परमेश्वरप्रति समर्पित हुने अभ्यासका सिद्धान्तहरू (भाग दुई)
अब हामी अय्यूबले आफ्ना छोराछोरीसँग व्यवहार गर्दा ऊसँग भएको मनोवृत्तिलाई हेरौँ। अय्यूब यहोवाको डर मान्थ्यो, तर उसका छोराछोरी परमेश्वरमा विश्वास गर्दैनथे—के यो कुरा अय्यूबका लागि एकदमै लज्जास्पद हो भनेर बाहिराकाहरूले ठान्दैनथे र? मान्छेको धारणाअनुसार अय्यूबको परिवार प्रतिष्ठित थियो, र ऊ यहोवाको डर मान्थ्यो, तर उनका छोराछोरी परमेश्वरमा विश्वास गर्दैनथे, त्यसैले उसको कुनै इज्जत थिएन। के इज्जतसम्बन्धी यस्तो विचार मानव इच्छा र मानव गरम मिजासीपनबाट पैदा भएको थिएन र? मानिसहरू सोच्न सक्छन्: “यो इज्जतको कुरो फिटिक्कै होइन। मैले तिनीहरूलाई परमेश्वरमा विश्वास गराउने अनि फेरि इज्जत पाउने उपाय सोच्नैपर्छ।” के यो कुरा मानव इच्छाबाट उत्पन्न हुँदैन र? के अय्यूबले गरेको यही हो? (होइन।) बाइबलमा यसलाई कसरी उल्लेख गरिएको छ? (अय्यूबले तिनीहरूका लागि बलि चढायो र प्रार्थना गऱ्यो।) अय्यूबले बस तिनीहरूका लागि बलि चढायो र प्रार्थना गऱ्यो। यो कस्तो खालको मनोवृत्ति हो? के तिमीहरू अय्यूबले अभ्यास गरिरहेका सिद्धान्तहरू देख्न सक्छौ? अय्यूबले आफ्ना छोराछोरीको मोजमस्तीमा अवरोध वा हस्तक्षेप गऱ्यो कि गरेन भन्ने कुरा हामीलाई थाहा छैन, तर निश्चय नै ऊ त्यसमा सहभागी भएन—उसले बस तिनीहरूका लागि बलि चढायो। के उसले कहिल्यै “यहोवा परमेश्वर, तिनीहरूलाई प्रेरित गर्नुहोस्, तिनीहरूलाई तपाईंमा विश्वास गर्ने बनाउनुहोस्, र तिनीहरूलाई तपाईंको अनुग्रह पाउन लगाउनुहोस्, अनि मजस्तै तपाईंको डर मान्ने र दुष्टतादेखि अलग बस्ने तुल्याउहोस्” भनेर प्रार्थना गऱ्यो? के उसले कहिल्यै यसरी प्रार्थना गऱ्यो त? बाइबलमा यस्तो अभिलेख छैन। अय्यूबको कार्यशैली त आफूलाई तिनीहरूबाट टाढा राख्नु, तिनीहरूका लागि बलि चढाउनु र सुर्ता गर्नु थियो, ताकि तिनीहरूले यहोवा परमेश्वरविरुद्ध पाप नगरून्। अय्यूबले यी कुराहरू अभ्यास गऱ्यो। उसको अभ्यासका सिद्धान्तहरू के-के थिए? उसले तिनीहरूलाई जोरजबर्जस्ती गरेन। त्यसकारण, अय्यूब आफ्ना छोराछोरीहरूले परमेश्वरमा विश्वास गरून् भन्ने चाहन्थ्यो कि चाहन्थेन? ऊ अवश्यै चाहन्थ्यो। परमेश्वरमा विश्वास गर्ने बुबाका हैसियतमा, उसलाई आफ्ना छोराछोरी यसरी परमेश्वरमा सच्चा विश्वास नगरी संसारमै अल्झिरहेको देख्दा अत्यन्तै दुःख लाग्थ्यो होला। ऊ निश्चय नै आफ्ना छोराछोरी परमेश्वरसामु आऊन्, आफूले जस्तै तिनीहरूले पनि बलि चढाऊन्, परमेश्वरको डर मानून् र दुष्टताबाट अलग बसून्, अनि परमेश्वरको सार्वभौमिकता र बन्दोबस्त स्विकारून् भन्ने चाहन्थ्यो। यो इज्जतको कुरा होइन, यो त आमाबुबाको जिम्मेवारी हो। तर उसका छोराछोरीले विश्वास नगर्ने विकल्प रोजे, र अय्यूबले बुबाका रूपमा तिनीहरूलाई जोरजबर्जस्ती गरेन। उसको मनोवृत्ति त्यस्तो थियो। अनि, उसले के गऱ्यो? के उसले तिनीहरूलाई लछारपछार र हकारपकार गऱ्यो, वा मनाउने-फकाउने गऱ्यो? (गरेन।) निश्चय नै गरेन। बढीमा, उसले बेलाबेला केही अर्तीउपदेश दियो, तर आफ्ना छोराछोरीले कुरा नसुनेपछि, उसले आस माऱ्यो। उसले तिनीहरूलाई अति चाहिँ नगर्नू भनेर भने, र आफूलाई तिनीहरूबाट अलग्यायो, स्पष्ट सीमा कोऱ्यो, र हरेकले आ-आफ्नै जीवन जिए। अय्यूबले आफ्ना छोराछोरीले यहोवा परमेश्वरलाई चिढ्याउलान् कि भन्ने डरले तिनीहरूका लागि बलि चढायो; उसले तिनीहरूको तर्फबाट बलि चढाएको थिएन, आफूसँग परमेश्वरको डर मान्ने हृदय भएकाले बलि चढाएको थियो। अय्यूबले तिनीहरूलाई जोरजबर्जस्ती गरेन, न त लछारपछार र हकारपकार नै गऱ्यो, न त यसो नै भन्यो: “यिनीहरू मेरा छोराछोरी हुन्, र मैले यिनीहरूलाई परमेश्वरमा विश्वास गर्न लगाउनैपर्छ, ताकि परमेश्वरले केही थप मानिस प्राप्त गर्न सक्नुहोओस्।” उसले यसो भनेन, न त ऊसित यस्तो कुनै योजना वा हिसाबकिताब नै थियो, न त उसले यस्तो व्यवहार नै गऱ्यो। उसलाई यस्तो व्यवहार मानव इच्छाबाट आउँछ, जुन परमेश्वरलाई मन पर्दैन भन्ने थाहा थियो। अय्यूबले आफ्ना छोराछोरीलाई केवल अर्तीउपदेश दियो र तिनीहरूका लागि प्रार्थना गऱ्यो, तर तिनीहरूलाई जोरजबर्जस्ती गर्ने वा लछारपछार र हकारपकार गर्ने काम गरेन, र स्पष्ट सीमासमेत कोऱ्यो। यो अय्यूबको विवेकीपन थियो, साथै यो परमेश्वरलाई चिढ्याउने कुनै पनि कुरा गर्न मानव इच्छा वा असल अभिप्रायमा भर नपर्नू भन्ने अभ्यासको सिद्धान्त पनि थियो। यसअतिरिक्त, तिनीहरू परमेश्वरमा विश्वास गर्दैनथे, र परमेश्वरले तिनीहरूलाई प्रेरित गर्नुभएन। अय्यूबले परमेश्वरका अभिप्रायहरू बुझ्यो: “परमेश्वरले तिनीहरूमा काम गर्नुभएको छैन, त्यसैले म तिनीहरूका लागि प्रार्थना गर्नेछैनँ। म परमेश्वरसँग केही पनि माग्नेछैनँ, र म यो मामिलामा परमेश्वरलाई चिढ्याउन चाहन्नँ।” उसले आफ्ना छोराछोरीले मुक्ति पाऊन्, तिनीहरू यहोवा परमेश्वरसामु आऊन्, र आशिषित होऊन् भनेर आँसु झार्दै प्रार्थना गर्ने वा उपवास बस्ने काम कदापि गरेन। उसले यस्तो व्यवहार कदापि गरेन; यस्तो व्यवहारले परमेश्वरलाई चिढ्याउनेछ, र यस्तो व्यवहार परमेश्वरले मन पराउनुहुनेछैन भनेर उसलाई थाहा थियो। यी सूक्ष्म पक्षबाट तिमीहरू के बुझ्न सक्छौ? के अय्यूबको समर्पण सच्चा थियो? (थियो।) के औसत व्यक्तिले यस्तो समर्पण गर्न सक्छ? औसत व्यक्तिले सक्दैन। आमाबुबाका लागि छोराछोरी नै सबैभन्दा प्रिय सम्पत्ति हुन्, त्यसैले तिनीहरू यसरी मोजमस्तीमा डुब्दा, तिनीहरूले दुष्ट प्रचलनहरू पछ्याएको, परमेश्वरसामु नआएको, अनि परमेश्वरमा विश्वास गर्ने र मुक्ति पाउने अवसर गुमाएको र सम्भवतः तिनीहरू अनन्त विनाशमा परेको र नष्ट भएको देख्नु औसत व्यक्तिका लागि पार गर्नै नसकिने भावनात्मक रूपमा मुस्किल अग्निपरीक्षा हुन्छ। तर अय्यूबले यस्तो अवस्था पार गर्न सक्यो। उसले केवल एउटा काम गऱ्यो, र त्यो तिनीहरूका लागि होमबलि चढाउनु र हृदयदेखि सुर्ता गर्नु थियो। उसले गरेको त्यति नै थियो। उसका लागि छोराछोरी सबैभन्दा प्रिय आफन्तजन थिए, तर उसले तिनीहरूका लागि परमेश्वरलाई चिढ्याउने कुनै थप कामकुरा गरेन। अय्यूबको अभ्यासको यो सिद्धान्त तिमीहरूलाई कस्तो लाग्यो? यसले के देखाउँछ भने, ऊसित परमेश्वरको डर मान्ने हृदय थियो, र ऊ उहाँप्रति साँचो रूपमा समर्पित थियो। उसले आफ्ना छोराछोरीको भविष्य मुछिएका मामिलामा अलिकति पनि प्रार्थना गरेन, न त मानव इच्छामा आधारित कुनै कार्यशैली नै प्रयोग