परमेश्वरप्रति समर्पित हुने अभ्यासका सिद्धान्तहरू (भाग एक)
अय्यूबसँग साँचो आस्था थियो, त्यसैले आज हरेक व्यक्ति उसको ईर्ष्या गर्छ। तर योभन्दा पहिले के तिमीहरूले उसको अनुभवका सूक्ष्म पक्ष र उसले साँचो गवाही दिन सक्नुको कारणबारे सङ्गति गरेका छौ? उसको दैनिक जीवन कस्तो थियो? ऊ आफ्नो जीवनमा परमेश्वरसित कसरी व्यवहार गर्थ्यो? उसको हरेक व्यवहारबाट कसरी कुनै व्यक्तिले ऊ सत्यता खोजी गर्थ्यो, परमेश्वरप्रति समर्पित थियो, अनि परमेश्वरका बन्दोबस्त र योजनाबद्ध कार्यहरू स्विकार्थ्यो भनेर देख्छ? के यी कुराहरू ती सूक्ष्म पक्षमा पर्दैनन् र? (पर्छन्।) यी कुराहरू सत्यता पछ्याइका नालीबेलीमा पर्छन्, जुन आजका मानिसहरूमा छैन। मानिसहरूलाई अय्यूबको यो प्रसिद्ध भनाइ मात्र थाहा छ: “यहोवाले दिनुभयो र यहोवाले नै लानुभएको छ; यहोवाको नाउँको प्रशंसा होस्” (अय्यूब १:२१)। तिनीहरू सबैले यो वाक्यांश पाठ त गर्न सक्छन्, तर अय्यूब वास्तवमा किन यस्तो बोल्न सक्षम भयो भनेर स्पष्ट छैनन्। यो प्रसिद्ध भनाइ अय्यूबका मनमा त्यति सजिलै फुरेको थिएन—यो त जीवनभरको अनुभवपश्चात् मात्र आएको थियो। जीवनभरका अनुभवमा, उसले परमेश्वरको हातका बन्दोबस्त तथा योजनाबद्ध कार्यहरू अनि कैयौँ कुराहरूमा उहाँका कार्यहरू देखेको थियो, र आफ्ना सबै सरसम्पत्ति परमेश्वरले नै प्रदान गरेको हो भनेर बुझेको थियो। एक दिन, ती सबै कुरा बिलाएर गए, र ती सबै परमेश्वरले नै लैजानुभएको हो भन्ने उसलाई थाहा भयो। परमेश्वरले जे गर्नुभए पनि, उहाँको नाउँको प्रशंसा गरिनुपर्छ भन्ने अय्यूबको निष्कर्ष थियो। त्यसोभए यस्ता निष्कर्षमा ऊ कसरी पुग्यो त? के यस्ता निष्कर्षमा पुग्न कुनै प्रक्रिया चाहिन्छ? यसमा मानिसहरूले सत्यता पछ्याउँदा आजकाल अपनाउने मार्ग अर्थात् यो परिणाम कसरी प्राप्त गर्नु र यी प्राप्तिहरू कसरी हासिल गर्नु भन्ने कुरा समावेश छन्। यी प्राप्तिहरू केही दिनमा वा केही वर्षमा समेत प्राप्त हुँदैन; यसले मानिसहरूको जीवनको हरेक पक्ष र हरेक वृत्तान्तलाई समेट्छ।
अय्यूबको परमेश्वरप्रतिको विश्वास नाम मात्रको थिएन; ऊ त सच्चा विश्वासीको आदर्श प्रतिनिधि थियो। ऊ सबै कुरामा परमेश्वरलाई प्रार्थना गर्थ्यो। उसले आफूलाई आफ्ना छोराछोरीको मोजमस्ती देखेर असहज महसुस हुँदा, परमेश्वरलाई प्रार्थना गरेर तिनीहरूलाई उहाँको जिम्मा लगायो; उसले निश्चय नै आफ्नो चौपाया कसरी पाल्ने भनेर पनि बारम्बार प्रार्थना गऱ्यो। उसले सबथोक परमेश्वरका हातमा सुम्प्यो। यदि ऊ गैरविश्वासीजस्तो भएका भए, उसले सधैँ मानव इच्छाअनुसार आफ्नो पशुपालनको योजना र हिसाबकिताब गर्ने गरेको भए, आफूले योजना गरेका लक्ष्यहरू हासिल गर्न आफ्नै मनमस्तिष्क र कल्पनामा मात्र भर पर्दै दिमाग खियाएको भए, के उसले कैयौँ असफलता र हण्डर