सत्यता खोज्‍ने र सत्यता अभ्यास गर्नेसम्बन्धी वचनहरू (अंश १२)

मामिलाहरू सामना गर्दा सत्यता खोज्नु अत्यन्त महत्त्वपूर्ण हुन्छ। यदि तैँले सत्यता खोजी गरिस् भने समस्या समाधान गर्न मात्र होइन, सत्यता अभ्यास गर्न र सत्यता प्राप्त गर्न पनि सक्नेछस्। यदि तँ सत्यता खोजी गर्दैनस् तर आफ्नै समझमा जिद्दी गर्छस् र सधैँ आफ्नै विचारअनुसार काम गर्छस् भने तैँले आफ्नो भ्रष्टताको समस्या समाधान गर्न नसक्ने मात्र होइन, तर जानाजानी पाप पनि गर्नेछस्, र यो नै परमेश्‍वरलाई प्रतिरोध गर्ने मार्ग हो। उदाहरणका लागि, मानौँ कर्तव्यपालनको दौरान तँ काटछाँटमा परिस्, र तँ सत्यता खोजी गर्दैनस्, बरु जिद्दी गर्दै आफ्नै तर्कमा जोड दिन्छस्। तँलाई यस्तो लाग्ला, “मैले आफ्नो काम गरेकै छु, र स्पष्ट देखिने गरी कुनै नराम्रो कुरा गरेको छैनँ, तर मलाई केवल केही गल्तीको कारण काटछाँट मात्र होइन, खुलासा र अनादर पनि गरिएको छ, जसले म मन नपर्दो छु भन्‍ने देखाउँछ। परमेश्‍वरको प्रेम खै कहाँ छ? म यो किन देख्न सक्दिनँ? भनिन्छ, परमेश्‍वर मानिसहरूलाई प्रेम गर्नुहुन्छ, त्यसोभए परमेश्‍वरले अरूलाई प्रेम गर्ने तर मलाईचाहिँ नगर्ने, त्यो कसरी हुन्छ?” सारा गुनासो पोखिन्छन्। के यस्तो अवस्थाका मानिसहरूले सत्यता प्राप्त गर्न सक्छन्? सक्दैनन्। जब परमेश्‍वरसितको तेरो सम्बन्धमा समस्या खडा हुन्छ, अनि तैँले ती समाधान गर्नु, आफ्नो मार्ग बदल्नु र आफ्ना भ्रामक दृष्टिकोण र भ्रामक विचारलाई पन्छाउनुको सट्टा जिद्दी गर्दै परमेश्‍वरको प्रतिरोध गर्छस् भने, त्यसको परिणाम परमेश्‍वरले तँलाईं त्याग्नुहुने र तैँले पनि उहाँलाई पिठ्युँ फर्काउने मात्र हुनेछ। तँ परमेश्‍वरविरुद्धको गुनासोले भरिपूर्ण हुनेछस्, उहाँको सार्वभौमिकतालाई शङ्का र अस्वीकार गर्नेछस् अनि उहाँका बन्दोबस्तहरूप्रति समर्पित हुन अनिच्छुक हुनेछस्। अझ खराब त, तैँले परमेश्‍वर सत्यता र धार्मिकता हुनुहुन्छ भन्‍ने कुरा अस्वीकार गर्नेछस् र यो नै परमेश्‍वरलाई प्रतिरोध गर्ने सबैभन्दा गम्भीर तरिका हो। तर यदि तैँले सबै कुरामा सत्यता खोजिस् भने परमेश्‍वरको अभिप्राय बुझेको हुनेछस्, र आफू हिँड्न सक्ने मार्ग प्राप्त गरेको हुनेछस्। यसो गर्दा, तैँले आफूले विश्‍वास गर्ने परमेश्‍वर सत्यता, मार्ग, जीवन र प्रेम हुनुहुन्छ भन्‍ने पुष्टि गर्ने मात्र होइन, परमेश्‍वरले गर्ने हरेक कुरा ठिक हुन्छ, उहाँले मानिसलाई गर्ने परीक्षण र शोधन ठिक हुन्छ र मानिसको मुक्ति र शुद्धीकरणका लागि हो भनेर पनि पुष्टि गर्नेछस्। तैँले परमेश्‍वरको धार्मिकता र पवित्रताबारे ज्ञान प्राप्त गर्नेछस्, र सँगसँगै परमेश्‍वरको काम थाहा पाउनुका साथै उहाँको प्रेमको महानता देख्नेछस्। त्यो कति ठूलो पुरस्कार! के तैँले सत्यता खोजी नगरी सधैँ परमेश्‍वर र उहाँको कामलाई आफ्नै धारणा र कल्पनाको आधारमा लिएर यस्तो पुरस्कार प्राप्त गर्न सक्छस्? अवश्य सक्दैनस्। मानिस शैतानद्वारा अति भ्रष्ट पारिएको हुनाले