गऱ्यो; उसले केही कामकुरा गर्न नोकरहरूलाई पठायो मात्र, आफैचाहिँ गएन। ऊ यस्तो मोजमस्तीमा सहभागी नहुनुको कारण के थियो भने ऊ यी कुराहरूद्वारा दूषित हुन इच्छुक थिएन, र यसअलावा ऊ यी कुराहरूमा मिसिन चाहँदैनथ्यो। तिनमा मिसिएर उसले परमेश्वरलाई चिढ्याउनेथ्यो, त्यसैले ऊ दुष्ट स्थानहरूबाट परै बस्थ्यो। के अय्यूबका अभ्यासहरूमा सूक्ष्म पक्षहरू थिए? सर्वप्रथम, ऊ आफ्ना छोराछोरीलाई कसरी व्यवहार गर्थ्यो, त्यसबारे कुरा गरौँ। उसको उद्देश्य सबै कुरामा परमेश्वरका बन्दोबस्त र योजनाबद्ध कार्यहरूप्रति समर्पित हुनु थियो; ऊ परमेश्वरले नगर्ने कामकुरा जबर्जस्ती लाद्न खोज्दैनथ्यो, न त मानव इच्छाको आधारमा हिसाबकिताब र योजना नै गर्थ्यो। ऊ ध्यान दिएर सुन्थ्यो र सबै थोकमा परमेश्वरका बन्दोबस्त र योजनाबद्ध कार्यहरूलाई कुर्थ्यो। यो आम सिद्धान्त थियो। अभ्यासका विस्तृत विधिहरू के-के थिए त? (ऊ छोराछोरीको मोजमस्तीमा सहभागी हुँदैनथ्यो। ऊ तिनीहरूबाट अलग बस्थ्यो, र तिनीहरूका लागि होमबलि चढाउँथ्यो, तर तिनीहरूले परमेश्वरमा विश्वास गर्नैपर्छ भनेर जिद्दी गर्दैनथ्यो, न त तिनीहरूलाई लछारपछार र हकारपकार नै गर्थ्यो, बरु उसले स्पष्ट सीमा कोऱ्यो।) यो अभ्यासको सिद्धान्त हो। औसत व्यक्तिले यस्तो मामला सामना गर्दा कसरी अभ्यास गर्छ? (उसले आफ्ना छोराछोरीले परमेश्वरमा विश्वास गरून् भनी परमेश्वरलाई प्रार्थना गर्छ।) अरू के गर्छ? यदि परमेश्वरले त्यसो गर्नुभएन भने, उसले आफ्ना छोराछोरीलाई तानेर मण्डलीमा लैजान्छ, ताकि ती छोराछोरी आशिषित होऊन्। उसले आफूलाई स्वर्गका राज्यमा प्रवेश गर्ने ठूलो वरदान प्राप्त भएको तर आफ्ना छोराछोरीलाई त्यस्तो वरदान प्राप्त नभएको देख्छ, त्यसैले उसलाई हृदयमा पीडा र अफसोस हुन्छ। ऊ आफ्ना छोराछोरीले यो वरदान गुमाएको चाहँदैन, त्यसैले ऊ दिमाग खियाएर छोराछोरीलाई मण्डली लैजाने उपाय पत्ता लगाउने प्रयास गर्छ, र त्यसो गर्नु भनेको आमाबुबाको जिम्मेवारी पूरा गर्नु हो भन्ने सोच्छ। ऊ आफ्ना छोराछोरी सत्यता पछ्याउन र मुक्ति प्राप्त गर्न सक्षम छन् कि छैनन् भन्ने कुराप्रति वास्तवमा ध्यान दिँदैन। अय्यूबले यस्तो काम गरेन, तर औसत व्यक्तिले भने यसो गर्न सक्दैन। किन सक्दैन त? (मानिसहरूमा भ्रष्ट स्वभाव हुन्छ। तिनीहरू आफ्नो भावनाका आधारमा काम गर्छन्।) अधिकांश मानिस यसरी काम गर्नाले परमेश्वरलाई चिढ्याउँछ कि चिढ्याउँदैन भनेर कति पनि विचार गर्दैनन्। तिनीहरूको प्राथमिकता भनेको आफैलाई सन्तुष्ट पार्नु, आफ्नो भावनाहरूलाई ध्यान दिनु, र आफ्नै चाहना पूरा गर्नु हो। तिनीहरू परमेश्वरले कसरी विभिन्न कुराहरूमाथि सार्वभौमिकता राख्नुहुन्छ वा बन्दोबस्त गर्नुहुन्छ, उहाँ के गर्नुहुन्छ वा उहाँका अभिप्रायहरू के हुन् भन्नेबारे सोच्दैनन्। तिनीहरू आफ्नै चाहना, आफ्नै भावनाहरू, आफ्नै अभिप्रायहरू, र आफ्ना फाइदाबारे मात्र विचार गर्छन्। अय्यूबले आफ्ना छोराछोरीसँग कस्तो व्यवहार गर्थ्यो? उसले बुबाका रूपमा आफ्नो जिम्मेवारी मात्रै पूरा गर्थ्यो र तिनीहरूलाई सुसमाचार सुनाउँथ्यो र सत्यता सङ्गति गर्थ्यो। तैपनि, तिनीहरूले उसको कुरा सुने पनि नसुने पनि, उसको आज्ञापालन गरे पनि नगरे