सत्यता खोज्‍ने र सत्यता अभ्यास गर्नेसम्बन्धी वचनहरू (अंश १३)

आफूमाथि परिस्थितिहरू आइपर्दा सत्यताको खोजी गर्नमा ध्यान केन्द्रित गर्ने र सत्यताको खोजी गर्न सक्‍ने मानिसहरू अहिले धेरै छन्। यदि तँ आफूभित्रका गलत मनसाय र अस्वाभाविक स्थितिहरूलाई समाधान गर्न चाहन्छस् भने, त्यसो गर्न तैँले सत्यताको खोजी गर्नैपर्छ। सुरुमा, तैँले सङ्गतिमा परमेश्‍वरका वचनहरूको आधारमा आफ्‍नो बारेमा खुलस्त बताउन सिक्‍नुपर्छ। अवश्य नै, खुलस्त रूपमा सङ्गति गर्नको लागि तैँले सही व्यक्तिको छनौट गर्नुपर्छ—कम्तीमा पनि, तैँले सत्यतालाई प्रेम र स्वीकार गर्ने, तुलनात्मक रूपमा असल मानवता भएको, तुलनात्मक रूपमा इमानदार र सीधा व्यक्तिलाई छनौट गर्नुपर्छ। तैँले सत्यता बुझ्‍न सक्‍ने व्यक्तिलाई छनौट गर्न सकिस्, र उसको सङ्गतिबाट सहयोग प्राप्त गर्न सम्भव भयो भने झनै राम्रो। सङ्गतिमा मन खोलेर कुरा गर्न र आफ्‍ना कठिनाइहरू समाधान गर्न यस्तो व्यक्ति भेट्न सकेमा त्यो प्रभावकारी हुन सक्छ। यदि तैँले गलत व्यक्ति, अर्थात् सत्यतालाई प्रेम नगर्ने, तर वरदान वा प्रतिभा मात्रै भएको व्यक्तिलाई छनौट गरिस् भने, त्यो व्यक्तिले तँलाई गिल्‍ला र घृणा गर्नेछ, अनि त्यसले तँलाई पतित पार्नेछ। यो तेरो लागि फाइदाजनक हुँदैन। एक हिसाबले, परमेश्‍वरको अघि आएर उहाँलाई प्रार्थना गर्ने क्रममा व्यक्तिले गर्नुपर्ने काम भनेको मन खोल्नु र आफूलाई उदाङ्गो पार्नु हो; व्यक्तिले अरूसँग सत्यताको बारेमा सङ्गति गर्दा पनि यसै गर्नुपर्छ। कुराहरू लुकाएर नराख्, र “मेरा अभिप्राय र कठिनाइहरू छन्। मेरो भित्री स्थिति राम्रो छैन—यो नकारात्मक छ। म कसैलाई भन्दिनँ। म यसलाई लुकाएर राख्छु” भनेर नसोच्। यदि तैँले यस्ता कुराहरूलाई समाधान नगरी सधैँ लुकाएर राख्छस् भने, तँ झन्झन् बढी नकारात्मक हुँदै जान्छस्, र तेरो स्थिति झन्झन् खराब हुँदै जान्छ। तँलाई परमेश्‍वरसँग प्रार्थना गर्न मन लाग्दैन। यो परिवर्तन गर्न कठिन हुने कुरा हो। त्यसैले, तेरो अवस्था जस्तोसुकै भएता पनि, तँ नकारात्मक भए पनि वा कठिनाइमा भए पनि, तेरा आफ्नै व्यक्तिगत अभिप्रायहरू वा योजनाहरू जस्तै भए पनि, जाँचद्वारा तैँले जेसुकै जानेको वा महसुस गरेको भएता पनि तैँले खुलस्त हुन र सङ्गति गर्न सिक्नुपर्छ, अनि तैँले सङ्गति गर्ने क्रममा पवित्र आत्माले काम गर्नुहुन्छ। अनि, पवित्र आत्माले कसरी काम गर्नुहुन्छ? उहाँले तँलाई अन्तर्दृष्टि र ज्योति दिनुहुन्छ, र समस्याको गम्भीरता जान्‍न मदत गर्नुहुन्छ, उहाँले तँलाई समस्याको जड र सारप्रति सचेत बनाउनुहुन्छ, र त्यसपछि तँलाई सत्यता र उहाँको अभिप्राय अलिअलि गर्दै बुझ्ने बनाउनुहुन्छ, र तँलाई अभ्यासको मार्ग देख्‍न, र सत्यता वास्तविकतामा प्रवेश गर्न दिनुहुन्छ। व्यक्तिले खुलस्त रूपमा सङ्गति गर्न सक्छ भने, यसको अर्थ ऊसँग सत्यताप्रति इमानदार मनोवृत्ति छ भन्‍ने हुन्छ। व्यक्ति इमानदार छ कि छैन भन्‍ने कुरा सत्यताप्रतिको उसको मनोवृत्तिद्वारा नै मापन गरिन्छ। कुनै इमान्दार व्यक्तिले कठिनाइहरूको सामना गर्दा, ऊ जतिसुकै नकारात्मक वा कमजोर भए पनि परमेश्‍वरका अभिप्राय पूरा गर्न सधैँ परमेश्‍वरलाई प्रार्थना गर्छ र सङ्गति गर्ने अरू मानिसहरूको खोजी गर्दै समाधान खोज्ने प्रयास गर्छ, र आफ्नो समस्या वा कठिनाइ कसरी सुल्झाउने भनी खोजी गर्छ। उसले कुनै आन्तरिक असहजताका कारण गुनासो पोख्ने कुनै व्यक्ति खोजिरहेको हुँदैन: ऊ त सत्यता वास्तविकतामा प्रवेश गर्दा र त्यसबाट बाहिर निस्कँदा आइपर्ने कठिनाइको हल खोजिरहेको हुन्छ। नसुल्झिएका नकारात्मक र खराब कुराहरू मनमा लुकाएर राखियो भने त्यसले कर्तव्य निर्वाह र जीवन प्रवेशमा प्रत्यक्ष असर गर्छ। परमेश्‍वरप्रति शुद्ध र खुला नहुनु, उल्टै आफ्नो हृदयमा सधैँ छलकपट पालेर राख्नु अत्यन्तै खतरनाक कुरा हो। छलकपट गर्ने मानिसहरू आफूमाथि जेसुकै आइपरे पनि देखावटी गर्न खप्पिस हुन्छन्, र तिनीहरूले जस्तोसुकै धारणा वा असन्तुष्टि अनुभूति गरे पनि सङ्गति गर्दैनन्। बाहिर तिनीहरू सामान्य देखिन्छन्, तर वास्तवमा तिनीहरूको हृदय नकारात्मकताले यतिसम्म भरिएको हुन्छ कि तिनीहरू मुस्किलले उठ्न सक्छन्, र तैँले यो पत्तो पाउनै सक्दैनस्। यदि तैँले तिनीहरूसँग सङ्गति नै गरिस् भने पनि, तिनीहरूले तँलाई सत्यता बताउनेछैनन्। तिनीहरू कति गुनासा, असमझदारी र धारणाहरूले भरिएका छन् भनेर कसैलाई बताउँदैनन्; तिनीहरू अरूले आफ्ना कुरा थाहा पाए भने आफूलाई तुच्छ ठान्लान् र इन्कार गर्लान् भन्‍ने डरले ती कुरा सधैँ गहिरो रूपमा लुकाएर राख्छन्। तिनीहरूले कर्तव्य निर्वाह गरे पनि जीवन प्रवेश गर्दैनन्, न त आफूले गर्ने कुनै कुरामा सत्यता सिद्धान्त नै खोज्छन्; बाहिरबाट हेर्दा तिनीहरू उत्साहहीन देखिन्छन्, तिनीहरूसँग न त अघि बढ्ने जोसजाँगर हुन्छ, न त तिनीहरू पछि नै परिसकेका हुन्छन्, र यसले आसन्‍न सङ्कटको सङ्केत गर्दछ। सत्यता नपछ्याउने मानिसहरूको हृदयमा बिमारीले बास गरेको हुन्छ; त्यो बिमारी तिनीहरूको हृदयमा हुन्छ, र तिनीहरू उज्यालोमा पर्नदेखि डराउँछन्। तिनीहरू सबै कुरा कसिलोसँग बेरेर राख्छन् र कहिल्यै कसैसामु खोल्ने आँट गर्दैनन्; त्यहाँ जीवनको सञ्चार भएको हुँदैन, जसले गर्दा तिनीहरूको हृदयको बिमारीले घातक ट्युमरको रूप लिन्छ, र यसरी तिनीहरू खतरामा पर्छन्। यदि मानिसहरू सत्यता स्वीकार गर्नमा शुद्ध र खुला हुन सक्दैनन् भने, अनि सत्यताबारेको सङ्गतिमार्फत आफ्ना समस्याहरू समाधान गर्न सक्दैनन् भने, त्यस्ता मानिसहरूले सही ढङ्गले आफ्नो कर्तव्य निर्वाह गर्न सक्दैनन्, र ढिलो-चाँडो तिनीहरूलाई खुलासा गरेर हटाइनैपर्छ।

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्