनीहरूका आफ्नै चाहनाहरू पछ्याउन रुचाउँछन्, जसको कारण तिनीहरूले अनजानमै केही खराब कामहरू गर्नेछन्। त्यसपछि मात्र तिनीहरूको साँचो प्रकृति खुलासा हुन्छ।

मानिसहरूको प्रकृति कसरी सुल्झाउन सकिन्छ? यसको लागि सुरुमा मानव प्रकृतिको सार बुझ्नुपर्छ, र यसलाई परमेश्‍वरका वचनअनुसार विश्‍लेषण गरेर यो सकारात्मक हो कि नकारात्मक अनि यसले परमेश्‍वरको प्रतिरोध गरिरहेको छ कि परमेश्‍वरप्रति समर्पण गरिरहेको छ भनी हेर्नुपर्छ। व्यक्तिले आफ्नो प्रकृति सार थाहा नपाउन्जेल यसो गर्नैपर्छ, र त्यसपछि उसले साँच्चिकै आफूलाई घिनाउन र आफ्नो देहविरुद्ध विद्रोह गर्न सक्छ। साथसाथै, व्यक्तिले परमेश्‍वरका अभिप्राय र मापदण्डहरू बुझ्नैपर्छ। सत्यता पछ्याउनुको तेरो लक्ष्य के हो? तैँले तेरो जीवन स्वभावमा परिवर्तन हासिल गर्नैपर्छ। तेरो स्वभाव परिवर्तन भएपछि, तैँले सत्यता प्राप्त गर्नेछस्। तिमीहरूको अहिलेको कदले त तिमीहरूले कसरी दुष्टता गर्नबाट, परमेश्‍वरको प्रतिरोध गर्नबाट, वा सत्यता उल्लङ्घन हुने काम गर्नबाट आफूलाई रोक्न सक्छौ? यदि तँ परिवर्तन हुन चाहन्छस् भने, तैँले यी मामलाहरूबारे सोचविचार गर्नुपर्छ। खराब प्रकृति हुने समस्यासित जुध्‍न तैँले तँसित कुन भ्रष्ट स्वभावहरू छन् र तैँले के गर्न सक्छस् भन्‍ने कुराहरू बुझ्‍नुपर्छ। तैँले आफ्नो खराब प्रकृति नियन्त्रण गर्न कस्ता विधिहरू अपनाउने र तिनलाई कसरी अभ्यास गर्ने भन्‍ने कुरा पनि बुझ्‍नुपर्छ। यो नै मुख्य कुरा हो। जब तेरो मनमा दुविधा र प्राणमा अन्धकार हुन्छ, तैँले त्यसलाई सुल्झाउन कसरी सत्यता खोज्ने, कसरी आफ्ना कर्तव्यहरू राम्ररी पूरा गर्ने, र कसरी सही मार्ग अवलम्बन गर्ने भनी जान्‍नुपर्छ। तैँले आफ्नो लागि एउटा सिद्धान्त स्थापित गर्नुपर्छ। यो कुरा व्यक्तिको इच्छा र ऊ परमेश्‍वरलाई चाहने व्यक्ति हो कि होइन भन्‍नेमा भर पर्छ। एउटा रिसाइरहने व्यक्ति छ। उसले एउटा सिलोट बनायो र त्यसमा “आफ्नो रिस काबुमा राख” भनेर लेख्यो। अनि, त्यसलाई आत्म-संयम र आफ्नो लागि चेतावनीका रूपमा आफ्नो पढ्ने कोठामा झुण्डायो। सायद यसले केही काम त गर्ला, तर के यसले त्यो समस्या पूर्ण रूपमा समाधान गर्न सक्छ र? कदापि सक्दैन। यसको बाबजुद पनि मानिसहरूले आफूलाई काबुमा राख्‍ने चाहिँ गर्नैपर्छ। सबैभन्दा महत्त्वपूर्ण, आफ्नो भ्रष्ट स्वभावको समस्या समाधान गर्नु आवश्यक छ। आफ्नो प्रकृतिसम्बन्धी समस्या समाधान गर्न, तिनीहरूले आफूलाई चिन्‍नेबाट काम सुरु गर्नुपर्छ। सुरुमा आफ्नो भ्रष्ट स्वभावको सार प्रस्ट रूपमा देखेर मात्र तिनीहरूले आफूलाई घृणा गर्न र देहविरुद्ध विद्रोह गर्न सक्छन्। देहविरुद्ध विद्रोह गर्नको लागि सिद्धान्तहरू पनि हुनु आवश्यक छ। के भ्रमित अवस्थाको व्यक्तिले देहविरुद्ध विद्रोह गर्न सक्छ र? उसलाई कुनै समस्या आइपर्नेबित्तिकै, उसले देहको सामु हार मान्छ। कतिपय मानिसहरू एउटी सुन्दर स्त्री देखेपछि एक्कासि रोकिन सक्छन्; यो अवस्थामा, तैँले