पनि, अय्यूबले तिनीहरूलाई परमेश्वरमा विश्वास गर्न जबरजस्ती गर्दैनथ्यो—उसले तिनीहरूलाई लछारपछार र हकारपकार गर्ने, वा तिनीहरूका जीवनमा हस्तक्षेप गर्ने गर्दैनथ्यो। तिनीहरूका सोच र विचारहरू तिनका भन्दा फरक थिए, त्यसैले तिनीहरूका काममा उसले दखल अन्दाजी गर्दैनथ्यो, र तिनीहरूले कस्तो मार्ग हिँडिरहेका छन् त्यसमा कुनै हस्तक्षेप गर्दैनथ्यो। के अय्यूबले आफ्ना छोराछोरीसित परमेश्वरमा विश्वास गर्नेबारे बिरलै मात्र कुरा गर्थ्यो? अवश्य नै उसले तिनीहरूसित यसबारेमा पर्याप्त रूपमा कुरा गर्थ्यो, तर तिनीहरूले सुन्न मान्दैनथे, र ती कुरा स्विकार्दैनथे। त्यसप्रति अय्यूबको मनोवृत्ति कस्तो थियो? ऊ भन्थ्यो, “मैले आफ्नो जिम्मेवारी पूरा गरेको छु; तिनीहरूले कस्तो मार्ग अपनाउनेछन् त्यो तिनीहरू आफैले रोज्ने कुरा हो, र त्यो परमेश्वरको योजनाबद्ध कार्य र बन्दोबस्तमा निर्भर हुने कुरा हो। यदि परमेश्वरले तिनीहरूमा काम गर्नुहुन्न वा तिनीहरूको हृदय छुनुहुन्न भने, म तिनीहरूलाई जबरजस्ती गर्ने प्रयास गर्नेछैनँ।” त्यसकारण, अय्यूबले तिनीहरूका लागि परमेश्वरसामु प्रार्थना गर्ने वा तिनीहरूप्रति वेदनाको आँसु बगाउने, वा तिनीहरूका लागि उपवास बस्ने, वा कुनै पनि प्रकारको कष्ट भोग्ने काम गर्दैनथ्यो। उसले यी कुराहरू गर्दै गर्दैनथ्यो। किन अय्यूबले यी कुराहरू गर्दैनथ्यो त? किनभने यीमध्ये कुनै पनि कुरा परमेश्वरका सार्वभौमिकता र बन्दोबस्तहरूमा समर्पित हुने कार्य होइनन्; ती सबै मानव विचारबाट आउने कुराहरू हुन् र ती सक्रियतासाथ विभिन्न कुराहरू जबरजस्ती लाद्ने तौरतरिकाहरू हुन्। अय्यूबका छोराछोरीले उसको जस्तो मार्ग नअपनाउँदा अय्यूबको मनोवृत्ति यस्तो थियो; तर उसका छोराछोरीहरू मर्दाचाहिँ उसको मनोवृत्ति कस्तो थियो? ऊ रोयो कि रोएन? के उसले आफ्नो भावना पोख्यो? के उसलाई चोट पऱ्यो? बाइबलमा यस्ता कुनै कुराको अभिलेख छैन। अय्यूबले आफ्ना छोराछोरीहरू मरेको देख्दा, के ऊ मर्माहात वा दुःखी भयो? (भयो।) आफ्ना छोराछोरीप्रति उसको स्नेहका सन्दर्भमा कुरा गर्नुपर्दा, उसलाई निश्चय नै अलि दुःख लाग्यो, तर पनि ऊ परमेश्वरप्रति समर्पित भयो। उसको समर्पण कसरी व्यक्त भयो? उसले यसो भन्यो: “यी छोराछोरीहरू मलाई परमेश्वरले दिनुभएको थियो। तिनीहरूले परमेश्वरमा विश्वास गरे पनि नगरे पनि, तिनीहरूको जीवन परमेश्वरकै हातमा छ। यदि तिनीहरूले परमेश्वरमा विश्वास गरेका भए पनि, परमेश्वरले तिनीहरूलाई लैजान चाहनुभएको थियो भने, उहाँले तिनीहरूलाई लैजानु नै हुनेथ्यो; यदि तिनीहरूले परमेश्वरमा विश्वास नगरेका भए पनि, परमेश्वरले यिनीहरूलाई लगिनेछ भनेर भन्नुभएको भए, तिनीहरूलाई लगिने नै थियो। यो सब परमेश्वरको हातमा हुन्छ; अन्यथा, कसले पो मानिसहरूको जीवन लैजान सक्छ र?” समग्रमा, यसको अर्थ के हो? “यहोवाले दिनुभयो र यहोवाले नै लानुभएको छ; यहोवाको नाउँको प्रशंसा होस्” (अय्यूब १:२१)। उसले आफ्ना छोराछोरीलाई व्यवहार गर्दा यही मनोवृत्ति कायम राख्यो। तिनीहरू जीवित रहे पनि मरे पनि, उसले निरन्तर यही मनोवृत्ति राखिरह्यो। उसको अभ्यास गर्ने शैली सही थियो; उसले अभ्यास गर्ने हरेक तरिकामा र उसले हरेक कुरालाई लिने