सत्यता खोज्‍ने र सत्यता अभ्यास गर्नेसम्बन्धी वचनहरू (अंश १०)

धेरै मानिसहरू कर्तव्यमा अत्यन्तै व्यस्त हुनेबित्तिकै अनुभव गर्न असमर्थ बन्छन्, र सामान्य स्थिति कायम गर्न नसक्‍ने अवस्थामा पुग्छन्, र त्यसकारण तिनीहरूले बारम्‍बार भेला आयोजना गरी आफूलाई सत्यता सङ्गति गरियोस् भनेर अनुरोध गरिरहन्छन्। यहाँ के भइरहेको छ? तिनीहरूले सत्यता बुझ्दैनन्, तिनीहरूसँग साँचो मार्गको जग हुँदैन, त्यस्ता मानिसहरूले आफ्‍नो कर्तव्य निभाउँदा जोसले प्रेरित भएका हुन्छन्, र तिनीहरू लामो समय थेग्‍न सक्दैनन्। मानिसहरूले सत्यता बुझ्दैनन् भने, तिनीहरूले गर्ने कुनै पनि काममा कुनै सिद्धान्त हुँदैन। तिनीहरूलाई कुनै काम गर्न दिइयो भने, तिनीहरूले यसलाई भताभुङ्ग पार्छन्, तिनीहरूले काम गर्दा लापरवाही गर्छन्, तिनीहरू सिद्धान्तहरू खोजी गर्दैनन्, र तिनीहरूको हृदयमा कुनै समर्पण हुँदैन—यसले तिनीहरूले सत्यतालाई प्रेम गर्दैनन् र तिनीहरू परमेश्‍वरको काम अनुभव गर्न असक्षम छन् भन्‍ने प्रमाणित गर्छ। तैँले जेसुकै गरे पनि, सबैभन्दा पहिले तैँले त्यो कार्य किन गर्दैछस्, त्यो कार्य गर्न तँलाई कुन अभिप्रायले निर्देशित गर्छ, तैँले त्यो कार्य गर्नुको महत्त्व के छ, त्यो मामलाको प्रकृति के-कस्तो छ, अनि तैँले गरिरहेको त्यो कार्य सकारात्मक कुरा हो कि नकारात्मक कुरा हो भनेर बुझ्नुपर्छ। तँमा यी सबै कुराहरूको बारेमा स्पष्ट बुझाइ हुनुपर्छ; सिद्धान्तपरक ढङ्गले कार्य गर्न सक्षम हुनको लागि तँलाई यो एकदमै जरुरी छ। यदि तैँले कर्तव्य निर्वाह गर्नु भनेर वर्गीकृत गर्न सकिने कुनै काम गर्दै छस् भने, तैँले ध्यानपूर्वक सोचविचार गर्नुपर्छ: मैले कसरी मेरो कर्तव्य राम्रोसँग पूरा गर्नुपर्छ ताकि मैले त्यो कार्य झारो टार्नको लागि मात्र नगरूँ? यो मामलामा तैँले प्रार्थना गर्नुपर्छ, र परमेश्‍वरको नजिक आउनुपर्छ। परमेश्‍वरसित प्रार्थना गर्नु भनेको सत्यता, अभ्यास गर्ने बाटो, र परमेश्‍वरका चाहना खोजी गर्नको लागि र परमेश्‍वरलाई खुसी तुल्याउनको लागि हो। प्रार्थना यिनै प्रभावहरू हासिल गर्नको लागि हो। परमेश्‍वरसित प्रार्थना गर्नु, परमेश्‍वरको नजिक आउनु, र परमेश्‍वरका वचनहरू पढ्नु धार्मिक संस्कार वा बाह्य कार्यहरू होइनन्। यी त परमेश्‍वरका अभिप्राय खोजिसकेपछि सत्यताअनुरूप अभ्यास गर्ने प्रयोजनको लागि गरिने कुराहरू हुन्। यदि तैँले केही गरेको छैनस् र पनि सधैँ “परमेश्‍वरलाई धन्यवाद होस्” भनिरहन्छस्, र