कर्तव्य निर्वाह गर्नेसम्बन्धी वचनहरू (अंश ३९)

कतिपय मानिसहरू आफ्नो कर्तव्यमा कहिल्यै सही र उचित व्यवहार गर्दैनन्। बरु, तिनीहरू आफूलाई अलग देखाउन निरन्तर नयाँ-नयाँ कुरा खोजिरहेका र ठूलाठूला कुरा गरिरहेका हुन्छन्। के यो राम्रो कुरा हो? के तिनीहरू अरूसँग सौहार्दपूर्वक सहकार्य गर्न सक्छन्? (सक्दैनन्।) कसैले ठूलाठूला कुरा गर्छ भने, त्यो कस्तो स्वभाव हो? (अहङ्कार र आत्मधार्मिकता।) यो अहङ्कार र आत्मधार्मिकता हो। उसको कार्यको प्रकृति कस्तो हुन्छ? (ऊ आफ्नो स्वतन्त्रता स्थापित गर्न, आफ्नै रङ जमाउन र आफ्नै गुट स्थापित गर्न खोजिरहेको हुन्छ।) आफ्नै गुट स्थापित गर्नु भनेको अन्य मानिसहरूलाई आफ्नो आज्ञा मान्न लगाउनु र मामिलाहरू सत्यता सिद्धान्तहरूअनुसार नसम्हाल्नु हो। तिनीहरूको अभिप्राय र उद्देश्य आफ्नो स्वतन्त्रता स्थापना गर्नु र आफ्नै रङ जमाउनु हुन्छ, त्यसैले तिनीहरूको कार्य-व्यवहारमा कामकुराहरूको क्रम बिगार्ने भाव हुन्छ। कामकुराहरूको क्रम बिगार्नु भनेको के हो? यसले विनाश निम्त्याउने कुरा जनाउँछ, यसमा बाधा र अवरोध गर्ने प्रकृति हुन्छ। सामान्यतया, अधिकांश समस्याहरू समूहगत सङ्गति र छलफलबाट हल गर्न सकिन्छ, र यसमा धेरैजसो निर्णयहरू सत्यता सिद्धान्तहरू पालना गरेर गरिन्छ, जुन सही र सटीक दुवै हुन्छन्। तथापि, कतिपय मानिसहरूले निरन्तर यो सहमतिको विरोध गरिरहन्छन्; तिनीहरूले सत्यता नखोज्ने मात्र नभई, परमेश्‍वरको घरको हितलाई बेवास्ता गर्नेसमेत गर्छन्। तिनीहरूले अरूभन्दा अलग देखिन र अरूलाई आफ्नो आदर गर्न लगाउन अनौठा सिद्धान्तहरू प्रस्तुत गर्छन्। तिनीहरू सही निर्णयहरू इन्कार्न र सबैले रोजेको विकल्प खण्डन गर्न चाहन्छन्। यही नै कामकुराहरूको क्रम बिगार्नु र क्षति पुर्‍याउनु, र बाधा र अवरोध सिर्जना गर्नु हो। ठूलाठूला कुरा गर्नुको सार यही हो। त्यसोभए, यसप्रकारको व्यवहारमा कस्तो समस्या हुन्छ? पहिलो त, तिनीहरूले भ्रष्ट स्वभाव देखाइरहेका हुन्छन्, र समर्पणताको पूर्ण अभाव प्रकट गरिरहेका छन्। यसका अतिरिक्त, यी मनमौजी मानिसहरू सधैँ अलग देखिन चाहन्छन्, तिनीहरूले सधैँ अरूलाई आफ्नो सम्मान गर्न लगाउँछन्, र परिणामस्वरूप, तिनीहरूले मण्डलीको कार्यमा बाधा र अवरोध ल्याउँछन्। सत्यताबिना, तिनीहरू कुनै पनि कुरा स्पष्ट देख्न सक्दैनन्, तैपनि आफ्नो प्रदर्शन गर्न ठूलाठूला कुरा गरिरहन्छन्, तर सत्यता भने अलिकति पनि खोजी गर्दैनन्। के यो मनोमानी र दुस्साहसी हुनु होइन र? व्यक्तिले आफ्नो कर्तव्य राम्ररी पूरा गर्न