दृष्टिकोण, मनोवृत्ति र स्थितिमा, ऊ समर्पित हुने, प्रतीक्षा गर्ने, खोजी गर्ने, र त्यसपछि ज्ञान हासिल गर्ने परिस्थिति र स्थितिमा हुन्थ्यो। यो मनोवृत्ति अत्यन्तै महत्त्वपूर्ण छ। यदि मानिसहरूले आफूले गर्ने हरेक कुरामा यस्तो मनोवृत्ति कहिल्यै राख्दैनन्, र विशेष गरी कठोर व्यक्तिगत विचारहरू पाल्छन् र सबै कुराभन्दा माथि व्यक्तिगत मनसाय र फाइदा राख्छन् भने, के तिनीहरू साँच्चै समर्पित भइरहेका हुन्छन् त? (हुँदैनन्।) त्यस्ता मानिसहरूमा सच्चा समर्पण देख्न सकिँदैन; तिनीहरूले सच्चा समर्पण हासिल गर्नै सक्दैनन्।
कतिपय मानिसले आफ्नो कर्तव्य निभाउने क्रममा सत्यता सिद्धान्तहरू खोजी गर्न ध्यान दिँदैनन्, बरु आफ्नै इच्छामा भर परेर कार्य गर्छन्। विशेष गरी दह्रिलो व्यक्तिगत विचार भएका व्यक्तिमा देखिने सबैभन्दा आम प्रकटीकरण के हो? ऊ आफूलाई जे आइपरे पनि, पहिला आफ्ना मनमा कामकुराको हिसाबकिताब गर्छ, आफूले सोच्न सक्ने सबै कुराबारे सोच्छ, र विस्तृत योजना बनाउँछ। जब उसलाई त्यसमा कुनै कमी छैन भन्ने लाग्छ, तब ऊ त्यसलाई पूर्णतया आफ्नै इच्छाअनुसार अभ्यास गर्छ, नतिजास्वरूप उसको योजना परिवर्तनअनुरूप हुन सक्दैन, त्यसैले कहिलेकाहीँ कामकुरा गलत भइदिन्छ। यहाँ समस्या के हो? आफ्नै इच्छाअनुसार कार्य गर्दा प्रायजसो कामकुरा गलत भइदिन्छ। त्यसकारण, जे आइपरे पनि, हरेक व्यक्तिले सँगै मिलेर सत्यता खोजी गर्नुपर्छ, परमेश्वरलाई प्रार्थना गर्नुपर्छ, अनि उहाँको मार्गदर्शन माग्नुपर्छ। परमेश्वरको अन्तर्दृष्टिद्वारा, तिनीहरूको सङ्गतिबाट आउने कुराहरू ज्योतिले भरिएका हुन्छन्, र तिनले अगाडिको मार्ग प्रदान गर्नेछन्। यसअतिरिक्त, मामिलालाई परमेश्वरमा सुम्पेर, उहाँको बाटो हेरेर, उहाँमा भर परेर, उहाँलाई आफ्नो अगुवाइ गर्न दिएर, र उहाँलाई आफ्नो हेरचाह र रक्षा गर्न दिएर—यस तरिकाले अभ्यास गरेर—तैँले अझ धेरै आश्वासन पाउनेछस्, अनि तैँले कुनै ठूला समस्याहरू सामना गर्नेछैनस्। के मानिसहरूले आफ्नो मगजमा सोच्ने कुराहरू पूर्णतया तथ्यअनुरूप हुन्छन्? के ती सत्यता सिद्धान्तअनुरूप हुन्छन्? त्यो असम्भव छ। यदि आफ्नो कर्तव्य निभाउने क्रममा तँ परमेश्वरमा भरोसा गर्दैनस् र उहाँलाई हेर्दैनस्, केवल आफ्नो इच्छाअनुसार मात्रै गर्छस् भने, तँ जति नै बाठो भए पनि, तँ सधैँ असफल हुनेछस्। अहङ्कारी र आत्मधर्मी मानिसहरूले सधैँ आफ्नै विचारहरू पछ्याउने गर्छन्, त्यसकारण के तिनीहरूमा परमेश्वरको डर मान्ने हृदय हुन्छ? अत्यन्तै जब्बर व्यक्तिगत विचारहरू भएका मानिसहरूले काम गर्ने समयमा परमेश्वरलाई बिर्सन्छन्, र तिनीहरूले परमेश्वरमा समर्पित हुन बिर्सन्छन्; ठक्कर खाएपछि र कुनै कुरा हासिल गर्न नसकेपछि मात्रै, तिनीहरूले आफू परमेश्वरमा समर्पित नभएको, र परमेश्वरलाई प्रार्थना नगरेको चाल पाउँछन्। यो के समस्या हो? यो तिनीहरूका हृदयमा परमेश्वर नहुनु हो। तिनीहरूको व्यवहारले तिनीहरूका हृदयमा परमेश्वर हुनुहुन्न, र तिनीहरू आफैमा मात्र भर पर्छन् भन्ने देखाउँछ। त्यसकारण, तैँले मण्डलीको काम गरिरहेको भए पनि, आफ्नो कर्तव्य निभाइरहेको, र बाहिरी मामलाहरू वा आफ्नै व्यक्तिगत जीवनका मामलाहरू सम्हालिरहेको