उसका सम्पूर्ण व्यवहार र काम तथा उसले प्रकट गर्ने सबै कुरा शैतानी स्वभावका हुन्छन्, अनि त ती सबै सत्यताविपरित र परमेश्‍वरविरोधी हुन्छन्। मान्छे परमेश्‍वरको अपार प्रेमको आनन्द उठाउन लायक छैन। तैपनि परमेश्‍वर अझै मान्छेबारे निकै चिन्तित हुनुहुन्छ, उसलाई हरेक दिन अनुग्रह प्रदान गर्नुहुन्छ र उसलाई जाँच र शोधन गर्न हरप्रकारका मानिस, घटना र वस्तुहरूको बन्दोबस्त गर्नुहुन्छ, ताकि उसमा बदलाव आउन सकोस्। परमेश्‍वर मान्छेलाई हरप्रकारको वातावरणको माध्यमबाट प्रकाश गर्नुहुन्छ, उसलाई मनन गराउनुहुन्छ, अनि आफूलाई चिन्‍न, सत्यता बुझ्न र जीवन प्राप्त गर्न लगाउनुहुन्छ। परमेश्‍वर मान्छेलाई असाध्यै प्रेम गर्नुहुन्छ, र उहाँको प्रेम यति वास्तविक छ कि मान्छेले यसलाई हेर्न र छुन सक्छ। यदि तैँले यो सब अनुभव गरेको छस् भने, तँ परमेश्‍वरले यी सारा कुरा मान्छेको मुक्तिका लागि गर्नुहुन्छ र यो नै सबैभन्दा साँचो प्रेम हो भनी महसुस गर्न सक्छस्। यदि परमेश्‍वरले यस्तो व्यावहारिक काम नगर्नुभएको भए मान्छे कतिसम्म गिर्नेथ्यो भनेर कसैले भन्‍न सक्ने थिएन! तैपनि परमेश्‍वरको साँचो प्रेम नदेख्ने, अझै पनि ख्याति, लाभ र हैसियतको पछि लाग्ने, अरूलाई जित्न मरिहत्ते गर्ने, सधैँ अरूलाई बन्धनमा पार्न र काबुमा राख्न चाहने मानिस धेरै छन्। के तिनीहरूले आफूलाई परमेश्‍वरको प्रतिद्वन्द्वी बनाइरहेका छैनन् त? यदि तिनीहरू यही मार्गमा निरन्तर लागिरहे भने यसले अकल्पनीय परिणाम निम्त्याउनेछ! परमेश्‍वर उहाँको न्यायको कामबाट मान्छेको भ्रष्टता खुलासा गर्नुहुन्छ, ताकि उसले यो कुरा जान्‍न सकोस्। उहाँले मान्छेका त्रुटिपूर्ण खोजमा विराम लगाउनुहुन्छ। परमेश्‍वरले एउटा उत्कृष्ट काम गर्नुहुन्छ! परमेश्‍वरले जे गर्नुहुन्छ त्यसले मानिसको खुलासा र न्याय गरे पनि, यसले उसलाई मुक्ति पनि दिलाउँछ। यो साँचो प्रेम हो। जब तैँले आफ्नै निम्ति यो कुरा महसुस गर्छस्, तब के तैँले सत्यको यो पक्ष प्राप्त गरेको हुँदैनस् र? जब एक व्यक्ति आफैले यो कुरा महसुस गर्छ र यो बुझाइमा पुग्छ, र जब उसले यी सत्यहरू बुझ्छ, के उसमा अझै पनि परमेश्‍वरप्रति गुनासा हुन्छन्? हुँदैनन्—ती सब हटेर जान्छन्। तब तिनीहरू स्वेच्छा र दृढतापूर्वक परमेश्‍वरका योजनाबद्ध कार्य र बन्दोबस्तहरूप्रति समर्पित हुन सक्छन्। अर्को पल्ट कुनै जाँच वा शोधन हुँदा, वा काटछाँटमा परेको बेला परमेश्‍वरले ठिक गरिरहनु भएको छ, र उहाँले तिनीहरूको खुलासा गर्दै र तिनीहरूलाई मुक्ति दिँदै हुनुहुन्छ भनेर तुरुन्तै महसुस गर्नेछन्। तिनीहरू चाँडै नै स्वीकार्न र समर्पित हुन सक्‍ने हुन्छन्, र यसरी तिनीहरू आफ्नो तर्कमा जोड दिन छोडेर धारणा र गुनासाहरूबाट मुक्त भई परमेश्‍वरमा समर्पित हुन्छन्। यदि मानिसहरू यो हदसम्म समर्पित हुन सक्छन् भने, त्यो पवित्र आत्माको कामद्वारा सिद्ध पारिएर अनेकौँ शोधनको अनुभवमार्फत भएको हुन्छ।

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्