भोगे पनि, परमेश्वरको हात अनि उहाँको सार्वभौमिकता र बन्दोबस्त देख्न सक्नेथ्यो र? (थिएन।) यदि उसले परमेश्वरलाई बारम्बार प्रार्थना नगरेको भए, परमेश्वरका आशिष्हरू अनुभूत गर्नेथिएन; ऊ सामान्य विश्वासीजस्तै प्रायः नकारात्मक र कमजोर हुनेथ्यो, अनि उसलाई प्रतिरोध गर्ने मुड चल्नेथ्यो। “मानिसहरू सधैँ परमेश्वरको अस्तित्व छ भनेर भन्छन्। म परमेश्वरमा विश्वास गर्छु, तर परमेश्वर मलाई मेरो योजनाअनुसार आशिष् दिनुहुन्न! म हरदिन परमेश्वरको आराधना गर्छु, र त्यागहरू गर्छु। यदि परमेश्वर अस्तित्वमा हुनुहुन्छ भने, मेरा लागि उहाँको आशिष् मैले कहिल्यै माग्न वा कल्पना गर्न सक्नेभन्दा ठूलो हुनुपर्छ। तर कसरी मलाई अहिलेसम्म त्यो लक्ष्य हासिल भएको छैन? परमेश्वर साँच्चै अस्तित्वमा हुनुहुन्छ कि हुन्न भनेर भन्न गाह्रो छ।” उसले यहाँ परमेश्वरको अस्तित्व भन्ने पदावलीपछाडि प्रश्नचिन्ह लगाइदिनेथ्यो, जुन नकारात्मक प्रभाव हो। एउटा कुरा त, उसले परमेश्वरको हात वा उहाँको सार्वभौमिकता वा बन्दोबस्त नै देख्न सक्नेथिएन। यसअलावा, उसले परमेश्वरविरुद्ध गुनासो गर्नेथ्यो, अनि ऊ परमेश्वरलाई गलत बुझ्छ, उहाँविरुद्ध, वैरभाव राख्छ र विद्रोह गर्छ। यदि परमेश्वरमा विश्वास गर्ने मानिसहरू आफ्नै तरिकाले चल्छन्, सधैँ आशिष्हरू पछ्याउँछन् भने, के अन्त्यमा तिनीहरूले अय्यूबले जस्तो “यहोवाले दिनुभयो र यहोवाले नै लानुभएको छ; यहोवाको नाउँको प्रशंसा होस्” भनेर भन्न सक्छन् र? के तिनीहरूमा यसप्रकारको अनुभवात्मक ज्ञान उत्पन्न हुनेछ? (हुनेछैन।) निश्चय नै हुनेछैन। किन हुनेछैन? यस्तो समस्या कहाँबाट आउँछ? (तिनीहरू परमेश्वरको सार्वभौमिकतामा विश्वास गर्दैनन्, न त परमेश्वरबाट खोजी नै गर्छन्; बरु, तिनीहरू त मानव विधिहरूले कामकुरा सुल्झाउँछन्।) किन मानिसहरू आफ्नो लक्ष्य हासिल गर्न परमेश्वरमा भर पर्नुको साटो मानव विधिहरू प्रयोग गर्दै आफ्नो दिमाग खियाउँछन्? के तिनीहरूले आफ्ना योजनाहरू बनाउँदा परमेश्वरका इच्छाहरू खोजी गर्छन्? के तिनीहरूमा समर्पित मनोवृत्ति छ र तिनीहरू यसो भन्छन्, “मलाई थाहा छैन, परमेश्वरले के गर्नुहुनेछ? म पहिले यो योजना बनाउनेछु, यो हिसाबकिताब गर्नेछु, तर मलाई आफ्नो योजनाको लक्ष्य हासिल हुन्छ कि हुँदैन भन्ने थाहा छैन; यो बस योजना मात्र हो। यदि यसले मेरो लक्ष्य हासिल गर्न सक्छ भने, यो परमेश्वरको आशिष् हो। लक्ष्य हासिल गर्न सकेन भने, यो मेरो आफ्नै अन्धोपनले गर्दा भएको हुन्छ; मेरो योजना परमेश्वरका अभिप्रायहरू अनुरूप थिएन र”? के तिनीहरूमा यस्तो खाले मनोवृत्ति हुन्छ त? (हुँदैन।) त्यसोभए, यस्ता कार्यशैलीहरू कसरी उत्पन्न हुन्छन्? यी त मानव कल्पना र धारणा, मानव चाहना, मानिसले परमेश्वरबाट गर्ने अव्यावहारिक माग हुन्; यी कुराहरू भ्रष्ट