तँ अत्यन्तै आत्मिक र अन्तर्ज्ञानी देखिन सक्छस्, तर काम गर्ने बेलामा, सत्यता खोजी नै नगरी आफूलाई जे मन लाग्यो त्यही गर्छस् भने, यो तेरो “परमेश्‍वरलाई धन्यवाद होस्” भन्‍ने भनाइ मन्त्र बाहेक केही पनि हुँदैन, यो झूटो आत्मिकता हो। आफ्‍नो कर्तव्य निर्वाह गर्ने क्रममा, तैँले सधैँ यस्तो सोच्‍नुपर्छ: “मैले यो कर्तव्य कसरी निर्वाह गर्नुपर्छ? परमेश्‍वरको चाहना के हो?” आफ्ना कार्य-व्यवहारहरूको लागि सिद्धान्त र सत्यताहरूको खोजी गर्न परमेश्‍वरलाई प्रार्थना गर्नु र उहाँको नजिक आउनु, आफ्नो हृदयमा परमेश्‍वरका चाहना खोज्‍नु, र आफूले गर्ने कुनै पनि कुरामा परमेश्‍वरका वचनहरू वा सत्यता सिद्धान्तहरूभन्दा बाहिर नजानु—यस्तो व्यक्ति मात्रै परमेश्‍वरमा साँचो विश्‍वास गर्ने व्यक्ति हो; यी सबै नै सत्यतालाई प्रेम नगर्ने मानिसहरूले प्राप्त गर्न नसक्‍ने कुरा हुन्। धेरै मानिसहरूले आफूले जे गरे पनि आफ्‍नै विचारहरू पछ्याउने गर्छन्, र सबै कुरालाई अत्यन्तै सरल रूपमा लिन्छन्, र सत्यताको खोजी पनि गर्दैनन्। तिनीहरूमा सिद्धान्त भन्‍ने कुरा हुँदै हुँदैन, र तिनीहरूले आफ्‍नो हृदयमा परमेश्‍वरले कसरी काम गर्न लगाउनुभएको छ वा परमेश्‍वरलाई कसरी सन्तुष्ट पार्ने भन्‍नेबारेमा कुनै ध्यान दिँदैनन्, र तिनीहरूले एकोहोरो आफ्‍नो इच्‍छा पछ्याउन मात्रै जानेका हुन्छन्। यस्ता मानिसहरूको हृदयमा परमेश्‍वरको निम्ति कुनै ठाउँ हुँदैन। कतिपय मानिसहरू भन्छन्, “कठिनाइको सामना गर्दा मात्रै म परमेश्‍वरलाई प्रार्थना गर्छु, तर अझै पनि यसले कुनै प्रभाव पार्दैन जस्तो लाग्छ—त्यसकारण सामान्यतया समस्याहरू आइपर्दा म अचेल परमेश्‍वरलाई प्रार्थना गर्दिनँ, किनभने परमेश्‍वरलाई प्रार्थना गर्नुको कुनै अर्थ छैन।” त्यस्ता मानिसहरूको हृदयबाट परमेश्‍वर पूर्ण रूपमा टाढा हुनुभएको हुन्छ। तिनीहरूले साधारण समयहरूमा जे गरे पनि सत्यता खोजी गर्दैनन्; तिनीहरूले आफ्‍नै विचारहरू मात्र पछ्याउने गर्छन्। त्यसो भए, के तिनीहरूको कार्य-व्यवहारमा सिद्धान्तहरू हुन्छन् त? अवश्‍य नै हुँदैनन्। तिनीहरूले सबै कुरा सरल तरिकाले हेर्छन्। मानिसहरूले तिनीहरूलाई सत्यता सिद्धान्तहरू सङ्गति गर्दासमेत, तिनीहरूले ती सिद्धान्तहरू स्विकार्न सक्दैनन्, किनभने तिनीहरूको कार्य-व्यवहारमा कहिल्यै कुनै सिद्धान्त लागू गरिएकै हुँदैन, तिनीहरूको हृदयमा परमेश्‍वरको निम्ति कुनै ठाउँ हुँदैन, र तिनीहरूको हृदयमा तिनीहरू आफैबाहेक