भए पनि, तेरा हृदयमा सिद्धान्तहरू हुनुपर्छ, त्यसमा एउटा स्थिति हुनुपर्छ। कस्तो स्थिति? “यो जेसुकै भए पनि, ममा कुनै कुरा आइपर्नुभन्दा अगाडि मैले प्रार्थना गर्नुपर्छ, म परमेश्वरमा समर्पित हुनुपर्छ, र उहाँको सार्वभौमिकतामा समर्पित हुनुपर्छ। सबै कुरा परमेश्वरले नै बन्दोबस्त गर्नुभएको हुन्छ, र जब त्यो कुरा आइपर्छ, तब मैले परमेश्वरका अभिप्रायहरू खोज्नुपर्छ, ममा यस्तो मानसिकता हुनुपर्छ, मैले आफ्नै योजनाहरू बनाउनु हुँदैन।” केही समयसम्म यस्तो अनुभव गरिसकेपछि, मानिसहरूले थाहै नपाई धेरै कुरामा परमेश्वरको सार्वभौमिकता देख्न थाल्नेछन्। यदि तँ सधैँ आफ्नै योजना, विचार, चाहना, स्वार्थी मनसाय, र इच्छा बोकेर हिँड्छस् भने, तेरो हृदय थाहै नपाई परमेश्वरबाट टाढा जानेछ, परमेश्वरले कसरी व्यवहार गर्नुहुन्छ भन्ने बारेमा तँ अनभिज्ञ हुनेछस्, र परमेश्वर प्रायजसो तँबाट लुक्नुहुनेछ। के तँलाई आफ्नै इच्छाअनुसार काम गर्न मन लाग्दैन र? के तैँले आफ्नै योजनाहरू बनाउँदैनस् र? तँ सोच्छस् कि तँसँग मष्तिष्क छ, तँ शिक्षित छस्, ज्ञानले भरिएको छस्, तँसँग काम गर्ने साधन र शैली छ, तैँले ती आफ्नै तरिकाले गर्न सक्छस्, तँ सिपालु छस्, तँलाई परमेश्वरको आवश्यकता हुँदैन, त्यसकारण परमेश्वर भन्नुहुन्छ, “त्यसकारण जा आफै गर्, र राम्रो भए पनि नभए पनि त्यसको जिम्मा ले, मलाई त्यसको मतलब हुँदैन।” परमेश्वरले तँलाई कुनै ध्यान दिनुहुन्न। परमेश्वरमाथिका विश्वासमा मानिसहरूले यसरी आफ्नै इच्छालाई पछ्याउँछन् र जे मन लाग्यो त्यही विश्वास गर्छन् भने, परिणाम के हुन्छ? तिनीहरूले कहिल्यै पनि परमेश्वरको सार्वभौमिकता अनुभव गर्न सक्दैनन्, तिनीहरूले कहिल्यै पनि परमेश्वरको हात देख्न सक्दैनन्, तिनीहरूले कहिल्यै पनि पवित्र आत्माको अन्तर्दृष्टि र ज्योति अनुभव गर्न सक्दैनन्, तिनीहरूले परमेश्वरको मार्गदर्शन अनुभव गर्न सक्दैनन्। अनि समय बित्दै जाँदा के हुन्छ? तिनीहरूको हृदय परमेश्वरबाट झनै टाढा जान्छ, र यसका पछि हुने असरहरू हुन्छन्। कस्ता असरहरू? (परमेश्वरलाई शङ्का र इन्कार गर्ने।) यो परमेश्वरलाई शङ्का र इन्कार गर्नु मात्रै होइन। जब मानिसहरूका हृदयमा परमेश्वरका निम्ति कुनै ठाउँ हुँदैन, र तिनीहरूले लामो समयसम्म आफ्नै इच्छाअनुसार काम गर्दै गए भने, यसै गर्ने बानी बस्छ: तिनीहरूलाई कुनै कुरा आइपर्दा तिनीहरूले गर्ने पहिलो कुरा भनेकै आफ्नै समाधानबारे विचार गर्नु र आफ्नै अभिप्राय, उद्देश्य र योजनाहरूका आधारमा काम गर्नु हो; सबभन्दा पहिले तिनीहरूले यो आफ्नो लागि फाइदाजनक छ कि छैन भनेर सोच्छन्; यदि छ रहेछ भने, तिनीहरूले त्यो काम गर्छन्, र छैन रहेछ भने, त्यो काम गर्दैनन्। तिनीहरूलाई सिधै यो मार्गमा हिँड्ने बानी परिसकेको हुनेछ। अनि यदि यस्ता मानिसहरूले पश्चात्ताप नगरी यसरी नै व्यवहार गरिरहे भने परमेश्वरले तिनीहरूसँग कस्तो व्यवहार गर्नुहुन्छ? परमेश्वर तिनीहरूलाई कुनै ध्यान दिनुहुन्न, र तिनीहरूलाई एकातिर पन्छाउनुहुन्छ। एकातिर पन्छाउनु भनेको के हो? परमेश्वरले तिनीहरूलाई न त अनुशासनमा राख्नुहुनेछ, न त हप्काउनु नै हुनेछ; तिनीहरू झन्-झन् धेरै आफूमा लिप्त हुनेछन्, तिनीहरूलाई