स्वभावबाट उत्पन्न हुन्छन्। यो एउटा पक्ष हो। यसबाहेक, के यस्ता मानिसहरूमा परमेश्वरप्रति समर्पित हुने हृदय हुन्छ त? (हुँदैन।) तिनीहरूमा परमेश्वरप्रति समर्पित हुने हृदय हुँदैन भनेर कसरी देखिन्छ? (तिनीहरूलाई आफूले बनाएका योजनाहरू हरहालतमा पूरा हुनैपर्छ भन्ने लाग्छ।) यो कस्तो स्वभाव हो? यो अहङ्कार र विद्रोह हो। तिनीहरू परमेश्वरले तिनीहरूलाई आशिष् दिनुहुन्छ भन्ने विश्वास गर्छन्, तर जब तिनीहरूसित आफ्नै चाहना र हिसाबकिताब हुन्छ, तब तिनीहरू परमेश्वरलाई पन्छाउँछन्; यो अहङ्कारी स्वभाव हो। के तिनीहरू परमेश्वरलाई पन्छाउँदा समर्पित भइरहेका हुन्छन् त? तिनीहरू समर्पित भइरहेका हुँदैनन्, र तिनीहरूका हृदयमा परमेश्वर हुनुहुन्न। तिनीहरू परमेश्वरले सबै थोकमाथि कसरी सार्वभौमिकता राख्नुहुन्छ र कसरी कामकुरा बन्दोबस्त गर्नुहुन्छ भनेर रत्तीभर विचार गर्दैनन्, झन् उहाँ कामकुरा कसरी गर्न चाहनुहुन्छ भनेर विचार गर्नु त परको कुरा हो। तिनीहरू यी कुराहरू विचार गर्दैनन्। यसबाट के देख्न सकिन्छ? तिनीहरू केही पनि खोजी गर्दैनन्, न त समर्पित नै हुन्छन्, न त तिनीहरूसित परमेश्वरको डर मान्ने हृदय नै हुन्छ। पहिले त तिनीहरू आफ्नै योजनाहरू बनाउँछन्, त्यसपछि आफ्नो योजनाअनुसार कार्य र कडा मेहनत गर्छन्, र मानव विधि, कल्पना र धारणामा भर पर्छन्, परमेश्वरका अभिप्रायहरूबारे रत्तीभर विचार गर्दैनन्। पशुपालनको कुरा गर्नुपर्दा, मानिसहरूले आफ्ना हृदयमा कम्तीमा पनि “मान्छेले आफूले गर्नुपर्ने कुरा गर्न र स्वर्गको इच्छाप्रति समर्पित हुन सक्दो प्रयास गर्नुपर्छ” भनेर जान्नुपर्छ, अर्थात् यसो भन्नुपर्छ: “म चौपायालाई खुवाउने आफ्नो जिम्मेवारी पुरा गर्नेछु, म तिनीहरूलाई कुपोषित हुन, वा चिसोमा कठ्याङ्ग्रिन, वा भोकभोकै बस्न, वा बिरामी पर्न दिनेछैनँ। आउँदो वर्ष तिनीहरूले केकति बच्चा ब्याउँछन्, त्यो परमेश्वरका हातमा छ; त्यो मलाई थाहा छैन, म त्यो माग गर्दिनँ, र म कुनै योजना बनाउनेछैनँ। यी सबै कुरा परमेश्वरकै हातमा छन्।” यदि तिनीहरू कार्य गर्न मानव धारणा र कल्पनाहरूमा भर परिरहे भने, के तिनीहरूसँग परमेश्वरप्रति समर्पित मनोवृत्ति हुन्छ र? (हुँदैन।) यी दुई कार्यशैलीमध्ये कुन चाहिँ मान्छेको इच्छाबाट आउँछ, र कुन चाहिँ परमेश्वरप्रति समर्पित छ? (पहिलोचाहिँ मान्छेको इच्छाबाट आउँछ, र त्यो अविश्वासीहरूको कार्यशैली हो; दोस्रो चाहिँ परमेश्वरमा सच्चा विश्वास गर्ने र सत्यता खोजी गर्नेहरूबाट आउँछ।) तिनीहरू सबैले परमेश्वरमा विश्वास गर्छन्, र तिनीहरू सबैले उही काम गर्छन्, तर तिनीहरूको कार्यको अभिप्राय, स्रोत र लक्ष्य, साथै तिनीहरूका सिद्धान्तहरू फरक हुन्छन्। त्यसकारण, मानिसहरू जुन मार्गमा छन्, त्यो देख्न सकिन्छ। के त्यसमा भिन्नता छैन र? अविश्वासीहरूको