अरू कोही पनि हुँदैन। तिनीहरूलाई आफ्ना अभिप्राय असल छन्, आफूले कुनै दुष्कर्म गरिरहेको छैन, र आफूलाई सत्यता उल्लङ्घन गरिरहेको भनेर भन्‍न सकिँदैन भन्‍ने लाग्छ, र तिनीहरू आफ्‍नै अभिप्रायहरूअनुसार काम गर्नुलाई नै सत्यता अभ्यास गर्नु हो, र त्यसरी काम गर्नु नै परमेश्‍वरप्रति समर्पित हुनु हो भन्ठान्छन्। वास्तवमा, यस विषयमा तिनीहरूले साँचो रूपमा परमेश्‍वरसित खोजी वा प्रार्थना गरिरहेका हुँदैनन्, बरु आफ्‍नै जोसपूर्ण अभिप्रायहरूका आधारमा आवेगसाथ काम गरिरहेका हुन्छन्, तिनीहरूले परमेश्‍वरले भन्‍नुभए जसरी आफ्‍नो कर्तव्य निभाइरहेका हुँदैनन्, तिनीहरूसँग परमेश्‍वरप्रति समर्पित हृदय हुँदैन, र तिनीहरूमा यो कुराको चाहना नै हुँदैन। मानिसहरूको अभ्यासमा हुने सबैभन्दा ठूलो गल्ती यही हो। यदि तैँले परमेश्‍वरमा विश्‍वास त गर्छस्, तैपनि तेरो हृदयमा उहाँ हुनुहुन्‍न भने, के तैँले परमेश्‍वरलाई छल गर्ने प्रयास गरिरहेको हुँदैनस् र? अनि परमेश्‍वरमाथिको यस्तो विश्‍वासले कस्तो प्रभाव ल्याउन सक्छ? तैँले आखिर के प्राप्त गर्न सक्छस्? अनि परमेश्‍वरमाथिको यस्तो विश्‍वासको अर्थ के हुन्छ र?

जब तैँले सत्यता सिद्धान्तहरू उल्लङ्घन गर्ने र परमेश्‍वरलाई घिन लाग्‍ने कुनै कार्य गर्छस्, तब तैँले कसरी आत्मचिन्तन गर्नु र आफैलाई चिन्‍ने प्रयास गर्नुपर्छ? जब तँ त्यो कार्य गर्न लागेको थिइस्, के तैँले उहाँसँग प्रार्थना गरिस्? के तैँले कहिल्यै यस्तो विचार गरिस्, “के यसरी काम गर्नु सत्यताअनुरूप हुन्छ? यो विषयलाई परमेश्‍वरको सामु ल्याइयो भने, उहाँले यसलाई कसरी हेर्नुहुनेथियो होला? यदि उहाँले यस विषयमा थाहा पाउनुभयो भने, उहाँ खुसी हुनुहुनेथियो वा दिक्‍क मान्‍नुहुनेथियो? के उहाँले त्यसलाई घृणा वा तिरस्कार गर्नुहुनेथियो?” तैँले यसको खोजी गरिनस्, गरिस् त? अरूले तँलाई सम्झाउँदा पनि, तैँले यो कुनै ठूलो विषय होइन, र यो कुनै पनि सिद्धान्तको विरुद्धमा छैन र यो पाप होइन भन्‍ने सोचिस्। फलस्वरूप, तैँले परमेश्‍वरको स्वभावलाई चोट पुऱ्याइस् र उहाँमा ठूलो क्रोध उत्पन्न गराइस्, यहाँसम्म कि उहाँले तँलाई घृणासमेत गर्नुभयो। यो मानिसहरूको विद्रोहीपनबाट आउने कुरा हो। त्यसकारण, तैँले सबै कुरामा सत्यताको खोजी गर्नुपर्छ। तैँले पछ्याउनुपर्ने कुरा यही हो। यदि तँ इमानदारीसाथ पहिले नै परमेश्‍वरको अघि प्रार्थना गर्न आउन सक्छस्, र त्यसपछि परमेश्‍वरका वचनहरूअनुसार सत्यताको खोजी गर्न