न्याय गरिनेछैन, सजाय दिइनेछैन, अनुशासनमा राखिनेछैन वा गाली गरिनेछैन, झन् अन्तर्दृष्टि, ज्योति वा मार्गदर्शन दिने त कुरै नगरौँ। एकातिर पन्छाउनुको अर्थ यही हो। परमेश्वरले कुनै व्यक्तिलाई एकातिर पन्छाउनुहुँदा, उसलाई कस्तो लाग्छ? उसको आत्मालाई अँध्यारो लाग्छ, परमेश्वर ऊसँग रहनुहुन्न, उसलाई दर्शनहरूबारे अस्पष्ट महसुस हुन्छ, ऊसँग कार्य गर्ने मार्ग हुँदैन, र ऊ मूर्ख मामिलाहरूमा मात्रै संलग्न हुन्छ। यसरी समय बित्दै जाँदा, उसलाई जीवनको कुनै अर्थ छैन, र आफ्नो आत्मा रित्तो छ भन्ने लाग्छ, त्यसैले ऊ गैरविश्वासीहरूजस्तै हुन्छ, र ऊ झन्-झन् पतित हुँदै जान्छ। यस्तो व्यक्तिलाई परमेश्वर तिरस्कार गर्नुहुन्छ। कतिपय मानिस भन्छन्: “किन मलाई झन्-झन् धेरै आफ्नो कर्तव्य निभाउनु व्यर्थ हो, आफूमा ऊर्जा झन्-झन् कम हुँदै छ भन्ने लाग्छ? किन ममा उत्प्रेरणा छैन? मेरो उत्प्रेरणा कहाँ गयो?” अरू चाहिँ यसो भन्छन्: “किन मलाई आफूले विश्वास गरेको जति जति धेरै समय हुँदै जान्छ, त्यति त्यति नै सुरुमा आफूमा भएको जति विश्वास अहिले नभएको जस्तो लाग्छ? मैले सुरुमा विश्वास गर्दा, मलाई विशेष गरी परमेश्वरसँग आमनेसामने हुन आनन्द लाग्थ्यो, तर किन होला अहिले मलाई त्यस्तो आनन्द अनुभूति हुँदैन?” त्यो अनुभूति कहाँ गयो? परमेश्वर तँबाट लुक्नुभएको छ, त्यसकारण तँ उहाँलाई अनुभूत गर्नै सक्दैनस्; त्यसैले तँ दयनीय बन्छस् र ओइलाउँछस्। तँ कुन हदसम्म ओइलाउँछस्? तँ परमेश्वरका कामका दर्शनहरूबारे अस्पष्ट हुन्छस्, तेरा हृदयमा केही पनि हुँदैन, अनि तेरो कमजोर र दयनीय रूप प्रकट हुन्छ। यो कुरा राम्रो हो कि नराम्रो? (नराम्रो।) तँ उही व्यक्ति रहे पनि, परमेश्वरद्वारा त्यागिएपछि, तँ यस्तो मूर्ख र हुस्सु बन्छस्, र तँसँग केही पनि हुँदैन। यही नै परमेश्वरलाई त्याग्ने व्यक्तिहरूको दयनीय रूप हो। यस बेला, तिनीहरू परमेश्वरमा विश्वास गर्नु राम्रो हो भनेर विश्वास गर्न छोड्छन्। तिनीहरूले यसबारे जसरी सोचे पनि, परमेश्वरमा विश्वास गर्नु सही मार्ग हो भनेर सोच्दैनन्। तिनीहरूका अनुसार, यो मार्ग कहीँ पुग्दैन, र जसले यो मार्गमा हिँड्ने सल्लाह दिए पनि, तिनीहरू हिँड्नेछैनन्। तिनीहरू विश्वास जारी राख्न सक्दैनन्, त्यसैले संसारतर्फ दौडनुपर्छ; तिनीहरूका लागि त पैसा कमाउनु र सम्पत्ति प्राप्त गर्नु एकमात्र विकल्प, सबैभन्दा वास्तविक मार्ग हुन्छ। तिनीहरू बढुवा र सम्पत्ति, खुसी र सन्तुष्टि, अनि पितापुर्खाको सम्मान, र चाँडो करियर विकासको पछि लाग्छन्; तिनीहरूको हृदय यिनै कुराहरूले भरिएको हुन्छ, तब के तिनीहरू अझै पनि आफ्नो कर्तव्य निर्वाह गर्न सक्छन् त? सक्दैनन्। यदि कुनै व्यक्तिमा यस्तो सोच मात्रै छ, तर पनि अलिअलि साँचो विश्वास छ, र ऊ यो विश्वास पछ्याउन इच्छुक छ भने, ऊप्रति परमेश्वरको घरको मनोवृत्ति कस्तो हुन्छ? उसले श्रम प्रदान गर्न सकेसम्म, परमेश्वरको घरले उसलाई अवसर प्रदान गर्नेछ; हरेक व्यक्तिका लागि परमेश्वरको मापदण्ड उच्च छैन। किन त्यस्तो? मानिसहरू अरूबाट अलग्ग रहेर जिउँदैनन्, र यस्तो कोही मान्छे हुँदैन जो भ्रष्ट छैन। परमेश्वरको प्रतिरोध गर्न विचार नआउने मान्छे को नै पो छ र? परमेश्वरको प्रतिरोध गरेर अपराध नगरेको व्यक्ति को नै पो छ र? परमेश्वरविरुद्ध विद्रोह गर्ने स्थिति र व्यवहार नभएको व्यक्ति को नै पो छ र? एक कदम अघि बढ्दा, परमेश्वरबारे अविश्वास, शङ्का, गलतफहमी वा अडकलबाजीको केही विचार, सोच वा स्थिति नभएको व्यक्ति को नै पो छ र? हर व्यक्तिसँग यी कुराहरू हुन्छन्। त्यसकारण, परमेश्वर मानिसहरूलाई कसरी व्यवहार गर्नुहुन्छ? के परमेश्वर यस्ता कुराहरूलाई अचाक्ली ध्यान दिनुहुन्छ? उहाँले त्यस्तो कहिल्यै गर्नुभएको छैन। उहाँ के गर्नुहुन्छ त? कतिपय मानिससँग परमेश्वरको कामबारे सधैँ धारणाहरू हुन्छन्। तिनीहरू यस्तो सोच्छन्, “कुनै व्यक्तिले परमेश्वरमा विश्वास गरेसम्म, उहाँले सधैँ उसलाई खुलासा र न्याय गर्नुहुनेछ, सजाय दिनुहुनेछ, अनि काटछाँट गर्नुहुनेछ। उहाँ मानिसहरूलाई जान दिनुहुन्न, र उहाँ तिनीहरूलाई रोज्ने स्वतन्त्रता दिनुहुन्न।” के कुरा त्यस्तै हो त? (होइन।) परमेश्वरमा विश्वास गर्ने अनि उहाँको घरमा आउने मानिसहरू सबैले स्वतन्त्र रूपमै यसो गर्छन्; तिनीहरू कसैलाई पनि जोरजबर्जस्ती गरिँदैन। कतिपय मानिसले विश्वास गुमाएका छन्; तिनीहरू सांसारिक कुराहरूमा लिप्त हुन पुगेका छन्, र तिनीहरूलाई रोक्ने वा तिनीहरू गएको हेर्न नरुचाउने कोही पनि छैन। परमेश्वरमा आस्था राख्ने र आस्था छोड्ने, यी दुवै कुरामा तिनीहरू स्वतन्त्र छन्। यसबाहेक, परमेश्वर कसैलाई पनि करकाप गर्नुहुन्न। मानिसहरूका लागि उहाँको मापदण्ड जे भए पनि, उहाँ तिनीहरूलाई आफू हिँड्न चाहेको बाटो रोज्न दिनुहुन्छ, र उहाँ कसैलाई पनि जोरजबर्जस्ती गर्नुहुन्न। पवित्र आत्माले जसरी काम गर्नुभए पनि, वा मानिसहरूलाई जे-जसरी डोर्याउनुभए पनि, र तिनीहरूलाई परमेश्वरको वचन पढ्न जे-जसरी अगुवाइ गर्नुभए पनि, कहिल्यै पनि कसैलाई करकाप गर्नुभएको छैन। उहाँ सधैँ मान्छेको भरणपोषण र गोठालो गर्न सत्यता व्यक्त गर्नुहुन्छ, सधैँ समस्याहरू समाधान गर्न र मानिसहरूलाई सत्यता बुझ्न दिन सत्यतामा सङ्गति गर्नुहुन्छ। मानिसहरूलाई सत्यता बुझ्न दिनुको उद्देश्य के हो? (तिनीहरूले सत्यता स्विकार्न सकून् भन्ने हो।) यदि तैँले सत्यता र परमेश्वरका वचनहरू स्विकार्छस् भने, तँसँग यी विद्रोही र भ्रष्ट स्वभावहरू, अविश्वासीहरूको दृष्टिकोण, र हरप्रकारका गलत स्थितिलाई रोक्न सक्ने कद हुन्छ; जब तँ यी स्थितिहरू खुट्याउन सक्षम हुन्छस्, तब तँ बहकाउमा पर्नेछैनस्। व्यक्तिले हरप्रकारको सत्यता बुझेपछि, परमेश्वरलाई गलत बुझ्दैन, र उहाँका अभिप्रायहरू बुझ्छ। एक हिसाबले, ऊ सृष्टि गरिएको प्राणीको कर्तव्य राम्ररी निर्वाह गर्न सक्षम हुन्छ; यसअतिरिक्त, ऊ मानव स्वरूपमा जिउँछ, र जीवनको सही मार्ग हिँड्न सक्षम हुन्छ। जब कोही जीवनको सही मार्गमा हिँड्छ, सृष्टि गरिएको प्राणीले दिनुपर्ने गवाही दिन्छ, अन्त्यमा शैतानलाई पराजित गर्न सक्षम हुन्छ, स्वभाव परिवर्तन अनुभव गर्छ, उसमा परमेश्वरप्रति साँचो समर्पण र डर छ, र ऊ सृष्टि गरिएको स्वीकार्य प्राणी बन्छ, तब त्यस्तो व्यक्तिले मुक्ति प्राप्त गरिसकेको हुन्छ, र त्यही नै अन्तिम लक्ष्य हो।
सेप्टेम्बर २९, २०१७
तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।