सार गैरविश्वासीहरूकै सार हो। तिनीहरूको कार्यको स्रोत र लक्ष्य के हो? त्यो सब तिनीहरूको आफ्नै हितका निम्ति हुन्छ, तिनीहरूको दिमागमा पहिला लाभ नै आउँछ, त्यसैले तिनीहरू आफ्ना कार्यहरूमा केवल अनि केवल आफ्नै इच्छामा भर पर्छन्। किन म तिनीहरू आफ्नै इच्छामा भर पर्छन् भनेर भन्छु? तिनीहरूले सावधानीपूर्वक सोचविचार गरेपछि पूर्णतया आफ्नो योजना बनाउँछन्। तिनीहरू आवेगमा वा अन्धाधुन्ध कार्य गर्दैनन्; बरु तिनीहरूमा अभिप्राय र लक्ष्य हुन्छ। तिनीहरू परमेश्वरका अभिप्रायहरूबारे विचार गर्दैनन्, पूर्णतया आफ्नै सङ्कल्पअनुसार कार्य गर्छन्। अरू कसैले पनि तिनीहरूको योजना बनाउँदैन, न त कसैलै तिनीहरूलाई यसरी काम गर्न बाध्य नै पार्छ। तिनीहरू आफै आफ्नो योजनाअनुसार काम गर्न सङ्कल्पित हुन्छन्, त्यसकारण तिनीहरू आफ्नै इच्छामा भर परिरहेका हुन्छन्। त्यसपछि, तिनीहरू आफ्नो योजनाअनुसार आफ्ना इच्छाहरू पूरा गर्न र आफ्ना योजनाका लक्ष्यहरू हासिल गर्न मोल चुकाउनुपरे पनि दिमाग खियाएर काम गर्छन्। काम गर्ने क्रममा, तिनीहरूमा “म परमेश्वरमा विश्वास गर्छु, त्यसैले उहाँले मलाई निश्चय नै आशिष् दिनुहुनेछ” भन्ने अस्पष्ट विचार पनि हुन्छ। के यो लज्जास्पद कुरा होइन र? कुन आधारमा परमेश्वरले तँलाई आशिष् दिनुहुनेछ? तँलाई परमेश्वरले आशिष् दिनुहुनेछ भनेर तँ कसरी थाहा पाउँछस्? के तेरा सङ्कल्पहरूको कारण परमेश्वरले कामकुरा गराउनुहुन्छ? के यो नासमझ विचार होइन र? यदि तँ परमेश्वरले तँलाई निश्चय नै आशिष् दिनुहुनेछ भनेर विश्वास गर्छस् भने, के त्यो परमेश्वरको सार्वभौमिकता र बन्दोबस्तहरूमा समर्पित हुनु बराबर हो? (होइन।) तर धेरै मानिस यसलाई छ्यासमिस पार्छन्। तिनीहरू भन्छन्: “मलाई विश्वास छ परमेश्वरले मलाई आशिष् दिनुहुनेछ, मलाई विश्वास छ उहाँले मेरा सबै कुराको रक्षा गर्नुहुनेछ, र मलाई विश्वास छ उहाँले मेरो इच्छा पूरा गर्नुहुनेछ!” तिनीहरू सोच्छन्, यही नै परमेश्वरप्रतिको समर्पित मनोवृत्ति हो। के यो गल्ती होइन र? यो गल्ती मात्र होइन, यो त परमेश्वरविरुद्धको विद्रोह र उहाँको निन्दा गर्नु पनि हो। परमेश्वरले तँलाई आशिष् दिनुहुनेछ भनेर विश्वास गर्नु भनेको तँ परमेश्वरको सार्वभौमिकता र बन्दोबस्तमा समर्पित हुनु होइन—यी दुई कुरा फरक-फरक हुन्। यस्तो कुरा बोलेर तँ पूर्णतया आफ्नो अहङ्कारी प्रकृतिद्वारा नियन्त्रित भइरहेको हुन्छस्, र यस्तो कुरा बोल्नु सत्यता सिद्धान्तअनुरूप होइन।