सक्छस् भने, तँ गलत हुनेछैनस्। तैँले सत्यता अभ्यास गर्दा अलिअलि तलमाथि गर्न सक्छस्, तर यस्तो हुन नदिन कठिन नै हुन्छ, र तैँले केही अनुभव प्राप्त गरेपछि सही तरिकाले अभ्यास गर्न सक्‍नेछस्। तैपनि, तँलाई सत्यताअनुसार कसरी काम गर्ने भन्‍ने थाहा छ, र पनि तैँले अभ्यास गर्दैनस् भने, यसमा समस्या भनेको सत्यताप्रतिको तेरो घृणा हो। सत्यतालाई प्रेम नगर्नेहरूले कहिल्यै पनि यसको खोजी गर्नेछैनन्, चाहे तिनीहरूमाथि जेसुकै नै किन आइनपरोस्। सत्यतालाई प्रेम गर्नेहरूसँग मात्रै परमेश्‍वरको डर मान्‍ने हृदय हुन्छ, र तिनीहरूले नबुझेका कुनै कुरा भइपरी आउँदा, तिनीहरूले सत्यताको खोजी गर्न सक्छन्। यदि तैँले परमेश्‍वरका अभिप्राय बुझ्‍न सक्दैनस् र कसरी अभ्यास गर्ने तँलाई थाहा छैन भने, तैँले सत्यता बुझ्ने कतिपय मानिसहरूसँग सङ्गति गरेर सत्यता खोजी गर्नुपर्छ। यदि तैँले सत्यता बुझ्‍ने व्यक्तिहरू भेट्टाउन सक्दैनस् भने, तैँले विशुद्ध बुझाइ भएका केही मानिसहरू खोजेर एउटै मन र एउटै हृदयको भएर परमेश्‍वरसँग प्रार्थना गर्नुपर्छ, परमेश्‍वरसित खोजी गर्नुपर्छ, परमेश्‍वरको समय पर्खनुपर्छ, र परमेश्‍वरले तेरो लागि ढोका खोलिदिनुहुने समयको प्रतीक्षा गर्नुपर्छ। तिमीहरू सबैले सत्यताको तृष्णा गर्छौ, सत्यता खोज्छौ, र सँगै मिलेर सत्यताको बारेमा सङ्गति गर्छौ भने, कुनै दिन तिमीहरूमध्ये कसै न कसैले राम्रो समाधान भेट्टाउन सक्‍नेछ। यदि तिमीहरू सबैले उपयुक्त समाधान भेट्टायौ र असल तरिका फेला पार्‍यौ भने, यो पवित्र आत्‍माको अन्तर्दृष्टि र ज्योतिको कारण आएको हुन सक्छ। त्यसपछि तिमीहरूले अझै सही अभ्यासको मार्ग भेट्टाउनको लागि सँगै मिलेर सङ्गति गरिरह्यौ भने, यो अवश्य नै सत्यता सिद्धान्तहरूअनुरूप हुनेछ। आफ्‍नो अभ्यासमा, तिमीहरूले आफ्नो अभ्यासको तरिका अझै अलि अनुचित छ भन्‍ने पत्ता लगायौ भने, तिमीहरूले यसलाई तुरुन्तै सुधार गर्नुपर्छ। यदि तिमीहरूले सानो गल्ती गर्‍यौ भने, परमेश्‍वरले तिमीहरूलाई दोषी ठहर्‍याउनुहुनेछैन, किनभने आफूले गर्ने कामप्रति तिमीहरूको अभिप्राय सही हुन्छ, र तिमीहरूले सत्यताअनुरूप अभ्यास गरिरहेका हुन्छौ। तिमीहरू केवल सिद्धान्तहरूका बारेमा अलि अन्योल भएका हुन्छौ र अभ्यासमा सानो गल्ती गरेका हुन्छौ, जुन क्षमायोग्य नै हुन्छ। तर जब धेरैजसो मानिसहरूले कामकुरा गर्छन्, तब तिनीहरूले यसरी गर्दा ठीक होला भनी कल्पना गर्छन् र सोही आधारमा ती काम गर्छन्। तिनीहरूले सत्यताअनुसार