कर्तव्य निर्वाह गर्नेसम्बन्धी वचनहरू (अंश ४०)

केही आइपर्दा, सबैले सँगसँगै अझ बढी प्रार्थना गर्नुपर्छ र तिनीहरूमा परमेश्‍वरको डर मान्ने हृदय हुनुपर्छ। मानिसहरूले जथाभावी कार्य गर्न आफ्नै विचारहरूमा फिटिक्कै भर पर्नु हुँदैन। मानिसहरू परमेश्‍वरलाई प्रार्थना गर्न र सत्यता खोज्न एकै मन र हृदयका भएसम्म, तिनीहरूले पवित्र आत्माको कामको अन्तर्दृष्टि, ज्योति र परमेश्‍वरका आशिष् प्राप्त गर्न सक्नेछन्। प्रभु येशूले के भन्नुभयो? (“यदि पृथ्वीमा तिमीहरूमध्ये दुई जना आफूले माग्‍ने कुरालाई छुँदै सहमत भएर माग्यौ भने स्वर्गमा हुनुहुने मेरा पिताले तिनीहरूको निम्ति त्यो गरिदिनुहुनेछ। किनभने जहाँ दुई वा तीन जना मेरो नाउँमा भेला हुन्छन्, म त्यहाँ तिनीहरूको बीचमा हुन्छु” (मत्ती १८:१९-२०)।) यसले कुन मुद्दालाई दर्साउँछ? यसले व्यक्ति परमेश्‍वरबाट अलग हुन सक्दैन, ऊ परमेश्‍वरमै भर पर्नुपर्छ, उसले एक्लै त्यो कुरा गर्न सक्दैन, र ऊ आफ्नै बाटो लाग्नु स्वीकार्य हुँदैन भन्‍ने कुरा देखाउँछ। व्यक्तिले त्यो कुरा एक्लै गर्न सक्दैन भन्नुको अर्थ के हो? यसको अर्थ, मानिसहरूले सामञ्जस्य रूपमा सहकार्य गर्नैपर्छ, एकै मन र हृदयले कामकुराहरू गर्नुपर्छ, र उनीहरूसँग एउटै उद्देश्य हुनुपर्छ भन्‍ने हो। बोलीचालीको भाषामा, “एकता नै बल हो भनेर” भन्न मिल्छ। त्यसोभए तिमीहरू कसरी एकीकृत हुन सक्छौ? तिमीहरूले सामञ्जस्य रूपमा सहकार्य गर्नुपर्छ, सम्झौतामा पुग्नुपर्छ, त्यसपछि पवित्र आत्माले काम गर्नुहुनेछ। यदि हरेक व्यक्तिले आफ्नै रुचिहरूबारे सोच्दै आफ्ना गोप्य कुराहरू लुकाइराख्छ, र मण्डलीको कामप्रति कोही पनि जिम्मेवार हुँदैन, सबैजना त्यसबाट आफ्नो हात हटाउन चाहन्छन्, कसैले अगुवाइ गर्न, मिहिनेत गर्न वा कष्ट भोग्न र मूल्य चुकाउन चाहँदैन भने, के पवित्र आत्माले आफ्नो काम गर्नुहुनेछ? (गर्नुहुनेछैन।) किन गर्नुहुनेछैन? जब मानिसहरू गलत स्थितिमा जिउँछन्, र परमेश्‍वरलाई प्रार्थना गर्ने वा सत्यता खोजी गर्ने गर्दैनन्, तब पवित्र आत्माले तिनीहरूलाई त्याग्‍नुहुनेछ, र परमेश्‍वर उपस्थित हुनुहुनेछैन। सत्यता खोजी नगर्नेहरूले कसरी पवित्र आत्‍माको कार्य प्राप्त गर्न सक्छन् र? परमेश्‍वरले तिनीहरूलाई घृणा गर्नुहुन्छ, त्यसैले उहाँले तिनीहरूबाट आफ्‍नो अनुहार लुकाउनुहुन्छ, र पवित्र आत्‍मा पनि तिनीहरूबाट लुक्‍नुहुन्छ। जब परमेश्‍वरले तँमा काम गर्न छोड्नुभएको हुन्छ, तैँले आफ्‍नो खुसीले काम गरे हुन्छ। के उहाँले तँलाई पन्छाइसक्‍नुभएपछि तँ सकिँदैनस् र? तैँले केही पनि उपलब्धि हासिल गर्नेछैनस्। गैरविश्‍वासीहरूलाई काम गर्न किन यस्तो गाह्रो हुन्छ? के तिनीहरू