परमेश्वरप्रतिको विद्रोही आचरणको सार के हो जसबारे मैले भर्खरै सङ्गति गरेको छु? यो मामिलाको जडलाई चिरफार गर्। के यसमा सत्यताको कुनै अभ्यास छ? कुनै समर्पण छ? के तिनीहरूको हृदयमा परमेश्वरका निम्ति स्थान छ? के तिनीहरूसित परमेश्वरको डर मान्ने हृदय छ? (छैन।) तिमीहरू सबै छैन भन्छौ, त्यसैले तोकेर भन्नुपर्दा, यी कुराहरू केकस्ता तरिकामा प्रकट हुन्छन्? तिमीहरूले यसलाई आफूसित तुलना गर्नैपर्छ, र यसलाई कसरी चिरफार गर्ने भनेर जान्नैपर्छ। यदि तँलाई यो कुरा कसरी चिरफार गर्ने भनेर थाहा छ, तँलाई आफूभित्रको स्थिति मूल्याङ्कन गर्न आउनेछ, अनि आफूले गर्ने सबै अभ्यास सिद्धान्तअनुसार छन् कि छैनन्, र आफूले सत्यता अभ्यास गरिरहेको छु कि छैन भनेर थाहा हुनेछ। प्रथम त, यदि मानिसहरू सत्यता खोजी नगरीकनै पहिला आफ्ना योजनाहरू बनाउँछन् भने, के त्यसमा कुनै समर्पण हुन्छ? (हुँदैन।) त्यसमा कुनै समर्पण छैन भन्ने देखेपछि, व्यक्तिले समर्पित हुन कसरी अभ्यास गर्नुपर्छ? (पहिला परमेश्वरका इच्छाहरू खोजी गर्नुपर्छ।) धेरै मामिलामा, परमेश्वर तँलाई आफ्नो इच्छा स्पष्टसित देखाउनुहुन्न, त्यसैले तँ कसरी सत्यता अभ्यास गरिरहेको छु भनेर निश्चित हुन सक्छस? (हामी निश्चित हुन परमेश्वरलाई गरिने प्रार्थनामा भर पर्नैपर्छ।) यदि तैँले केहीपल्ट प्रार्थना गरिस, र पनि परमेश्वरका इच्छाहरू बुझिनस् भने, तँ के गर्छस्? अन्धाधुन्ध कार्य नगर्। पहिले, यसरी कार्य गर्नु आवश्यक छ कि छैन, यस्ता कार्यहरू परमेश्वरका बन्दोबस्तहरूका भाग हुन् कि होइनन्, यस्तो तरिकाले कार्य गर्ने सर्तहरू पूरा भएका छन् कि छैनन्, र तैँले आफ्नो योजना पूरा गर्न सक्छस् कि सक्दैनस्, त्यो हेर्। यदि तँ आफ्नो योजना पूरा गर्न सक्दैनस्, तर त्यही योजनामा अडिग रहन्छस् भने, के त्यो नासमझ कार्यशैली होइन र? तेरा योजना र विचारहरू वास्तविक छन् कि छैनन् भन्ने कुरा महत्त्वपूर्ण हो। तँ मनमनै यस्तो सोच्छस्: “पहिला म यो योजना बनाउनेछु, अनि यदि परमेश्वरले मलाई आशिष् दिनुभयो भने, सायद मैले योभन्दा पनि धेरै प्राप्त गर्नेछु!” तँसित भाग्यशाली मानसिकता छ, र पनि तँ आफ्नै इच्छामा भर पर्छस्, र आफ्नै निर्णयमा अडिग रहन खोज्छस्; तेरो महत्त्वाकाङ्क्षा र चाहना ठूला छन्, अनि तँ अहङ्कारी र असभ्य दुवै छस्। मानिसहरूको योजना र सङ्कल्पमा सधैँ विचलनहरू हुन्छन्, अनि ती योजना र सङ्कल्प तिनीहरूले अभ्यास गर्नुपर्ने कुरा होइनन्। जब मानिसहरू सत्यता वा परमेश्वरका अभिप्रायहरू बुझ्दैनन्, तब के तिनीहरूको योजना र सङ्कल्प सही हुन सक्छन्? के ती परमेश्वरका अभिप्रायहरूअनुरूप हुन सक्छन्? यो निश्चित कुरो होइन, किनभने मानिसहरूले नबुझ्ने धेरै कुरा छन्, जसबारे तिनीहरू निर्णय लिन सक्दैनन्; मानिसहरूको सङ्कल्प र योजना सबका सब मानव कल्पना, तिनीहरूको अनुमान र मूल्याङ्कन हुन्। सत्यता नबुझ्नेहरूले सबै थोक परमेश्वरको हातमा छन् र ती सबै उहाँद्वारा योजनाबद्ध र बन्दोबस्त गरिएका हुन् भनेर बुझ्न सक्दैनन्। तैँले परमेश्वरको हातले के गरिरहेको छ, उहाँका अभिप्रायहरू के हुन्, र उहाँ अहिले मानिसहरूमा के