कसरी अभ्यास गर्ने वा परमेश्‍वरको अनुमोदन कसरी प्राप्त गर्ने भन्‍ने विषयमा चिन्तन गर्ने आधारको रूपमा परमेश्‍वरका वचनहरूलाई प्रयोग गर्दैनन्। बरु, तिनीहरूले आफूलाई कसरी फाइदा पुर्‍याउने, र अरूलाई कसरी आफूलाई उच्‍च नजरले हेर्न र आफ्नो श्रद्धा गर्न लगाउने भन्‍नेबारेमा मात्रै विचार गरिरहेका हुन्छन्। तिनीहरूले पूर्ण रूपमा आफ्‍नै विचारहरूको आधारमा र आफूलाई सन्तुष्ट पार्नको लागि नै कामकुरा गर्छन्, जुन समस्यापूर्ण कुरा हो। त्यस्ता मानिसहरूले कहिल्यै पनि सत्यता अनुसार कामकुरा गर्दैनन्, र परमेश्‍वरले तिनीहरूलाई सधैँ घिनाउनुहुनेछ। यदि तँ साँच्‍चै नै विवेक र समझ भएको व्यक्ति होस् भने, जेसुकै आइपरे पनि, तँ प्रार्थना र खोजी गर्न परमेश्‍वरको अघि आउन सक्‍नुपर्छ, तेरा कार्य-व्यवहारका मनसाय र अशुद्धताहरूलाई गम्‍भीर रूपमा जाँच्‍न, परमेश्‍वरका वचनहरू र मापदण्डहरूअनुसार उचित कुरा के हो सो निर्धारित गर्न, र के-कस्ता कामलाई परमेश्‍वरले मन पराउनुहुन्छ, के-कस्ता कामलाई परमेश्‍वरले घृणा गर्नुहुन्छ, र के-कस्ता कामलाई परमेश्‍वरले अनुमोदन गर्नुहुन्छ भनेर बारम्‍बार मूल्याङ्कन र चिन्तन गर्न सक्‍नुपर्छ। तैँले यी कुराहरूको बारेमा स्पष्ट नबुझेसम्‍म बारम्‍बार मनमा सोचिरहनुपर्छ। यदि कामकुरा गर्नुको पछाडि तेरा आफ्‍नै मनसायहरू छन् भन्‍ने तँलाई थाहा भयो भने, तैँले तेरा अभिप्रायहरू के हुन्, यो तँलाई सन्तुष्ट पार्नको लागि हो कि परमेश्‍वरलाई सन्तुष्ट पार्नको लागि हो, यो तेरो लागि फाइदाजनक छ कि परमेश्‍वरका चुनिएका मानिसहरूका लागि फाइदाजनक छ, र यसले के-कस्ता परिणामहरू ल्याउँछ भन्‍नेबारेमा मनन गर्नुपर्छ…। यदि तैँले आफ्‍ना प्रार्थनाहरूमा यसरी नै अझै खोजी र मनन गरिस्, र सत्यता खोजी गर्न आफैलाई यस्ता धेरै प्रश्‍नहरू गरिस् भने, तेरो काममा आउने विचलनहरू झन्झन् साना हुँदै जानेछन्। यसरी सत्यताको खोजी गर्न सक्‍ने मानिसहरू मात्रै परमेश्‍वरको अभिप्राय बुझ्‍ने र उहाँको डर मान्‍ने मानिसहरू हुन्, किनभने यसरी तैँले परमेश्‍वरका वचनहरूका मापदण्डहरूअनुसार र समर्पित हृदयले खोजी गरिरहेको हुन्छस्, र यसरी तैँले निकाल्‍ने निष्कर्षहरू सत्यता सिद्धान्तहरू अनुरूप हुनेछन्।