आफ्नो निम्ति एउटा आदर्श वाक्य स्थापित गर्नुपर्छ। एउटी सुन्दर स्त्री तँकहाँ आउँदा, तँ त्यहाँबाट जानुपर्छ कि के गर्नुपर्छ? यदि ऊ तेरो हात समात्न आई भने तैँले के गर्नुपर्छ? यदि तँसित कुनै सिद्धान्तहरू छैनन् भने, त्यस्तो परिस्थिति सामना गर्दा तैँले ठेस खान सक्छस्। यदि पैसा र सम्पत्ति देख्दा तँ लोभले अन्धो हुन्छस् भने तैँले के गर्नुपर्छ? तैँले विशेष रूपले यस समस्यामा आफ्नो मन लगाउनुपर्छ, अनि यसलाई हल गर्न आफैलाई तालिम दिने कुरामा ध्यान केन्द्रित गर्नुपर्छ, र समयक्रममा, तैँले बिस्तारै देहविरुद्ध विद्रोह गर्न सक्नेछस्। भ्रष्ट प्रकृति सुल्झाउने सम्बन्धमा एउटा सिद्धान्त छ जुन अत्यन्तै महत्त्वपूर्ण छ, र त्यो हो, तैँले आफ्ना सम्पूर्ण समस्याहरू परमेश्‍वरसामु ल्याउनुपर्छ र आफैलाई जाँच्‍नुपर्छ। यसको साथै, तैँले त्यो दिनदेखि हरेक साँझ आफ्ना अवस्थाहरू जाँच गर्नुपर्छ र आफ्नो व्यवहारको सूक्ष्म जाँच गर्नुपर्छ: कुनचाहिँ कार्यहरू सत्यताअनुसार गरिएका थिए अनि कुनचाहिँ सिद्धान्तहरू उल्लङ्घन गरेर गरिएका थिए? यो अझै अर्को सिद्धान्त हो। यी दुई बुँदाहरू अत्यन्तै महत्त्वपूर्ण छन्। पहिलोको कुरा गर्नुपर्दा, तेरो भ्रष्टता खुलासा हुँदा, तैँले आफूमाथि चिन्तन गर्नुपर्छ। दोस्रोको कुरा गर्नुपर्दा, घटना घटिसकेपछि, तैँले आत्मचिन्तन गर्नुपर्छ र सत्यता खोज्‍नुपर्छ। तेस्रो बुँदाचाहिँ के हो भने, तँ सत्यता अभ्यास गर्नु र सिद्धान्तद्वारा व्यवहार गर्नुको अर्थबारे प्रस्ट हुनुपर्छ। यदि तैँले यी मामलाहरू साँच्चिकै बुझ्न सक्छस् भने, तैँले सही ढङ्गले काम गर्न सक्छस्। यदि तैँले यी तीन सिद्धान्तहरू पालना गरिस् भने, तैँले आफूलाई काबुमा राख्न सक्छस्, र आफ्नो भ्रष्ट प्रकृति खुलासा वा प्रकट गर्नबाट आफूलाई रोक्न सक्छस्। तेरो प्रकृति सुल्झाउने आधारभूत सिद्धान्तहरू यिनै हुन्। यी सिद्धान्तहरू स्थापित भइसकेपछि, यदि तैँले सत्यता खोज्ने कोसिस गर्छस् र पवित्र आत्माले तँमाथि काम नगर्नुहुँदा पनि वा तँलाई लामो समयसम्म कसैले सङ्गति नदिँदा पनि तँ सामान्य स्थितिमै रहन्छस् भने, तँ सत्यतालाई प्रेम गर्ने र देहविरुद्ध विद्रोह गर्ने व्यक्ति होस्। जो सत्यता सङ्गति गर्न र आफूलाई काटछाँट गर्न सधैँ अरूमाथि भर पर्छन्, तिनीहरू दास हुन्। यस्ता मानिसहरूमा अपाङ्गता हुन्छ र तिनीहरू स्वतन्त्र रूपमा जिउन सक्दैनन्। सिद्धान्तविना कार्य गर्नेहरूलाई केही समय काटछाँट वा सङ्गति गरिएन भने, तिनीहरूले लापर्बाहीपूर्वक कार्य गर्नेछन् र आफ्नो नियन्त्रण गुमाउनेछन्। यस्ता व्यक्तिहरूले कसरी परमेश्‍वरलाई आश्‍वस्त पार्न सक्छन् र? त्यसैले, तैँले प्रकृतिसम्बन्धी समस्या समाधान गर्न यी तीन सिद्धान्तहरू पालना गर्नैपर्छ। यसले तँलाई ठूला पापहरू गर्नबाट रोक्नेछ र तँबाट परमेश्‍वरविरुद्ध प्रतिरोध वा विश्‍वासघात नहुने कुरा सुनिश्‍चित गर्नेछ।

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्