अरूसँग सहकार्य गर्न सिक्नु आवश्यक हुन्छ। दुई व्यक्तिबीचको छलफलले कामकुराहरूप्रति एक व्यक्तिको धारणाभन्दा सधैँ धेरै बृहत्‌ र सटीक दृष्टिकोण पैदा गर्छ। यदि कसैले सधैँ असामान्य तरिकाले कार्य गर्न चाहन्छ वा उसमा अरूले आफूलाई अनुसरण गरून् भनेर ठूलाठूला कुरा गर्ने बानी हुन्छ भने, यो खतरनाक कुरा हो, यो आफ्नै मार्गमा हिँड्नु हो। व्यक्तिले आफूले गर्ने हरेक कुरा अरूसँग छलफल गर्नुपर्छ। अरू सबैले के भन्छन् पहिले त्यो सुन्। यदि बहुसङ्ख्यक मानिसहरूको दृष्टिकोण सही छ र सत्यताअनुरूप छ भने, तैँले यसलाई मान्‍नुपर्छ र तँ यसलाई पालन गर्नुपर्छ। तैँले जे गरे पनि, ठूलाठूला कुरा गर्नु हुँदैन। कुनै पनि मानिसको समूहमा ठूलाठूला कुरा गर्नु राम्रो होइन। जब तँ ठूलाठूला कुरा फलाक्छस्, र यदि यो सत्यता सिद्धान्तअनुरूप छ र अधिकांशले यसलाई स्विकारेका छन् भने यसलाई स्वीकार्य मान्न सकिन्छ। तर यदि यो सत्यता सिद्धान्तहरूविपरीत छ र मण्डलीको कामको लागि हानिकारक छ भने, तैँले यसको जिम्मेवारी लिनैपर्छ र आफूले गरेको कामको दुष्परिणाम भोग्‍नैपर्छ। यसका अतिरिक्त, ठूलाठूला कुरा गर्नु स्वभावसँग सम्बन्धित समस्या पनि हो। यसले तँसँग सत्यता वास्तविकता छैन, बरु तँ आफ्नो भ्रष्ट स्वभावअनुसार जिइरहेको छस् भन्‍ने प्रमाणित गर्छ। जब तँ ठूलाठूला कुराहरू गर्छस्, तब तैँले अरूलाई अगुवाइ गर्न र कमाण्ड लिन खोजिरहेको हुन्छस्, र तैँले आफ्नै रङ जमाउन र आफ्नै राज्यक्षेत्र स्थापित गर्न पनि खोजिरहेको हुन्छस्; तैँले परमेश्‍वरका चुनिएका सबै मानिसहरूले तेरो कुरा सुनून्, तँलाई अनुसरण गरून् र तेरो आज्ञा मानून् भन्‍ने चाहिरहेको हुन्छस्। यो ख्रीष्टविरोधीको मार्गमा हिँड्नु हो। के परमेश्‍वरका चुनिएका मानिसहरूलाई सत्यता वास्तविकताहरूमा प्रवेश गर्न डोर्‍याउन सक्छु भन्‍नेमा तँ ढुक्क छस्? के तँ तिनीहरूलाई परमेश्‍वरको राज्यमा लैजान सक्छस्? तँ आफैसँग सत्यताको कमी छ र तैँले परमेश्‍वरलाई प्रतिरोध गर्ने वा धोका दिने कार्यहरू गर्न सक्छस्—यदि तँ अझै पनि परमेश्‍वरका चुनिएका मानिसहरूलाई यो मार्गमा लैजान चाहन्छस् भने, के तँ कट्टर पापी हुँदैनस् र? पावल कट्टर पापी बन्यो र उसले अझैसम्म पनि परमेश्‍वरको सजाय भोगिरहेको छ। यदि तँ ख्रीष्टविरोधी मार्ग हिँड्छस् भने, तँ पावलको मार्ग हिँड्दै छस् र तेरो अन्तिम परिणाम र अन्त्य उसको भन्दा कुनै फरक हुनेछैन। त्यसैले, परमेश्‍वरमा विश्‍वास गर्ने र उहाँलाई पछ्याउनेहरूले ठूलाठूला कुरा गर्नु हुँदैन। बरु, सत्यता खोज्न, सत्यता स्विकार्न अनि सत्यता र परमेश्‍वर दुवैप्रति समर्पण हुन सिक्नुपर्छ। यसो गरेर मात्रै तिनीहरूले आफ्नै तरिकामा नचल्ने र कुनै पनि दिशामा बाटो नबिराई आफूले परमेश्‍वरलाई पछ्याउन सक्ने कुरा सुनिश्‍चित गर्न सक्नेछन्। परमेश्‍वरको घरले मानिसहरूले आफ्नो कर्तव्य पूरा गर्दा मैत्रीपूर्ण तरिकाले सहकार्य गरून् भन्‍ने माग गर्छ। यो अर्थपूर्ण छ र अभ्यासको सही मार्ग पनि हो। मण्डलीमा, पवित्र आत्माको अन्तर्दृष्टि र मार्गदर्शन तीमध्ये कसैमा पनि आउन सक्छ जो सत्यता बुझ्छन् र बोध गर्ने क्षमता छ। व्यक्तिले पवित्र आत्माको अन्तर्दृष्टि र ज्योति समात्नुपर्छ, यसलाई पूर्ण रूपमा पछ्याउनुपर्छ र यससँग निकट रूपमा सहकार्य गर्नुपर्छ। यसो गरेर, तँ सबैभन्दा सही मार्गमा हिँडिरहेको हुनेछस्; यो पवित्र आत्‍माले डोर्‍याउने मार्ग हो। पवित्र आत्‍माको काम रहेका मानिसहरूमा उहाँले कसरी काम गर्नुहुन्छ र तिनीहरूलाई कसरी डोर्‍याउनुहुन्छ भन्‍ने कुरामा विशेष ध्यान दे। तैँले सुझावहरू दिँदै र आफ्‍ना दृष्टिकोणहरू व्यक्त गर्दै बारम्बार अरूसँग सङ्गति गर्ने गर्नुपर्छ—यो तेरो कर्तव्य र तेरो स्वतन्त्रता हो। तर अन्त्यमा, जब निर्णय गर्नुपर्ने हुन्छ, तब यदि तैँले मात्रै अन्तिम निर्णय गर्छस्, र अरू सबैलाई तैँले भनेको जस्तो गर्न र तेरो इच्छाअनुसार चल्न लगाउँछस् भने, तैँले सिद्धान्तहरू उल्‍लङ्घन गरिरहेको हुन्छस्। बहुसङ्ख्यकको इच्‍छा के हो तैँले त्यसको आधारमा सही कुरा छनौट गर्नुपर्छ, र त्यसपछि अन्तिम निर्णय गर्नुपर्छ। यदि बहुसंख्यकको सुझाव सत्यता सिद्धान्तहरूअनुरूप छैन भने, तैँले सत्यतामा जोड दिनुपर्छ। यो मात्र सत्यता सिद्धान्तहरूअनुरूप हुन्छ। यदि तँ सधैँ ठूलाठूला कुरा गर्छस्, र अरूलाई प्रभावित गर्न केही सुसंस्कृत सिद्धान्त प्रस्तुत गर्ने कोसिस गर्छस् तर वास्तवमा, तँलाई हृदयदेखि नै यो कुरा गलत हो भन्‍ने लाग्छ भने, आफूलाई जबरजस्ती आकर्षणको केन्द्र बनाउन नखोज्। के तैँले गर्नुपर्ने कर्तव्य यही हो त? तेरो कर्तव्य के हो? (मैले गर्नुपर्ने कर्तव्य पूरा गर्न आफ्नो शक्तिले भ्याएसम्म गर्ने, र आफूले बुझेका कुरा मात्र बोल्ने। मसित आफ्नै विचार नहुँदा, अरू सबैका सुझावहरू अझ धेरै सुन्न सिक्ने, बुद्धिमानीपूर्वक विवेचना गर्ने, र सबैसँग मिलेर सहकार्य गर्न सक्ने बिन्दुमा पुग्ने।) यदि कुनै पनि कुरा तैँले स्पष्ट बुझेको छैनस् र तेरो आफ्नो विचार छैन भने सुन्न र आज्ञापालन गर्न अनि सत्यता खोज्न सिक्। तैँले पूरा गर्नुपर्ने कर्तव्य यही