यदि कुनै विश्‍वासीका कार्यहरू सत्यदेखि टाढा छन् भने, ऊ एक गैर-विश्‍वासी जस्तै हुन्छ। यो त्यस्तो किसिमको व्यक्ति हो जसको हृदयमा परमेश्‍वरले बास गर्नुहुन्‍न, र जो परमेश्‍वरबाट टाढा बरालिन्छ, र त्यस्तो व्यक्ति परमेश्‍वरको घरमा ज्यालामा लगाइएको मजदुरजस्तै हो, जसले आफ्ना मालिकका लागि केही छिटफुट कामहरू गर्छ, थोरै पारिश्रमिक पाउँछ, र त्यहाँबाट जान्छ। यो परमेश्‍वरमा विश्‍वास गर्ने व्यक्ति होइन। कुनै काम गर्दा, तैँले परमेश्‍वरको स्वीकृति प्राप्त गर्न के गर्नुपर्छ भनेर सबभन्दा पहिले जाँच्‍नु र काम गर्नुपर्छ; तेरो कार्यव्यवहारको सिद्धान्त र क्षेत्र यही नै हुनुपर्दछ। तैंले जे गर्दैछस् त्यो सत्यसँग मेल खान्छ कि खाँदैन भनी जाँच्नुपर्ने कारण के हो भने, यदि यो सत्यसँग मेल खान्छ भने, त्यो निश्चित रूपमा परमेश्‍वरको अभिप्रायअनुरूप पनि हुन्छ। यसको अर्थ तैँले त्यो कुरा सही छ कि गलत छ, वा सबैको स्वादसँग मेल खान्छ कि खाँदैन, वा तेरो आफ्नै इच्छाअनुरूप छ कि छैन भनी मापन गर्नु होइन; बरु, तैँले यो सत्यताअनुरूप छ कि छैन, र यसले मण्डलीको काम र हितहरूमा फाइदा गर्छ कि गर्दैन भन्‍ने निश्चित गर्नुपर्छ। यदि तैंले यी कुराहरूलाई विचार गरिस् भने, तैंले कामहरू गर्दा तँ झन्-झन् बढी परमेश्‍वरको अभिप्रायअनुरूप हुँदै जानेछस्। यदि तैँले यी पक्षहरूमाथि विचार गरिनस् भने, र कामहरू गर्दा केवल तेरो आफ्नै इच्छामा भर परिस् भने, तैँले ती गलत प्रकारले गर्ने निश्चित हुन्छ, किनकि मानिसको इच्छा सत्यता होइन र, अवश्य, परमेश्‍वरसँग अमिल्दो हुन्छ। यदि तँ परमेश्‍वरद्वारा स्वीकार हुन चाहन्छस् भने, तैँले आफ्नै इच्छाअनुसार भन्दा सत्यअनुसार अभ्यास गर्नुपर्छ। कतिपय मानिसहरू आफ्नो कर्तव्य निर्वाह गर्ने नाममा केही निजी मामिलामा संलग्न हुन्छन्। उनीहरूका दाजुभाइ-दिदीबहिनीहरूले त्यसलाई अनुचित कुराको रूपमा हेर्छन्, र त्यसको लागि उनीहरूलाई निन्दा गर्छन्, तर यी मानिसहरूले दोष स्वीकार गर्दैनन्। उनीहरू सोच्छन् कि यो एक व्यक्तिगत मामला हो, जसमा मण्डलीको काम, रुपैयाँपैसा, वा व्यक्तिहरू सामेल छैन, र यो दुष्कर्म होइन, त्यसकारण परमेश्‍वरले यस विषयमा हस्तक्षेप गर्नु हुँदैन। केही कुराहरू तँलाई कुनै सिद्धान्त वा सत्यता नभएको व्यक्तिगत मामिलाहरू जस्तो लाग्न सक्छ। तापनि, तैँले गरेको कार्यलाई हेर्दा तँ धेरै स्वार्थी भएको थिइस्। तैँले मण्डलीको काम वा परमेश्‍वरको घरको हितलाई कुनै ध्यान दिइनस्, न त यो परमेश्‍वरको लागि चित्तबुझ्दो हुन्छ हुँदैन भन्‍ने कुरामै ध्यान दिइस्; तैँले आफ्नै फाइदालाई मात्र ध्यान दिइरहेको थिइस्। यसमा पहिले नै सन्तहरूको औचित्य, साथसाथै व्यक्तिको मानवता