हरेकले आफ्नो कुरा अरूलाई नभन्‍ने भएर होइन र? तिनीहरूले आफ्नो कुरा अरूलाई भन्दैनन्, र केही पनि हासिल गर्न सक्दैनन्—सबै कुरा अत्यन्तै कठिन हुन्छन्, चाहे ती साधारण मामलाहरू नै किन नहोऊन्। शैतानको शक्तिमुनिको जीवन यस्तो हुन्छ। यदि तिमीहरूले पनि गैरविश्‍वासीहरूले जस्तै गर्छौ भने, तिमीहरू कसरी तिनीहरूभन्दा फरक भयौ र? कुनै पनि भिन्‍नता हुँदैन। यदि सत्यता नभएकाहरूले मण्डली भित्र शक्ति चलाउँछन् भने, यदि शैतानी स्वभावले भरिएकाहरूले शक्ति चलाउँछन् भने, के शक्ति चलाउने वास्तवमा शैतान नै हुँदैन र? यदि मण्डलीमा शक्ति चलाउने मानिसहरूका कार्यहरू सबै सत्यताविपरीत हुन्छन् भने, तब पवित्र आत्‍माको कार्य रोकिन्छ, र परमेश्‍वरले तिनीहरूलाई शैतानको हातमा सुम्पिदिनुहुन्छ। शैतानको हातमा परेपछि, मानिसहरूमाझ हरकिसिमका कुरूपताहरू—उदाहरणको लागि, डाहा र विवाद—देखा पर्न थाल्छन्। यी परिघटनाहरूले के चित्रण गर्छ? पवित्र आत्माको काम रोकिएको छ, उहाँ छोडेर जानुभएको छ, र परमेश्‍वरले काम गर्न छोड्नुभएको छ भन्‍ने कुरा चित्रण गर्छ। परमेश्‍वरको कामविना, मानिसले बुझ्‍ने केवल वचन र धर्मसिद्धान्तहरूको के काम? तिनको कुनै काम हुँदैन। जब व्यक्तिमा पवित्र आत्‍माको काम रहँदैन, तब मानिसहरू भित्री रूपमा खोक्रो हुनेछन्—तिनीहरूले उप्रान्त केही महसुस गर्न सक्दैनन्, तिनीहरू मरेतुल्य हुन्छन्, र यो बेला सम्म, तिनीहरू निशब्द भएका हुनेछन्। मानवजातिले पाउने सबै उत्प्रेरणा, बुद्धि, बौद्धिकता, अन्तर्ज्ञान, र अन्तर्दृष्टि परमेश्‍वरबाटै आउँछन्; यो सब परमेश्‍वरको काम हो। जब व्यक्तिले कुनै निश्चित मामलाबारे सत्यता खोज्छ, अचानक बुझेर मार्ग प्राप्त गर्छ, यो ज्योति कहाँबाट आउँछ? यो सबै परमेश्‍वरबाट आउँछ। मानिसहरूले सत्यताबारे सङ्गति गर्दा जस्तै, सुरुमा तिनीहरूले केही बुझ्दैनन्, तर सङ्गति गर्दै जाँदा, तिनीहरूले ज्योति पाउँछन् अनि केही बुझाइहरूबारे कुरा गर्न सक्ने हुन्छन्। यो पवित्र आत्माको अन्तर्दृष्टि र काम हो। पवित्र आत्मा धेरैजसो कहिले काम गर्नुहुन्छ? जब परमेश्‍वरका चुनिएका मानिसहरूले सत्यताबारे सङ्गति गर्छन्, जब मानिसहरूले परमेश्‍वरलाई प्रार्थना गर्छन्, र जब मानिसहरूले एकीकृत हृदय र मनले आफ्ना कर्तव्य निभाउँछन्। परमेश्‍वरको हृदय यस्तै समयमा सबैभन्दा सन्तुष्ट हुन्छ। त्यसकारण तिमीहरू सँगै आफ्‍नो कर्तव्य निर्वाह गर्ने धेरै भए पनि थोरै भए पनि, परिस्‍थिति जस्तो भए पनि, र जहिले भए पनि, यो एउटा कुरा नबिर्स—एउटै मनको हुन। यस्तो स्थितिमा जिएर तिमीहरूले पवित्र आत्‍माको काम प्राप्त गर्नेछौ।

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्