हो; यो नै असल-आचरणयुक्त मनोवृत्ति हो। यदि तेरो आफ्नै विचार छैन र मूर्ख देखिन्छु होला, आफूलाई अलग्गै देखाउन सक्दिनँ, र अपमानित हुन्छु होला भनेर सधैँ डराउँछस् भने—यदि तँ अरूले तिरस्कार गर्लान् र तिनीहरूको हृदयमा तेरो स्थान नहोला भनेर डराउँछस् र त्यसैले आफूलाई सधैँ आकर्षणको केन्द्रमा ल्याउन र ठूलाठूला कुरा गर्न चाहन्छस्, र वास्तविकतासँग मेल नखाने बेढङ्गको दाबी प्रस्तुत गर्छस् र त्यो कुरा अरूलाई स्वीकार गर्न लगाउँछस् भने—के तैँले आफ्नो कर्तव्य गरिरहेको छस् त? (छैन।) अनि, तैँले के गरिरहेको छस् त? तँ विनाशकारी भइरहेको छस्। जब तिमीहरूले कुनै व्यक्तिले निरन्तर यसरी कार्य गरिरहेको देख्छौँ, तब तिमीहरूले उसको सीमा निर्धारण गर्नैपर्छ। अनि, यी सीमाहरू कसरी निर्धारण गर्नुपर्छ? तिमीहरूले उसलाई पूर्ण रूपमा चुप बनाउनु पर्दैन, न त उसलाई बोल्ने कुनै मौकाबाट वञ्चित गर्नुपर्छ। तिमीहरूले उसलाई सङ्गति गर्न दिन सक्छौँ, उसलाई बहिष्कार गर्नु हुँदैन, तर उसको वरिपरि हुने सबैले समझशक्तिको अभ्यास गर्नुपर्छ। यही नै सिद्धान्त हो। उदाहरणको लागि, यदि कसैले गलत दृष्टिकोण प्रस्तुत गर्छ, त्यो पूर्ण रूपमा मान्छेका धारणा र कल्पनाहरूसँग मेल खान्छ, अनि बहुसङ्ख्यक मानिसहरूले त्यो व्यक्तिलाई समर्थन गर्छन् र उसको कुरामा सहमत हुन्छन्, तर समझशक्ति भएका केही मानिसहरूले उसको त्यो दृष्टिकोणमा उसको इच्छा, महत्त्वाकाङ्क्षा र चाहना मिसिएको छ भनी पत्ता लगाउन सक्छन् भने ती व्यक्तिहरूले उसलाई खुलासा गर्नुपर्छ र उसलाई आत्मचिन्तन गर्न र आफूलाई चिन्न लगाउनुपर्छ। यही नै सही तरिका हो। यदि कसैले पनि समझशक्तिको अभ्यास गर्ने वा आफ्ना विचारहरू व्यक्त गर्ने गर्दैन, र सबैजनाले मान्छे खुसी पारिहिँड्ने व्यक्तिले जस्तै व्यवहार गर्छन् भने, त्यहाँ पक्कै पनि त्यो व्यक्तिको चापलुसी गर्ने, उसलाई अनुमोदन र समर्थन गर्ने, र उसको महत्त्वाकाङ्क्षा र चाहना उक्साउने मानिसहरू हुनेछन्। त्यसपछि त्यो व्यक्तिले साँच्चै नै मण्डलीमा शक्ति बढाउन सुरु गर्नेछ। त्यतिखेर अवस्था खतरनाक हुनेछ, किनभने उक्त व्यक्तिले उसलाई समर्थन गर्नेहरूसँग हात मिलाउनेछ, र आफ्नै फौज बनाउनेछ, अनि दुष्कर्म गर्दै मण्डलीको काम बिथोल्नेछ। यस तरिकाले, उसले ख्रीष्टविरोधीहरूको मार्गमा कदम राखिसकेको हुनेछ। एकपटक मण्डलीमा नियन्त्रण जमाइसकेपछि, ऊ ख्रीष्टविरोधी बन्नेछ र उसले आफ्नै स्वतन्त्र राज्य स्थापना गर्न सुरु गर्नेछ।

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्