सामेल छन्। तैँले जे गरिरहेको थिइस् त्यसमा मण्डलीका हितहरू सम्मिलित नभए पनि, र त्यसमा सत्यता सामेल नभए पनि, आफ्नो व्यक्तिगत विषयमा संलग्न हुँदै आफ्नो कर्तव्य पूरा गरिरहेको छु भनी दाबी गर्ने कार्य सत्यतासँग मेल खाँदैन। तैँले जेसुकै गरिरहेको भए पनि, मामला जति नै ठूलो वा सानो भए पनि, अनि यो तैँले परमेश्‍वरको परिवारमा रहेको तेरो कर्तव्य भए पनि वा तेरा आफ्नो निजी कामकाज भए पनि, तैँले आफूले जे गर्दैछस् त्यो परमेश्‍वरका अभिप्रायअनुरूप छ कि छैन, साथसाथै त्यो मानवता भएको व्यक्तिले गर्नुपर्ने कुरो हो कि होइन भनी विचार गर्नुपर्छ। यदि तैँले आफूले गर्ने हरेक कुरामा यसरी नै सत्यताको खोजी गर्छस् भने, तँ सच्चा रूपमा परमेश्‍वरमा विश्‍वास गर्ने व्यक्ति होस्। यदि तैँले हरेक कुरा र हरेक सत्यताप्रति यसरी गम्भीरतापूर्वक व्यवहार गर्छस् भने, तैँले तेरो स्वभावमा परिवर्तनहरू हासिल गर्न सक्नेछस्। यस्तो विचार गर्ने मानिसहरू पनि छन्, “मैले आफ्‍नो कर्तव्य निभाउँदा आफैलाई सत्यताको अभ्यासमा लगाउनु नै पर्याप्त हुन्छ, तर मैले मेरा व्यक्तिगत कामहरू गरेको बेला, सत्यताले के भन्छ म मतलब गर्दिनँ—मलाई जसरी मन लाग्छ र जसरी मलाई फाइदा हुन्छ त्यसरी नै गर्छु।” यी शब्‍दहरूमा, तिमीहरूले तिनीहरू सत्यतालाई प्रेम गर्ने मानिसहरू होइनन् भनेर देख्‍न सक्छौ। तिनीहरूले बोल्‍ने कुरामा कुनै सिद्धान्त हुँदैन। आफूले गर्ने कामले परमेश्‍वरको घरमा कस्तो असर पुर्‍याउँछ भनेरसमेत विचार नगरी तिनीहरूले आफूलाई जुन कुराले फाइदा गर्छ त्यही गर्छन्। फलस्वरूप, तिनीहरूले कुनै काम गर्दा, त्यसमा परमेश्‍वरको उपस्थिति हुँदैन, र तिनीहरूलाई अन्धकार र अशान्त महसुस हुन्छ, र के हुँदै छ भन्‍ने नै थाहा हुँदैन। के यो तिनीहरूको न्यायसङ्गत उजाडता होइन र? यदि तैँले आफ्‍नो व्यवहारमा सत्यता अभ्यास गर्दैनस् र परमेश्‍वरलाई अनादर गर्छस् भने, तैँले उहाँको विरुद्धमा पाप गरिरहेको हुन्छस्। यदि कसैले सत्यतालाई प्रेम गर्दैन र आफ्‍नै इच्‍छाअनुसार प्रायजसो काम गरिरहेको हुन्छ भने, उसले बारम्‍बार परमेश्‍वरलाई चिढ्याइरहेको हुन्छ। उहाँले त्यस्तो व्यक्तिलाई दुत्कार्नुहुन्छ, र एकातिर पन्छाइदिनुहुन्छ। त्यस्तो व्यक्तिले गर्ने कुनै पनि कामले प्रायजसो परमेश्‍वरको अनुमोदन प्राप्त गर्न सक्दैन, र उसलाई पश्‍चात्ताप गर्न आउँदैन भने, दण्ड त्यति टाढा हुँदैन।

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्