काम गरिरहनुभएको छ भनेर बुझ्नैपर्छ। यदि तेरो योजना र निर्णय परमेश्वरले गर्न चाहने कामविरुद्ध जान्छन् वा परमेश्वरका इच्छाहरू विपरीत छन् भने परिणाम के हुनेछ? तेरा योजनाहरू अवश्य नै असफल हुनेछन्। यो मामिलाबाट तैँले के कुरा स्पष्टसित बुझ्नैपर्छ भने मानिसहरूले योजना बनाउनु हुँदैन—योजना बनाउनु नै गल्ती हो। त्यसोभए, मानिसहरूले सही तरिकाले कसरी अभ्यास गर्नुपर्छ त? तिनीहरूले कामकुरा जे-जसरी आउँछन् त्यसरी नै लिन सिक्नुपर्छ, र आफूले बुझ्न नसक्ने कुरा अन्धाधुन्ध गर्ने वा त्यसबारे योजना बनाउने गर्नु हुँदैन। तैँले नबुझ्ने कैयौँ कुरा छन्, र बीचमा केकस्ता समस्याहरू आइपर्ने हुन् तँलाई थाहा हुँदैन। के मान्छेका योजनाहरूमा अप्रत्याशित परिस्थितिहरू हुन्छन्? निश्चय नै हुँदैनन्, त्यसकारण मान्छेका योजनाहरू केवल मानव कल्पना, खोक्रो कुरा र अव्यावहारिकता मात्र हुन्। त्यसोभए, मानिसहरूले के गर्नुपर्छ? एउटा कुरो त, तिनीहरूमा परमेश्वरप्रति समर्पित हुने हृदय हुनुपर्छ, अनि तिनीहरूले आफ्नो कुनै योजना बनाउनु हुँदैन; अर्को कुरो, तिनीहरूले झारा नटारी आफ्ना जिम्मेवारी र कर्तव्य पूरा गर्नैपर्छ। जहाँसम्म तैँले योजना बनाउने र सङ्कल्प गर्ने कुरा हासिल गर्न सक्छस् कि सक्दैनस् भन्ने कुरा छ, त्यो परमेश्वरका हातमा हुन्छ। सायद तैँले थोरै योजना बनाउँछस्, तर परमेश्वरले तँलाई एकदमै धेरै दिनुहुन्छ; सायद तैँले एकदमै धेरै योजना बनाउँछस्, तर त्यति धेरै प्राप्त गर्दैनस्। एउटै खालका यस्ता धेरै अनुभवहरूबाट गुज्रेपछि, तँलाई मान्छेको इच्छा र योजनाका आधारमा कुनै कुरा बदलिँदैन भनेर थाहा हुनेछ। यो त परमेश्वरले कसरी मामिलाहरू बन्दोबस्त गर्नुभएको छ र कसरी तीमाथि सार्वभौमिकता राख्नुभएको छ भन्ने कुरामा भर पर्छ; सबै कुरा परमेश्वरका हातमा छन्। मानिसहरूले यसरी निरन्तर अनुभव बटुलेर, परमेश्वर साँच्ची नै सबै थोकमाथि सार्वभौम हुनुहुन्छ भन्ने कुरा पत्ता लगाउन सक्छन्। यदि तैँले हृदयमा परमेश्वर सबै थोकमाथि सार्वभौम हुनुहुन्छ भन्ने तथ्य पुष्टि गरिस् भने, सत्यता प्राप्त गरेको हुनेछस्, जुन अनुभवद्वारा हासिल हुन्छ। कहिलेकाहीँ, तेरा योजनाहरू एकदमै राम्रा हुन सक्छन्, तर कुनै पनि बेला अप्रत्याशित कुराहरू आइपर्न सक्छन्; तैँले हुन सक्ने कैयौँ अनुपम कुराहरू कल्पना नै गर्न सक्दैनस्, ती तेरो कल्पना र योजनाभन्दा हरतरहले बाहिर हुन्छन्। कैयौँ कुराले तँलाई अचानक तयार नभएको बेला केही आइपरेको जस्तो महसुस गराउँछन्, र तँलाई तेरा योजनामा कहाँनेर गल्ती छ, त्यो सफल हुन्छ कि असफल हुन्छ, मानिसहरूले के गर्न सक्छन् र के सक्दैनन् भन्ने कुरा थाहै हुँदैन। थाहा नपाई तँलाई मानिसहरूले भविष्यवाणी गर्न नसक्ने कैयौँ कुरा रहेछन्, जुन तिनीहरूको योजना र कल्पनाको सीमाबाहिर रहेछन् भन्ने महसुस हुन्छ। त्यस्तो बेला, तँ कस्ता निष्कर्षमा पुग्छस्? (परमेश्वर सबै थोकमाथि सार्वभौम हुनुहुन्छ भन्ने निष्कर्षमा।) सबै थोकमाथि परमेश्वरका सार्वभौमिकतामा विस्तृत कुरा छ: यदि परमेश्वर तँलाई कुनै कुरा दिनुहुन्न भने, तैँले जति नै दौडधुप, मेहनत वा सङ्घर्ष गरे पनि, त्यो बेकाम हुन्छ। यदि परमेश्वर तँलाई आशिष् दिनुहुन्छ भने, सबै कुरा बाधाविना सहजतासाथ अघि बढ्छ, र कसैले पनि तँलाई अवरोध पुऱ्याउन सक्दैन। तँलाई के महसुस हुन्छ भने, अन्तिम निर्णय परमेश्वरको हुन्छ, परमेश्वर तेरा सबै योजना छर्लङ्गसित देख्न सक्नुहुन्छ, र यो मामिला पूरै परमेश्वरका हातमा हुन्छ। यो अनुभव गरेपछि, तेरो हृदयमा थाहै नपाई परमेश्वरको सार्वभौमिकताबारे सही अन्तर्दृष्टि र ज्ञान पलाउन थाल्छ। कस्तो अन्तर्दृष्टि र ज्ञान? परमेश्वरले नै तँलाई त्यो दिनुहुन्छ। यदि परमेश्वरले त्यो फिर्ता लैजान चाहनुभयो भने, तँ जति नै परमेश्वरमा समर्पित भए पनि वा तैँले परमेश्वरलाई जति नै जाने पनि, त्यसले केही फरक पार्दैन—यदि उहाँले त्यो फिर्ता लैजानुपऱ्यो भने, लगेरै छोड्नुहुनेछ। सबै थोक उहाँको हातमा छ, सबै थोक उहाँद्वारा पूर्वनिर्धारित हुन्छ, र सबै थोक उहाँद्वारा बन्दोबस्त गरिएको हुन्छ। तैँले आफ्नै रोजाइ गर्न मिल्दैन। यस्तो बेला, के तेरो योजना, हिसाबकिताब, र व्यक्तिगत लक्ष्य अझै पनि तेरा हृदयमा हाबी हुन्छ? हुँदैन। यी मानव योजना र हिसाबकिताब थाहै नपाई कम हुनेछन्, र तैँले ती त्याग्नेछस्। यी कुराहरू कसरी प्रतिस्थापित हुन्छन्? तैँले परमेश्वरको सार्वभौमिकता अनुभव गर्नु भनेको उहाँको सार्वभौमिकता देख्नुसरह हो। परमेश्वरले तँलाई उहाँले किन यी कुराहरू फिर्ता लैजानुभयो भनेर केही नभन्नुभए पनि, तैँले त्यो थाहै नपाई बुझ्नेछस्। जब परमेश्वर तँलाई केही कुराद्वारा आशिषित गर्नुहुन्छ, तँलाई धेरै धनसम्पत्ति दिनुहुन्छ, तब उहाँ किन यस्तो गर्नुहुन्छ भनेर तँलाई बताउनुहुन्न; तर तँलाई हृदयमा अनुभूति हुन्छ, र तँलाई यो परमेश्वरबाट आएको आशिष् हो, कुनै व्यक्तिले आर्जन गर्न सक्ने कुरा होइन भन्ने थाहा हुनेछ। एक दिन, केही कुरा फिर्ता लगिनेछन्, र तँलाई हृदयमा यो परमेश्वरबाट नै हो भनेर स्पष्टसँग थाहा हुनेछ। जब तँलाई यी सबै कुरा स्पष्ट रूपमै थाहा हुन्छ, तब के तँलाई आफूले चाल्ने हर कदममा, तैँले जिउने हरदिन, र बितेर जाने हरवर्षमा तँलाई परमेश्वरले नै मार्गदर्शन गर्दै हुनुहुन्छ भन्ने महसुस हुनेछैन र? परमेश्वरले तँलाई मार्गदर्शन गर्नुहुँदा, तैँले थाहै नपाई आफू उहाँको आमनेसामने आएको, हरदिन उहाँसँग अन्तर्क्रिया गरेको, हरदिन आफूसँग नयाँ ज्ञान भएको, र हरवर्ष आफूले ठूलो प्रतिफल पाएको अनुभूति गर्नेछस्। थाहै नपाई, परमेश्वरको सार्वभौमिकता र बन्दोबस्तबारे तेरो बुझाइ झन् गहिरिँदै जानेछ। जब तँसँग यो स्तरको अनुभव हुन्छ, तब के तेरो हृदयमा परमेश्वरको स्थान हुँदैन र? यदि तेरो हृदयमा परमेश्वरको स्थान छ भने, तँसँग परमेश्वरको डर मान्ने हृदय हुन्छ, तब के अन्य कुनै कुरा, सोच वा मतहरूले तँलाई बहकाउन र अन्योलमा पार्न वा परमेश्वरलाई छोड्ने तुल्याउन सक्नेछन् र? यो सम्भव छैन। यदि तँसित परमेश्वरबारे साँचो ज्ञान छ, सत्यताले तेरा हृदयमा जरा गाडेको छ भने मात्र, परमेश्वर सदाका लागि तेरो हृदयमा बास गर्न सक्नुहुन्छ। यदि सत्यताले तेरो हृदयमा जरा गाडेको छैन भने, के परमेश्वर लामो समय तेरो हृदयमा रहन सक्नुहुन्छ र? निश्चय नै सक्नुहुन्न, किनकि तेरो हृदयले कुनै पनि बेला परमेश्वरबाट आफै टाढिएर उहाँलाई धोका दिन सक्छ। यदि मानिसहरू सधैँ आफ्नो कल्पना, धारणा, योजना, हिसाबकिताब र चाहनालाई प्रयोग गरी आफ्नो जीवन चलाउँछन् भने, के तिनीहरूले परमेश्वरबारे यो ज्ञान प्राप्त गर्न सक्छन् र? (सक्दैनन्।) त्यसकारण, परमेश्वरप्रति अय्यूबजस्तो समर्पित हुन, तेरो अनुभव र अभ्यासको मार्ग सही हुनैपर्छ। यदि तेरो अभ्यासको मार्गमा विचलन छ भने, तेरो आस्था वा इच्छा जति नै ठूलो भए पनि, त्यो काम लाग्नेछैन; तेरो महत्त्वाकाङ्क्षा जति नै उच्च भए पनि त्यो कुनै कामको हुनेछैन। जीवनका धेरै मामिलामा, मानिसहरूको अभ्यास विधिहरूमा विचलनहरू हुन्छन्। यसो हेर्दा, मानिसहरू धेरै कष्ट सहन र ठूलो मूल्य चुकाउन सक्छन् जस्ता देखिन्छन्, तिनीहरूमा उच्च सङ्कल्प छ र तिनीहरूको हृदय जोसले भरिएको छ जस्तो देखिन्छ; तर किन तिनीहरूले यत्तिका धेरै अनुभव बटुलेपछि पनि, अन्त्यमा परमेश्वरको सार्वभौमिकता र बन्दोबस्तबारे अनुभवात्मक ज्ञान प्राप्त गर्दैनन्? किनभने तिनीहरूको अभ्यासका विधिहरूमा विचलनहरू हुन्छन्, र तिनीहरूको व्यक्तिपरक चेतना, धारणा र कल्पना, साथै योजनाहरू सधैँ हाबी हुन्छन्। यी कुराहरू हाबी हुन्छन्, त्यसैले परमेश्वर तिनीहरूबाट लुक्नुहुन्छ। परमेश्वरका वचनहरूले भन्छ: “म पवित्र राज्यमा देखा पर्छु, र म आफैलाई फोहोरको देशबाट लुकाउँछु।” यो “फोहोरको देश” ले केलाई जनाउँछ? यसले विविध चाहना, योजना र सङ्कल्पलाई जनाउँछ—तिनीहरूले सही ठान्ने आफ्नो असल अभिप्राय र आशयलाई समेत जनाउँछ। यी कुराहरूले परमेश्वरलाई तिमीहरूमा काम गर्न अवरोध पुर्याउँछन्, र ती तेरो सामुन्ने खडा पर्खालजस्तै हुन् जसले तँलाई पूर्ण रूपमा छेकिदिन्छ, त्यसैले तैँले परमेश्वरको सार्वभौमिकता कहिल्यै देख्न वा अनुभव गर्न सक्दैनस्। यदि तैँले परमेश्वरको सार्वभौमिकता देख्न वा अनुभव गर्न सक्दैनस् भने, के तँ उहाँको सार्वभौमिकताबारे जान्न सक्छस्? (सक्दिनँ।) तैँले उहाँको सार्वभौमिकताबारे कहिल्यै जान्न सक्दैनस्।
तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।